Thursday, June 2, 2016

बिना रकम काम गर्दैनन् खानेपानी कर्मचारी

जनकपुर, २१ जेठ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान जनकपुर शाखाले काम विशेषले आउने सेवाग्राहीबाट सरकारी दस्तुरबाहेक कैयौँ गुणा बढी दस्तुर लिने गरेको उपभोक्तावर्गले आरोप लगाएका छन् ।
नयाँ मिटर जडानका लागि आउने सेवाग्राहीबाट त्यहाँका केही कथित कर्मचारीले रु पाँच हजार ६०० दस्तुरको रसिद दिए पनि रु २५ हजारदेखि ३० हजारसम्म लिने गरेको खुलासा भएको छ । करिब एक महिनादेखि खानेपानी पाइप जडानका लागि कार्यालय धाउँदा पनि काम हँुँदैन त्यहाँकै केही कर्मचारीलाई रसिदभन्दा बढी रकम दिएपछि तुरुन्त हुने गरेको उपभोक्ताले दावी गरेका छन् । त्यहाँका कर्मचारीले खाल्डो मात्र खन्दा चार हजार रुपैयाँ लिने गरेको र कार्यालयकै केही कर्मचारीले उपभोक्तासँग बार्गेनिङ गरेर बढी रकम उठाउने गरेको सेवाग्राहीको आरोप छ ।paisa
जनकपुर उद्योग वाणिज्य संङ्घका वरिष्ठ उपाध्यक्ष विजय साहले आफूले नै पटक–पटक खानेपानी पाइप जडानका लागि जाँदा कर्मचारीको अभाव देखाउँदै करिब एक महिनासम्म दौडाएका बताउनुभयो । त्यहाँकै कर्मचारी महेन्द्र महतो र स्टोरकिपर पुरन चौधरीले पैसाको बार्गेनिङ गर्दा नदिँदा जडान गर्न नमानेपछि प्रमुख जिल्ला अधिकारी दिलीप चापागार्इंसँग गुनासो गरेपछि एक दिनमा नै सबै काम भएको उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष साहले बैंकबाट ऋण लिन जाँदा पनि त्यति कागजात चाहिँदैन, त्योभन्दा बढी कागजात खानेपानी पाइप जडानका लागि माग्ने गरेको बताउँदै तर बढी रकम दिएपछि एक क्षणमा नै कार्य हुने गरेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “खानेपानी संस्थान एउटा भ्रष्टाचारको अखाडा बनिसकेको छ । यो संस्थान बढी रकम तिर्नेहरुका लागि मात्र रहेको छ । सामाजिक संस्थान भए पनि समाजबाट लुट्ने संस्थाको रुपमा रहेको छ ।”
यस सम्बन्धमा संस्थानका प्रमुख सुरेशकुमार महतोसँग जिज्ञासा राख्दा उहाँले यस बारेमा आफूलाई केही जानकारी नरहेको बताउँदै कर्मचारीको अभावको कारण काम ढिलो हुने गरेको स्वीकार्नु भएको छ ।
स्वच्छ पानी आउँदैन
खानेपानी संस्थानले वितरण गरेको पानी फोहर, कालो तथा गन्हाउने भएकाले सेवाग्राहीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरेको गुनासो सुनिन थालेको छ ।
जनकपुर उपमहानगरपालिका–६ बस्ने मो हैदर खाँले लिएको खानेपानीको धारामा यस्तै फोहर पानी आउन थालेपछि उनले विकल्पका रुपमा चापाकल जडान गरेको बताउँछन् । यहाँका अधिकांश धारामा यस्तो पानी आउन थालेपछि सेवाग्रहीहरु चिन्तित बन्न पुगेका छन् । रासस
dainiknepal

Continue Reading…

प्रहरीलाई ठूलो सफलता, कथित ‘डन’ माली पक्राउ

काठमाडौं, २१ जेठ । ललितपुरका कथित ‘डन’ मीनकृष्ण महर्जन र मिलन सिलवालाई सांघातिक आक्रमण गरेर घाइते बनाउने अर्का ‘डन’ प्रकाश माली पक्राउ परेका छन् ।
मालीलाई बिहीबार ललितपुरको सानागाउँ र हात्तीवन क्षेत्रबाट पक्राउ गरेको प्रहरीले पक्राउ गरेको हो । सानागाउँ र हात्तीवन क्षेत्रमा जग्गा पल्टिङको विषयलाई लिएर समूह–समूह बनाई ग्याङ फाईट गराउन मह्त्वपूर्ण भूमिका खेलेको भन्द्र प्रहरीले प्रकाश मालीलाई पक्राउ गरेको जनाएको छ ।13
बज्रबाराही–६ बस्ने प्रकाश मालीलको अपराधका विषयमा थप अनुसन्धान थालेको छ । माली प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए ।
मालीले २०७० साल माघ ४ गते ललितपुरको धापाखेलमा कथित ‘डन’ मीनकृष्ण महर्जन र मिलन सिलवालाई सांघातिक आक्रमण गरी घाइते बनाका थिए ।
ज्यान मार्ने उधोग मुद्दामा समेत संलग्न रहेर फरारको सूचीमा रहेका प्रकाश मालीलाई हदैसम्मको कारबाही हुने प्रहरी भनाइ छ ।
मालीका अपारधिक क्रियाकलाप प्रहरीका लागि ठूलो चुनौति बनेको थियो । लामो समयदेखि मालीलाई मोष्ट वान्टेडको सूचीमा राखेको प्रहरीले बिहीबार पक्राउ गर्न सफल भएपछि राहतको सास फेरेको छ ।
dainiknepal

Continue Reading…

जर्मनीमा तीन आईएस आत्मघाती आक्रमणकारी पक्राउ

बर्लिन, २१ जेठ । सिरियाबाट आतङ्ककारी योजनासहित जर्मनी पुगेका इस्लामिक स्टेटसँग आवद्ध तीन सिरियाली नागरिकलाई जर्मन प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
आत्मघाती आक्रमणको योजना बनाइरहेका ती तीन व्यक्तिको योजाना असफल हुनुको साथै पक्राउ परेको जर्मनी सरकारी स्रोतले जानकारी दिएको छ ।12
प्रहरीद्वारा प्रकाशित प्रतिवेदनअनुसार पश्चिमी जर्मनीको पुरानो सहर डुसेलडोर्फमा ती व्यक्तिहरूले आत्मघाती आक्रमण गर्ने कोसिसमा रहेका थिए ।
पक्राउ परेका ती सिरियाली नागरिक २५, २७ र ३१ वर्षका भएको जनाइएको छ ।
पेरिस र ब्रसेल्समा भएको आतङ्ककारी आक्रमणपछि आईएस आतङ्ककारी समूहले जर्मनीलाई लक्षित गर्दै आएका छन् ।
जर्मनका गृहमन्त्री थोम्स डे मैजिएरेकाअनुसार करिब ४५ सयदेखि ५ हजार युरोपियन नागरिक सिरिया र इराकमा लडाकू बन्न गएका छन् । एएफपी
dainiknepal

Continue Reading…

दलितहरू दासत्व र अन्यायमा बाँचेका नेपाली हुन् : प्रधानमन्त्री

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी ओलीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा उत्पीडनमा रहेका सम्पूर्ण समुदायमा जातीय समानता र सदभावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
‘जातीय छुवाछूतको युगीन दासत्व र अन्यायमा बाँचेका नेपालका दलित समुदायका सम्बन्धमा राज्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धीहरूमा हस्ताक्षर गरी जातीय भेदभाव तथा छुवाछूत हटाउने प्रतिबद्धता जाहेर गरेको म यस अवसरमा स्मरण गर्न चाहन्छु’–प्रधानमन्त्रीले आज दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ ।11
लामो कालखण्डदेखि दलितहरु ज्ञान, शिक्षा, चेतना र साधनस्रोतबाट बञ्चित हुनुका साथै हारको जिन्दगी व्यहोरेर आएको र राजनीतिक हक–अधिकार प्राप्तिको आन्दोलनमा समेत दलित समुदायको त्याग र बलिदान महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ ।
तथापि, यस समुदायलाई राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धी र अवसरहरु विगतमा राम्ररी उपभोग गर्नबाट वञ्चित गरियो वा गराइयो भन्दै सन्देशमा भनिएको छ,–‘दलित समुदायले भोग्दै आएको उत्पीडन र असमानता लामो समयसम्म स्थिर रहने कुरा थिएन ।’
शुभकामना सन्देशमा संविधानमा दलित अधिकारका मुद्दालाई मौलिक हकको रुपमा सम्वोधन गरिनुका साथै राष्ट्रिय दलित आयोगलाई संबैधानिक आयोगको रुपमा स्थापित गरिएको र जातीय भेदभाव तथा छुवाछूत देशको कलङ्क हो, त्यसलाई अन्त्य गर्नु पर्छ भन्ने कुरा राज्यले स्वीकार गरेको छ भनिएको छ ।
‘दलित समुदायको पक्षमा काम गर्न २०६३ साल जेठ २१ गते सरकारले जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको र सोही दिनको स्मरणमा वर्तमान सरकारले यस विषयलाई अझ बढि महत्व दिदैं अबदेखि प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने घोषणा गरेको छ’–सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले यस दिवसले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यको सामाजिक जागरण सिर्जना गर्न प्रेरणा प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभएको छ । रासस
dainiknepal

Continue Reading…

अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषा अंगीकृत

वाशिंगटन डिसी । अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषामा लेख्न तथा बोल्न दक्ष हुने विद्यार्थीलाई सुवर्ण अवसर प्राप्त हुने भएको छ ।
विश्व भाषा योग्यता परीक्षण तथा विश्व भाषा क्रेडिट कार्यक्रम अन्तर्गत जो बिद्यार्थी अंग्रेजी भाषा बाहेक अन्य भाषा बोल्न तथा लेख्न जान्दछ उनीहरुले उच्च माध्यमिक बिद्यालय तथा महाबिद्यालयमा विश्व भाषा ख्याती (क्रेडिट )प्राप्त गर्न सक्ने भएका छन् ।
वाशिंगटन राज्य नेपाली भाषालाई अङ्गीकार गर्ने पहिलो राज्य बनेको छ । नेपाली समुदायको लागि खुसीको बिषय भएको छ ।
जुन बिद्यार्थीले राष्ट्रिय स्तरको मान्यता प्राप्त क्षमता प्रदर्शन मूल्यांकनमा योग्य साबित गर्छ उसले उच्च माध्यमिक बिद्यालयको अनुलिपि (ट्रान्सक्रिप्ट) मा राम्रो ख्याती प्राप्त गर्ने छ ।
यो शिशु कक्षादेखि १२ कक्षा सम्मलाई लागू भएको छ । यसको मुख्य उदेस्य एक भन्दा बढ्ता भाषा बोल्न जान्ने लाई समर्थन गर्दै पद्धतिलाई विकास गर्नु रहेको छ ।10अमेरिकाको वाशिंगटन राज्यमा नेपाली भाषा अंगीकृत
वाशिंगटन राज्यमा नेपाली भाषालाई अंगीकृत गराउने श्रेय वाशिंगटन राज्यका गभर्नर जे इन्सलीले गरेका हुन् वाशिंगटन राज्य व्यवस्थापिकाले यसलाई मान्यता दिदै अन्य भाषाहरु झैँ नेपाली भाषालाई अंगिकार गरेको हो ।
नेपाली भाषालाई यसरि आफु बसेको राज्यमा सरकारको तर्फ बाट मान्यता दिनुको साथै अङ्गीकार गर्नु भनेको अमेरिकामा रहेका सबै नेपालीको शिर उच्च भएको एसिया प्रशान्त अमेरिकी मामिला आयोग आयुक्त मोहन गुरुङले बताए ।
वासिंटन राज्यका यिनै गभर्नर जे इन्सलीले गुरुङलाई कमिसन अन एसिया प्यासिफिक अमेरिकन एफियर्स कमिसन पदमा नियुक्त गरेका थिए िसन् १९९३ देखि अमेरिकामा बस्दै आएका गुरुङ स्वास्थ्य तथा समाज सेवाको क्षेत्रमा निकै क्रियाशील भएको कारण उनि त्यो पदमा पुग्ने पहिलो नेपाली हुन् िर यस्को लागि गुरुङ धेरै बर्ष देखि निरन्तर रुपमा लागि रहेको बताए ।
स्याङ्जा, पेल्का चौर गाविसमा जन्मिएका गुरुङले विशेष गरी शिक्षा, स्वास्थ्य, आर्थिक विकास, मानवीय सेवालगायतका क्षेत्रको विकासमा योगदान पु¥याएका छन् । गुरुङ नेपाल–सियाटल सोसाइटीका संस्थापक एवं अध्यक्ष समेत रहेका गुरुङ अमेरिकामा नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्ने र नयाँ पुस्तालाई त्यसप्रति सजग गराउने कार्यमा पनि जुटी रहेका छन् । र ,नेपाली भाषालाई पनि स्थान दिएकोमा हर्ष लागेको भन्दै अन्य राज्यहरुमा बस्ने नेपाली समुदायले पनि यस्तो पहल गरे सबैलाई राम्रो हुने गुरुङले बताए ।
-dainiknepal

Continue Reading…

लागूऔषधसहित रोल्पाका रोका र सुनसरीका राई पक्राउ

काठमाडौं, २१ जेठ । लागूऔषध फेरागन, नुफिन र सैरीजैक एम्पल खरिद बिक्री गरेको अभियोगमा प्रहरीले राजधानीमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला घइ घइ हाल काठमाडौंका बसुन्धरा बस्ने ३७ वर्षीय राजु रोका मगर भनिने तेजमान रोका मगर रहेका छन् ।1
रोकासँग प्रहरीले फेरागन, नुफिन र सेरीजैक एम्पल गरी ७२ थान लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्रहरीले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका– १७ घर भई हाल ललितपुरको खुमल्टार बस्ने ३५ वर्षीय सनिम राईलाई पक्राउ गरेको छ ।
राईको साथमा रहेको फेरागन, नुफिन र सेरीजैक एम्पल गरी ३३ थान लागूऔषध बरामद गरिएको छ ।
पक्राउ परेका रोल्पाका रोका र सुनसरीका राईलाई प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको उल्लेख गरेको छ ।
dainiknepal

Continue Reading…

बिहानै भूकम्पले हल्लायो

शुक्रबार, २१ जेठ
काठमाडौ । शुक्रबार बिहानै भूकम्पको परकम्प गएको छ ।
सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर बिहान ५ बजेर १० मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।bhupka
गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको बिनाशकारी भूकम्पपछि अझै पनि त्यसको परकम्प आउने क्रम जारी छ ।
अहिले सम्म चार रेक्टर स्केल भन्दा बढीको चार सय ५९ भन्दा बढी भूकम्पका परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
nepalsandesh

Continue Reading…

यी हुन् मोबाइलमा क्यान्डिक्रस खेल्ने मन्त्री

काठमाडौं, २१ जेठ । नेपाल सरकार एक जना बहालवालामन्त्री बेपत्ता भए भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । मन्त्री नै कसरी बेपत्ता हुन सक्छ ।
सामान्य नागरिक भए हो भन्न सकिन्थ्यो । किनकी नेपालमा सामान्य नागरिकको कुनै पनि मूल्य छैन र उसको हैसियत भोट हाल्ने बेलामा मात्रै हो अरु बेलामा होइन भन्ने कुरा जवरजस्ती स्थापित गरिएको छ । जनआह्वान साप्ताहिकले समाचार छापेको छ ।
तर मन्त्री नै बेपत्ता भए भन्ने कुरा भने सहज होइन । वाइसिएलका पूर्व–अध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुन विगत तीन महिनादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।hunmo
न त मन्त्रालयमा कुनै पत्रकार सम्मलन नै आयोजना गर्छन् नत सञ्चार माध्यमसँग नै उपलब्ध हुन्छन् ।
उनी मन्त्री पदमा बहाल छन् कि छैनन् भन्ने समेत थाहा हुन छाडेको माओवादीका एक नेताले बताए ।
ती नेताकाअनुसार मन्त्री पुनले सक्ने जति पनि काम गरेनन् । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई मनपरि गर्न खुला छाडिदिए ।
अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयले बोनस नबाँड्न निर्देशन दिएपनि निगम बोनस बाँड्न तयार देखिएको छ । पछिल्लो दिनमा मन्त्री कुनै पनि विषयमा बोल्दैनन् ।
भूकम्पले ध्वस्त पारेको सिंहदबारको मूल भवनको तेस्रो तल्लामा राखिएको आपूर्ति मन्त्रालयको कार्यकक्षमा बसेर उनी क्यान्डीक्रस खेलेर बस्ने गरेका छन् ।
मन्त्री ज्यू कहिले क्यान्डी क्रस खेल्नुहुन्छ, त्यो खेल्दा–खेल्दै अल्छी लागे टिभी हेर्नुहुन्छ । त्यसपछि उहाँ घर जानुहुन्छ ।
आजकल आपूर्ति मन्त्री पुनलाई भेट्न कोही पनि माओवादीका नेता तथा कार्यकर्ता मन्त्रालय जान त परै जाओस फोन समेत गर्दैनन् ।
पार्टीको बैठकमा समेत सहभागी हुँदैनन् । उनका एक निकट सहयोगीकाअनुसार मन्त्री पुन नराम्ररी फ्रस्टेसनमा फसेका छन् ।
उनलाई उपचारको जरुरत छ । तर मन्त्रीको बारेमा सोचिदिने समेत कोही नभएको भन्दै आलोचना समेत सुरु भएको छ ।
मन्त्रीका निजी तथा स्वकिय सहयोगी समेत मन्त्रीको ताल देखेर हैरान भएका छन् । मन्त्री पदमा पुन छन् ।
dainiknepal

Continue Reading…

आज विप्लव माओवादीको कहाँ कहाँ हुँदैछ बन्द ?

काठमाडौं । आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीले आज मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्यूरो बन्दको घोषणा गरेको छ । पश्चिम ताम्सालिङमा पर्ने चितवन, धादिङ, नुवाकोट र रसुवा आज बन्दमा हुनेछन् ।hundai

त्यस्तै विप्लव माओवादीले जेठ २७ गते नेपाल बन्दको कार्यक्रम पनि राखेका छन् । विप्लव माओवादीले एक प्रेस विज्ञेप्तीमार्फत जानकारी दिइएको छ ।

झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने नेकपा माओवादीको माग रहेको छ ।khabardabali

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ २१ गते शुक्रबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

यात्राको योग छ । बाह्रौं चन्द्रमा भएकाले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । बौद्धिक क्षेत्रमा सफलता आर्जन गर्न उज्यालो, सफा र स्वच्छ लुगा लगाएर प्रयास गरेमा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । मित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि असन्तुष्टि बढ्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

दरबार हत्याकान्डले टुहुरो बनाएकी गीर्वाणी जब नारायणहिटी दरबारअगाडि पुगिन्

यी रोए पनि दुःख लाग्छ, यिनले सम्झे कि आमा भनी।
यी हाँसे पनि सुख छैन, यिनले बिर्से कि आमा भनी।
राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गौरी शोककाव्यबाट साभार गरी माथिको अंश क्याप्सनसहितको राजधानी दैनिकमा छापिएको एउटा फोटो २०५९ सालमा निकै चर्चित भयो।
राजधानीका तत्कालीन सम्पादक जीवेन्द्र सिम्खडाका अनुसार नारायणहिटी दरबार हत्याकान्डमा मारिएकी अधिराजकुमारी श्रुति र बाँच्न सफल कुमार गोरखशमशेर राणा आफ्ना दुई छोरीहरुको हात समात्दै हिँडिरहेको यो फोटो चन्द्रमान महर्जनले खिचेका हुन्।dar
श्रुतिको हत्या हुँदा उनकी जेठी छोरी गीर्वाणी राणा तीन वर्षकी र कान्छी सुरंगना केही महिनाकी मात्र थिइन्।

अर्को फोटो भाइरल भयो २०६९ सालमा। आमाको फोटो हेरेर गीर्वाणीको आँखाबाट आँसु बग्दै गरेको फोटो फेसबुकमा धेरैले सेयर गरे।
आर्ट काउन्सिलमा आयोजित शाही चिकित्सक खगेन्द्र श्रेष्ठले खिचेका पूर्वराजपरिवारको तस्बिर प्रदर्शनी हेर्न बाबु गोरखशमशेरसित गएकी उनले सबै तस्बिरहरू हेर्न सकेकी थिइनन्। आमा श्रुतिको तस्बिर हेर्दाहेर्दै भक्कानिएर रोएकी थिइन्। त्यतिबेला उनी १४ वर्षकी थिइन्।
गीर्वाणी आफ्नी बहिनी सुरङ्गनासहित काठमाडौँको सार्वजनिक कार्यक्रममा पुनः देखिइन् बुधबार। ठाउँ थियो एक जमानामा आफ्नी आमा जन्मे हुर्केको ठाउँ नारायणहिटी राजदरबार। पिङ्क कुर्तामा सजिएकी गीर्वाणी ठ्याक्कै आमा श्रुतिजस्तै देखिएकी थिइन्। उनकी बहिनी सुरङ्गना भने बाबु गोरखशमशेरको अनुहारसित मिल्छ।
कजन सिस्टर ब्रदर (पारसकी छोरीहरु र छोरा)सँग आएका उनीहरुले संग्रहालयमा परिणत भइसकेको नारायणहिटी दरबारको गेटमा राखिएको दिवंगत राजपरिवारको फोटोमुनि मैनबत्ती बाले, पुष्पगुच्छा चढाए। अनि गाए राष्ट्रिय गान। सयौँ थुङ्गा हैन, पुरानै श्रीमान् गम्भीर नेपाली…।
हिमानी ट्रस्टसितको सहकार्यमा सि नेपाल नामको संस्थाले आयोजना गरेको कार्यक्रम मुकुन्डो लगाएर नगरपरिक्रमा गरी नारायणहिटीको गेटमा समापन भएको थियो।
गीर्वाणी र सुरङ्गनाका पिता गोरखशमशेर स्टान्डर्ड चार्टर्ड बैँकको एक्जेक्युटिभ कमिटीमा कमर्सियल बैँकिङ एन्ड इन्टरनेसनल कर्पोरेट्सका हेड छन्।

बिहे गरेको केही वर्षसम्म यत्तिकै रहे पनि पछि उनले लोकेन्द्रबहादुर चन्दको भाइकी छोरीसँग बिहे गरे। सौतिनी आमाका तर्फबाट गीर्वाणी र सुरङ्गनाकी एक बहिनी पनि छिन्।
गीर्वाणी र सुरङ्गनालाई पिता गोरखले भारतको सिमलामा अध्ययनका लागि पठाएका थिए। उनीहरु कहिलेकाहीँ भने विदा मनाउन काठमाडौँ आउने गर्छन्।
उति सारो सार्वजनिक कार्यक्रममा नदेखिने उनीहरु यस पटक भने नारायणहिटी दरबारमै आयोजित कार्यक्रममा पारसका छोराछोरीहरुसँगै देखिए।

Continue Reading…

भीरमा पुग्यो प्रचण्ड-ओली सम्बन्ध !

सत्तासाझेदार दल एमाले र माओवादी केन्द्रबीच सरकार ढाल्न र नढाल्ने रस्साकस्सी चर्किएको छ । भद्र सहमति भएको हो कि होइन ? भन्ने तर्कवितर्क र बहसले राजनीतिक महोल तताएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीलाई भद्र सहमति पालना गर्न आग्रह गरेपनि ओलीले भने सहमति कहाँ भयो भन्दै देखाउन चुनौती दिएका छन् । ओली सरकार ढाल्न र निरन्तरता दिनको लागि चाबी माओवादीको हातमा रहेको छ ।sanda

भद्र सहमतिको नाममा भद्रगोल
विगतमा दलहरुबीच भएका भद्र सहमतिको नजिर हेर्ने हो भने कुनै पनि कार्यान्वयन भएका छैनन् । आन्दोनरत पक्षलाई सहमतिमा ल्याएपनि दुवै पक्षले सहमतिलाई आफू अनुकूल व्याख्या गर्दै आएका छन् ।
संविधान जारी गर्नु अघि पनि प्रमुख तीन दलबीच १६ बुँदे लिखित सहमति र संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार गठन गर्ने र राष्ट्रपति कांग्रेसले लिने भद्र सहमति भएको थियो । तर संविधान जारी भएपनि भद्र सहमति भंग भएर एमाले र माओवादीको गठबन्धनमा बहुमतिय सरकार बन्यो । राष्ट्रिय सहमतिको सरकारले हावा खायो । विगतमा बन्न नसकेको राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना न्युन रहेको बेला पुनः राष्ट्रिय सहमतिको बहस चर्किएको छ । अहिले ओली र प्रचण्डबीच भएको भनिएको भद्र सहमतिको कारण राजनीतिक अन्यौलता र भद्रगोल देखिएको छ । सरकार परिवर्तनको हल्लाले मन्त्रीहरुले भनेको सरकारी कर्मचारीले टेर्न छोडिसकेका छन् ।

प्रचण्डलाई उल्लु बनाउदै ओली
प्रचण्डको निर्णयको कारण ढलि सकेको ओली सरकार पुनः प्रचण्डले ने जोगाए । सरकार जोगिनुको एउटै कारण थियो भद्र सहमति । प्रचण्डले विगतको नजिर नहेरी ओलीको विश्वासमा परेर भद्र सहमतिसँगै नौ बुँदे सहमतिमा हस्ताक्षर गरे । तर प्रचण्डले यो सोचेन कि भद्र सहमति अपठ्यारो पर्दासम्मको लागि मात्र हो सहज भएपछि भंग हुन्छ ।

सरकारले बजेट घोषणा गरेलगत्तै प्रचण्डले आफू सरकारको नेतृत्व गर्न तयार रहेको सार्वजनिक गरे । प्रचण्डले ओलीसँग तीन बुँदे भद्र सहमति भएको बताउदै ओलीले पद छोडेर सहज बाटो निर्माण गर्नुपर्ने भनाईप्रति प्रण्डलाई ओलीले हस्यौली र ठट्टामा उडादिएका छन् । यतिसम्म कि ओलीले प्रचण्डलाई प्रश्न गर्दै भनेका छन–कहाँ भयो सहमति देखाइदिनुहोस ।’ ओलीले तत्काल सरकार ढाल्न अवस्था देखेका छैनन् । सरकार ढाल्ने निर्णय गरेर फिर्ता लिएपछि प्रचण्ड र कांग्रेस सभापति देउवाको सम्बन्ध सुध्रिएको छैन् । देउवा सहज रुपमा अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा देखिएका छैनन् । यो वातावरण बन्न केही समय लाग्ने देखिएको छ ।

प्रचण्डले के जवाफ देलान ?
भद्र सहमति देखाउन ओलीले चुनौती दिएपछि प्रचण्डले पनि यस प्रश्नको उत्तर कसरी दिन्छन भन्ने आम चासोको विषय बनेको छ । प्रचण्डसँग भद्र सहमति हुँदा साक्षी बसेको नारायणकाजी श्रेष्ठ, बर्षमान पुन टोपबहादुर रायमाझी र हरिबोल गजुरेले मध्ये श्रेष्ठ र रायमाझीले अझै मुख खोलेका छैनन् । भद्र सहमति हुँदा एमालेको तर्फबाट सहभागी वरिष्ठ नेता झलनाथ खनालले बजेट पछि काँध फेर्ने सहमति भएको सार्वजनिक गरेर प्रचण्डलाई समर्थन गरिसकेका छन् । भने नेता माधव नेपालले पनि माओवादीलाई सरकारको सरकारको नेतृत्व दिने सहमति भएको सार्वजनिक गरेका छन् । तर प्रधानमन्त्री ओली र महासचिव ईश्वर पोखरेलले भने कुनै सहमति नभएको दावी गर्दै आएका छन् ।

सरकार ढाल्ने प्रचण्डको २ स्टेप
भद्र सहमति पालना नगरेको भन्दै असन्तुष्ट बनेको प्रचण्डले सरकार ढाल्नको लागि २ स्टेप चालेका छन् । प्रचण्डले यसलाई टेस्टको रुपमा लिएका छन् । प्रचण्डकै निर्देशन अनुसार प्रधानमन्त्री ओलीको परामर्श विना नै गृह मन्त्री शक्ति वस्नेतले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी र ५१ ज्ना उपसचिवको सरुवा गरेका छन् । जसको कारण प्रधानमन्त्री ओली र वस्नेतबीच शितयुद्ध सुरु भइसकेको छ । त्यसैगरी विहीबार प्रचण्डकै निर्देशन अनुसार सरकारमा माओवादीको तर्फबाट सहभागी आठ जना मन्त्री मध्ये सिचाइँ मन्त्री उमेश यादव मात्र सहभागी गराएर सात जना मन्त्रीलाई क्याविनेटको नबस्न प्रचण्डले निर्देशन गरेका छन् । ओली र प्रचण्डबीच दिनप्रतिदिन शीतयुद्ध चर्किदै जान थालेको छ ।nepaliheadlines

Continue Reading…

बजेटमा बीपीको नाम किन छुटाइयो ?

काठमाडौँ: व्यवस्थापिका-संसद्को बिहीबारको बैठकमा कांग्रेस सांसदले बजेटमा बीपी कोइरालाको नाम नराखिएको प्रति आपत्ति जनाएका छन् ।

काग्रेस सांसद् महेन्द्र यादवले बीपी कोइरालाको नाम बजेटमा नराखएकामा आपत्ति प्रकट गरे । उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि नेता बिपी भएकाले उनको नाम बजेटमा छुटाइनु गलत भएको दाबी गरे ।

सांसद अनिता देवकोटाले पनि कोइराला, गणेशमान सिंहलगायतको नाम बजेटमा छुटाएर एमालेले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।gagn

बैठकमा नेपाली कांग्रेसका प्रदीप गिरीले सत्तापक्षले प्रस्तुत गरेको बजेटमाथि प्रतिपक्षी दलले दिएको सुझावलाई आत्मसात् गरेर सच्याउने प्रचलन रहेकाले केही पक्ष सुधार गरेर जान सुझाव दिए ।
सांसद तीन करोड ५० लाखका हाकिम भएः गगन थापा

कांग्रेस सांसद् गगनकुमार थापाले बजेट बाँड्ने प्रतिस्पर्धाले मुलुकलाई कहीँकतै नलैजाने भएकाले यथार्थका आधारमा मात्रै अगाडि बढाउनुपर्ने बताए ।

सांसदलाईतीन करोड ५० लाखको हाकिम बनाएको भन्दै उनले खानेपानी र सडक बाँड्दै हिँड्ने प्रवृत्ति गलत रहेको र वितरण गर्ने प्रणालीले मुलुकलाई कहीँकतै नलैजाने उल्लेख गरे ।

उनले राजस्व, आय, व्यय तथा आर्थिक अवस्थाको ख्याल नयरी बजेट प्रस्तुत गरिएको उनको भनाइ थियो ।

बजेटमाथिको छलफल चलिरहेको व्यवस्थापिका संसद्को अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ । रासस
annapurnapost

Continue Reading…

आर्थिक समुद्धि हासिल गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक: नेता नेपाल

पर्सा, २० जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आर्थिक समुद्धि हासिल गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस चौतारी पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले काँग्रेस, एमाले, माओवादी, मधेसकेन्द्रित लगायत प्रमुख राजनीतिक दलबीच छलफल भई राष्ट्रिय सरकारको गठन गरेर स्थानीय निकायको निर्वाचन गराउन जरुरी रहेको बताउनुभयो ।deba
उहाँले भन्नुभयो–“बन्दहडतालले मुलुकलाई पछाडि धकेल्ने भएकाले राष्ट्रको समृद्धि र जनतालाई खुसी देख्न चाहने दलले आन्दोलनबाट नभई वार्ता र सहमतिबाट निकास खोज्दै राष्ट्र निर्माणमा लागिपर्ने बेला आएको छ ।”
नेता नेपालले खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकारले ल्याएको बजेटले महत्वपूर्ण भूमिका खेल्ने जिकिर गर्दै जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर भएको र अब माछा, मासु, खाद्यान्न बालीलगायत अति आवश्यकीय खाद्यान्न बालीको उत्पादनलाई वृद्धि गरी तीन वर्षभित्र आत्मनिर्भर बनाउन सडक विस्तारदेखि कृषिमा यान्त्रिकीकरण र सिँचाइ सुविधाको विस्तार आवश्यक छ भन्नुभयो । रासस
dainiknepal

Continue Reading…

भोलि विप्लवको बन्द मेचीदेखि कर्णाली

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार मेचीदेखि कर्णाली बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई छुटाउन राज्यलाई दबाब दिन भन्दै विप्लव माओवादीले बन्द आह्वान गरेको छ ।

विभिन्न मुद्दामा आफ्ना कार्यकर्तालाई फसाउने काम गरेको भन्दै उनीहरुले जेठ २१गते शुक्रबार मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्यूरो बन्दको घोषणा गरेको छ । पश्चिम ताम्सालिङ अन्तर्गत चितवन, धादिङ, नुवाकोट र रसुवा बन्द गरिने उनीहरुले जनाएका छन् ।

झापा, जुम्ला र धादिङ जिल्लामा पक्राउ गरिएका नेता र कार्यक्रताको विना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जनाएका छन् ।

फेसबुकबाटै बन्दको प्रचार

jet
सामाजिक सञ्जालमा राखिएका बन्द सम्बन्धी सामग्री

विप्लव माओवादीले बन्द सफल गराउन समाजिक सञ्जालको प्रयोग गरेको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बन्दको प्रचारप्रसार ब्यापाक पारेका छन् ।

कार्यकर्ता रिहाइका लागि दबाब दिन भन्दै उनीहरुले जेठ २७ गते नेपाल बन्द गर्ने भनी सामाजिक सञ्जालहरुमा बन्दको पोष्टरहरु पोष्ट र शेयर गरिरहेका छन् ।

हालसम्म झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने उनीहरुको भनाइ छ ।

सरकारले शनिबार संसदमा पेश गरेको बजेटमा बन्द, हड्ताल निषेध गरिएको छ । सार्वजनिक क्षेत्र बन्द हड्ताल गर्नेलाई क्षतिपूर्ति गर्ने बजेटमा उल्लेख छ । तर सदनमा पेश गरिएको बजेट पारित नहुँदै विप्लवले बन्द आह्वान गरेका छन् ।
khabardabali

Continue Reading…

प्रचण्डजी काँध फेर्ने कुरा नगर, मेरो काँध गलेको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताउनुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै उहाँले भन्नुभयो “अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्यो भनेर हप्काउने र तर्साउने काम गरिँदै छ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन ।”
आजदेखि यहाँ सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक सबै हल हुन्छन् भने आफूलाई कुर्सीमोह छैन भन्नुभयो ।
म जन्मदा प्रम नै भएर नजन्मेको र मर्दा पनि प्रमपद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रम भएको हुँ, अहिले मलाई कमाउनु छैन, भ्रष्टाचार पनि गर्नुछैन, देश बनाउने समय पाएको छु, जतिदिन प्रम हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु उहाँले भन्नुभयो ।0li
प्रम ओली आफू अति अप्ठ्यारो अवस्थामा प्रमपद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताउनुभयो ।
सडकमा तमासा नदेखाऊ
नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रम ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “तराईको आन्दोलन सेलाइसकेको छ, मैले ताती सकेको भाँडोलाई विस्तारै सेलाउने काम गरेँ, भारतीय गतिरोध पनि अन्त्य भएको छ ।”
काँध फेर्ने कुुरा नगर
प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो “सत्ता हस्तान्तरणसम्बन्धी तीनबुँदे सहमति कहाँ भयो ? लौन मलाई देखाइदिनुस् । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ । म ती पक्षलाई आग्रह गर्छु, काँध फर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन ।”
बजेट छरेकै हो
प्रधानमन्त्री ओलीले विनियोजन शब्दको अर्थ छर्नु हुन्छ, आफूले विनियोजन नभनी छर्नु भनेको स्पष्ट पार्नुभयो ।
पैसा पोको पारेर कहाँ विकास हुन्छ ? शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, यातायात जस्ता क्षेत्रमा छरे पो विकास हुन्छ, यही विकासका लागि पैसा छरेको हो उहाँले बताउनुभयो ।
प्रम ओलीले सिंहदरबारमा पैसा पोको पारेर राखेर देश विकास नहुने भन्दै चर्चा गर्दै लगानी गरे पो प्रतिफल आउँदछ भन्नुभयो ।
विगतका सरकार तरकारी बारीका बुख्याचा
प्रधानमन्त्री ओलीले विगतका सरकारलाई तरकारी बारीको बुख्याचाको सङ्ज्ञा दिँदै सामाजिक लोक कल्याणकारीमा लगानी गर्न डराएको आरोप लगाउनुभयो । “बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ” उहाँले भन्नुभयो । रासस
dainiknepal

Continue Reading…

भारतीय दूतावासले नेपाललाई मुछेर किन जारी गर्‍यो सर्कुलर ?

काठमाडौं, २० जेठ । भारतले चीनको कैलाश मानसरोवर जाने आफ्ना नागरिकलाई नेपालको नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै यस क्षेत्रको मौसम प्रतिकूल रहेकाले मार्ग प्रयोग नगर्न भनेको हो ।kina
‘ठूलो संख्यामा भारतीय नागरिक निजी पहलमा नेपालगन्ज–सिमिकोट–हिल्सा हुँदै कैलाश मानसरोवर गइरहेका छन् । यीमध्ये केहीले हिल्सा र सिमिकोटमा बसोबासको समस्या भोग्नुपरेको सूचना हामीलाई प्राप्त भएको छ,’ ट्राभल एडभाइजरीमा उल्लेख छ, ‘आगामी साता यी स्थानमा मौसमको अवस्था झन् बिग्रने देखिन्छ । भारतीय नागरिकलाई नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग नगर्न हाम्रो सुझाव छ।’
खराब मौसमका कारण हिल्साबाट सिमिकोट र सिमिकोटबाट नेपालगन्ज उद्धार गर्न अप्ठेरो भएको भारतले जनाएको छ । तीर्थयात्रीको समयमै उद्धार गर्न नेपाल सरकार र ट्राभल एजेन्सीको सहयोगमा सबै सम्भावित विकल्प खुला राखिएको समेत बताइएको छ ।
नागरिक दैनिकमा समाचार छ ।
dainiknepal

Continue Reading…

यस्तो आयो आधिकारिक ट्रेड युनियनको निर्वाचनको पूरा नतिजा (सूचीसहित)

काठमाडौँ, २० जेठ । निजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ ।
प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४.३९ प्रतिशत अर्थात् २१ हजार १२७ मत प्राप्त गरी पहिलो भएको जानकारी दिनुभयो ।
यस्तै, नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले ३४.१६ प्रतिशत अर्थात् १६ हजार २५९ मत ल्याई दोस्रो, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले १०.५७ प्रतिशत अर्थात् पाँच हजार २९ मत ल्याई तेस्रो र मधेसी दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च ७.४८ प्रतिशत अर्थात् तीन हजार ५६१ मत प्राप्त गरी चौथा भएका छन् ।bharr
कुल मतदाता ५५ हजार ३२९ रहेकामा ८८.७३ अर्थात् ४९ हजार ९५ मतदाताले मतदान गरेको निर्वाचन अधिकृत तिमिल्सिनाले बताउनुभयो । खसेका मतमध्ये एक हजार ५०१ बदर भए ।
पचहत्तर जिल्ला र ४२ विभागका गरी ११७ स्थानका लागि निर्वाचन भएको थियो । ती स्थानमध्ये सङ्गठनले ८०, युनियन (सङ्घ)ले २७, सङ्गठन निजामतीले दुई, मधेसी निजामती कर्मचारी मञ्चले सात स्थानमा विजयी हासिल गरे भने न्याय परिषद्मा सङ्गठन र युनियन (सङ्घ)ले बराबर मत प्राप्त गरेका थिए ।
निर्वाचनमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका निजामती कर्मचारीले मतदान भाग लिएको निर्वाचन समितिका प्रवक्ता सन्तोषकुमार गिरीले जानकारी दिनुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिएका थिए ।
निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पद पाउने व्यवस्था भए पनि थ्रेसहोल्डमा खसेको कुल मतको १० प्रतिशत मत ल्याउने व्यवस्था गरिएकाले नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पदाधिकारी नपाउने भएको छ ।
आधिकारिक ट्रेड युनियनको केन्द्रीयस्तरमा १६ सदस्यीय कार्यसमिति र जिल्ला तहमा छ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ । ट्रेड युनियनको कार्यकाल चार वर्षको हुनेछ । रासस
dainiknepal

Continue Reading…

अब फेसबुक म्यासेन्जरको च्याट लुकाउने सुविधा

२०७३ जेष्ठ २० बिहीवार
एजेन्सी: ह्वाट्स एपले भर्खरै सुरु गरेको च्याट म्यासेन्जर एण्ड टू एण्ड एन्क्रिप्शन अब फेसबुकले पनि आफ्नो च्याट म्यासेन्जरमा सुरु गर्ने भएको छ।

बेलायतको चर्चित पत्रिका गार्जियनको रिपोर्ट अनुसार यो प्रोजेक्टलाई नजिकबाट हेर्ने विज्ञहरुले म्यासेन्जर प्रयोग गर्नेहरुलाई एपमा गोपनीयताको पनि अपशन राख्न सकिने बताएका छन्।

feas
यसअघि फेसबुक, ह्वाट्‌‌स एप लगायत सामाजिक सञ्जालको म्यासेजर च्याटलाई सरकारी निकायले सार्वजिनक रुपमा हेर्न मिल्ने सुविधा दिइएको थियो। तर अब म्यासेन्जरको च्याट फेसबुकमा र सरकारी निकायले हेर्न नसक्ने भएका छन्।

यसपछि अब फेसबुक म्यासेन्जर चलाउने प्रयोगकर्ताले एन्क्रिप्शन आफैले छान्न पाउनेछन् र आफ्नो गोपनियता आफै कायम गर्न सक्नेछन्।

तर फेसबुकले पछिल्लो पटक गरेको परीक्षणमा म्यासेन्जरमा गोपनियताको अप्शन दिइएको थियो। तर यो गोपनियताको च्याटमै एण्ड टू एण्ड एन्क्रिप्शन राख्ने वा यो भन्दा अलग्गै बनाएर राख्ने भन्नेमा फेसबुक नै दोधारमा देखिएको छ।

भर्खरै भएको अपरेटिङ सिस्टम सन २०१६ को इभेन्टमा गुगलले एल्लो(Allo) एपको घोषणा गरेका थियो जसमा यही एण्ड टू एण्ड एन्क्रिप्शन फिचरलाई प्राथमिकता दिइएको थियो।

तर गुगलले यो घोषणालाई भने गुगलको पूर्व कर्मचारी एडवर्ड स्नोडेनले आम मानिसलाई यसको चर्को विरोध गर्न अनुरोध गरेका थिए।
annapurnapost

Continue Reading…

बजेटमाथिको छलफल : सत्तापक्षको समर्थन, विपक्षीको विरोध

काठमाडौँ, २० जेठ । व्यवस्थापिका-संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७३-०७४ राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहेको छ ।
छलफलमा भाग लिँदै सत्तापक्षका सांसदले बजेटको समर्थन गर्नुभयो भने प्रतिपक्ष दलका सांसदले त्यसलाई जनता झुक्याउने प्रवृत्ति भन्दै आलोचना गर्नुभयो ।bired
नेपाली काँग्रेसका डा प्रकाशशरण महतले बजेट प्राथमिकताविहीन भएकाले मूल्यवृद्धि गर्ने, जनतालाई राहतभन्दा आहत दिने भएकाले यसले कुनै प्रभाव नपार्ने भन्दै आपत्ति प्रकट गर्नुभयो ।
उहाँले ४० प्रतिशतभन्दा बढी राजस्वको स्रोत आयात निर्भर भएकाले राजस्व बढाउँछु भन्नु हास्यापद रहेकाले क्रमशः परनिर्भरता बढाउने र सामाजिक भक्तासमेत दिन नसक्ने स्पष्ट पार्नुभयो ।
डा महतले चालु आवमा रु २५ अर्बको चामल आयात भएको सन्दर्भमा दुई वर्षभित्र धानमा आत्मनिर्भर हुन्छ भन्नु पूर्णतः गलत भएको बताउनुभयो ।
बजेटप्रति धारणा राख्दै नेकपा (एमाले)का गोकर्ण विष्टले केही व्यक्तिलाई मन नपरेको भए पनि सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेट व्यावहारिक र प्रभावकारी रहेको दाबी गर्नुभयो ।
उहाँले धरातलीय यथार्थतालाई आत्मसात् गरेर बजेट प्रस्तुत गरिएको, ठूला र महत्वपूर्ण आयोजनामा बजेट व्यवस्था गरिएको, राजस्व परिचालन अनुमानयोग्य र जायज रहेको, सामाजिक सुरक्षामा ध्यान दिइएको, भूकम्प प्रभावित जिल्लालाई पुनःनिर्माणमा जोड दिइएकाले अतिरञ्जीत तवरले प्रचार नगर्न आग्रह गर्नुभयो ।
उहाँले पुनःनिर्माणलाई समयमा नै अगाडि बढाउन सकियो र केही महत्वपूर्ण आयोजना समयमै सुरु गरियो भने त्यसले सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सक्ने भन्दै कृषि, सिँचाइमा दिइएको अनुदान र सामाजिक क्षेत्रलाई दिइएको महत्वले आमनागरिक लाभान्वित हुने धारणा राख्नुभयो ।
ऊर्जा क्षेत्र, पूर्वाधार विकास, काठमाडौँ–तराई मधेस द्रुतमार्ग, उत्तर दक्षिण करिडोरलाई ध्यान दिइएका कारण बजेटले आमजनतामा आशा जगाएको सांसद विष्टको कथन थियो ।
माओवादीको आपत्ति
नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्माले बजेटको रुप पक्ष सकारात्मक भए पनि सारमा भने जनयुद्ध, जनआन्दोलनका घाइतेलाई कुनै राहत नदिइएको बताउनुभयो ।
खर्च गर्ने संयन्त्रको अभाव रहेको, व्यापार घाटा कमी गर्ने कार्यक्रम कमी रहेको, किसानलाई पेन्सन दिने विषय नसमेटिएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो । नयाँ संविधानको भावनाअनुसार बजेट आउनुपर्नेमा त्यसो नभएको भन्दै सांसद शर्माले कर्णाली र सुदूरपश्चिमका जनतालाई समेट्न नसकिएकामा आपत्ति गर्नुभयो ।
राज्यको दृष्टिकोण केन्द्रमुखी र नेतामुखी रहेको भन्दै उहाँले झापा र रुपन्देहीमा बजेट केन्द्रित गरेर पिछडिएको क्षेत्रमाथि अन्याय गरिएको, प्राथमिकता नदिइएको भन्दै असन्तुलित बजेट सच्याउन आग्रह गर्नुभयो । कर्णाली आयोगलाई राष्ट्रिय योजना आयोगको एउटा एकाइ बनाएर ठगिएको भन्दै उहाँले विभेदकारी व्यवस्था हटाएर सन्तुलित बनाउन ध्यानाकर्षण गराउनुभयो ।
राप्रपा नेपालका भाष्कर भद्राले आगामी आवका लागि प्रस्तुत गरिएको बजेटले पूर्वाधार र कृषि क्षेत्रमा विशेष जोड दिइएकाले त्यसको सार्थक कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
बेरोजगारीको अन्त्य, कृषि क्षेत्रको विविधिकरण र आधुनिकीकरण गर्नु जरुरी रहेको भन्दै उहाँले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै सांसदलाई समान भूमिका दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सुबोधकुमार पोखरेलले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सरकारले प्राथमिकता दिएर अगाडि बढाउन खोजेकामा सरकारको प्रशंसा गर्नुभयो ।
वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता बढाएर सरकारले सामाजिक दायित्व लिएको भन्दै उहाँले बजेट जनपक्षीय रहेकामा स्वागत गर्नुभयो ।
राप्रपाका सुनिल थापाले खर्च गर्ने क्षमता नभएको अवस्था कायमै रहेको, चर्को मूल्यवृद्धि हुने अवस्था रहेको भन्दै त्यसलाई नियन्त्रण गर्ने आधार प्रस्तुत गर्न आग्रह गर्नुभयो । बजेटले मुलुकको अर्थतन्त्रमा वित्तीय जोखिम बढ्ने अवस्था रहेको भन्दै उहाँले वितरणमुखी बजेटलाई चाहिने आर्थिक स्रोत जुटाउनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
संसद्मा छलफल जारी छ । रासस
dainiknepal

Continue Reading…

देशको समृद्धिका लागि ओली सरकारलाई सबै दलले सहयोग गरौंः सुजाता

काठमाडौं, २० जेठ । नेपाली कांग्रेसकी नेतृ एवं केन्द्रीय सदस्य सुजाता कोइरालाले वर्तमान सरकार ढाल्ने सपना नदेख्न सबैलाई चेतावनी दिएकी छिन् ।ann
‘सरकार ढाल्ने र सरकारको काध फेर्ने कुराको कल्पना नगर्दा हुन्छ,’ बिहिबार राजधानीमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स) नेपालले आयोजना गरेको नेपाल समृद्धका लागि नागरिक-राजनीतिक सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्- ‘अहिलेको सरकारलाई कम्तीमा दुई वर्ष काम गर्नै दिनुपर्छ ।’
गणतन्त्र प्राप्तिका लागि सबै दलहरुले गिरिजा बाबुको नेतृत्वलाई साथ दिएको स्मरण गर्दै सुजाताले अब देशको समृद्धिको लागि केपी ओली नेतृत्वको वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखिन् ।
‘विगतमा गणतन्त्र प्राप्तिको लागि गिरिजा बाबुलाई सबै दलहरू मिलेर उहाँको नेतृत्वलाई सहयोग गरे,’ उनले भनिन्– ‘अब देशको समृद्धिको लागि त्यसैगरी ओली सरकारलाई सबै दलले सहयोग गर्नुपर्दछ ।’
उनले अगाडि भनिन्– ‘गिरिजा बाबुलाई सबै कम्युनिष्टले सहयोग गरे, अनि गनतन्त्र ल्याउन सफल भयो । अब नेपाली कांग्रेसले पनी ओली सरकारलाई सहयोग गरेर देश विकासतर्फ ल्याउनुपर्छ ।
dainiknepal

Continue Reading…

प्रचण्डलाई ओलीको चुनौती- गोप्य सम्झौता भए देखाए हुन्छ !

२० जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् ।

बिहीबारदेखि काठमाडौमा सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ भने आफूलाई कुर्सीमोह नभएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो जिन्दगी नाफाको भएको भन्दै कोही कराउँदैमा आफू नरोकिने बताए ।

parchaa
आफूले बोनसमा पाएको जिन्दगीलाई देश विकाशमा लगाउने भन्दै ओलीले आफू आफ्नो गतिबाट पछि नफर्किने उद्घोष पनि गरेका छन् ।
विहीबार राजधानीमा एक संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार फेर्ने कुनै सम्झौता नभएको भन्दै गोप्य सम्झौताको विषयमा हल्ला नहुने बताए ।
उनले प्रचण्डलाई इङ्गित गर्दै भने, “‘गोप्य सम्झौता भएको भए किन हल्ला गरेको त । केही गोप्य भएको छैन । भए कसैले यो सहमति हो भनेर देखाइदिए हुन्छ” ।

एमाओवादीका नेताहरुले बजेटपछि प्रचण्ड प्रधानमन्त्री बन्ने गरी ओलीसँग गोप्य सम्झौता भएको दावी गर्दै आएका छन् । कतिपय एमाले नेताहरुले समेत त्यस्तो सम्झौता भएको बताउने गरेका छन् ।
तर यही गोप्य भनिएको सम्झौताको विषयलाई लिएर ओली र प्रचण्डबीच मन मुटाव शुरु भएको बताइन्छ ।
‌
ओलीले बजेटको आलोचना गर्ने विद्वान र आलोचकले आफूलाई खासै फरक नपार्ने बताए ।

वृद्ध भत्ता बढाउँदा समेत कतिपयलाई टाउको दुखेको भन्दै ओलीले मंसिरमा चुनाव गराएपछि मात्र सरकार परिवर्तन हुने भनाइ दोहोर्‍याए ।
नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रम ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गरे ।
nepaliheadlines

Continue Reading…

साउदी अरबमा तीन नेपालीलाई तीन वर्ष जेल : यस्ताे रहेछ उनिहरूकाे गल्ती

सिन्धुली । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका तीन नेपालीलाई त्यहाँको अदालतले जनही तीन वर्ष जेल र सय कोर्रा सजायको फैसला सुनाएको छ । सिन्धुली रानीचुरी ७ का सन्तोष घिमिरे, डाँगीहाट ८ चन्द्रपुर मोरङका सुवास थापा क्षेत्री र सिरहाका दिनेशलाल शाहलाई त्यहाँको अदालतले चोरीको अभियोगमा यस्तो सजायसहितको फैसला सुनाएको हो ।
साउदी अरबस्थित ओसियन नेट ट्रेडिङ कम्पनी एलएलसीमा कार्यरत उनीहरूलाई एक साताअघि (जेठ १२ गते) अदालतले यस्तो सजायको फैसला गरेको सजाय पाउने घिमिरेले साउदीबाट जानकारी दिए । उनीहरूलाई कार्यरत कम्पनीको टुटफुट भएका र भाँचिएका काठका फनिर्चर चोरी गरी बिक्री गर्न लागेको आरोपमा कम्पनीकै उजुरीका आधारमा अदालतले दोषी ठहर गरेर सजाय सुनाएको हो ।saudi
उनीहरूले आफूहरू निर्दोष रहेको टेलिफोनमार्फत बताएका छन् । आफूहरू निर्दोष भए पनि कम्पनीले फसाएको भन्दै बचाउका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । आफूहरू निर्दोष भएकाले सजायबाट जोगाई दिन आग्रह गरेका हुन् ।घिमिरेले नेपालस्थित सिन्धुलीको जिल्ला विकास समितिअन्तर्गत सूचना तथा परामर्श केन्द्रमा फोन गरेर आफूहरूलाई बचाइदिन आग्रह गरेका हुन् ।
बिनाकमजोरी जेल बस्नुपर्ने र सय कोर्रा लगाउँदा बाँच्ने सम्भावना कम भएको भन्दै उक्त सजायबाट आफूहरूलाई जोगाइदिन उनले नेपाल सरकारसँग अपिल गरेका हुन् । सूचना केन्द्रका परामर्शकर्ता रमा कार्कीका अनुसार घिमिरे र थापा क्षेत्री सिरहाका साथी शाहले थोत्रा फर्निचर बिक्री गर्दा पैसा आउने जनाएपछि उनकै लहैलहैमा लागेर कम्पनीले फ्याँकेका फर्निचर उठाएर बिक्री गर्न लैजाने तयारी गर्दा फसेका हुन् ।
अन्नपूर्ण पाेष्टबाट

Continue Reading…

प्रहरीमाथि घरेलु हतियार प्रहार गर्न खोज्ने पक्राउ, दुई राउण्ड हवाई फायर

नुवाकोट, २० जेठ । प्रहरी टोलीलाई घरेलु हतियार प्रहार गर्न खोज्ने सामरी–५ पुरानोपानी बस्ने ४३ वर्षीय सोभेर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।pahari
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सामरी–५ पनेरा र पुरानोपानी भन्ने स्थानमा स्थानियबासिले गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ बुधबार राति प्रहरी चौकी सामरीबाट ४ जनाको टोली उक्त स्थानमा जाँदा २५–३० जनाको संख्यामा रहेका व्यक्तिहरुले प्रहरीलाई देख्नासाथ घरेलु हतियारले आक्रमण गर्न खोजेपछि प्रहरीले आत्मरक्षाको लागि २ राउण्ड हवाई फायर गरी तामाङलाई नियन्त्रणमा लिएको थियो ।
फरार अन्य व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ
dainiknepal

Continue Reading…

‘उहिल्यै मरिसक्थेँ, ठाँटका साथ बाँच्छु, पछाडि फर्किन्नँ’

काठमाडौंमा रेलको लिक ओछ्याएरै छाड्ने उद्घोष
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगी नै बोनस (नाफा) पाएकोले प्रधानमन्त्रीमा रहेसम्म विकास निर्माण र सम्बृद्धिका लागि काम गरिरहने बताएका छन् ।

‘उहिल्यै मरिसक्थें, अहिले त जिन्दगी नै बोनस पाएको हुँ,’ उनले भने, ‘कोही कराउँदैमा र चिच्याउदैमा म आफ्नो गतिबाट पछाडी फर्किन्न ।’oli
राजधानीमा मानव अधिकार एलायन्सले गरेको नागरिक राजनीति सम्बादमा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई सुखी बनाउने आफ्नो उद्देश्य भएको बताउँदै कतिपय विद्वान र आचोलकले कामै नपाएर बजेटको आलोचना गरिरहेको आरोप लगाए ।

‘देशलाई यो अवस्थासम्म ल्याइपुर्याउन सबै वृद्धवृद्धाहरुको योगदान छ । उहाँहरुले सेकताप नगरेको भए तपाईं हामी यहाँसम्म आउन सक्ने नै थिएनौं’, वृद्धभत्ता बढाउँदा कतिपयको टाउको दुखेको प्रसंग कोट्याउँदै ओलीले भने, ‘बुढाबुढीलाई हेरेर मैले के गल्ती गरें ?’

उनले दलित, महिला, जनजाति तथा अन्य पिछडिएको वर्ग र समुदायका लागि समेत आफ्नो योगदान र सहयोग निरन्तर रहने दोहोर्याए ।

ओलीले २०७४ मंसीरमा संसदीय निर्वाचन आफूले नै गराउने पनि बताए । उनले भने, ‘२०७४ मंसीरमा चुनाव गराउछ यो सरकारले । त्यसका परिणामका आधारमा त्यसपछिका बाटो तय गरौंला,’ त्यसभन्दा अघि स्थानीय निकायको चुनाव गर्ने पनि उनले बताए ।

आफूले काठमाडौंमा रेल कुदाउने सपना देख्दा कतिपयलाई सहीनसक्नु भएको उल्लेख गर्दै उनले सर्भेको काम भइरहेको र चाँडै काठमाडौंमा रेलको लिक ओछ्याउने आफ्नो सपना पुरा हुने दोहोर्याए । नेपाली झण्डा राखेर पानी जहाज कुदाउने सपना पनि पुरा गर्ने अठोट उनले व्यक्त गरेका थिए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले देश विकासको दिशामा अघि बढेको बताउँदै अब कसैले पनि रोकेर विकास नरोकिने उल्लेख गरे । ‘मैले बाटो फराकिलो पार्छु, जनताको सेवा गुर्छ, आर्थिक सम्मुनति ल्याउँछु भन्दा किन टाउको दुख्ने,’ उनको प्रश्न थियो ।

प्रधानमन्त्री ओलीले सरकार फेर्नेबारे कसैसँग कुनै पनि गोप्य सम्झौता नभएको बताए । ‘गोप्य सम्झौता भएको भए किन हल्ला गरेको त । केही गोप्य भएको छैन । भए कसैले यो सहमति हो भनेर देखाइदिए हुन्छ,’ आक्रोशित हुँदै ओलीले भने ।

उनले आफूले एक पैसा पनि भ्रष्टाचार गरेर सम्पती जोड्ने वा अन्य आवश्यकता पुरा गर्ने उद्देश्य नभएको स्पष्टपार्दै ठाँटका साथ बाँच्ने र सम्मानकासाथ मर्ने आफ्नो इच्छा पुरा गर्ने बताए ।

देशलाई फाइदा हुने भए प्रधानमन्त्री मात्रै होइन जीवन नै त्यागीदिने घोषणा पनि ओलीले कार्यक्रममा गरेका थिए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकारले राम्रो काम गरिहरको बताउँदै राम्रो काम गर्नेलाई समर्थन गर्न कांग्रेसले सिक्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मैले कुनै पनि सरकार पाँच वर्ष टिक्नुपर्छ । भनेर के गल्ती गरें,’ कोइरालाले प्रश्न गरिन् ।

कांग्रेस प्रतिपक्षमा छ भन्दैमा राम्रो कामलाई पनि आलोचना गर्ने कुनै पनि आवश्यकता भएको उनको भनाइ थियो ।
annapurnapost

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog