Thursday, June 16, 2016

नातिनीको एल्बम सार्वजनिक गर्दै प्रचण्डले भने- मेरो ह्याट्रिक भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नातिनी स्मीता दाहाल असाध्यै रुने बच्ची रहेको स्मरण गराएका छन् ।
स्मिताको तेस्रो एल्बम रागिनीको विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले स्मरण गरे, ‘म भुमिगत कालमा बुटवलमा हुँदा स्मीता ६ महिना जतिकी थिइन्, बुवाले लिएर भेट्न आउनुपर्ने त्यो तीन घन्टाको बाटोमा रोएर हैरान पारेकी थिइन् रे, धेरै रुनेको स्वर खुल्छ भनिन्थ्यो त्यसैले उनी गायिका हुने त्यो लक्षण थियो भन्ने लाग्छ अहिले ।’renu
स्मिताका तीन वटै एल्बमको विमोचन आफुले गरेको सम्झिँदै उनले भने, ‘मेरो ह्याट्रिक भयो ।’ लगन मिहेनतलाई निरन्तरता दिएर स्मिता अघि बढे उज्वल भविष्य रहेको बताएका प्रचण्डले नातिनीलाई सुझाव दिए, ‘साधनामा कमि नहोस् ।’
गीतकार यादव खरेल, संगीतकार दिपक जंगम, गायक दिप श्रेष्ठलगायतको उपस्थितिमा प्रचण्डले भने, ‘यस्ता दिग्गज व्यक्तित्वको अगाडी स्मिताको गायन अगाडी आएको छ, उनले आशिर्वाद लिन सक्नुपर्छ ।’ स्मिताको पहिलो एल्मब स्मिता, दोस्रो स्मिता-२ हुँदै तेस्रो रागिनी बजारमा आएको सन्दर्भमा प्रचण्डले भने, ‘साधना विना कुनै काम पनि पुरा हुँदैन, गायनका लागि वंशानुगत गुणपनि चाहिन्छ । म गीतको पारखी पनि हुँ । कतिपय कलाकारहरुको फ्यान अझै छु ।’
योगेन्द्रमणि दाहालको शव्द, केदार मास्केको संगीत रहेको एल्बमको एउटा गीतको म्युजिक भिडियो पनि प्रचण्डले हेरेका थिए । ‘मैले यो मञ्चबाट स्मितालाई आशिर्वाद दिनु भनेको नाटकीय लाग्न सक्छ, मेरो सँधैभरी उनलाई आशिर्वाद छँदै छ ।’, प्रचण्डले भने, ‘अझ राम्रोसँग अगाडी बढ्न सकुन् ।’

कार्यक्रममा स्मितालाई शुभकामना दिन हजुरआमा सीता दाहाल, आमा गंगा दाहाल, बाबु जीवन आचार्य, मामा प्रकाश दाहाल, माइजु विना मगरलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री आनन्द पोखरेलको पनि उपस्थिति थियो ।
dainiknepal

Continue Reading…

पूर्वरानी रत्न शाह अस्पताल भर्ना, राजपरिवारका सबै सदस्य नर्भिकमा

पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह शारीरिक अस्वस्थताका कारण अस्पताल भर्ना भएकी छिन्। नर्भिक अस्पतालमा रत्नलाई बिहीबार विहान भर्ना गरिएको हो।
आन्द्रामा समस्या देखिएपछि उनलाई भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। नर्भिक अस्पतालमा रत्नलाई बेडमा राखेर उपचार थालिएको नर्भिकले जनाएको छ।bhara
‘आन्द्रामा केही समस्या आएपछि उहाँलाई भर्ना गरिएको हो,’ नर्भिक स्रोतले भन्यो। रत्नको स्वास्थ्य अवस्था सामान्य रहेको पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले सेतोपाटीलाई बताए।
डा. मधु घिमिरेले रत्नको स्वास्थ्य परीक्षण गरिरहेका छन्। तत्कालका लागि इन्डोस्कोपी, कोलोनोस्कोपी गर्नुपर्ने भएपछि उक्त उपचार थालिएको नर्भिकले जनाएको छ।
नर्भिकमा पुर्याउँदा राजपरिवारका प्रायः सदस्य उपस्थित थिए। पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, पूर्व युवराज्ञी हिमानीलगायतले रत्नलाई लिएर गएका थिए। हिमानी रत्नको रेखदेखमा छिन्। पूर्वयुवराज पारस शाह पनि रत्नलाई भेट्न जाँदैछन्। राजपरिवारका प्राय: सबै सदस्य अहिले नर्भिकमा रहेको पाठकले जानकारी दिए।
setopati

Continue Reading…

धुर्मुस-सुन्तलीलाई सांसद रबिन्द्र अधिकारीले एक महिनाको तलब दिने

काठमाडौं, २ असार । युवा सभासद एवं व्यवस्थापिका संसदको विकास समिति सदस्य रबिन्द्र अधिकारीले धुर्मुस सुन्तलीलाई एक महिनाको पारीश्रमीक सहयोग गर्ने घोषणा गरेका छन् ।
सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुले उत्कृष्ट काम गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन् । भूकम्प पीडित जनताको मुहारमा खुशि ल्याउने प्रयास स्वरुप भइरहेको काममा सहयोग गर्नु जनप्रतिनिधिको कर्तव्य रहेको उनको भनाई छ ।durmus
राम्रो कामको कदर स्वरुप आफुले पाउने एक महिनाको पारीश्रमीक (करीब ५० हजार रुपैँया) छिट्टै नै धुर्मुस सुन्तलीलाई प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् । देश विदेशबाट सहयोगी हातहरु जुट्दै गर्दा जनताबाट चुनिएको प्रतिनिधि भएको नाताले चुप लागेर बस्न मन सकिएन र यो घोषणा गरेको उनले स्पष्ट गरेका छन् ।
सभासद् अधिकारीले कुरा भन्दा काम गरेर देखाउन कटिबद्ध हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले कलाकारको तागतलाई उपयोग गरेर उदाहरणीय काममा लागेको भन्दै उनीहरुको प्रशंसा समेत गरेका छन् ।
धुर्मुस सुन्तलीले गरिरहेको कामले पुनर्निर्माणको कामलाई पनि गति लिन बाध्य गराउने उनको भनाई छ ।
dainiknepal

Continue Reading…

विश्व बजारमा गरिखान सक्ने क्षमतावान जनशक्ति उत्पादन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका जीवनोपयोगी सन्देशलाई घर घरमा पुर्याउन आग्रह गर्नुभएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको सातौँ विश्वविद्यालय सभामा आज सो विश्वविद्यालयका कुलपतिसमेतका रहनु भएका प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै बुद्ध दर्शनका उपयोगी शिक्षालाई सिङ्गो समाज परिचालन हुने गरी प्राज्ञिक कार्यक्रम ल्याउन जोड दिनु भयो ।pardann
उहाँले विश्व बजारमा गरिखान सक्ने क्षमतावान र गुणवान जनशक्ति उत्पादनमा ध्यान दिन पनि निर्देशन दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका लागि आवश्यक भौतिक पूर्वाधारको सहयोगमा सरकार पछि नपर्ने विश्वास दिलाउनुभयो ।
उपकुलपति प्रा डा नरेशमान बज्राचार्यले विश्वविद्यालयको गुरुयोजना बमोजिम भौतिक पूर्वाधार र शैक्षिक कार्यक्रममा सरकारबाट थप सहयोगको अपेक्षा राख्नुभयो ।
बैठकले रजिष्टार तिलकराम आचार्यद्धारा आगामी आर्थिक वर्ष ०७३-७४ का लागि अनुमानित रु ३३ करोड ७७ लाख ७१ हजार सात सय ६८ बराबरको बजेट पारित गरेको छ । रासस
dainiknepal

Continue Reading…

शिक्षिकाले आफ्नो हट सेल्फी खिचेर विद्यार्थीलाई पठाएपछि…

बिहीबार, २ असार
एजेन्सी । एक निजी विद्यालयमा पढाउने शिक्षिकाले आफ्नो विद्यार्थीलाई भुलबस हट सेल्फी पठाएपछि उनले त्यसले ती विद्यार्थीलाई फकाउन अनेक उपाय अबलम्बन गर्नुपरेको छ ।bhayo
लण्डनकी ती शिक्षिकाले आफ्नो ब्वाईफ्रेण्ड र विद्यार्थीको नाम एउटै परेका कारण यस्तो भुल गर्न पुगेकी थिइन् । एक अंग्रेजी वेबसाइटका अनुसार ११ कक्षामा पढ्ने छात्राकी ती शिक्षिकाले फोटो पठाउँदै ‘के तिमीलाई यसप्रकारको तस्वीर अरु पनि चाहिन्छ ?’ लेखेकी थिइन् । यसमा छात्रले उत्तर लेखे ‘बिल्कुल ।’
आफ्ना हट सेल्फी पठाउँदै उनले रातमा पर्खिरहने बताइन् । यसपछि विद्यार्थीले आफूलाई आएको म्यासेजबारे सबै कुरा बताए ।
विद्यार्थीको म्यासेज पढेपछि मात्रै उनी झसंग भइन् । उनले आफ्ना तस्वीर डिलिट गर्न र त्यसो गरेमा परीक्षामा सबैभन्दा बढी नम्बर दिने आश्वासन दिइन् ।
शिक्षिकाले बताइन्, ‘ए’ ग्रेड दिन तयार छु, तर तस्वीर डिलिट गरेर कसैलाई नभन्न भनिन् । परीक्षाको नतिजामा ती विद्यार्थीको सबैभन्दा बढी नम्बर आएपछि यो सबै करतुत बाहिर आएको हो ।
nepalsandesh

Continue Reading…

उत्तरी जापानमा भूकम्प, सुनामीको खतरा छैन

टोकियो, २ असार । उत्तरी जापानमा बिहीबार ५.३ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । जापानको होकाइदो टापूको नजिकै यसको केन्द्रबिन्दु परेको बताइएको छ ।
बिहीबार अपरान्ह गएको सो भूकम्पको केन्द्रबिन्दु होकाइदो टापूको युचिउरामा परेको थियो । उक्त क्षेत्र होकाइदो टापूबाट दक्षिणपश्चिमी क्षेत्रमा पर्दछ ।bhanda
उक्त भूकम्पको कम्पनको केन्द्रबिन्दु भूसतहबाट दश किलोमीटर मात्र तल परेको थियो । सोही कारणले यस धक्काले पनि त्यस क्षेत्रमा निकै हल्लाएको बताइएको थियो ।
सुनामीको खतरा छैन
यसैबीच जापानी मौसमविज्ञान विभागले यस भूकम्पपछि पनि सुनामीको भने खतरा नरहेको जानकारी दिएको छ ।
जापानमा भूकम्प भन्दा पनि भूकम्पपछि सुनामीको निकै ठूलो खतरा हुने गर्दछ । त्यसैले भूकम्पपछि सुनामीको खतरा छ या छैन भन्ने बारेमा निकै चासोपूर्ण रुपमा खोजी गर्ने गरिन्छ ।
जापानमा जापानमा आएको सुनामीका कारण निकै ठूलो क्षति पुगेको थियो । त्यस विषयमा जारी गरेको सूचनामा उक्त विभाले बिहीबार बिहानको भूकम्पबाट सुनामीलाई खतरा छैन भनिएको छ । रासस/एएफपी
dainiknepal

Continue Reading…

वार्तामै नबसी माग पूरा गर्ने आकांक्षा नराख्न मधेसवादी दललाई सञ्चारमन्त्रीको चेतावनी

नेपालगन्ज, २ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानले निर्दिष्ट गरेको मार्गचित्रभन्दा बाहिर गएर कुनै पनि अनुचित सम्झौता कसैसँग गर्न नसकिने स्पष्ट पार्नुभएको छ ।bhanaar
प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “संविधानले व्यवस्था गरेका कतिपय विषयमा चित्त बुझाई नभएका मधेस केन्द्रित दल र समूह सबैलाई वार्ताका लागि लिखित पत्राचार गरिएको छ, तर वार्तामै नबसी माग पूरा गर्ने आकांक्षा कसैले राख्छ भने त्यो कदापि सम्भव छैन ।”
“मुलुकको राष्ट्रियता, स्वाधीनता र जनतालाई केन्द्रमा राखेर प्रस्तुत गरिने मागउपर छलफल भएपछि मात्र हामी ठोस निष्कर्षमा पुग्न सक्छौँ, तर सरकारले पहिले नै माग सम्बोधन गर्नुपर्छ भन्ने मान्यता राखिन्छ भने त्यो सर्वथा अनुचित हुन्छ”– उहाँको भनाइ थियो ।
सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटले मुलुकलाई आर्थिक समृद्धि तथा विकासतर्फ उन्मुख गराएको उल्लेख गर्दै मन्त्री राईले यसमा जनता पनि गोलबद्ध भएका छन् भन्नुभयो ।
संविधान जारी भएपछि मुलुक सहज राजनीतिक परिस्थितिबाट अघि बढिरहेको बताउँदै उहाँले यो संविधान जनताको बलबाट कार्यान्वयन भएरै छाड्छ भन्नुभयो । रासस
dainiknepal

Continue Reading…

पिनास हुदा के खान हुने र के खान नहुने?

नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन ।

पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।pin
पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि खानु हुँदैन । अति नै सादा भोजन गर्नु पर्छ ।

यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।
पिनास हुँदा खानु पर्ने कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा,पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ ।

हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ । नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।
news24nepaltv

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog