Sunday, June 12, 2016

अपाङ्ग महिलामाथि सशस्त्रका जवानद्वारा सामूहिक बलात्कार

एक अपांग महिलामाथि सशस्त्र प्रहरीका जवानहरुले सामूहिक बलात्कार गरेको आरोप लागेको छ ।
कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १० चन्द्रौटा बजारमा सशस्त्रका जवानहरुले ती अपांग महिलामाथि सामूहिक बलात्कार गरेको आरोप लगाएका छन् । घटना आइतबार बेलुका भएको हो ।

bhayoko

घटनापछि आज स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर राजकुमार सिलवालले भैसी चराउने गएकी ती अपांग महिलामाथि बलात्कार भएको आफूहरुले सूचना पाएको र त्यस आधारमा अनुसन्धान भईरहेको बताए ।
उनले घटनामा सशस्त्रको संलग्नता रहेको नरहेको बारे अनुसन्धान भइरहेको समेत बताए । यद्यपि आफूहरुलाई पनि सशस्त्रकै जवान घटनामा संलग्न रहेको जानकारी आएको उनको भनाई छ । ती महिलाको अहिले स्थानीय सञ्जिवनी सामुदायिक अस्पताल उपचार भइरहेको छ ।news24nepaltv

Continue Reading…

निसानामा एनसेल, भरतपुरमा रहेको टावरमा आगजनी

काठमाडौं : शनिबारदेखि शृंखलाबद्ध एनसेल टावरमा आगजनी हुँदै आएकोमा चितवनमा रहेको टावरमा पनि गएराति अज्ञात समूहले आगजनी गरेको छ।
गएराति साढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।maa

भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ। आगजनीबाट टावरमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले जानकारी दिएपछि तत्काल नै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
आगजनी गर्ने समूहको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
सांकेतिक फोटो
सांकेतिक फोटो
यसअघि विभिन्न जिल्लामा यस्ता घटनामा विप्लव माओवादी संलग्न रहेको समाचार आएका थिए। कतिपय ठाउँमा सो पार्टीले घटनाको जिम्मेवारी पनि लिएको छ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको बेस स्टेसनमा आक्रमण जारी राख्दै थप दूरसञ्चार पूर्वाधारमा भौतिक क्षति पुर्‍याउने कार्यको भर्त्सना गरेको छ। सञ्चारजस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोबाइल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानुनी तथा गम्भीर अपराध भएको उसको ठहर छ।
गृहमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार पोखरामा आयोजित एक कार्यक्रममा एनसेल टावरमा आक्रमण गर्नेहरुलाई कानुनको दायरामा ल्याउने घोषणा गरेको १२ घन्टामै चितवनमा आगजनी भएको हो।
यस्तो घटनाप्रति सरकारको ध्यानकर्षण भएको बताउँदै उनले आक्रमण हुन सक्ने ठाउँमा कडा सुरक्षा प्रबन्ध मिलाउने बताएका थिए।

Continue Reading…

यस्ता जडिवुटि जसले तपाइंको शरीरको दुखाइलाइ सजिलै कम गर्छ

बेतलौरी जरा, वनकपास गाना, दारेगिठोको बोक्रा, सिन्कौली, अरणी जराको बोक्रा, ठुलो औषधी, रुख हड्चुर, काउलोको बोक्रा, मेदा काठ, खयर, बज्रबल्ली, पाषाणभेद, कमरी (चिलाउनेको रुखमा भएको), हिमाली खयर, मुसली, वर्षगाँठे, रथ, विरथ, नरसाग garcha

जरा, अर्पुजरा, जिभक बरको बोक्रा वा नयाँ जरा, वावियो (वनकसी) जरा इत्यादि दर्दनाश गर्ने खालका जडिवुटिहरुलाइ चुर्ण बनाएर १–२ चम्चा दिनमा २–३ पटक सेवन गर्नाले शरिरको सम्पुर्ण दुखाईमा लाभ गर्दछ ।

Continue Reading…

संघीय गठबन्धनको ‘प्रवक्ता’ एकाएक कता बेपत्ता ?

काठमाडौं, ३१ जेठ । संघीय जनमुक्ति पार्टीका अध्यक्ष पर्शुराम तामाङले आफ्नो पार्टीलाई नयाँ शक्ति नेपालमा विलय गराएपछि संघीय गठबन्धनको प्रवक्ता पद खुस्किएको छ ।
बाबुराम भट्टराईको पार्टीमा विलय भएपछि अब पर्शुराम तामाङ संघीय गठबन्धनमा जाने छैनन् । उनले गठबन्धनको आन्दोलनलाई नैतिक समर्थन मात्रै गर्ने छन् । किन भने बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल उपेन्द्र यादव नेतृत्वको गठबन्धनसँग संयुक्त रुपमा आनदोलन गर्ने छैनन् ।bepata
संघीय गठबन्धनको आन्दोलनलाई व्यवस्थिति बनाउन तामाङलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । अहिले गठबन्धनका विषयमा तामाङसँग सोध्दा आफूलाई कुनै विषय जानकारी नरहेको बताउने गरेका छन् ।
तामाङले गठबन्धन छाडेपछि अब कसलाई प्रवक्ता दिइने हो त्यस विषयमा केही बताइएको छैन ।
संघीय गठबन्धनमा यसअघि साना तीन वटा दल बाहिरी सकेका छन् । संघीय जनमुक्ति पार्टी पनि नयाँ शक्तिमा विलय भएपछि गठन्धन झन् सानो बनेको छ ।
dainiknepal

Continue Reading…

जलविद्युतमा चिनियाँ लगानी

३१ जेठ, काठमाडौं ।

माथिल्लो त्रिशुली– २ जलविद्युत आयोजनामा चिनियाँ लगानी भित्रने भएको छ ।चीन सरकारको स्वामित्वमा रहेको हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको यो आयोजना अघि बढाउने भएको हो ।

chhi
आयोजना निर्माणका लागि कम्पनी विद्युत विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि जेठ दोस्रो साता निवेदन दिएको छ ।आजको कारोबार दैनिकले समाचार छापेको छ ।यस्तै, आयोजनामा वैदेशिक लगानी भित्र्याउन कम्पनीले उद्योग विभागमा पनि निवेदन दिएको छ । चाइना हाइड्रो चीनको ठूलो प्रवर्द्धक कम्पनी हो ।

०६७ मै सर्वेक्षण लाइसेन्स पाएको चाइना हाइड्रोले माथिल्लो त्रिशूली २ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी विभागमा बुझाएको छ ।हाइड्रो चाइनाले विद्युत उत्पादन लाइसेन्सका लागि निवेदन दिएको विभागका महानिर्देशक समीररत्न शाक्यले जानकारी दिए ।nepaliheadlines

Continue Reading…

कक्षा ११ मा भर्ना पाउन सबै बिषयमा डी प्लस ल्याउनै पर्ने

उच्च माध्यमिक शिक्षा परिषद्ले एसएलसीको परीक्षामा सबै बिषयमा डी प्लस ल्याएका विद्यार्थीलाई मात्रै भर्ना लिने तयारी गरेको छ । विज्ञान तर्फ पढ्न चाहनेले एसएलसीमा अंग्रेजी, विज्ञान, गणितमा सी प्लस ल्याउनु पर्ने प्रावधान राख्ने परिषद् स्रोतले जनाएको छ । सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ ।chinea
मकर श्रेष्ठले कान्तिपुरमा लेख्छन्मा-नविकी, शिक्षा, व्यवस्थापन संकाय अध्ययन गर्न कम्तीमा १.६ ग्रेट प्वाइन्ट र सबै बिषयमा डी प्वाइन्ट ल्याउनै पर्ने व्यवस्था गर्न लागेको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बताए । ‘ विज्ञान र प्राविधिक धार बाहेकका साधारण तर्फका बिषय अध्ययन गर्न सैद्धान्तिक र प्रयोगात्मकमा कम्तीमा डी प्लस ल्याउनै पर्ने व्यवस्था गर्न लागेका छौं,’ उनले भने । परिषद्ले सोमबार निर्णय गरेर कुन ग्रेड ल्याएकालाई भर्ना लिने भन्ने आफनो योजना सार्वजनिक गर्दैछ । १.६ ग्रेट प्वाइन्ट ल्याउन सबै बिषयमा न्यूतम ३० देखि ४० प्रतिशत ल्याउनु पर्ने हुन्छ ।
slcप्राविधिक धारबाट एसएलसी परीक्षा दिएका विद्यार्थीले कक्षा ११ मा भर्ना पाउन १० वटै बिषयमा सी प्लस ल्याउनु पर्ने व्यवस्था गर्दै छ । त्यस्तै कक्षा ११ मा भर्ना लिन गरिने प्रवेव परीक्षामा ७० प्रतिशत विद्यार्थीले प्राप्त गरेको ग्रेड प्वाइन्ट र ३० प्रतिशत इन्ट्रान्स परीक्षामा प्राप्त नम्बरलाई आधार मान्ने भएको छ । परिषद्ले लिने छात्रबृति परीक्षामा पनि यही नियम लागू गर्दैछ ।
1
सरकारले यसवर्षदेखि एसएलसीको नतिजा ग्रेडिङ प्रणालीबाट गर्दैछ । ए प्लस देखि इ सम्म विभाजन गरेर नतिजा सार्वजनिक हुनेछ । दुई वटा बिषयससम्म डी ग्रेड ल्याएमा पुन: क्षमता बढाउने मौका परीक्षा दिन पाउने भएकोले परिषद्ले सबै बिषयमा डी प्लस ल्याउनु पर्ने प्रावधान राख्न लागेको शर्माले बताए ।परीक्षा नियन्त्रण कार्यालयले असार पहिलो साता भित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

Continue Reading…

सरकारको पछिल्लो पत्र सकारात्मक छः महासचिव सुमन

३१ जेठ, लहान ।

आन्दोलनरत सङ्घीय गठबन्धनमा आबद्ध सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले सरकारले वार्ताका लागि पछिल्लो पटक आइतबार गठबन्धनको नाममा पठाएको पत्रलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएको छ ।
महासचिव सुमनले आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारको पत्रलाई सकारात्मक रुपमा लिएकाले अब छिट्टै गठबन्धनको बैठक बसेर यसबारे ठोस धारणा सार्वजनिक गरिने जानकारी दिए ।

ayo
सार्थक र परिणाममुखी वार्ताको लागि गठबन्धन तयार रहेको उल्लेख गर्दै महासचिव सुमनले भने– “गठबन्धन वार्ता र संवादद्वारा नै निकास चाहन्छन्, तर सरकार नै गम्भीर नभएकाले आन्दोलन लम्बिँदै गएको हो ।”

हामीले वार्ता अघि नै मधेस आन्दोलनको क्रममा घाइते भएकाको उपचार, मृतकलाई सहिद घोषणा, मुद्दा फिर्ता तथा गठबन्धनले प्रस्तुत गरेको ११ बुँदे मागबारे सरकारको प्रारम्भिक धारणा आओस् भन्ने चाहेका छौँ, महासचिव सुमनले भने“सरकारको धारणा आउनासाथ हामी सरकारसँग वार्तामा बस्छौँ ।” रासस
nepaliheadlines

Continue Reading…

भुवन केसीले पच्चीस लाख क्षतिपूर्ति पाए

काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र पाइरेसी भए बापत २५ लाख क्षतिपूर्ति पाएका छन् । ड्रिम्स हाइलाईट्स नेपालका दुई कर्मचारीबाट पाइरेसी भएको कुरा प्रमाणित भएपछि उनले सो क्षतिपूर्ति पाएका हुन् ।bhuban
ड्रिम्स पाइरेसी भएको दाबीसहित भुवनले १ करोड क्षतिपूर्तिको मागदाबीसहित उजुरी दिएका थिए । पाइरेसीको कार्यमा बिधान गुरुङ र चन्द्र नागाजु लागेका थिए । उनीहरूले प्रहरी समक्ष आफूहरूले पाइरेसी गरेको स्वीकार गरेका छन् ।
भुवनको फिल्मले २५ लाखा चोखो कमाइ ग¥यो कि गरेन तर, पाइरेसीका नाममा चोखो २५ लाख भने झ्वाम पार्न पाएका छन् । यो उनको लागि राम्रो पक्ष भएको छ ।
भुवनले प्रहरीको साइबर क्राइममा उजुरी दिएपछि प्रहरीले बिधान र चन्द्रलाई पक्राउ गरेर कारबाही थालेको थियो । हाइलाईट्स नेपालको यो चोरी कार्यको पर्दाफाससँगै पाइरेसीमा केही कमी आउने चलचित्रकर्मीहरूको भनाइ छ ।
हाइलाइट्सले ड्रिम्सको युट्युव र भिसिडी राइट्स १४ लाखमा किनेको थियो । भवनले फिल्मबाट राम्रो कमाइ गरेको दाबी गर्दै आएका छन् । तर, उनले राज्यलाई कति राजश्व तिरेका छन् सो विषयमा केही बताउन मान्दैनन् ।
dainiknepal

Continue Reading…

डण्डीफोरले अनुहार बनायो फोहोर ? यस्तो छ चट्टै पार्ने घरेलु उपाय

डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । डण्डीफोर हटाउने घरेलु उपाय ।for

कागतीको रस : डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।
खाने सोडा : फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् ।

मह : एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।
भिटामिन : खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् ।
गोलभेंडा : गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।

चन्दन पाउडर : एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् ।

ओलिभ आयल : ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।
आलु : आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

Continue Reading…

यस्तो रोगबाट पीडित नेपाली बालक, उपचार खर्च जुटाउँदै बेलायती गायिका जोस

काठमाडौं – एक ११ वर्षीय नेपाली बालकको छाला कालो र अस्वभाविक बनेको छ । यही समस्याका कारण उनी हिँडडुल गर्न, विद्यालय जान र साथी बनाउन समेत पाएका छैनन् । जन्मेको पन्ध्र दिनपछि रमेश दर्जीको छालाको कत्ला निस्कन सुरु भयो, छला खस्रो भयो र बिस्तारै कालो बन्न थालेको उनकी आमा नान्डा बताउँछिन् । पहिलो जन्म दिन मनाउने बेलासम्म उनमा यति धेरै पीडा दखियो कि उनी हिड्नै नसक्ने भए । ‘भोक लागेमा वा शौचालय जानु परेमा मात्र उसले भन्ने गथ्र्यो,’ आमा भन्छिन् ।rog

रमेशलाई सुरुमा इचियोसिस (नाम गरेको एउटा वंशानुगत छालासबन्धि समस्या देखिएको थियो । बेलायतको इचथायोसिस एन्ड रिलेटेड स्किन टाइप्स, इंक (एफआईआरएसटी) का अनुसार यस समस्याबाट हरेक वर्ष १६ हजार बढी प्रभावित हुने गर्छन् । इचथायोसिसले टाउको र अनुहारको छाला सुख्खा भई अन्त्यमा माछाको जस्तो कत्ला देखिन्छ ।

राजधानी काठमान्डौबाट तीन घन्टाको दूरीमा बसोबास गर्ने दर्जी परिवारले बालकको उपचार गर्न सकेको छैन । बालकको नाजुक अवस्था देखिपछि काठमाडौ मेडिकल कलेजले निशुल्क उपचार गरिदिएको थियो । उनको टाउको र अनुहारमा आएका मासु र खटिराका डल्लालाई निकै प्रक्रियाद्धारा अस्पतालले हटाएको थियो ।

‘जन्मिदै उसका माशंपेशी र हड्डी कम्जोर नभएकोले उसलाई उभिन सक्ने बनाउन सक्छौ,’ काठमाडौ मेडिकल कलेजकी डा सबिना भट्टराईले भनिन् ।

चर्चित गायिका जोस स्टोनले रमेशलाई भेट गरी बालकको अवस्थाबारे एउटा भिडियो खिचेर युट्युबमा पोस्ट गरेकी छन् । बालकको अवस्थामा सुधार आएको समेत सो भिडियोमा उनले उल्लेख गरेकी छन् । तर रमेशको रोग बल्झिन सक्ने चिकित्सकले चेतावनी दिँदै आएका छन् ।

जोस स्टोन फाउन्डेसनमार्फत बेलातयकी यी पप स्टारले रमेशको उपचारको लागि निरन्तर कोष जुटाइरहेकी छिन् । उनको उपचार गर्न गो फन्ड मी पेज स्थापना गरिएको छ । २५ हजार डलर रकम उठाउने लक्ष्य राखिएको छ ।

‘चिकित्सकहरुका अनुसार बालक जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिएका छन् । उनी पूर्ण रुपमा निको हुन पैसा र समयको आवश्यकता पर्छ । जुन ५ मा प्रेषण गरिएको गो फन्ड मी पेजका अनुसर बालकलाई छिट्टै शल्यक्रिया गरी आफ्नै खुट्टामा उभिनका लागि रमेशका चिकित्सकले भिटामिन र औषधीको मात्रा बढाइरहेका छन् । – स्वास्थ्य खबरपत्रिका

Continue Reading…

फोरम लोकतान्त्रिकको केन्द्रीय समिति आज पनि, समग्र विषयमा छलफल हुँदै

काठमाडौं, ३१ जेठ । सत्तारुढ दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।
दिउँसो एक बजेपछि तिनकुनेस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा सांगठनिक विषयमा छलफल हुने फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले जानकारी दिनुभयो ।hundai
‘बिराटनगरको महाधिवेशपछि बैठक बसेको हो’, उहाँले भन्नुभयो, ‘सांगठनिक र समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।’
बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले पार्टीलाई संघीय ढाँचामा लैजान सुझाव दिएका छन् ।
स्रोतका अनुसार जितेन्द्र देवसहितका केही नेताहरूले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारबाट बाहिरिन सुझाव पनि दिएका छन् ।
dainiknepal

Continue Reading…

के भन्छन् मधेसबारे ठूला दलका मधेसी नेता ?

काठमाडौं, ३१ जेठ । संविधानप्रति असन्तुष्टि राखेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन थालेको तीन सय एक दिन पुगिसकेको छ ।
यसबीचमा सरकार र मोर्चाबीच ३६ पटक वार्ता भयो । तर, सरकार, प्रमुख दल र आन्दोलनकारीले समाधानको उपाय अझै खुट्याउन सकेका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।neta
प्रमुख दलका मधेसी नेताहरूले वार्ताबाट समस्या समाधान गर्न सुझाब दिएका छन् । मधेसी मोर्चासहित संघीय गठबन्धनका जायज माग सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
तर, प्रदेशको सीमांकन, अंगीकृत नागरिकता, स्थानीय भाषालगायतका विषयमा भने उनीहरूको मिश्रित सुझाब छ । दुईदिने नेपाल बन्द आह्वान गर्दै ३१ साउन ०७२ मा मोर्चाले आन्दोलन थालेको थियो ।
नाकाबन्दी, आमहडताल, सिंहदरबार घेराउ हुँदै अहिले मधेसी मोर्चासहितको संघीय गठबन्धनले खुलामञ्चमा २५ जेठबाट रिले अनशन गरेको छ ।
प्रमुख दलसहित सरकारसँग १५ कात्तिकमा भएको वार्तामा मोर्चाले ११ बुँदे माग राखेको थियो । मोर्चाको मागअनुसार समानुपातिक समावेशी सिद्धान्त र निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्यालाई पहिलो आधार मान्ने गरी संविधान संशोधन भयो ।
तर, संविधान संशोधनमा पूर्ण सन्तुष्ट नभएको मोर्चाले गठबन्धन बनाएर प्रदेशको सीमांकन, अंगीकृत नागरिकता, भाषालगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने माग राख्दै आन्दोलन जारी राखेको छ ।
सीतादेवी यादव, कांग्रेस कोषाध्यक्ष
सीमांकन : मधेसमा दुई प्रदेश हुनुपर्छ । चुरेलाई तराईमा नमिसाए समस्या आउँछ । प्रदेश २ मा चुरे नमिसाए १० वर्षपछि मरुभूमि बन्छ । अतिवादबाट माथि उठेर निर्णय लिनुपर्छ । नागरिकता : नेपालीसँग विवाह गरेकी महिलाबाट जन्मिने छोरोछोरी वंशज हुन्छन् भने अंगीकृत नागरिक आमाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा प्रमुख हुन नपाउने प्रावधान राख्न हुन्न । भाषा : नेपाली हाम्रो राष्ट्रभाषा हो । जुन प्रदेशमा जुन भाषा बोलिन्छ त्यही भाषालाई त्यहाँको सरकारी कामकाजको भाषा बनाउनुपर्छ ।
लालबाबु पण्डित, एमाले पोलिटब्युरो सदस्य्
सीमांकन : प्रदेशको सीमांकन राजनीतिक समितिमार्फत टुंग्याउने भनिएकै छ । अब छिटै संसद्मा आएर व्यवस्थित रूपले प्रस्ताव राख्नुभयो भने संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिन्छ । नागरिकता : बुहारीको हकमा संशोधनमार्फत केही खुकुलो गर्न सकिन्छ । भाषा : कुनै प्रदेशले एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषा बनाउँछ भने प्रादेशिक सभाले निर्णय गर्न सक्नेगरी संशोधन गर्न सकिन्छ । तर, सम्पर्क माध्यम नेपाली हुनुपर्छ ।
प्रा. लालबाबु यादव, एमाले सांसद
सीमांकन : सीमांकनमा सरकार, प्रमुख दल र मधेसवादी दल सबैको स्वार्थ छ । तर, जनताको स्वार्थअनुसार विज्ञहरूबाट राय लिएर सीमांकनको मुद्दा सम्बोधन गर्नुपर्छ । इगोको राजनीतिले कसैको फाइदा हुन्न, वार्ताबाट टुंगो लगाउनुपर्छ । नागरिकता : आज बिहे गरेर आउनेलाई भोलिपल्ट राष्ट्रपति, प्रधानमन्त्रीलगायतका पदमा निर्वाचित गर्नुको अर्थ मधेसीकै भाग खोस्नु हो । अहिलेको व्यवस्थामा अझ कडाइ गर्नुपर्छ । भाषा : स्थानीय भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषा बनाउने कुरा एउटा होला । तर, मुलुकभरि सम्भव छैन ।
प्रभु साह नेता, माओवादी केन्द्र
सीमांकन : पहिचानसहितको संघीयतामा जानुपर्छ । त्यही आधारमा प्रदेशको सीमांकन परिमार्जन हुनुपर्छ । नागरिकता : नागरिकतबाारे केही अन्योल छन्, ती हटाउनुपर्छ । अंगीकृत नागरिकता लिएकालाई उच्च पदमा जान रोक्नु हुँदैन । भाषा : देशले बहुभाषिक नीति लिनुपर्छ । अन्य : राष्ट्रिय सभामा जनसंख्यालाई मुख्य आधार बनाएर भौगोलिक विशिष्टताका आधारमा प्रतिनिधित्व गराउनुपर्छ । न्यायालय केन्द्रीकृत छ, त्यो परिमार्जन गर्नुपर्छ ।
dainiknepal

Continue Reading…

भोलानाथ पोखरेल यस कारण अध्यक्षमा उपयुक्त हुन सक्छन्

काठमाडौं, ३१ जेठ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको अध्यक्षका लागि सत्तारुढ दल नेकपा (एमाले) निकट कर्मचारी संगठनबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा बिबाद देखिएको छ ।
सकेसम्म सहमतिमै ट्रेड युनियनको अध्यक्षका लागि नाम पठाउने विषयमा परामर्शहरू भएपनि त्यसले अहिलेसम्म ठोस रुप पाउन सकेको छैन । हालै सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी संगठनले अत्याधिक बहुमतका साथ जित हासिल गरेको छ ।bhayoo
आधिकारिक ट्रेड युनियनको अध्यक्षका लागि नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष भोलानाथ पोखरेल र वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकालबीच प्रतिस्पर्धा रहेको छ । दुबैले अध्यक्षका लागि दाबी गरिरहेका छन् ।
संगठनभित्रको क्रियाशीलता र कर्मचारीका मुद्दा आफूले धेरै उठाएको दाबी पूर्व अध्यक्ष पोखरेलको छ । ‘मैले निजामती कर्मचारीहरूभित्र ट्रेड युनियन अधिकार हुनुपर्छ भनेर ०५४ सालदेखि अवाज उठाउँदै आएको व्यक्ति हुँ’, पोखरेलले भन्नुभयो, ‘मेरोसमेतको सक्रियतामा अहिले हाम्रो संगठनले ठूलो जित हासिल गरेको छ । अबका दिनमा संगठनका उद्देश्य र निजामती कर्मचारीलाई व्यवस्थित बनाउन पनि अध्यक्षको जिम्मेवारी पाउँदा कुशलताका साथ जिम्मेवारी बहन गर्न सक्छु ।’
हुन त पूर्व अध्यक्ष पोखरेललाई एमाले महासचिव ईश्वर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपालले भित्रैबाट सहयोग गरिरहेको आरोप पनि छ । तर, पोखरेलले पार्टीका शीर्ष नेताहरूको साथ र समर्थन सबैलाई रहने भन्दै कर्मचारीका हक, अधिकार र मुद्दालाई जसले संगठित र व्यवस्थित रुपमा चलायमान रुपमा अगाडि बढाउँछ उसैलाई जिम्मेवारी दिनुपर्ने बताउनु हुन्छ ।
निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ११ सदस्य छान्नका लागि एमाले निकट कर्मचारी संगठनको केन्द्रीय समितिको बैठक असार १ र २ गतेलाई बोलाइएको छ ।
हुन त निजामतीमा ट्रेड युनियनको अधिकार दिनु हुँदैन भनेर लबिङ गरेको आरोप अध्यक्ष पुण्य ढकाललाई छ ।
dainiknepal

Continue Reading…

ग्यासको कालोबजारी गर्ने पक्राउ

पोखरा, ३१ जेठ । ग्यासमा बढी मूल्य लिई कालोबजारी गर्ने पोखरा–१७ महतगौडास्थित महतगौडा सप्लायर्सका सञ्चालक ठमराज भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको छ ।
निजले गृहलक्ष्मी ग्यासको सिलिन्डरसहितको भरी ग्यासलाई रु चार हजार २०० मा बिक्री वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा पक्राउ गरिएको बताइएको छ ।parkau
सादा पोसाकका प्रहरी ग्राहक बनी ग्यास खरिद गर्न लाग्दासमेत निजले त्यतिनै मूल्य लिई बिक्री गरेको अवस्थामा २६ वटा भरी सिलिन्डरसहित पक्राउ गरेर आइतबारै जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालोबजारी तथा केही सामाजिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गजुरसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । रासस
dainiknepal

Continue Reading…

नेपालमा पाँचथरी पार्टी

काटमाडौं, ३१ जेठ । ‘कन्जर्भेटिज्म’
पुरानो सत्ताको बिरासतमा आधारित पारम्परिक प्रवृत्ति भएका पार्टीलाई नयाँ शक्तिले ‘कन्जर्भेटिज्म’ प्रवृत्तिका रूपमा व्याख्या गरेको छ । यस्ता पार्टीलाई राप्रपावादी धारका रूपमा चित्रण गरिएको छ ।
पञ्चायत र राजतन्त्रको युगमा काम गरेका राजनीतिज्ञहरूको राजनीतिक भविष्य रक्षाका लागि त्यस्ता पार्टीको जन्म भएको र ती पार्टीले अहिले ‘हिन्दूत्व’को नारा दिएको भनिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
लोकतन्त्रको युगमा राजतन्त्र र निरंकुशताको प्रत्यक्ष पक्षपोषण गर्न पनि नसक्ने, राजनीतिमा कुनै न कुनै रूपमा टिकी पनि रहनुपर्ने आवश्यकताले यो धार रहेको विश्लेषण गरिएको छ ।pacha
उदार लोकतान्त्रिक
कांग्रेसलाई उदार लोकतान्त्रिक धारको प्रतिनिधि दलका रूपमा नयाँ शक्तिले व्याख्या गरेको छ । नयाँ शक्तिको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हुन त नेपाली कांग्रेस उदार लोकतान्त्रिक हो कि प्रजातान्त्रिक समाजवादी भन्ने सैद्धान्तिक बहसको विषय हुनसक्छ । तर, व्यवहारत: उसले आफूलाई उदार लोकतान्त्रिक दलकै रूपमा प्रस्तुत गरेको छ । कांग्रेसका समर्थकहरू सामान्यत: राजावादी, कम्युनिस्ट र क्षेत्रीयतावादी दलमा आबद्ध हुन चाहँदैनन् ।’
जडसूत्रीय अवसरवादी
यो धारमा कम्युनिस्ट धारका घटकहरूलाई राखिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘संगठनात्मक हिसाबले बलियो नै भए पनि विचार, कार्यदिशा र आचरणका हिसाबले यो धाराका पार्टीभित्र अनेक समस्याहरू छन् । बिस्तारै यो धारलाई जनताले विश्वास गर्न छाडेका छन् । यो धार आज एउटा वैचारिक आदर्शभन्दा बढी पाखण्डजस्तो प्रतीत हुन थालेको छ । कुरामा ‘क्रान्तिकारी’ तर व्यवहारमा ‘अवसरवादी’ अर्थात् जडसूत्रीय–अवसरवाद यो धारको मुख्य विशेषता हो ।’
मधेसवादी/जनजातिवादी धार
‘नेपालको विशिष्टतामा यसलाई संघीयतावादी/क्षेत्रीयतावादी धार पनि भन्न सकिन्छ । पुराना मूलधारका दलहरूले संघीयता, समानुपातिकता र समावेशितालाई समयमै, सार्थक ढंगले समाउन नसक्दा यो धारको जन्म भएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘यो धारका आफ्नै सीमाहरू छन् । यो धारमा असाध्यै ठूलो टुटफुट र विभाजन छ । नेतृत्वपंक्तिको सत्तालिप्सा, अवसरवाद र धोकाधडीबाट यसमा गोलबन्दहरू निराश छन् । क्षेत्रीय संगठन र पहुँचका कारण यो धार राष्ट्रिय विकल्प बनेर आउन नसक्ने हीनताभाषमा पनि छ ।’
वैकल्पिक धार नयाँ
फरक र वैकल्पिक धार नयाँ शक्ति नेपाल भएको दाबी गरिएको छ । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘एक्काइसौँ शताब्दीका चिन्ता, चासो र सरोकारलाई समेट्दै आफ्नै मौलिकता र विशिष्टतामा यसले वाम–लोकतान्त्रिक धारलाई समातेको छ । अनेकन शास्त्रीय बहस र पुरातन बिरासतसँग जोडिनुभन्दा सीधै विकास, सुशासन, समन्याय, समृद्धि, स्वाधीनता, समावेशिता, सहभागितामूलक लोकतन्त्र, सदाचार र मानवीय खुसीजस्ता एजेन्डामा केन्द्रित भएर नेपाली राजनीतिमा नयाँ विकल्प दिने धार नयाँ शक्ति हो ।’
dainiknepal

Continue Reading…

करिश्माको कारण खल्लो बन्यो नयाँ शक्तिको आमसभा

काठमाडौं । नयाँ शक्ति नेपालको सचिवालय सदस्यको हैसियतमा पहिलो पटक पार्टी घोषणा सभा कार्यक्रम सञ्चालन गरेकी अभिनेत्री करिश्मा मानन्धरले कार्यक्रम अवधिभर गल्ती नै गल्ती गरिन् ।

आजको कमाण्डर पोष्ट दैनिकमा बुद्ध लोप्चन लेख्छन् – आमन्त्रित विदेशी अतिथिहरुको समेत उपस्थिती रहेको कार्यक्रममा कार्यक्रम सञ्चालनको सुरुमै अंग्रेजी बोल्न तम्सिएकी करिश्मा सुरुमै चिप्लिइन् । अर्का कार्यक्रम सञ्चालक पासाङ शेर्पाले नेपालीमा कार्यक्रमको सम्बोधन गर्दै गर्दा करिश्माले अंग्रेजी बोलिन् तर उनको उद्घोषणमा निकै गल्ती भेटिन्थ्यो ।karsima

त्यससँगै भुटानी प्रधानमन्त्रीले पठाएको शुभकामनापत्र वाचन गर्दा उनले बल्ल–बल्ल पत्र पढेर सकाइन । कति ठाउँमा अड्किइन तर मिलाएर उनले ‘सरी’ भन्दै पत्र वाचन गरेर सकाइन् ।

कार्यक्रम सञ्चालनका लागि अपरिक्व देखिएकी करिश्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई मन्तव्यका लागि बोलाउँदो ‘व्यक्तिगत सम्बन्ध’ गाँसिन् । ‘शेरबहादुर दाईलाई म कार्यक्रममा निम्त्याउन चाहन्छु, उहाँ मेरा ससुराका मिल्ने साथी हुनुहुन्छ र आरजू राणाजीसँग मेरो पनि राम्रो सम्वन्ध छ ।’ उनले प्रसंग जोडिन् ।

त्यससँगै करिश्माले कांग्रेस नेता प्रदीप गिरीलाई मञ्चमा निम्त्याउँदा गम्भीर गल्ती गरिन् । गिरीलाई डा. प्रदीप भट्टराई भनेर बोलाएपछि सभामा ठूलो कोलाह मच्चियो । हतारिँदै करिश्माले माफी माग्दै भनिन्, ‘सरि प्रदिप गिरी’ । गिरीले भाषण गरिसकेर करिश्मालाई सल्लाह दिए, ‘आइन्दा बिस्तारै बोल्नु, हतार गरे लडिन्छ ।’

प्रधानमन्त्री केपी ओली साढे ३ बजे सभामा आउने जानकारी दिएकी करिश्माले भनिन् ‘चाँडै स्टेजमा आउँदै हुनुहुन्छ पीएम केपीजी ।’ ठीक ४ बजे कार्यक्रमस्थलमा प्रधानमन्त्री आइपुगेलगत्तै फेरि करिश्माले हतारिँदै भनिन् ‘हाम्रो प्राइम मिनिस्टर केपी ओलीज्यू यहाँ उपस्थित भइसक्नुभएको छ, उहाँहरुलाई गीभ हिम अ विग ह्याण्ड क्ल्याप फर हिम ।’

पटक–पटक करिश्माको गल्ती देखेर भने दर्शक आजित थिए ।khabardabali

Continue Reading…

यस कारण तत्काल मेलम्चीको पानी उपत्यकामा नआउने

काठमाडौं, ३१ जेठ । मेलम्ची खानेपानी विकास समितिले आयोजनाको ८३ प्रतिशत काम पूरा भएको जनाउँदै १ वर्षभित्रै उपत्यकामा पानी आउने दाबी गरेको छ ।pani
खानेपानी आयोजनाअन्तर्गतका सुरुङ निर्माण, पाइप बिछ्याउने, पानी प्रशोधन केन्द्र निर्माण र पानी ट्यांकी निर्माणको आधाभन्दा बढी काम पूरा भएको उल्लेख गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
समितिले एक वर्षभित्र उपत्यकामा मेलम्चीको पानी आइपुग्ने जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका महानिर्देशक घनश्याम भट्टराईले सुरुङ खन्ने काममा सन्तोषजनक प्रगति भएको उल्लेख गर्दै २७ किमी सुरुङमध्ये १७ किमी खनिसकेको जानकारी दिए ।
उनका अनुसार अब १० किमी मात्र सुरुङ खन्न बाँकी छ । यसअघि सरकारले २०७१ वैशाख १ गते उपत्यकामा पानी ल्याइपुगाउने प्रतिबद्धता जनाएको थियो ।
तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण काममा ढिला भएको उनले बताए । सुरुङ निर्माणको ठेक्काको म्याद आउँदो असोजमा सकिँदैछ ।
dainiknepal

Continue Reading…

सरकारले यसरी कारबाही गर्दैछ ‘विप्लव’ माओवादीलाई

काठमाडौं, ३१ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।karbar
उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वर्ल्ड भिजन इन्टरनेसनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनले एनसेलको बेस स्टेसन र वर्ल्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिए । ‘तोडफोड र आगजनी गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुगाउने जोकोही व्यक्ति वा समूह भए पनि उम्कन पाउने छैनन् । पक्राउ गरेर कानुनी दायरामा ल्याउनुहोस्, ’सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले दिएको निर्देशन उदृत गर्दै गृहका प्रवक्ता यादवराज कोइरालाले भने ।
प्रहरी प्रधान कार्यालयले शनिबार देशभरका प्रहरी कार्यालयलार्इ विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र उनीहरुका गतिविधिलार्इ विशेष निगरानी गर्नु भन्दै परिपत्र पनि गरेको छ ।
dainiknepal

Continue Reading…

पूर्वराजा ज्ञानेन्द्रविरुद्ध किन उजुरी ?

काठमाडौं, ३१ जेठ । माओवादी युद्ध सुरू भएपछि आस्थाका आधारमा हत्या, बेपत्ता, दमन र यातना दिने कार्य भएको भन्दै तत्कालीन सरकार प्रमुखमाथि छानबिन र कारबाहीको मागसहित आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता भएको छ ।raja
नेपाली सेनाको भैरवनाथ गणमा बन्दी बनाइएका माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसीले उजुरी दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उजुरीमा २०५२ सालदेखि २०६३ सालअघि सत्तामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, लोकेन्द्रवबहादुर चन्द, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको अवधिमा भएका गैरन्यायिक हत्या, यातना एवं बेपत्ता घटनालाई छानबिनको दायरामा ल्याउन आयोग समक्ष माग गरिएको छ ।
युद्ध अबधिमा गैरन्यायिक हत्या, अमानवीय यातनालगायत घटनामा संलग्न अरु जिम्मेवार व्यक्तिको खोजबिन गरी कारबाही चलाउनसमेत केसीको माग छ ।
dainiknepal

Continue Reading…

विप्लव नेतृत्वको माओवादीप्रति कडा निगरानी

काठमाडौं, जेठ ३१ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।bimal

उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेशन र वर्ल्ड भिजन इन्टरनेशनलको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कारवाही गर्न निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयले शनिबार देशभरका प्रहरी कार्यालयलाई विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता र उनीहरुका गतिविधिलाई विशेष निगरानी गर्नु भन्दै परिपत्र पनि गरेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ ३१ गते सोमबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

आज बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । अध्ययन, अध्यापन र लेखनकार्यमा आज गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ । भाइबहिनी र छोराछोरीका समस्यामा केन्द्रित हुने दिन छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ, अन्यथा नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । मित्र र सहयोगीको साथ पाउन सकिंदैन । पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । परिवारमा कलह, विवाद र झगडाको वातावरण सिर्जना हुनसक्छ । मित्र र सहयोगीले सहयोग गर्न सक्ने छैनन् । समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । साथीभाइ टाढिने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

जिम्मेवारीप्रति असचेत रहनाले बन्नलागेको कुनै काममा चिताउँदै नचिताएको असफलता मिल्ने सम्भावना छ । आर्थिक पक्षमा कुनै उतारचढाव आउँदैन । पारिवारिक जीवन सामान्य छ । समाजसेवा र अर्काका कामधन्दामा समय दिनुपर्ने हुन्छ । सरकारी वा प्रशासनिक कामधन्दामा मन्दगतिले प्रगति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आफ्ना व्यक्तिगत महत्वाकांक्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

दशरथ रंगशालाबाट बाबुरामले गरे पत्याउनै नसकिने पाँच कुरा

काठमाडौँ, ३० जेठ । नयाँ शक्ति नेपालले आर्थिक विकास समृद्धि पार्टीको प्रमुख एजेन्डा भएको घोषणा गरेको छ ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले दशरथ रङ्गशालामा आज आयोजित पार्टी स्थापना घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी कसैका विरुद्ध नभई समृद्ध नेपाल निर्माणार्थ खडा भएको उल्लेख गर्नुभयो । अब हुने स्थानीय निकायको निर्वाचन र आम निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने उद्घोष पनि उहाँले गर्नुभयो । bamromle
“नेपालको पहिलो राजनीतिक खण्ड भौगोलिक एकीकरण, दोस्रो राजनीतिक स्वतन्त्रताले बितेकामा अबको तेस्रो खण्डमा समृद्धि र आर्थिक विकासलाई प्राथमिकता दिनुपर्छ, सात वर्षमा गरिबी र बेरोजगारीको अन्त्य, १५ वर्षमा मध्यमस्तरको विकास एवम् २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउन सकिन्छ”– उहाँले भन्नुभयो ।
प्राकृतिक स्रोतका हिसाबले नेपाल विश्वकै १० धनी देशमध्येमा पर्ने भएकाले त्यसको भरपूर उपयोग गरेर समृद्धि र विकासको लक्ष्य हासिल गरिने उहाँको भनाइ थियो ।
सबैको घर नबनेसम्म निजी सम्पत्ति जोड्दिन
दलको आगामी कार्ययोजना प्रस्तुत गदै संयोजक भट्टराईले देशका सबै जनताको घर नबनेसम्म निजी सम्पत्ति नजोड्ने प्रतिज्ञा गर्नुभयो । “जबसम्म यो देशमा सबै मान्छेको घर हुन्न तबसम्म आफ्ना निजी सम्पत्ति जोड्ने छैन, यो मेरो भीष्म प्रतिज्ञा हो”– उहाँले भन्नुभयो ।
शिक्षाको अभावमा नारी कति पछि परेका छन् भन्ने उदाहरणस्वरुप आफ्नी आमाको कारुणिक प्रशङ्ग उल्लेख गर्दै डा भट्टराईले महिलालाई समान र समावेशी सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।
मधेसी, खस आर्य र जनजातिलगायत सबै वर्गको समानुपातिक प्रतिनिधित्व दलमा गराइने उहाँको भनाइ थियो । मौलाउँदो भ्रष्टाचार न्यून गर्न दलले राजनीतिमा शुद्धीकरण अभियान सुरु गर्ने घोषणा पनि भट्टराईले गर्नुुभयो ।
घोषणासभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायी शान्ति र लगानीको वातावरण बनाउन नयाँ शक्तिका साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो । “स्थायी शान्ति र लगानीको वातावरणले मात्र देशमा समृद्धि र विकासको सोचलाई पूरा गर्न सक्छ”– उहाँले भन्नुभयो ।
सभामा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले राजनीतिक नेतृत्वबिना आर्थिक विकास सम्भव नभएको बताउनुभयो । “पार्टीले सारेको समृद्धि र आर्थिक विकासको विकल्प निरासामा नबद्लियोस्”– उहाँले भन्नुभयो ।
कार्यक्रममा सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, काँग्रेस नेता प्रदीप गिरी र डा सुरेन्द्रप्रसाद चौधरी, राप्रपा नेपालका नेता सुशीलकुमार श्रेष्ठ, राप्रपाका सुनीलबहादुर थापा, भारतीय जनता दल युनाइटेडका महासचिव केसी त्यागी, भारतीय राष्ट्रिय काँग्रेसका महासचिव एवम् विधायक डिपी त्रिपाठी, भारतीय बहुजन पार्टीका प्रवक्ता सुधीन्द्र भादोरिया, तिसरी दुनियाँका सम्पादक आनन्दस्वरुप बर्मा, नयाँ शक्तिका रामचन्द्र झा, दुर्गा सोब र पर्शुराम तामाङलगायतका वक्ताले अबको निकास, आर्थिक विकास भन्ने दलको नारालाई सफल बनाउन शुभकामना व्यक्त गर्नुभयो । रासस
dainiknepal

Continue Reading…

नयाँ शक्तिको कार्यक्रम यस्तो देखियो…

काठमाडौँ, ३० जेठ । मुलुकका ठूला पार्टीले आमसभा अयोजना गर्दा सडक अवरुद्ध पारेर जुलुस निकाल्ने गरेका भए पनि नयाँ शक्ति नेपालले आज निकालेको जुलुस सडक पेटीबाट मात्र अगाडि बढ्यो ।

yasto
जुलुसलाई सडकको पेटीबाट हिँडाउने नयाँ शक्तिको यो अभ्यासलाई धेरैले अनुकरणीय मानेका थिए । झन्डै बीस वर्षदेखि काठमाडौँमा बस्दै आउनुभएका झापाका सुजन घिमिरेले यसलाई ‘नयाँ शक्तिको नयाँ अभ्यास’को सङ्ज्ञा दिनुभयो । कार्यक्रम सञ्चालिका तथा पार्टी नेत्री करिश्मा मानन्धरले पनि सडकको छेउछाउबाट जुलुस आउँदा सुरक्षाकर्मी र दर्शकले राम्रो मानेका कार्यक्रममा पटकपटक बताउनुभएको थियो ।

सडकको पेटीबाट जुलुस हिँडाउनेबाहेक नयाँ शक्तिको घोषणा कार्यक्रममा अरु पनि केही नयाँ अभ्यास तथा प्रयोग भएको पाइयो । कार्यक्रमको सुरुमा राष्ट्रिय गानको धुनका लागि प्रत्यक्ष वाद्यवादन गराइएको थियो । जबकी अन्य कार्यक्रममा भने पहिले नै रेकर्ड गरिएको गान बजाउने अभ्यास हुँदै आएको थियो ।

नेपालको राजनीतिक इतिहासमा सम्भवतः पहिलोपटक सार्वजनिक रुपमा हजारौँको उपस्थितिमा पार्टी घोषणा गर्दै सपथ खुवाइएको छ । पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले त यसरी खुल्ला रुपमा सामूहिक तरिकाले पार्टी घोषणा गरिएको आफूलाई अहिलेसम्म थाहा नभएको बताउनुभयो ।

नेपालमा गरिने अधिकांश कार्यक्रममा वक्ता तथा अतिथि मञ्चमा र दर्शक तथा स्रोता मञ्चभन्दा तल बस्ने व्यवस्था गरिएको हुन्छ । तर नयाँ शक्तिले गरेको कार्यक्रममा भने वक्ता बोल्ने बेलामा मात्रै मञ्चमा जाने व्यवस्था गरिएको थियो । पत्रकारलाई फोटो तथा भिडियो खिच्न पटक पटक मञ्चमा जान दिइएको थियो । फोटो पत्रकार मनिकर कार्कीले आफूले चाहेजस्तो व्यवस्था भएको भन्दै सन्तोष व्यक्त गर्नुभयो ।

कार्यक्रमस्थलमा चुरोट तथा पानपराग प्रयोगमा पूर्णनिषेध रहेको मञ्चबाट पटकपटक जानकारी गराइएको थियो भने स्वयम्सेवक कालो कोट पाइन्टमा खटिएका थिए । निकै कम मात्रै अभ्यास भइरहेको कार्यक्रमस्थलमा ‘ड्रोन’ क्यामेराबाट दृश्य कैद गर्ने अभ्यास पनि नयाँ शक्तिको कार्यक्रममा भएको पाइयो ।

राष्ट्रियस्तरका पत्रपत्रिकामा पहिलो पृष्ठ पूरै विज्ञापन छापेर पार्टी घोषणासभामा निमन्त्रणा गर्ने पार्टी पनि नयाँ शक्ति नै पहिलो भएको छ । पत्रिकामा विज्ञापन छाप्नुलाई पार्टीका संयोजक भट्टराईले भित्ता फोहोर बनाएरभन्दा सूचना र प्रविधिको प्रयोग गरेर कार्यक्रमको प्रचार गर्नु पर्दछ भन्ने आफूहरुको मान्यता रहेको प्रष्ट्याउनुभयो ।

घोषणासभामा सहभागीले कार्यक्रमको व्यवस्थापकीय पक्षमा केही नयाँ महसुस गरे पनि शुभकामना दिने विभिन्न पार्टीका नेताले भने राजनीतिक व्यवहार पनि नयाँ र अनुकरणीय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरालगायत विभिन्न पार्टीका नेता र विदेशी पाहुनाले समेत नयाँ शक्तिलाई सकारात्मक नयाँपनका लागि शुभकामना दिनुभएको थियो ।

Continue Reading…

हरियालीका लागि देशभर वृक्षारोपण गर्न सरकारको निर्देशन

देशमा हरियाली बढाउन सरकारले असार, साउन र भदौ महिनामा देशभर वृक्षारोपण गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ । हरेक वर्ष खडेरीको समय बढ्दा पानीको मुहान सुक्न थालेपछि सरकारले नयाँ अभियान चलाउन लागेको हो ।
तीन महिने वृक्षारोपण अभियानमा स्थानीय तहमा रहेका सरकारी तथा गैरसरकारी संघ(संस्था, सामाजिक संस्था र शिक्षक तथा विद्यार्थीहरुलाई परिचालन गर्न निर्देशन दिएको हो । स्थानीय निकायलाई परिपत्र गर्दै स्थानीय विकास मन्त्रालयले कम्तिमा एक घरमा दुईवटा फलफूलका विरुवा रोप्न भनेको छ ।bhako

यस्तै सडक किनाराको जमीन तथा सार्वजनिक खाली जमिनमा भूगोल सुहाउँदो जातका विरुवा लगाउन र नजिकको घरबाट ती विरुवाको संरक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसैगरी पानीको मुहान आसपास छहारी हुने विरुवा लगाउन, संरक्षणमा ध्यान दिन परिपत्र गरेको छ ।

स्थानीय विकास मन्त्रालयबाट जारी भएको परिपत्रमा सबै सार्वजनिक विद्यालय परिसरमा वृक्षारोपण गर्न र चौतारा, पोखरी भएका ठाउँमा सम्भव भएसम्म बरपिपल रोप्न तथा पोखरीको समेत संरक्षण गर्न निर्देशन दिएको छ । यसरी रोप्न आवश्यक विरुवा जिल्ला वन कार्यालयले उपलब्ध गराउनेछ ।
news24nepaltv

Continue Reading…

पूर्वराजा ज्ञानेन्द्र र पाँच पूर्वप्रमविरुद्ध उजुरी

२०७३ जेष्ठ ३० आईतवार

काठमाडौँ: द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता मुक्तबन्दी कृष्ण केसीले आइतबार सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् । raja

बागलुङ नगरपालिका-३ स्थायी ठेगाना भएका केसीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

आयोगका अध्यक्ष सूर्यकिरण गुरुङलाई बुझाएको उजुरीमा जनयुद्ध सुरु भएदेखि २०६२÷०६३ को जनआन्दोलनसम्मका सरकारका प्रधानमन्त्री र शाही कदममार्फत सत्ता हातमा लिएका पूर्वराजा ज्ञानेन्द्र शाह युद्धकालका प्रमुख दोषी भएकाले कारबाहीको दायरामा ल्याउन अपिल गरिएको छ ।

केसीले आयोगका अध्यक्ष गुरुङसमक्ष द्वन्द्वकालका घटना निष्पक्षतापूर्वक छानबिन गर्न र दोषीमाथि कठोर दण्ड सजायको सिफारिस गर्न आग्रह गरेका छन् ।

वि.सं २०६० भदौ २७ गते काठमाडौँको मनोहरा पुलबाट पक्राउ परेका केसीलाई नेपाली सेनाले भैरवनाथ गण र काठमाडौँ उपत्यकाका विभिन्न सैनिक ब्यारेक तथा गोरखाको महेन्द्र दल गणमा आठ सय १० दिनसम्म बेपत्ता अवस्थामा राखिएको पनि उजुरीमा उल्लेख छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनाबारे उजुरीका लागि असार २ गतेसम्मको समय दिएको छ । पर्याप्त उजुरी नपरेको भन्दै आयोगले म्याद थप्ने विषयमा पनि सोचिरहेको आयोगका सहसचिव राधाकृष्ण प्रधानले बताए । रासस
annapurnapost

Continue Reading…

थाहा पाइ राख्नुहोस्, साइत बिगार्न सक्ने ६ कुरा

कुनै महत्वपूर्ण कामको थालनी हुँदैछ । सुरु गरीएको काम टुंग्याउने तरखरमा हुनुहुन्छ । शुभ पलको पखाईमा हुनुहुन्छ । यात्राको क्रममा हुनुहुन्छ । मन, उत्साह र उमंगले भरीएको हुन्छ । यस्तो समयमा अझै राम्रो शुभ साइत खोज्ने गरीन्छ । काम पुरा होस् भन्नका लागि । बाधा व्यवधान हटाउन लागि ।

kagati
तर, सोचे जस्तो सँधैभरी नहुन सक्छ । हाम्रो सामाजिक परम्परालाई नियाल्ने हो भने केहि कुराहरुलाई अशुभको प्रतिक मानीन्छ । त्यस्ता अशुभ वा कु साइतका लक्षण यस्ता छन् ।

१. कुकरले पानी खाई रहेको देखिए ।

२. जनावरको हड्डी देखिए ।

३. कागती र खुर्सानी देखिए ।

४. विरालोले बाटो काट्यो भने ।

५. रुँदै गरेको बच्चा देखिए ।

६. नुहाइ धुवाई गरेको पानी छरिएको देखिए ।

Continue Reading…

नेपालभित्रै पेट्रोल र सुन उत्खननपछि मुलुकले कोल्टे फेर्छः उद्योगमन्त्री

फलेवास (पर्वत), ३० जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले औद्योगिक क्षेत्रको विकास अहिलेको मुख्य आवश्यकता भएको बताउनुभएको छ ।
पर्वत जिल्लाको फलेवासमा रहेको जिल्लाकै पहिलो क्याम्पस पर्वत बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुलुकभित्र सम्भावना रहेका वस्तु तथा सेवालाई उद्योगका रुपमा विकास गर्न सकिँदैन, तबसम्म मुलुक आर्थिक हिसाबमा अगाडि बढ्न सक्दैन भन्नुभयो ।’’
नेपाललाई आर्थिक समृद्धिको उचाइमा पुर्याउनका लागि नेपालमा सम्भावना भएका उद्योगको विकास र खानी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।mantiri
मन्त्री पाण्डेले नेपालभित्रै रहेका पेट्रोल, कोइला, फलाम, सुनलगायतका खानी पुँजी र प्रविधिको अभावमा उत्खनन हुन गरी एकाध वर्षमै मुलुकले कोल्टे फेर्ने बताउँदै सरकारी तथा निजी लगानीमार्फत उद्योग र उत्पादनशीलतामा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मन्त्री पाण्डेले गत वर्षको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण औद्योगिक क्षेत्र चौपट बनेको बताउँदै औद्योगिक क्षेत्रको पुनःनिर्माण र विकासलाई आगामी आवको बजेट तथा कार्यक्रमले विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकभित्रकै उद्योगलाई सबल बनाएर आयात प्रतिस्थापन गर्ने गरी सरकार अघि बढेको छ ।”
मुलुकमा राजनीतिक स्थिरता भएमा आर्थिक विकासलाई समय नलाग्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योगधन्दाको विकास गरी बढ्दो युवा पलायनको दरलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
स्थायी शान्ति हुनसकेमा लगानीको वातावरण सिर्जना हुने र त्यसका लागि संविधानको पूर्ण कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड थियो ।
सरकार फेरेरमात्र मुलुकको विकास हुन नसक्ने बताउँदै संविधानको सफल कार्यान्वयन र अहिलेको सरकारले ल्याएको नीति तथा बजेटको पूर्णरुपमा लागू हुनसकेमा आम नेपालीले छोटो समयमै ठूलो राहत महसुस गर्ने मन्त्री पाण्डेले बताउनुभयो ।
कार्यक्रममा सांसद विकास लम्साल, कल्पना चापागार्इं, नेकपा (एमाले) पर्वतका अध्यक्ष पदम गिरीलगायतल बोल्नुभएको थियो । रासस
dainiknepal

Continue Reading…

चौबिस घण्टाभित्रै यसरी मारिए ५७ जना

काबुल, ३० जेठ- अफगानिस्तानमा एक दिनभरी सुरक्षाबल र आतङ्ककारीबीच भएको झडप र चालकरहित विमान आक्रमणमा ४६ भन्दा बढी आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा ११ अफगान सैनिकले समेत ज्यान गुमाएका छन् ।chinn
अफगान गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको छ । अफगानिस्तानको कैयौँ स्थानमा गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा ४६ आतङ्ककारी मारिनुको साथै अन्य २४ घाइते भएका छन् ।
यस कारबाहीमा परी अन्य चार आतङ्ककारी पक्राउ परेका सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
मारिएका आतङककारीमा एक हक्कानी सञ्जालका सदस्य र १३ जना आइएसआवद्ध आतङ्ककारी रहेका पनि सो विज्ञप्तिमा प्रष्ट पारिएको छ । आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
चालकरहित विमान आक्रमणमा चार आइएस लडाकू मारिए
यसैबीच अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा शनिबार राति अमेरिकासँग आवद्ध चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा चार आइएससम्बद्ध आतङ्ककारी मारिएका छन् । प्रान्तीय सरकारले आइतबार सो समाचारको पुष्टि गरेको छ ।
आचिन जिल्लाको महमान्दो इलाकामा अन्तर्राष्ट्रियबलको एक समूहले गराएको यस ड्रोन आक्रमणमा ती चार आतङ्ककारी मारिएका प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा भएको एक सैनिक कारबाहीमा शनिबार पनि आइएसका कम्तीमा १३ जना लडाकू मारिएका थिए ।
पाकिस्तानको सीमा क्षेत्रमा रहेको अफगानिस्तानको आचिन जिल्ला गएको दुई महिनायता अफगान सुरक्षाबल र आइएस लडाकूबीच झडप जारी रहेको छ ।
पछिल्लो समयमा अफगानिस्तानमा पनि आइएसको प्रभाव फैलिन थालेकोले यसतर्फ सचेत हुन अमेरिकाले बेलाबेलामा भन्ने गरेको छ । रासस/सिन्ह्वा
kathmandutoday

Continue Reading…

काठमाडौंको मोडल स्कुलमा १० कक्षामा पढ्ने विद्यार्थीले गरे आत्महत्या

काठमाडौँ, ३० जेठ । नेपाल मोडल स्कुल बसुन्धरामा अध्ययनरत सुशान्त मैनालीले आज आत्महत्या गरेका छन् ।
नेपाल मोडल स्कुल बसुन्धरामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मैनालीलाई एक तलामाथि रहेको विद्यालयको चर्पीमा झुन्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।jann
केही वर्षदेखि होस्टलमा बस्दै आएका काभ्रेपलाञ्चोकका मैनाली आज बिहान ९ बजे खाना खाने बेलामा चर्पीमा छिरेको र त्यसै समयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । रासस
dainiknepal

Continue Reading…

विरामीलाई भारत रेफर गर्ने डाक्टरमाथि छानविन थाल्न प्रधानमन्त्रीको निर्देशन

झापा, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा कार्यरत चिकित्सकले कमिशनको लोभमा विरामीलाई उपचारका लागि भारत रेफर गर्ने गरेको र सरकारी चिकित्सक निजी क्लिनिक तथा हस्पिटलमा गएर काम गरिरहेको विषयमा छानविन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।garnea
प्रधानमन्त्री ओलीले शनिवार राति नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ लाइभ कार्यक्रममा त्यस सम्बन्धी विभिन्न क्षेत्रबाट गरिएको प्रश्नको जवाफ दिँदै त्यस्तो निर्देशन दिएका हुन् ।
झापाका विभिन्न क्लिनिक र हस्पिटलमा कार्यरत चिकित्सकले कमिशनको लागि विरामीलाई जालझेल गरेर पैसा कमाउने मात्र सोच राखेको भन्ने विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रम ओलीले जनताको सेवालाई उच्च प्राथमिकता दिन त्यस्ता चिकित्सकलाई भनेका छन् ।
रगत जाँच लगायत विभिन्न प्रकारको स्वास्थ्य परीक्षणका लागि झापाका चिकित्सकलाई भारतीय हस्पिटलले मोटो रकम कमिशन दिने भएकाले उनीहरुले विरामीलाई सोझै भारतमा रेफर गर्ने गरेको, उपचारका नाममा बर्षेनि मेची अञ्चलबाट करोडौं रुपैयाँ भारततर्फ गइरहेको, चिकित्सक सेवाभन्दा पनि कमाउने धन्दामा अग्रसर भएको भनी विभिन्न क्षेत्रबाट प्रधानमन्त्री समक्ष गुनासो पोखिएको थियो ।
त्यस विषयमा आफू गम्भीर भएको भन्दै प्रम ओलीले तत्काल छानविन गर्न लगाउने बताए । उनले अनुमानका भरमा विरामीलाई भारत रेफर नगर्न र पैसाका लागि जालझेल नगर्न चिकित्सकलाई सुझाएका छन् ।
उक्त कार्यक्रम मार्फत झापाका प्रमुख जिल्ला अधिकारी मदन भूजेलको समेत ध्यानाकर्षण गराइएको छ । स्वास्थ्य क्षेत्रमा बढेको त्यस्तो विकृतिको तत्काल छानविन गरेर आवश्यक कार्वाही अघि बढाउन कार्यक्रममार्फत प्रजिअ भुजेललाई भनिएको छ ।
कानुन विपरीत झापामा सरकारी चिकित्सक निजी क्लिनिक र हस्पिटलमा कार्यरत रहेको, कमिशनका लागि रगत परीक्षणदेखि एमआरआईसम्मका सबै परीक्षण गर्न झापाका चिकित्सकले भारतका शिलगढीका हस्पिटलमा रेफर गर्ने गरेको, एम्बुलेन्सले पनि हस्पिटलबाट कमिशन लिने गरेको, झापाका निजी क्लिनिकहरु मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेको घटना विभिन्न सञ्चारमाध्यमले सार्वजनिक समेत गरेका छन् ।
त्यस्तै सचेत नागरिक समूह झापा नामको संस्थाले पनि स्वास्थ्य क्षेत्रका त्यस्ता विकृति बारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको समाचार सार्वजनिक भइसकेको छ ।
dainiknepal

Continue Reading…

बर्दियामा प्रचण्डले फेरि भने ‘म अब विश्राम लिने छैन’

बर्दिया, ३० जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता परिवारको मुहार हसिलो नभई आफूले विश्राम नलिने बताउनु भएको छ ।
बर्दियाको सूर्यपटुवास्थित डल्ला भन्ने स्थानमा आज बेदप्रसाद योगीको शालिक अनावरण गर्दै यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘जबसम्म राष्ट्रको एकता बलियो हुनेछैन, सहिद बेपत्ता परिवारको मुहार हसिलो हुनेछैन तबसम्म हामी विश्राम लिने छैनौं ।’bidesh
अध्यक्षले माओवादीफेरि एक पटक एकतावद्ध भएकोले अब नेपाल नयाँ बन्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक जस्ता कुराहरु यसकै विरोधीहरुलाई समेत मान्न बाध्य पायौं । यी एजेण्डा नेपाली कांग्रेस, एमालेले मानिदिए, त्यसका लागि धन्यवाद । एजेण्डा हाम्रा हुन् । यसको कार्यान्वयन हाम्रै नेतृत्वमा मात्र सम्भव छ । आफूले लगाएको बाली मागेर खाने जस्तो स्थिति हामी माओवादीको बन्यो । अब हामीले लगाएको बाली आफैं खाने हो ।’
dainiknepal

Continue Reading…

टुसा उमारेर गेडागुडी खानुका फाइदा

हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँः

faida
– टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।

– टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन् ।

– टुसा उम्रिएको गेडागुडीमा एन्टी–अक्सिडेन्ट, भिटामिन ए, बी, सी र ई प्रचुर मात्रामा पाइन्छन् । एन्टी–अक्सिडेन्टले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

– टुसा उम्रिएको गेडागुडीमा आइरनको मात्रा बढी हुने भएकाले यसले रक्तअल्पतालगायत रोगबाट बचाउँछ । यस्ता गेडागुडीमा फस्फोरस, आइरन, क्याल्सियम, जिंक, म्याग्नेसियम आदिका मात्रा उच्च हुन्छन् ।
– टुसा उमारेको गेडागुडीमा शरीरलाई ऊर्जा प्रदान गर्ने र मांसपेशीलाई बलियो बनाउने प्रोटिनको मात्रा उच्च हुन्छ ।

– वजन कम गर्न खोज्दै हुनुहुन्छ भने टुसा उमारेको गेडागुडी खाने गर्नुस् । किनकि, यस्तो खानामा क्यालोरीको मात्रा कम्ती हुन्छ ।

– अहिलेको महँगीमा टुसा उमारेको गेडागुडी खानु स्वास्थ्यका लागि मात्र नभई गोजीका लागि पनि फाइदाजनक हुन्छ । एक दिन पुग्ने गेडागुडीलाई टुसा उम्रन दिनुभयो भने दुई वा सोभन्दा बढी दिन पुग्न सक्छ ।

swasthyakhabar

Continue Reading…

भारतसँगको सम्बन्ध अरुसँग तुलना गर्न मिल्दैन– उपप्रम थापा

काठमाडौँ, उपप्रधानमन्त्री कमल थापाले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट खालको भएको हुदा अरुसँग तुलना गर्न नसकिने बताउनुभएको छ ।thapa
दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिएर भारतको नयाँदिल्लीबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भन्नुभयो– “नेपाल र भारतबीचको सम्बन्ध सुदृढ हँुदै गएको छ ।” दुई देशबीचको सम्बन्धमा तिक्तता र असमझदारी छ भनेर चर्चा र आशङ्का गरिए पनि यथार्थमा त्यो सही होइन होइन भन्दै परराष्ट्रमन्त्रीले दुई देशबीचको सम्बन्धमा कहीँ कतै अवरोध नदेखिएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणपछि सबै असमझदारी हटेर आपूर्ति व्यवस्थामा सहज भएको, सम्बन्धमा अत्यन्त हार्दिकता दृष्टिकोण कायम भएको तथा भ्रमणको आदानप्रदान भइरहेको उहाँको भनाइ थियो ।

नेपालको संविधानमा सबैको स्वामित्व कायम हुन सकोस्, नेपालमा शान्ति, स्थायित्व र प्रजातन्त्र बलियो हुन सकोस् भन्ने भारतीय पक्षको चासो र चिन्ता रहेको बताउँदै परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षमा समीक्षा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “अहिले दुवै देशबीचको सम्बन्ध सुमधुर ढङ्गबाट अघि बढेकामा दुबै पक्षबाट सन्तोष व्यक्त गरिएको छ ।”

नेपालले संविधान निर्माणपछि आर्थिक विकासमा जोड दिएकाले भारतसँगको सम्बन्धलाई अझ विशेष महत्व दिइएको बताउँदै उपप्रधानमन्त्री थापाले नेपालले आफ्नो विकास र समृद्धिको लक्ष्य हासिल गर्न दुवै छिमेकीसँग असल सम्बन्ध कायम राख्दै छिमेकीले गरेको तीव्र आर्थिक विकासबाट फाइदा लिने रणनीतिका साथ सम्बन्ध विस्तार गर्न खोजेको छ भन्नुभयो ।

नेपाल र भारतबीच आगामी जुलाइभित्र १३ वटा द्विपक्षीय बैठक तथा आगामी अक्टोबरमा संयुक्त संयन्त्रको अर्काे बैठक बस्ने तयारी गरिएको मन्त्री थापाले जानकारी दिनुभयो ।

राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा मिलाइने
उच्चस्तरमा हुने भ्रमणको महत्वलाई दृष्टिगत गरी अझ सामीप्यता कायम गर्न दुवै मुलुकका राष्ट्रपतिको भ्रमणको तयारी कूटनीतिक माध्यमबाट उपयुक्त समयमा मिलाइने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

नयाँ दिल्लीमा रहँदा मन्त्री थापा र भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच पनि भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा परराष्ट्रमन्त्री थापाले सार्कप्रतिको प्रतिबद्धता जनाउँदै यसको आदर्श र लक्ष्यप्रति नेपालको अटुट प्रतिबद्धतालाई अभिव्यक्त गर्नुभएको थियो । विश्वविद्यालयले छोटो अवधिमा यस क्षेत्रका विद्यार्थीलाई अध्ययनको महत्वपूर्ण अवसर प्रदान गर्नाका साथै क्षेत्रीय सहयोग र सद्भावमा ठूलो भूमिका खेल्दै आएको छ ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उहाँले मधेस आन्दोलनको स्वरुप फेरिए पनि समस्या पूर्ण रुपले नहटेसम्म संविधान कार्यान्वयन र आगामी निर्वाचनमा कठिनाइ हुन सक्छ भन्ने कुरा सबै राजनीतिक दलले बुझ्न आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीचको एकीकरणका लागि अझै निकै मेहनत गर्नुपर्ने देखिएको टिप्पणी गर्नुभयो । रासस news24nepaltv

Continue Reading…

बाबुरामको १० बुँदे सपथमा के छ ? (पूर्ण पाठ)

काठमाडौं, ३० जेठ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरी आफ्ना सदस्यहरुलाई सपथ खुवाएका छन् ।
१० बुँदे सपथको अन्तिममा “नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु” भन्ने उल्लेख छ ।
शपथ–ग्रहणको पूर्ण पाठःpat
म, (नाउँ) नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु । यही गर्वका साथ म मेरो देश, शहीदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै निम्न प्रतिज्ञा गर्दछु,
म, नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि, विकास र सामाजिक न्यायको सपनालाई पूरा गर्न वचनवद्ध छु ।
म, आफ्नै जीवनकालमा समृद्ध नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्दछु ।
म, सबै नेपाली जनताको समान पहिचान र स्वामित्व सहितको स्वाधीन, समृद्ध, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद निर्माणकालागि क्रियाशील रहनेछु ।
म, जीनवनभर सुशासन, सदाचार, मानवीय मूल्य र गरिमा बृद्धिकालागि लागिरहनेछु ।
म, कहिल्यै सार्वजनिक हितलाई कुण्ठित गर्ने छैन र निजी स्वार्थकालागि राजनीति गर्नेछैन ।
म, सधैं श्रमको सम्मान गर्नेछु ।
म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु ।
म, नयाँ शक्ति नेपाललाई एक वैकल्पिक राजनीतिक पार्टीको रुपमा विकास गर्दै यसको लक्ष्य र उद्देश्य प्राप्त गर्न निरन्तर क्रियाशील रहनेछु ।
नयाँ शक्ति नेपाल, जिन्दावाद !
dainiknepal

Continue Reading…

दशरथ रंगशालामा करिश्माको सातो लिने यी को हुन् ?

काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा अभिनेत्री समेत रहेकी करिश्मा मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीका विषयमा अन्टसन्ट बोलेपछि दशरथ रङ्गशाला एकछिन् तात्तिएको छ ।
उद्घोषक करिश्माले प्रदीप गिरीको नाम शुद्धसँग उच्चारण गर्न नजानेपछि प्रदीपले मञ्चबाटै करिश्मालाई ‘उद्घोषक सुन्दरी’को संज्ञा दिएका थिए । प्रदीप गिरीले अगाडि भने, ‘उद्घोषक सुन्दरीले भने जस्तो म भट्टराई वा डाक्टर कोही पनि होइन । मेरो परिचय यत्ति नै हो ।’lai
करिश्मा मानन्धरले उद्घोषणका क्रममा नाम चलेका शीर्ष नेताहरुको नामै राम्रोसँग उच्चारण गर्न सकेकी थिइनन् । प्रदीप गिरीले आलोचना गरेपछि करिश्माले भनिन्, ‘म अलि छिटो बोल्ने गरेकी छु, त्यही भएर गल्ती हुने गरेको छ । अबदेखि म सुध्रिने प्रयास गर्ने छु, सर ।’
उद्घोषणका क्रममा करिश्माले धेरै नै बिगारेपछि पाशाङ शेर्पा आएर केही सुधारको प्रयास गरेका थिए ।
यतिसम्मकी करिश्माले उद्घोषका क्रममा प्रधानमन्त्रीलाई ‘केपीजी’ साढे तीन बजे आउँदै हुनुहुन्छ भनेर सभालाई जानकारी दिएकी थिइन् । तर, उनले मुलुकको प्रधानमन्त्रीको पूरा नाम लिने हिम्मत गरिनन् ।
कार्यक्रम विगार्दै गएकी करिश्माले शेरबहादुर देउवाका विषयमा पनि अन्टसन्ट बोलेकी थिइन । करिश्माले भनिन्, ‘शेरबहादुर दाईसँग पनि राम्रो छ । आरजु भाउजुसँग पनि राम्रो छ ।
रातो साडीमा रहेकी करिश्माको यस्तो कार्यको सबैले अलोचना गरेका छन् । प्रधानमन्त्रीको नाम सम्मानका साथ लिन नसक्नेले कसरी राजनीति गर्ने हो भनेर टिकाटिप्पणी गरेका छन् ।
नयाँ शक्ति नेपालको घोषणा सभामा गायक रामकृष्ण ढकालले गीत गाएर मनोरञ्जन दिएका छन् । उनी घोषणा सभामा पैसा लिएर गाएका हुन् वा नयाँ शक्तिको सदस्य भएर गाएका हुन् त्यसबारेमा भने करिश्माले केही बताइनन् ।
dainiknepal

Continue Reading…

बाबुरामले नेपाललाई एसियामै समृद्ध देश बनाउँछन्ः भारतीय नेता त्रिपाठी

काठमाडौं, ३० जेठ । भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं राज्यसभा सदस्य डिबी त्रिपाठीले नयाँ शक्ति नेपाली जनताको असली भक्ति भएको बताएका छन् ।nitaa
दशरथ रंगशालाबाट आज घोषणा भएको नयाँ शक्ति नेपाल पार्टीलाई शुभकामना दिँदै दिल्लीबाट आएका नेता त्रिपाठीले नयाँ शक्तिको समृद्धिको नाराले नेपाल दक्षिण एसिया मात्रै होइन् एसियाकै समृद्ध देश बन्न सक्ने धारणा राखे ।
उनले भने– ‘बाबुराममा त्यो क्षमता छ । तर राजनीतिक एकता र स्थिरता आवश्यक छ । बाबुरामलाई मैलै जति कसैले चिनेको छैन् । हामी नेपालको विश्वविद्यालयदेखि जीवनको विश्वविद्यालयसम्म सँगै छौं । मलाई विश्वास छ उनले नेपाललाई समृद्ध बनाउछन् ।’
समृद्ध नेपालको कुरा आउँदा आफूलाई गर्व लाग्ने भन्दै उनले जनताको जीवनमा जबसम्बन्ध समृद्धि हुँदैन् तबसम्म समाज र देश समृद्ध हुँदैन् भने ।
dainiknepal

Continue Reading…

बाबुरामलाई शान्ताको सुझावः आत्मसमर्पणवादले तपाईको कहिल्यै भलो हुनेछैन्

काठमाडौं, ३० जेठ । पूर्व सभासद शान्ता चौधरीले पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई आत्मसमर्पणवाद त्याग्न सुझाव दिएकी छिन् ।
भट्टराईले आज घोषणा गरेको नयाँ पार्टीलाई शुभकामना दिँदै शान्ताले आत्मसर्मणवादी कित्ता छोडेर राष्ट्रवादी कित्तामा उभिन सके मात्र बाबुराम र नयाँ शक्तिको हुने भनेकी छिन् ।
बहुदलीय व्यवस्थामा नयां पार्टी स्थापनालाई नै अपराध मान्ने पक्षमा म छैन भन्दै शान्ताले तर अहिले नयां पार्टीको वस्तुगत आवश्यक्ता हो होइन भन्ने प्रश्न प्रधान प्रश्न हो भनेकी छिन् ।sujap
यस्तो छ शान्ताको सुझावः
कुनै जमानमा यो देशले बहुप्रतिक्षा गरेको, देशको कायापलट गर्ने सपना बाड्दै १० वर्षे हिंसात्मक युद्वको नेतृत्व गरेका अनि शान्तिपूर्ण राजनीतिमा आएपछि प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको नेतृत्वमा आज नयाँ पार्टीको घोषणा गरिएको छ । बहुदलीय व्यवस्थामा नयां पार्टी स्थापनालाई नै अपराध मान्ने पक्षमा म छैन तर अहिले नयां पार्टीको वस्तुगत आवश्यक्ता हो होइन भन्ने प्रश्न प्रधान प्रश्न हो । नयां पार्टी खोल्दैमा देशका तमाम समस्या समाधान हुन्छन भन्नु फेरी एक भ्रम सिवाय केहि होइन । बाबुरामजी इतिहासको अग्निपरीक्षमा परिक्षण भइसकेको व्यक्ति हो । उहांका विषयमा उहांको पूर्ववर्त पार्टी र बाहिर जनताका विचमा पनि सम्भवत अव कुनै भ्रम बांकी छैन । हो म मा तपाईको जस्तो डिग्रीको सटिफिकेट छैन, कक्षा नौ मा पढदैछु र पनि राष्ट्र र राष्टियता अनि सबैखाले अतिवादविरुद्वमा शिरमा कफन बाधेरै, भयानक बजोखिम मोलेरै उभिएकै छु । किनपनि भने मलाई देशका जनता र राष्ट्रियता भन्दा ठूलो कुनै वाह्य शक्तिकेन्द्र हुन भन्ने भ्रम जति नै अनपढ भएपनि छैन र नागरिक आवाजमा म भरपूर विश्वास गर्छु । पढाइको दम्भलाई तपाईले कति ठाउंमा कतिपय व्यक्तिका सन्र्दभमा अति भद्दा रुपमा प्रस्तुत गर्ने गर्नुभएको छ जुन विद्वताको सरासर दुरपयोग हो भन्ने लाग्छ । तपाईका विषयमा सबैभन्दा पेचिलो प्रश्न हो राष्ट्रियता सम्बन्धि तपाईको अडानको प्रश्न । यो प्रश्नमा पुनर्विचार गरेर आत्मसर्मणवादी कित्ता छोडेर राष्ट्रवादी कित्तामा उभिन सक्ुनभो भने तपाईको अनि तपाईको दलको भलो हुनेछ ।
dainiknepal

Continue Reading…

करिष्माले कार्यक्रम सञ्चालन गर्दा तातियो रंगशालाको माहोल

जेठ ३०

काठमाडौं– नयाँ शक्ति नेपालको पार्टी घोषणा सभाको दोस्रो चरणको कार्यक्रम सञ्चालन अभिनेत्री तथा नयाँ शक्ति नेपालकी सचिवालय सदस्य करिष्मा मानन्धरले गरेकी छन् । karisma
पहिलो चरणको कार्यक्रम पासाङ शेर्पाले सञ्चालन गरेपछि दोस्रो चरणको कार्यक्रम सञ्चालनको जिम्मा मानन्धरलाई दिइएको थियो ।
मानन्धर कार्यक्रम सञ्चालनको लागि मञ्चमा पुगेलगत्तै दशरथ रंगशालाको माहोल तातिएको थियो ।उनी मञ्चमा पुग्दा कार्यकर्ता तथा शुभेच्छुकहरुले उनको पक्षमा हुटिङ समेत गरेका थिए ।
उनले कार्यक्रम समेत आकर्षक रुपमा सञ्चालन गरेकी छन् ।

ratopati

Continue Reading…

ओली सरकार गिराउन माओवादीले फेरि षड्यन्त्र गरेको खुलासा

भक्तपुर, ३० जेठ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले राष्ट्रिय सरकारको गृहकार्य सुरु गरेको बताउनु भएको छ ।gosann
रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा भुसालले हाल आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता नबोलाउने बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बिभिन्न दलहरुसँग छलफल सुरु भइरहेको बताउनु भयो ।
बिभिन्न फुटबाट एक जुट भएको माओवादी केन्द्रमा ढिलाचाँडो किरण, बाबुराम र बिप्लब आउने भुसालले दाबी गर्नुभयो ।
उहाँले आफ्नो पहिचान देखाउन गरिने शक्ति प्रदर्शन कुनै नौलो नभएको बताउनु भयो । ‘माओवादीलाई चट्क्कै छाडेर जानुको साटो माओवादीमै समाहित भएर बाबुराम, बिप्लबले आफ्नो जिम्मेवारी लिएर काम गर्दा सबैको लागि हित हुन्छ’, उहाँले भन्नुभयो ।
मधेस आन्दोलनका जायज मागलाई सम्बोधन गर्दैै उनीहरुलाई समेत राष्ट्रिय सरकारमा सामेल गर्न माओवादी केन्द्र सक्षम रहेको प्रवक्ता भुसालले उल्लेख गर्नुभयो भयो ।
चीन तर्फका नाका बिस्तारका लागि नेपाल सरकार प्रधानमन्त्रीले सम्झौता गरिसकेको र त्यसलाई पूर्णता दिन नेपाल अग्रसर बन्नु पर्ने उहाँको टिप्पणी छ ।
dainiknepal

Continue Reading…

दशरथ रंगशालाबाट बाबुरामले गरे नयाँ शक्ति नेपाल पार्टीको घोषणा

काठमाडौं, ३० जेठ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको स्थापना भएको घोषणा गरेका छन् ।rarom
आइतबार दिउँसो संयोजक बाबुरामले सम्बोधन गर्दै औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका हुन् ।
घोषणा कार्यक्रममा सबै पार्टीका नेताहरु र देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।
तत्कालिन एमाओवादी परित्याग गरी आर्थिक क्रान्तिको नारासहित नयाँ शक्ति अभियान प्रारम्भ गरेका बाबुरामले आइतबार त्यसलाई औपचारिक रुपमा नयाँ पार्टी स्थापना गरेका हुन् ।
बाबुरामले आज रंगशालामा उपस्थित भएकाहरुलाई पार्टीको सदस्यको रुपमा सामूहिक सपथ पनि खुवाएका छन् ।
dainiknepal

Continue Reading…

बाबुरामको पार्टी घोषणामा रञ्जित रे अतिथि, चिनियाँ राजदूत गएनन्

काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रेको पनि उपस्थित रहेको छ ।gosana
नयाँ शक्ति नेपालको विशेष आग्रहमा राजदूत रे पार्टी घोषणा स्थल दशरथ रङ्गशाला पुगेको उद्घोषक पाशाङ शेर्पाले जानकारी दिए । चिनियाँ राजदूतावासबाट भने राजदूत आएका छैनन् ।
राजदूतको साटो प्रथम सेक्रेटरी घोषणासभामा सहभागी छन् । अन्य मुलुकका राजदूतहरु भन्दा पनि प्रतिनिधिहरुलाई सभामा पठाइएको छ ।
dainiknepal

Continue Reading…

बाबुरामलाई प्रधानमन्त्री ओलीको फोनबाटै जवाफ- विद्वानको सभामा अनपढ शोभा दिँदैन्

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘अनपढ’ भन्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई गतिलो जवाफ दिएका छन् ।
आज दशरथ रंगशालामा हुने नयाँ शक्तिको घोषणा सभामा सहभागी भइदिन तारन्तार फोन गरेपछि ओलीले बाबुरामलाई फोनबाटै विद्धानहरुको सभामा अनपढ मान्छे बोलाउँदा शोभा नदिने जवाफ दिए ।
केही दिनअघि बाबुरामले ‘एसएलसी सम्म पास नगरेका प्रधानमन्त्रीले ज्ञान विज्ञानको कुरा गर्न सुहाउँदैन्’ भन्दै अनपढको संज्ञा दिएका थिए ।owli
अस्ती आलोचना गरिरहेका बाबुरामले आज ओलीलाई ‘जसरी पनि आइदिनुपर्यो हजुर’ भनेर विन्ती गरेपछि प्रधानमन्त्रीले व्यंग्यात्मक शैलिमा बाबुरामलाई जवाफ दिँदै भने– ‘ए, मलाई बोलाउनुभएको ? विद्वानहरुको सभामा अनपढ आएर शोभा हुँदैन कि ?’
यो प्रश्न सुनेर ट्वा परेका बाबुरामले विषयवस्तु मोड्दै जसरी पनि आइदिन फेरि अनुरोध गरे ।
बाबुरामले अति नै अनुरोध गरेपछि प्रधानमन्त्री ओली दिउँसो तीन बजे नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा जान तयार भएको बालुवाटार स्रोतले जनाएको छ ।
बाबुरामको सभामा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदैछन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने घोषणा सभामा नजाने भएका छन् ।
dainiknepal

Continue Reading…

मिठो निन्द्राको लागि केराको चियाको फाईदा र बनाउने तरिका

डिसीनेपाल डटकम – सामान्यतः सहज रुपमा पाईने फलफूलमा केरा प्रमुख हो । गाउँघरको कुना कन्दरा देखि शहरसम्म पाईने केरा लस्सीको रुपमा प्रयोग गरिने गरिन्छ ।

धेरै जसोले मन पराउने फल केराको सेवन हामीले बुझेर वा नबुझेर दैनिक रुपमा गरिराखेका हुन्छौँ । विभिन्न फाईदा मध्ये केराको विरलै थाहा पाएको फाईदाको बारेमा आज डिसीनेपाल प्रस्तुत गर्न गईरहेको छ ।
अचम्म लाग्न सक्छ केराको चिया खानुहोस् भन्दा तर यसको अद्भुत फाईदा आज हामी तपाईलाई बताउनेछौँ ।
keraa
मिठो र आनन्दको निन्द्राको लागि केराको चिया पिउने गर्नुहोस् । यसो गर्नाले तपाईको अनिन्द्रा भाग्छ । तपाई राती निदाउन नसकेर छटपटिने गर्नुहुन्छ भने केराको चिया पिउनु निकै लाभदायक मानिन्छ ।
चलनचल्ती अनुसार धेरै मानिसले स्लिपिङ ट्याबलेटको सेवन गर्ने गर्छन् । जसले झुम्म बनाउने, पेट दुख्ने, कब्जियत हुने जस्ता समस्या समेत देखा पर्छ । त्यसैले स्लिपिङ ट्याबलेटलाई आजै देखि बन्द गरेर सुत्ने बेला केराको चिया पिउने गर्नुहोस् ।

केरामा पोटाशियमको मात्रा भरपूर रुपमा पाईन्छ । यसको साथै केरालाई म्याग्नेशियम तत्वको भण्डारको रुपमा लिईन्छ । यो दुई तत्वले तनावलाई भगाउने काम गर्दछ ।

केराको चिया बनाउने तरिका
यो चिया बनाउन जम्मा १० मिनेट भए पुग्छ । एक कप पानीमा दालचिनी मिसाएर उमाल्ने । एक कोसा केरालाई उम्लिँदै गरेको पानीमा राख्ने । केरा राखिसकेपछि अब १० मिनेट फेरि उमाल्नुहोस् र छानेर पिउनुहोस् । यसो गर्नाले तपाईको अनिन्द्राको समस्या समाधान हुन्छ ।

Continue Reading…

बाबुरामको पार्टी घोषणा सभामा प्रचण्ड नजाने

१०३ पटकआइतबार, ३० जेठ
काठमाडौँ। नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नजाने भएका छन् ।
प्रचण्ड कार्यक्रममा नगए पनि माओवादी केन्द्रका अन्य नेता भने सहभागी हुने प्रचण्डको निजि सचिवालयले जनाएको छ
प्रचण्ड पार्टीको आन्तरिक प्रशिक्षणका लागि बर्दियामा रहेकाले आज कार्यक्रममा उपस्थिति नजनाउने जनाईएको छ ।

najana
आइतबार बर्दियाको सूर्यपटुवामा निर्माण भएको सहिद देवप्रसाद चौधरीको शालिक अनावरण गरेर प्रचण्ड दिउँसो ३ बजे नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेला प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रचण्ड अध्यक्ष भएको तत्कालिन एकीकृत माओवादीबाट साधारण सदस्य समेत नरहने गरी गत वर्ष असोज ९ गते बाबुरामले पार्टी परित्याग गरेका थिए ।
nepalsandesh

Continue Reading…

काठमाडौंको बुढानिलकण्ठमा गाँजा खेती, एक पक्राउ

काठमाडौं, ३० जेठ । राजधानीमै गाँजा खेती हुने गरेको खुलासा भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुढानिलकण्ठ नगरपालिका–१९ कपन पैयुटार बस्ने ३३ वर्षीय राम कुमार नगरकोटीलाई प्रहरीले १ केजी लागू औषध गाँजा तथा गाँजा प्याकिङ गर्ने प्लाष्टिकको झोलासहित पक्राउ गरेको हो ।parkau
नगरकोटीले आफ्नै घर वरीपरी गाँजा उत्पादन गरी बिक्रि बितरण गर्दै आएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार उनलाई उक्त गाँजा सहित पक्राउ गर्नुको साथै १८५ बोट गाँजा समेत फडानी गरेको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal

Continue Reading…

बाबुरामको नयाँ शक्ति नेपाल पार्टी घोषणामा प्रचण्ड नजाने, ओली र देउवा तयार

काठमाडौं, ३० जेठ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीको घोषणा समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
प्रचण्डको निजी सचिवालयका अनुसार बाबुरामले प्रचण्डलाई निमन्त्रणा पठाएपनि उनी उपत्यका बाहिर रहेकाले पार्टी घोषणा सभामा सहभागी नहुने भएका हुन् ।parchana
यसअघि शनिबार पत्रकार सम्मेलन गरी बाबुरामले प्रचण्डजी आउनुहुन्छ भन्ने अपेक्षा लिएको छु भनेका थिए ।
प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले अध्यक्ष प्रचण्ड बर्दियामा रहेको र आज दिनभर पार्टीकै कार्यक्रममा उतै व्यस्त रहने जानकारी दिए ।
‘उहाँ (प्रचण्ड)ले बर्दियाको सूर्यपटुवामा निर्माण भएको सहिद देवप्रसाद चौधरीको शालिक अनावरण गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो ३ बजे नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रशिक्षण दिनुहुनेछ । उहाँ आज फर्किने टुंगो लागेको छैन् ।’
गत वर्षको असोज ९ गते प्रचण्डलाई छाडेर माओवादी परित्याग गरी बाबुरामले नयाँ शक्ति अभियानको शुभारम्भ गरेका थिए ।
प्रधानमन्त्री ओली र देउवा तयार
बाबुरामले आइतबार दशरथ रंगशालामा गर्न लागेको नयाँ शक्ति नेपाल पार्टी घोषणा समारोहमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य दलका नेताहरु भने सहभागी हुनेछन् । प्रधानमन्त्री ओली दिउँसो ३ बजेपछि घोषणा सभामा जाने उनको निजी सचिवालयले जनाएको छ ।
dainiknepal

Continue Reading…

नयाँ शक्तिको समय तालिका प्रभावितः १२ मिनेटमा पुग्ने रणनीति विफल

३० जेठ, काठमाडौं ।

नयाँ शक्ति नेपालले पार्टी स्थापना घोषणा सभा १२ बजेबाट सुरु हुने बताए पनि राजधानीका विभिन्न स्थानमा भएका जाम र कार्यकर्ताको उपस्थिति हुन ढिला हुने भएपनि समयमा नै सुरु हुन सकेको छैन ।
नयाँ शक्तिको कार्यक्रम शुरु हुने भनिएको समय गुज्रिसकेको छ । दशरथ रंगशालामा तामझाम सहित कार्यक्रमको अन्तिम तयारी भैरहेको छ ।bhan

नयाँ शक्ति नेपालले कुपन्डोल बबरमहल, कालिमाटी र रत्नपार्कमा गरी चार स्थानबाट कम्तिमा पनि १५ मिनेटमा कार्यक्रमस्थल रंगशाला पुग्ने बताएपनि कालीमाटी बाहेकका तीन स्थानबाट जुलुस ढिलो गरि रंगशाला पुग्दैछ ।
5नयाँ शक्तिको निम्तोः प्रचण्ड–वैद्य नजाने ओली–देउवा जाने

गाउँगाउँबाट राजधानी आइपुग्ने कार्यकर्ता आउनेक्रम जारी रहेकाले कार्यक्रमको कार्यतालिका केही फेरबदल हुने देखिएको छ । केन्द्रीय परिषद् सदस्य सोनाम सिंह स्याङताङले कालीमाटीबाट जुलुस समयमा निस्किएको भएपनि अन्य स्थानमा केही ढिला भएको जानकारी दिए ।
जुलुस निकाल्दा ट्राफिक जाम नहुने बताएपनि जुलुस निकाल्ने क्षेत्रमा ट्राफिक व्यवस्था प्रभावित भएको छ । ट्राफिक व्यवस्थापनको लागि नयाँ शक्तिले आठ सय स्वयंसेवक परिचालन गरेको बताएको थियो ।
नयाँ शक्तिले दावी गरे जस्तो १२ मिनेटमा १ लाख कार्यकर्ता रंगशाला पुर्‍याइसक्ने रणनीति पनि असफल देखिएको छ । कुपन्डोल बिजुलीबजार पुल, कालिमाटी रत्नपार्कमा भेला भएर ८देखि १० मिनेटमा रंगशाला पुग्ने दावी नयाँ शक्तिका नेता गंगा श्रेष्ठले गरेका थिए ।nepaliheadlines

Continue Reading…

नयाँ शक्ति पार्टी घोषणामा प्रचण्ड नजाने

२०७३ जेष्ठ ३० आईतवार

प्रधानमन्त्री ओली ३ बजे उपस्थित हुने
काठमाडौँ: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् ।

प्रचण्ड अध्यक्ष भएको तत्कालिन एकीकृत माओवादीबाट साधारण सदस्य समेत नरहने गरी गत वर्ष असोज ९ गते बाबुरामले पार्टी परित्याग गरेका थिए । पार्टी परित्याग गरेसँगै बाबुरामले सांसद पद समेत परित्याग गरेर नयाँ शक्ति निर्माण गर्ने घोषणा गरेका थिए ।parchann

सोही घोषणा अनुसार बाबुरामले आइतबार दशरथ रंगशालामा तामझामका साथ नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्दैछन् । घोषणा कार्यक्रममा भट्टराईले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष प्रचण्ड लगायत सबै पार्टीका प्रमुख नेतालाई निमन्त्रणा गरेका छन् ।
नयाँ शक्तिको पार्टी घोषणामा उपस्थित नेता, कार्यकर्ता र सर्वसाधारण । तस्बिरः नयाँ शक्ति नेपाल
नयाँ शक्ति घोषणामा अन्य नेता जाने बताइएको भए पनि प्रचण्ड नजाने भएका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार दिनभर उपत्यका बाहिर रहने छन् ।

प्रचण्डका सहयोगी जोगबहादुर महराले अन्नपूर्ण अनलाइनसँग भने, ‘उहाँ बर्दियामा हुनुहुन्छ । आज दिनभर पार्टीकै कार्यक्रममा व्यस्त हुने कार्यतालिका छ ।’

आइतबार बर्दियाको सूर्यपटुवामा निर्माण भएको सहिद देवप्रसाद चौधरीको शालिक अनावरण गरेर प्रचण्ड दिउँसो ३ बजे नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेला प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओली ३ बजे उपस्थित हुने

प्रधानमन्त्री केपी शर्मा ओली नयाँ शक्ति घोषणा कार्यक्रममा उपस्थित हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली दिउँसो तीन ३० बजे नयाँ शक्ति पार्टी घोषणा सभामा उपस्थित हुने छन् ।

प्रधानमन्त्री ओलीले पार्टी घोषणा कार्यक्रममा उपस्थित भएर शुभकामना दिने कार्यक्रम रहेको नयाँ शक्तिले जनाएको छ । पार्टी घोषणालाई व्यवस्थित गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समितिसहित अन्य १४ उपसमिति सक्रिय छन् ।

नयाँ शक्तिले पार्टी घोषणा सभामा देशभित्र रहेका क्रियाशील राजनीतिक दल, व्यवस्थापिका संसद सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, पेसागत संगठन तथा मिडिया संवद्ध संस्था र व्यक्तिलाई आमन्त्रण गरिएको छ ।
annapurnapost

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog