Sunday, May 29, 2016

बहिनी मनिषाको निधनमा फुटबलर विमलले मुख खोले – यो हत्या नै हो

काठमाडौं, १६ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आफ्नी बहिनी मनिषा घर्तीले आत्महत्या गर्नै नसक्ने बताएका छन् ।
बहिनीको निधनको खबर पाएर बेल्जियमबाट फर्किने क्रममा कतारमा आफ्ना नजिकका फ्यान एलिस खड्कासँग आफ्नो बहिनीको स्वभाव शेयर गर्दै उनले बहिनीको हत्या नै भएको दाबी गरेका हुन् ।mukh
विमलसँग कतारको एयरपोर्टमा सेल्फी खिच्दै एलिस खड्का
विमलसँग कतारको एयरपोर्टमा सेल्फी खिच्दै एलिस खड्का
पैसाको अभावमा बहिनीलाई नर्स पठाउन नसकेका विमलको गुनासो सुनाउँदै एलिसले भने- ‘बिमल भाइको बहिनीलाई नर्स बनाउने इच्छा रहेछ । तर, पैसाकै अभावले गर्दा पढाउन नसकेको कुरा गर्यो । बहिनीको हत्या नै भएको हो भन्ने उसलाई लागेको छ । आत्महत्या त मेरो बहिनीले गर्नै सक्दिँन भन्थ्यो ।’
शुक्रबार बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेका विमलले सोही दिन बहिनीको अन्त्येष्टि गरेका थिए । मनिषाको मृत्यु भएको चार दिनभइसक्दा पनि अझै कारण खुल्न सकेको छैन् । .
(बहिनीको मृत्युको खबर सुनेर बेल्जियबाट फर्किने क्रममा विमलसँग कतारमा ८ घण्टा विताएका एलिस खड्कासँगको कुराकानीमा आधारित । जो शोकमा रहेका विमलसँग सेल्फी खिचेर विवादमा तानिए ।)
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog