Wednesday, June 1, 2016

रुपन्देही एफएमको प्रशासनमा तालाबन्दी

बुटवल, १९ जेठ । रुपन्देही एफएममा कार्यरत पत्रकार दिपेश पछाई र पुष्पा खनाललाई व्यवस्थापन पक्षले विना जानकारी निष्काशन गरेको विरोधमा पत्रकारहरुले प्रशासन र लेखाशाखामा तालावन्दी गरेका छन् ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा वुधवार रुपन्देही एफएम कार्यालयमा पुगेका पत्रकारहरुले प्रशासन र लेखाशाखामा तालावन्दी गरेका हुन । निष्काशित पत्रकारहरुलाई पुनर्वहाली नभए सम्म तालावन्दी जारी रहने महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।
यसअघि पटकपटक एफएम सञ्चालक र व्यवस्थापन पक्षलाई निश्कासित पत्रकारलाई विनासर्त पुर्नवहाली गर्न आग्रह गर्दा समेत बेवास्ता गरेकाले महासंघले चरणवद्ध आन्दोलन गरेको छ । महासंघको नेतृत्वमा सोमबार एफएम कार्यालयमा धर्ना दिईएको थियो ।
यसैबीच आन्दोलनप्रति रुपन्देहीमा क्रियाशील पत्रकार सम्वद्ध संघ–संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ रुपन्देहीको सचिवालयमा बसेको संयुक्त बैठकल पत्रकारद्वय पछाई र शर्मालाई विना जानकारी हटाउनु गलत भएको निर्णय गर्दै तत्काल विनाशर्त पुर्नवहाली गर्न आग्रह गरेको छ ।36
बैठकपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ– ‘श्रमजीवि ऐन विपरित निश्कासन गरिएकाले पुर्नवहालीका साथै न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको सेवासुविधा सहित तलव उपलब्ध गराउन एफएम व्यवस्थापन पक्षलाई आग्रह गर्दछौ ।’
पे्रस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरी, पे्रस युनियनका रुपन्देही सभापति विक्रम खड्का, क्रान्तिकारी पत्रकार संघका रुपन्देही अध्यक्ष भुवन कार्की, प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका अध्यक्ष श्याम पोखरेल, नेपाल पे्रस सोसाईटी रुपन्देही संयोजक रमेश पोखरेल, आदिवासी जनजाती पत्रकार मञ्चका अध्यक्ष टेकबहादुर मास्की राना लगायतले बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तीमा पत्रकारहरुको आन्दोलनलाई कमजोर नठान्न चेतावनी दिइएको छ ।
पत्रकार सम्वद्धसंघ संगठनहरुले पत्रकार महासंघले पींडित पत्रकारहरुको पक्षमा शुरु गरेको आन्दोलनप्रति पूर्ण सर्मथन र एक्यबद्वता जनाएका छन ।
dainiknepal

Continue Reading…

नेपालको जमिन १५ वर्षदेखि भारतको अधिनमा

बेलौरी, १८ जेठ । बैलौरी नगरपालिका–१ फटैया निवासी पशुपतिदेवी सुनारको जमिन बिगत केहि वर्षदेखि भारतको अधिनमा छ ।
नेपाल भारत÷सीमाको पिलर नम्बर २०१ नजिकै रहेको उनको एक बिगाह ६ कट्टा जमिन भारतीय पक्षले आफ्नो देश भित्र पर्छ भन्दै उपभोग गर्न रोक लगाएको छ । २०२८ सालदेखि बसोबास गर्दै आएकी सुनारको जमिन २०३५ सालमा कित्ताकाट गरी नेपाल सरकारले २०३६ सालतिर जग्गा धनी लालपूर्जा दिएको थियो ।
वर्षौदेखि उपभोग गर्दै आएको जमिन आफुले उपभोग गर्न नपाएको पीडा सहदै आएको धेरै समय भैसक्यो । जमिन उपभोग गराईदिने पहल कसैले गरेको छैन । सो जमिनलाई भारतको चङ्गुलबाट छुटाउन सयौं पटक जिल्ला धाएको अनुभव उनीसँगै ताजै छ । यसै जमिनका लागि बिगतमा निकै संघर्षशील रहेकी उनी प्रशासनको फितलो कदमीले हाल उनी उदास बनेकी छिन् ।
जेठा छोरा प्रेमबहादुर सुनार पनि यस विषयमा निकै चिन्तित बनें । स्थानीय स्तरमा भन्नुपर्ने र गर्नुपर्ने हारगुहार गरेर असफल भएपछि हाल उनी पनि उदास बन्दै गएको छ ।35
प्रेमबहादुर अब सो जमिन नेपाल सरकारले आफूहरुलाई फर्काइदेला भन्ने विषयमा आशावादी हुन सकेको छैन । “स्थानीयस्तरबाट बेलाबेलामा पत्रपत्रिका र टेलिभिजनमार्फत यस विषयमा भारतीय अतिक्रमण र दादागिरिको विषय प्रसङ्ग नउठेको पनि हैन । तर आजसम्म सुनवाई हुनसकेको छैन” –उनी भन्छन् ।
अर्का एकजना पशुपतिदेवीकै साँधसधियार करनबहादुर सुनारको हातमा जग्गाको लालपुर्जा छ, तर १५ वर्षदेखि आफ्नो जमिन उपभोग गर्न पाएको छैन । उनको पनि जमिन नेपाल भारत सीमाको पिलर नम्बर २०० नजिकै १ बिगाह जमिन छ । सो जमिन पनि भारतीय पक्षले आफ्नो देश भित्र पर्छ भन्दै उपभोग गर्न रोक लागाएको छ ।
२०५८ सालबाट सुनारको जमिन भारतीय पक्षले कब्जा गरेपछि जमिन उपभोग गर्न पाएका छैनन् । ‘मेरो जमिन भारतको हो भन्दै बेला बेलामा भारतीय बन बिभागका कर्मचारीहरुले धम्काउँने, दुव्र्यबहार गर्ने गर्दछन् ’ सुनारले भने– ‘के गर्ने नामको मात्रै जमिन छ ।’ सो क्षेत्रका सीमामा बस्ने अधिकांश नेपालीहरुको समस्या यस्तै छ ।
‘नेपाल सरकारले यो जग्गा हाम्रो होइन भन्न सकोस्, भारतमै पर्छ भनी किटानी गरोस् हैन भने हामीले लालपूर्जा भएको जग्गा जोत पोत गर्न पाउनु पर्छ उनले भने । सुनारको २०० र २०१ को दूरीमा पर्ने १ बिगाह जमिन भारतीय पक्षले खेती लगाउन नदिएर बाँझै रहेको छ ।
त्यस्तै बेलौरी नगरपालिका–१, फटैयाका मानबहादुर सुनारको समस्या पनि त्यस्तै छ । उनको पनि नेपाल भारत पिलर नम्बर २०० नजिकै रहेको डेढ बिगाह जमिन पनि भारतीय पक्षको धम्कीका कारण आधा बाँझो र आधा आबाद छ । ‘भारतीय बन बिभागका तर्फबाट बेला–बेलामा आई धम्काउँने जोतिरहेका हल गोरु खोलेर लिएर जाने, ट्रयाक्टर हैरो नै लिएर जमिन उपभोग नगर्न भन्दै धम्की पनि दिन्छन्’ उनले दुखेसो पोखे ।
यता प्रशासनिक निकाय पनि मौन जस्तै देखिन्छ । २०६७ सालमा संसदीय समिति र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुद्धीबहादुर खड्काको नेतृत्वमा आएको टोलीले पीडित नेपालीहरुको लालपुर्जाको प्रतिलिपी पनि लगेर गएको सम्बद्ध श्रोतले जनाएको छ । तर हालसम्म सो समस्याको सम्बोधन हुनसकेको हैन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालका अनुसार यस विषयमा सम्पूर्ण प्रमाण र तथ्यहरुको व्यहोरा खुलाएर इलाका प्रशासन वा जिल्ला प्रशासनमा रीतपूर्वक आइपुगे यस समस्याको समाधान हुने बताए ।
सीमा समस्या सम्बन्धी अहिले नेपाल–भारतको तीन ओटा जोइन्ट प्राविधिक टोली नेपालको बिभिन्न भागमा काम गरिरहेको र दाङसम्म आइसकेको समेत प्रमुख जिल्ला अधिकारी खनालले बताए ।
तमाम घटना र तथ्यहरुलाई मध्यनजर गरिरहदा यस्तो लाग्छ, हामी संसारकै कुनै यस्तो ग्रहमा छौँ जहाँ, “जसको लट्ठी उसैको भैंसी” भन्ने आशय चरितार्थ हुने गर्दछ ।
भारतको वैभवता र विशालताको सामू नेपाल सरकारले घुँडा टेकेकै हो भने बितरण गरिएका सम्पूर्ण जग्गा धनी लालपूर्जाहरु फर्जि हो भन्न सकोस् हैन भने नेपालीले वर्षेनी पालपोत बुझाउँदै आएको जमिन नेपालकै हो भनि किटानी गर्न सकोस् ।
dainiknepal

Continue Reading…

ट्रेड युनियन निर्वाचनमा एमालेको अग्रता, कहाँ कहाँ भयो प्रथम ? (अपडेट)

रुपन्देहीका बोहराले यूएईमा गरे झुण्डिएर आत्महत्याकाठमाडौं, १९ जेठ । बुधबार भएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले अग्रता लिएको छ ।
निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ५० प्रतिशत भन्दा बढी मतपरिणााम आइसकेको छ जसमा नेपाल निजामती कर्मचारी संगठनले फराकिलो अग्रता हासिल गरेको छ ।
यही रफ्तार कायम रहे ट्रेड युनियन निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठन पहिलो शक्ति बन्ने निश्चित देखिन्छ ।
जम्मा ११७ विभागीय र जिल्ला समितिमा ७५ वटाको परिणाम आएको छ । ४२ विभागीय र जिल्लाको परिणाम आउन बाँकी छ ।
कसले कति ठाउँमा जित्यो ?34
– (एमाले) निजामती कर्मचारी संगठन ६१ विभाग र जिल्लामा पहिलो ।
– (कांग्रेस) नेपाल निजामती कर्मचारी युनियन संघ १२ वटा निकायमा पहिलो ।
– (माओवादी) राष्ट्रिय कर्मचारी संगठन निजामती २ वटा निकायमा पहिलो ।
– (मधेसवादी दल) मधेशी निजामती कर्मचारी मंच १ निकायमा पहिलो ।
नोटः निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ ।
कुन मन्त्रालय/जिल्ला र कार्यालयमा को भयो प्रथम ?
लोकसेवा आयोग, महालेखा परीक्षकको कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, विज्ञान प्रविधि मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, शान्ति तथा पुननिर्माण र ऊर्जा मन्त्रालयमा निजामती कर्मचारी संगठन पहिलो शक्तिका रुपमा निर्वाचित भएको छ । त्यसैगरी, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालय, पशुपंक्षी विकास मन्त्रालय, सूचना तथा संचार, स्वास्थ्य, कानुन तथा कानुन तथा संसदीय ब्यवस्था, शिक्षा मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, उद्योग मन्त्रालय, वातावरण तथा जनसंख्या मन्त्रालय, बाणिज्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री कार्यालय, सहकारी मन्त्रालय, कृषि विकास मन्त्रालय, महान्यायाधीवक्ता कार्यालय, विभागीय समितिमा पनि संगठन पहिलो भएको छ ।
जिल्लाः
मनाङ, संखुवासभा, धादिङ, बाजुरा, धनुषा, भोजपुर, रसुवा, डोल्पा, बर्दिया, जाजरकोट, ताप्लेजुङ, पाल्पा, खोटाङ, उदयपुर, बझाङ, प्यूठान, स्याङ्जा, ललितपुर, धनकुटा, सिन्धुपाल्चोक, बागलुङ, सुनसरी, पर्वत, पर्सा, बारा, म्याग्दी, सोलुखुम्बु, बैतडी, कालीकोट, मुगु, मुस्ताङ, दैलेख, गोरखा, मोरङ, ओखलढुंगा, दोलखा, सुर्खेत जिल्लामा संगठन पहिलो भएको छ ।
यी विभागीय समितिमा नेपाल निजामती कर्मचारी युनियन संघ दोस्रो शक्तिका रुपमा बिजयी भएको छ ।
नेपाल निजामती कर्मचारी युनियन संघ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सहरी विकास मन्त्रालय, सिंचाई मन्त्रालय, खानेपानी तथा सरसफाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका विभाग र जिल्लामा पहिलो शक्ति भएको छ ।
माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन निजामती महिला आयोग र आपूर्ति मन्त्रालय विभागीय समितिमा पहिलो शक्ति भएको छ । मधेशी निजामती कर्मचारी मंच रौतहटमा पहिलो भएको छ ।
dainiknepal

Continue Reading…

रुपन्देहीका बोहराले यूएईमा गरे झुण्डिएर आत्महत्या

यूएई, १९ जेठ । बैदेशिक रोजगारीको शिलशिलामा यूएईको फुजैराहमा कार्यरत एक नेपालीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् ।
रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ९ बिशाल नगर घर भई करिब ५ बर्षदेखि ताज महल रेस्टुरेन्ट फुजैराहमा कार्यरत ३१ वर्षीय हिमाल बोहराले गएको बिहीवार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन ।33
अन्य सहकर्मी साथीहरु काममा गएका बेला बोहरा आफू बस्ने कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।
हाल मृतक बोहराको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पतालमा राखेको छ । ६ जुन भिसा क्यान्सिल (रद्ध) गरी नेपाल फर्कने तयारी गरी रहेका बेला एक्कासी आत्महत्या गर्नुको कारण भने अझै खुल्न नसकेपनि निराश भएर मानसिक तनाबका कारण गरेको हुन सक्ने उनका आफन्त चन्द्र बहादुर खत्रीले बताए ।
उक्त घटनाको जानकारी पाएपछि रेस्टुरेन्ट मालिकलाई भेटेर कुरा बुझ्दा पोस्टमार्टमको रिपोर्ट आईतबारसम्म आउने र रिपोर्ट आएपछि नेपाली दूताबास गएर अन्य प्रक्रिया पुरा गरेर मृतकको शव नेपाल पठाईने गैर–आवासीय नेपाली संघ फुजैराह क्षेत्रीय समितिका सचिब शेर सुनारले जानकारी दिए ।
स्मरण रहोस् बाल्यकालमा नै टुहुरा बनेका मृतक बोहराको परिवारमा श्रीमती र नाबालक दुई छोरा छन् ।
dainiknepal

Continue Reading…

प्रचण्ड चीन भ्रमणमा जाँदै, १५ दिन बस्ने

काठमाडौं, १९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ साताका लागि चीन भ्रमणमा जाने भएका छन् ।
माओवादी केन्द्र विदेश विभागका अनुसार प्रचण्ड आगामी असार ७ देखि २ साताका लागि चीन जान लागेका हुन् ।32
उनको साथमा पार्टीका महासचिव कृष्णबहादुर महरा, माओवादी केन्द्र विदेश विभाग सदस्य युवराज चौलागाई, स्वकीय सचिव जोखबहादुर महरा र छोरा प्रकाश दाहाल पनि सँगै जानेछन् ।
बेइजिङमा रहँदा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम तय भइसकेको छ । प्रचण्ड २० असारमा मात्र चीन बाट फर्किने बताइएको छ ।
dainiknepal

Continue Reading…

राम श्रेष्ठले पाए एमालेको मुख्यालय भत्काउने जिम्मेवारी

काठमाडौं, १९ जेठ । सत्तारुढ नेकपा (एमाले) बुल्खुस्थित पार्टी कार्यालय भत्काउनका लागि राम श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
कार्यालय व्यवस्थापन कार्यदलको आज धुम्बाराहीमा बसेको बैठकले विनाशकारी भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित एमाले केन्द्रीय कार्यालय भवन सुरक्षितसाथ भत्काई त्यसका सबै सामग्री हटाउन काठमाडौं– ११ माइतीघरका राम श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।31
भवन भत्काएर घडेरी सफा गर्न २०७३ जेठ ११ गते एमालेले सार्वजनिक सूचना जारी गरेको थियो । सूचना जारी भएपछि १८ वटा संस्था/व्यक्तिहरूबाट आशयपत्र प्राप्त भएका थिए ।
प्राप्त आशयपत्रअनुसार अधिकतम क्रमशः ३१,००,००१।–, २७,१५,५५५।– र २७,०५,५२५।– लगायत न्यूनतम ७,००,०००।– सम्म बोल कबोल गरिएका छन् ।
प्राप्त आशयहरूको अध्ययन गरी सबैभन्दा बढी रकम ३१,००,००१।– बोलकबोल गर्ने राम श्रेष्ठलाई तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का दिने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
dainiknepal

Continue Reading…

परीक्षाफल प्रकाशन

१९ जेठ, काठमाडौँ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणालीअनुरुप २०७१ सालको २०७२ साल माघ महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ एक वर्ष बिएडको परीक्षाफल आज प्रकाशन गरिएको छ
30
त्यस्तै, २०७२ साल असोज–पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातक तह तीन वर्षे बिबिएस प्रथम वर्षको (आंशिकतर्फ) परीक्षाको परीक्षाफलसमेत आजै प्रकाशन गरिएको छ । राससnepaliheadlines

Continue Reading…

६६ जना यात्रुसहित सामुद्रमा दुर्घटनाग्रस्त इजिप्ट एअरको ब्लाक बक्सका सङ्केट भेटियो

कायरो, इजिप्ट एअरको ब्लाक बक्सबाट आएको सङ्केट भेटिएको इजिप्टले बुधबार जनाएको छ ।

सन् २०१६ को मे १९ मा चालक दलका सदस्यसहित ६६ जना लिएर फ्रान्सको पेरिसबाट इजिप्टको कायरो जाने क्रममा इजिप्टको आकाशबाटै विमानको टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

विमान राडारसँग सम्पर्क विच्छेद भएको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो ।29

लगातारको खोजीपछि फ्रान्सेली सेनाको पानी जहाजले दुर्घटनग्रस्त इजिप्ट एअरको ए ३२० एअरबसको भग्नावशेष पत्ता लगाउने क्रममा उक्त विमानको ब्लाक बक्सको सङ्केत पाएको इजिप्टको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

ब्लाक बक्सको सङ्केत पाएपछि यसलाई सामुद्रिक सतहबाट बाहिर ल्याउन पानीमा डुब्ने रोबोटसहित अर्को नौसैनिक जहाज एक हप्ताभित्र फ्रान्सबाट भूमध्यसागरिय इलाकामा पुग्ने मन्त्रालयले बताएको छ । रासस÷एएफपीnews24nepal

Continue Reading…

स्विट्जरल्यान्डको चमात्कार: बनायो विश्वकै लामो रेल्वे सुरुङ्ग

काठमाडौ: विश्वकै सबैभन्दा लामो र गहिरो रेल सुरुङ्गको बुधबार स्विट्जरल्यान्डमा उद्घाटन हुँदैछ । यसलाई बनाउन मात्रै करिब १७ वर्ष लागेको थियो ।

५७ किलोमिटर लामो यो गोटहार्ड बेस सुरुङ्ग स्विट्जरल्यान्डको मध्य केन्टन प्रान्तस्थित उरीको इस्टफिल्डबाट शुरु भएर दक्षिण केन्टन टिसिनोको बोडियोसम्म चल्नेछ ।

यो सुरुङबाट दैनिक २ सय ६० मालगाडी र ६५ वटा यात्रुवाहक रेल चल्नेछन् । यस ट्र्याकमा कुनै पनि रेल २ सय किलोमिटर प्रतिघन्टाका दरले कुद्नेछन् ।
28
समुद्री सतहबाट करिब ५ सय ५० मिटरमाथि स्विटजरल्यान्डको सबैभन्दा अग्लो पहाड क्रेस्टको २३ सय मिटर मुनि यो रेल्वे ट्र्याक रहेको छ।

ज्यूरिचबाट उत्तरी इटलीको मिलान पुग्न अब केबल २ घन्टामात्रै लाग्नेछ । जुन पहिले भन्दा एक घन्टा छोटो भएको छ ।

यसको शुभराम्भका अवसरमा जर्मन चान्सलर एन्जिला मर्केल, फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द र इटलीका प्रधानमन्त्री माटेओ रेन्जी उपस्थित हुनेछन् ।

यो नयाँ रेल ट्र्याकलाई बनाउनुको उद्धेश्य रेल भाडालाई कम गर्नु रहेको छ।

यसका अलावा यो ट्र्याकबाट धेरै भन्दा धेरै सामान ढुवानी गर्ने उद्धेश्य स्विस सरकारले लिएको छ। यसबाट सडकबाट हुने ढुवानीमाथिको निर्भरता पनि घट्नेछ । यो रेल्वे ट्र्याकले प्रदुषण पनि घटाउनेछ ।

यूरोपियन यूनियन ट्रान्सपोर्ट कमिश्नर भायलेटा बुल्कले अघिल्लो हप्ता यस सुरुङ्गलाई युरोपका लागि ‘गाडसेन्ड’ बताएका थिए । जसले रोटरड्याम र एन्टेर्पलाई एड्रियाटिकको भागसँग जोड्नेछ ।

सन् १९४७ मा सबैभन्दा पहिले स्विस इन्जीनियर कार्ल एडवर्ड ग्रुनरले यसको पहिलो डिजाइन गरेका थिए । यो प्रोजेक्टको बढ्दो लागत, सरकारी प्रक्रियामा ढिलासुस्ती र अन्य समस्याका कारण सन् १९९९ सम्म धकेलियो ।

सन् १९९९ देखि निर्माण शुरु भएको यो परियोजना १७ वर्षमा 12 बिलियन स्विस फ्र्यांक (१२ बिलियन डलर या ११ बिलियन युरो) भन्दा बढी लागतमा यो सुरुङ्ग तयार भएको हो ।

यो सुरुङ्ग बनाउन इन्जीनियर्सले करिब ७३ प्रकारका ढुंगालाई विस्फोट गराएर फुटाउनु परेको थियो । जसममा कयौं एकदमै कडा ग्रेनाइट र कयौं कमला ढुंगा पनि थिए ।

यो निर्माणका क्रमममा २८ मिलियन ढुंगालाई टनेलबाट निकालिएको थियो । यो परियोजनाको निर्माणका क्रममा नौजना मजदुरले ज्यान समेत गुमाए ।

डिसेम्बरबाट यस रूटमा यात्रु रेल गुड्न थाल्नेछन् । ज्यूरिचदेखि उत्तरी इटलीको मिलानबीचको यात्रा दुरी पनि एक घन्टा कम हुनेछ । अब यो यात्रा दुई घन्टा ४० मिनेटमा झर्नेछ ।

गोटहार्ड रेल सुरुङ्गको शुभारम्भपछि यो जापानको ५३.९ किलोमिटर लामो सुरुङ्गलाई पनि पछि पार्नेछ । बे‍लायत र फ्रान्सलाई जोड्नेवाला ५०.५ किलोमिटर लामो रेल्वे सुरुङ अब तेस्रो नम्बरमा धकेलिनेछ ।
annapurnapost

Continue Reading…

धार्मिक भ्रमणका नाम राजतन्त्र व्युँताउन अभियान चलाउँदैं पुर्वराजा ज्ञानेन्द्र

अब कति सम्भब होला त नेपालमा फेरी राजतन्त्र व्युँताउन ?त्यो जनताको हातमा होला सायद तर पछिल्लो समय छिमेकी देश भारतमा होस् या विभिन्न जिल्लामा धार्मिक भ्रमणका नाम राजतन्त्र व्युँताउन विभिन्न जिल्लामा आफू निकटहरु मार्फत अभियान चलाउदैं हिडेका छन् ।

पुर्वराजा ज्ञानेन्द्र पछिल्लो समय धार्मिक भ्रमणका नाम विभिन्न विभिन्न जिल्लामा आफ ूनिकटहरु संग भेट्दै हिड्ने गरेका छन् । पुर्वराजाले भारतको नयाँ दिल्लीमा गएर नेपाललाई हिन्दु सहितको राजतन्त्र व्युँताउन प्रयासरत छन् तर दिल्लीले राजतन्त्रलाई घुमाउरो पाराले व्युँताउन खोजी रहेको छ भारतसंग निकटहरुको यस्तो दावी छ । भारतको नयाँ दिल्लीबाट फर्केर आउन साथ पर्वमा लागेको दुई साता भईसकेको छ ।

पछिल्लो समय झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभु शमशेर राणालाई पनि बोलाए संगै अर्थपुर्ण रुपमा हेरिएको छ । पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनालाई बोलाएको भनेपनि राजतन्त्र कसरी देशमा व्युँताउन सकिन्छ भन्नेमा केन्द्रित भएर छलफल भईरहेको निकट स्रोत भनेको छ ।27
उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । राजतन्त्र व्युँताउन भित्रभित्रै लागि परेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टिस्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केही दिन झापा बसाई थप हुने निस्चित भएको छ ।झापाा बसाईको क्रममा अब कसरी अगाडी बढ्ने भनेर निष्कर्ष निकाल्ने सम्बन्ध स्रोतले बताएको छ ।

देशमा राजाले शाषण जनतालाई दिएसंगै संकट बन्दै गएको पछिल्लो समय छिमेकीहरुसंग समेत सम्बन्धमा चिसोपन आएको , धेरै जनताहरु राजा आउ देश बचाउँ भनेर अभियान सुरु गरेको राजतन्त्र पक्षमा जनता रहेको सम्बन्ध स्रोतको दावी छ ।news24nepal

Continue Reading…

पुनर्निर्माणको नाममा प्राधिकरणले कागजी घोडा दौडाउदै : संसदीय विकास समिति

वर्षात् सुरु हुन लाग्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई घर बनाउन आर्थिक सहयोग प्रदान गर्न ढिलासुस्ती गरेको भन्दै व्यवस्थापिका संसद्, विकास समितिले आपत्ति जनाएको छ ।

प्राधिकरणले पुनर्निर्माणका नाममा कागजी घोडा दौडाएको आरोप लगाउदै जिम्मेवारी पदाधिकारी काम भन्दा ठूला कुरा गर्न व्यस्त भएको समितिका सदस्यहरुको आरोप छ ।

समितिको बैठकमा समितिका सभापति रवीन्द्र अधिकारीले प्राधिकरण पुनर्निर्माणको कागजी घोडा दौडाउन व्यस्त देखिएका र शिलन्यास गर्न भ्याइनभ्याईको अवस्थामा रहेको गुनासो गर्नु भयो । उहाँले पालमुनि बसेका जनतालाई ओत लगाउन पैसा कहिले दिने भनि प्रश्न समेत गर्नु भएको थियो ।26

सभापति अधिकारीले प्राधिकरणको काम गराइको कार्यविधिलाई लिएर जनताले प्रश्न गरिरहेका भन्दै एक वर्षदेखि पालमुनि बसेका जनतालाई कहिले पाल मुनि ल्याउने भन्दै जिज्ञासा राख्नु भएको थियो ।

प्राधिकरणका अनुसार भूकम्प अति प्रभावित १४ जिल्लाका ७ लाख १५ हजार २४ सय घर बनाउन अनुदान पाउनयोग्य घरधनी मध्ये हालसम्म ४५ हजार ७१४ घरधनीसँग मात्र घर बनाउन अनुदान सम्झौता गरेको छ तर पहिलो किस्ताबापत पाउनेको घरधनीको सङ्ख्या एक हजार नाध्न सकेको छैन ।

यही क्रम जारी रहे प्राधिकरणलाई अनुदान सम्झौता गर्न वर्षदिन भन्दा बढी समय लाग्छ । भूकम्प प्रभावितलाई घर बनाउन दिइने अनुदान प्रक्रियालाई अझ सरल बनाउन, भूकम्प प्रभावितको लागत छुट भएकाले तत्काल पुनः लागत सङ्कलन सुरु गर्न, प्राधिकरण र मन्त्रालयबीच समन्वय गर्न, घर निर्माणका लागि निर्माण सामग्री अभाव हुन नदिन प्राधिकरणलाई समितिले निर्देशसमेत गरेको छ ।news24nepal

Continue Reading…

कहिले हुन्छ सम्पदाको पुनःनिर्माण ?

१९ जेठ, काठमाडौं।
गत वर्षको भूकम्पबाट भत्किएका काठमाडौंँ उपत्यकाका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पुनःनिर्माणमा सरकारले चासो नदेखाएकोप्रति यस क्षेत्रका विज्ञहरुले दुःख व्यक्त गरेका छन् ।

उनिहरुले यी ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा भएको ढिलाइले काठमाडौं उपत्यकाको सुन्दरतामा ह्रास आउनुका साथै यहाँको धार्मिक, सांस्कृतिक र परम्परागत निरन्तरतामा अप्ठेरो परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित काठमाडौँका सांस्कृतिक सम्पदा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा उनिहरुले सम्पदाको महत्व बुझेर समयमा निर्माण गर्न नसकिएमा यसले विश्व सम्पदा सूचीमा सूचीकृत हाम्रा पुरातात्विक सम्पत्ति गुम्नसक्ने खतरातर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।25

पुरातत्वविद डा साफल्य अमात्यले बारम्बारको आग्रह एवम् अनुरोध भएपनि काठमाडौँका पुरातात्विक एवम् सांस्कृतिक महत्वका सम्पदाको निर्माणको काम सरकारले थाल्न समेत नसकेकाप्रति गुनासो गरे ।

उनले पछिल्लो समयमा काठमाडौंँ महानगरपालिकाले यस्ता सम्पदाको पुनःनिर्माणका लागि बोलपत्र आह्वान गरेकोप्रति आपत्ति प्रकट गर्दै यी सम्पदाको निर्माण कुनै घर वा पर्खाल निर्माण गरेजस्तो नभएकाले यिनको सांस्कृतिक महत्व बुझ्न आग्रह गरे ।

यी ऐतिहासिक सम्पदाको पुरातात्विक र सांस्कृतिक महत्व नगुम्ने गरी तथा पुरानै कलाकारिता र कच्चा पदार्थको प्रयोग गरी निर्माण गर्नसक्ने क्षमताका कम्पनी वा संस्था नेपालमा नरहेकोले बोलपत्रबाट निर्माणको काम सम्भव नरहेको उनको भनाइ थियो ।
डा अमात्यले यस्ता सम्पदाहरु अब निर्माण गर्दा तिनको सबै पक्षीय सूचना संरक्षित हुनेगरी सूचना एवम् स्रोत केन्द्र खडा गरी सबै जानकारी राख्न सुझाव दिए ।

वास्तुविद प्रा डा सुदर्शन तिवारीले यी सम्पदाको निर्माणमा स्मारकको वास्तुकला, प्रविधि, धार्मिक र सांस्कृतिक पक्ष तथा जीवन्त संस्कृतिको पनि समावेश हुनुपर्नेमा जोड दिए ।

उनले अबको पुनःनिर्माणमा विश्व सम्पदा सूचीमा रहेका यी सम्पदाहरु त्यो सूचीबाट नहटुन्भन्ने पक्षमा विशेषरुपमा ध्यान दिनुपर्ने र त्यसका लागि विश्व सम्पदा सूचीको प्रावधान र मूल्य मान्यताबमोजिमकै कला र सामग्री प्रयोग गर्न सुझाए ।

प्रा डा नरेशमान बज्राचार्यले सम्पदाको निर्माण भनेको पर्यटकलाई फोटो खिच्नका लागि होइन भन्दै जीर्णोद्वारभन्दा पनि पुनःनिर्माणमा सम्बेदनशील हुने हुँदा सम्पदाको कुनैपनि महत्व नघट्ने गरी निर्माण गर्न आग्रह गरे ।

काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रमानसिंह तामाङले यी पुरातात्विक सम्पदाको निर्माणको अगुवाइ कसले गर्नेभन्ने विषयमा स्पष्ट नहुँदा निकै गाह्रो भएको बताए ।

पुनःनिर्माणको कामका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरेपनि स्थानीय जनता वा यस क्षेत्रका विज्ञहरुको परामर्शबाटै काम गर्ने जानकारी दिए ।

सो कार्यक्रममा सो प्रतिष्ठानका अध्यक्ष जीवन डङ्गोल, पर्यटनविद् कर्ण शाक्य, शिक्षाविद् केदारभक्त माथेमालगायतले सम्पदाको पुनःनिर्माणका लागि सबैको चासो हुनुपर्नेमा जोड दिए । राससnepaliheadlines

Continue Reading…

दुई वर्षमा वाग्मती सङ्ग्रहालय बनाइने

काठमाडौँ, वाग्मती सभ्यतासँग जोडिएका हरेक वस्तुको संरक्षणका लागि दुई वर्षभित्र वाग्मती सङ्ग्रहालय बनाइने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडलले जेठ १५ गते व्यवस्थापिका–संसद्मा पेस गर्नुभएको आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा पनि वाग्मती सङ्ग्रहालयलाई प्राथमिकता दिइएको छ ।24

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष किशोर शाक्यले ५० वर्षअघि वाग्मती कस्तो थियो भन्ने देखाउन सङ्ग्रहालय स्थापना गर्न लागिएको बताउनुभयो । “वाग्मतीसँग सम्बन्धित पुराना चीजबीजको सङ्ग्रह गरेर सङ्ग्रहालय स्थापना गरिन्छ, वाग्मती प्रदूषित हुनुअघि कस्तो थियो ?, प्रदूषित भएपछि कस्तो भयो ?, ट्रिटमेन्ट प्लान्ट राखेर शुद्धीकरण गरेपछि कस्तो भयो भन्ने चीजबीजको सङ्ग्रह गरिन्छ”– उहाँले भन्नुभयो ।

समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह वाग्मती सभ्यताका नाममा नगन्य काममात्र भएकाले सङ्ग्रहालय स्थापना गरेर वाग्मती सभ्यताको जानकारी भावी पुस्तासम्म पु¥याउन खोजिएको बताउनुहुन्छ ।

सङ्ग्रहालयमा श्रव्य, दृश्य, पुस्तकालय, अनुसन्धान, पुरातात्विक, सांस्कृतिक, धार्मिकलगायतका छुट्टाछुट्टै कक्ष राखिने भएको छ । एक सय १५ रोपनीमा फैलिएको समितिको दुई रोपनी क्षेत्रमा सङ्ग्रहालय स्थापनाका लागि चैत ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । भवन विभागले निर्माण गर्ने सङ्ग्रहालयका लागि यस वर्ष रु १५ करोड छुट्याइएको छ । राससnews24nepal

Continue Reading…

प्रधानमन्त्रीका लागि हैन विकासका लागि प्रतिश्पर्धा गरौं, अनि देश बन्छ’

बुधबार, १९ जेठ
हेटौँडा । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रमुख दलहरुले आर्थिक समुन्नति र परिवर्तनको अनुभूति दिने गरी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।
राप्रपा नेपाल मकवानपुरद्वारा आज कुलेखानीमा आयोजित पार्टीको २ नंं क्षेत्रको अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रमुख दलहरुले आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनतामाझ लगेर संस्थागत गर्न सकेमात्र संविधान दिगो हुने उल्लेख गर्नुभयो ।23
उहाँले भन्नुभयो, “मुलुकमा अहिले धर्ना, जुलुस र आन्दोलन होइन, दलहरुले संयमका साथ सरकारसँग समन्वय गरी अघि बढ्नुपर्छ । त्यसो नगरिए जनतामा दलहरुप्रति वितृष्ण उत्पन्न भई जनता दलहरुको नियन्त्रणभन्दा बाहिर जानसक्ने खतरा छ ।”
राप्रपा नेपालका अध्यक्षसमेत रहनुभएका मन्त्री थापाले जनता अहिले विकास निर्माण, आर्थिक समृद्धि र रोजगारीको आशामा रहेकाले उनीहरुलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री पदको प्रतिस्पर्धा होइन, जनताको आर्थिक विकासका लागि दलहरु प्रतिस्पर्धाको मैदान उत्रिनुपर्छ ।”
भेलामा राप्रपाका केन्द्रीय उपाध्यक्ष राजिव पराजुली, केन्द्रीय सदस्यहरु दीपकबहादुर सिंह, मधु अधिकारी, राजाराम बर्तौला र सांसद गणेश थापाले संविधानको सफल कार्यान्वयन र विकासको पूर्वाधारलाई जनताको घरदैलोमा पु¥याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
भोलिसम्म चल्ने उक्त अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । रासस
nepalsandesh

Continue Reading…

बाबुरामको चेतावनी- मुलुक विखण्डनमा जान सक्छ

१९ जेठ, काठमाडौं ।

नया शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश जातीय द्धन्द हुँदै मुलुक बिखण्डनमा जाने खतरा बढेको बताएका छन् ।

आदिवासी जनजाती नयाँ शक्ति नेपालले बुधबार काठमाडौमा गरेको अन्तक्रिया कार्यक्रममा बाबुरामले मुलुकमा जातिय अधिकार स्थापित गर्नुपर्ने रहेपनि जातीय द्धन्दमा भने फस्न नहुने बताए ।22

आफुहरुले पहिचान सहितको १० प्रदेशको माग भएपनि सातै प्रदेशमा आफ्नो अधिकार खोज्नुपर्ने धारणा बाबुरामले राखेका छन् ।

संबिधानमा नमिलेका बिषयलाई संबिधानमा मिलाउने प्रयास नयाँ शक्तिले गर्ने भन्दै बाबुरामले राष्ट्रिय मुक्ति आन्दोलनका लागी सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
नया शक्ति नेपालले आगामी ३० गते पार्टी घोषणा गर्ने तयारी गरेको छ । यसैको तयारी स्वरुप नया शक्ति नेपाल आवद्ध संगठनले बिभिन्न कार्यक्रम गर्दै आएका छन् ।nepaliheadlines

Continue Reading…

महतको यस्तो भाषणः ओलीलाई हटाए अस्थिरता आउँछ, हामी सरकार हटाउन लाग्दैनौं

बुधबार, १९ जेठ
काठमाडौ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपाली कांग्रेस सरकार परिवतर्नको खेलमा नलाग्ने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपाली कांग्रेस केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको खेलमा छैन । मुलुकमा अस्थिरता धेरै भयो । बारम्बार सरकार परिवर्तन गर्दा मुलुक अस्थिरतामा जान्छ । त्यसैले अहिले हामी यो खेलमा लाग्दैनौ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा डा. महतले यो सरकार बदलिए सत्तारुढ गठबन्धन विचको आन्तरिक विरोधाभाषले नै बदलिने दावी गर्दै मुलुकलाई अस्थिरता तर्फ धकेल्ने गरी सरकार परिवर्तनको खेलमा आफूहरु नभएको बताए । यद्यपि उनले राष्ट्रिय सहमतिको सरकार गठन भए ठिकै भएपनि त्यो मात्रै एउटा विकल्प भने नभएको दावी गरे ।
बर्तमान सरकारले ल्याएको बजेटले मुलुकमा आर्थिक अनुशासन हिनता र वित्तिय अराजकता सृजना गर्ने दावी गर्दै उनले राष्ट्रको ढुकुटीमा पैसा हुँदा हुँदै विदेशी ऋण लिने कुराले मुल्य बृद्धि र मुद्रा स्फिती गराउने ठोकुवा गरे ।
डा. महतले भने,‘ यो बजेट सिमित राजनीतिक स्वार्थले ल्याएको हो । बजेट एक वर्षको भएपनि पाँच दश वर्षको योजना जस्तो कार्यक्रम राखेर ईच्छपत्र जस्तो मात्रै बनाईएको छ ।’
उनले आफूले विगतमा अलोकप्रिय हुँदा हुँदै गरेको भ्याट लागु गर्ने, आयकर, पुजिगत लाभ कर, बैंकिङ क्षेत्रमा निजी क्षेत्रको प्रवेश गराउने र दुर सञ्चार क्षेत्रमा निजी लगानी खोल्ने निर्णयका कारण आन्तरिक राजस्वमा बृद्धि भएको भन्दै कसैलाई खुसी पार्न बाड्ने कुरा ठूलो नभएको तर्क गरे ।
डा. महतले भने,‘ मेरो पुत्ला जलाउँदा जलाउँदै ल्याएको भ्याट र आयकरले आन्तरिक राजस्वमा आधा योगदान गर्छ । बैंकिङ क्षेत्रबाट ५० अर्ब बढी राजस्व आउँछ । दुरसञ्चार क्षेत्रबाट पनि ठूलो राजस्व आउँछ । देशलाई फाईदा गर्न अप्रिय निर्णय लिनु पर्छ । त्यसले राष्ट्रलाई अघि बढाउँछ । कसैलाई खुसी पार्न बाड्ने कुरा ठूलो कुरा होईन ।’
उनले कुनै पनि बजेटको मुल्याङकन वितरण भन्दा पनि जनतालाई काम गर्न कत्तिको उत्साहित बनाउँछ, उद्यमशिलताको विकास गर्छ िकगर्दैन, आर्थिक बृद्धिको अवसर सृजना गर्छ कि गर्दैन र राष्ट्रिय अर्थतन्त्रमा कसरी योगदान गर्छ भन्ने विषयले गर्ने दावी गर्दै बढी वितरण गरेकै भरमा बजेटको मुल्याङक हुन नसक्ने बताए ।
डा. महतले सामाजिक सुरक्षा भत्ता र स्थानीय निकायले दिने रकम बृद्धि गर्ने विषयमा आफूहरुको कुनै आपत्ति नभए पनि विगतमा ति रकम दुरुपयोग हुने गरेको अध्ययनहरु आएकोले सरकारले आफ्नो संयन्त्रलाई दुरुपयोग हुन नदिने गरी दह्रो बनाउने कुरा मात्रै आफूृहरुले गरेको स्पष्ट पारे ।
उनले भने,‘ सरकारी संरचनाको कार्य गर्ने क्षमता कमजोर छ । पहिला कार्यान्वयन क्षमता बलियो बनाउँनु पर्छ । सरकारको पनि त्यस्तो क्षमता देखिएन, कुरामात्रै ठूलो ठूलो गर्ने प्रबृत्ति छ । ६ वट उपप्रधानमन्त्री र जम्बो मन्त्रीमण्डल बनाएर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पहिला नै राजनीतिक विश्रृंखलता देखाईउसक्नु भएको छ, अब आर्थिक विश्रृंखलता ल्याउँदै हनु हुन्छ । ’
डा. महतले सबै दलले समर्थन गरेको भुकम्प पछिको पुनःनिर्माणमा केही गर्न नसकेको अवस्थामा ठूलो ठुलो कुरा गर्छु भन्नुको अर्थ नभएको भन्दै भुकम्प पीडितलाई भुकम्म प्रतिरोधी घर आफै बनाए पनि रकम दिन्छु भनेको भए अहिले लाखौ घर बनिसक्ने अवस्था रहेको दावी गरे ।
उनले सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षामा आएका कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता भएको भन्दै सबै जनताको स्वास्थ्य विमा, एक गाँउ एक डाक्टर, एमडी निशुल्क अध्ययन गर्न पाउने जस्ता कुराहरु पुरानै कार्यक्रम भएको दावी गरे ।
डा. महतले बजेटमा आएका पूर्वाधारमा लगानी गर्ने कुरा र विगतका कार्यक्रमको निरन्तरता ठिकै भएको भन्दै पार्टीका केही सभासदहरुले नबुझेका कारण आफ्नो आलोचना गरेको बताए । उनले भने,‘ केही साथीहरुलाई हामीले ल्याएको कार्यक्रम पनि अहिले आए जस्तो लागेर भ्रम भएको रहेछ त्यो भ्रमलाई मैले चिरेको छु, अब काग्रेसभित्र कुनै भ्रम छैन ।’
बजेटका विषय संसदमा प्रस्तुत गर्नु अघि नै सार्वजनिक भएको विषयलाई स्पष्ट पार्दै उनले अहिले जस्तो विभिन्न शिर्षक उपशिर्षकहरुको रकम हजार सम्म लिन्ने गरी कहिल्यै पनि बाहिर नआएको दावी गरे ।
डा. महतले भने,‘ आजको लिक भएको जस्तो हिजोको होईन । हिजोका दिनमा नीतिका कुराहरु र मोटामोटी रकम आउथ्यो । अहिले शिर्षक र उपशिर्षकका बजेट लाख हजार सम्म मिल्ने गरी आएको छ । यसलार्य हामीले गंभिरतापूर्वक लिएका छौ । घर घरको ईन्सुरेन्स गर्ने कुराले नेप्से सुचकांकलाई बढायो । यो गंभिर कुरा हो । यसलाई अरु चुहावटसँग तुलना गर्न मिल्दैन ।’
उनले भुकम्प गएको ६० दिनभित्र अन्तर्राष्ट्रिय सम्मेलन गरेर ४ खर्व भन्दा बढीको स्रोत संकलन गरे तत्कालि सरकारले देखाएको क्षमतालाई दुनियाँले मानेको दावी गर्दै भने,‘ नेपालमा हुँदैन दिल्ली, टोकियो, अमेरिकामा गरौ भनेका थिए । तर तत्कालिन सरकारले यहाँको अवस्था पनि देखाउनु पर्छ भनेर यही सम्मेलन गर्यो यो ठूलो उपलब्धि हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले के भन्छन म त्यसको पछि लाग्दिन ।’
उनले अब आफूमा फेरि पनि अर्थमन्त्री बन्ने कुनै सपना नभएको स्पष्ट पार्दै अब आफ्नो नेतृत्व गर्ने पालो भएको बताए । उनले भने,‘ मेरो क्षमता अनुसारको जिम्मेवारी पार्टीले मलाई दिनु पर्छ ।’
nepalsandesh

Continue Reading…

मनिषा मृत्यु प्रकरणः अनुसन्धान थप जटिल बन्यो–प्रहरी

१८ जेठ, नवलपरासी ।

राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।

मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदन र मनिषाको शवको परीक्षण प्रतिवेदनको आधारमा मृत्यु प्रकरण थप रहस्यमय हुनुको साथै अनुसन्धान थप जटिल बनेको प्रहरीले बताएको हो ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने प्रहरीले भनाइ छ ।20

पत्रकार सम्मेलनमा आशिषको पोलिग्राफ परीक्षण प्रतिवेदनअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको पोलिग्राफ परीक्षणमा संलग्न क्षेत्रीय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए । पाण्डेले भने “आशिषको पोलिग्राम रिपोर्टअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिन्छ” यद्यपि थप अनुसन्धान जारी छ ।

बिमलले फेसबुकमा लेखे- म रोइरहेको छु, अव बहिनीका लागि लड्छु
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण गरेको प्रतिवेदनअनुसार मनिषाको मृत्युको मुख्य करण घाटीमा दबाब परेको भएको प्रतिवेदनमा उल्लेख छ ।

मनीषा मृत्यु प्रकरणः त्यो रात के के भएको थियो-पोलिग्राफ टेष्टमा आशिषको वयान

यता विभिन्न सञ्चारमाध्यम र आम जनमानसको यो घटनाप्रति बढी रुपमा चासो देखिएको हालसम्म भएको अनुसन्धानबारे पत्रकार सम्मेलन आयोजना गरी हालसम्मको अनुसन्धानत्मक अवस्थाबारे जानकारी दिइएको लुम्बिनी अञ्चल कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर केसीले बताए ।

केसीले भन्नुभयो “घटनाको बारे अहिले केही भन्न सकिने अवस्था छैन, शव परीक्षण गर्ने चिकित्सकसँग पनि छलफल गर्ने छौँ । अझै घटनाको प्रष्ट वितरण आउन दुई साता लाग्ने छ ।”

प्रहरीले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा आशिषले मनिषाको सिधै हत्या नगरेको भए पनि आशिषकै कारण मनिषाको मृत्युको कारण रहेको प्रारम्भिक अनुमान गरेको छ ।

मनिषा नवलपरासीको बर्दघाट–८ पञ्चनगर भानुनगर गाउँस्थित आफ्नै घरमा गत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । मनिषाको हत्या भएको आशङ्कामा प्रहरीले मनिषाका प्रेमी नवलपरासी तिलकपुरका रुद्रनारायण चौधरी (आशिष)लाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

यसैबीच विमल घर्तीमगरले भने आफ्नी बहिनीको हत्या भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, “आज मेरो बहिनीको हत्या गर्ने मान्छेलाई कारबाही भएन भने देशको लागि केही गरेर के काम? आज म रोइराखेको छु। भोलि अरु कोही रोइराखेको हुन्छ। मलाई सबको साथ चाहिएको छ। देशको लागि लडेँ, अब बहिनीको लागि लड्छु।”nepaliheadlines

Continue Reading…

प्रधानमन्त्रीबाट गृहमन्त्रीको राजीनामा मागिएको छैनः सचिवालय

काठमाडौं– गृहले गरेको प्रमूख जिल्ला अधिकारी र उपसचिवको सरुवाप्रति प्रधानमन्त्री असन्तुष्ट बनेको भन्ने समाचारमा कुनै सत्यता नभएको सम्बद्ध स्रोतले जनाएको छ ।19 विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री शक्ति बस्नेतको राजिनामा मागेको भन्ने आशयको समाचारको कुनै सत्यता नरहेको उनको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले कर्मचारीको सरुवा नियमित प्रकृया भएको भन्दै त्यसमा कसैले चासो राख्नु अनौठो नभएको समेत वताएको छ । ratopati

Continue Reading…

मनिषाको मृत्यु रहस्यमय,पोलिग्राफ र पोष्टमार्टम रिपोर्ट सार्वजनिक

राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको सत्र वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । मत्युमा संलग्न रहेको आशंकामा पक्राउ परेका मनिषाका प्रेमी भनिएका रुद्रनारायण चौधरी आशिषको पोलिग्राफ परीक्षण रिपोर्ट र मनिषाको शवको परीक्षण रिपोर्टको आधारमा मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले आशिषको पोलिग्राफ परीक्षण रिपोर्ट सार्वजनिक गरेको हो । पोलिग्राफ परीक्षण रिपोर्ट अनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको परीक्षणमा संलग्न क्षेत्रीय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताउनुभयो ।18

मंगलबार ५ घन्टा लगाएर मनिषाको शंकास्पद मृत्युको सत्यतथ्य पत्ता लगाउन रुद्रनारायण उर्फ आशिष चौधरीलाई गरिएको पोलिग्राफ परीक्षणमा सो रिपोर्ट देखिएको हो । आशिषसंग पोलिग्राफ परिक्षणमा ५ घन्टा लगाएर ११ वटा प्रश्नहरु सोधिएको थियो । तर आशिषले दिएको जवाफबाट मनिषा घर्तिमगरको हत्या आशिषले गरेको होईन भन्ने पोलिग्राफ रिपोर्टबाट सावित भएको छ ।

पोलिग्राफ परीक्षणको समय व्यक्तिले झुठो बोल्न सक्दैनन् । झुठो बोल्न खोज्यो भने उसको शरीरमा हुने तरंगले ऊ अनियन्त्रित भई पोलिग्राफ मेशीनले तुरुन्त पत्ता लगाइदिन्छ । पोलिग्राफ परीक्षणका बेला आशीषको शरीरमा ६ प्रकारको सेन्सरहरु प्रयोग गरिएको पोलिग्राफ विज्ञ प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

२०७० सालदेखि नेपालमा प्रयोगमा आएको नयाँ प्रविधि पोलिग्राफ परीक्षण ठुलाठुला चोरी, मानव बेचबिखन, ज्यानमार, जबरजस्तीकरणी र रहस्मय मृत्युका घटनाहरुको अनुसन्धानका लागि प्रयोग गरिदै आएको छ । काठमाण्डौ पठाइएको मनिषाको शवको पोष्टमार्टम रिपोर्टले पनि उनको झुण्डिएर मृत्यु भएको देखाएको छ ।

मनिषाले आफै झुण्डिएको वा अरु कसैले झण्डाएको भन्नेबारे चाहिं रिपोर्टबाट पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट दुविधायुक्त भएकोले आशिषले मनिषाको हत्या नै गरेको भन्ने सावित हुन नसकेको नवलपरासी प्रहरीले जनाएको छ ।

घट्नाको थप अनुसन्धानका लागि रगत नमूनाको रिपोर्ट र भिसेराको रिपोट भने अझै आउन बाँकी रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
घटनाको पोष्टमार्टम रिपोर्ट र पोलिग्राफ रिपोर्टले हत्या तथा आत्महत्याको पुष्टि हुन नसकेकोले प्रहरीले अझै थप अनुसन्धान गर्ने बताएको छ ।news24nepal

Continue Reading…

कोरियामा निसासिएर नेपाली युवाको मृत्यु

सोलः रोजगारीका लागि दक्षिण कोरिया रहेका एक नेपाली युवाको कम्पनीको कामको क्रममा मृत्यु भएको छ ।

थेगुस्थित देसंग जेजिजु कम्पनीमा कार्यरत पाल्पाका यमबहादुर थापाको बुधबार मृत्यु भएको हो ।

कागज कम्पनीमा कार्यरत थापाले पुरानो ट्यांकी सफा गर्ने क्रममा रसायनको गन्धले निस्सासिएर मृत्यु भएको उनीसँगै कार्यरत कञ्चनपुरका मानसिंह साउदले जानकारी दिए ।17
थापासँगै चारजना नेपाली उक्त कम्पनीमा कार्यरत थिए । करिब दुइ वर्षअघि आएका थापा बिबाहित हुन् । २३ वर्षीय थापाका एक छोरी र श्रीमती छन् ।

घटनाबारे विस्तृत प्रहरी रिपोर्ट आउन बाँकी रहेको सोलस्थित श्रम सहचारी देवराज ढकालले जानकारी दिए ।

annapurnapost

Continue Reading…

मलेसियामा एकैदिन १६ जना नेपाली पक्राउ

मलेसियाः मलेसिया सरकारले गैरकानुनी हैसियतका आप्रवासी कामदारमाथिको धरपकडलाई तीब्र बनाएको छ ।

सोमबार मात्रै राजधानी क्वालालम्पुरबाट १६ जना नेपाली कामदार पक्राउ परेका छन् । क्वालालम्पुरको व्यस्त बिग मार्केटबाट १२ जना र मेनरा मेधाभवनबाट चारजना नेपाली पक्राउ परेका हुन् ।
मलेसियाको अध्यागमनले सो क्षेत्रमा गैरकानुनी हैैसियतका आप्रवासी कामदारविरुद्ध पक्राउ अपरेशन नै चलाएको अध्यागमन विभागले जनाएको छ ।
16
पक्राउ परेका नेपालीबारेमा मलेसिया सरकारले थप खुलाएको छैन । नेपालीसहित भारतीय, बंगलादेशी, पाकिस्तानी, भियतनामी, इन्डोनेसियन, फिलिपीनी र म्यानमारका गैरकानुनी हैैसियतका कामदारलाई अध्यागमनले पक्राउ गरेको हो ।

मलेसियामा रोजगारीमा आएका नेपालीमध्ये राम्रो काम र सुविधा नपाउनेहरु अवैधानिक बन्ने गरेका छन् । म्यानपावरले भने जस्तो काम र दाम नपाएपछि अवैधानिक भएर काम गर्दै आएको अबैधानिक नेपाली युवाहरुको भनाइ छ ।

पक्राउ परेकालाई तीन महिना जेल र थप समय डिटेन्सन क्याम्पमा राखिनेको छ । मलेसियाका जेलमा रहेका नेपालीलाई यहाँस्थित नेपाली दूतावासले विभिन्न संस्थाको सहयोगमा हवाई टिकट उपलव्ध गराउँदै आएको छ । हालसम्म नेपाली दूतावासबाट हवाई टिकट पाएर पाँच सय २९ जना नेपाली नेपाल फर्र्किएका छन् ।

यहाँ कार्यरत गैरकानुनी हैसियतका अप्रवासी कामदारलाई लक्षित गरी मलेसिया सरकारले वैधानिक बन्ने ‘रिहाइरिङ्ग’ कार्यक्रम सन्चालन गरिरहेकै समयमा अपरेशनमार्फत ठूलो संख्यामा अप्रवासी कामदार पक्राउ गरिएको हो ।

यहाँको सरकारले गैरकानुनी हैसियतका अप्रवासीलाई घर फर्किने अवसरसमेत दिएको छ । गैरकानुनी हैसियतका आप्रवासीलाई शून्यमा झार्ने नीतिअन्तरगत मलेसिया सरकारले धरपकडलाई समेत निरन्तरता दिएको छ ।
annapurnapost

Continue Reading…

डोनल्ड ट्रम्प बुद्दिमान राजनीतिज्ञ हुन् अमेरिकीहरुले उनैलाई भोट हाल्नुपर्छ :किम जोंग उन

बुधबार, १९ जेठ
एजेन्सी । उत्तर कोरियाका नेताले एक आश्चर्यजनक बयान दिएका छन्। नेता किम जोंग उनले अमेरिकी राष्ट्रपति पदका सम्भावित उमेद्वार डोनल्ड ट्रम्पलाई ’बुद्धिमान राजनीतिज्ञ’को संज्ञा दिएका छन् ।15
जबकि हिलेरी क्लिंटनलाई उनले मन्द बुद्धि भएको भन्दै उपहास गरेका छन् । किमजोंग उनले भनेका छन् कि ट्रम्पनै त्यस्ता व्यक्ति हुन् जसले अमेरिकीहरुलाई उत्तर कोरियाको परमाणु हमलाको आंशकाबाट मुक्त गर्न सक्नेछन् ।
’डीपीआरके टुडे’ मा छापिएको एक अन्तर्वार्तामा किम जोंग उनले अमेरिकीहरुलाई ८ नोभेम्बरमा हुन गईरहेको चुनावमा डोनल्ड ट्रम्पलाई नै मतदान गर्न सुझाव दिएका छन् ।
nepalsandesh

Continue Reading…

यो बजेटले देशमा अराजकता ल्याउँछः रामशरण

२०७३ जेष्ठ १९ बुधवार

फोटो :रिपोर्टर्स क्लबमा बोल्दै महत । तस्बिर: अन्नपूर्ण
कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने
काठमाडौंः नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले ल्याएको बजेटले मुलुकमा आर्थिक अनुशासनहीनता र वित्तिय अराजकता सृजना गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार गरेको साक्षात्कारमा उनले राष्ट्रको ढुकुटीमा पैसा हुँदाहुँदै विदेशी ऋण लिने कुराले मुल्य बृद्धि र मुद्रा स्फिती गराउने ठोकुवा गरे । bhayo

‘यो बजेट सीमित राजनीतिक स्वार्थले ल्याइएको हो’ डा. महतले भने, ‘बजेट एक वर्षको भएपनि पाँच दश वर्षको योजना जस्तो कार्यक्रम राखेर इच्छपत्र जस्तो मात्रै बनाइएको छ ।’

आफूले विगतमा अलोकप्रिय हुँदाहुँदै गरेको भ्याट लागू गर्ने, आयकर, पूँजीगत लाभ कर, बैंकिङ क्षेत्रमा निजीक्षेत्रको प्रवेश गराउने र दूरसञ्चार क्षेत्रमा निजी लगानी खोल्ने निर्णयबाट आन्तरिक राजस्वमा बृद्धि भएको भन्दै कसैलाई खुसी पार्न बाँड्ने कुरा ठूलो नभएको तर्क गरे ।

‘मेरो पुतला जलाउँदा जलाउँदै ल्याएको भ्याट र आयकरले आन्तरिक राजस्वमा आधा योगदान गर्छ । बैंकिङ क्षेत्रबाट ५० अर्ब बढी राजस्व आउँछ’, उनले भने, ‘दुरसञ्चार क्षेत्रबाट पनि ठूलो राजस्व आउँछ । देशलाई फाईदा गर्न अप्रिय निर्णय लिनुपर्छ । त्यसले राष्ट्रलाई अघि बढाउँछ । कसैलाई खुसी पार्न बाँड्ने कुरा ठूलो कुरा होइन ।’

उनले कुनै पनि बजेटको मूल्याङ्कन वितरण भन्दा जनतालाई काम गर्न कत्तिको उत्साहित बनाउँछ, उद्यमशीलताको विकास गर्छ कि गर्दैन, आर्थिक वृद्धिको अवसर सृजना गर्छ कि गर्दैन र राष्ट्रिय अर्थतन्त्रमा कसरी योगदान गर्छ भन्ने विषयले गर्ने दाबी गर्दै बढी वितरण गरेकै भरमा बजेटको मूल्याङ्कन हुन नसक्ने बताए ।

डा. महतले सामाजिक सुरक्षा भत्ता र स्थानीय निकायलाई दिने रकम वृद्धि गर्ने विषयमा आपत्ति नभए पनि विगतमा ती रकम दुरुपयोग हुने गरेकाले सरकारले आफ्ना संयन्त्रलाई दुरुपयोग हुन नदिने गरी दह्रो बनाउने कुरामात्रै आफूृहरुले गरेको स्पष्ट पारे ।

‘सरकारी संरचनाको कार्य गर्ने क्षमता कमजोर छ । पहिला कार्यान्वयन क्षमता बलियो बनाउँनु पर्छ । सरकारको पनि त्यस्तो क्षमता देखिएन, कुरामात्रै ठूलो ठूलो गर्ने प्रवृत्ति छ’, उनले भने, ‘६ वटा उपप्रधानमन्त्री र जम्बो मन्त्रीमण्डल बनाएर प्रधानमन्त्री ओलीले पहिला नै राजनीतिक विश्रृंखलता देखाइउसक्नु भएको छ, अब आर्थिक विश्रृंखलता ल्याउँदै हुनुहुन्छ ।’

बजेटका विषय संसदमा प्रस्तुत गर्नुअघि नै सार्वजनिक भएको विषयलाई स्पष्ट पार्दै उनले अहिले जस्तो विभिन्न शीर्षक उपशीर्षकहरुको रकम हजारसम्म लिन्ने गरी कहिल्यै पनि बाहिर नआएको दाबी गरे ।

‘आजको लिक भएको जस्तो हिजोको होइन । हिजोका दिनमा नीतिका कुराहरु र मोटामोटी रकम आउँथ्यो । अहिले शीर्षक र उपशीर्षकका बजेट लाख हजारसम्म मिल्ने गरी आएको छ’, उनको जिकिर थियो, ‘यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । घर घरको इन्स्योरेन्स गर्ने कुराले नेप्से सूचकांकलाई बढायो । यो गम्भीर कुरा हो । यसलाई अरु चुहावटसँग तुलना गर्न मिल्दैन ।’

उनले अब आफूमा फेरि पनि अर्थमन्त्री बन्ने कुनै सपना नभएको स्पष्ट पार्दै अब आफ्नो नेतृत्व गर्ने पालो आएको बताए । उनले भने,‘ मेरो क्षमता अनुसारको जिम्मेवारी पार्टीले दिनुपर्छ ।’

फरक प्रसंगमा उनले कांग्रेस सरकार परिवतर्नको खेलमा नलाग्ने स्पष्ट पारेका छन् । ‘नेपाली कांग्रेस केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तनको खेलमा छैन । मुलुकमा अस्थिरता धेरै भयो’, उनले भने, ‘बारम्बार सरकार परिवर्तन गर्दा मुलुक अस्थिरतामा जान्छ । त्यसैले अहिले हामी यो खेलमा लाग्दैनौ ।’

डा. महतले यो सरकार बदलिए सत्तारुढ गठबन्धनवीचको आन्तरिक विरोधाभाषले नै ढल्ने दाबी गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने गरी सरकार परिवर्तनको खेलमा आफूहरु नभएको बताए ।
annapurnapost

Continue Reading…

ओबीओआरः चीनको ‘महाशक्ति मार्ग’

२०७३ जेष्ठ १९ बुधवार

ओबामा र सी जिनपिङका दुवै नीति एकसाथ सफल होलान् ?
सन् २०१२ मा सत्तामा आएसँगै राष्ट्रपति सी जिनपिङले चिनियाँ क्रान्तिको एक शताब्दीमा महाशक्ति बन्ने सपनालाई औपचारिक रूपमै बोले । सहजै बुझ्न नसकिने चिनियाँ कूटनीतिमा त्यहाँको नेतृत्वले कुन सन्दर्भ पारेर आफ्ना योजना सार्वजनिक गर्छ भन्नेले त्यसको प्राथमिकता निर्धारण गर्ने गरेको पाइन्छ ।

महाशक्ति बन्ने सपना बाँड्न पिङले तीन हप्ता पनि कुराएनन्, जसको सहज अर्थ चीनको सपनाको मापन हो । उनले भनेका थिए, ‘चिनियाँ पुनरोदयको बाटोमा हामी यसअघिको भन्दा निकै नजिक छौँ । यो लक्ष्यलाई पूरा गर्न हामी यतिबेला सबैभन्दा बढी विश्वस्त र थप मजबुत भएका छौँ ।’magg

सन् २०१३ मा उनले विश्वकै लागि निकै महत्त्वाकांक्षी मानिएको वन बेल्ट वन रोड (ओबीओआर) नीति सावर्जनिक गर्नु हो । चिनियाँ व्याख्यामा विश्वकै प्रगति र समृद्धिको ‘शान्तिपूर्ण मार्ग’ भनिए पनि यसको सफलतासँगै चीन आर्थिक रूपमा मात्र होइन, प्रतिरक्षाको दृष्टिमा समेत निकै अगाडि हुनेछ । जुन अहिले हेर्दा उसको महाशक्तिको सपनासम्म पुग्ने मार्ग पनि हो ।

ओबीओआर अर्थ

रेसमी मार्गमार्फतको व्यापार चीनको लागि नौलो होइन । सन्को सुरुआतसँगै हान वंशमै यो चल्तीमा थियो । एक्काइसौँ शताब्दीको चिनियाँ विदेश नीतिलाई अहिले त्यही झन्डै २० शतब्दी पुरानो अभ्यासले निर्देशित गर्दैछ । विश्व व्यापारमा स्थायित्व ल्याउन र उसकै शब्दमा सबै देशको साझा समृद्धि, सपना र गन्तव्यलाई केन्द्रबिन्दुमा राख्दै नयाँ ढंगले ओबीओआर निर्माण गर्ने चीनको नीति छ ।

सन् २०१३ को सेप्टेम्बरमा काजकिस्तानको एक विश्वविद्यालयमा दिएको मन्तव्यमा राष्ट्रपति सीले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ अर्थात् ‘वन बेल्ट’ नीति सार्वजनिक गरे । लगत्तै उनी इन्डोनेसिया पुगेर एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) सँगै ‘एक्काईसौँ शताब्दीको मेरिटाइम (समुद्री) सिल्क रोड’ अर्थात् ‘वन रोड’ नीति घोषणा गरे । सीले उनका महत्त्वाकांक्षी नीति सार्वजनिक गर्न किन मध्य एसियाको काजकिस्तान र दक्षिण पश्चिम एसियाको इन्डोनेसिया छनोट गरे भन्ने आफैँमा महत्त्वपूर्ण छ । पछि सीका यी घोषणालाई चिनियाँ नेसनल कंग्रेसले अनुमोदन गर्‌यो, जसपछि एकाएक विश्वको आँखा उक्त योजनामाथि पर्‌यो ।

विश्व अर्थराजनीतिमा पूरै बदलाब ल्याउने ठानिएको यो परियोजना ६५ देशका १५० भन्दा बढी सहरसम्म पुग्ने बताइएको छ । चीनको जियान प्रान्त, सिचुआन प्रान्त र पूर्वी बन्दरगाहबाट सुरु हुने तीन भिन्न ‘रोड’ लाई क्रमशः उत्तरी सिल्क रोड, दक्षिणी सिल्क रोड र समुद्री सिल्क रोडमा विभाजन गरिएको छ । यस ‘रुट’ मा पर्ने सबै राष्ट्रहरू यस योजनाका उत्तिकै हिस्सेदार हुन् भनेर चीनले आश्वस्त पार्न खोजिरहेको छ, जसलाई राष्ट्रपति सीले ‘विन–विन’ अवस्था भनेका छन् ।

महत्त्वाकांक्षी र शंकल्पित

चीनको जियान प्रान्तबाट सुरु हुने उत्तरी सिल्क रोड उरुम्की, मध्यएसिया, इरानको उत्तरी भाग हुँदै इराक र सिरियाबाट टर्की प्रवेश गर्छ । स्तानबुलबाट अगाडि बढ्ने मार्ग उत्तरपश्चिम युरोप हुँदै मस्को, जर्मनी र नेदरल्यान्ड हुँदै इटालीको दक्षिणदेखि भेनिस पुगेर अन्त्य गर्ने लक्ष्य राखिएको छ । दक्षिणी सिल्करोड सिचुआन प्रान्तको छेन्दुबाट सुरु भएर कुन्मिङ, युनान प्रान्त हुँदै बर्मा प्रवेश गर्छ ।

बर्माबाट बंगलादेश, भारत, नेपाल हुँदै ल्हासासम्म पुर्‌याउने कुरा पुनरोदयको योजनामा छ । समुद्री सिल्क रोड चीनको पूर्वी बन्दरगाहबाट सुरु भएर इन्डोनेसिया, थाइल्यान्ड, भारत, श्रीलंका हुँदै केन्या पुग्छ । दक्षिणी चिनियाँ सागर, हिन्द महासागर, दक्षिणपूर्व प्रशान्त महासागर, ‘रेड सी’ र ‘मेरिटराइन’ क्षेत्रलाई यो रोडको प्रमुख सामुद्रिक रुटको रूपमा हेरिएको छ । अन्त्यमा त्योसमेत इटालीको भेनिस पुगेर उत्तरी सिल्करोडसँग जोडिन्छ ।

सिल्क रोड पुनरोदयको रोचक के छ भने यी तिनै प्रकारका मार्गको रुटमा केवल ‘रोड’ मात्र होइन, ‘रेलवे’, बन्दरगाह, सुरुङ मार्गहरू र ‘पेट्रोलियम ग्याँस पाइपलाइन’ आदि भौतिक पूर्वाधार पर्छन् । ‘टेलिकम्युनिकेसन’, इनर्जी प्लान्ट, हाइड्रोपावर, उद्योग र अन्य आर्थिक तथा सामाजिक पूर्वाधार सम्बन्धित देशको प्राथमिकता र आवश्यकताअनुसार दुईपक्षीय लगानीमा अघि बढाउन सकिने बताइएको छ ।

‘चाइना इन्स्टिच्युट अफ मोडर्न इन्टरनेसनल रिलेसन्स’ का ‘रिसर्च फेलो’ चेन फेङयिङका अनुसार ६५ देशका झन्डै ६३ प्रतिशत जनसंख्या र २१ खर्ब अमेरिकी डलर साझा जीडीपी ओगट्ने देशहरू भएर जाने ओबीओआरको अनुमानित बजेट १४ खर्ब अमेरिकी डलर छ, जसमध्ये चिनियाँ बैंकहरू, सिल्क रोड कोष र चिनियाँ कर्पोरेट हाउसहरूबाट एक खर्ब २४ अर्ब ३० करोड अमेरिकी डलरको प्रतिबद्धता आएको छ ।

अहिलेको चीन विगत ३५ वर्षदेखि खुलापन गर्ने देङ सियाओ पिङको मार्गमा अघि बढिरहेको छ । देङको नीतिमा एउटा धार कमजोर अर्थतन्त्रलाई उदारवादी बाटोबाट पुनर्संरचनामार्फत आर्थिक समृद्धि हासिल गराउन प्रयोग गरियो भने अर्को धार चिनियाँ कम्युनिस्ट पार्टीको अधिकारलाई थप व्यवस्थित बनाउँदै राजनीतिक स्थायित्व कायम गराउन । उतिबेलाको पुनर्संरचना नीतिमा विदेशी लगानी, प्रविधि र शैक्षिक ज्ञान भित्त्याएर देशलाई कृषि, उद्योग, विज्ञान तथा प्रविधि र रक्षा क्षेत्रमा आधुनिकीकरण गर्ने मुख्य प्राथमिकतामा थिए । अहिले सीले ओबीओआरमार्फत तीनै कुरा निर्यात गरेर विकासशील देशहरूको अर्थतन्त्र मजबुत बनाउने र चिनियाँ उत्पादनको मागमा भारी मात्रामा वृद्धि गराउनेछ ।
कुनै बेला नेपोलियनले भनेका थिए, ‘सुतिरहेको ड्र्यागनलाई नचलाऊ, उठ्यो भने यसले संसार खान्छ ।’ चीन अब सुतिरहेको ड्र्यागन रहेन । यो उठेको छ र लम्किसकेको छ । गिर्दो अवस्थामा रहेको अमेरिका र युरोपले गरिब देशहरूमा लगानी कटौती गरिरहेका छन् ।

कुनै देश आर्थिक रूपमा समृद्ध छ, तर उसका सम्पूर्ण छिमेकी विपन्न अवस्थामा छन् भने समृद्ध देशको अर्थतन्त्र कुनै पनि मानेमा दिगो हुनै सक्दैन । उनको एउटै तर्क के भने समृद्ध देशले निर्यात गर्छ तर छिमेकीहरूसँग आयात क्षमता छैन भने उक्त देशको अर्थतन्त्र टिक्ने आधार कमजोर हुन्छ । सिचुआन विश्वविद्यालयका प्राध्यापक एवं अन्तर्राष्ट्रिय अर्थराजनीति विज्ञ डा. डाई योङहोङ भन्छन्, ‘यदि हामी सधैँ जितिरहन्छौँ र हाम्रा सहकर्मी सधैँ हारिरहन्छन् भने हाम्रो दिगोपन अस्थायी बन्छ ।’ ओबीओआर नीति यही मर्मसँग जोडिएको छ ।

चुनौती पनि उस्तै

राष्ट्रपति सीको विदेश नीतिमा एकातर्फ प्रमुख शक्तिराष्ट्रसँग उसको सम्बन्धलाई मजबुत पार्ने र अर्कोतर्फ छिमेकी र विकासशील मुलुकहरूसँग कूटनीतिक पहल गर्ने प्रमुख छन् ।

दोस्रो विश्वयुद्धपछिको अमेरिकी मार्सल प्लानभन्दा हालको हिसाबमा बाह्र गुणा बढी बजेट रहेको ओबीओआरलाई चिनियाँ मोडेलको मार्सल प्लान र ओबामाको ‘रिब्यालेन्सिङ एसिया’ को जवाफको रूपमा हेर्छ अमेरिका । भारत भने दक्षिण एसियामा रहेको आफ्नो पकड अन्त्य गर्ने औजारको रूपमा सशंकित छ ।

जापानले दक्षिणी चिनियाँ सागर र अन्य विवादमाथि जबर्जस्त जित्ने हतियारको रूपमा बुझिरहेको छ । दुवै कम्युनिस्ट राष्ट्र भए पनि रसियासँग चीनको वैचारिक मदभेद शीतयुद्धदेखिकै हो । यस्तो अवस्थामा ती देशहरूसँगको सम्बन्धलाई सुमधुर बनाएर उनीहरूको विश्वास जित्न सक्नु नै चीनको लागि सबैभन्दा ठूलो चुनौती हो ।

सबैभन्दा कठिन प्रश्न भनेकै ओबामा र सी जिनपिङका दुवै नीति एकसाथ सफल होलान् त भन्ने हो ? चीनलाई घेर्न एसियामा अमेरिकाले बनाएको प्रजातान्त्रिक मुलुकहरूको समीकरणलाई सैन्य हिसाबले तोड्न सी जिनपिङलाई सजिलो छैन । एउटा समयमा दुई भिन्न प्रतिस्पर्धीमध्ये को महाशक्ति दरिन्छन् वा संसार पुनः शीतयुद्धकालीन समयमा झैँ दुई ध्रुवीय बन्छ भन्ने आम जिज्ञासाको जवाफसमेत ओबीओआरको सफलता वा असफलताले निर्धारण गर्नेछ ।

अर्को चुनौती भनेको ‘पेरिफेरल डिप्लोमेसी’ अर्थात् कयौँ छिमेकीहरूसमेत पर्ने गरिब राष्ट्रहरूसँगको चीनको कूटनीतिलाई कसरी अगाडि बढाउने भन्ने हो । ती देशहरूमा राजनीतिक पद्धति र आर्थिक–सामाजिक अवस्था भिन्नभिन्न छ । चीनको कूटनीतिक क्षमता ती विविधतापूर्ण देशसँग गर्ने डिलसँगै देखिनेछ । सबैले चासो दिएर हेरिरहेको अर्को चुनौती भनेको ओबीओआरको लागि अपुग रहेको १२ खर्ब ७५ अर्ब ७० करोड अमेरिकी डलर कसरी जुटाउने भन्ने हो । साझेदार देशहरूबाट त्यो रकम जुट्न कत्तिको सम्भव छ ? सन् २०४९ सम्ममा ओबीओआर सम्पन्न गर्ने लक्ष्य रहे पनि यसको विस्तृत तथा चरणबद्ध योजना, साझा बुझाइ बजेटको स्रोत, चिनियाँ कम्पनीको स्तरोन्नति आदि कुरा चुनौतीका रूपमा देखिएका छन् ।

६५ देशहरूमा निर्माण हुने भौतिक संरचनाहरूको सुरक्षा सबाल, प्राकृतिक स्रोतसाधनको लागि युद्ध भइरहेको अहिलेको विश्वमा चीनको लागि ढुंगा चपाउनुसरह नै हुनेछ । मध्यपूर्व र अन्य भागमा चलिरहेको धार्मिक आवरणको राजनीतिक युद्ध सन् २०४९ सम्म कता मोडिएला भन्नेमा ओबीओआर मात्र होइन, सारा विश्वकै भविष्य जोडिएको छ ।

चाँदीको घेरा

कुनै बेला नेपोलियनले भनेका थिए, ‘सुतिरहेको ड्र्यागनलाई नचलाऊ, उठ्यो भने यसले संसार खान्छ ।’ चीन अब सुतिरहेको ड्र्यागन रहेन । यो उठेको छ र लम्किसकेको छ । गिर्दो अवस्थामा रहेको अमेरिका र युरोपले गरिब देशहरूमा लगानी कटौती गरिरहेका छन् । त्यसैबेला चीनले आफ्नो प्रशस्त पुँजी ओबीओआरमा लगानी गर्दा गरिब देशहरूमा रोजगारको अवसर सिर्जना हुनेछ । ती देशहरूको मुख्य समस्या भनेको नै बेरोजगार हो ।

जब यो समस्या विस्तारै हट्दै जान्छ, परिस्थिति चीनको पक्षमा जाने देखिन्छ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) मा अमेरिकाको दबाब हुँदाहुँदै पनि कतिपय देशहरू सदस्य बनेझैँ आउँदा दिनहरूमा चीनको पुनरोदयको बाटोमा अमेरिकी साझेदारहरू चीनतर्फ नढल्केलान् भन्न सकिँदैन । त्यस्तो अवस्थामा चीनले हरेक क्षेत्रमा बाँकी विश्वलाई उछिन्नेछ । त्यही चीनको लागि महाशक्ति मार्गको गन्तव्य हुनेछ ।

—चन्द चीनको सिचुआन विश्वविद्यालयमा चीनको विदेश नीतिबारे अनुसन्धानरत छन् ।
annapurnapost

Continue Reading…

चीनद्वारा सन् २०१६ मा चालिस लाख त्रिचालिस हजार रोजगारीका अवसर सिर्जना

बुधबार, १९ जेठ
एजेन्सी । चीनले सन् २०१६ को पहिलो चार महिनामा ४० लाख ४३ हजार रोजगारीका अवसर सिर्जना गरेको मङ्गलबार एक कार्यक्रममा बताइएको छ ।
प्रतिकुल आर्थिक अवस्थाका बीच पनि चीनको रोजगार बजार स्थिर रहेको चीनका मानव स्रोत एवम् सामाजिक सुरक्षा सहायक मन्त्री जिन चाङ जिनले एक पत्रकार सम्मेलनमा बताउनुभयो ।chin
उहाँले रोजगार बजार स्वभाविक तहमा नै कायम रहेको प्रमुख रोजगार बजार सूचकाङ्कले देखाएको बताउनुभयो ।
जिनले श्रम वृद्धि गर्ने उद्योगमा कमी आउँदा रोजगार बजारमा संरचनागत असन्तुलन भएको तर यसलाई आधुनिक प्रविधिमा काम गर्ने दक्ष कामदार उत्पादनमा भएको वृद्धिले सन्तुलन गरिएको दाबी गर्नुभयो ।
सरकारले रोजगार बजारलाई स्थिर राख्न नयाँ रोजगारीका मौकाहरुको सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको मन्त्री जिनले जनाउनुभयो ।
उहाँले चीनले सन् २०१६ भित्रमा एक करोड नयाँ सहरी रोजगारीका अवसर सिर्जना गर्दै सहरी बेरोजगार समस्यालाई ४.५ प्रतिशतको दरमा झार्ने कार्ययोजना रहेको बताउनुभयो ।
सरकारले बेरोजगार समस्यालाई ४.५ प्रतिशतभन्दा तल पु¥याउने योजनालाई सन् २०१६ को मार्चमा सार्वजनिक गरेको थियो ।
चिनियाँ सहरी क्षेत्रमा ४.५ प्रतिशतको बेरोजगार दर रहेको आधिकारीक आङ्कडा छ ।
nepalsandesh

Continue Reading…

दक्षिण कोरियामा ग्याँस विस्फोट, चार जनाको मृत्यु

विकाश श्रेष्ठ । १९ जेठ, सोल ।

कोरियाको राजधानी सोल नजिकै निर्माधिन भुमिगत रेलमार्ग सववेमा ग्याँस विस्फोट हुदाँ कम्तिमा चार जनाको मृत्यु भएको छ ।

बिमलले फेसबुकमा लेखे- म रोइरहेको छु, अव बहिनीका लागि लड्छु

विस्फोटनमा अन्य दश मजदुर घाइते भएका छन् ।

asub
विस्फोट आज बिहान सात बजेर बीस मिनेट जादाँ सोलको पुर्वी इलाका नाम्याङजुमा भएको अधिकारीहरुले जनाएका छन् । कामदारले वेल्डीङको काम गरिरहेको समयमा विस्फोट हुन पुगेको बताइएको छ ।
एक जनाको विस्फोट लगत्तै मृत्यु भएको र तीन जनाको जमिनको सतह भन्दा पन्ध्र मिटर तल च्याँपिएर ज्यान गएको छ । घाइते दशजनाको नजिकै अस्पतालमा उपचार भइरहेको र तीनको अवश्था गम्भिर रहेको अधिकारीहरुलाई उद्धृत गर्दै कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् ।
मृत्यु र घाइते हुने सवै चालीस वर्ष भन्दा माथि उमेरका रहेका छन् । दुर्घटनाको वास्तविक कारण खुल्न नसकेको बताइएको छ । यसैबीच ख्याङगी प्रहरीले घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।nepaliheadlines

Continue Reading…

मेरो बहिनीको हत्या भएको हो : विमल

जेष्ठ १९, २०७३- राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरले आज फेसबुकमा स्टाटस लेख्दै आफ्नी बहिनीको हत्या भएको बताएका छन् । विमलकी बहिनी मनिषा घर्तीमगर ८ दिनअघि गत बुधबार नवलपरासी स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले उनका प्रेमी आशिष चौधरीलाई हिरासतमा लिएको छ । तर, उनले आफूले हत्या नगरेको बताउँदै आएका छन् ।hoo

विमलले आफूले आजसम्म राष्ट्रका लागि लडेको बताउँदै अब आफ्नी बहिनीका लागि लड्ने पनि बताएका छन् । उनले देशका लागि यत्रो गर्दा पनि सुरक्षा दिन नसक्ने हो भने देशका लागि केही गर्नुको अर्थ नहुने पनि बताएका छन् ।

सानै उमेरमा पितालाई गुमाएको उल्लेख गर्दै उनले १० वर्षपछि बहिनी गुमाउनु पर्दा आफू पीडामा रहेको बताएका छन् । ‘मलाई तपाईंहरु सबैको साथ चाहिएको छ,’ उनले स्टाटसमा लेखेका छन् । बेल्जियममा फुटबल सम्बन्धि प्रशिक्षणमा रहेका बिमल बहिनीको निधन भएपछि गत शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

छानबिन जारी छ : प्रहरी
यता, मनिषाको मृत्यु प्रकरणको छानबिन गरिरहेको नवलपरासी प्रहरीले भने अहिले नै कुनै टुंगोमा पुग्न नसकिने बताएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले आफूले संकलन गरेका सबै सबुद प्रमाण अदालतलाई बुझाउने भन्दै हत्या वा आत्महत्याको टुंगो अदालतले नै लगाउने बताएको हो ।

प्रहरीले आशिषले नै हत्या गरे नगरेको नखुले पनि त्यस दिन उनी मनिषाको घरमा जानु नै हत्याको कारक तत्व भएको भने निश्कर्ष निकालेको छ । ‘उसैले घाँटी थिचेर हत्या गरेको भन्ने साबित नभए पनि उसकै कारण मृत्यु भएको चाहिँ देखिन्छ,’ नवलपरासीका एसपी राजेन्द्र चौधरीले पत्रकार सम्मेलनमा भने ।

पोस्टमार्टम रिर्पोट र पोलिग्राफी टेस्टको रिपोर्ट पनि अदालतलाई बुझाइने उनले बताए । उनका अनुसार आशिषले पहिले दिएको बयान र पोलिग्राफी टेस्टमा दिएको बयान मिलेको छ । ‘पोलिग्राफी टेस्टमा पनि उसले आफूले हत्या गरेको कुरा इन्कार गरेको छ,’ पोलिग्राफ टेष्टका अनुसन्धान अधिकृत इन्सपेक्टर रामप्रसाद पाण्डले भने ।

तैपनि, आशिषको मनिषासँगको सम्बन्ध र उनको मृत्यु भएका दिनको गतिविधिलाई नियाल्दा उसको संलग्नतालाई नर्कान नसकिने पनि प्रहरीले बताएको छ ।

१७ वर्षिया मनिषा र २२ वर्षिया आषिश ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताउँदै प्रहरीले पछिल्लो एक साता उनीहरुको सम्बन्धमा चिसोपना आएको पनि बताएको छ ।

त्यस दिन आशिष रक्सी खाएर मनिषाको घर पुगेको र त्यसै निहुँमा उनीहरुको झगडा भएको पनि प्रहरी अनुसन्धानमा खुलाइएको छ । झगडा भएपछि मनिषाले आशिषलाई एक थप्पड लगाएको र उनले पनि कुटपिट गरेको, त्यसैक्रममा मनिषाको भित्रीकोठाको सिसा फुटेको र सिसाले काट्दा आशिषको रगत मनिषाको शरिरमा लागेको प्रहरीले बताएको छ ।

उनीहरुले एकअर्काले दिएका गिफ्ट फिर्ता गरेको पनि आशिषले प्रहरीलाई दिएको बयानमा बताएका छन् । त्यसपछि आफू घर बाहिर नै निदाएको पनि उनको बयानमा उल्लेख छ । मनिषा झुण्डिएको सल आफैंले खोलेर आषिशले नजिकैको पेट्रोलपम्पमा फालेका थिए ।

साथमा मोबाइल भए पनि आशिषले कसैलाई फोन नगर्नु, वरिपरिका कसैलाई नबोलाउनु, घटनास्थलमा उनी एक्लै हुनुजस्ता कारणले प्रहरीले शंकास्पद मानेको छ । यी तथ्यले अनुसन्धानलाई जटील बनाएको पनि प्रहरीको भनाई छ । ekantipur

Continue Reading…

सोनीले ल्यायो सेल्फीमा फ्ल्यास भएको स्मार्टफोन

२०७३ जेष्ठ १९ बुधवार
एजेन्सी: सोनीले यूरोपमा नयाँ स्मार्टफोन एक्सपेरिया इफाइभ सर्वजनिक गरेको छ। जसको मूल्य १९९ युरो राखिएको छ।

यो स्मार्टफोनमा दुई प्रकाको हुने छ,एउटामा सिंगल सिम सपोर्ट गर्नेछ भने अर्कोमा डब्बल सिम सपोर्ट गर्नेछ।

layo
५ इन्च एचडी डिस्प्ले रहेको यो स्मार्टफोनमा १.३ गिगाहर्जको मेडिया टेक कवार्डकोर प्रोसेसर तथा १.५ जीबीको र्याम रहेको छ।

साथै यसको इन्टरनल मेमोरी १६ जीबी छ, जसलाई माइक्रो एसडी कार्ड प्रयोग गरेर २ सय जीबीसम्म बढाउन सकिनेछ।

यसले फोटोग्राफीको लागि पनि निकै उपयुक्त मानिएको छ। जसको लागि यसमा एलइडी फ्ल्याशको साथमा १३ मेगापिक्सेलको रियर कयामरा र ५ मेगा पिक्सेलको सेल्फी क्यामरा राखिएको छ। सोनीले अरु मोबाइलमा नभएको एलइडी फ्ल्याश सेल्फी क्यामरामा समेत जडान गरेको छ।

एन्ड्रोइड ६.०.१ मार्समेलो अपरेटिङ सिष्टममा चल्ने यो स्मार्टफोनमा २ हजार ७ सय एमएएचको ब्याट्री समाहित छ। जसले दुइदिनसम्म ब्याकअप दिने कम्पनीले दाबी गरेको छ।

यसको साथै कनेकटीभिटीको लागि यसमा एनएफसी, फोरजी एलटीई, एफएम रेडियो, ब्लूटूथ तथा जीपीएस लगायतका उत्कृष्ट फिचरहरु समावेश गरिएका छन्। तर यो स्मार्टफोन विश्व बजारमा कहिले आउँछ भन्ने चाहि कम्पनीले खुलासा गरेका छैनन्।
annapurnapost

Continue Reading…

प्रचण्ड निवासमा माओवादी हेडक्वाटरको बैठक, नयाँ सरकारमा कांग्रेस देखि मधेसवादीसम्म हुने रोडम्याप प्रस्तुत

बुधबार, १९ जेठ
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व लिने दौडमा होमिएका छन ।
सरकार परिवर्तन र नेतृत्वको विषयमा पार्टी्भित्रकै नेताहरुको फरक फरक अभिब्यक्ति आउन थालेपछि प्रचण्डले विहानै पार्टीको हेडक्वाटरमा रहेका प्रभावशाली नेताहरु संग सामुहिक बैठक बसेर आफ्नो नेतृत्वमा एक मत बनाउने प्रयास गरेका छन ।parchanda
प्रचण्डले आज रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, मातृका यादव, मणी थापा लगायतका नेताहरुलाई आफ्नै निवासमा बोलाएर नेकपा एमालेसँग भएको नौ बुँदे सहमति सँगै बजेट पारित भएपछि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरी तीन बुँदे सहमति भएको जानकारी गराउँदै सोही अनुसार अब पार्टीको तर्फबाट सरकारको नेतृत्व लिन एकमत भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
स्रोतका अनुसार बैठकले सरकारको नेतृत्व लिन विभिन्न पक्षसँगको छलफललाई तिब्रता दिने आन्तरिक सहमति गरेको छ ।
प्रचण्डले प्रधानमन्त्रीको अभिब्यक्तिको विषयमा आफ्नो कुनै चासो नभएको भन्दै प्रधानमन्त्री स्वयमले आफूले बजेट पारित भएपछि नेतृत्व हस्तान्तरण गर्ने सहमति गरेकोले सहमतिको कार्यान्वयन हुने दावी गरे ।
आफ्नो नेतृत्वमा सहमतिको सरकार गठनको बातावरण कायम रहेको दावी गर्दै नेपाली काग्रेस र मधेसबादी दलहरुसँग पनि कुराकानी भईरहेको प्रचण्डले छलफलको क्रममा जनाएका छन् ।
आगामी राजनैतिक रोडम्याप बारे उल्लेख गर्दै प्रचण्डले भने,‘ नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र मिल्नु पर्छ र सरकारमा मधेसबादी दलहरुसहित साना दललाई पनि ल्याएर त्यो सरकारले स्थानीय, प्रादेशिक र संघीय चुनाव गराउने छ । ’
उनले सरकारले बजेट र नीति तथा कार्यक्रमको अन्तिम तयारी गरिसकेको अवस्थामा सरकार परिवर्तनको कुरा गर्दा जनतामा राम्रो सन्देश नजाने भएकोले आफूले यही सरकारलाई निरन्तरता दिएको भन्दै अब मुलुकको निकासकोलागि सहमतिको सरकारको विकल्प नभएकोले प्रधानमन्त्री केपी ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखेका छन् ।
nepalsandesh

Continue Reading…

मनीषा मृत्यु प्रकरणः त्यो रात के के भएको थियो-पोलिग्राफ टेष्टमा आशिषको वयान

१९ जेठ, परासी ।

नेपाली फुटवल टिमका चर्चित स्ट्राइकर विमल घर्तीकी दिवंगत बहिनी मनीषा घर्तीका प्रेमी रूद्रनारायण चौधरी अर्थात आशिषले कुनै झुटो कुरा नबोलेको पुष्टि भएसँगै मनीषाको मृत्युमा उनको हात नरहेको देखिएको जस्तो छ ।

theyo

चौधरीको पोलिग्राफ परीक्षणपछि कुनै नयाँ कुरा नआएको भन्दै प्रहरीले उनले झुटो बोलेको पुष्टि नभएको बताएको छ ।

मंगलबार प्रहरीले टिचिङ अस्पतालबाट पाएको पोष्टमोर्टम रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । अव आशिषको पोलिग्राफ परीक्षणसँगै मनीषाको झुण्डिएर मृत्यु भएको पुष्टि भएको छ । मनीषालाई कसैले झुण्ड्याएको वा आफै झण्डिएको भन्ने अनुसन्धान जारी रहेपनि उनका प्रेमीले भने आफूले मनीषा झुण्डिएको अवस्थामा देखेको भनेर दिएको बयान सही सावित भएको छ । मंगलबार मात्र पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण विज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि आशिषको पोलिग्राफ परीक्षण गरेको थियो । ५ घण्टा लगाएर आशिषसँग बयान लिइएको थियो । आशिषले दिएको बयानमा कुनै नयाँ कुरा नआएको र उनले झुटो कुरा नबोलेको प्रहरीले जनाएको छ ।

५ घण्टामा आशिषले के के भने
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट गत १२ गते बुधबार साँझसम्म कल रेक्रडमा मनिषाले आशिषलाई १ सय १६ र आशिषले मनीषालाई १ सय २ पटक फोन गरेको देखिएको छ । गत १२ गते बुधबार आशिषले मनिषालाई पटक पटक फोन गर्दा फोन नलागेको र आशिषले मनिषाकी साथी शिलुलाई फोन गरि मनिषालाई भन्देउ आज जे पनि हुन सक्छ भनेर भनेको बयान आशिषले दिएका थिए ।

बुधबार साँझ मनिषाले आशिषलाई फोन गरि घर बोलाउँदा आशिषले रक्सी सेवनगरि पुगेपछि मनिषाले रक्सी खाएको भन्दै आशिषको गालामा एक झापड प्रहार गरेको पनि आशिषले पोलिग्राफ टेष्टका क्रममा स्वीकार गरेका छन् । मनीषाले हानेपछि आफूले पनि मनिषालाई पनि एक झापड हानेको उनले भनेका छन् । उक्त हात हालाहालपछि आफूहरुबीच विगतमा दिएको गिफ्ट तथा मोबाइलको सिमस समेत फर्काउने सम्मको विवाद परेको र कुटाकुट भएको उनले बताएका छन् । कुटपिट पछि आफू बाहिर बरामण्डामा आएर सुतेको र राती ११ बजे निन्द्रा खुलेपछि फेरि भित्र पस्दा मनिषालाई झुन्डिएको अवस्थामा देखेको उनले बताएका छन् ।

आफूले घाँटीमा लागेको पासो फुकाएर मनिषालाई अर्को कोठामा सुताएको र घर फर्केको समेत आशिषले प्रहरीलाई बताएका छन् । मनीषाको घाँटीपासो भने उनले झिकेर नजिकैको कल्बर्टमा फालेको खुलिसकेको छ । पोलिग्राफमा आशिषले दिएको बयान यस अघि नै प्रहरीलाई दिएको बयानसँग करिव करिव मिल्दो जुल्दो छ । प्रहरीलाई दिएको बयान र उनको पोलिग्राफ परीक्षणमा बोलेका कुरामा कुनै विरोधाभाष नदेखिएपछि उनले झुट नबोलेको प्रहरीको निष्कर्ष छ ।
मनीषाका प्रेमी भनिएका आशिष सँग पोलिग्राफ परिक्षणमा ५ घन्टा लगाएर ११ वटा प्रश्नहरु सोधिएको थियो । यो ५ घण्टे अवधिमा आशिषले दिएको जवाफबाट मनिषा घर्तिमगरको हत्या आशिषले गरेको होईन भन्ने सावित भएको छ । पोलिग्राफ परिक्षणको समय व्यक्तिले झुठो बोल्न सक्दैन झुठो बोल्न खोज्यो भने उसको शरिरमा तरङ्ग आउँछ र उ अनियन्त्रित हुन्छ किनभने पोलिग्राफ गर्दा उसको शरिमा ६ प्रकारको सेन्सरहरु प्रयोग गरिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराका पोलिग्राफ विज्ञ प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिए । २०७० सालदेखि नेपालमा प्रयोगमा आएको नयाँ प्रविधि पोलिग्राफ परिक्षण ठुलाठुला चोरी, मानव बेचबिखन, ज्यानमार, जबरजस्तीकरणी र रहस्मय मृत्युका घटनाहरुको अनुसन्धानका लागि पोलिग्राफ परिक्षण गर्ने गरिएको प्रहरी नीरिक्षक पाण्डेले बताएका छन् ।

पोष्टमोर्टम रिपोर्ट
अघिल्लो साता नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति मृत अवस्थामा फेला परेकी मनीषाको टिचिङ अस्पतालले एक साता पछि मंगलबार पोष्टमोर्टम रिपोर्ट प्रहरीलाई बुझाएको थियो । रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । यद्यपी यो मृत्युलाई आत्महत्या या हत्या भनेर अझै खुट्टाइएको छैन । प्रहरीले मनीषाको मृत्यु संकास्पद भन्दै नवलपरासीबाट काठमाडौं ल्याएर पोष्टमोर्टमका लागि टिचिङ अस्पताल पुर्‍याएको थियो । पोष्टमोर्टम रिपोर्टले मनीषाको मृत्यको कारण ‘ह्याङ्गिङ‘ अर्थात ‘झुण्डिनु’ भनेको छ । तर मनिषा आफै झुण्डिएकी हुन् वा अरु कसैले झुण्डाएको हो भन्नेकुरा पोष्टमोर्टम रिपोर्टबाट पत्ता लाग्दैन । प्रहरीले अव मनीषाको मृत्युलाई हत्या भन्ने आधार नभेटिएको बताएको छ ।

१५ वर्षमा विमलको जीवनमा परेका २ बज्रपात

अनुसन्धान जारी…

मनीषाको रहस्यमय मृत्युको विषयमा सत्यतथ्य अनुसन्धानका लागि रगत स्याम्पलको रिपोर्ट र भिसेराको रिपोर्ट अझै आउन बाँकि रहेको नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताएका छन् । घटनाको पोष्टमार्ट रिपोर्ट र पोलिग्राफ रिपोर्टले हत्या तथा आत्महत्याको पुष्टि हुन नसकेको कारण प्रहरीले अझै थप अनुसन्धान गर्ने बताएको छ ।nepaliheadlines

Continue Reading…

प्रचण्ड १५ दिनका लागि चीन जाँदै

१९ चैत, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २ साताका लागि चीन भ्रमणमा जाने भएका छन् । प्रचण्ड आगामी असार ७ देखि २ साताका लागि चीन जान लागेको माओवादी केन्द्र विदेश विभागले जनाएको छ ।

प्रचण्डसँग महासचिव कृष्णबहादुर महरा र सहयोगी लिएर प्रचण्ड चीन जान लागेका हुन् । त्यस्तै गरी प्रचण्डसँग माओवादी केन्द्र विदेश विभाग सदस्य युवराज चौलागाइ, स्वकीय सचिव जोखबहादुर महरा र उनका पुत्र प्रकाश दाहाल पनि जाने छन् । प्रचण्ड २० असारमा मात्र चीन बाट फर्किने बताइएको छ ।jadai

बेइजिङमा प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

सरकार ढाल्ने चर्चा चलिरहेको समयमा प्रचण्डको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । यस अघि सरकार ढाल्ने प्रयास गर्दा चीनले नै प्रचण्डलाई रोकेको बताइन्छ ।

चीनमा रहँदा प्रचण्ड र चिनियाँ उच्च अधिकारीबीच दीर्घकालीन रणनीति सहितका सहमति हुने श्रोतले दावी गरेको छ । कतिपयले भने ओली सरकारको काँध थापेको चीनसँग प्रचण्डको गोप्य सहमति भएको हुन सक्ने आशंका पनि गरेका छन् ।

चीनले ओली सरकार नढाल्न सुझाव दिएपछि प्रचण्ड पछि हटेको श्रोतको दावी छ । संविधान बनेपछि पहिलो पटक चीन जान लागेका प्रचण्डको चीन भ्रमणपछि नेपाली राजनीतिमा पनि प्रभाव पर्ने विश्लेषकहरुले बताएका छन् ।nepaliheadlines

Continue Reading…

झुन्डिएको अवस्थामा पुरुषको शव फेला

बुधबार, १९ जेठ
भक्तपुर। भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१२ स्थित हनुमन्ते खोला किनारामा रहेको काइँयो फूलको रुखमा आज एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।fela
ठूलो व्यासी–७ स्याङ्जा घर भई काठमाडौं ज्ञानेश्वरमा बस्दै आएका वर्ष ६० का छविलाल पोखरेलको झुन्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको उहाँले जानकारी दिनुभयो । रासस
nepalsandesh

Continue Reading…

मोदी प्रधानमन्त्री मात्रै हुन, राजा होइनन् : सोनिया

बुधबार, १९ जेठ
नयाँ दिल्ली । भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा टिप्पणी गरेकी छन् ।
मोदी सरकारले दुई वर्ष पूरा गरेकोमा खुसियाली मनाएलगत्तै गान्धीले मोदी प्रधानमन्त्री भएको तर राजा नभएको भन्दै कडा टिप्पणी गरेकी हुन् ।hoina
सोनियाले देशमा गरिबी बढेको, खडेरीका कारण किसानहरू समस्यामा रहेको बेलामा मोदीले खुसियाली मनाउनुको कुनै अर्थ नरहेको बताएकी हुन् ।
मोदीको मन्त्रिमण्डलकै सदस्यहरूले मोदीलाई यो दर्जा दिइरहेको र आफू खुसियाली मनाउन व्यस्त रहेको उनको टिप्पणी छ ।
सोनियाले आफ्ना ज्वाइँ रोबर्टमाथि लागेको आरोपको समेत खण्डन गर्दै यो उनीमाथिको षड्यन्त्र र ‘कांग्रेसमुक्त भारत’ नाराबाट रचना गरिएको बताइन् । रोबर्टमाथि हतियारको दलाली गरेको र लन्डनमा घर किनेको आरोप लगोको छ ।
सरकारले यस घटनामाथि निष्पक्ष छानबिन गर्नुपर्ने उनको भनाइ छ । रोबर्टका वकिलले लन्डनमा उनको प्रत्यक्ष वा परोक्ष रूपमा सम्पत्ति रहेको कुरालाई अस्वीकार गर्दै आएका छन् ।
nepalsandesh

Continue Reading…

प्रहरीले भन्यो- मनीषाका प्रेमीले झुट बोलेनन्

१९ जेठ, काठमाडौं ।

प्रहरीले चर्चित स्ट्राइकर विमल घर्तीकी दिवंगत बहिनी मनीषा घर्तीका प्रेमी रूद्रनारायण चौधरी अर्थात आशिषले कुनै झुटो कुरा नबोलेको जानकारी दिएको छ ।

चौधरीको पोलिग्राफ परीक्षणपछि कुनै नयाँ कुरा नआएको भन्दै प्रहरीले उनले झुटो बोलेको पुष्टि नभएको जानकारी दिएको हो ।

boleko
बुधबार नवलपरासी प्रहरीले मनीषाको पोष्टमोर्टम रिपोर्ट र पोलिग्राफबारे जानकारी दिएको हो । मंगलबार मात्र पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण विज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि आशिषको पोलिग्राफ परीक्षण गरेको थियो ।
५ घण्टा लगाएर आशिषसँग बयान लिइएको थियो । आशिषले दिएको बयानमा कुनै नयाँ कुरा नआएको र उनले झुटो कुरा नबोलेको प्रहरीले जनाएको छ ।

अघिल्लो साता नवलपरासी बर्दघाट ८ भुताहस्थित विमलको घरमा बुधबार राति मृत अवस्थामा फेला परेकी मनीषाको टिचिङ अस्पतालले एक साता पछि मंगलबार पोष्टमोर्टम रिपोर्ट प्रहरीलाई बुझाएको थियो ।

रिपोर्टमा मनीषाको मृत्यु झुण्डिएका कारण भएको भनिएको छ । यद्यपी यो मृत्युलाई आत्महत्या या हत्या भनेर अझै खुट्टाइएको छैन । प्रहरीले मनीषाको मृत्यु संकास्पद भन्दै नवलपरासीबाट काठमाडौं ल्याएर पोष्टमोर्टमका लागि टिचिङ अस्पताल पुर्‍याएको थियो ।

अव मनीषाको झुण्डिएर मृत्यु भएको पुष्टि भएको छ । मनीषालाई कसैले झुण्ड्याएको वा आफै झण्डिएको भन्ने अनुसन्धान जारी रहेपनि उनका प्रेमीले भने आफूले मनीषा झुण्डिएको अवस्थामा देखेको भनेर दिएको बयान सही सावित भएको छ ।
nepaliheadlines

Continue Reading…

मनीषा हत्याको प्रमाण भेटिएन: प्रहरी

२०७३ जेष्ठ १९ बुधवार

फोटो :मनिषाको मृत्युबारेमा नवलपरासी प्रहरीले गरेको पत्रकार सम्मे्लन । तस्बिर: हरि शर्मा
परासीः शंकास्पद अवस्थामा मृत भेटिएकी राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनीषको मृत्यु हत्याबाटै भएको यथेष्ट प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ ।

मनीषा नवलपरासी बर्दघाट नगरपालिका–८ स्थित पञ्चनगर गाउँस्थित आफ्नै घरमा गत जेठ १२ गते मृत अवस्थामा भेटिएकी थिइन् ।

मनीषको मृत्युको घटना सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुमा बढी चर्चामा आउन थालेपछि सो बारे जानकारी दिन बुधवार जिल्ला प्रहरी कार्यालय नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा घटनाको अनुसन्धानमा अहिलेसम्म हत्या नै हो भन्ने बलियो प्रमाण जुटिनसकेको जानकारी दिइएको हो ।vetiya
घटनालाई प्राथमिकता दिँदै पत्रकार सम्मेलनमा पुगेका लुम्बिनी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले काठमाडौंमा गरिएको पोष्टमार्टम रिपोर्ट र जिल्लामा गरिएको पोलिग्राफ रिपोर्टमा हत्या नै हो भन्ने यथेष्ट प्रमाण फेला नपरेको बताए ।

त्यो बाहेक दुई जनाबीच भएको मोबाइल कल डिटेल्सको अनुसन्धान पनि भइरहेको छ । कल डिटेल्समा जेठ ७ गतेदेखि घटना भएको दिनसम्म मनीषाले १ सय १६ कल र आशिषले १ सय २ कल एक आपसमा गरेको देखिएको छ ।

पोस्टमार्टम रिपोर्ट भन्छः ह्याङ्गिङबाट मनिषाको मृत्यु
‘त्यसबाहेक अरु पनि अनुसन्धान जारी छ, एसएसपी बस्नेतले भने, ‘सुरुदेखि अहिलेसम्मको प्रकृति हेर्दा घटना गम्भीर देखिन्छ ।’

केही अनुसन्धान सकिएको र भिसेरा र ब्लडको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । एसएसपी बस्नेतले घटनालाई चित्रण गरी सत्य कुरा बाहिर ल्याउन प्रहरी बस्तुगत तरिकाले लागि परेको भन्दै यथार्थ आउन अझ १५ दिन लाग्ने बताए । पोष्टमार्टम रिपोर्टमा ‘ह्यागिङ्ग’ र पोलिग्राफमा ‘हत्या नगरेको’ रिपोर्ट आएको छ ।

घटनापछि प्रहरीले तत्काल मनीषका केटा साथी रुद्रनारायण भनिने आशिष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयमा रहेका आशिषलाई १५ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अघि बढाइएको छ । मनीषा र आशिषाबीच तीन वर्ष अघिदेखि प्रेम सम्बन्ध रहेको थियो ।

घटना हुने दिन दुबैबीच भनाभन भएको थियो । घटना हुने दिन आशिष मादक पदार्थ पिएर मनीषाको घरमा पुगेका थिए । आफुले गरेको मोबाइल कल रिसिभ नगरेको विषयमा आशिषले हकारेपछि कुटकाुट भएको र दुबैजनाले दिएका उपहार फर्काउने विषयमा पनि चर्काचर्की भएको अनुसन्धानबाट खुलेको छ ।

फुटबलर विमलकी बहिनीको मृत्यु शंकास्पद
घटनाबारे विस्तृतमा बताउँदै जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले दुईजना बीच कुटाकुट हुँदा कोठाको सोकेस फुटेको र हातमा चोट लागेको देखिएको उल्लेख गरे ।

घटनाका दिन मनीषाको घरमा अरु कोही थिएनन् । आमा कामले बुटवल गएकी थिइन् भने हजुरबुबा छोरीको घर चितवन पुगेका थिए । दाजु विमल बेल्जियम थिए । रातको समयमा भनाभन भएपछि आशिष बाहिर बरण्डामा आएर सुतेको खुलेको छ ।

बरण्डामा सुतेको दुई घन्टापछि आशिषले भित्र पसेर हेर्दा मनीषा मृत देखिएको आशिषको भनाई उद्दृत गर्दै एसपी चौधरीले भने, ‘पंखामा झुण्डिएको देखेपछि मनीषालाई उतारेर खाटमा राखेँ ।’

घाँटीमा बेरिएकोे स्कार्प आशिषले मनीषालाई केही दिन अघि उहापर दिएका थिए । बयान लिदा पनि घटना गंभीर देखिन्छ, एसपी चौधरीले आशिषको भनाई उद्दृत गर्दै भने, ‘कुटाकुट भएपछि दुबैजना अगालो हालेर रोएका थियौं ।’

यसअघि पनि रिसाउने र कुटाकुट गरेपनि केही दिनमै उनीहरु एक आपसमा मिल्दै आएको आशिषले प्रहरीको बयानमा भनेका छन् । शव र घटनास्थलको प्रकृति र प्रयोग भएका सामानले घटना गम्भीर देखिएकाले यसलाई वैज्ञानिक ढंगले अनुसन्धान थालिएको एसपी चौधरीले बताए ।

पोलिग्राफ परीक्षण गर्दा आशिषसँग विभिन्न ११ वटा प्रश्न सोधिएको पोलिग्राफ जाँचकर्ता
बिमलले रुँदै भने–देशका लागि लडेँ, अब बहिनीका लागि लड्छु
प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले भने । विभिन्न प्रश्नमध्ये आशिषसँग प्रमुख रुपमा ‘मनीषाको मृत्यु हुने गरी घाँटी थिच्नु भयो की भएन’ भन्ने सोधिएको थियो । जवाफमा ‘होइन’ भन्ने आएको छ । पोलीग्राफ जाँचकर्ता पाण्डेले भने, ‘प्राविधिक रिपोर्टमा ‘घाँटी थिचेर नमारेको भन्ने आएको छ ।’

पोलिग्राफले घटनामा संलग्न व्यक्तिहरुको शरीरमा तरंग उत्पन्न हुने र प्रश्न सोध्दा झुठो बोल्ने व्यक्तिको बेग्लै तरंग आउने गर्दछ, जुन तरंगले छालामा प्रभाव पार्छ र त्यसलाई पोलिग्राफले रेकर्ड गर्छ । त्यसैको आधारमा ढाँटेको र नढाँटेको पत्ता लाग्ने पाण्डेले बताए । आशिषको पोलिग्राफ गर्न पाँच घण्टा लागेको थियो ।
annapurnapost

Continue Reading…

प्रधानमन्त्रीले अचानक गृहमन्त्रीको राजीनामा मागेपछि, गृहमन्त्रीले दिए कडा जवाफ

बुधबार, १९ जेठ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिडियो र सहायक सिडियोको सरुवालाई लिएर गृहमन्त्री शक्ति बस्नेतको राजिनामा मागेका छन् । प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन गृहमन्त्री बस्नेतले नमान्ने अडान राखेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा मागेका हुन्।diyaa
प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने गृहको निर्णय बदर नगर्ने भए गृहमन्त्रीलाई तुरुन्त पदबाट राजिनामा दिन भनेका हुन्।
तर सरुवाको निर्णय विधिसम्मत रहेकाले गृहमन्त्रीले सिडियोहरुको सरुवासम्बन्धी निर्णय सच्चिन नसक्ने भन्दै प्रधानमन्त्रीलाई ठाडो जवाफ पठाएका छन्।
सतहमा सरकार परिवर्तनको कुरा चलिरहेका बेला प्रधानमन्त्री ओली र गृहमन्त्रीको यो विवादले सरकारको भविष्य र एमाले र माओवादी केन्द्रको गठबन्धन धरापमा पर्न सक्ने अनुमान गर्न थालिएको छ ।
nepalsandesh

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog