Sunday, May 29, 2016

प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

काठमाडौं, १७ जेठ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालय अमेरिका प्रस्थान गर्नुभएको छ ।
अमेरिकामा सञ्चालन हुने यूनाइटेड नेशन चिफ अफ पुलिस समिट (अनकप्स)को सम्मेलनमा भाग लागि महानिरीक्षक अर्याल आइतबार राति न्यूयोकतर्फ प्रस्थान गर्नुभएको हो ।8
प्रहरी महानिरीक्षक अर्याललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले बिदाइ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
dainiknepal

Continue Reading…

भारतलाई पाकिस्तानको चेतावनी : ‘पाकिस्तानले ५ मिनेटमा दिल्लीलाई सिध्याउन सक्थ्यो’

इस्लामवाद ।

पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खानले पाकिस्तानले ५ मिनेटमा नयाँ दिल्लीलाई सन् १९८४ मा सिध्याउन सक्ने बताएका छन् ।

उनले त्यतिखेर नै पाकिस्तानसँग परमाणु परीक्षण गर्ने क्षमता भएको उनको भनाइ छ। खानले त्यतिखेर पाकिस्तानले भारतमा परमाणु परीक्षणको योजना बनाएको पनि दाबी गरेका छन् ।

पाकिस्तानमा पहिलोपटक परमाणु परीक्षणको १९ औं वार्षिकोत्सवका अवसरमा शनिबार इस्लामाबादमा खानले यस्तो खुलासा गरेका हुन् । तत्कालीन राष्ट्रपति जनरल जिया उल हकले विरोध गरेपछि उक्त परीक्षण रोकिएको उनले बताएका छन् ।

7

पाकिस्तानलाई उपलब्ध गराइँदै आएको अन्तर्राष्ट्रिय सहायता कटौती हुने भन्दै हकले विरोध गरेको उनको कथन छ। त्यतिखेर सोभियत संघले अफगानिस्तान नियन्त्रणमा लिएपछि पश्चिमा देशले पाकिस्तानलाई अत्यधिक सहयोग गर्न थालेका थिए।

खानले भने, ‘पाकिस्तानले भारतमा परमाणु परीक्षण गरेमा अन्तर्राष्ट्रिय शक्तिले पाकिस्तानलाई दिने सैन्य सहयोग पनि बन्द हुने भन्दै राष्ट्रपतिले हामीलाई रोक्नु भयो।’ उनले पाकिस्तानले पाँच मिनेटमा काहुतादेखि नयाँदिल्लीलाई निसाना बनाउने बताए ।

काहुता पाकिस्तानको पञ्जाब प्रान्तस्थित सीमा क्षेत्रमा रहेको सहर हो। उनले आफूले सहयोग नगरेको भए पाकिस्तान परमाणु शक्ति सम्पन्न पहिलो मुस्लिम राष्ट्र बन्न पनि नसक्ने दाबी गरे ।

यसरी निकै पहिले नै आफ्नो सक्रियतामा पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न बनाएको उनको दाबी थियो। राष्ट्रपति परवेज मुसर्रफको कार्यकालमा आफूमाथि अन्याय भएको उनले दाबी गरे।

परमाणु वैज्ञानिकलाई सम्मान दिइनुको साटो आफूले यातना भोग्नु परेको भन्दै उनले असन्तुष्टि समेत प्रकट गरेका छन्।
तत्कालीन सेना प्रमुख एवं राष्ट्रपति परवेज मुसर्रफले परमाणु प्रसारको खतरनाक सञ्जाल चलाएको भन्दै खानमाथि कारबाही गरिएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

टोपबहादुरले प्रचण्डलाई देखाइदिने !

१७ जेठ , काठमाडौं ।

२०७३ जेठ ६ गते भएको एकताले पूर्णता नपाउँदै माओवादी केन्द्रमा भाँडभैलो सुरु भएको खबर छ । पद बाँडफाँड तत्काल नमिलाउने हो भने भित्रभित्र भुसको आगो झैं सल्किएको असन्तुष्टि विस्फोट हुनसक्छ ।

बाबुराम भट्टराईबाट विद्रोह गरेर प्रचण्ड क्याम्पमा बसेको युवा नेता टोपबहादुर रायमाझीले ‘हेप्नुको पनि हद हुन्छ प्रचण्डलाई देखाइदिन्छु’ भन्दै असन्तुष्टि पोख्दै हिँडेको खबर छ । सन्तुलन मिलाउने नाममा नारायणकाजी श्रेष्ठलाई बढी भाउ दिँदा बाबुराम भट्टराई बिच्किए, अहिले कुँडाकर्कटलाई लिएर कार्यालय बनाउँदा एउटा प्रवृत्ति समेट्नु पर्दैन ? रायमाझीको असन्तुष्टि रहेको बताइन्छ । रायमाझीले आफूलाई पार्टीभित्रको बाबुराम प्रवृत्तिको नेतृत्व गरिरहेका छन्

5
रायमाझीमा केन्द्रित हुन तार्किक नेता राम कार्की अझै सहमत भएका छ्रैनन् । कार्कीसँग भन्दा बाबुराम पक्षका अधिकांश नेताहरु रायमाझीसँगै छन् ।

केन्द्रीय सदस्यभन्दा बढी राजनीतिक हैसियत नभएका तिलक परियार, दुई वर्षदेखि कुखुरा, बंगुर पालन र सहकारी व्यवसाय गरेर राजनीतिक गतिविधिबाट निस्क्रिय जयपुरी घर्तीलाई समेत हेडक्वाटरमा उचाल्ने प्रचण्डको यो तरिकालाई लामो समयसम्म नसहने सक्रिय युवा नेता तथा उपप्रधानमन्त्री रायमाझीको भनाई छ ।

‘साथीहरु पनि अचम्मकै छन् बा ’, …. भन्दा देख्नेलाई लाज भयो, यति कनिष्ठहरुले कमसेकम हामी हेडक्वार्टरमा बस्दैनौं पनि भन्दैनन्’ रायमाझीको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले दावी गर्यो । साँघु साप्ताहिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

किन आयो दिल्लीको विशेष टोली काठमाडौं ?

कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरेर ओली सरकार गिराउने दाउ तुहिएपछि तिल्मिलाएको भारत यो कार्ड उपयोगहिन भएसँगै के सोच्दै होला ?

नेपालमा अनेक दाउपेच रचेर अस्थिरता निम्त्याउँदै आएको भारत के अब चाहिँ थोककै हो त ? नेपाल मामलामा भारतको आगामी कदमबारे अनेक आशंका र प्रश्नहरु उब्जिरहेको बेला नयाँदिल्लीले गुप्त रुपमा काठमाडौंमा विशेषदूत पठाएर राजनीतिक चलखेल सुरु गरेको दावी स्रोतले गरेको छ ।
6
स्रोतका अनुसार, भारतको विगतको दबदबा चिर्न चिनियाँ पक्ष नेपालको हरेक मामलामा हावी हुन थालेपछि झस्किएको भारतले जसरी भएपनि ओली सरकार गिराउनु पर्ने निष्कर्श निकाल्दै केही विशेष दूतहरुलाई यसको जिम्मा दिएर नेपाल पठाएको चर्चा एकथरीले गरेका छन् ।

‘अर्कोथरी स्रोत भन्छ– पूर्वराजा ज्ञानेन्द्र शाहको नयाँदिल्ली दौड र राजतन्त्र पुर्नस्थापनाको खेल सुरु भएको राजनीतिक हल्ला चलेपछि दलहरुलाई सचेत गराउँदै राजतन्त्र पुर्नस्थापनाको खेललाई तुहाउने विशेष मिसन बोकेर आलोक जोशीको विशेष टिम काठमाडौं आउको बताउँछन् ।’
आजको साँघु साप्ताहिकमा खबर छ ।news24nepal

Continue Reading…

प्रधानमन्त्री ओलीले कानमै पुग्ने गरी पठाए प्रचण्डलाई यस्तो सन्देश, सन्देश सुनेर प्रचण्ड तिल्मिलाए

सोमबार, १७ जेठ
काठमाडौ । प्रधानमन्त्री केपी ओलीले प्रचण्डको कानमै पुग्ने गरी एउटा सन्देश पठाएका छन् । सन्देश सुनेर प्रचण्ड निकै तिल्मिलाएका छन् ।
प्रचण्डलाई ओलीको सन्देश हो– बजेट पास हुनासाथ सरकारको नेतृत्व लिन्छु । ओली सरकार ढाल्न देउवाको आडमा प्रचण्डले कम्मर कसेपछि रातारात ९ बुँदे सहमति भएको थियो ।
सहमतिमा नलेखिएको दशौं बुँदा थियो–बजेट ल्याएपछि ओलीले राजिनामा दिने, प्रचण्ड प्रधानमन्त्री बन्ने ।प्रचण्ड निकटहरुले बताएअनुसार प्रधानमन्त्री ओलीले बजेट ल्याएपछि जेठ २० गते राजीनामा दिने सहमति थियो ।4
जेठ २० गते आउनै लाग्यो तर, ओलीले न राजीनामा दिने आँट छ, न प्रचण्डलाई सरकारको नेतृत्व दिने नै लक्षण छ ।ओली सरकारले नेतृत्व नदिएर बेइमानी गरेको ठहर गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो विश्वासपात्र टिमसँग यसबारे परामर्श गरेका छन् ।
जेठ २० भित्र सरकार नछाड्ने भए कहिले सरकार छाड्ने त ? यो बारे प्रचण्डले ओलीको जवाफ माग्न आफ्ना पार्टीका केही नेताहरुलाई बालुवाटार पठाएका थिए ।
ओलीले उनीहरुलाई कुनै जवाफ दिएनन् । प्रचण्डजीसँगै कुरा गर्छु भने । त्यसपछि बजेट आए लगत्तै ओलीले प्रचण्डसँग वार्ता गरेको बुझिन्छ । आजको साँघु साप्ताहिकमा समाचार छ ।
nepalsandesh

Continue Reading…

मालीमा पाँच जना शान्ति सेना मारिए

लन्डन, १७ जेठ । अफ्रिकी मुलुक मालीमा खटिएका संयुक्त राष्ट्रसंघमा पाँच जना शान्ति सेना मारिएका छन् ।
राष्ट्रसंघका अनुसार मृत्यु हने सबै सेना अर्को अफ्रिकी मुलुक टोगोका हुन् । मालीको मोप्तो क्षेत्रमा नियमित गस्तिमा रहेको बेला ति शान्ति सेना चढेको गाडी एम्बुसमा परेको थियो ।3
विष्फोटपछि आगलागी हुँदा ५ जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
ईस्लामिक अतिवादी समूह अल कायदासँग आवद्ध मकिना लिबरेशन फ्रन्ट नामको विद्रोही समुहको प्रभाव रहेको उक्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका शान्ति सेनामाथि पटक पटक हमला हुँदै आएको छ । – एजेन्सी
dainiknepal

Continue Reading…

नेपालसँग फेरि रिसायो भारत, सबै प्रस्ताव अस्वीकार

काठमाडौं, १७ जेठ । नेपाल–भारत संयुक्त प्राविधिक समिति (जेएसटीसी) को गत शुक्रबार नयाँदिल्लीमा सम्पन्न पाँचौं बैठकमा सुनकोसी–कमला डाइभर्सनलाई सप्तकोसी उच्च बाँधको संयुक्त अध्ययनबाट अलग गर्न भारतले अस्वीकार गरेको छ ।
नेपालले सप्तकोसी उच्च बाँधको प्याकेजबाट सुनकोसी कमलालाई हटाई आफैले अध्ययन गरी निर्माण सुरु गर्न भारतलाई प्रस्ताव गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भारतीय पक्षले दुई देशका प्रधानमन्त्रीबीच भएको समझदारीअनुसार सुनकोसी कमलाको अध्ययन भइरहेको विषय जेएसटीसीको कार्यादेश (म्यान्डेट) भित्र नपर्ने भएकाले अस्वीकार गरेको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिँचाइ मन्त्रालयका सहसचिव माधव बेलबासेले बताए ।
उनले नेपाल भारत सप्तकोसी उच्च बाँध अध्ययनसम्बन्धी गठित संयुक्त आयोजना कार्यालय (जेपीओ) को म्याद आगामी फेब्रुअरीसम्म रहेको र त्यस अवधिभित्र भारतीय पक्षबाट सुनकोसी कमलाको प्रतिवेदन आउनसक्ने सम्भावना रहेकाले पनि जेएसटीसीको बैठकमा घनीभूत छलफल भए पनि निर्णय नभएको बताए ।2
बेलबासेका अनुसार आगामी फेब्रुअरीसम्म सुनकोसी कमलाको भारतीय पक्षबाट अध्ययन प्रतिवेदन प्राप्त भए नेपाललाई अध्ययन गर्न लाग्ने समय र लागत बचत हुने बताए । ‘प्रतिवेदन आउने सम्भावना छ, नआए हामी आफैं गर्न सरकारले बजेट वक्तव्यमार्फत बन्दोबस्ती गरिसकेको छ’, बेलबासेले भने ।
भारतको उच्च प्राथमिकतामा रहेको सप्तकोसी उच्च बाँधको अध्ययन गर्दा सुनकोसी/कमला डाइभर्सनको पनि अध्ययन हुनुपर्ने नेपाली पक्षले नै आग्रह गरेपछि यो विषय भारतीय पोल्टामा परेको सिँचाइका अधिकारी बताउँछन् ।
त्यतिबेला नेपालले नदी डाइभर्सन (एक नदीको पानी अर्को नदीमा लगेर मिसाउने) सम्बन्धी कुनै अध्ययन गरेको अनुभव नभएका कारण भारतलाई जिम्मा दिएको थियो ।
हाल नेपालले भेरी/बबई डाइभर्सन अध्ययन पूरा गरी निर्माणका क्रममा पुर्‍याएको छ भने कालीगण्डकी–तिनाउ, सुनकोसी–मरिन र राप्ती–कपिलवस्तुजस्ता नदी बेसिन स्थानान्तरणसम्बन्धी आयोजना अध्ययनलाई तीव्रता दिएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेत सुनकोसी/कमला डाइभर्सनलाई नेपाल सरकार आफैंले अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) गर्ने र निर्माण कार्य सुरु गर्ने उल्लेख गरेको छ ।
सुनकोसीको ७२ घनमिटर प्रतिसेकेन्ड पानीलाई कमलामा मिसाउँदा एक लाख ३८ हजार क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुने अध्ययनले देखाएको छ ।
यसबाट पूर्वको सप्तरीदेखि पश्चिमको सर्लाही र महोत्तरीसम्म सिँचाइ सुविधा उपलब्ध भएमा कृषि उत्पादनमा व्यापक वृद्धि हुने भएकाले नेपाल सरकारले यसलाई उच्च प्राथमिकतामा राख्दै आएको हो ।
सिन्धुलीको खुर्कोटमा ब्यारेज बनाई १६.९ किलोमिटर सुरुङ खनेर ६१ मेगावाट विद्युत् उत्पादन गर्नेसमेत योजना छ ।
नेपाल र भारतले संयुक्त रूपमा सन् १९९७ देखि कोसी उच्च बाँधको अध्ययनसँगै सुनकोसी कमला डाइभर्सनलाई पनि एउटै प्याकेजमा राखिएको हो ।
तीन सय मिटर लामो र एक सय ९५ वर्गकिलोमिटरको जलाशय निर्माण हुने गरी भारतले उच्चबाँध अध्ययन सुरु गरेपछि स्थानीय राजनीतिक दलका कार्यकर्ताको विरोधका कारण ठप्प छ ।
यही घानमा सुनकोसी कमला डाइभर्सन परेपछि नेपाल आफैंले बनाउन चाहेको हो ।
यसबाहेक जेएसटीसीको बैठकमा कोसी(गण्डकका समस्या समाधान गर्न संयुक्त प्राविधिक संयन्त्र बनाउने सहमति भएको छ ।
टोली नेता बेलबासेका अनुसार नेपालले कोशी र गण्डक संरचना निर्माण गर्दा अझैसम्म क्षतिपूर्ति (बालीको समेत) नपाएको, भारतले एकपक्षीय रूपमा संरचनाका मर्मत गर्दा गुणस्तर नियन्त्रण नभएको, नेपालले सम्झौताअनुसार पानी नपाएको विषय बैठकमा राखेको थियो ।
नेपाली पक्षको आग्रह स्वीकार गर्दै भारतले कोसी/गण्डकका सबालमा संयुक्त संयन्त्र (नेपाली प्राविधिकको समेत संलग्नता) बनाउन सहमत भएको हो ।
यसअघि कोसी–गण्डकका मामिलामा भारत आफैले मात्र काम गर्दै आएको थियो ।
यसैगरी भारतीय सहयोगमा नेपालका तीन नदी लालबकैया, बागमती र कमला नियन्त्रणको कार्य ९५ प्रतिशत पूरा भएकाले अन्य नदी नियन्त्रणमा अघि बढ्न नेपालले प्रस्ताव गरेको थियो ।
भारतीय पक्षले यी तीनवटा नदी नियन्त्रण कार्य औपचारिक रूपले पूरा नभएसम्म अरू नियन्त्रणमा जान नसक्ने भनाइ राखेको बेलबासेले बताए ।
बैठकमा भारतीय संरचनाका कारण नेपाली भूमिमा भएको डुबान समस्या, टनकपुर ब्यारेजको हेड रेगुलेटर किटान गर्ने, महाकालीपारिका दुई गाविस चाँदनी र दोधारमा सिँचाइका लागि भारतले छिट्टै डिजाइन उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।
बैठकमा भारतीय पक्षको नेतृत्व गंगा बाढी नियन्त्रण आयोगका अध्यक्ष जीएस झाले गरेका थिए ।
dainiknepal

Continue Reading…

सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग सम्झौता भएको छैनः प्रधानमन्त्री

१७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।1

द्विविधा नराख्नुस्,कुनै सम्झौता भा’छैन यो बजेटपछि सरकार फेरिन्छ भन्ने हल्ला चलाइएको छ, तपाईंहरू कोही पनि त्यो भ्रममा नपर्नुस् । सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग कुनै गोप्य सम्झौता भएको छैन ।

सरकार बजेटपछि त फेरिन्छ, तर कुनचाहिँ बजेटपछि ? ०७३ सालको यो बजेटपछि भने फेरिन्न । सायद ०७४ सालको बजेटपछि फेरिन्छ भनेको हो कि ? द्धिविधा नराख्न र दृढतापूर्वक बजेटका पक्षमा उभिन म आग्रह गर्दछु ।

nepaliheadlines

Continue Reading…

प्रचण्डलाइ अनुरोध, केही समय ओलीलाई सघाउँदा के फरक पर्ला ?

जेठ १७ गते आदरणीय कमरेड प्रचण्ड
यो देशमा सबैभन्दा बलिदानिपूर्ण संघर्श र क्रान्तिको नेत्तृत्व गरेको नेताको रुपमा म तपाइलाई अत्यन्तै सम्मान गर्दछु । दबिएर बसेको दुरदराजकको सामान्य नागरिकलाई अधिकारका बारे जागरुक र सचेत बनाउन सफल समाजिक परिबर्तनको अगुवा तपाइनै हो । साथै यहाकै नेतृत्वको क्रान्तिको जग र बलमा नेपालमा गणतन्त्र स्थापित भएको कुरा सामान्य मानिसले समेत बुझ्दछन ।
गणतन्त्र स्थापनापछि पनि तपाइले बिभिन्न काल खन्डमा लिएका अडानहरु र निर्णयहरु नेपालका लागि बहुमुल्य छन् । जस्तो संबिधान जारि गर्ने सबाल तत्कालीन सरकारको नेतृत्व जोसुकैको होस् । एमाले अध्यक्ष केपी ओलि र तपाईको प्रमुख भूमिकाले मात्र त्यो संभब भएको हो भन्नेकुरा आम जनतालाई राम्रैसँग महसुस हुन्छ । त्यस्तै भारतले नेपाललाई लगाएको घटिया नाकाबन्दी र हस्तक्षेपका बिरुद्ध तपाई र ओलीकै सहकार्य र चटानी अडानले भारत झुक्न बाध्य भो । तपाईहरुको नेतृत्वमा स्वभीमानको लडाइँमा बिजय हासिल गर्न पाउँदा नेपालीहरुको खुशीको सीमै रहेन । छिमेकि मुलुक चीनसंग बिभिन्न संझौता र सहकार्य हुनुमा पनि प्रधानमन्त्रीलाई तपाइले दिनुभएको साथको बल प्रमुख थियो । त्यसैले पछिल्लो समय प्रधानमन्त्रि ओली र तपाइको सहकार्य देशलाई फलिफापसिद्ध भैरहेको छ र अझै हुनेमा आम नागरिक आशीर्बाद छन् ।17
केही समय अगाडि तपाई बर्तमान गठबन्धन तोडेर अर्को गठबन्धन सरकारको नेत्तृत्ब गर्न तम्सिदा भर्ने धेरैलाई केहि असहज महसुस भएको थियो । फेरि तपाईहरु मिल्नुभो । जनतामा खुशीको बहार फर्केर आयो । यसमा कुनै राजनीतिक कारण, आग्रह, पूर्वाग्रह केहि थिएन । जनताले तपाईहरुको सहकार्यबाट गरेको बिकासको चाहानै प्रमुख थियो ।
यसबीचमा तपाई र एमाले नेत्तृत्व बीचमा बजेटपछि तपाइले सरकारको नेत्तृत्व गर्ने गरि भद्र सहमति भएको कुरा बाहिर आयोे । त्यहिअनुरुप हुनुपर्दछ । तपाइले अब आफूले सरकारको नेत्तृत्व गर्ने कुरा यदाकदा ब्यक्त गरिरहनुभएको छ । हामी आम जनतापनि दलहरुबीच भएका सहमतिहरु पालना हुनुपर्छ । दलहरु नैतिकतामा चल्नुपर्छ । भन्ने मान्यता राख्छौ । तथापि आम नागरिकमा एउटा बहस चलिरहेको छ । यो भद्र सहमति कम्तिमा एक वर्षपछि कार्यान्वयन गर्न पाए के होला ? त्यसो गर्दा के पहाडै खस्लार ? बरु तपाइ नेताहरु, देश र जनतालाइ फाइदै हुन्थ्यो कि ?
यसोभन्दा तपाइलाई लाग्नसक्छ । यो ओलिको अन्धभक्त होला । तर म न तपाइको बिरोधी हु न ओलीको अन्धभक्त । म त देशमा बिकास र समृद्धि चाहाने एउटा आम नागरिक हुँ । साथै आफनो देशका नेताहरुप्रतिको बिश्वास बढिरहोस् । नेता सम्झेपछि सबैमा अघाध सम्मान जागेर आओस् । भन्ने चाहान्छु म । तपाई धेरै पटक सिंगापुर पुग्नुभा छ । सिंगापुरमा लि क्वान युको नाम लिनहोुस् । त्यहाका मानिसहरु सम्मानले नतमस्तक हुन्छन् । आखा टिलपिल पार्छन । म हाम्रो देशका नेताहरुप्रति पनि त्यस्तै सम्मान प्रकट होस् भन्ने चाहान्छु ।
देशको एक प्रमुख नेताको रुपमा तपाइप्रति पनि धेरै आषा छ जनतामा । यतिबेला तपाईको हालको राजनैतिक उचाइ र कद नघटोस् । र तपाई प्रतिको बिस्वास नघटोस । भन्ने मानिसहरु तपाइले तत्कालै सरकारको नेत्तृत्व नफेरिदिए हुन्थ्यो । भन्ने ठानिरहेका छन् । किनभने ठूलो रोगसंग लड्दै बाँचेका हालका प्रधानमन्त्री केपी ओलीमा बिकासप्रतिको अदभुत चाहाना र दृड संकल्प देखिएको छ यतिखेर । त्यै अनुसारको बजेट भरखरै आएको छ । त्यसको कार्यान्वन हेर्नै बाकी छ । अर्कोतिर उनले फेरि नेतृत्व गर्ने सम्भावना कम भएकाले मानिसहरु उनको तीब्र आकांक्षा र क्षमता पूरापूर हेर्न चाहान्छन् । यस्को मतलब तपाइहरुमा संकल्प छैन भन्ने हैन् । तर तपाइ त अलि पछि पनि नेतृत्वगर्न सक्नुहुन्छ ।
मलाइ कामहरु बिस्तारै गरौंला भन्ने छुट छैन ओलीले भनेको यो भनाइ अहिले आएर जनताको दिमागमा गडेको छ । त्यसैले ओलि प्रति मानिसहरुको आशा र बिश्वास बढेको छ ।
ओलीले केहि गरिसकेका र्छैनन । मात्र सपना दिएका छन् । सपना जगाइदिएका छन् । वर्षौबाट निरासामा बाँचेका जनतालाई उत्साहित बनाइदिइका छन् । मानिसहरुमा एउटा अपूर्व चाहाना जागेको छ । ओलीले अर्को एक दुई बर्ष नेतृत्व गर्न पाए, साँच्चै केहि गर्थेकि ? अर्को अर्थमा मानिसहरु ओलिको बोलिको पूरा परीक्षा लिन चाइरहेका छन् ।
ओली साँच्चै परीक्षामा पास भए भने त्यस्को जस ओली एक्लैले पाउने छैनन् । जसरी संबिधान घोषणा हुनुको प्रमुख जस तपाइले पनि पाइरहनु भएको छ । ओलीको नेतृत्वमा हुने बिकासको जस तपाइले पनि उत्तिकै पाउनुहुनेछ । किनकि तपाइ गठबन्दनको प्रमुख सहकर्मी हो । र महत्वपूर्ण मन्त्रालय पनि तपाइकै पार्टीसंग छन् । यसो गर्दा तपाइको राजनैतिक र नैतिक उचाइ अहिलेको भन्दा निकै बढेको हुनेछ । त्यसपछि तपाइले नेतृत्व गर्दा तपाइलाई सर्बमान्य नेता मान्नेछन् जनताले ।
तपाइले अहिलेनै हतार गर्दा, राजनैतिक अस्थिरताको कारक तपाइ हो भन्ने पर्न जाने खतरा छ । अनि देश र जनताको स्वार्थ र आसय मनन नगरेको पनि ठानिन सक्छ समाजमा । त्यतिमात्र हैन । तपाइले नेतृत्व लिने बित्तिकै फटाफट काम त हुदैन । । मन्त्रालय बाडफाड, सचिब, कर्मचारी जस्ता धेरै कुरा मिलाउन समय लाग्नेछ । अर्को सरकारले ल्यायको बजेट कार्यान्वयन त्यति सजिलो हुने छैन । त्यतिनै बेला मानिसहरुमा ओली नेतृतवको सरकारप्रतिकोे आशक्ति झन् बढेर जानेछ । मानिसहरू भन्नेछन् । ओलीले नै फटाफट गर्थेकि ? अर्को कुरा, तपाइको कार्यकाल पनि धैरै लामो त अबस्य हुदैन होला । त्यसो हुँदा न तपाइले सारै धैरै काम गर्ने समय पाउनु हुनेछ । न त ओलीले नै । दुबैको फोटो झुन्डिने बाहेक केहि हुदैनकि ? बरु उल्टो अस्थिरताको अपजस मात्र तपाइलाई हात लाग्न सक्छ ।
बरु कम्तिमा अर्केा एक वर्ष ओलीलाई नै नेतृत्व गर्न सघाउदा दीर्घकालमा तपाइले गुमाउने केहि पनि हुने छैन । बरु लाभै हुनेछ । ओलीको पनि पूरा परीक्षा सकिने छ । ओली पास भएमा जस तपाइलाई पनि आउने छ । उनी फेल भएमा जनताको बिकल्प तपाइप्रति सोझिनेछ । अनि लिनुस सरकारको नेतृत्व् । हुन सकेमा ओलीको पार्टीसंग चुनाबमा पनि सहकार्य गनुुस् । अत्यधिक बहुमत ल्याउनुहोस् । फेरिपनि मिलेर काम गनुहोस् । मिलेरै देशको कायापलट गनुहोस् । सबैका सम्मानित नेता बन्नुहोस् । लि क्वान यु जस्तै ।
dainiknepal

Continue Reading…

ट्राफिक प्रहरीको यस्तो अनुमान जरिवाना बढाएकोले चालक अनुशासित हुन थाले

गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे । नागरिक दैनिकमा समाचार छ।yastoट्राफिक प्रहरीको यस्तो अनुमान जरिवाना बढाएकोले चालक अनुशासित हुन थाले
तर त्यसको ठिक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे ।
एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना वृद्धि । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पनि नियम मिच्ने चालक सख्या तीन गुणाले घटेको देखाउँछ।
news24nepaltv

Continue Reading…

किन आयो दिल्लीको विशेष टीम ?

काठमाडौं, १७ जेठ । कांग्रेस र मधेसवादी दलहरूलाई प्रयोग गरेर केपी ओली सरकार गिराउने दाउ तुहिएपछि तिल्मिलाएको भारत यो कार्ड उपयोगहीन भएसँगै के सोच्दै होला ?
नेपालमा अनेक दाउपेच रचेर अस्थितरता निम्त्याउँदै आएको भारत के अब चाहिँ थाकेकै हो त ? साँघु साप्ताहिकले समाचार छापेको छ ।
नेपाल मामलामा भारतको आगामी कदमबारे अनेक आशंका र प्रश्नहरू उब्जिरहेका बेला नयाँदिल्लीले गुप्त रुपमा काठमाडौंमा विशेषदूत पठाएर राजनीतिक चलखेल सुरू गरेको दाबी स्रोतले गरेको छ ।aya
स्रोतका अनुसार, भारतको विगतको दबदबा चिर्न चिनियाँ पक्ष नेपालको हरेक मामलामा हावी हुन थालेपछि झस्किएको भारतले जसरी भएपनि ओली सरकार गिराउनु पर्ने निष्कर्ष निकाल्दै केही विशेष दूतहरूलाई यसको जिम्मा दिएर नेपाल पठाएको चर्चा एकथरीले गरेका छन् ।
अर्काथरी स्रोत भन्छ, पूर्व महाराजा ज्ञानेन्द्र शाहको नयाँदिल्ली दौड र राजतन्त्र पुनःस्थापनाको खेललाई तुहाउने विशेष मिशन बोकेर आलोक जोशीको विशेष टिम काठमाडौं आएको बताउँछन् ।
नयाँ योजना अनुसार, ओली सरकारलाई दुई महिनाभित्र गिराउने म्याण्डेट लिएर आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेषदूतका हुन् नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुद ।
राकेश सुद केही दिन काठमाडौंमा मन्त्रणा गरेर दिल्ली उडे लगत्तै भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्वप्रमुख सहितको विशेष टिम २०७३ जेठ ३ गते काठमाडौं उत्रिएर व्यापक गृहकार्यमा जुटेको बुझिएको छ ।
स्रोतका अनुसार, जेठ ६ गते बिहीबार जेट एयरको विमानबाट साँझपख भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिसका पूर्वप्रमुख आलोक जोशी, जो नेपाल मामिलाका कुशल खेलाडीका रुपमा चिनिन्छन् र जोशीकै सहयोगी मिस्टर डी.धारिवाल काठमाडौं आएर आजभोलि सक्रियता बढाइएरहेका छन् ।
dainiknepal

Continue Reading…

नेपाल–भारतबीच गम्भीर बैठक हुने, १९५० को सन्धिको कुरा उठ्ने

काठमाडौं, १७ जेठ । नेपाल–भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रवुद्ध ब्यक्ति समूह (ईपीजी) को पहिलो संयुक्त बैठक आगामी असार १६ र १७ मा काठमाडौंमा बस्ने भएको छ ।
नेपाली विज्ञ समूहका संयोजक डा भेषबहादुर थापाका अनुसार बैठकबारे आइतबार टुंगो लागेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।nepal
समूहमा नेपालका तर्फबाट थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई सदस्य छन् ।
भारतका तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीको संयोजकत्वमा प्राध्यापक महेन्द्र पी लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद छन् । दुवै पक्ष बैठकको तयारीमा जुटेका छन् ।
यसअघि नेपालले दिएको समयमा भारत असहमत देखिएको थियो । अहिले भारतले प्रस्ताव गरेको तिथिको आसपास पारेर बैठक गर्ने सहमति जुटेको हो ।
चार महिनाअघि गठित समूहको संयुक्त बैठक अहिलेसम्म पनि बस्न नसक्दा यसको औचित्यमाथि नै प्रश्न खडा भएको थियो ।
परराष्ट्रमन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजलाई पत्र नै लेखेर काठमाडौंमा पहिलो बैठक गर्ने र त्यसका लागि तिथि उपलब्ध गराइदिन आग्रह गरेका थिए ।
नेपाल र भारत बीचको सम्बन्धमा पछिल्लो समय आएको चीसोपनको असरमा यो बैठकमा पनि परेको हो ।
सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य द्विपक्षीय सन्धि–सम्झौताको पुनःसमीक्षा गर्न चार वर्षअघि नै यस्तो संयन्त्र बनाउने सहमति भए पनि २०७१ मा नेपाल–भारत संयुक्त बैठकले यो समूहको कार्यविधिलाई अन्तिम रूप दिएको हो ।
dainiknepal

Continue Reading…

क्यानडाले २२ नेपालीलाई कालोसूचीमा राख्यो(नामसहित)

काठमाडौं, १७ जठ । क्यानडाको सरकारले २२ जना नेपालीको नाम कालोसूचीमा राखेको छ ।
एनआरएन क्यानडा सामाजिक, परोपकारी संस्थाका रुपमा दर्ता गरेर क्यानडाको कानुनविरुद्ध गएकाले कालोसूची निकालेको हो । तरुण साप्ताहिकले समाचार छापेको छ ।16
संस्था दर्ता गरेको, तर प्रचलित कानुनअनुसार वार्षिक हिसाब–किताब नदेखाएको, संस्थाको रकम धेरै उल्लेख गरेको, तर त्यसअनुसार कर सार्वजनिक नगरेको र नदेखाएको भन्दै एनआरएन क्यानडाका २२ जना नेपाली कालोसूचीमा परेका हुन् ।
क्यानडा सरकारले जारी गरेको सूचनामा हेमन्तराज मैनाली, तुला भट्टचन, प्रमिला बस्नेत, नारायण पोख्रेल, बाबुराम भण्डारी, सुमन लम्साल, शान्ता राजभण्डारी, दुर्गा शर्मा, प्रकाश अधिकारी, रामचन्द्र बोगटी, सूर्यप्रकाश भट्टराई, कृष्ण भण्डारी, अनिलकुमार श्रेष्ठ, गोपाल भण्डारी, तुल्सीप्रसाद सापकोटा, हेमन्तमोहन थापा, दीपककुमार श्रेष्ठ, चन्द्र अधिकारी, देवेनद्रहरि सुवेदी, सुरेन उप्रेती, लक्ष्मी पाठक र बिभु ओझालाई कालोसूचीमा राखेको उल्लेख छ ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ १७ गते सोमबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

धैर्यधारण गरी परिश्रम गर्ने कर्मसिद्धिको समय आएको छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

आज शत्रु नै भए पनि कसैको आलोचना वा विरोध नगर्नु राम्रो हो, नत्र भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । तपाईंका विचार र भावनालाई बेवास्ता गर्नेहरूको क्रियाकलापले मनमा विरक्तिको भाव बहन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

काममा बाधाअडचन उत्पन्न हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या देखा पर्नेछ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा समेत बेफाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । आज स्वाद र बोलीवचनमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र पाचनप्रणालीमा गडबडी हुनसक्छ वा सम्मान दिनुपर्ने व्यक्तिसित मुखामुख हुनसक्छ । तपाईंको बौद्धिक चिन्तन वा विचारको आलोचना हुनसक्छ । खानपानमा सतर्कता अपनाउनु बेस हुनेछ । सहयोगीहरू टाढिन सक्छन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको चित्त बुझाउन सकिंदैन । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी गर्न बाध्य हुनुपर्छ । बोलीमा अंकुश लगाएको नै बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

करोडौंको कोकिनसहित चिनियाँ नागरिक एयरपोर्टबाटै पक्राउ

काठमाडौँ, १६ जेठ । प्रहरीले एकजना चिनियाँ नागरिकलाई करोडौंको कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
मलेशियन एयरको एमएच ११५ नम्वरको प्mलाईटद्धारा मलेशियाको क्वालालम्पुर हुँदै हङकङ जान लागेका पासपोर्ट नम्बर के ०२३३४५७५ वाहक चाइनिज नागरिक २१ बर्षीयbhamm

लाई प्रहरीले लागू औषध कोकिन ३ के.जी. १७७.५ ग्राम सहित पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षको चेकिङ वि साईडको २ नम्वर स्क्रिनमा चेकजाँच गर्ने क्रममा उनले बोकी ल्याएको सुटकेशको पिधमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध कोकिन बरामद भएको थियो ।
dainiknepal

Continue Reading…

उत्तर कोरियाली राजदूतमार्फत किमलाई प्रचण्डको बधाई

१६ जेठ

काठमाडौं – नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया उत्तर कोरियाका राजदूत किम योङ हक र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ । भेटमा अध्यक्ष प्रचण्डले राजदूत हक मार्फत भर्खरै सम्पन्न कोरियाली श्रमिक पार्टीको सातौं राष्ट्रिय काँग्रेसबाट निर्वाचित अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर किम जोङ उनलाई बधाई तथा शुभकामना दिएका थिए ।

badai
प्रचण्डले नेपालमा बामपन्थी बाहुल्य रहेको सरकार भएको र आर्थिक विकास र जनताको पक्षमा काम गरिरहेको बताए । उनले गत सालको विनासकारी भूकम्प र संविधान निर्माण पछिको नाकाबन्दीले नेपाली जनताले निकै ठूलो दुःख पाएको बताउँदै राष्ट्रले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको जानकारी दिए । प्रचण्डले भने, ‘अहिले हामीहरु भूकम्पले ध्वस्त संरचनाहरुको पुनर्निर्माण र आर्थिक विकासमा केन्द्रित छौं ।’

उक्त भेटवार्तामा राजदूत हकले नेपाल र कोरिया मिल्दा जुल्दा देश भएको बताउँदै दुई देशका धेरै विशषताहरु मिल्दा जुल्दा भएको धारणा राखे । उनले भने, ‘साम्राज्यवादीको नाकाबन्दी भए तापनि किम जोङ उन र उहाँको नेतृत्वमा आम जनता एकतावद्ध छ र हामी त्यसको सामना गर्न सक्छौं ।’ उनले राजनैतिक र सैनिक दुबै हिसावले आफूहरु शक्तिशाली रहेको पनि बताए ।

उनँले कोरियाली श्रमिक पार्टीका अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डरले अध्यक्ष प्रचण्डलाई अभिवादन पठाउनु भएको पनि जानकारी दिए ।

ratopati

Continue Reading…

सुत्केरी श्रीमतीको शल्यक्रिया गर्ने पुरुष डाक्टरमाथि पतिद्वारा गोली प्रहार

साउदी – साउदीमा एक व्यक्तीले आफ्नी श्रीमती सुत्केरी हुदाँ शल्यक्रियमा संलग्न रहेका चिकित्सकलाई गोली प्रहार गरेका छन् । श्रीमती सुत्केरी पुरुष डाक्टरको उपस्थिति आवश्यक नरहेको भन्दै उनले गोली प्रहार गरेका हुन् ।

यसअघि साउदीको राजधानी रियादस्थित किङ फहाद मेडिकल सिटीमा उनकी श्रीमतीले बच्चालाई जन्म दिएकी थिइन् । श्रीमती सुत्केरी भएसँगै उनका श्रीमान् अस्पताल पुगे र उनले डाक्टर मुहानद अल जब्नलाई भेटे । उनले डाक्टरलाई धन्यवाद दिने भन्दै भेट मागेका थिए । त्यसपछि उनले बगैँचामा डाक्टरसँग भेटे र कपडामा लुकाइराखेको बन्दूक झिकेर उनीमाथि प्रहार गरे ।sutkari

‘सुत्केरी महिलाका श्रीमान् डाक्टरलाई भेट्न भनेर आएका थिए । तर उनले उल्टै गोली प्रहार गरेर डाक्टरको हत्या प्रहार गरे ।’– अस्पतालका प्रवक्तालाई उद्धृत गर्दै अल अरबी समाचारपत्रले लेखेको छ । यस प्रकरणपछि प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्दै घटनाको छानविन जारी राखेको छ ।

साउदीको कानूनले लैङिक असमानतालाई रक्षा गर्छ । त्यहाँ महिलाहरुलाई पूरुषहरुले छुन पाउँदैनन् ।

सन् २०१४ मा रियालको एक चर्चित विश्वविद्यालयमा एक महिला विद्यार्थी हृदयघातको शिकार भएकी थिइन् । त्यतिबेला पूरुष डाक्टरहरु त्यहाँ उपस्थित थिए । तर उनीहरुले कानूनी जटिलताका कारण महिलालाई उपचार गर्न पाएनन् र ति महिलाको निधन भयो ।

ratopati

Continue Reading…

दाङमा एमाले औपचारिक रूपमै विभाजन, ओली समूहले छुट्टै काबा अध्यक्ष तोक्यो

दाङ, १६ जेठ । उपाध्यक्ष जोगबहादुर राना कार्यवाहक अध्यक्ष बने सँगै चरम गुटको भासमा भासिएको एमाले दाङ आजदेखि औपचारिक रूपमा बिभाजन भएको छ ।
पार्टी अध्यक्ष केपी ओली गुटको आज बसेको बैठकले काबा अध्यक्ष रानाले पार्टी नीति बिपरित काम गरेको भन्दै उनलाई पदबाट हटाएर सचिव हुकुम बस्नेतलाई काबा अध्यक्ष बनाउने निर्णय गरेको छ । बैठक सचिव बस्नेतकै अध्यक्षतामा बसेको थियो । अध्यक्ष नरूलाल चौधरी केन्द्रीय सदस्यमा चुनाब हारेपछी राना स्वतः काबा अध्यक्ष बनेका थिए ।0li
रानाले जेठ ६ गते गर्ने भनिएको जिल्ला अधिवेशन नगरेर पार्टी नीति विपरीत काम गरेकाले उनलाई बर्खास्त गरि सचिव बस्नेतलाई काबा अध्यक्ष तोकेको जिल्ला सचिवालय सदस्य उत्तर वलीले जानकारी दिए ।
वलीका अनुसार बैठकले असार १८ गते जिल्ला परिषद् गर्ने निर्णय समेत गरेको छ । बैठकमा ४७ जना जिल्ला कमिटी सदस्य उपस्थित भएकाले बहुमतका आधारमा गरिएको निर्णय कार्यान्वयन हुने वलीले दाबी गरे ।
यता, एमालेका केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज मेटमणी चौधरीले आजको बैठक जिल्ला कमिटीको नभई एउटा झुन्डको भएको दावी गर्दै काबा अध्यक्ष अध्यक्ष राना नै भएको बताए । उनले एउटा झुन्डको निर्णयले काबा अध्यक्ष बनेका सचिव हुकुम बस्नेतलाई पार्टीबाटै कार्वाही गरिने दावी गरे । चौधरी बरिष्ठ नेता माधवकुमार नेपाल समुहका हुन् ।
केपी समुहको आजको बैठकमा राप्ती अञ्चल इन्चार्ज खेममान बुढा, सह इन्चार्ज गुलाबजंग शाहको समेत उपस्थित थिए । बुढा र शाह केपी समुहका हुन् ।
dainiknepal

Continue Reading…

असार १६ मा यसरी काठमाडौंमै हुनेभयो नेपाल–भारत सिधा सम्वाद

आइतबार, १६ जेठ
प्रबुद्ध समुहको पहिलो संयुक्त बैठक असार असार १६ र १७ गते
काठमाडौ । नेपाल र भारत बीच भएका सन्धी सम्झौताहरु पुनरावलोकनकोलागि सुझाव दिन गठन गरिएको प्रबुद्ध ब्यक्ति समुहको पहिलो संयुक्त बैठक असार असार १६ र १७ गते काठमाडौमा बस्ने भएकोछ ।
नेपालले सन् १९५० को नेपाल भारत मैत्री सन्धीसहित असमान सन्धी सम्झौता पुनरावलोकन र खारेजीको माग लामो समयदेखि गरिरहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि दुबै देशबाट समूह गठन गरिएको थियो ।
प्रबुद्ध समूहमा नेपालतर्फबाट डा. थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, निलाम्बर आचार्य र राजन भट्टराई सदस्य छन् । भारत तर्फबाट भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीको संयोजकत्वमा महेन्द्र पी लामा, बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद सदस्य छन् ।samaa
समूहको बैठक बस्न नसक्दा यसको औचित्यमाथि नै प्रश्न उठिरहेको बेला उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजलाई पत्र नै लेखेर काठमाडौंमा पहिलो बैठक गर्न सहयोग गर्न आग्रह गरेपछि बैठकको बातावरण बनेको बताईएको छ ।
बैठकको मितिको विषयमा पनि दुबै पक्षवीच मतभेद रहँदै आएको थियो । भारतीय पक्षले असार १२ र १३ मा बैठक राख्न आग्रह गरेको र नेपालले जेठको अन्तिम साता प्रस्ताव गरेकोमा तेस्रो तिथी तय गरिएको हो ।
राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्थगन, दिल्लीबाट राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णयपछि दुई देशको सम्बन्धलाई लिएर नकारात्मक टिप्पणी भईरहेको बेला बस्न लागेको बैठकले सकारात्मक सन्देश दिने विश्लेषण गरिएको छ ।
nepalsandesh

Continue Reading…

सर्वेन्द्र खनाल र रमेश खरेलहरु अञ्चल प्रमुखबाट सिधै आइजीपी हुने ?

विक्रम सम्वत २०४६ सालताका श्रम मन्त्रालयका एकजना शाखा अधिकृत आफ्ना सहकर्मीहरुलाई सुनाउने गर्थे – संसारमा दुईवटै कुरा स्थायी छ –शौचालयमा लेखिएको ‘महिला’ र ‘पुरुष’ अनि मेरो शाखा अधिकृत पद । २० वर्षदेखि एउटै पदमा कार्यरत रहनुको पीडा थियो त्यो । अहिले यस्तै भइरहेछ नेपाली प्रहरीमा । जहाँ इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरु जागिरहका उत्तरार्ध अर्थात पच्चिसौं बर्षमा प्रवेश गरिसक्दासम्म पनि प्रहरी उपरीक्षक (एसपी) मात्रै हुन पुगेका छन् । कस्तो अवस्था आइसकेको छ भने, वृत्तिविकासका महत्वपूर्ण २४ वर्ष दुईवटा बढुवामा नै बितेको छ भने अब बाँकी ६ वर्षभित्र ४ वटा पदको बढुवा पार गर्नुपर्ने हुन्छ । huneaaअर्थात बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चातको पहिलो प्रहरी निरीक्षकका ब्याचहरु अझै एसपी मात्रै भएका छन् । जबकी सोही ब्याचमा सँगै इन्सपेक्टर भएर प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अधिकृत, जो सेवा स्थानान्तरण गरेर सशस्त्र प्रहरी गए, उनीहरुमध्ये नै विशिष्टि श्रेणीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको सिफारिस भइसकेको अवस्थामा छ । अरु त अरु विक्रम सम्बत २०४४ सालमा सँगै नेपाल प्रहरी सेवामा गरेकाहरु अझै कोही एसएसपी मात्रै छन् भने, उता सशस्त्र प्रहरीमा स्थानान्तरण भएकामध्ये कुनै अधिकृत एआईजीमा पाँच वर्ष सेवावधि पूरा गरेर अवकाश समेत भइसकेका छन् । यसबाट नेपाल प्रहरीमा रहेका प्रहरी अधिकृतहरुको मनोविज्ञान अनुमान गर्न सकिन्छ ।
नेपाल प्रहरीमा अहिले यस्तो अवस्थाको सिर्जना भइरहेछ, जहाँ अब बन्ने प्रहरी प्रमुखहरुले एआईजी बन्न नपाई डिआईजीबाट सिधै प्रहरी महानिरीक्षक बन्नुपर्ने परिस्थिती सिर्जना भएको छ । हुन त हालमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि एक हप्ता मात्रै एआईजी भएर आईजीपीमा बढुवा भएका हुन् । अब २०७३ साल फागुनमा २०४४ सालका इन्सपेक्टरका ब्याचका नवराज सिलवाल, प्रकाश अर्याल मध्येबाट सिधै डिआईजीबाट आइजीपीमा बढुवा हुनेछन्, किनकि यस बीचमा एआईजी पद खाली हुने सम्भावना नै छैन्, जहाँ एआईजी विशेष पद सिर्जना गरेर बढुवा पाएकाहरु अझैपनि जिम्मेवारी र बस्ने कुर्सीको टुंगो समेत नपाएर अल्मलिएको अवस्थामा छन् । त्यसको एक वर्ष अर्थात २०७४ साल चैतमा प्रहरी महानिरीक्षक बन्ने लाइनमा रहेका चर्चित प्रहरी अधिकृतहरु रमेश खरेल, सर्वेन्द्र खनाल अनि राजेन्द्र श्रेष्ठहरुको ब्याच त डिआईजी पनि नभई सिधै एसएसपीबाटै आईजीपी हुने अवस्था सिर्जना भएको देखिन्छ । अर्थात प्रहरी प्रधान कुनै विभाग त के, कुनै क्षेत्रीय प्रहरी कार्यालयको समेत कमाण्ड नगरी मात्रै अञ्चलस्तरीय प्रहरी कार्यालयको नेतृत्व गरेको अनुभवबाट सिधै नेपाल प्रहरीको नेतृत्व गर्ने छन् । त्यसबेलासम्म त्यसमुनिका ब्याचहरु एसपीमा नै रोकिएर बस्ने अवस्था सिर्जना भएको देखिन्छ ।
नेपाल प्रहरीमा यस्तो परिस्थितिको सिर्जना कसरी भएको हो त ? यो एउटा अहम प्रश्न खडा भएको छ । जसले नेपाल प्रहरीको समग्र बढुवा प्रणालीमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । यसले देखाउँछ कि नेपाल प्रहरीमा बढुवा प्रणालीवैज्ञानिक छैन्, जसको समसामयिककिकरण अत्यावश्यक भइसकेको छ । योग्यता, तालिम, नेतृत्वकला भन्दा पनि जेष्ठता विशेष हाबी भएको देखिँदा यस्तो परिस्थिति सिर्जना हुन गएको हो । अर्काे यसको कारक भनेको राजनीतिक खिचातानी र प्रशासनिक छिनाझम्टीले गर्दा समयमा नै बढुवा गर्न नसक्नु पनि हो । त्यसैले बिक्रम सम्बत २०२४ सालमा सव–इन्सपेक्टरबाट जागिर सुरु गरेका मोतिलाल बोहरा आफनो जागिरे जीवनको २५ औं वर्षमा नेपाल प्रहरी प्रमुख आईजीपी भइसकेका थिए । तर, उनी आईजीपी भएकै वर्ष २०४४ सालमा इन्सपेक्टरबाट जागिर जीवन सुरु गरेकाहरु आफ्नो जागिरको २५ औं वर्ष चलिरहँदा पनि मात्रै एसपी (जिल्ला तहका कमाण्डर) मात्रै हुन पुगेका छन् । वृति विकासका बाधा व्यवधानबाट रोकिएर एउटै पदमा वर्षाै अल्झिएर बस्नुपरेका प्रहरी अधिकृतहरुको मनोदशा आफैमा बुझ्न सकिन्छ । यसरी केहि महिनापछि नै आईजीपी भएर नेपाल प्रहरीको नेतृत्व गर्ने ब्याच नै रोकिएर बसेका छन् भने अन्य त्यसपछिका ब्याचका प्रहरी अधिकारीहरुको अवश्य अनुमान मात्र गर्न सकिन्छ । यसले नेतृत्वमा पुग्ने र पुग्नुपर्ने प्रहरी अकिृतहरुको मनोबल, मनोविज्ञान, अनि आत्मविश्वासमा नै प्रत्यक्ष प्रभाव पार्दछ । जसको असर प्रहरी सेवा भित्रभित्रै हैन सम्पूर्ण समाजमा नै पर्दछ । यस्तो अवस्थाको मनोविज्ञान रुद्र शम्सेर जबराका ज्वाईँ कान्छा धमला (क्याप्टेन चित्रविक्रम शाह)को जस्तै हुन बेर लाग्दैन्, जो सन् १९१४ को प्रथम विश्वयुद्धमा कलकत्ता जाँदा नै क्याप्टेन थिए, पछि सन् १९३९ मा फेरि दोस्रो विश्वयुद्धमा कलकत्ता खटिएर जाँदा पनि क्याप्टेन नै थिए, अर्थात २० वर्ष एउटै पदमा । जबकी प्रथम विश्वयुद्धमा उनी समान क्याप्टेन रहेका ब्रिटिश अफिसर दोस्रो विश्वयुद्धमा जर्नेल भइसकेका थिए तब उनी भन्थे रे– ‘लडाइँमा बहादुर देखाउनु र नदेखाउनुले मलाई केहि फरक पार्दैन ।’ यस्तो फरक पार्छ मानसिकतामा ।
तसर्थ, नेपाल प्रहरीको बढुवा प्रणालीमा फरक ढंगले व्यवस्थापन गर्नुपर्ने देखिइसकेको छ । भोलीको नेतृत्वमा पुग्ने वा पुग्ने सम्भावना भएकाहरुको वृत्ति विकास अर्थात बढुवा सम्बन्धी व्यवस्था विशिष्टिकृत गर्नुपर्ने अवस्था छ । माथिल्लो ब्याचका रहलपहल बाँकी रहेसम्म मुनिका ब्याचकालाई बढुवा गर्नुहुन्न भन्ने परम्परागत सोच र प्रणाली परिवर्तन जरुरी छ । अहिले नै यसबारेमा नसोच्ने हो अनि पर्याप्त होमवर्क नगर्ने हो भने यसले अहिले देखिएको समस्या चाँडै भोग्नुपर्ने हुन्छ । भविष्यको नेतृत्वलाई सुरुबाट नै गु्रमिङ गर्दै लैजानु पर्दछ । एउटै ब्याचमा सँगै सेवा प्रवेश गरेका सबैजना सँगै बढुवा गर्दै लैजानु जरुरी छैन् र सबै त्यसको लागि सक्षम र सम्भव पनि हुन्न । बेलायत लगायतका विकसित मुलुकहरुमा तल्लो तहबाट नै सँगै सेवा प्रवेश गरेकाहरुमध्ये कोहि चाँही साथी डिआइजी तहमा पुगिसक्दा कोहि चाँहि उहि कन्स्टेबल (पिसी) मै हल्लिरहेका हुन्छन् । बेलायतमा नेतृत्वको लागि ग्रुमिङ गर्ने प्रणाली छ र त्यसरी नै तयार गर्दै लगिन्छ । त्यसैले को नेतृत्वमा पुग्न सक्छ ? थाहा हुँदै जान्छ र उसले अध्ययन अनुभव र आत्मविश्वास प्राप्त गर्दै जान्छ जसले भविष्यमा सबल नेतृत्व प्रदान गर्नसक्छ । तर, हाम्रो प्रहरीमा त्यसको गुन्जाइस नै देखिदैन् । धेरै पर जानपर्दैन ४ वर्ष अगाडि प्रहरी प्रमुखमा बढुवा गर्ने क्रममा एआईजी कुवेर सिंह रानालाई उछिनेर डिआईजीबाट नै आईजीपी बनाउने प्रयास भएको थियो । जहाँ प्रणाली हैन पावर बोलबाला देखियो । यसले गर्दा पछिल्लो दिनहरुमा प्रहरी प्रमुखहरु कमजोर हुँदै गएको देखिन्छ । किनकी उनीहरुले ठाउँ ठाउँमा सम्झौता गर्नुपरेको देअिन्छ । प्रमुख भइसकेपछि पनि टिक्नको लागि लगातार सम्झौता गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ । सायद त्यसैको परिणाम हुनसक्छ – अहिले प्रहरी प्रमुख र मातहतका एआईजीबीचमा टकरावका समाचारहरु बाहिर छन् । जहाँ हामी एउटै ब्याचका हौ सँगै बढुवा हुँदै आयौं, हामी के कम ? भन्ने सोचले काम गरेको देखिन्छ । जहाँ एआईजीले आईजीपीलाई नमान्ने र आईजीपीले पनि एआईजीबाट असुरक्षित ठान्ने अवस्था सिर्जना भएको देखिन्छ । यस्तो अवस्थामा कसरी प्रहरी नेतृत्व पूर्ण आत्मविश्वासका साथ काम गर्नसक्छ ।
यस्तो अवस्थामा नेपाल प्रहरीको सर्कल दर्जाहरुको मनोबल कस्तो होला ? विचारणीय छ । यस्तो परिस्थिति आउन नदिन समयमै यसका कारणलाई सम्बोधन गर्नु जरुरी छ । जहाँ एउटै पदमा बर्षाै बस्ने अवस्थालाई सुधार्दै समयानुकुल परिवर्तन जरुरी छ । अब क्षेत्रीय प्रमुखबाट अझ भनौ अञ्चल प्रमुखबाट सिधै प्रहरी प्रमुख हुने परिस्थिती त्यो पनि एक डेढ वर्षे पदावधिको अवस्थामा सिर्जना नहोस् । किनकि सबल प्रहरी नेतृत्व त्यो संगठनको मात्रै होइन् सरोकारको विषय समग्र देशको सुरक्षासँग सरोकारको विषय हुँदा सबल प्रहरी नेतृत्वले सबै क्षेत्रमा उत्तिकै असर पार्दछ । तसर्थ, यो विषय सबैले उत्तिकै चाँसो र सरोकार राख्नुपर्ने विषय भइसकेको छ ।
लेखक नेपाल प्रहरीका पूर्व डीएसपी हुन् ।
dainiknepal

Continue Reading…

दोलखामा बस दुर्घटना, ३२ जना घाइते

दोलखा, १६ जेठ । दोलखामा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भिमेश्वर नगरपालिका–१० रामकोट स्थित भित्री सडकखण्डमा उखुबारीबाट चरिकोटतर्फ आउदै गरेको बा.५ ख १५५३ नम्वरको यात्रु बाहक बस आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ३२ जना घाइते भएका हुन् ।14
घाइतेहरुलाई उपचारको लागि चरिकोट स्थित सामुदायिक अस्पताल, च्छो रोल्पा जनरल अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।
घाइते मध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौँतर्फ पठाइएको छ । फरार बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
dainiknepal

Continue Reading…

प्रधानमन्त्री र अर्थ मन्त्रीले नीतिगत भ्रष्टाचार गरेको खुलासा, ‘चिटिङ’को भण्डाफोर गर्ने

काठमाडौं, १६ जेठ । दोस्रो ठूलो सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को बजेटमा प्रधानमन्त्री र अर्थमन्त्रीले चिटिङ गरेर आ–आफ्नो गृह जिल्लामा धेरै विकास योजना पारेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलले आ–आफ्नो गृह जिल्लामा धेरै विकासका कार्यक्रम राखेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउनुभएको हो ।
‘प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरेका छन्’, अध्यक्ष दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सोमबारदेखि सुरू हुने बजेटको छलफलमा एमालेले गरेको चिटिङको भण्डाफोर गर्नुपर्छ भनेर निर्देशन दिनुभएको छ ।’13
सरकारले ल्याएको बजेटमा अधिकांश कार्यक्रम र योजनाहरू माओवादी सरकारका पालामा सुरू गरेका कार्यक्रमहरूकै निरन्तरता रहेको बताउनुभएका दाहालले भन्नुभयो, ‘बजेटमा धेरै नयाँ कुरा छैनन्, केलाएर हेर्ने हो भने सबै कुरा माओवादीका पालामा आएका कार्यक्रम छन् ।’
अध्यक्ष दाहालले बजेटका छलफलमा एमालेले सत्तारुढ दलहरूलाई पाखा लगाएको विषयमा पनि सदनमा जानकारी गराउन दिर्नेशन दिनुभएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा र अर्थमन्त्री पौडेलको गृह जिल्ला रुपन्देहीमा अन्य जिल्लाको तुलनामा धेरै विकासका कार्यक्रम राखेको आरोप लगाएको छ ।
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कृषिमा आएका कार्यक्रम, कर्मचारीको तलव वृद्धि, तीन वटा अन्तराष्ट्रिय एयरपोर्ट बनाउने विषय सबै कार्यक्रम अत्यन्तै राम्रा रहेको बताए ।
‘बजेट समग्रमा राम्रो छ’, सांसद मोदीले भने, ‘लडाकुलाई दिने भनिएको पाँच लाख रकमका विषयमा हामीलाई मान्य छैन । पूरा दश लाख दिनुपर्छ । संसदमा जोडदार कुरा राख्ने छौँ ।’
माओवादी केन्द्रको संसदीय दलको बैठकमा एमालेले सत्तारुढ दलहरू विरुद्ध देखाएको क्रियाकलापको विरोध भएको स्रोतले जनाएको छ ।
dainiknepal

Continue Reading…

भारी बर्षापछि आएको बाढीमा परी आठ आठको मृत्यु

चीनको गुआङ्गदोङ्ग प्रान्तमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको स्थानीय सरकारले आइतबार जानकारी दिएको छ । दक्षिण र पूर्वी चीनमा गत हप्ता पनि भारी बर्षाले सताएको थियो ।
12
शनिबार जिआङमेन सहरको फेङ्गहुआङ्गसिआ क्षेत्रमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको हो । सो बाढीमा परेका ६ व्यक्तिको भने उद्धार गरिएको र पाँच जनाको शव शनिबार नै भेटिएको थियो ।
अन्य तीन व्यक्तिको शव आइतबार फेला परेपछि सो प्रकोपमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको बताइएको छ । रासस÷सिन्ह्वाnews24nepal

Continue Reading…

दिल्लीलाई ५ मिनेटमै निशाना बनाउने पाकिस्तानको योजना! पाकिस्तानी वैज्ञानिकले गरे डरलाग्दो खुलासा

काठमाडौं, १६ जेठ । पाकिस्तानले आफ्नो छिमेकी भारतलाई पाँच मिनेटमा निशाना बनाउन सक्षम रहेको दाबी गरेको छ ।
पाकिस्तानको परमाणु कार्यक्रम विज्ञ तथा वैज्ञानिक अब्दुल कादिर खानले पाकिस्तानले १९८४ मा नै परमाणु परीक्षण गर्ने तयारी गरेको र यसका लागि योजना पनि बनाएको बताउँदै तत्कालिन सैन्य शासक जनरल जिया–उल–हकले अनुमति नदिदा राकिएको जानकारी दिए ।
उनले त्यही बेला भारतलाई निशाना बनाउने योजना पनि बनेको खुलासा गर्दै अहिले पनि पाकिस्तान पाँच मिनेटभित्र दिल्लीमाथि परमाणु हमला गर्न सक्षम रहेको बताए ।11दिल्लीलाई ५ मिनेटमै निशाना बनाउने पाकिस्तानको योजना!
पाकिस्तानी वैज्ञानिकले गरे डरलाग्दो खुलासा

उनले परमाणु शक्ति हासिल गर्ने विश्वका देशहरुमध्ये पहिलो मुश्लीम देश पाकिस्तान बनेको भन्दै मेरो योगदानविना यो सम्भव थिएन् भनेका छन् । उनले भने– पाकिस्तान परमाणु ताकत हासिल गर्ने दुनियाँकै पहिलो मुश्लीम देश हो । एकदमै अप्ठेरो परिस्थितीमा हामीले यो ताकत हासिल गर्नमा सक्षम थियौं र हामीले गर्यौ ।’
पाकिस्तानले १९९८ मा पहिलो परमाणु परीक्षण गरेको थियो । यो परीक्षणको वर्षगाँठको एक सभालाई सम्बोधन गर्दै वैज्ञानिक कादिर खानले भारतबाट हस्तक्षेप भए आफूहरु दिल्लीलाई पाँच मिनेटमै निशाना बनाउन सक्षम रहेको बताएका हुन् ।
dainiknepal

Continue Reading…

यी हुन् दरबार हत्याकाण्डको हत्यारा पत्ता लगाउने ६ आधार

काठमाडाैं । ‘देवयानीको अवस्था अहिले अस्वस्थ छ । अत्यन्त कमजोर अवस्था छ । ऊ विश्राममा छ । म प्रयासचाहिँ गर्छु ।’
‘यहाँलाई थाहै छ, तीन दिनको समय आज सकिँदैछ । हामीले म्याद थपको रिक्वेस्ट गर्‍यौँ भने पनि धेरै समय उपलब्ध हुनेजस्तो लाग्दैन । यो स्थितिलाई अनुमान गरेर छिटोभन्दा छिटो जति सकिन्छ, देवयानीलाई यहाँ उपस्थित गराइदिन सक्नुभयो भने…।’
राजदरबार हत्याकाण्डको छानबिनका लागि गठित तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको उच्चस्तरीय समितिले तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिका देवयानी राणासँग बयान लिने प्रयासस्वरूप उनका बुबा पशुपतिशमशेर राणालाई अनुरोध गरिरहँदाको प्रसंग हो यो । देवयानी उपचारका लागि नयाँदिल्ली, भारत गइसकेकी थिइन्, त्यतिन्जेल । १९ जेठ ०५८ राती भएको दरबार हत्याकाण्डमा गोली चलाउने युवराज दीपेन्द्रसँग टेलिफोन सम्पर्कमा रहेकी देवयानी उच्चस्तरीय समितिसमक्ष बयान दिन त आइनन् । तर, समितिका तर्फबाट दिल्लीस्थित तत्कालीन नेपाली राजदूत भेषबहादुर थापाले देवयानीलाई दूतावासमै बोलाएर चिकित्सकको रोहवरमा प्रश्न सोधे र उनको संक्षिप्त उत्तर रेकर्ड गरेर पठाए । त्यसमा समितिले थप सोधपुछ गर्ने मौका पाएन । चार दिन म्याद थपिएपछि सातौँ दिन ३२ जेठ ०५९ मा समितिले प्रतिवेदन बुझाउनैपर्ने भयो, बुझायो । समितिलाई सहयोग गर्न खटिएका तत्कालीन न्यायपरिषद् सचिव काशीराज दाहाल भन्छन्, “भेटेजतिका तथ्य विवरण र सकेसम्मका धेरै जनाको बयान लिएर त्यसैका आधारमा प्रतिवेदन प्रस्तुत गरियो । तर, समयावधि नै समितिको कामको प्रमुख सीमा थियो ।”10यी हुन् दरबार हत्याकाण्डको हत्यारा पत्ता लगाउने ६ आधार

ठीक १५ वर्षअघिको यो एउटा यस्तो प्रसंग हो, तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायत १० जना राजपरिवार सदस्यको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्ने समितिले बेहोरेको सीमितताको । यस्ता अरू पनि प्रसंग छन्, जसले गर्दा समितिले कतिपय तथ्य विवरण संकलन गर्न सकेन । घटनासँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका कतिपय व्यक्तिहरूसँग पर्याप्त सोधपुछ गर्न सकेन । तत्कालीन समय र परिस्थितिका कारण समितिले सार्वजनिक गरेका तथ्य र अनुसन्धानको निष्कर्षमा समेत आमजनमानसले शंका गरिरहे ।
त्यति धेरै व्यक्तिको एक चिहान हुने घटनामा युवराज दीपेन्द्र एक्लैले गोली चलाएको, एकभन्दा धेरै प्रकृतिका बन्दुक र गोली प्रयोग भएको र अन्त्यमा दीपेन्द्रले आफँैमाथि गोली चलाएको जस्ता विवरणका पछाडि पर्याप्त आधार र कारण प्रस्तुत गर्न नसक्दा शंका गर्ने ठाउँ बनेकै थियो । त्यसमाथि मृतकका शवहरूको पोस्टमार्टम गरिएन । नारायणहिटी राजदरबार परिसरमा रहेको त्रिभुवन सदन, जहाँ उक्त घटना भएको थियो, नयाँ राजाका रूपमा उदाएका ज्ञानेन्द्र शाहले तत्कालै भत्काउन लगाए । अझ ज्ञानेन्द्र गद्दीनसिन भएपछि उनले संवैधानिक सीमा र लोकतान्त्रिक मूल्य–मान्यतालाई चुनौती दिँदै राज्यशक्तिमा प्रत्यक्ष हावी हुन खोजेपछि शंकामा थप मलजल गर्‍यो ।
के अब यस्ता शंकाको निवारण र जनचासोको सम्बोधन सम्भव छैन ? भरपर्दो अनुुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सकिने कुनै आधार छैनन् त ? अपराध अनुसन्धान, सुरक्षा मामिला, फौजदारी न्याय प्रणालीका जानकार, उक्त घटनाको अनुसन्धानमा खटिएका अधिकारी तथा तत्कालीन शाही नातेदारहरूसँगको अन्तर्वार्ताका आधारमा के निष्कर्षमा पुगिन्छ भने उक्त हत्याकाण्डको थप अनुसन्धान गरी अझै सत्यतथ्य पत्ता लगाउने आधारहरू छन्, जसबाट आमजनमानसमा रहेका आशंका मेटाउन सकिन्छ । र, जटिलभन्दा जटिल मानिएका आपराधिक घटनाहरूको सफल अनुसन्धान नेपाल प्रहरीले नै गरिसकेका कारण पनि दरबार हत्याकाण्डको रहस्यको गाँठो फुकाउन असम्भव छैन भन्ने कुरालाई थप बल दिन्छ ।
नेपाल प्रहरीले विगतमा वर्षौं पत्ता नलागेर रहस्यका गर्भमा रहेका घटनालाई सुल्झाएको छ (हेर्नूस् : बक्स) । त्यसैले दरबार हत्याकाण्डको अनुसन्धानलाई टुंगोमा पुर्‍याउन पनि प्रहरीलाई यस कामको जिम्मा लगाउन सकिन्छ । फेरि, विगतको उपाध्याय समितिले घटना विवरण र सूचनाहरूलाई एकत्रित गरेर दस्तावेज मात्र तयार गरेको थियो, प्रतिवेदनका रूपमा । समितिले घटनाको अनुसन्धान गरेको होइन । अनुसन्धानको पक्ष त बाँकी रहेको अवस्था छ अहिले पनि । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंह भन्छन्, “राज्यको इच्छाशक्ति भएमा अनुसन्धान नै गर्न नसकिने भन्ने केही छैन । नेपाल प्रहरीले नै यो काम गर्न सक्छ । अनुसन्धानका लागि पर्याप्त आधार र प्रमाणहरू अझै छन् ।”
यी हुन्, अनुसन्धानका ६ आधार
१. सुगम घटनास्थल
राजदरबार हत्याकाण्डको घटनास्थल टाढा छैन । यो मुलुकबाहिर भएको घटना पनि होइन । सरकारकै नियन्त्रणमा रहेको नारायणहिटी संग्रहालय (तत्कालीन राजदरबार)ले घटनाको अध्ययन गर्न धेरै आधार दिन्छ । अपराध अनुसन्धान विज्ञहरूका अनुसार, घटना भएपछि भत्काइएको त्रिभुवन सदनको नक्कली नमुना निर्माण पनि गर्न सकिन्छ ।
कतिपय रहस्यमय घटनामा घटनास्थल नै यकिन गर्न समस्या हुन्छ र ठूलो स्रोत, साधन र समय खर्च गर्नुपर्ने हुन्छ । घटनास्थलसम्बन्धी अस्पष्टताले अनुसन्धानको सुई कता घुमाउने भन्नेसमेत अन्योल सिर्जना गर्छ । तर, घटनास्थलको यकिन अवस्थितिले त्यही ठाउँमा कुन स्वरूपको भवन र अन्य संरचना, भौतिक पूर्वाधार, सजावटका सामग्रीहरू थिए भनेर जस्ताको तस्तै नमुना खडा गर्न सकिन्छ ।
नमुना भवनभित्र कुन समयमा राजदरबारका कोको सदस्य कहाँ, कुन अवस्थामा थिए भनेर पहिल्याउने आधारहरू पनि प्रशस्तै छन् । यसले कुन हतियार प्रयोग भयो, कति टाढा वा नजिकबाट प्रहार भयो भन्ने तथ्य स्थापित गर्न मद्दत गर्छ । तत्कालीन युवराज दीपेन्द्र एक्लैले हतियार चलाएको भनिएको छ र एकभन्दा बढी हतियार प्रयोग भएका तथ्य–विवरणहरू आयोगले नै संकलन गरेको छ । यस्ता विरोधाभासपूर्ण तथ्य र तिनको व्याख्यामा एकरूपता कायम गर्न घटनास्थलको नमुना विश्लेषणले मद्दत गर्ने अनुसन्धान विज्ञहरू बताउँछन् ।
अनुसन्धानलाई सत्यनजिक पुर्‍याउन सजिलो बनाउने घटनास्थलका तस्बिर, नक्सा र घटनापछि फेला परेका सरसामग्रीहरू पनि प्रशस्तै छन् । “सामान्यत: यस्ता घटनामा घटनास्थलको पहुँच र जानकारी नै पहिलो चुनौती हुने गर्छ,” नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्, “यस्ता राजनीतिक महत्त्वका र अन्तर्राष्ट्रिय आयामसमेत भएका घटनाहरूको बारदातस्थलसम्म पहुँच हुनु नै अनुसन्धानकर्ताका लागि ठूलो आधार हो । विदेशमा यस्तो घटना भएको भए त्यो ठाउँसम्म पहुँच दिने कि नदिने, हामीले स्वतन्त्र रूपमा अनुसन्धान गर्न पाउने कि नपाउने भन्नेसम्मका प्रश्न उठ्न सक्थे । यो घटनामा त्यस्तो समस्या छैन ।”
२. जीवित साक्षीहरू
यस घटनाका प्रत्यक्षदर्शीदेखि पहिलोपल्ट उद्धार गर्न पुग्नेमध्ये धेरैजसो मुलुकमै छन् । तिनमा पनि सबैजसो परिचित र परिभाषित भूमिकामा छन् । हत्याकाण्ड हुँदाका कतिपय घाइते, भोजमा सामेल व्यक्ति, त्यस ठाउँको सुरक्षा हेर्ने जिम्मेवार अधिकारी तथा सुरक्षा व्यवस्थापनमा खटिएका व्यक्तिहरू, व्यक्तिगत सुरक्षा अधिकृतहरू र राजदरबारका कामदार /कर्मचारी सहजै उपलब्ध हुन सक्ने अवस्था छ । त्यसैले यो घटनाको अनुसन्धानका लागि सबैभन्दा बलियो आधार र प्रमाण घटनास्थलका प्रत्यक्षदर्शी एवं जीवित साक्षी नै हुन् ।
उनीहरूको पुन: बयान लिने हो र तथ्यको अन्वेषण गर्ने हो भने सहजै निष्कर्षमा पुग्न सकिने फौजदारी न्यायप्रणालीका जानकारहरू बताउँछन् । तर, प्रतिवेदन बनाउने या विवरण संकलन गर्नमा सीमित नभई अनुसन्धान गरेर घटनाको सत्यतथ्य वा रहस्य उद्घाटित गर्नका लागि त्यस्तो प्रयास हुनुपर्छ । अनुसन्धान गर्ने उद्देश्यले धेरै न्यायिक आयोगमा रहेर काम गरेका पूर्वनायब महान्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी भन्छन्, “घटनाका प्रत्यक्षदर्शी एवं घटनाबाट प्रभावित व्यक्तिहरूका बयान नै यस्ता घटनाका महत्त्वपूर्ण प्रमाण हुन् । देखी जान्ने साक्षी नै उपलब्ध छन् भने घटनाको कारण र निष्कर्ष पत्ता लगाउन निकै सहज हुन्छ । र, न्यायिक प्रक्रियामा पनि सघाउ पुग्छ ।”
केही मुलुकबाहिर रहेका व्यक्तिहरूलाई पनि अनुसन्धानमा सघाउनका लागि झिकाउन सकिने कानुनी व्यवस्थाको अभाव छैन । अनुसन्धान अधिकारीले बोलाउँदा नआउनेलाई इन्टरपोल, कूटनीतिक माध्यम वा द्विदेशीय कानुनी सहायता सम्झौताका आधारमा पनि सोधपुछ तथा सूचना आदानप्रदान गर्न सकिन्छ । आधुनिक सूचना तथा सञ्चार प्रविधिका साधनमार्फत पनि सूचना संकलन गर्न नसकिने होइन । घटनालगत्तै गठन गरिएको न्यायिक जाँचबुझ आयोगले पनि घटनासँग नाम जोडिएकी देवयानी राणा नयाँदिल्ली, भारतमा हुँदा त्यहाँस्थित नेपाली राजदूतावासमा बोलाएरै सोधपुछ गरिएको थियो । भारतका लागि तत्कालीन नेपाली राजदूत भेषबहादुर थापा भन्छन्, “आयोगले जुन कुरा सोधिदिनू भनेर लिखित प्रश्नावली पठाएको थियो, त्यो जस्ताको तस्तै हामीले उहाँ (देवयानी)सामु राखिदिएका हौँ । उहाँ त्यतिखेर एकदमै सक्ड हुनुहुन्थ्यो । जेजति कुरा उहाँले भन्न सक्नुभयो, त्यो जस्ताको तस्तै टेप गरेर यता पठाइदिएका हौँ ।”
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केहीअघि बैंकक, थाइल्यान्डमा अपहृत नेपाली विद्यार्थीलाई त्यहीँ गएर उद्धार गरेको थियो भने रणबहादुर बमको हत्यामा सुटरको भूमिका खेलेका सञ्जय स्माइली मगरलाई साउदी अरबबाट झिकाएको थियो । नेपाल र भारतका प्रहरीबीच यस्ता घटनाको अनुसन्धानमा धेरैपटक सहकार्य भइसकेको छ । इन्टरपोल, शान्ति मिसनलगायतमा आबद्धताले पनि यस्ता घटनामा समन्वय र सहकार्य गर्न नेपाल प्रहरीलाई थप सहज बनाउन सक्छ । धेरै साक्षीहरू भने नेपालमै रहेकाले घटनाका पक्षहरूसँग सोधपुछै गर्न नपाउने वा कोही विदेशमा रहेका कारण अनुसन्धान नै अघि बढाउन नसक्ने अवस्था भने छैन । उपलब्ध व्यक्तिहरूले बोल्न नचाहेमा वा सही कुरा नगरेमा सत्य कुरा बकाउने प्रविधि पोलिग्राफी परीक्षासमेत गर्न सकिने प्रहरी अधिकारीहरू बताउँछन् ।
३. सुरक्षित मेडिकल रिपोर्ट
दरबार हत्याकाण्डका मृतकमध्ये कसैको पनि पोस्टमार्टम गरिएन । खास गरी तत्कालीन मुमाबडामहारानी (राजाकी आमा) रत्नराज्यलक्ष्मी देवी शाहले ‘जे हुनु भइहाल्यो, राजाको ज्यान चिर्न नदिने’ भनेर अडान लिएका कारण शवहरूको पोस्टमार्टम हुन सकेन । कतिपय त्यही कारण घटनाको गुह्य पत्ता लाग्न नसक्ने आधारका रूपमा प्रस्तुत गर्छन् । नेपाल प्रहरीका एक नायब महानिरीक्षक (डीआईजी) भन्छन्, “अपराध अनुसन्धानका लागि पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षण आदिको सहयोग लिन सकिन्छ तर पोस्टमार्टम रिपोर्ट छैन भन्दैमा कुनै पनि घटनाको अनुसन्धान नै हुन सक्दैन भन्ने तर्क औचित्यपूर्ण छैन ।” उनका अनुसार पोस्टमार्टम रिपोर्ट नै नभए पनि उत्तिकै बलियो प्रमाण र अनुसन्धानका लागि महत्त्वपूर्ण सुराक दिन सक्ने तथ्य मेडिकल रिपोर्ट हो ।
दरबार हत्याकाण्डका सबै घाइते तथा मृतकहरूको मेडिकल रिपोर्ट राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सुरक्षित छ, जुन अनुसन्धानको सिलसिलामा अख्तियारप्राप्त अधिकारीले झिकाएर अध्ययन गर्न सक्छ । अस्पताल प्रशासनलाई उद्धृत गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी ताराबहादुर कार्की भन्छन्, “अस्पताल आउने हरेक बिरामीको अभिलेख विवरण हुन्छ । र, त्यो गोप्य हुन्छ । अहिले भूकम्पका कारण भन्नेबित्तिकै फेला नपरे पनि खोज्न नै नसकिने हुँदैन ।” अपराध अनुसन्धानका विज्ञहरूका अनुसार घाउजाँचका आधारमा हतियारको प्रकृति, हतियार प्रहार भएको समय, एउटै हतियार र गोली प्रयोग भएन/नभएको, एउटै समयमा प्रहार भएको छ कि फरक–फरक समयमा भएको छ भन्ने खालका सूचनाहरू मेडिकल रिपोर्टले दिन सक्छ । खास गरी राजा वीरेन्द्रलाई सुरुमा गोली हानेर ढालियो, त्यसपछि युवराज दीपेन्द्र कोठाबाट बाहिर निस्किए र फर्केर फेरि गोली हान्न थालेको विवरण उपाध्याय समितिको प्रतिवेदनमा उल्लेख छ । पूर्वयुवराज पारस शाहलगायत केही प्रत्यक्षदर्शीका बयानका आधारमा उक्त आयोगले यो निकर्ष निकालेको थियो ।
त्यसै गरी घटनास्थलमा हतियारको संख्या, गोली र म्यागजिन विभिन्न थरीका पाइएका छन् । पारसले दीपेन्द्रसँग चारवटा हतियार रहेको देखेको बताएका छन् । ती सबै हतियार गोली हान्न प्रयोग भए कि भएनन्, कुन खालको गोली प्रयोग भयो, कस्तो घाउ बनाएको छ भन्ने आधारमा निक्र्योल गर्न सकिन्छ, जसमा मेडिकल रिपोर्ट एउटा आधार हुन सक्छ । घटनास्थलमा फेला परेका हतियार, गोली, म्यागजिन र गोलीका खोकाहरू संकलन गरी समितिले केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालामा परीक्षण गराएको छ । मेडिकल रिपोर्टका आधारमा घटनामा प्रयोग भएका गोली र हतियार यकिन गरी विज्ञान प्रयोगशालाको प्रतिवेदनसँग भिडाएर पनि पुन: अध्ययन गर्न सकिन्छ ।
४. फरक परिस्थिति
राजदरबार हत्याकाण्डको पहिलो छानबिन प्रतिवेदन तयार हुँदा प्रत्यक्षदर्शीहरूको मनोदशा स्थिर र सामान्य बन्न सकेको थिएन । धेरैले रुँदै बयान दिएका थिए । धेरैले स्वतन्त्र र ढुक्कसँग मुख खोल्न सकेका छैनन् । अधिराजकुमार ज्ञानेन्द्र शाह नयाँ राजाका रूपमा आएकाले उनको रवैया कस्तो हुने भन्ने आशंका धेरैका मनमा रहेको थियो, जुन कुरा उनीहरूका बयानबाट स्पष्ट हुन्छ । राजदरबार राज्यशक्तिको केन्द्र भएकाले कतिपयले भावी दिनमा आफ्नो स्थान के हुने हो भन्ने आशंकाका कारण पनि स्पष्ट
बयान दिन नसकेको तत्कालीन दरबार निकटस्थहरू बताउँछन् ।
त्यही घटनाका कारण राजा वीरेन्द्र र युवराज दीपेन्द्रका पाश्र्ववर्ती (एडीसी) क्रमश: सुन्दरप्रताप राना र गजेन्द्र बोहरा सैन्य सेवामै रहेनन् । अन्य सैन्य अधिकारी तथा घटनास्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले पनि ढुक्कसँग बयान दिन नसकेको कुरा बयानका क्रममा अकमकिएको, बोल्दाबोल्दै रोकिएको र धेरैजसो प्रश्नमा अनभिज्ञता वा जवाफ दिन असमर्थता प्रकट गरेबाट स्पष्ट हुन्छ । आज राजतन्त्र र राजसंस्था नै नरहेको अवस्थामा त्यतिखेर खुल्न र बोल्न नसकेका प्रत्यक्षदर्शी साक्षीहरू अहिले बोल्न सक्छन् । “तिनले बोल्न खोजेका भए पनि बोल्ने ठाउँ नपाएको हुन सक्छ,” नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका एक वरिष्ठ अधिकारी भन्छन्, “कतिपयले त्यतिखेरको पदीय भूमिका, जागिर वा व्यक्तिगत असुरक्षाका कारण पनि नबोलेको तर अहिलेको परिस्थितिमा सत्य कुरा बोल्न खोजेको पनि हुन सक्छ । बोल्न सक्ने वातावरण निर्माण गर्न पनि सकिन्छ ।”
५. अनुसन्धानको अवधि
तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा तत्कालीन प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल सम्मिलित अनुसन्धानका लागि उच्चस्तरीय समितिलाई सुरुमा तीन दिन म्याद दिइएको थियो । सुरुमा समितिमा बस्न सहमति जनाएका नेपालले भने भोलिपल्टै समितिबाट राजीनामा दिएका थिए । २५ जेठ ०५८ बाट काम सुरु गरेको उक्त समितिले प्रयोगशालामा जाँचका लागि पठाएका सामग्रीहरूको नतिजा प्राप्त हुन समय लाग्ने भनेकाले म्याद चार दिन थपिएको थियो ।
यस अवधिमा कतिपय प्रत्यक्षदर्शी तथा घाइतेहरू उपचाररत थिए भने कतिपय असुरक्षाका कारण सम्पर्कमा आउन मानिरहेका थिएनन् । कतिपय तथ्यहरूको संकलन, परीक्षण र पुन:परीक्षण गर्नै असम्भव भएको थियो । यति मात्र होइन, सोधिएका प्रश्नको जवाफ दिन असहज महसुस गरेकाहरूसँग दोहोर्‍याएर सोध्ने, विभिन्न उपाय लगाएर सत्य वक्न लगाउने र तथ्य जाँच गर्ने समय आयोगलाई थिएन । राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो र समयको दबाबका कारण पनि तत्कालीन अवस्थामा चाँडोभन्दा चाँडो औपचारिक रूपमा अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्नुपर्ने थियो, गरियो ।
जटिल मानिएका अपराध अनुसन्धानमा ख्याति कमाएका एक उच्च प्रहरी अधिकारी भन्छन्, “त्यो समितिले प्रतिवेदन लेख्ने हिसाबले मात्र सोधपुछ गर्‍यो । विवरणको अभिलेखीकर णसम्म गर्‍यो तर अनुसन्धानात्मक काम हुँदै भएन । त्यसले अनुसन्धानको मूल तत्त्व नै छाडेको छ ।” घटनासँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिएका र उत्प्रेरक ठानिएका व्यक्तिहरूसँग पर्याप्त सोधपुछ नगरिएको, घटनाको कारणबारे पर्याप्त नखोतलिएको र घटनाका कडीहरूलाई शृंखलाबद्ध र सघन रूपमा एकअर्कासँग तुलना र विश्लेषण गर्न नभ्याएको ती अधिकारीको भनाइ छ ।
६. समितिको प्रतिवेदन
तत्कालीन प्रधानन्यायाधीश उपाध्यायको अध्यक्षतामा गठित समितिले सात दिन लगाएर तयार पारेको प्रतिवेदनले घटनाका सम्बन्धमा धेरै तथ्य विवरणहरू संकलन गरेको छ । घटनासँग जोडिएका, सुरक्षा तथा अन्य जिम्मेवारीमा रहेका १ सय ८ जना व्यक्तिहरूसँग सोधपुछ गरेको छ । घटनास्थलमा फेला परेका वस्तुहरू संकलन गरी वैज्ञानिक परीक्षणका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, केन्द्रीय वैज्ञानिक प्रयोगशालामा पठाएको छ । प्रयोगशालाको नतिजा, हतियार तथा अन्य प्रमाण विशेषज्ञका प्रतिवेदन, चिकित्सकका प्रतिवेदन तथा बयानसमेत प्रतिवेदनमा राखिएका छन् । त्यतिखेर लिएका बयान र संकलन गरेका प्रमाणहरूको बीचमा देखिएका रिक्तता वा विरोधाभासलाई प्रतिवेदन अध्ययनबाटै ठम्याउन सकिन्छ ।
दीपेन्द्रले त्रिभुवन सदनको विलियार्ड कोठाबाट राती ८ बजेर १९ मिनेटमा मोवाइलबाट फोन गरी चुरोट ल्याउन भनेको उनका पाश्र्ववर्ती गजेन्द्र बोहराले समितिलाई बताएका छन् । (प्रतिवेदन, पृष्ठ : ६४) । बोहराले अर्दली रामकृष्ण केसीमार्फत शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई विलियार्ड कोठाको पूर्वढोकामा पठाएको केसी र बोहरा दुवैको बयानमा उल्लेख छ ।
तर, अर्दली केसीले दिएको चुरोट लिन भने पारस पुगेका थिए । दीपेन्द्रले टेलिफोनबाट मागेको चुरोट किन पारसलाई दिइयो त ? केसी भन्छन्, ‘मैले त्यो जाहेर गर्न मिल्दैन । म सरासर जान लागेको थिएँ, पारस सरकार हाँस्दै सवारी भयो । मैले हातमा लिएको थिएँ, टक्र्याएँ । अनि, पारस सरकारले लिएर सवारी भयो ।’ (प्रतिवेदन, पृष्ठ : ७३) । यहाँनिर पारसको भूमिकाबारेमा प्रतिवेदनले प्रस्ट पारेको छैन ।
घटना हुनुभन्दा केहीअघि मात्र देवयानीले शाही रक्षक विभागका सेनानी राजुकुमार कार्कीलाई फोन गरेकी छन्, जसको कल डिटेल उपलब्ध छ । देवयानीले ‘सरकारलाई अलि जाँड लागेजस्तो छ । अफिस गईकन एकचोटि हेर्नू’ भनेको र आफूले ‘म त ड् युटीमा हैन, म कसरी जान मिल्छ र ?’ भन्ने जवाफ फर्काएको बताएका छन्, कार्कीले । (प्रतिवेदन, पृष्ठ : ८८) ।
त्यसपछि दीपेन्द्रका पाश्र्ववर्तीलाई फोन गरी देवयानीले ‘सरकारको स्वर अलि लरबराएको छ । गाथमा आराम छैन कि ! एकचोटि खोपीमा गएर हेर्नुहुन्छ कि भनेर मैले रिक्वेस्ट गरेँ,’ भनेको बयान दिएकी छन् । (प्रतिवेदन, पृष्ठ : १७४) । देवयानी र दीपेन्द्रका बीचमा के कुरा भएको थियो ? किन देवयानीले पालैपालो दीपेन्द्र, कार्की र शाही रक्षक कार्यालयमा आत्तिँदै फोन गरेकी थिइन् ? आसन्न संकटका बारेमा दीपेन्द्रले कुनै संकेत गरेका थिए कि ? त्यसबारेमा पाश्र्ववर्ती तथा निजी सचिवहरूमध्ये कसैलाई सुनाएकी थिइन् कि ? यसतर्फ पर्याप्त अनुसन्धान हुन सकेको छैन ।
घटनास्थल मुचुल्का र प्रत्यक्षदर्शीहरूको प्रारम्भिक बयानका रूपमा समेत यसलाई उपयोग गरी कानुनी प्रणाली अनुरूप अनुसन्धान अगाडि बढाउन सकिने विज्ञहरू बताउँछन् । विदेशी लेखक तथा अनुसन्धाताहरूले यस घटनाका राजनीतिक र अन्तर्राष्ट्रिय आयामहरूलाई समेत उठाएका छन् । समितिको प्रतिवेदन यसतर्फ मौन भएकाले पनि विभिन्न आशंकालाई ठाउँ दिएको छ । सिवाकोटी भन्छन्, “अनुसन्धान गरिसकेपछि सबै आयामबाट हेरिनुपथ्र्यो । तथ्य र घटनाहरूको विश्लेषण गरिनुपथ्र्यो । ती कमीहरूलाई पूर्ति गर्ने गरी अनुसन्धान अझै गर्न नसकिने होइन ।”
nepalsandesh

Continue Reading…

बजेट बहसः तीन पूर्वमन्त्रीका तीन डाइलग

काठमाडौ, १६ जेठ ।

तलब बृद्धि र सामाजिक सुरक्षा भत्ता मात्रै वितरण हो, बाँकी आवश्यक थियोः पूर्व अर्थमन्त्री अधिकारी

पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीले कर्मचारीको तलब बृद्धि र सामाजिक सुरक्षा भत्ता बृद्धि बाहेक बजेटमा आएका सबै विषयहरु मुलुकको आवश्यकता भएको दावी गरेका छन ।

9
आईतवार राजधानीमा आयोजित साक्षात्कारमा उनले भुकम्पपछिको पुनःनिर्माण, संविधानको कार्यान्वयन, नाकाबन्दीले अर्थतन्त्रमा पारेको असर क मगर्ने र संविधानजारी भएपछि बढेको जनताको अपेक्षालाई संबोधन गर्ने क्रममा बजेटको आकार बढ्नु स्वभाविक भएको तर्क गर्दै बजेटलाई बाध्यात्मक समयको महत्वकांक्षीको संज्ञा दिए ।

दरबार हत्याकाण्ड कसले गरायो- यी ६ कुराबाट पत्ता लगाउन सकिन्छ

साक्षात्कारमा अधिकारीले भने,‘ बजेढमा करिब डेढ सय अर्व त भुकम्पपछिको पुनःनिर्माणमा छुट्टाईएको छ । त्यो अरु बर्ष पर्दैन थियो । संविधान कार्यान्वयनकोलागि पनि बजेट ब्यवस्था गर्नुपर्ने थियो । त्यसकारण ठूलो भएको हो ।’

उनले सरकारले जोखिम मोलेर बजेट ल्याएकोले कार्यान्वयनमा गंभिरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औल्याउँदै काम गर्दै गएपछि क्रमैसँग बाटो खुल्दै जाने दावी गरे ।
अधिकारीले बजेटले आकारसँगै कार्यान्वयनको योजनामा पनि ल्याएकोले कार्यान्वयन सम्भव रहेको दावी गर्दै सार्वजनिक खरिद ऐनलाई फास्टट्रयाकबाट पारित गर्ने, आयोजना निर्माणमा मन्त्री, सभासद, अधिकारी र ठेकेदारलाई जिम्मेवार बनाउने प्रधानमन्त्री कार्यालयमा आयोजनाहरुको कार्यान्वयनको अनुगमन गर्ने अलग्गै सेल राखे कार्यान्वयन हुने विश्वास ब्यक्त गरे ।

उनले पुनःनिर्माण, पूर्वाधार विकास, उर्जा विकास, कृषिको आधुनिकीकरण, सामाजिक सुरक्षा भत्ता बृद्धि, गाविसको रकम बृद्धि लगायतका विषयमा जोड सकारात्मक भएको उल्लेख गर्दै
अधिकारीले भने,‘राज्य लोककल्याणकारी भएकोले सबै विषय ठिक छन । सबै कुरा संविधानमा लेखेकै कुराहरु छन । संविधानमा लेखिएको शिक्षा, स्वास्थ्य लगायतका विषय हेर्ने हो भने अझै धेरै गर्नु पर्ने हुन्छ ।’
उनले संसद विकास कोषको रकम जिल्ला विकास समिति, नगरपालिका र गाँउ विकास समितिले पारित गरेको योजनामा लगाउनु पर्ने भएकोले त्यसको दुरुपयोगको सम्भावना नरहेको दावी गरे ।
बजेटको आकारले कार्यान्वयनमा चुनौति भएको पुजिगत खर्च हुन नसके अर्थतन्त्र अप्ठ्यारोमा पर्ने आशंका ब्यक्त गर्दै मुलुकको अर्थतन्त्र डुब्ने अवस्थामा रहेकोले सबै मिलेर बजेट कार्यान्वयन गर्नु पर्ने बताए ।
अधिकारीले भने,‘ बजेट कार्यान्वयन नभए देशको अर्थतन्त्र अप्ठ्यारोमा पर्छ । त्यसैले सबै दल मिलेर कार्यान्वयन गर्नु पर्छ । निजी क्षेत्रले खुसी छौ भनिरहेको बेला हामीले किन विरोध गर्ने ?’

बजेट कसैको ईच्छापत्र जस्तो भयो,यसले अर्थतन्त्रलाई नकारात्मक असर पार्छः डा. महत

नेपाली काग्रेसका नेता डा. प्रकाशशरण महतले बजेट ब्यवहारिक नभएकोले यो कार्यान्वयन हुन नसक्ने दावी गर्दै अर्थतन्त्रलाई संकटमा पर्ने चेतावनी दिए ।
उनले संसद विकास कोषको रकम , सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बृद्धिले अर्थतन्त्रमा प्रतिकुल असर पार्ने भए पनि अर्थमन्त्रीले त्यसमा ध्यान नदिएको आरोप लगाउँदै बजेट कसैको ईच्छापत्र मात्रै भएकोले यसले दिगो आर्थिक विकासको आधार खडा गर्न स्रोत जुटाउन नसक्ने ठोकुवा गरे ।

महतले भने,‘ सरकारले साधन स्रोत जुटाउन सक्दैन ।साधारण खर्चमै अधिकांश बजेट सकिन्छ जसले विकास खर्चमा रकम नै बाँकी रहँदैन । यसले नेपालको दिर्घकालिन आर्थिक विकासमा नकारात्कम असर पार्छ ।’
उनले राजनीतिक लक्ष्यका साथ आएको बजेटबाट आफूहरु सन्तुष्ट नभएको भन्दै कृषिमा दिएको अनुदान दुरुपयोग भएर उत्पादकत्व बृद्धि नहुने, ६.५ प्रतिसतको आर्थिक बृद्धिदर सम्भव नभएको, ७ प्रतिसतमा महंगी नियन्त्रण गर्नेकाम असम्भव रहेको र बजेटले महंगी बढाउने दावी गरे ।

महतले भने,‘ यो बजेटले मुल्य बृद्धि गराउँछ । सरकारले एउटा हातले दिएर अर्को हातले लिन खोजेको छ । भुकम्प पीडितलाई दुई लाख दिन नसकेको अवस्थामा तीन लाख दिन सम्भव छैन । १ खबै १० अबै आन्तरिक ऋण सम्भव छैन । बैदेशिक अनुदान दिनप्रतिदिन घट्दो छ । एनसेल र नेपाल आयल निगमले कर तिरेका कारण यसपटकको आन्तरिक राजस्व लक्ष्यको छेउमा आएको हो, पाँच खर्व बढी आन्तरिक राजस्व परिचालन सम्भव छैन ।’

उनले बजेट आउनु भन्दा पहिला नै बजेटको विषयहरु छताछुल्ल भएको प्रति असन्तुष्टी ब्यक्त गर्दै बजेटको गोपनीयता कायम राख्न नसकेको भन्दै आलोचना गरे ।

कार्यन्वयनमा चुनौतीः वर्षमान पुन

पूर्व अर्थमन्त्री वर्षमान पुनले मधेसको असन्तष्टी संबोधन हुन नसकेको र तत्काल खर्च गर्ने क्षमताको बृद्धि हुन नसक्ने भएकोले बजेट कार्यान्वयनमा चुनौति भएको स्पष्ट पार्दै बजेट सकारात्मक भएकोले यसलाई मिलेर कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।

उनले भने,‘मुलुक संघीयतमा गईसकेकोले यो आर्थिक एजेण्डामा केन्द्रीत बजेट हो । जनताको आकांक्षा र निजी क्षेत्रको चाहना बढेकोले यो सकारात्मक चुनौतिलाई मिलेर कार्यान्वयन गर्नु पर्छ । ’

पुनले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम टुङग्याउने, उत्पादकत्व बढाउने र सामाजिक सुरक्षा बजेटको प्राथमिकता भएको भन्दै ठूला आयोजनाहरु आफै निर्माण गर्ने संकल्प सकारात्मक भएको टिप्पणी गरे ।

उनले प्रत्येक प्रदेशमा मेडिकल कलेज, कृषि कलेज, जलविद्युत आयोजन, रंगशाला निर्माण गर्ने गरी ल्याइएको प्रदेश केन्द्रीत बजेट नेपालको हिसावमा आर्थिक डिपार्चर भएको भन्दै उर्जा विकासमा जनताको सहभागिता र तराई मधेसमा ६३ प्रतिसत पुजिगत खर्च गर्ने कुरा राम्रो भएको बताए ।

यद्यपि उनले अर्थमन्त्रीको जिल्लामा १२ वटा ठूला आयोजना र प्रधानमन्त्रीको क्षेत्रमा त्यो भन्दा बढी आयोजना बनाएर मध्य र सुदुरपश्चिममा कम आयोजना परेको विषय राजनीतिक भएकोले यसमा अर्थमन्त्रीले प्रष्ट पार्नु पर्ने धारणा राखे ।

पुनले पुर्ननिर्माणमा प्रयाप्त रकम विनियोजन भएपनि त्यसको खर्च गर्ने स्पष्ट आधार सहित विश्वास दिलाउन सक्नु पर्ने शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउने गरी बेपत्ता परिवारलाई राहतको कुरा नपरेकोप्रति भने असन्तुष्टी ब्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको कुराहरु नीति तथा कार्यक्रम र बजेटमा नपरेको प्रति टिप्पणी गर्दै उनले नेतृत्वले बोल्दा जहिले पनि यथार्थ धरातलमा आधारित रहेर बोल्नु पर्ने अन्यथा नेतृत्वप्रतिको विश्वासमा संकट पैदा गर्ने तर्फ सचेत गराए ।

उनले भने,‘जनता त्रिपालमा बसेका छन । चन्द्रमामा घर बनाउने सकुरा गर्नु हुँदैन । नेतृत्वले यथार्थमा रहेर सपना देख्नु पर्छ ।’
बजेटपछि सरकार परिवर्तनको विषयमा राखिएको जिज्ञासामा भने पुनले बजेट पारित भएपछि मात्रै यो विषयमा बोल्ने अहिले बोल्नु उपयूक्त नभएको बताए ।

पूर्व अर्थसचिव रामेश्वर खनालले दिगो रुपमा राजस्व बढ्छ भन्ने निश्चित नभई आन्तरिक राजस्व बढाउन खोजिएकोले ठूलो संकट ल्याउने सम्भावना औल्याउँदै बजेट ठूलो आधि आएको बेला जहाज बचाउने प्रयास जस्तो मात्रै भएको टिप्पणी गरे ।

उनले बजेटको कार्यक्रममा खोट लगाउने ठाँउ नभए पनि सामाजिक सुरक्षा भत्ता र तलब बृद्धिले समस्या पार्न सक्ने भन्दै बजेटले विपन्नको ज्यालाको सुरक्षा नगरी करदाताको करबाट बाच्नेको सुरक्षा मात्रै गर्न खोजेको तर्क गरे ।

उनले बजेट समग्रमा राम्रो भए पनि कार्यान्वयनमा चुनौति रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले कार्यान्वयनमा हिम्मत गर्नु पर्ने र जनता पनि सचेत हुनु पर्ने आवश्यकता औल्याए ।

खनालले यस्तै बजेट ल्याउँदा ग्रिस र भेनेजुएला संकटमा परेको उदाहरण प्रस्तुत गर्दै बजेट राम्रो भनेर तारिफ गर्न खोज्दा खोज्दै पनि केही विषयहरुले झस्काएको धारणा राखे । उनले विदेशी सहायता अआए र कुनै सम्पत्तिबाट पैसा आए रामै्र हुने भएपनि विनियोजित बजेट अपुग हुने आशंका ब्यक्तगरे ।

यद्यपि उनले तिब्र गतिको आर्थिक विकासकोलागि ठूला परियोजनाकोलागि बजेट आवश्यक रहेकोमा बजेटले त्यसको गरेको प्रति सन्तोष ब्यक्तगरे ।nepaliheadlines

Continue Reading…

‘पैसा पोको पारेर राख्ने होइन, विकास गर्न छर्ने हो’

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आव २०७३/७४को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गरेका छन् ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा (एमाले) संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देशको विकास, जनताको उत्थान र संविधानले कल्पना गरेको समाजवाद उन्मुख बजेट आएको छ ।’

जनताका विभिन्न समस्या सम्बोधन गर्दै नेपाललाई अघि बढाउने सन्दर्भमा बजेटले स्पष्ट नीति र दृष्टिकोणका साथ कार्यान्वयनको लक्ष्य लिएकाले दिल खोलेर समर्थन गर्न सबै राजनीतिक दललाई आह्वान गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले दलीय अवस्थाका कारण प्रतिपक्ष भएकाले असहमति राख्नैपर्यो भन्ने ढङ्गबाट मात्र टीक्काटिप्पणी हुँदै आएको उल्लेख गरे ।8

‘बजेट वितरणमुखी र ठूलो आकारको आयो भनी अमूर्त कुरा गरेर हुँदैन, कहाँ वितरणमुखी भयो, कहाँ छरियो भन्ने स्पष्ट धारणा आउन आवश्यक छ, प्रतिपक्षले कर्मचारीको तलब, सामाजिक सुरक्षाभत्ता नबढाउने अनि विद्युत् विकासका आयोजनालाई बजेट नछुट्याउने भनेको हो ?’, उनले प्रश्न गरे, ‘बजेट तलब, भत्ता, सडक, शिक्षा, स्थास्थ्य, कृषि क्षेत्रको विकासमा खर्च नगरेर नेपाल राष्ट्र बैंकमा रहेको पैसा अर्थ मन्त्रालयमा पोको पारेर राख्ने होइन, बाटोघाटो, पुल, औषधि, स्थास्थ र शिक्षाको विकासका लागि बजेट छरेकै हो ।’

मुलुकको विकासका लागि अत्यन्तै जिम्मेवारीका साथ सरकारले आगामी आवमा विभिन्न क्षेत्रका लागि बजेट विनियोजन गरेको बताउँदै उनले गत वर्षको तुलनामा यस आवमा चार प्रतिशतले बजेटको आकार कम रहेको जानकारी दिए ।

बजेटका सिद्धान्त र प्राथमिकताले देशलाई विकास र समृद्धिमा अब अघि बढाउन कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश विकास कसरी हुन्छ, कसरी गर्नुपर्दोरहेछ भन्ने कुरा बजेट कार्यान्वयनबाट देखाइनेछ ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिपक्षलाई बजेट मन नपरेर होइन, सरकारले बढी लोकप्रियता प्राप्त गर्ने चिन्ताले आलोचनाका लागि मात्र टिप्पणी गरेको धारणा व्यक्त गरे ।

‘मोटाएको होइन, सुनिएको बजेट आएको छ भन्ने प्रतिपक्षको आलोचना सुनिसकेपछि बजेट ठीक बनाएछु भन्ने लागेको छ’, उनले भने, ‘बजेटमा सङ्घीय संरचनाको निर्माण, स्थानीय निकायको निर्वाचन, कृषि र ऊर्जा क्षेत्रको विकासमा प्रशस्त ध्यान दिइएको छ ।’

सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले प्रस्तुत गरेको बजेट एकदमै राम्रो छ भन्ने जनमत भएकाले सबै सांसदलाई बजेटका पक्षमा दृढतापूर्वक उभिन तथा कुनै संशोधन नहाल्न निर्देश गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले अल्पविकसितको बिल्ला अब नेपालले धेरै भिर्न हुन्न भनेर आर्थिक वृद्धिदर ६.५० बाट बढाउँदै लैजानुपर्छ भनेर बजेट विनियोजनमा कृषिलगायत उत्पादन क्षेत्रका लागि ध्यान पुर्याइएको हो भने ।

सांसदले दिएको सुझावका आधारमा बजेट विनियोजन भएकाले बजेटको आकार ठूलो भयो भन्ने कुरा ठीक होइन भन्दै उहाँले राजस्वले धान्ने तथा साख बढाउने हिसाबले तय भएकाले संसद्भित्र सांसद र बाहिर आफूहरुले प्रतिवाद गर्ने जानकारी दिए ।
annapurnapost

Continue Reading…

अन्ततः कांग्रेससँग मिले बाबुराम ! (विज्ञप्तिसहित)

काठमाडौं, १६ जेठ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको यही जेठ १९ गते हुन गइरहेको निर्वाचनमा डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल निकट निजामती ट्रेड युनियन नेपालले कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ)लाई समर्थन गरेको छ ।
आइतबार निजामती ट्रेड युनियन नेपालका अध्यक्ष शोभाकान्त नेपाल र निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष सुवोधकुमार देवकोटाले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावमा युनियन (संघ)लाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।7
चुनावको तयारी अन्तिम चरणमा पुगेका बेला दुई संगठनबीचको चुनावी एकताले नेपाल निजामती कर्मचारी युनियन(संघ)को पल्ला भारी भएको युनियन(संघ) ट्रेड युनियन निर्वाचन परिचालन समिति सदस्य विश्ववन्धु रेग्मीले जानकारी दिए ।
नेपालको निजामती सेवाको इतिहासमा पहिलो पटक जेठ १९ गते चुनाव हुन लागेको हो । चुनावले निजामती कर्मचारीहरुको पेशागत मर्यादा, कर्मचारी एकता, सेवा सर्त, वृत्ति विकास एवं सेवा सुरक्षा लगायतका यावत विषयमा सुधार गर्ने अपेक्षा गरिएको छ ।
युनियन नेपाल र युनियन (संघ)द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘आम नागरिकहरुप्रति राष्ट्र सेवक कर्मचारीहले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिका निष्पक्ष र तटस्थ गराउन आधिकारिक ट्रेड युनियनको निर्वाचन विधि सम्मत, अनुशासित र समझदारीपूर्ण ढंगले सौहार्दपूर्ण वातावरणमा चुनावी अभियानमा भई नेपाल निजामती कर्मचारी युनियन (संघ)लाई पहिलो स्थानमा विजयी गराउन अपिल गर्दछौं ।’
dainiknepal

Continue Reading…

नेपाल प्रहरीको इन्सपेक्टर पदमा भर्ना खुल्यो

काठमाडौं, १६ जेठ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा भर्ना खुलेको छ ।
प्रहरी प्रधान कार्यालय नक्साल अन्तर्गतको मानवश्रोत विकास विभाग तथा भर्ना छनौट समितिले इन्सपेक्टर पदमा ८६ जनाका लागि आवेदन मागेको हो ।6
योग्यता पुगेका नागरिकले असार १७ गतेसम्म दरखास्त दिनसक्ने प्रहरीले जनाएको छ ।
थप जानकारीका लागि नेपाल पुलिसको आधिकारिक वेवसाइट मा सम्पर्क राख्न सकिनेछ ।
dainiknepal

Continue Reading…

‘देश विकास कसरी हुन्छ, कसरी गर्नुपर्छ भन्ने कुरा बजेट कार्यान्वयनबाट देखाउँछौं’

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आर्थिक वर्ष २०७३/७४ को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गरेका छन् ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने- देशको विकास, जनताको उत्थान र संविधानले कल्पना गरेको समाजवाद उन्मुख बजेट आएको छ ।’
जनताका विभिन्न समस्या सम्बोधन गर्दै नेपाललाई अघि बढाउने सन्दर्भमा बजेटले स्पष्ट नीति र दृष्टिकोणका साथ कार्यान्वयनको लक्ष्य लिएकाले दिल खोलेर समर्थन गर्न सबै राजनीतिक दललाई आह्वान गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले दलीय अवस्थाका कारण प्रतिपक्ष भएकाले असहमति राख्नैपर्यो भन्ने ढङ्गबाट मात्र टीक्काटिप्पणी हुँदै आएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने —‘बजेट वितरणमुखी र ठूलो आकारको आयो भनी अमूर्त कुरा गरेर हुँदैन, कहाँ वितरणमुखी भयो, कहाँ छरियो भन्ने स्पष्ट धारणा आउन आवश्यक छ, प्रतिपक्षले कर्मचारीको तलब, सामाजिक सुरक्षाभत्ता नबढाउने अनि विद्युत् विकासका आयोजनालाई बजेट नछुट्याउने भनेको हो ?’ बजेट वितरणमुखी भयो भन्न प्रतिपक्षकोे आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले भने- ‘बजेट तलब, भत्ता, सडक, शिक्षा, स्थास्थ्य, कृषि क्षेत्रको विकासमा खर्च नगरेर नेपाल राष्ट्र बैंकमा रहेको पैसा अर्थ मन्त्रालयमा पोको पारेर राख्ने होइन, बाटोघाटो, पुल, औषधि, स्थास्थ र शिक्षाको विकासका लागि बजेट छरेकै हो ।’5
मुलुकको विकासका लागि अत्यन्तै जिम्मेवारीका साथ सरकारले आगामी आवमा विभिन्न क्षेत्रका लागि बजेट विनियोजन गरेको बताउँदै उनले गत वर्षको तुलनामा यस आवमा चार प्रतिशतले बजेटको आकार कम रहेको जानकारी दिए । बजेटका सिद्धान्त र प्राथमिकताले देशलाई विकास र समृद्धिमा अब अघि बढाउन कुनै कसर बाँकी नराखेको बताउँदै प्रधानमन्त्री ओलीले भने-‘देश विकास कसरी हुन्छ, कसरी गर्नुपर्दोरहेछ भन्ने कुरा बजेट कार्यान्वयनबाट देखाइनेछ ।’
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिपक्षलाई बजेट मन नपरेर होइन, सरकारले बढी लोकप्रियता प्राप्त गर्ने चिन्ताले आलोचनाका लागि मात्र टिप्पणी गरेको धारणा व्यक्त गरे । पौडेलले भने—‘मोटाएको होइन, सुनिएको बजेट आएको छ भन्ने प्रतिपक्षको आलोचना सुनिसकेपछि बजेट ठीक बनाएछु भन्ने लागेको छ, बजेटमा सङ्घीय संरचनाको निर्माण, स्थानीय निकायको निर्वाचन, कृषि र ऊर्जा क्षेत्रको विकासमा प्रशस्त ध्यान दिइएको छ ।’
सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले प्रस्तुत गरेको बजेट एकदमै राम्रो छ भन्ने जनमत भएकाले सबै सांसदलाई बजेटका पक्षमा दृढतापूर्वक उभिन तथा कुनै संशोधन नहाल्न निर्देश गरे ।
सरकारको नीति तथा कार्यक्रमका राम्रा कुरालाई लिएर मुलुकभरि अभियान चलाउन सकिएमा निकै राम्रो सन्देश प्रवाह हुने बताउँदै उनले सत्तामा पुगेपछि ठीक ढङ्गले बुझ्ने र त्यही अनुरुप अघि बढ्न हिचकिचाउने रोगलाई अन्त्य गर्न आवश्यक रहेको धारणा राखे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले अल्पविकसितको बिल्ला अब नेपालले धेरै भिर्न हुन्न भनेर आर्थिक वृद्धिदर ६.५० बाट बढाउँदै लैजानुपर्छ भनेर बजेट विनियोजनमा कृषिलगायत उत्पादन क्षेत्रका लागि ध्यान पु¥याइएको हो भने । सांसदले दिएको सुझावका आधारमा बजेट विनियोजन भएकाले बजेटको आकार ठूलो भयो भन्ने कुरा ठीक होइन भन्दै उनले राजस्वले धान्ने तथा साख बढाउने हिसाबले तय भएकाले संसद्भित्र सांसद र बाहिर आफूहरुले प्रतिवाद गर्ने जानकारी दिए ।
आयोगका सदस्य डा. सुमित्रा अमात्यले प्रतिपक्षले विरोधका लागि मात्र विरोध गरेकाले बजेटलाई मुलुकभर बौद्धिक बहसमा लैजान सुझाव दिए । बैठकमा केही सांसदले भने प्रधानमन्त्रीको गृह जिल्ला झापा र अर्थमन्त्रीको गृह जिल्ला रुपन्देहीका धेरै आयोजनाका लागि बजेट विनियोजन भएको टिप्पणी गगरे । रासस
dainiknepal

Continue Reading…

प्रचण्डलाई ईश्वर पोखरेलको कडा जवाफ- यो सरकार सदनको आयु रहुन्जेल रहन्छ

काठमाडौं, १६ जेठ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको सरकारलाई ०७४ साल माघ ७ गतेसम्म कसैले पनि ढाल्न नसक्ने दाबी गर्नुभएको छ ।
सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटपछि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने एमालेसँग आन्तरिक सम्झौता भएको बताइरहेका बेला पोखरेलले यस्तो दाबी गरेका हुन् ।hunchha
‘यो सदनको आयु ०७४ साल माघ ७ गतेसम्म छ,’ युवा संघ नेपालले आठौँ महाधिवेशनबाट निर्वाचित प्रेस चौतारीका पदाधिकारी तथा सदस्यहरुलाई सम्मानका लागि आयोजना गरेको कार्यक्रममा पोखरेलले भने, ‘एक जना नेताले सरकारको आयु बजेट ल्याउन्जेलसम्मका लागि मात्र हो भन्दै हिड्नु भएको छ रे, म उहाँलाई भन्न चाहन्छु । यो सरकार सदनको आयु रहुन्जेल रहन्छ ।’ उनको त्यो संकेत प्रचण्डप्रति लक्षित थियो ।
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेलाई कमजोर बनाउँन आधा दर्जन बढी जालो विछ्याउँने प्रयास भएको भन्दै त्यस्ता जालो तोड्दै अघि बढ्ने चेतावनी पनि दिए ।
त्यसैगरी उनले संविधानको पक्षपोषण गर्नुपर्ने, राष्ट्रिय स्वाभिमानको पक्षपोषण गर्नुपर्ने, परालम्बनलाई हटाएर स्वाबलम्वनलाई उच्चो बनाउनुपर्ने जस्ता मिशन एमाले र एमालेलाई मायाँ गर्ने नेता–कार्यकर्ताको काँधमा रहेको पनि बताए ।
उनले पत्रकारहरुलाई एमालेको विवादका बारेमा स्पष्ट बुझेर मात्र कलम चलाउँन आग्रह गरे । ‘खोरबाट बाख्रा खोल्दा भोकाएका बाख्राले जे पायो त्यहि खाए जस्तो नगर्नुहोला,’ उनले भने, ‘कार्यक्रममा भए बेग्लै कुरा होइन भने पार्टीको बारेमा बुझ्न मलाई फोन गर्नुहोला म मुखमा एउटा पेटमा एउटा नराखी जानकारी दिन्छु । फोन उठाइन भने एसएमएस पठाउनु होला, म पछि पनि जानकारी दिन्छु ।’
कार्यक्रममा बोल्दै युवा संघका अध्यक्ष राजीव पहारीले प्रेस चौतारी र युवा संघको सम्वन्ध नङ र मासुको जस्तो रहेको बताए । उनले आगामी दिनमा युवा संघले सहकार्य गरेर अघि बढ्न चाहेको पनि बताए ।
युवा संघका प्रचार विभाग प्रमुख प्रभातविक्रम कट्वालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै चौतारी अध्यक्ष गणेश बस्नेतले आफुले कसैलाई पनि हेला–होचो नगरी अघि बढ्ने दाबी गरे ।
युवा संघले त्यति कार्यक्रमममा चौतारीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि ५१ हजार हस्तान्तरण गरेको थियो ।
dainiknepal

Continue Reading…

दरबार हत्याकाण्ड कसले गरायो- यी ६ कुराबाट पत्ता लगाउन सकिन्छ

काठमाडौं ।

‘देवयानीको अवस्था अहिले अस्वस्थ छ । अत्यन्त कमजोर अवस्था छ । ऊ विश्राममा छ । म प्रयासचाहिँ गर्छु ।’
‘यहाँलाई थाहै छ, तीन दिनको समय आज सकिँदैछ । हामीले म्याद थपको रिक्वेस्ट गर्‍यौँ भने पनि धेरै समय उपलब्ध हुनेजस्तो लाग्दैन । यो स्थितिलाई अनुमान गरेर छिटोभन्दा छिटो जति सकिन्छ, देवयानीलाई यहाँ उपस्थित गराइदिन सक्नुभयो भने…।’

दरबार हत्याकाण्डका १४ वर्षः कसले गरेको थियो विरेन्द्रको वंश विनास ?

राजदरबार हत्याकाण्डको छानबिनका लागि गठित तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको उच्चस्तरीय समितिले तत्कालीन युवराज दीपेन्द्र शाहकी प्रेमिका देवयानी राणासँग बयान लिने प्रयासस्वरूप उनका बुबा पशुपतिशमशेर राणालाई अनुरोध गरिरहँदाको प्रसंग हो यो ।hateaa

देवयानी उपचारका लागि नयाँदिल्ली, भारत गइसकेकी थिइन्, त्यतिन्जेल । १९ जेठ ०५८ राती भएको दरबार हत्याकाण्डमा गोली चलाउने युवराज दीपेन्द्रसँग टेलिफोन सम्पर्कमा रहेकी देवयानी उच्चस्तरीय समितिसमक्ष बयान दिन त आइनन् । तर, समितिका तर्फबाट दिल्लीस्थित तत्कालीन नेपाली राजदूत भेषबहादुर थापाले देवयानीलाई दूतावासमै बोलाएर चिकित्सकको रोहवरमा प्रश्न सोधे र उनको संक्षिप्त उत्तर रेकर्ड गरेर पठाए । त्यसमा समितिले थप सोधपुछ गर्ने मौका पाएन । चार दिन म्याद थपिएपछि सातौँ दिन ३२ जेठ ०५९ मा समितिले प्रतिवेदन बुझाउनैपर्ने भयो, बुझायो । समितिलाई सहयोग गर्न खटिएका तत्कालीन न्यायपरिषद् सचिव काशीराज दाहाल भन्छन्, “भेटेजतिका तथ्य विवरण र सकेसम्मका धेरै जनाको बयान लिएर त्यसैका आधारमा प्रतिवेदन प्रस्तुत गरियो । तर, समयावधि नै समितिको कामको प्रमुख सीमा थियो ।”

दरबार हत्याकाण्डबारे सर्वाधिक मनपराइएको दस्तावेज (डा. बाबुराम भट्टराइको लेख समेत)

ठीक १५ वर्षअघिको यो एउटा यस्तो प्रसंग हो, तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिलगायत १० जना राजपरिवार सदस्यको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्ने समितिले बेहोरेको सीमितताको । यस्ता अरू पनि प्रसंग छन्, जसले गर्दा समितिले कतिपय तथ्य विवरण संकलन गर्न सकेन । घटनासँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका कतिपय व्यक्तिहरूसँग पर्याप्त सोधपुछ गर्न सकेन । तत्कालीन समय र परिस्थितिका कारण समितिले सार्वजनिक गरेका तथ्य र अनुसन्धानको निष्कर्षमा समेत आमजनमानसले शंका गरिरहे ।
त्यति धेरै व्यक्तिको एक चिहान हुने घटनामा युवराज दीपेन्द्र एक्लैले गोली चलाएको, एकभन्दा धेरै प्रकृतिका बन्दुक र गोली प्रयोग भएको र अन्त्यमा दीपेन्द्रले आफँैमाथि गोली चलाएको जस्ता विवरणका पछाडि पर्याप्त आधार र कारण प्रस्तुत गर्न नसक्दा शंका गर्ने ठाउँ बनेकै थियो । त्यसमाथि मृतकका शवहरूको पोस्टमार्टम गरिएन । नारायणहिटी राजदरबार परिसरमा रहेको त्रिभुवन सदन, जहाँ उक्त घटना भएको थियो, नयाँ राजाका रूपमा उदाएका ज्ञानेन्द्र शाहले तत्कालै भत्काउन लगाए । अझ ज्ञानेन्द्र गद्दीनसिन भएपछि उनले संवैधानिक सीमा र लोकतान्त्रिक मूल्य–मान्यतालाई चुनौती दिँदै राज्यशक्तिमा प्रत्यक्ष हावी हुन खोजेपछि शंकामा थप मलजल गर्‍यो ।

के अब यस्ता शंकाको निवारण र जनचासोको सम्बोधन सम्भव छैन ? भरपर्दो अनुुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सकिने कुनै आधार छैनन् त ? अपराध अनुसन्धान, सुरक्षा मामिला, फौजदारी न्याय प्रणालीका जानकार, उक्त घटनाको अनुसन्धानमा खटिएका अधिकारी तथा तत्कालीन शाही नातेदारहरूसँगको अन्तर्वार्ताका आधारमा के निष्कर्षमा पुगिन्छ भने उक्त हत्याकाण्डको थप अनुसन्धान गरी अझै सत्यतथ्य पत्ता लगाउने आधारहरू छन्, जसबाट आमजनमानसमा रहेका आशंका मेटाउन सकिन्छ । र, जटिलभन्दा जटिल मानिएका आपराधिक घटनाहरूको सफल अनुसन्धान नेपाल प्रहरीले नै गरिसकेका कारण पनि दरबार हत्याकाण्डको रहस्यको गाँठो फुकाउन असम्भव छैन भन्ने कुरालाई थप बल दिन्छ ।
नेपाल प्रहरीले विगतमा वर्षौं पत्ता नलागेर रहस्यका गर्भमा रहेका घटनालाई सुल्झाएको छ (हेर्नूस् : बक्स) । त्यसैले दरबार हत्याकाण्डको अनुसन्धानलाई टुंगोमा पुर्‍याउन पनि प्रहरीलाई यस कामको जिम्मा लगाउन सकिन्छ । फेरि, विगतको उपाध्याय समितिले घटना विवरण र सूचनाहरूलाई एकत्रित गरेर दस्तावेज मात्र तयार गरेको थियो, प्रतिवेदनका रूपमा । समितिले घटनाको अनुसन्धान गरेको होइन । अनुसन्धानको पक्ष त बाँकी रहेको अवस्था छ अहिले पनि । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंह भन्छन्, “राज्यको इच्छाशक्ति भएमा अनुसन्धान नै गर्न नसकिने भन्ने केही छैन । नेपाल प्रहरीले नै यो काम गर्न सक्छ । अनुसन्धानका लागि पर्याप्त आधार र प्रमाणहरू अझै छन् ।”

यी हुन्, अनुसन्धानका ६ आधार

१. सुगम घटनास्थल
राजदरबार हत्याकाण्डको घटनास्थल टाढा छैन । यो मुलुकबाहिर भएको घटना पनि होइन । सरकारकै नियन्त्रणमा रहेको नारायणहिटी संग्रहालय (तत्कालीन राजदरबार)ले घटनाको अध्ययन गर्न धेरै आधार दिन्छ । अपराध अनुसन्धान विज्ञहरूका अनुसार, घटना भएपछि भत्काइएको त्रिभुवन सदनको नक्कली नमुना निर्माण पनि गर्न सकिन्छ ।

कतिपय रहस्यमय घटनामा घटनास्थल नै यकिन गर्न समस्या हुन्छ र ठूलो स्रोत, साधन र समय खर्च गर्नुपर्ने हुन्छ । घटनास्थलसम्बन्धी अस्पष्टताले अनुसन्धानको सुई कता घुमाउने भन्नेसमेत अन्योल सिर्जना गर्छ । तर, घटनास्थलको यकिन अवस्थितिले त्यही ठाउँमा कुन स्वरूपको भवन र अन्य संरचना, भौतिक पूर्वाधार, सजावटका सामग्रीहरू थिए भनेर जस्ताको तस्तै नमुना खडा गर्न सकिन्छ ।

नमुना भवनभित्र कुन समयमा राजदरबारका कोको सदस्य कहाँ, कुन अवस्थामा थिए भनेर पहिल्याउने आधारहरू पनि प्रशस्तै छन् । यसले कुन हतियार प्रयोग भयो, कति टाढा वा नजिकबाट प्रहार भयो भन्ने तथ्य स्थापित गर्न मद्दत गर्छ । तत्कालीन युवराज दीपेन्द्र एक्लैले हतियार चलाएको भनिएको छ र एकभन्दा बढी हतियार प्रयोग भएका तथ्य–विवरणहरू आयोगले नै संकलन गरेको छ । यस्ता विरोधाभासपूर्ण तथ्य र तिनको व्याख्यामा एकरूपता कायम गर्न घटनास्थलको नमुना विश्लेषणले मद्दत गर्ने अनुसन्धान विज्ञहरू बताउँछन् ।

अनुसन्धानलाई सत्यनजिक पुर्‍याउन सजिलो बनाउने घटनास्थलका तस्बिर, नक्सा र घटनापछि फेला परेका सरसामग्रीहरू पनि प्रशस्तै छन् । “सामान्यत: यस्ता घटनामा घटनास्थलको पहुँच र जानकारी नै पहिलो चुनौती हुने गर्छ,” नेपाल प्रहरीका एक उच्च अधिकारी भन्छन्, “यस्ता राजनीतिक महत्त्वका र अन्तर्राष्ट्रिय आयामसमेत भएका घटनाहरूको बारदातस्थलसम्म पहुँच हुनु नै अनुसन्धानकर्ताका लागि ठूलो आधार हो । विदेशमा यस्तो घटना भएको भए त्यो ठाउँसम्म पहुँच दिने कि नदिने, हामीले स्वतन्त्र रूपमा अनुसन्धान गर्न पाउने कि नपाउने भन्नेसम्मका प्रश्न उठ्न सक्थे । यो घटनामा त्यस्तो समस्या छैन ।”

२. जीवित साक्षीहरू
यस घटनाका प्रत्यक्षदर्शीदेखि पहिलोपल्ट उद्धार गर्न पुग्नेमध्ये धेरैजसो मुलुकमै छन् । तिनमा पनि सबैजसो परिचित र परिभाषित भूमिकामा छन् । हत्याकाण्ड हुँदाका कतिपय घाइते, भोजमा सामेल व्यक्ति, त्यस ठाउँको सुरक्षा हेर्ने जिम्मेवार अधिकारी तथा सुरक्षा व्यवस्थापनमा खटिएका व्यक्तिहरू, व्यक्तिगत सुरक्षा अधिकृतहरू र राजदरबारका कामदार /कर्मचारी सहजै उपलब्ध हुन सक्ने अवस्था छ । त्यसैले यो घटनाको अनुसन्धानका लागि सबैभन्दा बलियो आधार र प्रमाण घटनास्थलका प्रत्यक्षदर्शी एवं जीवित साक्षी नै हुन् ।

उनीहरूको पुन: बयान लिने हो र तथ्यको अन्वेषण गर्ने हो भने सहजै निष्कर्षमा पुग्न सकिने फौजदारी न्यायप्रणालीका जानकारहरू बताउँछन् । तर, प्रतिवेदन बनाउने या विवरण संकलन गर्नमा सीमित नभई अनुसन्धान गरेर घटनाको सत्यतथ्य वा रहस्य उद्घाटित गर्नका लागि त्यस्तो प्रयास हुनुपर्छ । अनुसन्धान गर्ने उद्देश्यले धेरै न्यायिक आयोगमा रहेर काम गरेका पूर्वनायब महान्यायाधिवक्ता ठोकप्रसाद सिवाकोटी भन्छन्, “घटनाका प्रत्यक्षदर्शी एवं घटनाबाट प्रभावित व्यक्तिहरूका बयान नै यस्ता घटनाका महत्त्वपूर्ण प्रमाण हुन् । देखी जान्ने साक्षी नै उपलब्ध छन् भने घटनाको कारण र निष्कर्ष पत्ता लगाउन निकै सहज हुन्छ । र, न्यायिक प्रक्रियामा पनि सघाउ पुग्छ ।”

केही मुलुकबाहिर रहेका व्यक्तिहरूलाई पनि अनुसन्धानमा सघाउनका लागि झिकाउन सकिने कानुनी व्यवस्थाको अभाव छैन । अनुसन्धान अधिकारीले बोलाउँदा नआउनेलाई इन्टरपोल, कूटनीतिक माध्यम वा द्विदेशीय कानुनी सहायता सम्झौताका आधारमा पनि सोधपुछ तथा सूचना आदानप्रदान गर्न सकिन्छ । आधुनिक सूचना तथा सञ्चार प्रविधिका साधनमार्फत पनि सूचना संकलन गर्न नसकिने होइन । घटनालगत्तै गठन गरिएको न्यायिक जाँचबुझ आयोगले पनि घटनासँग नाम जोडिएकी देवयानी राणा नयाँदिल्ली, भारतमा हुँदा त्यहाँस्थित नेपाली राजदूतावासमा बोलाएरै सोधपुछ गरिएको थियो । भारतका लागि तत्कालीन नेपाली राजदूत भेषबहादुर थापा भन्छन्, “आयोगले जुन कुरा सोधिदिनू भनेर लिखित प्रश्नावली पठाएको थियो, त्यो जस्ताको तस्तै हामीले उहाँ (देवयानी)सामु राखिदिएका हौँ । उहाँ त्यतिखेर एकदमै सक्ड हुनुहुन्थ्यो । जेजति कुरा उहाँले भन्न सक्नुभयो, त्यो जस्ताको तस्तै टेप गरेर यता पठाइदिएका हौँ ।”

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केहीअघि बैंकक, थाइल्यान्डमा अपहृत नेपाली विद्यार्थीलाई त्यहीँ गएर उद्धार गरेको थियो भने रणबहादुर बमको हत्यामा सुटरको भूमिका खेलेका सञ्जय स्माइली मगरलाई साउदी अरबबाट झिकाएको थियो । नेपाल र भारतका प्रहरीबीच यस्ता घटनाको अनुसन्धानमा धेरैपटक सहकार्य भइसकेको छ । इन्टरपोल, शान्ति मिसनलगायतमा आबद्धताले पनि यस्ता घटनामा समन्वय र सहकार्य गर्न नेपाल प्रहरीलाई थप सहज बनाउन सक्छ । धेरै साक्षीहरू भने नेपालमै रहेकाले घटनाका पक्षहरूसँग सोधपुछै गर्न नपाउने वा कोही विदेशमा रहेका कारण अनुसन्धान नै अघि बढाउन नसक्ने अवस्था भने छैन । उपलब्ध व्यक्तिहरूले बोल्न नचाहेमा वा सही कुरा नगरेमा सत्य कुरा बकाउने प्रविधि पोलिग्राफी परीक्षासमेत गर्न सकिने प्रहरी अधिकारीहरू बताउँछन् ।

३. सुरक्षित मेडिकल रिपोर्ट
दरबार हत्याकाण्डका मृतकमध्ये कसैको पनि पोस्टमार्टम गरिएन । खास गरी तत्कालीन मुमाबडामहारानी (राजाकी आमा) रत्नराज्यलक्ष्मी देवी शाहले ‘जे हुनु भइहाल्यो, राजाको ज्यान चिर्न नदिने’ भनेर अडान लिएका कारण शवहरूको पोस्टमार्टम हुन सकेन । कतिपय त्यही कारण घटनाको गुह्य पत्ता लाग्न नसक्ने आधारका रूपमा प्रस्तुत गर्छन् । नेपाल प्रहरीका एक नायब महानिरीक्षक (डीआईजी) भन्छन्, “अपराध अनुसन्धानका लागि पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षण आदिको सहयोग लिन सकिन्छ तर पोस्टमार्टम रिपोर्ट छैन भन्दैमा कुनै पनि घटनाको अनुसन्धान नै हुन सक्दैन भन्ने तर्क औचित्यपूर्ण छैन ।” उनका अनुसार पोस्टमार्टम रिपोर्ट नै नभए पनि उत्तिकै बलियो प्रमाण र अनुसन्धानका लागि महत्त्वपूर्ण सुराक दिन सक्ने तथ्य मेडिकल रिपोर्ट हो ।

दरबार हत्याकाण्डका सबै घाइते तथा मृतकहरूको मेडिकल रिपोर्ट राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सुरक्षित छ, जुन अनुसन्धानको सिलसिलामा अख्तियारप्राप्त अधिकारीले झिकाएर अध्ययन गर्न सक्छ । अस्पताल प्रशासनलाई उद्धृत गर्दै नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी ताराबहादुर कार्की भन्छन्, “अस्पताल आउने हरेक बिरामीको अभिलेख विवरण हुन्छ । र, त्यो गोप्य हुन्छ । अहिले भूकम्पका कारण भन्नेबित्तिकै फेला नपरे पनि खोज्न नै नसकिने हुँदैन ।” अपराध अनुसन्धानका विज्ञहरूका अनुसार घाउजाँचका आधारमा हतियारको प्रकृति, हतियार प्रहार भएको समय, एउटै हतियार र गोली प्रयोग भएन/नभएको, एउटै समयमा प्रहार भएको छ कि फरक–फरक समयमा भएको छ भन्ने खालका सूचनाहरू मेडिकल रिपोर्टले दिन सक्छ । खास गरी राजा वीरेन्द्रलाई सुरुमा गोली हानेर ढालियो, त्यसपछि युवराज दीपेन्द्र कोठाबाट बाहिर निस्किए र फर्केर फेरि गोली हान्न थालेको विवरण उपाध्याय समितिको प्रतिवेदनमा उल्लेख छ । पूर्वयुवराज पारस शाहलगायत केही प्रत्यक्षदर्शीका बयानका आधारमा उक्त आयोगले यो निकर्ष निकालेको थियो ।

त्यसै गरी घटनास्थलमा हतियारको संख्या, गोली र म्यागजिन विभिन्न थरीका पाइएका छन् । पारसले दीपेन्द्रसँग चारवटा हतियार रहेको देखेको बताएका छन् । ती सबै हतियार गोली हान्न प्रयोग भए कि भएनन्, कुन खालको गोली प्रयोग भयो, कस्तो घाउ बनाएको छ भन्ने आधारमा निक्र्योल गर्न सकिन्छ, जसमा मेडिकल रिपोर्ट एउटा आधार हुन सक्छ । घटनास्थलमा फेला परेका हतियार, गोली, म्यागजिन र गोलीका खोकाहरू संकलन गरी समितिले केन्द्रीय प्रहरी वैज्ञानिक प्रयोगशालामा परीक्षण गराएको छ । मेडिकल रिपोर्टका आधारमा घटनामा प्रयोग भएका गोली र हतियार यकिन गरी विज्ञान प्रयोगशालाको प्रतिवेदनसँग भिडाएर पनि पुन: अध्ययन गर्न सकिन्छ ।

४. फरक परिस्थिति
राजदरबार हत्याकाण्डको पहिलो छानबिन प्रतिवेदन तयार हुँदा प्रत्यक्षदर्शीहरूको मनोदशा स्थिर र सामान्य बन्न सकेको थिएन । धेरैले रुँदै बयान दिएका थिए । धेरैले स्वतन्त्र र ढुक्कसँग मुख खोल्न सकेका छैनन् । अधिराजकुमार ज्ञानेन्द्र शाह नयाँ राजाका रूपमा आएकाले उनको रवैया कस्तो हुने भन्ने आशंका धेरैका मनमा रहेको थियो, जुन कुरा उनीहरूका बयानबाट स्पष्ट हुन्छ । राजदरबार राज्यशक्तिको केन्द्र भएकाले कतिपयले भावी दिनमा आफ्नो स्थान के हुने हो भन्ने आशंकाका कारण पनि स्पष्ट बयान दिन नसकेको तत्कालीन दरबार निकटस्थहरू बताउँछन् ।

त्यही घटनाका कारण राजा वीरेन्द्र र युवराज दीपेन्द्रका पाश्र्ववर्ती (एडीसी) क्रमश: सुन्दरप्रताप राना र गजेन्द्र बोहरा सैन्य सेवामै रहेनन् । अन्य सैन्य अधिकारी तथा घटनास्थलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले पनि ढुक्कसँग बयान दिन नसकेको कुरा बयानका क्रममा अकमकिएको, बोल्दाबोल्दै रोकिएको र धेरैजसो प्रश्नमा अनभिज्ञता वा जवाफ दिन असमर्थता प्रकट गरेबाट स्पष्ट हुन्छ । आज राजतन्त्र र राजसंस्था नै नरहेको अवस्थामा त्यतिखेर खुल्न र बोल्न नसकेका प्रत्यक्षदर्शी साक्षीहरू अहिले बोल्न सक्छन् । “तिनले बोल्न खोजेका भए पनि बोल्ने ठाउँ नपाएको हुन सक्छ,” नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका एक वरिष्ठ अधिकारी भन्छन्, “कतिपयले त्यतिखेरको पदीय भूमिका, जागिर वा व्यक्तिगत असुरक्षाका कारण पनि नबोलेको तर अहिलेको परिस्थितिमा सत्य कुरा बोल्न खोजेको पनि हुन सक्छ । बोल्न सक्ने वातावरण निर्माण गर्न पनि सकिन्छ ।”

५. अनुसन्धानको अवधि
तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा तत्कालीन प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल सम्मिलित अनुसन्धानका लागि उच्चस्तरीय समितिलाई सुरुमा तीन दिन म्याद दिइएको थियो । सुरुमा समितिमा बस्न सहमति जनाएका नेपालले भने भोलिपल्टै समितिबाट राजीनामा दिएका थिए । २५ जेठ ०५८ बाट काम सुरु गरेको उक्त समितिले प्रयोगशालामा जाँचका लागि पठाएका सामग्रीहरूको नतिजा प्राप्त हुन समय लाग्ने भनेकाले म्याद चार दिन थपिएको थियो ।

यस अवधिमा कतिपय प्रत्यक्षदर्शी तथा घाइतेहरू उपचाररत थिए भने कतिपय असुरक्षाका कारण सम्पर्कमा आउन मानिरहेका थिएनन् । कतिपय तथ्यहरूको संकलन, परीक्षण र पुन:परीक्षण गर्नै असम्भव भएको थियो । यति मात्र होइन, सोधिएका प्रश्नको जवाफ दिन असहज महसुस गरेकाहरूसँग दोहोर्‍याएर सोध्ने, विभिन्न उपाय लगाएर सत्य वक्न लगाउने र तथ्य जाँच गर्ने समय आयोगलाई थिएन । राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो र समयको दबाबका कारण पनि तत्कालीन अवस्थामा चाँडोभन्दा चाँडो औपचारिक रूपमा अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्नुपर्ने थियो, गरियो ।

जटिल मानिएका अपराध अनुसन्धानमा ख्याति कमाएका एक उच्च प्रहरी अधिकारी भन्छन्, “त्यो समितिले प्रतिवेदन लेख्ने हिसाबले मात्र सोधपुछ गर्‍यो । विवरणको अभिलेखीकर णसम्म गर्‍यो तर अनुसन्धानात्मक काम हुँदै भएन । त्यसले अनुसन्धानको मूल तत्त्व नै छाडेको छ ।” घटनासँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिएका र उत्प्रेरक ठानिएका व्यक्तिहरूसँग पर्याप्त सोधपुछ नगरिएको, घटनाको कारणबारे पर्याप्त नखोतलिएको र घटनाका कडीहरूलाई शृंखलाबद्ध र सघन रूपमा एकअर्कासँग तुलना र विश्लेषण गर्न नभ्याएको ती अधिकारीको भनाइ छ ।

६. समितिको प्रतिवेदन
तत्कालीन प्रधानन्यायाधीश उपाध्यायको अध्यक्षतामा गठित समितिले सात दिन लगाएर तयार पारेको प्रतिवेदनले घटनाका सम्बन्धमा धेरै तथ्य विवरणहरू संकलन गरेको छ । घटनासँग जोडिएका, सुरक्षा तथा अन्य जिम्मेवारीमा रहेका १ सय ८ जना व्यक्तिहरूसँग सोधपुछ गरेको छ । घटनास्थलमा फेला परेका वस्तुहरू संकलन गरी वैज्ञानिक परीक्षणका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, केन्द्रीय वैज्ञानिक प्रयोगशालामा पठाएको छ । प्रयोगशालाको नतिजा, हतियार तथा अन्य प्रमाण विशेषज्ञका प्रतिवेदन, चिकित्सकका प्रतिवेदन तथा बयानसमेत प्रतिवेदनमा राखिएका छन् । त्यतिखेर लिएका बयान र संकलन गरेका प्रमाणहरूको बीचमा देखिएका रिक्तता वा विरोधाभासलाई प्रतिवेदन अध्ययनबाटै ठम्याउन सकिन्छ ।

दीपेन्द्रले त्रिभुवन सदनको विलियार्ड कोठाबाट राती ८ बजेर १९ मिनेटमा मोवाइलबाट फोन गरी चुरोट ल्याउन भनेको उनका पाश्र्ववर्ती गजेन्द्र बोहराले समितिलाई बताएका छन् । (प्रतिवेदन, पृष्ठ : ६४) । बोहराले अर्दली रामकृष्ण केसीमार्फत शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई विलियार्ड कोठाको पूर्वढोकामा पठाएको केसी र बोहरा दुवैको बयानमा उल्लेख छ ।

तर, अर्दली केसीले दिएको चुरोट लिन भने पारस पुगेका थिए । दीपेन्द्रले टेलिफोनबाट मागेको चुरोट किन पारसलाई दिइयो त ? केसी भन्छन्, ‘मैले त्यो जाहेर गर्न मिल्दैन । म सरासर जान लागेको थिएँ, पारस सरकार हाँस्दै सवारी भयो । मैले हातमा लिएको थिएँ, टक्र्याएँ । अनि, पारस सरकारले लिएर सवारी भयो ।’ (प्रतिवेदन, पृष्ठ : ७३) । यहाँनिर पारसको भूमिकाबारेमा प्रतिवेदनले प्रस्ट पारेको छैन ।
घटना हुनुभन्दा केहीअघि मात्र देवयानीले शाही रक्षक विभागका सेनानी राजुकुमार कार्कीलाई फोन गरेकी छन्, जसको कल डिटेल उपलब्ध छ । देवयानीले ‘सरकारलाई अलि जाँड लागेजस्तो छ । अफिस गईकन एकचोटि हेर्नू’ भनेको र आफूले ‘म त ड् युटीमा हैन, म कसरी जान मिल्छ र ?’ भन्ने जवाफ फर्काएको बताएका छन्, कार्कीले । (प्रतिवेदन, पृष्ठ : ८८) ।

त्यसपछि दीपेन्द्रका पाश्र्ववर्तीलाई फोन गरी देवयानीले ‘सरकारको स्वर अलि लरबराएको छ । गाथमा आराम छैन कि ! एकचोटि खोपीमा गएर हेर्नुहुन्छ कि भनेर मैले रिक्वेस्ट गरेँ,’ भनेको बयान दिएकी छन् । (प्रतिवेदन, पृष्ठ : १७४) । देवयानी र दीपेन्द्रका बीचमा के कुरा भएको थियो ? किन देवयानीले पालैपालो दीपेन्द्र, कार्की र शाही रक्षक कार्यालयमा आत्तिँदै फोन गरेकी थिइन् ? आसन्न संकटका बारेमा दीपेन्द्रले कुनै संकेत गरेका थिए कि ? त्यसबारेमा पाश्र्ववर्ती तथा निजी सचिवहरूमध्ये कसैलाई सुनाएकी थिइन् कि ? यसतर्फ पर्याप्त अनुसन्धान हुन सकेको छैन ।

घटनास्थल मुचुल्का र प्रत्यक्षदर्शीहरूको प्रारम्भिक बयानका रूपमा समेत यसलाई उपयोग गरी कानुनी प्रणाली अनुरूप अनुसन्धान अगाडि बढाउन सकिने विज्ञहरू बताउँछन् । विदेशी लेखक तथा अनुसन्धाताहरूले यस घटनाका राजनीतिक र अन्तर्राष्ट्रिय आयामहरूलाई समेत उठाएका छन् । समितिको प्रतिवेदन यसतर्फ मौन भएकाले पनि विभिन्न आशंकालाई ठाउँ दिएको छ । सिवाकोटी भन्छन्, “अनुसन्धान गरिसकेपछि सबै आयामबाट हेरिनुपथ्र्यो । तथ्य र घटनाहरूको विश्लेषण गरिनुपथ्र्यो । ती कमीहरूलाई पूर्ति गर्ने गरी अनुसन्धान अझै गर्न नसकिने होइन ।”

‘पत्यारिलो निष्कर्ष सार्वजनिक गर्नुपर्छ ।’
– कर्णबहादुर थापा, क्याम्पस प्रमुख, नेपाल ल क्याम्पस
राज्यले चाहेमा गर्न नसक्ने केही छैन । राज्यका ठूलो ओहोदाका व्यक्ति भएर मात्र होइन, धेरै जनाको एकै ठाउँमा हत्या भएर मात्र पनि होइन, त्यत्रो सुरक्षा घेराभित्र बसेकाहरू पनि क्षणभरमै मारिन्छन् र त्यसका बारेमा जनमानसमा विभिन्न शंका–उपशंका कायम रहनु न्यायपूर्ण समाजका लागि सुहाउँदो विषय हुँदैन । त्यसमाथि नेपालको राजनीतिक इतिहास नै हेरफेर गर्ने खालको घटना भएका कारण पनि यसको सही र पत्यारिलो निष्कर्ष सार्वजनिक गर्नुपर्छ । घटना पुरानो भयो, जनचासो कम हुँदै गयो भन्ने आधारमा यसको पुन: छानबिनलाई आवश्यक नठान्ने हो भने समाजमा जस्तासुकै घटना पनि ढाकछोप हुन सक्छ भन्ने सन्देश पुस्ता दरपुस्तासम्म जान सक्छ । अन्तत: त्यो विधिको शासन र सामाजिक शान्तिका लागि पनि हितकर हुँदैन । यो घटना भएलगत्तै गठन गरिएको उच्चस्तरीय छानबिन समितिले पनि प्रशस्त तथ्य र विवरण संकलन गरेको छ । त्यसैका आधारमा पनि थप अनुसन्धान गरी निष्कर्षमा पुग्न सकिन्छ । यस्ता घटनामा अनुसन्धानका लागि राज्यको कुनै सीमा हुँदैन, केवल चाहने कि नचाहने भन्ने कुरा मात्र हो । फेरि, अनुसन्धानबाट कसैलाई दण्डित गर्ने, कठघरामा उभ्याइहाल्नेभन्दा पनि त्यति ठूलो घटना नारायणहिटी राजदरबारको पर्खालभित्र, कडा सरक्षा घेराभित्र भयो । त्यसको यथार्थ तथ्य, कारण र निष्कर्ष जान्न पाउनु आमजनताको अधिकारको कुरा पनि हो यो ।

नेपाल म्यागजिनमा प्रकाशित रामबहादुर रावलको रिपोर्ट साभार गरिएको- सम्पादकnepaliheadlines

Continue Reading…

Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog