Wednesday, June 8, 2016

‘उम्रभर गालीभ एही भूल करता रहा, धुल चेहेरे पे थी ऐना साफ करता रहा’

नेपाल, भारत, अमेरिका, बेलायत या अरु कुनै पनि देशको संविधानमा लेखिएको एक लाइन र त्यस्तै जोडिएको एउटा विशेषणले गृहयुद्धसम्म लम्ब्याउन सक्छ । भारत धर्म निरपेक्ष राष्ट्र हो वा अमेरिका क्रिस्चियन राष्ट्र हो वा नेपाल धर्म निरपेक्ष राष्ट्र हो, यही लेखिएको क्रिस्चियन, मुस्लिम, धर्म निरपेक्ष भन्ने शब्दले संविधान लेखिएको मुलुक मात्रै होईन सारा विश्वलाई नै कम्पित् तुल्याई रहेको हुन्छ । ठुला राष्ट्रहरुले यसै शब्दलाई पहिचानको रुपमा लिने गर्छन् । तर सानो देश जो संसारकै ठुला राष्ट्रको लागि जबरजस्ती फुटबल मैदान बनिरहेको हुन्छ । उसका लागि भने यो शब्द अन्यौलताको प्रश्न चिन्ह बनेर रहन्छ । अहिले नेपालको संविधानमा लेखिएको एक लाइनले पनि नेपाली राजनीति तर्सित छ । धर्म निरपेक्ष र हिन्दूराष्ट्र, यी दुईवटा शब्दले सतह भेट्टाई सकेका छैनन् । तैरिरहेको यी शब्द मध्ये कुन चाँही सतही हुने हो ? केही वर्षमा टुङ्गो लाग्ला ।lekha
नेपालको संविधानमा धर्म निरपेक्ष लेखेर भारतको सतहको जनताको मन भने नराम्ररी दुखेको छ । हामी त अहिले पनि नेपाललाई हिन्दु राष्ट्र नै मान्छौ । हिन्दु राष्ट्र हुनु नै नेपालको बास्तविक पहिचान हो । भारतमा वेद पुराणको सोधका लागि आउने विदेशीलाई हामी नेपाल पठाउँछौं । यसो गर्नको मुख्य कारण पशुपतिनाथ, मुक्तिनाथ र शिवको साक्षात रुप स्वरुप पाईने शालिग्राम नै हो । हामीलाई थाहा छ त्यहाँ बौद्धिष्ट छन्, अलिअलि मुस्लिम र क्रिस्चियन छन् तर यी सबै जनाको मुल पहिचान भनेकै हिन्दु हो । हिन्दुत्व नेपाली ऐतिहासिक पहिचान हो ।
नेपालमा धेरै बुद्धिजिवि, धेरै पढेलेखेका, संसारलाई बुझिसकेका प्रबुद्ध ब्यक्तिहरुको जमातले यी दुबै शब्दको सही समाधान किन खुट्टयाउन सकिरहेका छैनन् ? हामी छिमेकमा बसेर अचम्मित छौं । हाम्रो देश भारत विशाल छ, गोवा, महाराष्ट्रतिरको सामाजिक, धार्मिक संरचना उत्तर, मध्येप्रदेशको समाजसँग बिकर्षित छ । उत्तराञ्चल सिक्किमतिरको संरचना र समाज फरक छ, सबैलाई मिलाउनको लागि होईन कि वास्तवमा मुलुकको राजनीतिक, धार्मिक, सामाजिक संरचनाले हाम्रो देश धर्म निरपेक्ष भन्ने सुहाउँछ । वास्तवमा धर्म निरपेक्ष नै भारतको संविधानको सुहाउदो अक्षर हो तर, नेपाल विश्वको मानचित्रमा अत्यन्तै सुन्दर देश हो । हिमाली श्रृखला, पहाडी भु–भाग, तराईको वन जंगल र कलकल बगिरहने नदी झरना यहाँका प्राकृतिक सम्पदा हुन् । विश्वका हरेक देशका नागरिक नेपाल भन्ने वित्तिकै लोभिन्छन् । सानो देश, बिभिन्न रहन सहनको समाज, विभिन्न संस्कार र परम्परा बोकेको नेपालको आफ्नै अतुल्य महत्व छ । सांसारिक जान पहिचानका लागि प्राकृतिक सम्पदाको महत्वसँगै सामाजिक सामरिक संरचनाको महत्व पनि खास हुन्छ । संसारमा सम्पन्न देश अमेरिकाका राष्ट्रपतिका लागि पनि त्यसको सर्वोच्च न्यायलय छ, सपथ खानका लागि तर उनी चर्चको पादरी (पोप) कहाँ पुग्छन् र सपथ खान्छन् । त्यसैगरी कोही मस्जिद कोही मुख्य न्यायधिश त कोही कसैसँग सपथ लिने परम्परा छ । नेपालको परम्परा पनि आफ्नै किसिमको बिशेष होस् भन्ने हामी छिमिकीले राख्ने चाहाना हो । अहिले भारत र नेपालको राजनीतिक शासकको टकराव छ भन्ने मिडियामा हल्ला छ तर यसले सतहका जनताहरुलाई कुनै फरक पार्दैन । आज पनि दैनिक लाखौ भारतीय र नेपाली जनता एक अर्काको सीमा पार गरेर ब्यापारिक, पारिवारिक, सामाजिक सम्बन्धका लागि आवत जावत गर्छन् ।
नेपालको संविधानमा धर्म निरपेक्ष लेखेर भारतको सतहको जनताको मन भने नराम्ररी दुखेको छ । हामी त अहिले पनि नेपाललाई हिन्दु राष्ट्र नै मान्छौ । हिन्दु राष्ट्र हुनु नै नेपालको बास्तविक पहिचान हो । भारतमा वेद पुराणको सोधका लागि आउने विदेशीलाई हामी नेपाल पठाउँछौं । यसो गर्नको मुख्य कारण पशुपतिनाथ, मुक्तीनाथ र शिवको साक्षात रुप स्वरुप पाईने शालिग्राम नै हो । हामीलाई थाहा छ त्यहाँ बौद्धिष्ट छन्, अलिअलि मुस्लिम र क्रिस्चियन छन् तर यी सबै जनाको मुल पहिचान भनेकै हिन्दु हो । हिन्दुत्व नेपाली ऐतिहासिक पहिचान हो । हामीले नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरु आफ्ना बुवा, आमा लिएर मन्दिर गएको सामाचार पढ्यौं, देख्यौं । छोरा कम्युनिष्ट हुँदैमा परम्परा र पहिचान नष्ट हुँदैन । त्यसैको कारण हो नेपालका दुई कट्टर कम्युनिष्ट नेता बाबुराम र प्रचण्ड आफ्ना बुवाआमा लिएर मन्दिर गए । अहिले नेपालकी राष्ट्रपति बिद्यादेवी भण्डारी पनि कम्युनिष्ट धारबाटै आएकी हुन् तर हामीले उनी मन्दिर मन्दिरमा पूजा गर्न हिडेको सामाचार सुनिरहेका छौं, पढिरहेका छौं, देखिरहेका छौं । त्यसैले सबैले बुझ्नैपर्ने मुख्य कुरा पनि हो, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा नेपाल हिन्दू राष्ट्र हो, यो नेपालको पहिचान हो भनेर विश्व सामु देखाईदिनुस् यसले वास्तवमै नेपालको गरिमा बढ्नेछ ।
नेपाल सुन्दर अनि शान्त देश हो । हाम्रा साथीहरुले कुरा गर्छन्, यहाँ त दश, बिस हजार बोक्दा लुटिएला भन्ने डर हुन्छ, नेपालमा लाखौं रुपैया बोक्नुस्, मस्त निदाउनुस् । अनि राम्रो देश र देशका शासकले बुझ्नुपर्ने एउटै कुरा हो, हिमाल किन फोहर हुँदैछ ? कसका कारणले हुँदैछ ? पहाडका रुख किन काटिदैछन् ? तराई किन सोतर हुँदैछ ? समग्रमा नेपाल किन बिग्रिने मार्गमा लम्किन खोज्दैछ ? नेपालमा बन्ने संविधान र कानुनको पालना नेपालीले गर्ने हो । तपाईले पालना गर्ने नियम, कानुन, संविधान बनाउदा अरुको टाउको किन दुख्ने हँ ?
नेपाल सुन्दर अनि शान्त देश हो । हाम्रा साथीहरुले कुरा गर्छन्, यहाँ त दश, बिस हजार बोक्दा लुटिएला भन्ने डर हुन्छ, नेपालमा लाखौं रुपैया बोक्नुस्, मस्त निदाउनुस् । अनि राम्रो देश र देशका शासकले बुझ्नुपर्ने एउटै कुरा हो, हिमाल किन फोहर हुँदैछ ? कसका कारणले हुँदैछ ? पहाडका रुख किन काटिदैछन् ? तराई किन सोतर हुँदैछ ? समग्रमा नेपाल किन बिग्रिने मार्गमा लम्किन खोज्दैछ ? नेपालमा बन्ने संविधान र कानुनको पालना नेपालीले गर्ने हो । तपाईले पालना गर्ने नियम, कानुन, संविधान बनाउदा अरुको टाउको किन दुख्ने हँ ? तर यसो भन्दैमा आफ्नो घरमा चलेको भोजमा बज्ने बाजाले छिमेकीलाई डिष्टर्व गरिरहेको त छैन ? यो बुझ्नै पर्ने कुरा हो । नेपालको हरेक कुरामा छिमेकीको रुची हुन्छ तर चाहना राख्नु गलत हो । छिमेकीले सल्लाह दिनु पर्दछ आदेश होइन । नेपाल हिन्दु राष्ट्र होस् हामी सतही जनताको चाहना हो, निर्देश होईन ।
अन्तमा नेपालले आफ्नो मार्ग आफै कोर्नुपर्छ, बाटो बनाउँदा चाहिने सावेल, कुटो सबै सर–सापट गरेर भएपनि बनाउनुपर्छ । मुलुकका लागि कसैको हस्तक्षेप सैह्य हुँदैन । एउटाले रोटी बेटीका नाममा थर्काउने, अर्कोले असल छिमेकी हुँ भनेर नेपालका खोलानालाका सुन चोर्ने, बाघ, चितुवाका छाला तस्करी गरी, तस्करी पर्यटक केन्द्र बनाउनु हुँदैन । यी सबैबाट बच्न नेपाली जनता नेताले आफै तत्पर हुनुपर्छ । धुलो मैलो हाम्रै मुहारमा छ, सिसाको ऐना पुछेर मुहारको धुलो धोइदैन, सबै नेपाली दाजुभाईले बुझ्नुपर्छ ।
अन्तमा मैले लेखेको लेखले कसैको दिल दुखेछ भने क्षमा गर्नु होला जाँदाजादै पेरी एक पटक :- ‘उम्रभर गालीभ एही भूल करता रहा, धुल चेहेरे पे थी ऐना साफ करता रहा’
(उत्तर प्रदेश, भारत)
dainiknepal

Continue Reading…

सीके राउतसँग बाबुरामका प्रभावशाली नेताको गोप्य वार्ता

काठमाडौं, २७ जेठ । तराईलाई नेपालबाट टुक्र्याउने अभियान चलाउँदै आएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई विशेष अदालतले ४५ हजार धरौटीमा रिहा गरेको छ ।
बाँकेमा तराई टुक्राउने अभियानलाई सघाई रहेका उनका कार्यकर्ताको मुद्दामा सीके राउतसँग विशेष अदालतले २५ हजार धरौटी लिएको हो ।sikea
सीके राउतसँग विशेष अदालतले अर्को मुद्दामा अलग २० हजार धरौटी लिएको छ । सीके राउतविरुद्ध राज्यविप्लवविरुद्धको एक दर्जन मुद्दा चलिरहेका छन् ।
विशेष अदालतमा बुधबार चलेको बहस पछि ४५ हजार धरौटीमा रिहाइ गरिएको गठबन्धनका सह–संयोजक कैलाश महतोले जानकारी दिए ।
बधबार विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, भुपेन्द्र राई र प्रभा बस्नेतको संयुक्त इजलासले सीके राउतलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यसैबीच, दुई दिनदेखि राजधानीमा रहेका सीके राउतले आफ्नो अभियानमा समर्थन जुटाउन विभिन्न समूह र व्यक्तिसँग गोप्य रुपमा भेटवार्ता गर्दै आएका छन् । ललितपुरतिर समर्थकको निवासमा बस्दै आएका सीके राउतलाई बाबुराम भट्टराईको नयाँ शक्तिका प्रभावशाली नेताले भेट गरेका छन् ।
स्मरण रहोस् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई तत्कालीन संवैधानिक समितिका सभापति थिए । बाबुरामले नै संवैधानिक समितिमा सीके राउतलाई बोलाएर नेपालबाट तराई टुक्रन पाउनु पर्छ भनेर जनमत संग्रहको व्यवस्था राख्ने अभिव्यक्ति रेकर्ड गराइ दिएका थिए ।
अहिले पनि बाबुरामले आफ्ना विश्वासपात्र व्यक्तिहरूलाई पठाएर सीके राउतसँग कुरा गराइरहेको स्रोतको भनाइ छ । सीके राउतलाई स्थापित गर्नुमा बाबुरामको पनि ठूलो योगदान छ ।
जेठ ३० गते दशरथ रङ्गशालामा नयाँ शक्ति पार्टी घोषणाको तयारी गरिरहेका बाबुरामले देश टुक्राउने अभियानमा लागेका सीके राउतसँग आफ्ना विश्वासपात्र मार्फत कुराकानी गरिरहेका छन् थाहा हुन सकेको छैन ।
बबरमहलमा भएको भेटमा सीके राउतको तराई टुक्राउने अभियानकै विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ । (आवश्यक परेमा नयाँ शक्ति नेपालका ती नेताको नाम पनि सार्वजनिक गर्न सकिने)
dainiknepal

Continue Reading…

बागलुङ कालिकाद्वारा कलाकार र पत्रकारहरूलाई सम्मान

काठमाडौं, २७ जेठ । ‘बागलुङ कािलका दोहोरी साँझ’ गंगबुले आफ्नो पाँचौँ वार्षिक उत्सवका अबसरमा दुई पत्रकारसहित राष्ट्रियस्तरका आधा दर्जन बढी कलाकारहरूलाई सम्मान गरेको छ ।anl
काठमाडौंको गंगबु मित्रनगरस्थित बागलुङ कालिका दोहोरी साँझमा आयोजित विशेष कार्यक्रममा गायक एवम् दोहोरी साँझका सञ्चालक राजन ठकुरीले कलाकार तथा पत्रकारहरूलाई सम्मान गरेका हुन् । दोहोरी साँझमै विशेष कार्यक्रम राखेर कलासंस्कृतिमा योगदान पुगाएको कदरस्वरुप सम्मान गरिएको गायक ठकुरीले बताए ।
चार वर्ष अघि पुतलीसडकमा स्थापना भइ आफ्नो यात्रा सुरू गरेको बागलुङ कालिका दोहोरी साँझले यसैसाता आफ्नो यात्राको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा टेकेको हो ।

बागलुङ कालिका दोहोरी साँझका तर्फबाट गायक राजु परियार, गायक चन्द्र शर्मा, गायक जीवन शर्मा, गायक बिरही कार्कीका साथै दैनिक नेपाल डटकमका कार्यकारी सम्पादक विमल योगी, म्युजिक खबर डटकमका सुमन बैरागीलगायतलाई सम्मान गरिएको गायक ठकुरीले बताए ।
‘कलाक्षेत्रमा योगदान पुगाउनु भएका कलाकार र पत्रकारहरूलाई सम्मान गरेका हौँ’, दोहोरी साँझका सञ्चालक समेत रहेका गायक ठकुरीले भने, ‘कला संस्कृतिको जगर्ने गर्ने दायित्व तपाईहाम्रै हो । सबैलाई हौसला मिलोस् भनेर सानो कार्यक्रम राखेका हौँ ।’
dainiknepal

Continue Reading…

बन्दकर्ताद्वारा साझा यातायातमा ढुंगा प्रहार, ३३ जन पक्राउ

२७ जेठ
(1)काठमाडौं–बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्को नेकपा माओवादीले साझा बसमा ढुंगा प्रहार गरेका छन् । त्रिपुरेश्वरमा नेकपा माओवादीका कार्यकर्ताको ढुंगा प्रहारबाट यात्रुबाहक साझा बसमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्नेमध्येको एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै नेपाल बन्दको आह्वान गरेको विप्लव माओवादीका ३३ जना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । ‘अहिलेसम्म ३३ जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीले भने, ‘पक्राउ परेकाहरुहरुलाई नगर प्रहरी, कालिमाटी र बालाजुमा राखिएको छ ।’busmaa

यसअघि राजधानीको तिनकुनेमा बन्दकर्ताले एउटा ट्याक्सी जलाएको थियो । आज गरिएको बन्दको अवज्ञा गरेको भन्दै माओवादीका कार्यकर्ताहरुले बिहानै बा १ ज ६२०६ नम्बरको ट्याक्सी जलाएका हुन् ।

कोटेश्वरबाट कलंकीतर्फ जाँदै जाँदै गरेको ट्याक्सीलाई विप्लवका कार्यकर्ताहरुले यात्रु बनेर ‘कलंकी जानु छ’ भन्दै तिनकुनेमा रोकेका थिए । लगत्तै ट्याक्सीभित्र पसेर पेट्रोल छर्किँदै उनीहरु भागेका थिए । महानगरीय प्रहरी बृत्त बानेश्वरका इन्सपेक्टर माधव जोशीले उनीहरुले ट्याक्सी चालक मकवानपुरका सुवास परियारलाई बाहिर समेत निस्कन नदिई आगजनी गरेर भागेका थिए ।

यसैबीच राजधानीका कालीमाटीबाट विप्लव माओवादीका ५ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्ताको रिहाई गरिनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।ratopati

Continue Reading…

विप्लब माओवादीका कार्यकर्ताद्वारा मालबाहक ट्रकमा आगजनी

विर्तामोड, २७ जेठ – बिप्लव सम्बद्ध नेकपा माओवादीका कार्यकर्ताले झापाको शान्तिनगर-१ स्थित बर्नेमा एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन्।

उनीहरुले पहाडबाट गोलिया लिएर बिर्तामोड आउँदै गरेको ना ३ ख ४६७१ नम्बरको ट्रकमा बिहीबार विहानको राति १ बजेर ३० मिनेटमा आगजनी गरेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायब निरीक्षक खेम श्रेष्ठले जानकारी दिए।
bus
७/८ जनाको समूहमा आएका कार्यकर्ताले ट्रकमा आगजनी गरेको उनले बताए।बुधबार बन्दको प्रचार गर्दै हिडेका बिप्लव नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई झिलझिलेबाट र काँकरभिट्टाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

माओवादीले २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु बन्दको पोष्टर टाँस्दै गरेको अवस्थामा पक्राउमा परेको प्रहरीको भनाई छ।

माओवादीका झापा क्षेत्र नम्बर ५ का एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कुमार माझी, दिपेश मिश्र र मदन मिश्रलाई झिलझिलेबाट र जन स्वयं सेवकका जिल्ला संयोजक प्रशान्त, जिल्ला सदस्य लिला र सन्तलाई काँकरभिट्टाबाट प्रहरीले पक्राउ गरिएको थियो। dcnepal

Continue Reading…

धमाधम पक्राउ पर्दै ‘विप्लव’ माओवादीका कार्यकर्ता, कारबाहीमा उत्रियो प्रहरी

काठमाडौं, २७ जेठ । सवारी साधनमा आगजनी, तोडफोड र आवागमन अवरोध गराउँदै हिँडेका ‘विप्लव’ माओवादीका झण्डै दुई दर्जन कार्यकर्तालाई प्रहरीले राजधानीबाट गिरफ्तार गरेको छ ।
जबरजस्ती बन्द गराउन हिँडेका माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तिनकुने, महाराजगंन्ज, नेपालटार, चाबहिल, गोङ्गवु, भक्तपुर, नागढुङ्गालगायतका स्थानमा ‘विप्लव’ माओवादीका कार्यकर्ताले दर्जन बढी सवारी साधनमा तोडफोडका साथै आगजनी गरेको जनाएका छन् ।parea
नागढुङ्गामा ना ५ ख ७० ४१ नम्बरको माइक्रो बसमा पनि ‘विप्लव’ माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन् । नयाँ बसपार्क नजिकै पनि एउटा माइक्रो बसमा तोडफोड भएको छ । त्यस क्रममा माओवादी कार्यकर्ताले आगजनीको प्रयास गरेका छन् ।
प्रहरीले कंलकीबाट ट्रेड युनियन महासंघका अध्यक्ष योगेद्र कुमाल, बिष्णु अधिकारी, रविन खत्री लगायत छ जना नेता तथा कर्यकर्ता पक्राउ गरेको छ । बालाजुमा मीनबहादुर चलाउने, सुमन अधिकारी, चन्द्र बुढा, रजमान तामाङपनि पक्राउ परेका छन् । ग्वार्कोबाट जम्बो शेर्पासहित तीन जना पक्राउ परेका छन् ।
रत्नपार्कबाट जनगणतान्त्रिक मञ्चका अध्यक्ष राजु कार्कीसहित दर्जन कार्यकर्ता पक्राउ परेको माओवादीले जनाएको छ । भक्तपुरका जनपरिषद प्रमुख कृष्णराम खड्का, सविन पुलामी मगरसहित ३ जना पक्राउ परेका छन् ।
‘विप्लव’ माओवादीको नेपाल बन्दलाई ध्यानमा राखेर सरकारले मुलुकभरि उच्च सुरक्षासर्तकता अपनाएको जनाएको छ । गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा मजबुत बनाएको जनाउँदै अवाञ्छित क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
dainiknepal

Continue Reading…

विप्लबको बन्द: चालकलाई भित्रै राखेर ट्याक्सीमा आगजनी

काठमाडौं, जेठ २७ – बन्दकर्ताले काठमाडौंको कोटेश्वरमा चालकसहितको ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान कोटेश्वरमा दुई जना बन्दकर्ताले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेला आगजनी गरेको प्रहरीले जनाएको छ ।
कलंकी जान भन्दै आएका दुई जनामध्ये एक जनाले चालकसँग बार्गेनिङ गरेको र अर्का एक जनाले पेट्रोल खनाएर आगो लगाएको प्रहरी निरीक्षक अजय जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले एक लिटर पेट्रोल ल्याएकोमा ८ सय एमएल ट्याक्सीमा खन्याएका थिए ।agolagi

आगो लाग्न थालेपछि चालक भागेको उहाँले बताउनुभयो । आगजनी गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनीका कारण ट्याक्सीमा आशिंक क्षती पुगेको छ । चालक मकवानपुरका २४ वर्षका सुवास परियार सुरक्षित रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
विभिन्न माग राख्दै चन्द नेतृत्वको माओवादीले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन कम मात्रामा चलेका छन् ।

Continue Reading…

आजको बन्द, कस्तो छ प्रभाव ? कति गाडी चलेका छन् ?

काठमाडौँ – आज विहिबार विप्लव समुहको माओवादीले गरेको बन्दको आंशिक प्रभाव देखिएको छ । काठमाडौँ उपत्यकामा प्राइभेट सवारी केहि मात्र चलेका छन् । बिहिबार हुने भनिएको बन्द सुचारु नगरे कडा कारबाही गर्ने गृहमन्त्रालयले जनाइरहेका बेला विप्लव माओवादीले भने बन्दको कार्यक्रम फिर्ता नलिने घोषणा गरीसकेको थियो ।afnu

यसैबीच विप्लवको नेतृत्वको माओवादीले जेठ २७ गते हुने बन्दको पूर्व सन्ध्यामा बुधवार राजधानीमा मोटरसाइकल र्याली सम्पन्न गरेको थियो । काठमाडौंको तीनकुनेबाट सुरू भएको मोटरसाइकल र्याली रिंगरोड पूरा गरी सम्पन्न गरिएको हो । र्यालीमा विप्लव माओवादीका सयौं युवाहरू सहभागी थिए ।
झापा, धादिङ, कालिकोटमा आफ्नमा कार्यकर्ताहरू सरकार पक्षद्धारा बिनाकारण गिरफ्तार गरिएको भन्दै विप्लव माओवादीले २७ गते नेपालबन्द कार्यक्रम राखेको बताएको छ ।

Continue Reading…

राजधानीका विभिन्न स्थानमा बन्द गराउदै हिडेको २ दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं । राजधानीका विभिन्न स्थानमा बन्द गराउदै हिडेको २ दर्जन नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कायकर्ता पक्राउ परेको छन् ।

चन्द नेतृत्वको माओवादीले बन्दको आब्हान गरेसंग सर्बजानिक यातायात चलेको छैन्न भने मोटरसाईकल र निजी सवारी साधान आशिंक रुपमा चलेका छन् । राजधानी उपत्यकामा सर्बसाधरणहरुलाई बन्दलेसास्ती भोग्नु परेको छ ।
शिक्षण संस्थाहरु भने निवाद रुपमा सञ्चालनमा आएका छन् । बन्द गरेसंगै सर्बजानिक यातायात नचलेसंगै हिडेर नै सर्बसाधरणहरु गन्तब्यमा जान बाध्य छन् ।maa
राजधानीका चोकचोकमा विहानै देखी बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।अहिलेसम्म तिनकुनेमा ट्याक्सी लागजानी गरेको र मनमैजयुमा माइक्रोबसमा आशिंक रुपमा क्षेतीछुटपुट घटना बाहेक हालसम्म उप्रिय घट्ना नघटेको महानगरिय प्रहरी प्रधान कार्यालय रानीपोखरीका डिआइजी विज्ञमानराज शर्माले जनाकारी दिए ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आयोजना गरेको बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । भाडाका सवारी साधान नचलेपनि निजी सवारी साधन भने निर्वाधरुपमा सञ्चालन भइरहको प्रहरीले जनाएको छ । सडकमा बन्दकर्ताको उपस्थिति छैन । चोक चोकमा सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति रहेको छ ।
news24nepaltv

Continue Reading…

कुन मन्त्रालयमार्फत जिल्लामा कति बजेट ? कसरी जान्छ जिल्लामा बजेट ?

काठमाडौं, २७ जेठ । सरकारले १२ मन्त्रालयमार्फत जिल्लापरिषद्भन्दा माथिल्लो तहका आयोजनाका लागि ७५ जिल्लामा ९५ अर्ब २८ करोड ९१ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
आगामी आव ०७३–७४ मा विकास निर्माण तथा सामाजिक सुरक्षासँग सम्बन्धित मन्त्रालयमार्फत यो रकम खर्च गरिनेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।kun
राष्ट्रिय योजना आयोगका अनुसार मन्त्रालयमार्फत केन्द्रीय तहबाट स्थानीयस्तरमा कार्यान्वयन हुने आयोजनाका लागि सरकारले यो बजेट विनियोजन गरेको हो । यो रकम राष्ट्रिय गौरवका आयोजनामा भने खर्च हुँदैन ।
‘जिल्ला परिषद्भन्दा माथिल्लो तहका कार्यक्रमका लागि यो पैसा खर्च हुन्छ,’ आयोगका प्रवक्ता तुलसी गौतमले भने, ‘जिविस तहबाट हुन नसक्ने कार्यक्रमका लागि यसरी कार्यक्रम बनाएर अघि बढाइन्छ ।’ जिविस, नगरपालिका र गाविस परिषद्ले छनोट गरेका आयोजना कार्यान्वयनका लागि मन्त्रालयहरूले नै छुट्टै विकास कार्यक्रम प्रकाशन गरी कार्यान्वयन गर्ने गौतमले बताए ।
आगामी वर्ष विकास तथा सामाजिक क्षेत्रसँग सम्बन्धित पाँच मन्त्रालयले मात्रै जिल्लामा विनियोजित बजेटको ९२% खर्च गर्नेछन् । स्थानीय विकास, शिक्षा, स्वास्थ्य, कृषि र सहरी विकासले ८६ अर्ब २१ करोड खर्च गर्नेछन् ।
बजेटमा मन्त्रालयमार्फत जिल्लाको पूर्वाधार विकासमा जाने बजेट घटाएको छ । चालू वर्षमा पूर्वाधार विकासका लागि दुई अर्ब ७४ करोड छुट्याएको भएपनि आगामी वर्षका लागि ४२ अर्बले बजेट घटाएर दुई अर्ब ३२ करोडमा सीमित बनाएको छ ।
आगामी वर्ष संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मात्रै ४५ अर्ब ४३ करोड रुपैयाँ खर्च गरिँदै छ । मन्त्रालयले ११ अर्ब ५० करोड रुपैयाँ चालू खर्च गर्नेछ भने ३३ अर्ब ९२ करोड रुपैयाँ पुँजीगत खर्च गर्नेछ ।
शिक्षा मन्त्रालयले १९ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ खर्च गर्दै छ । शिक्षाको बजेटमध्ये १९ अर्ब ८८ करोड ९४ लाख चालू खर्चका लागि छुट्याइएको छ । नौ करोड ८३ लाख मात्रै पुँजीगत खर्च छुट्याइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० अर्ब रुपैयाँ ७५ जिल्लामा खर्च गर्दै छ । यसमध्ये चार अर्ब चालू खर्च र १० अर्ब पुँजीगत खर्च छुट्याइएको छ ।
मन्त्रालयमार्फत जिल्लामा जाने बजेटमध्ये सबैभन्दा कम रकम युवा तथा खेलकुद मन्त्रालयमार्फत छ । यो मन्त्रालयमा पुँजीगत खर्च हुँदैन । चालू खर्चअन्तर्गत १६ करोड सात लाख युवा तथा खेलकुदले जिल्लाहरूमा खर्च गर्नेछ ।
प्रधानमन्त्रीका सपना र बजेट
तुइन विस्थापन : सरकारले ०७४ भदौभित्र १५५ तुइनलाई झोलुंगे पुलमार्फत विस्थापित गर्न एक अर्ब रुपैयाँ बजेट छुट्याएको छ । २५ असोजमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै ओलीले तुइन विस्थापन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
लोडसेडिङ अन्त्य : २२ कात्तिकमा पाँचथरको रविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एक वर्षभित्रमा लोडसेडिङ अन्त्यको घोषणा गरेका थिए । बजेटमा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार र वितरणलाई प्राथमिकतामा राखिएको छ । लोडसेडिङ अन्त्यका लागि एक मात्र विकल्प मानिएको एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना आगामी आवबाट सुरु गर्ने योजनासहित १२ अर्ब बजेट विनियोजन गरिएको छ ।
मेट्रो रेल : प्रधानमन्त्री ओलीले पदभार सम्हालेपछि देशवासीका लागि गरेको सम्बोधनमा काठमाडौंमा मेट्रो रेल चलाउने घोषणा गरेका थिए । यसलाई कार्यान्वयन गर्न बजेटमार्फत मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणका लागि स्रोतको व्यवस्थापन गरिने उल्लेख छ । रेल तथा मेट्रो रेलका लागि एक अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।
पानीजहाज खरिद : पानीजहाज सञ्चालन गर्न कानुनी र संस्थागत आधार तयार गर्ने योजना सरकारको छ ।
चीनतर्फ विद्युत् निर्यात : प्रधानमन्त्री ओलीले १२ जेठमा चीनतर्फ पनि बिजुली निर्यात गर्ने बताएका थिए । बजेटमा विद्युत् आयात–निर्यातको वैकल्पिक व्यवस्था गर्न चिलिमे–केरुङ प्रसारण लाइनको अध्ययन आगामी वर्षमा सम्पन्न गरिने घोषणा गरिएको छ ।
कसरी जान्छ जिल्लामा बजेट ?
राष्ट्रिय गौरवका आयोजनाका लागि केन्द्रबाट सीधै बजेट खर्च गर्छ । यो बजेट एउटा जिल्लामा मात्रै केन्द्रित हुँदैन । त्यस्तै, जिल्लापरिषद्भन्दा माथिल्लो तहका आयोजनाका लागि मन्त्रालयमार्फत खर्च हुने गरी बजेट विनियोजन गर्छ । यसबाहेक गाविस र नगरपालिकामा पनि अनुदान जाने गरेको छ । आगामी वर्ष गाविस १५ अर्ब र नगरपालिका अनुदानमा १३ अर्ब गरी २८ अर्ब बजेट जिल्लामा जानेछ । गाविस, नगरपालिका तथा जिविसका परिषद्ले पारित गरेका योजनामा मन्त्रालयअनुसार बजेट जाने गरेको छ । त्यसका लागि हरेक मन्त्रालयले रातो किताब भाग २ प्रकाशन गरी कार्यक्रम अघि बढाउँछ ।
कुन मन्त्रालयले कति पाए बजेट ?
स्थानीय विकास आगामी वर्ष :
चालूतर्फ ११ अर्ब ५० करोड, पुाजीगततर्फ ३३ अर्ब ९२ करोड गरी ४५ अर्ब ४३ करोडको बजेट चालू वर्ष : ३५ अर्ब १८ करोड
शिक्षा आगामी वर्ष :
चालूतर्फ १९ अर्ब ८८ करोड, पुाजीगततर्फ ९ करोड ८३ लाख गरी १९ अर्ब ९८ करोडको बजेट चालू वर्ष : १८ अर्ब ७० करोड स्वास्थ्य आगामी वर्ष : चालूतर्फ ४ अर्ब ८ करोड, पुाजीगततर्फ ६ अर्ब ६८ करोड गरी १० अर्ब ७७ करोडको बजेट चालू वर्ष : ९ अर्ब ७९ करोड
कृषि विकास आगामी वर्ष :
चालूतर्फ ४ अर्ब ६३ करोड, पुाजीगततर्फ ५१ करोड ४६ लाख गरी ५ अर्ब १४ करोडको बजेट चालू वर्ष : ४ अर्ब ६७ करोड
सहरी विकास आगामी वर्ष :
चालूतर्फ ५६ करोड ६६ लाख, पुाजीगततर्फ ४ अर्ब ३२ करोड गरी ४ अर्ब ८९ करोडको बजेट चालू वर्ष : ४ अर्ब ४५ करोड
भौतिक पूर्वाधार आगामी वर्ष :
पुाजीगत जम्मा २ अर्ब ३२ करोडको बजेट चालू वर्ष : २ अर्ब ७४ करोड
विज्ञान, प्रविधि तथा वातावरण आगामी वर्ष : चालूतर्फ जम्मा ३ अर्ब ८१ करोडको बजेट चालू वर्ष : ३ अर्ब ४६ करोड
महिला, बालबालिका आगामी वर्ष :
चालूतर्फ ५१ अर्ब १२ करोड, पुाजीगततर्फ १५ करोड ४६ लाख गरी १ अर्ब २८ करोडको बजेट चालू वर्ष : १ अर्ब १६ करोड
पर्यटन तथा नागरिक उड्डयन आगामी वर्ष :
चालूतर्फ २० करोड ४१ लाख, पुजीगततर्फ ४६ करोड १५ लाख गरी ६६ करोड ५७ लाखको बजेट चालू वर्ष : ५० करोड ५१ लाख
उद्योग आगामी वर्ष :
चालूतर्फ ४२ करोड ३५ लाख, पुजीगततर्फ ८ करोड ९२ लाख गरी ५१ करोड २७ लाखको बजेट चालू वर्ष : ४६ करोड ६१ लाख
वन तथा भू संरक्षण आगामी वर्ष :
चालूतर्फ ११ करोड ३ लाख, पुाजीगततर्फ १८ करोड १६ लाख गरी २९ करोड २० लाखको बजेट चालू वर्ष : २६ करोड ५४ लाख
युवा तथा खेलकुद आगामी वर्ष :
चालूतर्फ जम्मा १६ करोड ७ लाखको बजेट चालू वर्ष : १४ करोड ६० लाख
dainiknepal

Continue Reading…

चन्द नेतृत्वको माओवादीले नेपाल बन्द गर्नुको कारण यस्तो छ

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यस्ता माग गरेर नेपाल बन्द गराएको हो ।yann

कालीमाटीमा पक्राउ परेका ५ कार्यकर्ताको रिहाई गरिनुपर्ने ,कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।
news24nepaltv

Continue Reading…

सिराहामा भयानक दुर्घटना, बसमा कसरी लाग्यो आगो ? जलेर एकको मृत्यु

सिरहा, २७ जेठ । सिरहा जिल्लाको धनगढीमाइ नगरपालिका– ८ मा भएको सवारी दुर्घटनामा एक जनाको जलेर मृत्यु भएको छ भने १६ यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट झापा जाँदै गरेको यात्रु बस र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ४२९४ नम्बरको ट्रक आज बिहान पाँच बजे एक आपसमा ठोकिदा आगलागी भइ जलेर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा बसका १६ जना यात्रु घाइते भएका छन् ।jalayaaa
दुर्घटनामा घाइते भएका १६ जनाको सिराहाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । ठोकिए लगत्तै दुवै सवारी साधनमा आगो लागेको सिराहा प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट बस पूर्ण रुपले जलेको छ भने ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनापछि बसमा कसरी आगो लाग्यो भनेर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।
दुर्घटना पश्चात फरार रहेका दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
dainiknepal

Continue Reading…

भारतीयलाई नेपाली नागरिक बनाउने सचिव छुटाउन आन्दोलन

काठमाडौं, २७ जेठ । भारतीय नागरिकलार्इ नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेकी मोरङ कटहरी गाविसकी सचिव किरणदेवी देवलाई विनासर्त रिहाइ गर्न माग गर्दै मोरङका गाविस सचिवहरु बुधबारबाट आन्दोलित भएका छन् ।
सचिव देवलाई सोमबार पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएपछि सचिवहरु आन्दोलित बनेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।amdani
मोरङको डायनिया गाविसमा रहँदा नागरिकता टोलीमार्फत २०७० सालमा भारतीय नागरिकलाई नागरिकता दिन सिफरिस गरेको विषयलाई लिएर अदालतले पक्राउका लागि आदेश दिए अनुरुप प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।
पक्राउ गरेका गाविस सचिव देवलाई बिनासर्त हिरासत मुक्त गर्नुपर्ने माग राखेर गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङले आन्दोलन थालेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया र स्थानीय विकास अधिकारी नारायण मैनालीलाई बुधवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले पक्राउ परेकी देवलाई तुरुन्त रिहा गर्न माग गरेका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङका अध्यक्ष नवराज पराजुलीले जनप्रतिनिधिको समेत काम गर्नै पर्ने बाध्यताका सचिवलाई पक्राउ गरेर राज्यले अन्याय पूर्ण व्यवहार देखाएको बताए ।
dainiknepal

Continue Reading…

बन्दको कञ्चनपुरमा पनि प्रभाव, यात्रु बसपार्कमै अडकिए

कञ्चनपुर, २७ जेठ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका कारण कञ्चनपुरमा पनि प्रभाव परेको छ । विप्लप माओवादीले आफ्ना कार्यकर्ताको रिहाई, कालोबजारी, तस्करी राष्ट्रघाती बिरुद्धमा आज बन्दको आब्हान गरेको हो ।banda
बन्दका कारण महेन्द्रनगरदेखि विभिन्न स्थानका लागि छुट्ने सवारी बिहानैदेखि चल्न सकेका छैनन् ।
सार्वजनिक यातायात चल्न नसक्दा भारतका विभिन्न स्थानबाट रोजगारी गरी घर फर्केका मजदुरहरु बसपार्क, होटेलमा बसिरहेका छन् । खास गरेर बन्दाका कारण यात्रुहरु बढी मारमा परेका छन् ।
महेन्द्रनगरदेखि महाकाली र पवनदूत यातायात व्यवसायी समितिले संचालन गरेको बस सेवा समेत आज बन्द भएको छ । तोडफोड हुने डरले पातलो मात्रामा मोटरसाईकल मात्रै संचालन भइरहेका छन् ।
बन्दका कारण बजार क्षेत्रका शैक्षिक संस्था, विद्यालय, उद्योग कलकारखाना, बजार आँसिक रुपमा बन्द रहेका छन् । भने ग्रामिण क्षेत्रमा बन्दको प्रभाव परेको छैन् ।
माओवादीका कार्यकर्ताहरु सदरमुकाम केन्द्रित भएका कारण पनि बजार क्षेत्रमा बन्द भएको छ भने ग्रामीण क्षेत्रमा बन्दको प्रभाव देखिएको छैन् ।
बन्द सफल बनाउन माओवादीका कार्यकर्ताहरु बिहानैदेखि बजारमा उपस्थित भएका छन् । विप्लप माओवादी कञ्चनपुरका नेता राजेन्द्र विष्टले राष्ट्रघाती, जनबिरोधी काम गर्ने बिरुद्ध माओवादीले संचालन गरेको जनकाबारहीमा सरकारले आफ्ना कार्यकर्ताहरुलाई धमाधम पक्रेर झुट्टा मुद्दा लगाएका कारण बाध्य भएर सरकार बिरुद्ध बन्द आब्हान गरिएको बताए ।
बन्दको अवाज्ञा गरेर त्यसबाट हुने क्षति स्वयमले लिनुपर्ने विप्लप माओवादी कञ्चनपुरले चेतावनी दिएको छ ।
बन्दका क्र्ममा एम्बुलेन्स, शवबहान, पत्रकार, मानवअधिकारवादी लगायतका सवारी साधनलाई निर्बाध रुपमा चल्न दिएको छ । आफ्ना कार्यकर्ता रिहाई नगरुन्जेलसम्म बन्द जारी राख्ने माओवादीले जनाएको छ ।
dainiknepal

Continue Reading…

माओवादीको बन्दले जनजीवन प्रभावित, काठमाडौंमा ट्याक्सी जल्यो

काठमाडौं, २७ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका प्रभाव राजधानी सहितका मुलुकभरि परेको छ ।
पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको माग गर्दै बन्दमा उत्रिएको ‘विप्लव’ माओवादीले बिहानैदेखि सवारी साधन चल्न दिएको छैन ।
कलकारखाना, उद्योग, व्यवसाय, बजार, पसल, यातायात नचलेको प्रवक्ता खड्क विश्वकर्माले जानकारी दिनुभयो । ‘बन्द बिहानैदेखि जारी छ’, उहाँले भन्नुभयो, ‘अत्यावसेक साधन बाहेक कुनै पनि गाडीलाई चल्न दिएका छैनौँ ।’
राजधानीमा बन्दका क्रममा बहिरी बजार पसल नखुले पनि भित्रका पसलहरू खुलेका छन् । बन्दको प्रभावले शिक्षण संस्थाहरू पनि बन्द छन् ।jalaya

उता, कालिकोट जिल्लामा बन्द गराउन सडकमा उत्रिएका १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता विश्वकर्माले बताउनुभयो । सिन्धुलीमा पनि माओवादी कार्यकर्ता पक्राउ परेका छन् । बन्दको पूर्वसन्ध्यामा बुधबार साँझ एक दर्जन कार्यकर्ता पक्राउ परेका हुन् ।
यसैबीच, ‘विप्लव’ माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै काठमाडौंको तिनकुनेमा एउटा ट्याक्सी जलाइदिएका छन् । माओवादी कार्यकर्ताले बिहान बा १ ज ६२०६ नम्बरको ट्याक्सी जलाएका हुन् ।
dainiknepal

Continue Reading…

भाडामा दिनहुँ ४८ लाख ठगी

२७ जेठ, काठमाडौं ।

कलंकीका राजु लामिछाने टेम्पो चढेर दैनिक तरकारी लिन कालिमाटी बजार पुग्छन् । आउँदा १५, जाँदा १५ रुपैयाँ भाडा तिर्छन् । कलंकीबाट कालिमाटी करिब दुई किमि टाढा छ । तर, सरकारले तोकेभन्दा उनी दिनहुँ ४ रुपैयाँ बढी भाडा तिर्छन् ।

नयाँबानेश्वरका शंकर तामाङ नेपाल यातायातको बसमा मीनभवनबाट अनामनगरस्थित हनुमानथान कार्यालय पुग्छन् । कार्यालय पुग्न १५ र घर फर्कन १५ रुपैयाँ तिर्छन् । १३ रुपैयाँ मात्र भाडा लाग्ने भए पनि उनले प्रत्येक दिन १५ रुपैयाँ तिर्दै आएका छन् । सहचालकसँग दुई रुपैयाँ फिर्ता माग्दा खुद्रा छैन भन्दै पन्छिने गरेको उनले बताए । ‘चार किमिसम्म यात्रा गरे १३ रुपैयाँ भाडा भए पनि चढ्नेबित्तिकै १५ रुपैयाँ तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अति नै भयो, यात्रु पाइला–पाइलामा ठगिई राखेका छन् ।’andoln

गत माघमा यातायात तथा भौतिक योजना मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सवारी भाडा दर घटाउने निर्णय गरे पनि त्यो हालसम्म कायम हुन सकेको छैन । यातायात व्यवसायीको दबाब र यातायात व्यवस्था विभागको उदासीनताले भाडा दर कार्यान्वयन हुन सकेको छ्रैन । दैनिक यात्रु ठगिने क्रम बढ्दो छ ।

उपत्यकामा ४ किलोमिटरसम्मको दूरीमा १३ रुपैयाँ र १९ किलोमिटरसम्म २३ रुपैयाँ भाडा निर्धारित छ । ‘रिङ रोड’ पूरै परिक्रमा गरेको भाडा अधिकतम २४ रुपैयाँ निर्धारण गरिएको छ । तर यातायात व्यवसायीले रिङरोड परिक्रमा गरेको ४० रुपैयाँसम्म लिने गरेका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले भूकम्प र नाकाबन्दीअघि चर्को भाडा असुलेका दैनिक एक सयजति उजुरी आउने गरेका भए पनि अहिले आउन छाडेको बताए ।

‘चर्को भाडा लिए स्वयं सेवाग्राहीले उजुरी गर्नुपर्‍यो,’ उनले भने, ‘सरकारको मुख ताकेरमात्र बस्न हुन्न, शिक्षित मानिसले त उजुरी दिन सक्छन्, विभागले मात्र अनुगमन गरेर पुग्दैन ।’

सार्वजनिक यातायातमा लामो अध्ययन/अनुसन्धान गरेका पुल्चोक इन्जिनियरिङका अतिथि प्राध्यापक सूर्यराज आचार्यले उपत्यकामा दैनिक १२ लाख यात्रुले सार्वजनिक यातायातमा यात्रा गर्ने बताए । प्रत्येक यात्रु घरकोठाबाट निस्कँदा र फर्कंदा गरी दिनमा न्यूनतम सरदर २ पटक सार्वजनिक यातायात प्रयोग गर्छन् ।

यस हिसाबले एक यात्रुबाट दिनमा कम्तीमा ४ रुपैयाँ लुटिइन्छ । १२ लाख यात्रुबाट उपत्यकाभित्रका सार्वजनिक सवारी साधनले दैनिक ४८ लाख रुपैयाँभन्दा बढी लिने गरेको उनले बताए । ‘२ रुपैयाँ फिर्ता माग्दा कतै बेइज्जती हुन्छ कि भन्ने यात्रुले पनि सोच्छ, अर्को कुरा धेरैजसो यात्रुले भाडा दरै थाहा पाउँदैनन्,’ उनले भने, ‘प्रत्येक सवारी साधनमा भाडासम्बन्धी जनचेतनामूलक सन्देश लेख्नुपर्छ ।’ ट्राफिक प्रहरी महाशाखाका डीआईजी प्रकाश अर्यालले सेवाग्राहीप्रति उत्तरदायी हुनुपर्ने संस्कारको अभावमा सार्वजनिक सेवा गुणस्तरहीन भएको बताए ।

सरकारले सार्वजनिक यातायातलाई गुणस्तरीय प्रणालीमा विकसित गराइदिने हो भने धेरैले व्यक्तिगत सवारी नकिन्ने अर्याल बताए । ‘सार्वजनिक सवारीको गुणस्तर लथालिंग छ,’ उनले भने । तर, सेवाग्राहीले पनि आफ्नो अधिकारका लागि सचेत हुनुपर्ने उनले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले न्यूनतम भाडा दर १३ रुपैयाँभन्दा बढी नलिन कडा निर्देशन दिएको बताए ।

‘दुई रुपैयाँ खुद्रा फिर्ता माग्न सेवाग्राहीले लाज मान्न भएन,’ उनले भने, ‘अधिकारप्रति स्वयं सेवाग्राही सचेत हुनुपर्‍यो नि ? यातायात व्यवसायीले एकतर्फी रूपमा ठग्यो भनेर ठग्न भएन ।’ उनका अनुसार दैनिक करिब १७ लाख मानिसले उपत्यकामा सार्वजनिक यातायातमा ओहोरदोहोर गर्ने गरेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

कामु प्रधानन्यायाधीश र दीक्षितपत्नीबीच हाठनाता !

२७ जेठ, काठमाडौं ।

सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरीत मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ ।

कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितिपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध छ ।

thagi
शान्ताले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कार्कीले सुनुवाई गरेकी थिइन् ।सुशीला र दीक्षितपत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो । स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तति हुन् ।

अर्जुनका ती छोरा थिए नरवीर, चन्द्रवीर र तिलकविक्रम बस्नेत । सुशीला तिलकविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन् । यो नाताले उनीहरु फुपु भदै पर्छन् ।

मुलुकी ऐनको अदालती बन्दोबस्तीको ३० नम्बरअनुसार न्यायाधीशले नातासम्बन्ध भएका कुनै पनि मुद्दा हेर्न मिल्दैन । सो दफामा उल्लेख भएका नातासम्बन्ध स्वार्थ सरोकारवाला पक्ष भएकाले यसरी मुद्दा हेरिएका स्वतः विवादको विषय बन्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
nepaliheadlines

Continue Reading…

प्रहरीमा राजीनाको लहर, एसएसपी सुवोधले पनि जागिर छाडे

काठमाडौं, २७ जेठ । नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ । सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन् ।
पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन् । दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी वर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो । तर उनले बीचमै राजीनामा दिए ।paharii
यद्यपि उनले असन्तुष्टिको कारण राजीनामा नदिएको बताएका छन् ।
यस्तै गत महिना ०६४ को ब्याचका पहिलो नम्बरमा रहेका इन्स्पेक्टर दीपक भण्डारीले राजीनामा दिएका थिए । डीएसपी आनन्दजंग थापाले पनि दुई महिनाअघि जागिर छोडे ।
राजीनामा दिने डीएसपी थापासँगै खेम केसी, विदुर गौतम र धनबहादुर कठायत छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन पाँचजना प्रहरीले राजीनामा दिने गरेका छन् ११ महिनाको अवधिमा १४ सय ११ जनाले राजीनामा दिएका छन् । जसमध्ये चार डीएसपी र २० इन्स्पेक्टर छन् ।
त्यस्तै १११ प्रहरी नायब निरीक्षक तथा ३४६ जना प्रहरी सहायक निरीक्षकले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजीनामा दिनेमध्ये सबैभन्दा धेरै प्रहरी हवल्दार छन् । करिब ११ महिनामा ५२९ हवल्दार, तीन सय ९९ जवान र ४४ कार्यालय सहयोगीले पनि बीचमै जागिर छाडेका छन् ।
dainiknepal

Continue Reading…

भारतले नेपाललाई थप ग्यास दिने

२७ जेठ, काठमाडौं ।

उपभोक्ताको माग थेग्न हम्मे परेपछि नेपाल आयल निगमले ग्यास आपूर्ति बढाउने भएको छ। निगमले भारतबाट मासिक थप १० हजार मेटि्रकटन ग्यास ल्याउन लागेको हो।

निगम र भारतीय आयल कर्पोरेसन (आइओसी) बीच नयाँ दिल्लीमा मंगलबार राति अबेर सम्पन्न बैठकमा नेपाललाई उपलब्ध गराउँदै आएको ग्यास कोटा बढाउन सहमति जुटेको छ। बैठकले आइओसीकै अर्को रिफाइनरी पारादीपबाट थप १० हजार मेटि्रकटन ग्यास दिने निर्णय गरेको हो।bhhara

बैठकमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटा, सहसचिव उत्तम नागिला, निगम कार्यकारी निर्देशक गोपाल खड्का, निमित्त नायब निर्देशक सुशील भट्टराई, निर्देशक मुकुन्द घिमिरे तथा भारततर्फ आइओसी अध्यक्ष पी अशोकालगायत अधिकारी सहभागी थिए।

यसअघि आइओसीले चार रिफाइनरीबाट नेपाललाई मासिक करिब २८ हजार मेटि्रकटन ग्यास उपलब्ध गराउँदै आएको थियो।

अब दुई साताभित्रै पारादीप रिफाइनरीबाट थप ग्यास आउने आपूर्ति मन्त्रालयका सहसचिव नागिलाले जानकारी दिए। ‘आइओसीले नेपाललाई थप ग्यास दिने निर्णय गरेको छ,’ उनले नयाँदिल्लीबाट फोनमा नागरिकसँग भने, ‘सबै प्रक्रिया सुरु भयो, अब १५ दिनभित्रै पारादीपबाट ग्यास ल्याउन सुरु हुन्छ।’

यसअघि निगमले भारतका बरौनी, हल्दिया, मथुरा, पानीपथ रिफाइनरीबाट ग्यास ल्याउँदै आएको थियो। यी रिफाइनरीबाट करिब २९ हजार मेटि्रकटन कोटा निर्धारण गरिए पनि उत्पादन कम भएकाले मासिक २७–२८ हजार मात्र आइरहेको छ।

नाकाबन्दी खुलेसँगै ती रिफाइनरीबाट ग्यास आयात बढे पनि उपभोक्ताको माग धान्न पर्याप्त नभएपछि निगम विकल्प खोजीमा थियो। पहिलेका रिफाइनरीसहित पारादीपबाट पनि ग्यास दिन आइओसी अधिकारी सहमत भएको आपूर्ति सचिव श्रीधर सापकोटाले बताए।

‘सकेसम्म बरौनीमै आयात बढाउने हाम्रो माग थियो,’ उनले नयाँदिल्लीबाट नागरिकसँग भने, ‘तर, पारादीपबाट दिने सहमति जुटेको छ।’ पारादीपबाट ग्यास ल्याउने बाटो खुले पनि सकेसम्म बरौनीबाटै दिन आग्रह गरिएको उनले बताए।

नेपाली बजारमा खाना पकाउने ग्यासको माग वार्षिक करिब १० देखि १५ प्रतिशतले बढ्ने गरेको छ। बरौनीबाट पारादीप ३ सय किलोमिटर टाढा भए पनि थप महँगो नहुने निगमले जनाएको छ।

‘बरौनीभन्दा पारादीपमा ग्यास सस्तो भएकाले ढुवानी लागत बढ्दैन,’ निगम प्रवक्ता मुकुन्द घिमिरले भने, ‘त्यसैले अन्य रिफाइनरीसरह नै आयात हुन्छ। उपभोक्ताले भार खेप्नुपर्दैन।’

नयाँ रिफाइनरीबाट थप ग्यास ल्याउने निर्णय स्वागतयोग्य भएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। पुराना रिफाइनरीले कोटाअनुसार ग्यास पुर्यासउन नसकेको ग्यास उद्योग संघ उपाध्यक्ष कुश मल्लीले बताए। ‘पुराना चारवटै रिफाइनरीमा उत्पादन घटेकाले पर्याप्त ग्यास आएको छैन,’ उनले भने, ‘पारदीपबाट ग्यास आए भारतीय नाकाबन्दीपछि अस्तव्यस्त बनेको ग्यासबजार पुरानै अवस्थामा फर्कनेछ।’

पारादीपबाट ग्यास ल्याउन थालेपछि वितरण सहज हुने विश्वास उनले दर्साए। ‘काठमाडौंमा अझै उपभोक्तालाई पुग्दो ग्यास दिन सकिएको छैन,’ उनले भने, ‘अझै करिब एक हप्ता कुर्नुपर्ने अवस्था छ।’

डिलर्स एसोसिएसन अध्यक्ष लीलेन्द्र प्रधानले बताए। ‘दीर्घकालीन महत्वको परियोजना भएकाले यसलाई तीव्रतासाथ अघि बढाउनुपर्छ,’ उनले भने, ‘काम छिटो सक्न सरकारले तदारुकता देखाउन जरुरी छ।’ नागरिक दैनिकमा खबर छ ।
nepaliheadlines

Continue Reading…

सुशीला कार्कीले यति ठूलो गल्ती किन गरिन् ? कारबाही होला ?

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरित मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ ।
कार्की र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध छ । कार्की फुपु र शान्ता भदै हुन् । शान्ताले दायर गरेको बन्दी प्रत्यशीकरणको रिटमा कार्कीले सुनुवाइ गरेकी थिइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।garin
सुशीला र दीक्षित पत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो ।
स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तती हुन् । अर्जुनका तीन छोरा थिए– नरवीर, चन्द्रवीर र तिलविक्रम बस्नेत । सुशीला तिलविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन् ।
यो नाताले उनीहरु फुपु–भदै पर्छन् । शान्ताको ललितपुर निवासी कनकमणि दीक्षितसँग प्रेम विवाह भएको थियो ।
भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले दीक्षितलार्ए पक्राउ गरेपछि उनकी पत्नी शान्ताले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
१५ वैशाख २०७३ मा दायर सो मुद्दाको कामु प्रधानन्यायाधीश कार्कीले सुनुवाइ गरेकी थिइन् ।
मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर महलमा नातासम्बन्धभित्रको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने उल्लेख छ ।
अदालती बन्दोबस्तको ३० नम्बरमा भनिएको छ, ‘आफ्ना हाडमा अपुताली परे खान पाउने नाता र मामा, माइजु, सानी ठूलीआमा, सानो ठूलोबाबु, सासु ससुरा, फुपु फुवाजु, जेठु, साला, मीत, आफ्ना दिदीबहिनी, छोरी र यिनै दिएका ज्वाइँ, भानिज, भान्जी, भान्दी बुहारी, आमाका बाबुआमा, मन्त्र सुनाउने गुरु–गुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका, नोकर चाकर र लेखिएका मानिसको एकाघरसंंग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुँदैन ।’
मुलुकी एेनको अपुताली महलको १ नम्बरले हकवाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंसियार हुन्छ भनेको छ ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ २७ गते बिहीबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ । बन्दव्यापारमा सोचेजस्तो लाभ प्राप्त हुन गाह्रो छ । मानसिक दबाब बढेको महसुस हुनसक्छ । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । स्वास्थ्य सबल छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । कुटुम्बले सहयोग गर्नेछन् । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । मिठो भोजनको अनुकूलता देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

मिहिनेत, परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । पारिवारिक र घरायसी काममा धेरू समय व्यतीत हुनसक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन, त्यस्तै न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा भने जस्तो सफलता नमिल्ला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक क्षमता ह्रासता आउने छ । नजिकैको आफन्त वा नातेदारसँग मनमुटावको सम्भावना छ । बाह्रौं चन्द्रमा रहेकाले आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी÷प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त होला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

आज अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नैपर्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, तर कुनै किसिमको नेतृत्व वहन नगर्नु होला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

चन्द्रमा अनिष्ट भए पनि राशिमा परेको राम्रा ग्रहको प्रभावले शरीरमा स्फूर्ति र उमंगको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ । तपार्इंको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । बढी रौसिनु हुँदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

एकाबिहानै सन्ततिको व्यवहारिक समस्याका क्षेत्रमा चिन्तित बन्न सक्नुहुन्छ, आज बौद्धिक र प्राज्ञिक क्षेत्रमा समय प्रदान गरिने छ । दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । मानप्रतिष्ठा प्राप्तिका प्रयास हुनेछन् । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहालाई मान्नु आजका लागि उपयोगी हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

नेपालमा रेल चलाउन चीनबाट आयो प्रस्ताव, ओलीको सपना पूरा हुने संकेत

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउँछु भन्दा धेरैले हावामा उडाएका थिए ।
‘हावादारी गफ’ दिने भनेर आलोचना गरेका थिए तर, अब नेपालमा रेल गुड्ने दिन धेरै टाढा छैन भन्ने कुरालाई हालै चीनबाट आएको एउटा प्रस्तावले प्रमाणित गरिदिएको छ ।
चीन सरकारको स्वामित्वमा रहेको चाइना रेल्वे कन्स्ट्रक्सन कर्पाेरेशन लिमिटेडले काठमाडौं–रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुमति माग्दै सोमबार काठमाडौंस्थित नेपाल रेल्वे विभागमा औपचारिकरुपमा निवेदन दर्ता गराएको छ ।chin
आगामी आर्थिक वर्षका लागि सरकारले भर्खरै ल्याएको बजेटमा दुई वर्षभित्र रसुवागढी–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको परियोजना प्रतिवेदन तयार गरिसक्ने घोषणा गरेसँगै चिनियाँ कम्पनीले सम्भाव्यताको विस्तृत अध्ययनका लागि अनुमति माग्दै निवदेन दिएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

समाचारमा नेपाल रेल्वे विभागका कार्यकारी निर्देशक अनन्त आचार्यले सिन्ह्वालाई सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी कम्पनीले निवेदन दर्ता गराएको जानकारी दिएका छन् ।
गान्सु प्रान्तको लान्झोउबाट तिब्बतको दक्षिण पश्चिमी सहर सिगात्सेसम्म आइपुगेको चिनियाँ रेललाई चीनले सन् २०२० सम्म नेपालसँग जोडिएको केरुङसम्म विस्तारका लागि धमाधम काम अगाडि बढाइरहेको छ ।
केरुङबाट रसुवागढी पुग्न २७ किलोमिटर लाग्छ भने काठमाडौं ११२ किलोमिटर दुरीमा छ । केरुङबाट पोखरा हुँदै लुम्बिनीसम्म रेल गुडाउन ३०० किलोमिटर रेलमार्ग विस्तार गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा चीनले नेपालमा रेल विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
चिनियाँ कम्पनीले अनुमति मागेसँगै रेलमार्ग निर्माणको अघि बढ्ने र प्रधानमन्त्रीको सपना पूरा हुने विज्ञहरु बताउँछन् ।
dainiknepal

Continue Reading…

परिवारले छानेको केटासँग विवाह गर्न नमानेपछि पाकिस्तानमा आमाद्वारा छोरीको हत्या

लाहोर (पाकिस्तान), २६ जेठ । पाकिस्तानमा एक महिलाले आफ्नै छोरीको शरीरमा मट्टितेल छर्किएर हत्या गरेकी छन् ।
प्रहरीका अनुसार मृतक १८ वर्षीया जिनत रफिलकलाई उनकी आमा प्रवीन रफिकले रिसको आवेगमा आफ्नै घरमा खाटको खुट्टामा बाँधी मट्टितेल छर्केर आगो लगाएको स्वीकारेकी छन् ।bihe
जिनतले आफ्नो प्रेमी भएका कारण परिवारले छानेको केटासँग विवाह गर्न अस्वीकार गरेपछि पाकिस्तानको पूर्वी सहर लाहोरमा उक्त घटना भएको प्रहरी अधिकृत शेख अहम्मदले बताउनुभयो ।
पाकिस्तानमा परम्परागत मूल्य मान्यता विपरित प्रेम गर्ने अनि विवाह गर्ने गरेका परिघटनालाई लिएर प्रत्येक वर्ष एक हजार पाकिस्तानी महिलाले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।
सन् २०१५ मा एक किशोरी शिक्षिकालाई उनीभन्दा दोब्बर उमेरका बधुसँग विहे गर्न दबाब दिँदा शिक्षिका म्यारिया विविले अस्वीकार गरेपछि निर्मम रुपमा कुटपिट गरी आगो लगाएर जलाएका थिए । विविले यस घटनाको प्रहरीमा उजुरी दिन सफल भएपनि पछि आगोले जलेको निको हुन नसक्दा ज्यान गुमाउनु परेको थियो ।
यस घटनाले पाकिस्तानी अधिकारकर्मीको ध्यानाकर्षण गरेको थियो र उनीहरूले सरकारलाई विविध दबावमुलक कार्यक्रमको आयोजना गरी घटना नियन्त्रणका लागी पहल गर्न आग्रह गरेका थिए ।
एक महिनाअघि पनि सोही इलाकामा एक १७ वर्षीया किशोरी अम्ब्रिन रियासतले आफ्नी साथीलाई गोप्यरुपमा एक केटासँग विहे गराई भगाएको आरोपमा आगो लगाई हत्या गरिएको प्रहरी अधिकृत हम्मदले बताउनुभयो । रासस

Continue Reading…

नेपाली उद्योगमा भारतको ८० अर्ब लगानी

२०७३ जेष्ठ २६ बुधवार

भारतीय उद्योगीका आँखा नेपालको ऊर्जामा
काठमाडौँः मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएका छन् ।

विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाखभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।lagani

भारतीय उद्योगको सबैभन्दा बढी लगानी नेपालको ऊर्जामूलक क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ ।

सरकारले ‘विदेशी लगानी नीति, २०७१’ मार्फत विदेशी लगानीलाई ऊर्जा क्षेत्रमा प्राथमिकता दिएपछि ऊर्जा क्षेत्रमा विदेशी लगानी बढेको विभागका महानिर्देशक महेश्वर न्यौपाने बताए ।

लगानी गर्न स्वीकृति प्राप्त गरेका ६३१ भारतीय उद्योगको कृषि तथा वनजन्य क्षेत्रमा ४२ करोड, ७० लाख, निर्माणमा एक अर्ब ८७ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा १७ अर्ब ५१ करोड ७० लाख लगानी रहेको छ ।

त्यस्तै, खनिजमा रु दुई अर्ब ४४ करोड ९० लाख, सेवा क्षेत्रमा रु १० अर्ब ६२ करोड २० लाख र पर्यटनमा रु एक अर्ब ९७ करोड ५० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेको विभागको तथ्याङ्क छ।

विसं २०७३ वैशाख मसान्तसम्म स्वीकृत पाएका भारतीय उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा ६५ हजार १०७ रोजगारी सिर्जना हुनेछ ।

ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रोत्साहन गर्न छुट्टै रणनीति र सरकारी निकायबीच आवश्यक समन्वयको खाँचो रहेको महानिर्देशक न्यौपानेको भनाइ छ ।

विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र आगामी जुलाइसम्ममा सञ्चालनमा आउने उनले बताए ।

नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशका जम्मा तीन हजार ५७८ उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ ।

विदेशी उद्योगको जम्मा लगानी एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।

विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक एवम् प्रवक्ता रुद्रबहादुर मल्लले जानकारी दिए ।

उद्योग दर्ता प्रक्रियामा सहजताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने काम अघि बढेको देखिदैन्। रासस
annapurnapost

Continue Reading…

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार, ओली नेतृत्वमा नजाने मिनेन्द्रको ठोकुवा

काठमाडौं, २६ जेठ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेरि प्रधानमन्त्री बनाउन सकिने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रिजालले भने- ‘हामीलाई सरकार परिवर्तनमा कुनै चाँसो छैन, तर प्रचण्डजी फेरि आउनुभयो भने हामी पहिला उहाँसँग बसेर राम्रोसँग छलफल गछौं र प्रधानमन्त्रीका लागि समर्थन गर्नैछौं ।’banaunea
रिजालले काँग्रेस केपी ओलीको नेतृत्वमा जानै नसक्ने ठोकुवा गरे । उनले भने, ‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार बन्दाखेरी नै हामी उहाँ प्रधानमन्त्री बन्न योग्य हुनुहुन्न भनेर विपक्षमा खडा भएका थियौं, तर नतिजा हाम्रो पक्षमा आएन र अहिले हामी प्रतिपक्षीमा छौं ।’
नेता रिजालले आफूहरु सरकार परिवर्तन गर्ने खेलमा नभएको समेत स्पष्ट पारे । यद्यपी उनले सरकार अल्पमतमा परेर विघटन भए आफूहरु सरकार बनाउने काममा लाग्ने बताए ।
प्रचण्डसहितको प्रचण्ड बहुमत बोकेको केपी ओली नेतृत्वको सरकारले रेल कुदाउने र पानीजहाज ल्याउने घोषणा गरेकोले आफूहरु अझै एक दुई महिना कुरेर त्यो हेर्ने पक्षमा रहेको उनको भनाई थियो ।
उनले प्रचण्डको नेतृत्वमा सरकार बनाउन आफूहरुले यसअघि पनि पहल नगरेको भन्दै यसपटक प्रचण्डले प्रस्ताव गरे उनीसँग बसेर मात्रै निर्णय लिने बताए ।
नेता रिजालले प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले सिफारिश गरेको व्यक्तिको नाम फिर्ता लिएकोले सुनुवाई समिति बन्नमा ढिलाई भएको बताए ।
उनले भने, ‘अघिल्लो सरकारले सिफारिश गरेका राम सिटौलाको नाम सुनवाई समिति नभएको भन्दै प्रधानमन्त्रीले नाम फिर्ता गरिदिनुभयो, तर उहाँले कुन सुनुवाई समितिको आधारमा न्यायधिश र राजदुतमा सिफारिश गर्नुभयो, उहाँको नियत यहीँ प्रष्ट हुन्छ ।’ उनले प्रधानमन्त्रीले दोहोरो चरित्र देखाएको समेत आरोप लगाए ।
dainiknepal

Continue Reading…

हतियारसहित नेपाल प्रवेश गरेका भारतीय नागरिक पक्राउ

राजविराज, २६ जेठ । सप्तरीको झुटकी गाविसबाट हतियारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्ला महदेवा निवासी ३५ वर्र्षीय रमेश यादव रहेको प्रहरीले जनाएको छ ।hatiyari
गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमभिया र सशस्त्र प्रहरी पोस्ट बनैनियाँबाट खटिएको संयुक्त टोलीले चेक जाँज गर्दा यादव हतियारसहित पक्राउ परेका हुन् ।
पक्राउ यादवको साथबाट ‘मेड इन युएसए’ लेखिएको सिक्सर पेस्तोल एक थान, त्यसमा प्रयोग हुने तीन राउन्ड गोली बरामद गरिएको छ ।
त्यसैगरी उनको साथबाट एक थान नेपाली र एक थान भारतीय सिम कार्ड तथा एक थान कार्बन मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजका प्रहरी निरीक्षक गोकर्णराज भट्टराईले जानकारी दिनुभयो । रासस
तस्वीरः मनोहरकुमारबाट ।
dainiknepal

Continue Reading…

‘प्रचण्डले नै म प्रधानमन्त्री बन्दिन भनिसके, अब सरकार ढाल्ने शक्ति कसैसँग छैन्’

काठमाडौं, २६ जेठ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले २०७४ माघसम्म केपी शर्मा ओली नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भने, ‘संविधानको कार्यान्वयन गर्नपनि काँग्रेस लगायत सरकार बाहिर रहेका दलहरु अहिलेकै सरकारमा सहभागी हुनुपर्छ ।’ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतीय सरकारको नेतृत्व नगर्ने स्पष्ट पारिसकेकोले अब सरकार परिवर्तनको च्याप्टर नै बन्द भएको उनको भनाई थियो ।hoo
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा नेता ज्ञवालीले भने, ‘सरकार परिवर्तनका हल्लाहरु बजारमा नचलेका होईनन्, तर अब प्रचण्डले नै म प्रधानमन्त्री बन्दिन् भनेपछि, केपी ओली नेतृत्वको सरकार संसदको चुनाव गराएर मात्रै विदा हुन्छ ।’
उनले संविधान जारी भएपछि मुलुक विशिष्ट किसिमको राजनीतिक अध्यायमा प्रवेश गरेको उल्लेख गर्दै संघीय गणतन्त्रात्मक राज्य व्यवस्था अनुरुप अघि बढ्न धेरै कामहरु गर्न बाँकी रहेकोले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको स्पष्ट पारे । उनले भने, ‘संविधानको कार्यान्वयन भएन भने र ०७४ माघभित्रै चुनाव गर्न सकिएन भने अहिलेसम्मका सबै उपलब्धिहरु गुम्छन् ।’
आफूहरुले धेरैपटक सहमतिको सरकारमा आउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गरेको भएपनि काँग्रेसले नमानेको उनको गुनासो थियो । उनले भने, ‘हामीले धेरैपटक काँग्रेसका लागि रातो कार्पेट विछ्याँयौ, तर उ आउन तयार भएन् ।’
काँग्रेस सभापति शेर बहादुर देउवाले सभापतिमा निर्वाचित भए लगत्तै आफू सरकारमा नजाने बरु बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उद्धघोष गरेपनि उनले त्यस्तो भूमिका निर्वाह नगरी सरकार गिराउने खेलमा लागेको उनको आरोप थियो । उनले भने, ‘उहाँले अविश्वासको प्रस्ताव पेश गर्न सक्नुभएन्, बरु सरकार गिराउन प्रचण्डलाई उचाल्नुभयो, उहाँको झालझेले ईमेज देखियो ।’
उनले काँग्रेसलाई आफूले अघिल्लो पटक चालेको कदमले जनतामा फेस सेभिङ् गर्न गाह्रो भए संविधान कार्यान्वयनको लागि आफूहरु सहमतिको विशिष्ट मोडेल बनाएर अघि बढ्न समेत तयार रहेको खुलासा गरे ।
ज्ञवालीले संसदीय सुनुवाई समितिमा काँग्रेसले अनावश्यक बखेडा झिकेको समेत गुनासो पोखे । संविधानले निर्दिष्ट गरेको क्यालेण्डर अनुरुप नै प्रधानमन्त्रीले १५ सदस्यीय सुनुवाई समिति बनाएको उनको दाबी छ । उनले भने, ‘केपी ओलीले संविधानलाई बेवास्ता गरेर १५ सदस्यीयलाई ७५ बनाउन मिल्छ र, यदि सिँगो संसदले चाहियो भन्छ भने नेकपा एमाले शीर निहुर्याएर त्यो मान्न तयार छ ।’
dainiknepal

Continue Reading…

नेपालको ऊर्जालाई यसरी ‘कब्जा’ गर्दैछ भारत, पैसाको खोलो बगाउने

काठमाडौँ, २६ जेठ । मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र रु ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी लगानी गर्ने भएका छन् ।
विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा रु ८० अर्ब ६७ करोड १० लाखभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।bhaee
भारतीय उद्योगको सबैभन्दा बढी लगानी नेपालको ऊर्जामूलक क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ ।
सरकारले ‘विदेशी लगानी नीति, २०७१’ मार्फत विदेशी लगानीलाई ऊर्जा क्षेत्रमा प्राथमिकता दिएपछि ऊर्जा क्षेत्रमा विदेशी लगानी बढेको विभागका महानिर्देशक महेश्वर न्यौपाने बताउनुभयो ।
लगानी गर्न स्वीकृति प्राप्त गरेका ६३१ भारतीय उद्योगको कृषि तथा वनजन्य क्षेत्रमा रु ४२ करोड, ७० लाख, निर्माणमा रु एक अर्ब ८७ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा रु १७ अर्ब ५१ करोड ७० लाख लगानी रहेको छ ।
त्यस्तै खनिजमा रु दुई अर्ब ४४ करोड ९० लाख, सेवा क्षेत्रमा रु १० अर्ब ६२ करोड २० लाख र पर्यटनमा रु एक अर्ब ९७ करोड ५० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेको विभागको तथ्याङ्क छ ।
विसं २०७३ वैशाख मसान्तसम्म स्वीकृत पाएका भारतीय उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा ६५ हजार १०७ रोजगारी सिर्जना हुनेछ ।
भारतीय कम्पनीलाई निर्माण जिम्मा दिने क्रममा कर्णाली जलविद्युत आयोजनामा हस्ताक्षर गरिँदै
भारतीय कम्पनीलाई निर्माण जिम्मा दिने क्रममा कर्णाली जलविद्युत आयोजनामा हस्ताक्षर गरिँदै
ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रोत्साहन गर्न छुट्टै रणनीति र सरकारी निकायबीच आवश्यक समन्वयको खाँचो रहेको महानिर्देशक न्यौपानेको भनाइ छ । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र आगामी जुलाइसम्ममा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
नेपालमा विसं २०४६ देखि हालसम्म विश्वका कुल ८७ देशका जम्मा तीन हजार ५७८ उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ ।
विदेशी उद्योगको जम्मा लगानी रु एक खर्ब ९२ अर्ब ९४ करोड ९० लाख रहेको छ भने उक्त लगानीबाट दुई लाख १४ हजार १२१ रोजगारी सिर्जना भएको अनुमान छ ।
विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक एवम् प्रवक्ता रुद्रबहादुर मल्लले जानकारी दिनुभयो ।
उद्योग दर्ता प्रक्रियामा सहजताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाएपनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने काम अघि बढेको देखिदैन् । रासस
dainiknepal

Continue Reading…

राजधानीमा फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा

काठमाडौँ, २५ जेठ । फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ, भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्ने बित्तिकै कामको सुरुवात हुनेछ । असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ ।for
उहाँका अनुसार कामपाको वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी महानगरको छ । बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो ।
यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ । पछिल्लो समय फोहरको उचित व्यवस्थापन गरी सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे । दिगोरुपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ । कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ । रासस
dainiknepal

Continue Reading…

पुदिनाका ८ फाइदा !

पुदिना हामीमध्ये धेरै जसोले प्रयोग गरिरहेको भएपनि यसका फाइदाबारे थाहा नुहन सक्छ।
यो स्वास्थ्यका लागि निकै फाइदाकारीका साथै सुन्दरता निखार्न पनि उपयोगी मानिन्छ। पुदिनाका केही फाइदा यस्ता छन्ः
pudina
१. पुदिनामा हुने फाइबरले कोलस्ट्रोल कम गर्न मद्दत गर्छ।
२.यसले हड्डी बलियो बनाउँछ।
३. पुदिनाको पातको रस कागती र महसँग समान मात्रामा मिलाएर खानाले पेटसम्बन्धी रोगबाट राहत मिल्छ।
४. पुदिनाको पातको रस कालो मरिच वा बिरे नुनसँग चिया जस्तै बनाएर खानाले ज्वरोखोकीमा आराम मिल्छ।
५. महिनावारी भएको बेला पुदिनाको सुकेको पातको धुलो महसँग मिसाएर दिनमा दुई तीनपटक खानाले आराम मिल्छ।
६. घाउमा पुदिनाको रस लाउँदा चाँडै निको हुन्छ भने छालाको समस्यामा यसको पातको लेप लाउँदा राहत हुन्छ।
७. पुदिनाको सुकेको पातको धुलोले दाँत माझ्नाले मुखको दुर्गन्ध कम हुन्छ।
८.घाँटी दुखेको भए पुदिनाको रसलाई नुन पानीमा मिलाएर कुल्ला गर्नाले आराम मिल्नुका साथै आवाज पनि खुल्छ

Continue Reading…

रौतहटमा माधव नेपाललाई लाग्यो झट्का, विश्वास पात्र उपेन्द्रले लगे

काठमाडौं, २६ जेठ । संघीय गठबन्धनको जारी आन्दोलनसँगै गठबन्धनको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको लहर झन् तीब्र बनेको छ ।
यसैक्रममा रौतहटका जिल्ला तथा केन्द्रस्तरका प्रभावशाली नेताहरुको एउटा ठूलो समूह बुधबार फोरम नेपालमा प्रवेश गरेको छ । फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा आयोजित एक समारोहमा रौतहटका २२ जना प्रभावशाली नेताहरु पार्टी प्रवेश गरेका हुन् ।lagaya
रौतहटमा एमाले नेता माधव कुमार नेपालको विश्वास पात्र एमाले नेता रेवन्त झा समेत फोरम नेपाल प्रवेश गरेपछि रौतहटमा एमालेलाई ठूलो झड्का लागेको छ । एमालेका जिल्ला नेताहरु भगवान प्रसाद जायसवाल, विरेन्द्र पटेल लगायतका रौतहटका प्रभावशाली नेताहरु पनि पार्टी प्रवेश गरेका छन् ।
रौतहटस्थित नेपाली कांग्रेसका नेता राजगीर राम यादव, रामईश्वर राय यादव, छोटेलाल यादव, दिपेन्द्र यादव फोरम नेपाल प्रवेश गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य महासंघका महासचिव वृज किशोर यादवको पार्टी प्रवेशले रौतहटमा कांग्रेसलाई ठूलो क्षति भएको छ । सद्भावना पार्टीका जिल्ला नेता गंगाधर प्रसाद कर्ण, स्वतन्त्रबाट राजेन्द्र कुमार कर्ण र विनोद प्रसाद केशरी, रामसपाबाट राज कुमार दास पनि पार्टी प्रवेश गरेका छन् । त्यसैगरी, गोइत समूहका केन्द्रीय महासचिव राघवेन्द्र झा पनि फोरम नेपाल प्रवेश गरेका छन् ।
फोरम नेपालका चर्चित नेता एवं पूर्व सभाषद् बबन सिंहको विशेष पहलमा रौतहटका नेताहरु फोरम नेपाल प्रवेश गरेका हुन् । नवप्रवेशी सबै नेताहरुलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वागत तथा बधाई दिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता अशोक कुमार राईले नवप्रवेशी नेताहरुलाई खादा ओढाएर स्वागत गरे ।
त्यस्तै, पार्टी महासचिव रामसहाय प्रसाद यादव, केन्द्रीय सदस्यद्वय बबन सिंह र रेखा यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
dainiknepal

Continue Reading…

म्यानपावरले १० हजारको ल्याप्चे लगाई ८ लाखसम्म असुल्ने गरेको खुलासा

काठमाडौँ, २६ जेठ । सरकारले वैदेशिक रोजगारीमा निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरे पनि म्यानपावरले रु १० हजार लिएको कागजमा कामदारलाई सहिछाप गराउँदै भारी मात्रामा रकम असुल्दै आएको खुलेको छ ।
यसअघि ठगी र मानव तस्करीको आरोपमा प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गत फागुन १२ गते १८ म्यानपावर कार्यालयमा छापा मारेकोमध्ये एक धुम्बाराहीमा रहेको एसआरएस ओभरसिज फेरि ठगीमा संलग्न हुँदै कामदारबाट अवैध रुपमा रु सात लाख ५० हजारसम्म रकम लिँदै आएकोे छ ।khulasa
सो ओभरसिजमार्फत संयुक्त अरब इमिरेट्स (दुबई)मा सुरक्षा गार्डको रोजगारीमा गएका जनक विष्ट त्यहाँ स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किएपछि त्यति धेरै रकम लिएको खुलासा भएको हो ।
विष्टसहित १५ जनासँग गत चैत २३ गते दुबई जानुअघि रु १० हजार लिएको कागज बनाइएको थियो ।
विष्टले भन्नुभयो– “मलाई रु १० हजारमात्रै दिएको कागजमा हस्ताक्षर गराइएको थियो, तर मैले चलाखी अपनाएर रु सात लाख ५० हजार दिएको कुरा मोबाइलमा रेकर्ड गरेर राखेको थिए त्यही विभागमा देखाए ।”
अझ सो ओभरसिजले कामदारलाई निःशुल्क पठाएको भन्दै बोल्न लगाएर श्रव्यदृश्य समेत खिचेर राख्ने गरेको छ । दुबईमा करिब नेपाली एक लाख मासिक पारिश्रमिक पाउने आश्वासन दिँदै सो रकम उठाइएको हो ।
नेपाल फकाईएपछि आफ्नो रकम माग्न म्यानपावरमा पुगेका विष्टलाई सञ्चालिका सुभद्रादेवी बरालले रकम दिन अस्वीकार गरेपछि उनले वैदेशिक रोजगार विभागमा उजुरी दिए ।
उहाँले भन्नुभयो– “स्वास्थ्य परीक्षणमा असफल भएपछि ओभरसिजमा फोन गर्दा त्यो मिलिहाल्छ भन्दै उतै बस्न भनियो । एक महिनाभन्दा बढी समय बस्दा पनि काम नभएपछि जेठ ६ गते बल्ल नेपाल फर्किए ।”
गत बुधबार विभागले २४ घन्टाभित्र राहदानीसहित उपस्थित हुन आदेश गरेपछि सञ्चालिका बराल शुक्रबार विभागमा आएर रकम बुझाएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिनुभयो ।
विभागले उनी भागेर विदेशिन सक्ने भन्दै अध्यागमन विभागलाई जानकारी गराएको थियो भने शुक्रबारसम्म विभागमा उपस्थित नभए प्रहरी लगाएर पक्राउ गर्ने तयारी समेत गरेको थियो ।
दुबई लगिएका युवालाई हिमाय भन्ने कम्पनीमार्फत दुबई पुलिसअन्तर्गतको सुरक्षा गार्डमा जागिर लगाइन्छ । जागिरका लागि छनोट भएका ९२ जनाबाट सुरुमै चार लाख अग्रिम लिइसकिएको छ ।
विष्टको टोलीमा १५ जना, गत जेठ १७ गते थप १८ जना सोही कम्पनीमा कामका लागि उडिसकेका छन् भने बाँकी प्रतिक्षामा छन् । गएकाबाट कसैसँग रु सात लाख र कसैसँग रु सात लाख ५० हजार लिइएको छ ।
जसबाट ९२ जनाबाट रु छ करोड ५० लाखभन्दा बढी रकम सो ओभरसिजले उठाउने स्पष्ट देखिन्छ ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल गत महिना दुबई भ्रमणको क्रममा त्यहाँ सुरक्षागार्डको रुपमा गएका कामदारसँग गरेको छलफलमा आफूहरुसँग म्यानपावरले रु आठ लाखसम्म लिएकोे जानकारी गराएका थिए ।
नेपाल फर्किएपछि सचिव लम्सालकै निर्देशनमा त्यसरी बढी रकम उठाउने म्यानपावर एसआरएससहित डिडी ओभरसिज, अल सेक्युर म्यानपावर र भिक्टोरी म्यानपावरमा विभागले छापा हानी पछि उनीहरुको काम कारबाही रोक्का गरेको छ ।
आफूसँग दुबई गएका १५ जनाको अझै रोजगारी सम्झौता हुन नसकेकोे विष्टले जानकारी दिनुभयो ।
उनीहरुलाई त्यहाँको कम्पनीले तिमीहरुको एक महिनाको तलब नेपालको म्यानपावरले लगिसक्यो भनेको छ ।
यताबाट रु सात लाख ५० हजार उठाउने उताबाट थप एक महिनाको रु एक लाख बराबर तलब उठाउने काममा ओभरसिज संलग्न भएको आरोप कामदारले लगाएका छन् ।
सरकारले गत वर्ष असार २१ गतदेखि लागू हुने गरी मलेसियासहित खाडीका कतार, बहराइन, साउदी अरब, दुबई, ओमन, कुबेत गरी सात मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था लागू गरेको छ ।
कामदार आपूर्ति गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्रै यहाँका म्यानपावर कम्पनीले रु १० हजार कामदारबाट सेवा शुल्क लिन पाउने व्यवस्था रहे पनि अधिकांश म्यानपावरले त्यसलाई पालना गरेका छैनन् ।
वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संस्था पिपुल फोरमका अभिवक्ता सोम लुइँटेल कामदारले उजुरी हालेपछि विभागमा कामदारलाई रकम दिएर मिलापत्र गरिने र म्यानपावर सञ्चालकलाई उन्मुक्ति दिने व्यवस्थाले थप अराजकता मौलाएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो– “वैदेशिक रोजागारीमा भएको ठगी पनि सरकारवादी फौजदारी अपराध भएकाले सामान्य गल्तीबाहेक अन्यमा मिलापत्र नगरी दण्ड सजायकै व्यवस्था गरिनुपर्छ, मिलापत्रका लागि कानुनबमोजिमको निकायमा मात्रै गरिनुपर्छ ।”
व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाको कारण सुरक्षा गार्डको मागका लागि रकम तिरेर म्यानपावरले आफ्नोमा माग ल्याउने गरेका छन् । व्यवसायीको अनुसार प्रति कामदार रु एकदेखि दुई लाखसम्मबीचको दलाललाई रकम तिरेर म्यानपावरले सुरक्षागार्डको माग ल्याउने गरेका छन् ।
विभागका निर्देशक रमा भट्टराई यो क्षेत्रमा सुधारका लागि विभाग प्रयासरत रहेको बताउनुहुन्छ । पीडितले विभागमा उजुरी हाले न्याय पाउँछन् भन्ने विष्टको सन्दर्भमा समेत प्रमाणित भएको उहाँको जिकिर छ । रासस
dainiknepal

Continue Reading…

सुतिरहेकी महिलाको घरभित्रै घुसेर बलात्कार

सिराहा, २६ जेठ । सिरहामा एक पुरुषले घरभित्रै घुसेर सुतिरहेकी महिलाको बलात्कार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जबरजस्ती करणी गरेको अभियोगमा सिरहा नगरपालिका–१४ बस्ने ४३ वर्षीय हकरु पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।nbe
पासवानले बुधबार सोही ठाउँ बस्ने ४५ वर्षीया महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal

Continue Reading…

पृथ्वीको विनास हुने पक्कापक्की : महान बैज्ञानीकले दिए डरलाग्दाे प्रतिक्रीया

एजेन्सी– पृथ्वीको अन्त्यका विषयमा पछिल्ला दिनहरुमा फरक–फरक प्रतिक्रिया आइरहेका छन् । यसैबीचमा २१ औँ शताब्दीका सवैभन्दा तेज खगोलविद् तथा भौतिकशास्त्री स्टेफन हकिंग्सले मानिस र विज्ञान प्रविधिको क्षेत्रमा भइरहेको प्रगतिका कारण उत्पन्न खतरालाई चिर्नका लागि आउँदो सय वर्षसम्म निकै संयमता अपनाउनु पर्ने बताएका छन् ।

diyaa
क्याब्रिजका ७४ वर्षीया प्रोफेसर स्टेफनले परमाणु, इन्जिनियरिङ भाइरस, न्यूक्लिएर युद्ध, ग्लोवल वार्निङका कारण पुथ्वीको विनाश हुन सक्ने कुरालाई नकार्न नसकिने बताएका छन् । उनले जेनेटिक इन्जिनियरिङ भाइरसको निकै खतरा रहेको बताउँदे यो इबोलाभन्दा धेरै खतरा रहेको खुलासा गरे ।

उनले यस्ता भाइरसको लिस्ट निकै लामो भएको बताउँदै यसमा जीका भाइरस, वर्डफ्लु र स्वाइन फ्लु पनि सामेल रहेको बताए । रेडियो टाइम्ससँगको साक्षात्कारमा उनले एक हजारदेखि १० हजार वर्षसम्ममा पृथ्वीमा ठूलो क्षति या विनाश हुने प्रवल सम्भावना गरेको बताए ।

उनले सय वर्षपछि मानिस पृथ्वी बाहिर बस्नसक्ने प्रविधिको विकास हुने बताउँदै यसलाई चिर्न विश्वमा देखिएका खतराहरुलाई चिर्नुपर्ने बताए । आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त र क्वान्टम मेकानिक्सलाई संयोजन गरि खगोलिय सिद्धान्त अघि सार्ने उनी पहिलो भौतिकशास्त्री हुन्। काठमाण्डु टुडेबाट

Continue Reading…

चीनले पहिलो पटक मान्यो- मुम्बइ आक्रमणमा पाकिस्तानको हात

२६ जेठ, एजेन्सी ।

चीन र भारतबीच अन्तराष्ट्रिय मञ्चहरुमा निक्कै टकराव हुने गरेको छ । भारतले स्थापित गर्न चाहेका सत्यहरुलाई चीनले हतपति स्वीकार गर्न मान्दैन । तर अहिले चीनले भारतको दवावलाई स्वीकार्दै सन् २००९ को मुम्बइ आक्रमणमा पाकिस्तानको हात रहेको स्वीकार गरेको छ ।

चीनले पाकिस्तानमाथि भारतले लगाउँदै आएको आरोप स्वीकार गरेको थिएन । तर अहिले आएर भने उक्त आक्रमणमा पाकिस्तानको भुमिकाबारे चीनले स्वीकारोक्ति दिएको छ ।chinnn
चीनको सरकारी समाचार च्यानलमा प्रसारण गरिएको वृत्तचित्रमा मुम्बइ आक्रमणमा पाकिस्तान समर्थित लश्कर-ए-तैयबाको हात रहेको भनिएको छ ।

चीनसँग बदला लिने भारतको तयारी

संयुक्त राष्ट्रसंघमा मसूद अजहरलाई अन्तराष्ट्रिय आतंकवादी घोषणा गर्नबाट चीनले रोकेपछि भारतले चीनलाई पनि समस्यामा पार्ने रणनीति अघि सारेको थियो ।

किन जाँदैछन् प्रचण्ड १५ दिनका लागि चीन

भारतले भने चीनमाथि उइगुर मुस्लिम अल्पसंख्यामाथि चीनमा दमन भैरहेको भन्दै मानवअधिकारको मुद्धा उठाउने तयारी गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
nepaliheadlines

Continue Reading…

चीनले बल्ल मान्यो प्रधानमन्त्रीको प्रस्ताव, तातोपानी नाका खुल्न तयार

काठमाडौं, २६ जेठ । महाभूकम्पले भौगोलिक र संरचनागत रूपमा क्षति पुर्‍याएपछि बन्द हुन पुगेको तातोपानी नाका ‘सीएफएस’ प्रणालीबाट सञ्चालन गर्ने तयारी अघि बढेको छ ।
चीनबाट सामान आयात हुने यो प्रमुख नाका खुलाउन अनेक विकल्प र प्रयास भए पनि सफल हुन सकेको छैन ।
अघिल्ला र वर्तमान प्रधानमन्त्रीदेखि अन्य राजनीतिक स्तरमा समेत नाका सञ्चालनमा ल्याउन चीनलाई पटक-पटक आग्रह गरिए पनि नाका खोल्ने विषय अघि बढ्न सकेको थिएन ।parnn
तातोपानी नाका खुलाउन चीनलाई विकल्प दिन बनेको समितिले पूर्ववत् अवस्थामा सम्भव नभए सीएफएस प्रणालीबाट भए पनि नाका सञ्चालन गर्ने सुझाव दिएपछि त्यसको तयारी अघि बढेको हो । समितिले सोमबार परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासलाई बुझाएको प्रतिवेदनलाई चीनले सकारात्मक लिएपछि खुल्ने संकेत देखिएको हो ।
चीनले सोही प्रक्रियाबाट खोल्ने र जनताको आवागमन कम गर्ने विधि सुझाउँदै आएको परराष्ट्र अधिकारीले बताए । प्रतिवेदनअघि नै चीनसँग समेत अनौपचारिक छलफल भएको थियो । पूर्ववत् अवस्थामा सञ्चालन ल्याउने तर तत्कालका लागि सीएफएस (कन्टेनर फ्रेड स्टेसन) मार्फत भए पनि काम अघि बढाउने भनिएको छ । उत्तर-पूर्व एसियाली महाशाखा प्रमुख झविन्द्र अर्यालको नेतृत्वमा बनेको टोलीले लामो छलफलपछि सीएफएस विधिबाट भए पनि नाका खोल्न सुझाव दिएको हो ।
सामान बोक्ने कन्टेनरहरू एकै स्थानमा जम्मा गरेर सामान राखेपछि सिल गरेर पठाइने विधिलाई सीएफएस भनिन्छ । दुवै मुलुकका सीमामा भन्सार अधिकारीहरूले रहेर यसको सिल गर्ने र त्यो सिलका आधारमा सामान ल्याउने तथ्य तय गरिनेछ । परराष्ट्र मन्त्रालयका सहसचिव अर्यालको संयोजकत्वमा गृह, कानुन, वाणिज्य भन्सारका सहसचिवहरू सहभागी भएर स्थानीयदेखि मन्त्रालयका अन्य अनुभवीसँग पनि छलफल गरेर त्यस्तो प्रतिवेदन बनेको हो ।
नेपाली व्यापारीलाई सीमामा नै विविध सुविधा उपलब्ध गराउने बताउँदै आएको चीनले त्यो प्रणालीबाट सामान पठाउँदा समस्या नहुने अधिकारीहरूले बताए ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि सीएफएस विधिबाट भए पनि सञ्चालनमा ल्याउनुपर्ने र विस्तारै पूर्ववत् अवस्थामा फर्काउन सकिने बताए । उनले भने, ‘विभिन्न स्तरमा छलफल भइरहेको छ, कुनै न कुनै रूपमा नाका खुलाउन आवश्यक छ ।’
चीनको गोन्जाओ तथा अन्य सहरबाट सामान आयात गर्दै आएका नेपालीलाई तिब्बत सीमाबाट नै सुविधा दिने बताउँदै आएको तिब्बत सरकारले पनि यसमा काम गरिरहेको अधिकारीहरूले बताए । तिब्बत सरकारले सीमावर्ती क्षेत्रमा आर्थिक हव बनाएर सेवा दिने बताइरहेको अवस्थामा कार्यदलले यस्तो विकल्पसहितको सुझाव दिएको हो । यसको तयारीका लागि जिल्ला प्रशासक प्रमुखस्तरको दुईपक्षीय बैठकसमेत बस्ने तयारी छ ।
तिब्बतका सरकार प्रमुख लोसाङ ज्यानछुङलाई चीनको केन्द्रबाट नै त्यो सीमा खुलाउने दबाब परेको छ । नेपालीहरूको बृहत् अनुरोधपछि चीनतर्फबाट सकारात्मक संकेत मिलेको हो । चीनले यतिबेला सबै ध्यान केरुङ नाकामा केन्द्रित गरेको छ । सीमामा ‘आर्थिक सहकार्य क्षेत्र (इकोनोमिक कोअपरेसन जोन) र सीमापार आर्थिक क्षेत्र (क्रसबोर्डर इकोनोमिक जोन) को तयारीमा तिब्बत रहको जानकारी सरकार प्रमुख लोसाङले यसअघि नै दिएका थिए ।
केरुङसम्म आगामी पाँच वर्षमा रेल सेवा नै ल्याउन जुटेको तिब्बत सरकारले खासालाई ऐतिहासिक रूपमै उपयोग गर्ने गरी नयाँ ढंगले विस्तार गर्न लागेको थियो । तर, नेपालले तातोपानी नाकालाई बढी नै जोड दिएपछि चीन त्यसमा सकारात्मक बनेको हो । अहिले रहेको भन्सारभन्दा केही टाढा त्यस्तो चेकपोस्ट राख्ने, व्यक्ति आउजाउलाई बन्द गरेर सेवा दिने तयारी गरेको हो । यसमा स्थानीयलाई भने रोकावट नहुने बताइएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal

Continue Reading…

ओलीको झुटो आश्वासनले देश चल्दैनः देउवा

२०७३ जेष्ठ २६ बुधवार

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् ।

सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने, ‘प्रधानमन्त्रीले झुटो आश्वासन दिँदा देश चल्दैन ।’

देउवाले प्रधानमन्त्री ओलीले विकासका नाममा झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए ।deba

‘संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नु छ प्रधानमन्त्री सर्वे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भन्छन्, यो झुटो आश्वासनले देश चल्दैन’, देउवाले भने ।

पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गर्न खोजेको आरोप समेत लगाए ।

उनले यसरकारको यस्तो कार्यको विरुद्ध आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न तयार रहेको पनि स्पष्ट पारे ।

सभापति देउवाले सगरमाथा आरोहण गरेर नेपाली कांग्रेस र सारा नेपालीको शीर उच्च बनाएको भन्दै आरोहीको प्रशंसासमेत गरे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनलाई छाडेर प्रतिनिधिसभाको चुनाव गर्न खोजेको भन्दै दुःख व्यक्त गरे । उनले यसले मुलुकलाई अर्को अनिश्चयतातर्फ धकेल्ने खोजेको बताए ।

नेता पौडेलले नेपाली चेलीले सगरमाथाको शिखर आरोहण गरेर विश्व कीर्तिमान राखेको भन्दै खुशी व्यक्त गरे । उनले कीर्तिमानी महिलाले नेपालको गौरव बढाएको र यसले संसारमा नेपाललाई चिनाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर कीर्तिमान राखेर नेपालको कद हिमाल चढेर देशको इज्जत बढाएको भन्दै प्रशंसा गरिन् ।
तीन आरोहीलाई सम्मान

सङ्खुवासभा जिल्ला मकालु गाविसका एकै परिवारका तीन सगरमाथा आरोही सम्मानित भएका छन्।

सभापति देउवा र वरिष्ठ नेता पौडेलले लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङ्मा किपा शेर्पा सम्मान गरेका हुन् ।

कीर्तिमानी आरोही लाक्पा शेर्पाले सातपटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

लाक्पाले पहिलोपटक सुस्मा कोइराला मेमोरियल ट्रष्टमार्फत सगरमाथा आरोहण गरेका थिए । सोही बेला उनलाई पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले सम्मान गरेका थिए। रासस
annapurnapost

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog