Tuesday, May 31, 2016

विमलले भाबुक हुँदै लेखे – हिँजो देशको लागि लडे, अब बहिनीको लागि लड्छु !

बाबु बितेको पिडा आलो छंदानै बहिनीको हत्या भएपछि नेपाली राष्ट्रिय फुटबल खेलाडी बिमल घर्ति मगर भाबुक भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस पोष्ट गरे ।bimal

सानो छदा बाबु गुमाए बाबु पनि देशको लागि लड्नु हुन्थ्यो । बिस्तारै त्यो पिडा भुल्दै जाँदा १० बर्ष भको थियो आज अर्को पिडा थपियो मेरो फ्यामिलिमा बाबु नि देशको लागी कति गर्नु भो अनि मैले पनि। देशको लागि कति गरे तर हाम्रो घरमा यस्तो हुँदा सरकारले केहि गरेन, के काम एउटा आज देशको लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आम नेपाली जनता कसरि बढ्नु ? यो नेपालमा मेरो बहिनीको हत्या गर्ने मान्छेलाइ कारबाही भएन भने यो देशको लागि के गर्नु ? आज म रोइ रहेको छु भोलि अरु कोइ रोइ रहेको होला मलाइ सब को साथ चाहियको छ । अब देशको लागि लडे अब बहिनीको लागि लड्छु ।
news24nepaltv

Continue Reading…

१० कुरा जो महिलाले पुरुषबाट सधैं चाहन्छन्

महिला पुरुषबीचको सम्बन्धमा एक अर्कालाई बुझ्ने विषय सदियौं देखि बहसको विषय हो । विपरित लिङ्गीका कुरा बुझ्न कठिन हुने हुँदा महिलाले पुरुषलाई र पुरुषले महिलालाई बुझ्न नसक्ने बनेको आरोप लगाउँछन् ।
हालै गरिएको एक अध्ययनले महिलाले पुरुषबाट १० कुरा चाहने देखाएको छ ।

chanchan
के हुन् त यस्ता १० कुराः
१ महिला पुरुषले आफूलाई सुनुन् भन्ने चाहन्छन् । ध्यान दिएर सुन्यो भने उनीहरु प्रेम पाएको अनुभव गर्छन् ।
२ आफ्नो मुड बुझ्ने पति पार्टनर होस् भन्ने महिलाको चाहाना हुन्छ । तसर्थ पुरुषले महिलाको मुड बुझेर ब्यवहार गर्नु पर्छ ।
३ महिलाहरु रुन्चे हुन्छन् । उनीहरु पुरुषहरु पनि रोउन् भन्ने त चाहनन्न तर आफू रुँदा वा दुःखी हुँदा बुझोस् भन्ने चाहाना हुन्छ ।
४ महिलाहरु पुरुषले कुरा बुझुन् र निरन्तर कुरा गरिरहुन् भन्ने चाहन्छन् । यसो गर्दा एक अर्कामा समझदारी पनि बढ्ने हुन्छ ।
५ महिलाले पुरुषमा अलिकति शाहस र लगाव बढी होस् भन्ने भित्री चाहाना हुन्छ । उनीहरु अफ्नो प्रेमी वा पति परिवारमा पनि ‘हिरो’ देखियोस् भन्ने चाहन्छन् ।
६ महिलाहरु पुरुषले सँधै नभएपनि कहिलेकाँहि भान्सामा पनि साथ देओस् भन्ने चाहन्छन् । कहिलेकाँहि उनीहरुलाई नयाँ नयाँ खाना पकाएर दिए रमााइलो मान्छन् ।
७ तपाइँ साहसी भएपनि सबै ठाउँमा साहस देखाएको भने महिलालाई मन पर्दैन । गाडी चलाउँदा वा त्यस्तै सावधानीपूर्वक गर्नु पर्ने काममा पनि सासह देखाउन थाल्नु भो भने तपाइँ स्त्रीको नजरमा गिर्दै जानु हुन्छ ।

८ महिलाहरु पुरुषले आफूलाई सुरक्षा देओस् भन्ने चाहन्छन् । तर सबै कुरामा हस्तक्षेप गर्ने चाहिने भन्दा बढी चासो राख्ने गरेको मन पराउँदैनन् ।
९ महिलाहरु पुरुषले प्रेम ब्यक्त गरिरहोस् भन्ने चाहन्छन् । उनीहरुलाई कुनै न कुनैरुपमा प्रेम ब्यक्त गरेको मन पर्छ ।

१० महिलासँगको सम्बन्धमा सबै भन्दा संवेदनशील विषय इमान्दारिता हो । यदि तपाइँ झुट बोल्न थाल्नु भो र झुट बोलेको पत्ता लाग्यो भने चाँहि तपाइँ गिर्नु भो ।

Continue Reading…

पाइलटले यात्रुलाई कहिल्यै नभन्ने १० रहस्यमय कुराहरु

शनिबार फ्याइट दुबई एयरलाइन्सको प्लेन ल्यान्डिङ गर्ने बेला रुसको एअरपोर्टमा क्र्यास भएको थियो । क्र्यास हुनुको कारण थियो खराब मौसम । त्यसबेला रुसको आकाशमा तिव्र गतिमा हावा चलिरहेको थियो । पाईलटले जहाज ल्याण्डिङ ग¥यो । तर कसैलाई भनेन् की मौसम खराब छ भनेर ।

विमान चालकहरुसँग केही त्यस्ता कुराहरु छन् जुन उनीहरुले कहिल्यैपनि यात्रुलाई बताउँदैनन् । सुरक्षाकालागि, यात्रुलाई नआत्तिउन् भन्ने आशयले यस्तो गरेको हुनसक्छ ।pait

त्यस्तै पाइलटले यात्रुहरुलाई नभन्ने १० रहस्यहरु यस्ता छन्ः

१. पाइलटले अगाडिको भिजिविलिटी जिरो रहेको छ भने पनि उसले देखेको भनिरहन्छ । तपाईलाई कहिल्यै देखेको छैन भन्दैन । पाइलट पनि मानिस नै हो । उसको पनि आँखाको दृष्य शक्ति उही हो । तर पाइलटले भन्ने छ तपाईलाई ‘अगाडि ठिक छ, देखिरहेकोछु ।’
२. एयर प्रेसर अगाडि भन्दा पछाडि बढि हुन्छ। तर पाईलटले पछाडि भन्दा अगाडि बस्दा यात्रामा राम्रो हुन्छ भनेर कहिल्यै भन्दैन ।

३. प्लेनको झ्याल पट्टी बस्नु दृष्यावलोकनका लागिसमेत एकदमै राम्रो मानिन्छ । तर पाइलटले यसो कहिल्यै भन्दैन ।

४. एउटा पाइलट सँधै राम्रो ल्याण्डिङ गर्न चाहान्छ । यात्रुहरुबाट पाइटलले गर्ने अपेक्षा ‘नाइस ल्याण्डिङ’ भन्ने हुन्छ । तर पाइलट कहिल्यै यो कुरा आफूलाई भन्नु भनेर कसैलाई भन्दैनन् ।
५. फ्लाइटको समय समायोजन हुने गर्छ । तर यात्रुहरुले यो भनुन् की आधा घण्टा पहिला नै आईपुगियो ।
६. हेटफोन निकालेर पाइलटहरुको निर्देशन सुनोस् उनीहरु त्यो चाहाँदैनन् ।
७. उडिरहेको जहाजमा यदि एअरहोस्टेजलाई पाइलटले बस्न भन्यो भने बुझ्नुपर्छ की केही गम्भीर समस्या उत्पन्न भएको छ । तर पाइलटले यात्रुलाई भने सब ठिक छ भन्ने छ ।

८. प्लेन एकदमै तिव्रगतिमा कुदिरहेको छ वा आवाज निकै ठूलो आईरहेको छ भने पाइलटले भन्ने छ केही भएको छैन ठिक छ ।
९. संसारमा दुईवटा इन्जिन भएको विमानहरु धेरै अघि नै आईसकेका छन् । त्यस्ता विमानहरु एउटा इन्जिनले काम नगरेपनि अर्कोको भरमा उडिरहन्छ । त्यस्तो अवस्थामा पनि पाइलटले ठिक ठाक छ भन्ने गर्छन् ।
१०. विमानमा फोन र इलेक्ट्रिक सामानको प्रयोग गर्न मनाही गरिएको छ । तर उनीहरुले कहिल्यै बताउँदैनन् की किन मनाही छ ?khabardabali

Continue Reading…

मनिषा मत्यु प्रकरण : पोलिग्राफ परीक्षणमा आशिषले नढाँटेको भेटियो

जेठ १९
काठमाडौं – राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु प्रकणमा पक्राउ परेका उनका प्रेमी रुद्रनारायण चौधरी ‘आशिष’ चौधरीले झुठो नबोलेको भेटिएको छ ।vetiyo
बुधबार प्रहरीले आशिषको पोलिग्राफ परीक्षण सार्वजनिक गर्दै उनले बताएको कुरा झुठो नभएको प्रारम्भिक रिपोर्ट आएको बताएको हो ।
यसअघि पोष्टमार्टम रिपोर्टमा पनि ‘ह्यांगिङ’ (झुण्डिएको) रिपोर्ट आएको थियो ।

विस्तृत विवरण आउँदै

ratopati

Continue Reading…

तालिम लिन आएको अमेरिकी सेना भूकम्पपीडितको अवस्था बुझ्दै

चरीकोट: तालिमका लागि भन्दै दोलखाको सुन्द्रावती आएका अमेरिकी सेना अहिले भूकम्पपीडितहरूको अवस्था बुझिरहेका छन् । नेपाली सेनाको समन्वयमा अधिकृत क्याडेट तालिमका लागि आएका सेनाले अहिले सुन्द्रावती गाविसको रिपोर्टिङ गरिरहेको जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले उनीहरू अमेरिकास्थित पेन्सलभेनियाबाट तालिमका लागि आएको र सुन्द्रावती आसपासका भूकम्पपीडितको अवस्थाको विषयमा पनि जानकारी लिइरहेको बताए । उनले अमेरिकी सेना दोलखा आएपछि अनेकौ शंकाउपशंका गरिएको बताउँदै उनीहरू विशुद्ध तालिमका लागि आएको स्पष्ट पारे । कार्कीले गएको वर्ष भूकम्पपीडितहरूको उद्धारमा खटिएका ६ जना अमेरिकी सैनिकको मृत्यु भएकोले पनि आफ्ना साथीहरूको ज्यान गएको ठाउँको स्थलगत अध्ययनका लागि पनि आएको उनले बताए । उनले नेपाली सेना पनि अमेरिकामा गएर तालिम लिने गरेको बताउँदै यसलाई सामान्य ढंगबाट बुझ्न आग्रह गरे ।

bhann
सोमबार साँझ सुन्द्रावती पुगेको अमेरिकी सेना सादा पोसाकमा छन् । सुन्द्रावतीमा रहेका विद्यालयहरू सरसफाइ गर्ने बताइए पनि उनीहरू बिहानैबाट घुम्न निस्किएको स्थानीय राम ओलीले जानकारी दिए । उनले गाउँमा सेना आएको जानकारी भए पनि उनीहरूले के के गर्छन् भन्ने जानकारी आफूहरूलाई पनि नभएको बताए । उनले केही स्थानीयको भत्किएको घरको निरीक्षणसमेत गरेको बताए । सुन्द्रावतीका स्थानीयलाई अमेरिकाको सांस्कृतिक कार्यक्रमसमेत देखाउने बताइएको छ ।

यसैबीच दोलखा चीनसँग सिमाना जोडिएको जिल्ला भएकाले पनि अमेरिकी सेना दोलखामा आउनुलाई रहस्यका साथ हेरिन थालिएको छ । मानवअधिकारवादी एवं स्थानीय बुद्धिजीवी होम पाठकले अमेरिकी सेना दोलखामा आउनु खुसुीको विषय भए पनि जिल्लाको सिमानामा चीनसँग जोडिएकाले केही शंका गर्ने ठाउँ रहेको बताए । उनले अमेरिका र चीनबिच द्वन्द्व रहेको समय सिमानामा रहेको जिल्लामा तालिमको नाममा अमेरिकी सेनाका अधिकृत आउनु केही रहस्य हुनसक्ने बताए ।

भूकम्पपीडितहरूको उद्धारका लागि दोलखा आउँदा पनि अमेरिकी सेना रहेको हेलिकोप्टर चीनको सिमानातर्फ बढी जाने गरेका थिए । दोलखामा रहेको नेपाली सेनासँग समन्वय नगरी त्यसबेला हेलिकोप्टर आफ्नै तरिकाले जाने गरेको थियो ।
annapurnapost

Continue Reading…

सबै कार्यक्रम आफ्नै जस्तो गरी बजेट ल्याइयोः महत

काठमाडौं: पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा.रामशरण महतले आफ्ना पालामा घोषणा भएका कतिपय सामाजिक सुरक्षा र भौतिक पूर्वाधारका कार्यक्रमलाई अहिलेको सरकारले आफूले ल्याएजस्तो गरी बजेटमा समेटेको भन्दै गुनासो व्यक्त गरेका छन् ।

बजेटको आकार ठूलो भएको भन्दै गुनासो पोखेका डा. महतले सामाजिक सुरक्षा तथा गाउँपालिका र नगरपालिकाको रकम वृद्धि, रेलमार्गको अध्ययन, कृषिको आधुनिकीकरण र जलविद्युत् आयोजना निर्माण जस्ता बजेटका महत्त्वपूर्ण कार्यक्रमको विरोध गर्न नमिल्ने बताए ।

12
‘तेरो बजेटमा यो भएन, तर विष्णु पौडेलको पालामा यस्ता यस्ता कार्यक्रम आए भनेर मेरै पार्टीका साथीहरूले भन्न थालेका छन्’, मंगलबार बजेटमाथि संसद्मा बोल्दै डा. महतले भने, ‘बजेटमा धेरै कर्णप्रिय कार्यक्रम छन् । कतिपय मेरै बजेटका कार्यक्रम समेटिएका छन् । तर आफूले ल्याएजस्तो गरी बजेटमा समेटियो ।’

गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहायता, लोडसेडिङ अन्त्य, वृद्धभत्तामा वृद्धिजस्ता कार्यक्रम आफ्नै पालामा पनि बजेटमा समेटिएको डा. महतले बताए ।
‘गाविस र नगरपालिकामा रकम जाने कुराको कसले विरोध गर्छ र ? ‘ डा. महतले भने, ‘तर गाविसमा सचिव छैनन्, जति रकम जान्छ । त्यसको दुरुपयोग र भ्रष्टाचार रोक्नुपर्छ भन्ने मेरो भनाइ हो ।’

२५ मिनेट बोलेका डा. महतले अधिकांश समय विगतमा आफू अर्थमन्त्री हुँदा ल्याएका बजेटको बचाउमा खर्चेका थिए ।

सुनेका र जानेका जति विषय बजेटमा समेटेर यसैपटक ती काम पूरा हुन्छन् जस्तो गरी कतिपय कार्यक्रम बजेटमा ल्याइएको आरोप लगाउँदै डा. महतले भने, ‘पानीजहाजसम्बन्धी कानुन किन खारेज भयो ? यसको समीक्षा नगरी पानीजहाज ल्याउने कुरा छ । रेल ल्याउने कुराको म स्वागत गर्छु । कृषिको आधुनिकीकरण गर्ने कुराको कसैले पनि नाइँ भन्ने ठाउँ छैन ।’

बूढीगण्डकी जलविद्युत् आयोजनामा रकम छुट्ट्याउने कुरा स्वागतयोग्य भएको उल्लेख गर्दै डा. महतले लुम्बिनीमा राष्ट्रियसभा हल बनाउनुभन्दा पहिले काठमाडौंमा त्यस्तो हल बनाउने कुरा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।

बजेटमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुवर्णशमशेर राणाको नाम नपरेकोमा असन्तृष्टि जनाउँदै महतले भने, ‘बजेटमा उल्लेख नेताहरूको नाम हेर्दा यो पार्टीको हो कि राष्ट्रिय दस्ताबेज भन्नेमा अलमल देखियो ।’ अर्थशास्त्र र वित्तीय अनुशासनका सामान्य सिद्धान्त उल्लंघन गरी ठूलो आकारको बजेट ल्याइएको आरोप लगाउँदै महतले भने, ‘पोहोरभन्दा १० प्रतिशतले बजेट बढाउनु ठिकै थियो, तर ३३ प्रतिशतले बजेटको आकार बढाउनु ठिक छैन ।’

मुलुकको सम्पूर्ण राजस्व संकलनभन्दा साधारण खर्चको रकम बढी हुन थालेको उल्लेख गर्दै महतले भने, ‘सरकारको ढुकुटीमा दुई सय नौ अर्ब थन्क्याइएको छ । अर्को बर्ष बजेट बढाउनका लागि यस्तो काम भइरहेको छ ।’

बजेटले मूल्यवृद्धि बढाउने, आयात बढ्ने र व्यापार घाटा आकासिने डा. महतको तर्क थियो ।

पूर्वअर्थमन्त्री एवं एमाले नेता भरतमोहन अधिकारीले बजेटबाट गाउँगाउँमा खुसीयाली छाएको भन्दै बजेटको कार्यान्वयनमा जोड दिए । ‘बजेट कार्यान्वयन हुँदैन भन्नु अति नै नकारात्मक धारणा हो’, अधिकारीले भने, ‘बूढाबूढीलाई दिने, गाउँपालिकामा जाने रकम घटाउने त ? ‘

उनले स्वदेशी र विदेशी लगानी आकर्षित गर्दै बजेटको कार्यान्वयन गर्न लाग्नुपर्ने बताए ।

एमाओवादीका धनीराम पौडेलले सभासद्का सुझावसमेत समेटेर बजेट आएको भन्दै संघीयतालाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने गरी बजेट आएको बताए ।

पुनर्निमार्णको कामका कारण बजेटको आधार बढेको भन्दै पौडेलले साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिए ।

राप्रपा नेपाल र फोरम लोकतान्त्रिकका छुट्टै माग

बजेटको स्वागत गर्न नसकिरहेका सत्तासीन राप्रपा नेपाल र फोरम लोकतान्त्रिकले सरकारसँग आआफ्ना कार्यक्रमका लागि बजेट छुट्ट्याउन सरकारसँग बार्गेनिङ गरेका छन् ।

राप्रपा नेपालले आफ्ना पार्टीका नेताका प्रतिष्ठानलाई पनि पैसा दिनुपर्ने माग गरेको छ भने फोरम लोकतान्त्रिकले हुलाकी सडकमा ८० करोड थप्नुपर्ने माग गरेको छ ।

बजेटमाथिको छलफलमा बोल्दै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरिले २२ जना नेताका नाममा खुलेका प्रतिष्ठानलाई करोडौं रकम दिने भनी बजेटमा उल्लेख भए पनि आफ्नो पार्टीले भनेका कुनै नेताका प्रतिष्ठानलाई पैसा नछुट्ट्याएको भन्दै असन्तुष्टि जनाए ।

उनले राप्रपाका पूर्वसांसद चन्द्रबहादुर गुरुङ, पूर्वप्रधानमन्त्री मरिचमान श्रेष्ठ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, पद्मसुन्दर लावती प्रतिष्ठानलाई पैसा दिनुपर्ने माग गरे ।

फोरम लोकतान्त्रिकका जितेन्द्र देवले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरि बजेट आएको आरोप लगाए । उनले हुलाकी सडकमा थप ८० करोड रकम छुट्ट्याउनुपर्ने माग गरे ।

बजेटबारे सुझाव दिन समिति

बजेट भाषणपूर्व नै बजेटका कतिपय सूचना सार्वजनिक भएको भन्ने प्रमुख विपक्षी कांग्रेसको आरोपलाई सम्बोधन गर्न संसद्ले नौ सदस्यीय विशेष समिति गठन गरेको छ । कांग्रेस नेता रमेश लेखक संयोजकत्वको उक्त समितिलाई साढे तीन महिना समय दिइएको छ । विगतमा भएगरेका विषय समेटी भविष्यमा यस्ता कार्य दोहोरिन नदिन सुझाव दिने उद्देश्यले उक्त समिति गठन गरिएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

समिति गठन गर्न ढकालले राखेको प्रस्तावलाई कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गरेका थिए ।
अर्थमन्त्री पौडेलले संसद्मा बजेट भाषण गर्नुअगावै सञ्चारमाध्यममार्फत बजेटका महत्त्वपूर्ण सूचना सार्वजनिक भएको भन्दै प्रमुख विपक्षी कांग्रेसले सोमबार संसद् अवरुद्ध गरेको थियो ।

समिति गठनपछि बजेटमाथिको छलफल अघि बढेको हो । सरकारले आफ्ना मागको सम्बोधन नगरेको भन्दै मधेस केन्द्रित दलले बजेटमाथिको छलफल बहिष्कार गरेका छन् ।
annapurnapost

Continue Reading…

अत्याधिक टाउको दुख्छ ? तपाईंलाई माइग्रेन भएको हुन सक्छ,यस्ता छन् माइग्रेनको उपचार पद्धती

१. निंद्रा पूरा गर्न कुनै कनजुष्याई नगरी कमसे कम ६ देखि ८ घंटा नियमित गहिरो निंद्रा सुत्ने गरौ। सुत्ने र उठने समय नियमित एउटै टायममा गर्ने गरे माईगे्रनबाट बच्न सकिन्छ । सुताईमा अनियमितता हुनेहरूमा यो समस्या ज्यादा पाईएको छ ।

२. तनाब, चिन्ता, भय, र उदासिनता जस्ता मानसिक समस्याले यो रोगलाई बढावा दिने हुदा उल्लेखित समस्याहरुको यथोचित व्यावश्थापन गर्ने तिर लागौ ।

३. उत्तेजक प्रकाश, होहल्ला र खैला-बैलाले पनि यो लाई बढ़ावा दिने हुँदा उक्त कुराहरु बाट बचौ।

४. प्रसस्त पानी नपिउनेहरु पनि यो समस्या को शिकार हुने गर्दछन अतः दैनिक ४ देखि साढ़े पांच लीटर पानी पिउने बानी बसालौ।11

५. लामो समय सम्म निस्क्रिय जीवन जिउने हरु मा यो रोग ज्यादा देखिएको छ तसर्थ हफ्ता माँ कमसे कम ५ देखि १२ घंटा सम्मा व्यायाम श्रम वा सक्रिय जीवनमा संलग्न रहौ।

६. तारे भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरु, तातो र अती चिसो खाद्य पदार्थ तथा वोतल र वट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु पनि यो रोगका शिकार हुन पुग्दछन् । अतः यी अनिबानी हरु हटाएर स्वास्थ्य जीवन शैली अपनाउ।

७. भोजन को नियमितता मा ध्यान दीऔ। भुलेर पनि टायमको भोजन नछाडौ। भोकभोकै बस्नेले एसिडिटी बढ्नगई माइग्रेन को प्रकोप बढ्न सक्छ। बोतल र बट्टाबद्ध संरक्षित खनेकुराहरू (जंक फूड ) खाने बानी छ भने तुरुन्त छोड़ी दिऊ। अत्याधिक तातो र चिसो खाद्य बस्तुहरुको पहरेज गरौं । नुन चिनी, मैदाका परिकार पनि यो रोग मैत्री हैनन् ।

८. योग, ध्यान, प्राणायाम, जस्ता मन-प्रसमनका उपायहरु सीकेर नियमित अभ्यास गर्ने गरौ। माइग्रेन तनाव पुर्ण जीवन ज्यूउनेहरु, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन माइग्रेन निवारणको कडी हो ।

९. शारिरिक तथा मानसिकरुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक (MSRT), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक (PET), सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन (SMET), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्–टेक्निक (DRT), क्विक–रिल्याक्सेसन–टेक्निक (QRT), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर नियमित अभ्यास गर्ने गरौं ।

१०. चुकन्दर, काक्रो, बन्दाकोभी , गाजर खरभुजा जस्ता क्षारीय फलफूलका रस तथा नारियल पानी आदि को सेवन गर्नु पर्छ। उपवास ले पनि यो रोगमा फायदा पुर्याउँछ।

प्राकृतिक उपचार :

१. टाउकाको मालिशले माइग्रेन लाई विशेष फाइदा पुर्याउँछ। शीत गुणले युक्त जडीबुटी को बासनादार एरोमेटिक तेल ले मालिश गर्दा यो रोग निवारण मा अझ राम्रो गर्छ।

२. उष्ण पादस्नानको प्रयोग पनि यो रोगमा रामवाण तुल्य कम गर्छ।

३. तौलीलाई ततोपानी माँ डुबाएर दुखेको ठाउँमा मालिश गर्दा पनि यो रोग मा विशेष फाइदा पुर्याउँछ। कसै कैसेलाई यसै प्रकारको बरफ़को मालिशले पनि फायदा पुर्याउने गरेको छ।

४. एक्युपंचर पनि माइग्रेन को उपचारक़ो महत्व पूर्ण विधि हो।

५. माइग्रेन रोकथाम का लागी किरोप्रैक्टिस, फिज़ियोथेरेपी, मालिश, एक्यूप्रेशर, रिफ्लेक्सोलॉजी, पनि प्रभावक़ारी उपचार हुन।

६. अध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन्।

७. मैग्नीशियम, कोएंजाइम क्यू (Q), राइबोफ्लेविन, विटामिन बी १२ जस्ता पोषक तत्व ले युक्त खाद्यान्न ले पनि माइग्रेन जाती गर्न सहयोग गर्छ।

८ शिरोधारा, शिरोवस्ती,उपयुक्त औषधीयद्रव्यको नास्य जस्ता आयुर्वेदिक उपचार विधि हरु पानी यो रोगमा लाभकारक छन ।

९. ८ – १० दान ठूलो बादाम को दैनिक सेवन गर्ने गरौ। तुलसीको पातको रस मह संग बिहान बिहान खाने गरौ। दूबोको रसको सेबन पनि यो रोग माँ लाभकारी छ।

१०. जलनेति, सूत्रनेती, कुंजल, एनीमा, जस्ता योगिक सोधन बिधिहरू पनि यो रोगको उपचार का महत्वपूर्ण आयाम हरु हुन।news24nepal

Continue Reading…

अब ४५ मिनेटमा तानसेन–बुटबल :उद्योग मन्त्री

१९ जेठ, पाल्पा।

उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले बजेटले विकासलाई तीव्र गति दिएको बताएका छन् । उनले पूर्वाधार निर्माणका लागि आएको यस बजेटले आर्थिक अराजकता नल्याउने बताएका छन् ।

नेकपा (एमाले) पाल्पाले आव २०७३÷७४ को वार्षिक बजेट विषयक अन्तरक्रियामा मंगलबार उनले बजेटले सबै क्षेत्रलाई समेट्नु दुरुपयोग नभएको बताए । उनले सडक, पुल, सिँचाइ लगायतका विकास पूर्वाधार निर्माणले मात्र आमूल परिवर्तन सम्भव भएको बताए ।10

पहिले बाँदर हिँड्ने भिरमा अहिले गाडी गुड्न सम्भव भएजस्तै गरी नेपालमा रेल पनि त्यसरी नै गुड्ने उनले बताए ।

उनले तानसेन–बुटबल सडक अब ४५ मिनेटमा नै यात्रा गर्न सकिने गरी बजेट विनियोजन भएको जानकारी गराए । अब घुम्ती काटेर छिटो र सुरक्षित यात्रा बनाउने गरी बजेट
विनियोजन भएको बताए । तानसेनको खानेपानीका लागि बजेट विनियोजन भएपछि यहाँको खानेपानीको समस्या हट्ने पनि उनले बताए । राससnepaliheadlines

Continue Reading…

सरकार परिवर्तनमा देउवा फेरि सक्रिय, क–कसलाई हात लिए ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा फेरि सत्ता समिकरण परिवर्तनको खेलमा जुटेका छन् । वर्तमान सत्ताको मुख्य घटक एमाओवादीलाई वाहिर निकालेर नयाँ सत्ता समिकरण निर्माण गर्ने प्रयासमा असफलता हात लागेपछि केही दिन कांग्रेस सभापति देउवा सुस्ताएका थिए । पहिलो प्रयास असफल भएपछि पार्टी वाहिरवाट मात्रै होइन भित्रैबाट समेत अलोचना बेहोरिरहेका देउवाको यो दोस्रो कदम अत्यन्त गोप्य ढंगले चालेका छन् ।
आजको समयबद्व साप्ताहिकमा खबर छ । एमाले र माओवादी केन्द्र बाहेकै बहुमत जुटाउने अभियानमा देउवा छन् । गैरकम्युनिष्टहरुलाई एकै ठाउँमा जुटाएर नयाँ सत्ता समिकरण निर्माण गर्ने अभियानअन्तर्गत कांग्रेस सभापति देउवाले गोप्य रुपमा विभिन्न प्रभावशाली नेताहरुलाई जिम्मेवारी दिएका छन् । समाचार स्रोतका अनुसार सर्वप्रथम पुर्वपञ्चहरुका पार्टी राप्रपा र राप्रपा नेपाललाई एकीकरण गराउने रणनीति रहेको छ । दुई राप्रपाको संसदमा ३८ सिट छ । यो जिम्मेवारीका लागि देउवाले आफ्ना निकटस्थ अर्जुन नरसिंह केसी, पशुपति शमशेर राणालाई जिम्मा दिएका छन् ।9

पूर्वराजा ज्ञानेन्द्र शाहका निकट सहयोगी प्रभाकर शमशेर राणा दुई राप्रपा एकीकरणका लागि घनिभूत रुपमा लागेका छन् । यही अभियानअन्तर्गत उनी पूर्व युवराज्ञी हिमानी शाहलाई लिएर चीन भ्रमण गएका छन् । सत्ता समिकरण परिवर्तनको अघिल्लो प्रयास चीनका कारण असफल भएको बुझाई देउवाको छ । त्यसैले उनले चीनलाई आफ्नो पक्षमा लिनका लागि प्रभाकर शमशेर कार्ड प्रयोग गरेको समाचार स्रोतले जनाएको छ । यसैगरी विभिन्न मधेसी दलहरुको एउटै मोर्चा निर्माण गर्ने रणनीति अनुरुप कांग्रेस सभापति देउवाले संवाद अघि बढाएका छन् । यसको संयोजन अमरेशकुमार सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शरतसिंह भण्डारी, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ लगायतले लिएका छन् । नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग संवाद अघि बढाउनका लागि प्रदीप गिरिलाई जिम्मेवारी दिइएको छ ।

अध्यक्ष प्रचण्डले धोका दिएका कारण माओवादी केन्द्र फुटाउने रणनीतिमा देउवाको किचन क्याविनेट छ । जसका लागि बाबुराम भट्टराईसँग परामर्श गर्न प्रदीप गिरिलाई जिम्मेवारी दिइएको हो । संविधान निर्माणका क्रममा बाबुराम र देउवाबीच दूरी बढेको थियो । यो दुरीलाई नघटाएसम्म मधेसीदलहरुको समर्थन प्राप्त गर्न सजिलो नहुने सल्लाह सभापति देउवालाई प्रदीप गिरिले दिएका थिए । संविधान जारी हुना साथ मधेसी आन्दोलनका पक्षमा जुन नारा दिएर डा भट्टराई एमाओवादीबाट अलग भई स्वतन्त्र अभियानमा लागेका थिए, त्यही नारा यतिबेला कांग्रेसले बोकेको छ । यसलाई संयोग मात्रै मानिएको छैन ।

संसदमा सबै मधेसीदलहरुको सिट संख्या ५२ रहेको छ । दुई राप्रपाको ३८ र सबै मधेसीदलको ५२ गरी संसदमा ९० सिट छ भने नेपाली कांग्रेस एक्लैको दुई सय छ सिट छ । यो मिलाउँदा करिवकरिव बहुमत पुग्छ । आगामी असार मसान्तभित्र यो काम फत्ते गरिसक्ने रणनीति देउवाको छ । यो रणनीति अन्तर्गत यतिबेला पशुपतिशमशेर राणा भारतमा र प्रभाकर शमशेर राणा चीनमा छन् ।

समाचार स्रोतका अनुसार साना पार्टीहरुको भ्यागुताको धार्नी पु¥याएर प्रधानमन्त्री बन्न देउवा इच्छुक थिएनन् । उनी फेरि एकपल्ट माओवादी केन्द्रलाई वा एमालेकै माधव नेपाल पक्षलाई प्रयोग गर्ने रणनीतिमा थिए । तर, यो रणनीति फेरि पनि असफल हुने सूचना उनले भारतीय दूतावासबाटै पाए । केपी शर्मा ओलीले निकट भविष्यमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने कुरा आएपछि गैरकम्युनिष्टहरुको मोर्चा बनाएर बहुमत जुटाउन कांग्रेस सभापति देउवालाई नेपाली सेना र भारतबाट दवाव आएको थियो । गत बुधबार एउटा जमघटमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्ना निकटस्थहरुसँग भने–‘प्रधानमन्त्री ओली नेपाली सेनाद्वारा जति रुचाइएका नेता हुन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यति नै नरुचाइएका नेता हुन् । त्यसैले देउवाले गरेको सत्ता समिकरण परिवर्तनको पहिलो प्रयास असफल भएको हो, अब विकल्प खोज्नुपर्छ, त्यो विकल्प माधव नेपाल हुनसक्छन् । ’

सत्ता समिकरण परिवर्तन जस्तो महत्वपूर्ण अभियानमा समेत सभापति देउवाले आफूहरुलाई सुइँकोसम्म नदिएको र दरवारियाहरुको मात्रै भरपरेको भन्दै नेपाली कांग्रेसभित्र असन्तुष्टि शुरु भएको छ । देउवा पक्षकै नेताहरु खुमबहादुर खड्का, गोपालमान सिंह लगायतका नेताहरु असन्तुष्ट बनेका छन् । यो असन्तुष्टिका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष केही बलियो हुँदै गएको छ । सभापति देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा भन्दा वरिष्ठ नेता पौडेल प्रमुख अतिथि रहेको कार्याक्रममा कार्यकर्ताहरुको भीड बढ्न थालेको छ । गत महाधिबेशन, संसदीय दलको निर्वाचनमा देउवालाई साथ दिएका सांसदहरु समेत पौडलकहाँ आउजाउ गर्न थालेका छन् । यसरी पौडेल कहाँ जानेहरुमा खुमबहादुर निकटस्थ साँसदहरु धेरै छन् । देउवासँग वार्गेनिङका लागि खुमबहादुरले यो ट्रिक खेलेका हुन् या साँच्चै पौडेल शक्तिशाली बन्दै गइरहेका हुन् यकिन गर्न नसकिने एक नेताले बताए ।

यता विधान बमोजिम पार्टी संगठनलाई पूर्णता दिन असफल भएका सभापति देउवा भ्रातृ संस्थाको अधिबेशन गराउन पनि असफल हुने संकेत देखिएको छ । दुई महिनाअघि सम्पन्न केन्द्र्रीय समितिको बैठकले छ महिनाभित्र नेवि संघ, नेपाल तरुण दल र नेपाल महिला संघको महाधिबेशन गराउने निर्णय गरेको थियो । यी तीन वटा संगठनको महाधिबेशन २०६४ साल यता भएको छैन । तर, महाधिबेशसनका लागि कुनै तयारी भएको छैन । सभापति देउवाले खासै चासो लिएका छैनन् । फेरि पनि पूर्व सभापति सुशील कोइरालाले जस्तै मनोनित गरे भातृ संगठनको केन्द्रीय तदर्थ समिति परिवर्तन गर्ने रणनीतिमा सभापति देउवाको किचेन क्याविनेट रहेको समाचार स्रोतले जनाएको छ । देउवाको किचन क्याविनेटमा अराजनीतिक पृष्ठभूमिका राणा ठकुरीहरुको हालीमुहाली रहेका कारण खासै सूचना बाहिर आउने गरेको छैन ।

news24nepal

Continue Reading…

प्रचण्डलाई प्रचण्ड धोका, केपी ओलीले यस्तो कुटिल जवाफ !

१९ जेठ, काठमाडौं ।

प्रचण्डले अलिक क्रोधमिश्रित लवजमा ‘सरकार आफूले पनि चलाउन सक्ने’ बताएपछि ओलीले कुटिल मुस्कानसहित भने, ‘हेर्नुस् कमरेड, नेपालमा राष्ट्रवादी हुन केही गर्नुपर्दैन, यसो भारतसँग निहुँ खोजेझैं गरे पुग्छ, भारतको विरोध गरे पुग्छ, यही काम गरेको हामीले राष्ट्रवादी शक्तिको पहिचान बनाएका छौं ।’

‘अब यो पहिचान मेटिन दिनुहुँदैन । भारतसँग आवश्यक परे ठूलै लडाईं लडेजस्तो गर्नुपर्ने हुन्छ, तपाईं भारतसँग लड्न सक्नुहुन्न ।’

8
‘एउटा कोर्स पूरा हुन दिनुस्, स्थानीयक निर्वाचन सम्पन्न गरौं, त्यसपछि कुनै उपाय निकालेर सत्ता हस्तान्तरण गरौंला, अहिले त वास्तवमा सत्ता हस्तान्तरण गर्ने संवैधानिक उपाय पनि मैले देखिरहेको छैन् ।’

‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ’ भन्ने उखान माओवादी अध्यक्ष प्रचण्डको जीवनमा यतिबेला चरितार्थ भएको छ ।

नेपाली कांग्रेसजस्तो ऐतिहासिक प्रजातान्त्रिक पार्टीलाई वैशाखी बनाएर प्रधानमन्त्री बन्न आएको अवसर छोडी वामपन्थी गठबन्धन जोगाउने नाममा केपी ओलीलाई साथ दिने प्रचण्डलाई ओलीले सहजै सत्ता हस्तान्तरण नगर्ने भएका छन् ।

एमालेले वितरणमुखी बजेट बनाउने र त्यसले देशको अर्थतन्त्रमा दीर्घकालिक असरहरु पार्ने अनुमान कांग्रेसले पहिल्यै नै गरेको थियो । घटना र विचार साप्ताहिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

सरकारले आज किन दियो निजामती कर्मचारीलाई सार्वजनिक बिदा ?

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने निर्वाचनमा दलगत युनियनहरु चुनावि प्रतिश्पर्धामा छन् । सरकारले आज निजामती कर्मचारीका लागि सार्वजनिक विदा दिएको छ ।

निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी १ सय १७ स्थानमा १ सय २९ मतदान केन्द्र रहनेछ । निर्वाचनमा एक हजार ६ सय ३ कर्मचारी र एक हजार २ सय १५ सुरक्षाकर्मी खटिने छन् ।7

कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३ सय २९ निजामती कर्मचारीले निर्वाचनमा भाग लिँदैछन् ।नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन , नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी संगठनले निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा व्यक्तिभन्दा पनि संगठनले भाग लिने व्यवस्था गरिएको छ । निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने संगठनले अध्यक्ष र कोषाध्यक्ष
, दोस्रो बढी मत ल्याउने संगठनले महासचिव , तेस्रो हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।केन्द्रका हकमा १६ जना सदस्य हुने व्यवस्था
गरिएकोमा १० प्रतिशतभन्दा बढी मत ल्याउने संगठनमा भाग लगाएर सदस्यहरुको बाँडफाँट गरिनेछ ।news24nepal

Continue Reading…

पूर्वराजा ज्ञानेन्द्रले डेढघण्टा मोदीलाई भेट्नुको रहस्य

काठमाडौं – भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा राजतन्त्रको पुनरस्थापना चाहन्छन् भन्ने चर्चाले अहिले नेपालको राजनीतिक क्षेत्र तातेको छ ।

आजको समयबद्व साप्ताहिकमा खबर छ– २०७३ वैशाख १६ गते साँझ अचानक नयाँ दिल्ली पुगेका पूर्व–राजा ज्ञानेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोही दिन साँझ डेढ घण्टा विशेष भेटवार्ता गरेपछि अहिले नेपालमा राजतन्त्रको पुनस्र्थापनाको चर्चा शिखरमा पुगेको छ ।6

नेपाल गणराज्यको संविधान २०७२ कार्यान्वयनका पक्षमा प्रमुख दलहरु सहमत नहुनु, पूर्व महाराजा ज्ञानेन्द्रको नयाँ दिल्ली र बैंङ्कक भ्रमण बारम्बार हुनु, संघीयताका बारेमा राष्ट्रपतिदेखि राजनीतिक दलहरु असन्तुष्ट हुनु, नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका निर्वाचित महामन्त्री संशाक कोइरालाले नेपाल हिन्दू राज्य हुनुपर्छ भनी औपचारिक रुपमा बोल्दै हिँड्नुले गणतान्त्रिक संविधानविरुद्ध बाह्य शक्ति र स्वदेशी शक्तिहरुको भित्रभित्रै ठूलो राजनीतिक चलखेल भइरहेको संकेत पाइन्छ ।

राजनीतिक दलहरु राष्ट्रिय सहमतिमा आएर गणतान्त्रिक संविधान कार्यान्वनका लागि मधेसी दलहरुलाई समेत सहमतिको विन्दूमा ल्याउन सकेनन् भने २०६२÷०६३ को जनआन्दोलनको उपलब्धि पुन गुम्ने खतरनाक संकेतहरु देखापरिरहेका छन् । नया“ दिल्लीमा मोदीसँगको विशेष वार्तापछि भोलिपल्टै भारतीय विशेष विमानमा मध्य राति प्रफुल्ल मुद्रामा स्वदेश फर्किएका पूर्व–राजा ज्ञानेन्द्र शाह सोही दिन सपरिवार त्रिशुली नदीमा ¥याफ्टि¨मा गएका थिए ।

पूर्व–राजा ज्ञानेन्द्र शाह नयाँ दिल्लीमा नरेन्द्र मोदीसँग डेढ घण्टा विशेष वार्ता गरेर फर्किएको ठ्याक्कै तीन हप्ता(२०७३ जेठ ६) गते नरेन्द्र मोदीका विशेषदूत ‘रअ’ का पूर्व प्रमुख आलोक जोशीको विशेष टिम काठमाडौमा आएर नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्ययनमा ब्यस्त रहेको छ ।

आलोक जोशी टिमले नेपालको वर्तमान राजनीतिक अवस्था, नेपालमा चिनियाँ गतिविधि, राजतन्त्र र हिन्दू राष्ट्रप्रति नेपाली जनताको मनोभावलगायत सबै पक्षको अध्ययन गरेर विगतमा नेपालमा असफल भारतीय नेपाल नीतिका बारेमा एउटा ठोस निष्कर्षसहित आफ्नो सुझाव भारत सरकार समक्ष प्रस्तुत गर्नेछ । कूटनीतिक स्रोतहरुका अनुसार, लामो समय नेपालमा ‘रअ’को नेपाल प्रमुख भएर बसेका ‘रअ’का पूर्व केन्द्रीय प्रमुख आलोक जोशीको राजनीतिक प्रतिवेदनका आधारमा भारतले आगामी नेपाल नीति तय गर्नेछ ।

ratopati

Continue Reading…

नदी थुनिएर काभ्रेमा डुबान, दुईको मृत्यु

बनेपाः मंगलबार परेको भारी वर्षाका कारण काभ्रेमा दुईको मुत्यु भएको छ । एक जना बेपत्ता भएका छन । मृत्यु हुनेहरुमा पाचँखाल नगरपालीकाका ९ वर्षका आशिष काफ्ले र बनेपा ४ का ५८ वर्षका माहनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
हराएका काफ्लेको मंगलबारनै पाचखालमा शव फेला पारिएको थियो भने थापाको वुधबार विहान बनेपा स्थित पुण्यवती खोलाको किनारामा शव फेला पारीएको ईलाका प्रहरी कार्यलय बनेपाले जनाएको छ । मंगलबार वेलुका हराएका टुकुचा नाला ८ का जितबहादुर सार्की भने वेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।5
मंगलबार वेलुका परेको भारी वर्षाले बेनेपास्तिथ पुण्यवती नदीको पानी निकास नहुदा पानीले जलमग्न बुडोल र पुलबजारस्थित सयौ घर, पसल, र गोदामहरु डुवाएको थियो । त्यस्तै सगरमाथा ग्यास, चण्डेश्वरी ग्यासका सिलिन्डरसमेत बगाएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । क्षतीको यकिन विवरण भने आएको छैन । पुण्यवती नदी अतिक्रमण गरेर बनेका घर र कलकारखानाले साँघुरिएको नदीले बनेपा वर्षेनी डुवानमा पर्दै आएको छ ।
annapurnapost

Continue Reading…

बालुवाटारमा झुल्कियो ‘नक्कली बेटा’

काठमाडौं–‘हाँ, वो मेरी माँ है । मैं उनका इकलौता बेटा हुँ । मेरी माँ नेपालके सुप्रिम कोर्टमे चिफ जस्टिस है ।’ सद्दे हुन् या दिमागी सन्तुलन बिग्रिएका, तर ठिटा १५ दिनअघि बालुवाटारमा गनगन गर्दै रहेको अवस्थामा भेटिए । दावी थियो, मुलुककी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की आफ्नी आमा भएको छ । देशवासीको जानकारीमा रहेअनुसार, नेपालकी प्रधानन्यायधीशका एकमात्र छोरा छन्, प्रशान्त सुवेदी । प्रशान्त त्यसदिन बिहानै बालुवाटारस्थित 4आमाको सरकारी निवासबाट निस्किएर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुगेका थिए । तर, जब डाक्टरी शिक्षा पढ्न थाले, तब आमाको सरकारी निवास पुगेर अर्कै भारतीय युवक सुशीलालाई आमा दावी गर्दै थियो । उनी थिए, भारतको फारविसगञ्गज नजिकै घर भएका २७–२८ वर्षजस्तो देखिने अर्जुकुमार । मुलगेटमा सुरक्षार्थ तैनाथ नेपाल प्रहरीका एक जना हवल्दारले भने, ‘आप उनकी बेटा नहीँ है । और, उनसे मिल्नेके लिएर आपने कोही अपोइन्टमेन्ट भी नहीँ लिया है ।’ तर, जिद्दी स्वभावको ठिटोले जसो भन्दा पनि मानेन् । भन्यो, ‘नहीँ साप, मैं अभि–अभि फारविसगञ्जसे विराटनगर, और विराटनगरसे काठमाडौं आया हुँ । वो मेरी आमा है । एकबार उनसे मिल्ने दिजिए, वो मेरेको अच्छसे पहचान्ती है !’ प्रहरीले पत्याउने कुरै थिएन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।ratopati

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog