Sunday, June 5, 2016

कसैलाई छोडेन्न ज्ञानेन्द्र र देउवाविरुद्ध उजुरी ?

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र दिेउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको आजको राजधानी दैनिकमा समाचार छ ।

rajaa
पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका नाममा गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् ।

स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत आइतबार ज्ञानेन्द्र र सभापति देउवालाई कारबाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको किराँतीले बताए ।news24nepaltv

Continue Reading…

अब बेरोजगारलाई भत्ता, एक वर्षमा चार महिनाको पाइने

सरकारले बेरोजगार नेपालीलाई निश्चित अवधिसम्म वेरोजगार भत्ताको प्रावधानसहित सामाजिक सुक्षासम्बन्धी कानुन ल्याउने भएको छ ।

संविधान जारी हुनुअगावै संसदमा दर्ता भएको विधयेकलाई व्युताउँदै सरकारले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले ऐन ल्याउने प्रक्रियालाई तीव्र बनाएको आजको राजधानी दैनिकमा समाचार छ ।
aba
एेन पारित गराउने उद्देश्यका साथ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम सम्बन्ध समितिले मस्यौदाका प्रावधानमाथि छलफल थालेको छ ।ऐनको प्रतावित मस्यौदामा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका बेरोजगार व्यक्तिलाई भत्ता दिने प्रावधान राखिएको छ । तर, यस्तो भत्ता अध्ययनरत व्यक्तिले भने पाउनेछैनन् ।

रोजगारी गर्न चाहेको तर विविध कारणले असफल भएका व्यक्तिलाई बेरोजगार परिचयपत्र दिने र सोही आधारमा राज्यले भत्ताको प्रवन्ध गर्ने विधेयकमा उल्लेख छ ।यस्तो भत्ता एक आर्थिक वर्षमा बढीमा चार महिनासम्मका लािग प्रदान गगरिनेछ । बेरोजगार परिचायपत्र पाएको मितिदेखि व्यक्तिले भत्ता पाउँनेछन् ।

तर, यस्तो भत्ता सरकारले तोकेको न्यूनतम पारिश्रमिक को २५ प्रतिशत मात्र हुनेछ । ऐन मस्यौदाको प्रावधानअनुसार सरकारले १० हजार न्यूनतम पारिश्रमिक तोकेको क्षेत्रमा काम गर्ने योग्यता पुगेको व्यक्तिले चार महिनासम्म २ हजार ५ सय रुपैयाँ बेरोजगार भत्ताबापत पाउनेछन् ।news24nepaltv

Continue Reading…

४४ नेता, ५६ पटक मन्त्री, कुन–कुन समयमा थिए सरकारमा मधेसी नेता ?

काठमाडौं, २४ जेठ । राजनीतिक पहुँचमा मधेसी नेताहरूको उपस्थिति बलियो देखिएको छ । २८ चैत ०६४ को संविधानसभा निर्वाचनदेखि ०६९ सम्म बनेका चार सरकारमा मधेसी दलका ४४ नेता मन्त्री भएका छन् ।
उनीहरूले ५६ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । १ चैत ०६९ मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको कर्मचारी सम्मिलित मन्त्रिपरिषदमा पूर्वसचिव उमाकान्त झा सिँचाइमन्त्री भएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।neta
०७० को दोस्रो संविधानसभा निर्वाचनपछि बनेका सरकारमा भने मधेसी दल सरकारमा भएका छैनन् ।
पहिलो मधेस आन्दोलन र सहमति
०६३ माघमा पहिलोपटक मधेस आन्दोलन भयो । आन्दोलनको नेतृत्व तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका शान्तिमन्त्री रामचन्द्र पौडेलसँग यादवले ०६४ भदौमा २२ बुँदे सहमति गरे ।
त्यतिवेला मुख्यत: मुलुक संघीय संरचनामा जाने तथा स्वायत्त मधेस प्रदेशबारे सहमति भएको थियो । मधेसी जनअधिकार फोरमसँग २२ बुँदे सहमति भए पनि कांग्रेसबाट बाहिरिएका महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेस लोकतान्त्रिक पार्टीले १ फागुन ०६४ मा अर्को मधेस आन्दोलन गर्‍यो ।
सो आन्दोलनपछि १६ फागुनमा आठबुँदे सहमति भयो । मधेसी जनताको चाहनाअनुसार मधेस प्रदेश बनाउने, राज्यका निकायमा समानुपातिक समावेशीको व्यवस्था गर्ने तथा सेनामा समूहगत प्रवेशलगायतका मागमा सहमति भएको थियो ।
२८ चैत ०६४ मा संविधानसभा निर्वाचन भएपछि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भयो । सरकारमा विगतमा सम्झौतामा हस्ताक्षर गर्ने मधेसी दलका नेताहरू सहभागी भएका थिए ।
सत्तामा हुँदा बेवास्ता गरिएका माग
अहिले पनि गत वर्ष साउनदेखि आन्दोलनरत मधेसी दलले विभिन्न ११ बुँदे माग राखेका छन् । ती मागमा यसअघिका सरकारसँग भएका सम्झौताका बुँदा पनि छन् । स्वायत्त मधेस प्रदेश हुनुपर्ने, नागरिकता खुकुलो बनाउनुपर्ने, सेना समावेशी बनाउनुपर्ने माग अहिले पनि मधेसी दलले उठाउँदै आएका छन् । तर, सरकारमा रहेका वेला मधेसी दलका नेताले यी माग सम्बोधनतर्फ चासो नदिएको मधेसीहरूकै आरोप छ ।
कुन–कुन समयमा थिए सरकारमा मधेसी नेता ?
प्रचण्ड नेतृत्वको सरकारमा २२ बुँदे सम्झौताका हस्ताक्षरकर्ता उपेन्द्र यादव उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए । आठबुँदे सम्झौतामा हस्ताक्षरकर्ता सद्भावनाका अध्यक्ष राजेन्द्र महतो आपूर्तिमन्त्री थिए ।
तर, त्यतिवेला विगतमा आफैँले गरेका सहमति कार्यान्वयन गराउन उनीहरू अग्रसर भएनन् । प्रचण्डले २० वैशाख ०६५ मा राजीनामा दिएपछि एमाले नेता माधव नेपालको नेतृत्वमा सरकार गठन भयो । त्यो सरकारमा मधेसी जनअधिकार फोरम फुटाएर विजय गच्छदार, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरू मन्त्री भए ।
एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार बनेका वेला फोरम अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी थिए । ६ महिनामै खनाल सरकार ढलेपछि एमाओवादी नेता बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बन्यो । त्यसमा पनि मधेसी दल सहभागी भएका थिए ।
सद्भावना अध्यक्ष राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलगायतका नेताहरू सरकारमा सहभागी भएका थिए । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा ०६९ चैतमा पूर्वकर्मचारीको सरकार गठन भयो । त्यो सरकारमा मधेसीको प्रतिनिधित्व पूर्वसचिव उमाकान्त झाले गरेका थिए ।
मधेसीलाई ओली सरकारले गरेका नियुक्ति
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएपछि विभिन्न तहमा मधेसी समुदायबाट पनि नियुक्ति भएका छन् । राष्ट्रिय योजना आयोगमा डा. कामानन्द देव, कतारको राजदूतमा महेन्द्र सिंह र साउदी अरबको राजदूतमा अली अख्तर मिकरानी, संयुक्त राष्ट्रसंघ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरी नियुक्त भएका छन् ।
०६४ यता को कतिपटक भए मन्त्री ?
तीनपटकसम्म मन्त्री भएका
१. विजयकुमार गच्छदार २. राजेन्द्र महतो ३. महेन्द्र यादव
दुईपटकसम्म मन्त्री भएका
१. शरत्सिंह भण्डारी २. जयप्रकाश गुप्ता ३. उपेन्द्र यादव ४.रामवचन यादव अहिर ५. सरोज यादव ६. दानबहादुर चौधरी
एकपटक मन्त्री भएका
१. राजकिशोर यादव २. सुरिता साह ३. मृगेन्द्रकुमारसिंह यादव ४. हरिनारायण यादव ५. अकबाल अहमद साह ६. नन्दन दत्त ७. ओमप्रकाश यादव गुलजारी ८. विजय यादव ९. अनिल झा १०. खोभारी राय ११. रेणु यादव १२. रामचन्द्र कुसवाहा १३. सर्वेन्द्रनाथ शुक्ल १४. गोविन्द चौधरी १५. इस्तियाक राइन १६. सरिता गिरी १७. ईश्वरदयाल मिश्र १८. सञ्जय साह १९. करिमा वेगम २०. कलावतीदेवी पासवान २१. बृजेश गुप्ता २२. कासीदेवी झा २३. सर्वदेव ओझा २४. अरबिन्द साह २५. शत्रुधनसिंह कोइरी २६. रमणी राम २७. गणेश नेपाली २८. चन्दा चौधरी २९. हेमराज ताँतेड ३०. दुर्गादेवी महतो ३१. लक्ष्मणलाल कर्ण ३२. राजलाल यादव ३३. वकिल मुसलमान ३४. लक्ष्मण मेहता ३५. हृदयेश त्रिपाठी
dainiknepal

Continue Reading…

सत्तामा छँदा के गरे मधेसी नेताले ?

२४ जेठ, काठमाडौं ।

राजनीतिक पहुँचमा मधेसी नेताहरूको उपस्थिति बलियो देखिएको छ । २८ चैत ०६४ को संविधानसभा निर्वाचनदेखि ०६९ सम्म बनेका चार सरकारमा मधेसी दलका ४४ नेता मन्त्री भएका छन् ।

उनीहरूले ५६ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । १ चैत ०६९ मा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको कर्मचारी सम्मिलित मन्त्रिपरिषद्मा पूर्वसचिव उमाकान्त झा सिँचाइमन्त्री भएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनपछि बनेका सरकारमा भने मधेसी दल सरकारमा भएका छैनन् ।kerarea

पहिलो मधेस आन्दोलन र सहमति
०६३ माघमा पहिलोपटक मधेस आन्दोलन भयो । आन्दोलनको नेतृत्व तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका शान्तिमन्त्री रामचन्द्र पौडेलसँग यादवले ०६४ भदौमा २२ बुँदे सहमति गरे । त्यतिवेला मुख्यत: मुलुक संघीय संरचनामा जाने तथा स्वायत्त मधेस प्रदेशबारे सहमति भएको थियो ।

मधेसी जनअधिकार फोरमसँग २२ बुँदे सहमति भए पनि कांग्रेसबाट बाहिरिएका महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेस लोकतान्त्रिक पार्टीले १ फागुन ०६४ मा अर्को मधेस आन्दोलन गर्‍यो । सो आन्दोलनपछि १६ फागुनमा आठबुँदे सहमति भयो ।

मधेसी जनताको चाहनाअनुसार मधेस प्रदेश बनाउने, राज्यका निकायमा समानुपातिक समावेशीको व्यवस्था गर्ने तथा सेनामा समूहगत प्रवेशलगायतका मागमा सहमति भएको थियो । २८ चैत ०६४ मा संविधानसभा निर्वाचन भएपछि माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन भयो । सरकारमा विगतमा सम्झौतामा हस्ताक्षर गर्ने मधेसी दलका नेताहरू सहभागी भएका थिए ।

सत्तामा हुँदा बेवास्ता गरिएका माग अहिले पनि
गत वर्ष साउनदेखि आन्दोलनरत मधेसी दलले विभिन्न ११ बुँदे माग राखेका छन् । ती मागमा यसअघिका सरकारसँग भएका सम्झौताका बुँदा पनि छन् ।

स्वायत्त मधेस प्रदेश हुनुपर्ने, नागरिकता खुकुलो बनाउनुपर्ने, सेना समावेशी बनाउनुपर्ने माग अहिले पनि मधेसी दलले उठाउँदै आएका छन् । तर, सरकारमा रहेका वेला मधेसी दलका नेताले यी माग सम्बोधनतर्फ चासो नदिएको मधेसीहरूकै आरोप छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

राष्ट्रपतिले गरेकै कामको यो बेहाल

गोरखा, २४ जेठ । आफ्नौ गाउँलाई केन्द्र बनाएर गत वर्ष वैशाख १२ गते गएको भूकम्पले बारपाक ४ सोर्तका गोपाल विश्वकर्माको घरक्षतिग्रस्त भयो । त्यहाँका १ हजार ४ सय ७० घर क्षतिग्रस्त भए । ती घरबाट केही निकाल्न पाइएन ।
त्यसयता गोपालले चोया, चित्राले बारेर र त्रिपाल ओढाएर सानोतिनो टहरो ठड्याए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यही टहरोभित्र तीन जनाको परिवार वर्ष दिन काटायो । एक वर्षपछि त्यही दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टर चढेर बारपाक पुगिन् ।rata
भूकम्प गएको ११ बजेर ५६ मिनेटकै घडीपला मिलाएर पण्डित इश्वरीप्रसाद रेग्मीले वेदका ऋचा पढे । राष्ट्रपतिले गोपालको घरको जग पूजा गरिन्, ढुंगा राखिन् र साबेलले सिमेन्ट राखेर शिलान्यास गरिन् ।
केहीबेरपछि राष्ट्रपतिकै रोहबरमा गोपालले दुई लाख रुपैयाँ अनुदान पाउने सम्झौता पनि भयो ।
गाविस सचिव चेतनाथ अम्गाइँले उनलाई सम्झौता पुस्तिका हस्तान्तरण गरे । राष्ट्रपति आफ्नो घर शिलान्या गरेपछि गोपालले मात्रै होइन, सारा गाउँलेले छिट्टै घर बन्ने सपना देखेका थिए ।
४५ दिनपछि बारबाकस्थित उनको टहरामा पुग्दा राष्ट्रपतिले शिलान्यास गरेको जगको खाल्डो रित्तै थियो ।
राष्ट्रपतिले पूजा गरेर राखेका ढुंगा त्यहाँ थिएनन् । पानी पर्दा भल पसेर आधाआधाी जग माटोले पुरिएको थियो । घर बन्नु त परेको कुरा, आनजसम्म भग्नावशेष सतह पनि सम्याइएको छैन ।
पूजा गरेका अरु ढुंगा कता पुगे, एउटाचाहिँ जोगाएर घरभित्रै छोपेर राखेको गोपालले बताए ।
dainiknepal

Continue Reading…

कार्यकर्तालाई २५ लाख, प्रधानमन्त्रीदेखि उच्च अधिकारी करोड

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएयता विशिष्ट व्यक्तिको भ्रमण खर्च र नेता कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ ।karea
प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेता/कार्यकर्तालगायतले स्वदेश तथा विदेश भ्रमण र उपचार खर्चबापत ८ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । कारोबार दैनिकले समाचार छापेको छ ।
भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्री, मन्त्री र दलका नेता कार्यकर्ताल राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् ।
एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् ।
मधेस आन्दोलनमा घाइते भएकाको उपचारमा पनि करिब ३० लाख रुपैयाँ निकासा गरिएको छ ।
सत्तारुढ दलहरु एमाले, माओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायतले मन्त्रिपरिषदबाट निर्णय गराएर आफ्ना कार्यकर्तालाई २५ लाख रुपैयाँभन्दा बढी उपलब्ध गराएका छन्
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ २४ गते सोमबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ, ख्याति कमाइने छ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तफैबाट खुसीको समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमंग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन—अध्यापन र पेसा वा व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

आफन्तबाट सहयोग प्राप्त हुने छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक बन्नसक्छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर फुत्काउन सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

एसएसपी खरेल राष्ट्रसंघको उच्च पदमा नियुक्त, बने सुडानको कमाण्डर

काठमाडौं, २३ जेठ । नेपाल प्रहरीका चर्चित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेल संयुक्त राष्ट्र संघको उच्च पदमा नियुक्त हुनुभएको छ ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत उहाँ अफ्रिकी मुलुक सुडानको डार्फरमा प्रोफेसनल (पी–४) तहमा नियुक्त हुनुभएको प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले जानकारी दिनुभयो । ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी उहाँले उक्त अवसर पाउनुभएको हो ।khrel
शान्ति मिसनमा पी–४ उच्च तहको पद हो । जसमा नेपाल प्रहरीका थोरै अधिकारी मात्र सफल भएका छन् । अर्का एसएसपी पुष्कर कार्की पनि हाल सोही पदमा अर्को अफ्रिकी मुलुक लाइबेरियामा कार्यरत हुनुहुन्छ ।
राष्ट्रसंघमा पी–४ तहमा काम गर्ने अधिकारीको तलब करिब २० लाख रुपैयाँ हुन्छ । खरेल १ वर्षका लागि उक्त पदमा नियुक्त हुनुभएको हो ।
यो पदमा नियुक्त भएसँगै उहाँले सुडानमा अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड सम्हाल्नुभएको छ । सुडानको कमाण्डर बनेलगत्तै खरेल गत मंगलबार नेपालबाट त्यसतर्फ जानुभएको थियो ।
एक समय काठमाडौंमा गुण्डाहरुको सफाया गरेर चर्चामा आउनुभएका खरेल विवादास्पद तर, सत्य कुरा बोल्दा विवादमा तानिनुभएको थियो । त्यसपछि उहाँलाई कारवाही गरी सरुवा गरिएको थियो ।
dainiknepal

Continue Reading…

एकचोटी फेरी सोध्न मन लाग्यो – सरकार न्याय कहाँ पाइन्छ ?

जैनव खातुन-
पोखरा । समयसँगै समाज विकसित हुँदै गए पनि मानवीय स्वभाव र सोच भने बदलिन सकेको छैन । मेरा आँखाले देख्न नसकेको न्याय र मैले पाउन नसकेको न्याय कँहा कसरी पाउन सक्छु आज आफैसँग प्रश्न गरेरै घोत्लिरहेकी छु । हिजो र आज धेरै भौतिक परिर्वतन भएतापनि संकुचित विचार कहिले परिवर्तन होला ? यहि प्रश्नमा म अझै पनि अल्झिरहेकी छु ।

मैले बाल्यकालमा बाल अधिकारका धारा र नारा धेरै सुनें । ती अधिकारको कार्यान्वयन भएको मेरो व्यक्तिगत जीवनमा पाउन सकिनँ । म मदरसामा पढ्थें । तर, किशोरी भए कै कारण मलाई मदरसा पढ्न नदिइ निकालियो । मदरसाको शिक्षाबाट म बञ्चित भएँ । तर, मेरो शिक्षा लिने चाहानालाई मैले रोक्न सकिनँ, मैले पढाइलाई निरन्तरता दिएँ ।
ek
परम्परागत सामाजिक संरचनाभित्र जगडिएको कुरीति र कुसंस्कृतिविरुद्ध म सानै देखि उभिन्थें । जसका कारण म परिवर्तन चाहानेहरूका लागि राम्रो पात्र थिएँ भने यथास्थितिवादीहरूका लागि धर्म संस्कृतिको उल्लंघन गर्ने विद्रोही स्वभावकी केटी ।
मेरो यही स्वभाव र विद्यालय गएकै कारण मेरै परिवारबाट चरित्र हत्या गर्ने प्रयास बारम्बार भइरहे । मैले देख्न नसक्ने, तर भित्र भित्र पोल्ने पीडाले मलाई जलाइरह्यो ।
मुस्लिम समुदायकी एक किशोरी म संचार क्षेत्रको प्रवेशले झनै तरङ्ग पैदा गर्‍यो । जुन समुदायका युवाको शैक्षिक तथा राजनैतिक तथ्याङ्गकलाई हेर्ने हो भने आज पनि न्यून रहेको हामीले देख्छौं ।
यस समुदायका पुरुष विदेश जाने र महिलाले घरपरिवार सम्हाल्दै आफ्नो जीवन चलाउँदै आएका छन् । तर, मैले त्यो भन्दा भिन्न सोच बनाएँ । अरुका लागि पनि केही गरौं भन्ने मेरो सोचले सामाजिक कामका साथै पत्रकारिता पेसा रोजेर अघि बढेँ ।
संचारको यात्राले मलाइ धेरै सिकायो, बुझ्ने बनायो र अधिकारकालागि लड्ने आत्मविश्वास पनि दिलायो । सामाजिक बन्धन तोडेर परिवर्तनको पथमा पाइला चाल्दा सडक भरी तेस्र्याइएका काँडे तारले धेरै चोटी अवरोध सृजना गरे । एक्लो प्रयास यद्यपी जारी छ अन्यायविरुद्ध लड्नलाई । तर मेरोे यही प्रयास र सहास नै मेरो आफ्नै परिवारका सदस्यका लागि समेत स्विकार्य हुन सकेको छैन ।
हिजो असजिलो बनाउँदै आएको समाजले मेरो पेसालाई सहजताका साथ स्विकार्दै थियो, तर संकुचित मानसिकताको चौघेरामा हुर्के बढेकी मेरै आमालाई समेत मेरो पेसा स्विकार्य हुन सकेन । मलाई मेरै आमाले घरबाट निकालेकी छन् । बाबा त वितिसक्नुभयो, तर आमा हुँदाहँदै पनि म आज सडकमा टुहुरी भएकी छु ।
समुदायका अरु युवती भन्दा भिन्दै जीवन शैली रोज्दै अघि बढीरहेकी मलाई आवाजविहिनहरूको आवाज बन्नु थियो । सधैँ समुदायमा सचेतनाका साथै सतर्कताका लागि खबरदारी गर्नु मेरो कर्तव्य हुन आउँथ्यो ।
सबैको अधिकार सुसूचित गराउँदै आवाज बोकेर हिँड्न म आज भने आफैँ आवाजविहिन हुन पुगेकी छु । म स्वयम कै अधिकार हनन् भएको व्यथाले जलिरहेकी छु । तर, देखाउन मसँग शब्दहरूको अभाव भइरहेको छ, साथहरूको कमी भैरहेको छ । पारिवारिक विभेदको चपेटामा परिरहेकी म बोल्न नसक्ने भएकी छु ।
लिङ्ग भेदको मारमा आज म परिरहेकी छु । यो भेद समाजमा मात्र होइन राष्ट्रको नीतिले पनि गरेको छ । बंशजको अधिकार होस् वा अंश । यो अधिकार केबल पुरुषका लागि नै कानुन र समाजले वकालत गरेको छ ।
नौ महिना कोखमा राखेर माया ममता दिएर हुर्काएकी मेरी आमाले आज आफ्नो ममताको मुल्य मलाई रुवाएर लिइरहेकी छन् । मलाई शब्दका लाठी बर्साउँदै चरित्रहत्या गर्न मेरै आमाले अगुवाइ गरिरहेकी छिन् । ममताभित्रको निर्दयिता र कठोरताको बर्वरताले म आजित छु ।
म टेलिभिजनमा काम गर्छु, रेडियोमा काम गर्छु । कार्यक्रमको शिलशिलामा विभिन्न ठाउँ पुग्नु पर्छ । विभिन्न व्यक्तिसँग बोल्नुपर्छ । तर, मेरो यही पेसा मेरी आमाको नजरमा चरित्रहीन कार्य भएको छ । मेरी आमाको बुझाइलाई मैले जति गर्दा पनि परिवर्तन गर्न सकेकी छैन । छोरा च्यापेर छोरी पाखा लगाउन खोज्ने आमाको दुश्चक्रमा म नराम्ररी फसेकी छु । आफैं पीडित भएर अरुको अधिकारको आवाज उठाउँदा के सार्थक होला र रु कहिलेकाहीँ यस्तै लाग्छ ।
हिजो मेरो बाबाको मृत्यु पश्चात मेरो दाईले केही काम गर्न नसक्दा म छोरी नै भएपनि घर परिवारको दैनिकी चलाउन अघि सरें । दाई विदेश गए, तर स्वदेश फर्किंदा आफ्नो परिवारलाई छाडी स्वेच्छाले विवाह गरी छुट्टै बस्न थाले ।
सम्पूर्ण जिम्मेवारी बहन गरिरहेका हामी छोरी जति संघर्ष गरेपनि त्यसको मूल्याकंन न त परिवारले ग¥यो, न त कानुनले नै गरेको छ । १२ वर्षपछि घर आएका दाइको सम्पत्तिमाथिको अधिकार सुरक्षित छ । भोको पेटमा दाना हाल्न जोतिइरहेकी म र मेरी दिदी भने सम्पत्तिमाथिको अधिकारबाट बञ्चित छौं ।
छोरा अंश लिन ५० वर्षसम्म आउँदा पनि हुने कानुनी व्यवस्था छ । तर जीवन भरी माइतिको रेखदेख गरेकी छोरीको भने मुल्यांकन नै हुँदैन । अझ विवाहित भनेपछि त त्यसै पराइ घरकी नासो, माइती घरमा कुनै अधिकार नै हुँदैन । यसैको सिकार बनेका छौं म र मेरी दिदी । हामीमाथि गरिएको विभेद र हिंसाले मलाई न्यायलयको ढोका ढकढकाउन बाध्य पारेको छ । तर हाम्रो आवाज कानुनका बन्द ढोका भित्र छिर्न सकेको छैन ।
मान्छे कति स्वार्थी हुँदा रहेछन् धन सम्पत्तिले आफ्ना पनि पराइ हुँदा रहेछन् भन्ने कुरा आज मैले आफ्नै दाई, आमा र कान्छी बहिनी ज्वाइसँग सिक्दै छु । यो संसारमा केबल पैसाको मुल्य रहेछ । माया ममता परिवारिक सम्बन्ध भन्ने जस्ता कुराको कुनै महत्व नै रहेनछ ।
राजनैतिक संरक्षणको आडमा मच्चाइएको वितण्डाको पनि छानविन के होला र रु पार्टीको नाममा दमन गर्दै कानुन तोड्दै गुण्डाराज मच्चाउन खोज्ने कार्यकर्ताको संरक्षणले निमुखा नागरिक सधैँ पीडित हुन बाध्य भएका छन् । म जस्ता हजारौ नारी अन्यायको अग्नीमा जलिरहेकाहरूले न्याय खोज्न कहाँ जानु पर्ने हो ?
अपराधिलाई पनि राजनैतिक संरक्षण प्रदान गर्दै संवैधानिक अधिकार दिन पछि नहट्ने राज्यबाट देखाउन नसक्ने विभेदको भुमरीमा परिरहेका हामीजस्ता पीडितले कहाँ र कसरी न्याय पाउँछौ ? शान्तिसँग बाँच्न पाउने अधिकारको संरक्षण कसरी हुन्छ रु आफ्नो पेसामा स्वतन्त्र भई लाग्ने दिन कहिले आउला ?कलम समाउँदै गरेको यो आन्दोलनको विजय कहिले होला ? एकचोटी फेरी सोध्न मन लाग्यो सरकार न्याय कहाँ पाइन्छ ?
Source : NewsBank

Continue Reading…

पोखरा विमानस्थललाई चीनले २१ अर्ब दिने, सरकारबाट बजेटमा एक अर्ब छुट्याइयो

काठमाडौँ, २३ जेठ । सरकारले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका लागि रु एक अर्ब ३७ करोड ८७ लाख रकम उपलब्ध गराएको छ । यस आयोजनाका लागि चिनिया पक्षबाट थप रु २१ अर्ब प्राप्त हुन बाँकी छ ।
गत माघ २१ गते भएको सम्झौताअनुसार सरकारले नागरिक उड्डयन प्राधिकरणलाई उक्त रकम उपलब्ध गराएको हो । चिनिया आयात निर्यात बैंकले उपलब्ध गराएको रकम आज अर्थ मन्त्रालयले प्राधिकरणलाई प्रदान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले राससलाई जानकारी दिनुभयो । गत वैशाख १ गते प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो विमानस्थलको शिलान्यास गर्नुभएको थियो ।
गत चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विमानस्थल निर्माणका लागि ऋण सहयोग उपलब्ध गराउने विषयमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।pokhara
सरकारले आज उपलब्ध गराएको रकमको ब्याजदर पाँच प्रतिशत रहेको छ भने भुक्तानी अवधि २० वर्षको छ ।
अर्थ मन्त्रालय र प्राधिकरणका उच्च अधिकारीबीच सम्झौता भएको जानकारी दिँदै सचिव राईले पोखरा विमानस्थल निर्माण प्रक्रियाले अब गति लिने विश्वास व्यक्त गर्नुभयो ।
लामो समयदेखि चर्चामा रहँदै आएको विमानस्थल निर्माणको प्रक्रिया पछिल्ला केही महिनादेखि मात्रै गति लिएको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार चीनको आयात निर्यात बैंकले रु २१ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ । चीनले उपलब्ध गराउने ऋणमध्ये ७५ प्रतिशतको नेपालले दुई प्रतिशतको हाराहारीमा ब्याज तिर्नुपर्ने छ भने बाँकी रहेको २५ प्रतिशतको भने कुनै ब्याज लाग्ने छैन ।
पोखरा उपमहानगरपालिका १४ र १८ नं वडामा पर्ने तीन हजार ७०० रोपनी क्षेत्रफलमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन लागेको हो । सरकारले विसं २०३१ र हालै गरी दुई चरणमा जमिन अधिग्रहण गरिसकेको छ । जग्गा प्राप्ति एवम् मुआब्जा वितरणको कामसमेत सम्पन्न भएको छ । निर्माणका लागि चिनिया ठेकेदार कम्पनी सिएमसीले ठेक्का पाएको छ । चिनिया प्रविधिज्ञले विमानस्थल निर्माणसम्बन्धी प्रारम्भिक काम सुरु गरिसकेका छन् ।
सो विमानस्थल पृथ्वी राजमार्गबाट एक दशमलव २ किमी मात्रै पर रहेको छ । धावनमार्गको लम्बाई दुई किमी ५०० मिटर रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दाँजोमा ५५६ मिटर मात्रै छोटो रहेको छ ।
त्यस्तै, गौतमबुद्ध विमानस्थलको निर्माण कार्य अगाडि बढिरहेको छ । विराटनगर र धनगढी विमानस्थलको समेत सुदृढीकरणको काम सुरु गरिएको सचिव राईले जानकारी दिनुभयो । रासस
dainiknepal

Continue Reading…

झापाका १५ स्थानमा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास

झापा, २३ जेठ । वातावरण दिवसको अवसर पारेर झापाका १५ स्थानमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा र प्याक्टीकल एक्सनले संयुक्त रुपमा झापाका कन्काई नदीका जोखिम क्षेत्रका १५ स्थानमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो । बाढीबाट कसरी बच्ने भन्ने विषयमा झापाका कन्काइ नदी किनाराका पचास हजार धेरै स्थानीय बासीहरुलाइ यस्तो अभ्यासमा सहभागी गराएको हो ।pahiro
झापाका प्रहरी प्रमुख एसपी ठाकुर प्रसाद ज्ञवालीले यस्तो अभ्यास युरोपियन देशमा बार्र्षिक रुपमा हुने गरेको देखेको तर, अब झापामा समेत यस्तो अभ्यासले जोखिम न्युनीकरणमा ठूलो भुमिका खेल्ने बताउनुभयो । अभ्यासलाई नजिकबाट हेरी रहेका ज्ञवालीले अब झापाको कन्काइ नदीमा बाढी आउदा समेत पहिलोको जस्तो धनजनको क्षति नहुनेमा आफुलाइ विस्वास रहेको बताउनुभयो ।
झापाको कन्काई नदीमा जनताको तटबन्धनबाट धेरै काम भैइरहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला विकास समिति झापाका संयन्त्र सदस्य सिपी कडरियाले अब बायो इन्जिनियरिङबाट थोरै लगानीमा धेरै जोखिम कम गर्न सकिने भएकोले अब रेडक्रस झापाको अभियानलाई सबैले साथ दिनुपर्नेमा जोड दिनु भएको छ । कृत्रिम घटना अभ्यासलाई निकै ध्यान दिएर हेरिरहेका कडरियाले जोखिम कम गर्न झापामा अब बेम्वो आइटममा अघि बढनुपर्ने बताउनु भएको हो ।
dainiknepal

Continue Reading…

प्रधान सेनापतिद्वारा फायरिङ्ग अभ्यासको निरीक्षण

काठमाडौं, २३ जेठ । प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको छाउनीस्थित हवाई सुरक्षा निर्देशनालय अन्तर्गतका फौजहरुद्वारा धनुषा जिल्लाको भिमानस्थित आर्टिलरी फायरिङ्ग रेञ्ज ईलाकामा संचालन भईरहेको अभ्यास हवाई प्रतिरक्षा एक फिल्ड फायरिङ्गको निरीक्षण गर्नु भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाका अनुसार नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै सकदलर्जाको पेशागत दक्षता अभिबृद्धि गर्ने उद्देश्य अनुरुप संचालित उक्त फायरिङ्ग अभ्यास निरीक्षणको क्रममा प्रधान सेनापति क्षत्रीले सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो । उक्त अवसरमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापा लगायत अन्य रथीबृन्दहरुको समेत उपस्थिती रहेको थियो ।sena
उक्त फायरिङ्ग निरीक्षण पश्चात् प्रधान सेनापति महारथी श्री क्षत्री चितवन राष्ट्रिय निकुञ्जद्वारा आयोजित दुई बर्षे शून्य चोरी शिकारको दुर्लभ उपलब्धी मनाउन आयोजित कार्यक्रममा सहभागी हुनु भएको थियो । सोही अवसरमा उहांले वन तथा वन्यजन्तु संरक्षणका लागि असरदार गतिविधि संचालन गर्न चितवन राष्ट्रिय निकुञ्जमा स्थापित ‘संयुक्त संरक्षण कारवाही कक्ष’को उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको क्रममा उहांले कम्युनिटी बेस एन्टी प्वाचिङ युनिट केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रदर्शन गरिएको प्रकृति संरक्षण सम्बन्धी डकुमेन्ट्री एवं नाटकको अवलोकन गर्नु भएको थियो भने प्रकृति संरक्षणमा विशेष योगदान पुर्याउनु हुने महानुभावहरुलाई प्रमाण पत्र तथा कदर पत्र प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा प्रधान सेनापति महारथी क्षत्रीले वन्यजन्तु पीडित निकुञ्ज कर्मचारी तथा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाका सन्तानहरुलाई छात्रबृत्ति वितरण गर्नु भएको थियो । त्यसैगरी, उहांले जीवनभर प्रकृति संरक्षणमा विशेष योगदान पुर्याउंदै आउनु भएका रामप्रित यादवलाई लाइफ टाइम कन्भरसेसन एचिभमेन्ट अवार्डद्वारा सु(शोभित गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा, प्रधान सेनापति क्षत्रीले मन्तव्य व्यक्त गर्नुहुंदै चौथो पटक र निरन्तर रुपमा दुई बर्ष शुन्य चोरी शिकारको दुर्लभ उपलब्धी मनाउन आयोजित कार्यक्रममा सरिक हुन पाएकोमा गौरवान्वित भएको बताउनु भई प्रकृति संरक्षणमा विशेष योगदान पुर्याउने सम्पूर्णको योगदानको कदर गर्दै हार्दिक बधाई व्यक्त गर्नु भएको छ । त्यसैगरी, संरक्षण कार्यलाई थप असरदार बनाउन नेपाली सेनालाई प्रविधियुक्त गर्दै लगिने र नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जद्वारा स्थापित ‘संयुक्त संरक्षण कारवाही कक्ष’ वन तथा वन्यजन्तु संरक्षणका लागि असरदार गतिविधि संचालन गर्न ज्यादै प्रभावकारी हुने बताउनु भएको छ ।
उक्त कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष, नेपाली सेनाका बलाध्यक्ष तथा अन्य रथीबृन्दहरु, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक, चितवन जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका उच्चपदस्थ पदाधिकारीहरु, अन्य सरोकारवालाहरु लगायत स्थानीय भद्र भलाद्मी तथा संरक्षणकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।
प्रधान सेनापति क्षत्री आज बेलुकी चितवनस्थित श्री श्रीजंग गणको बार्षिकोत्सव कार्यक्रममा सहभागी भई सोही गणमा मुकाम रहने र सोमबार सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण पश्चात् काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।
dainiknepal

Continue Reading…

दर्जनौ महिलाको बलात्कारको आरोपमा सार्वजनिक स्थानमा फाँसी

२३ जेठ
तेहरान – इरानको ऐतिहासिक सहर सिराजमा दर्जनौ महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई आइतबार फाँसीको सजाय दिइएको छ । आमिन दि नाम गरिएको यस व्यक्तिलाई सन् २०१५ मा नै पक्राउ गरिएको थियो ।

प्रहरीले आमिनको जस्तै थर भएका १५ हजार व्यक्तिमाथि गरेको अनुसन्धानपछि उनी पक्राउ परेका थिए ।
प्रहरीको डिएनए जाँचबाट आमिन पक्राउ परेका थिए । प्रहरीकाअनुसार आमिन दुई बर्ष आगाडी एक पटक मोबाइल चोरीको आरोपमा पनि पक्राउ परेका थिए ।fasi
आमिन दिसँगै अर्का एक व्यक्तिलाई पनि बलात्कार कै आरोपमा फाँसीको सजाय दिइएको बताइएको छ । ती दोस्रो व्यक्तिले एक महिलाको बलात्कार गरेका थिए ।

मानव अधिकारवादी संस्था एम्नेस्टि इन्टरनेशनलका अनुसार इरानले सन् २०१५ मा कम्तीमा ९७७ व्यक्तिलाई फाँसीको सजाय दिएको थियो ।
फाँसी दिइएका ती व्यक्तिहरुमा प्रायः लागू औषध ओसारपसारमा लागेकाहरु व्यक्तिहरु रहेका जनाइएको छ ।

ratopati

Continue Reading…

मृगौला रोगको लाग्नबाट बच्न यस्तो सुझाब दिन्छन् डक्टर !

मृगौला रोग भनेको के हो ?
मृगौला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपुर्ण अंग हो । हाम्रो जिवनमा यसको महत्वपुर्ण भुमिका छ । यसले हाम्रो रगतमा भएको फोहोर र बढी मात्रामा भएको पानीलाई पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ जसले गर्दा रक्तचाप नियन्त्रण हुन्छ ।mirgola
जब मृगौला बिग्रन्छ तब पिसाबबाट निस्कने पानी र फोहोर पदार्थ शरीरमै जम्मा हुन्छ, जसले गर्दा वाकवाक लाग्ने र हातखुट्टा सुनिने स्याँस्याँ हुने , पिसाब फेर्न गाह्रो हुने हुन्छ । त्यसपछि मृगौला पुर्णरुपमा काम गर्न छोड्छ, अनि यसलाई राम्रो बनाउन सकिन्न । यसलाई नै मृगौला रोग भनिन्छ ।

प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ ।

स्वस्थ मृगौलाले धेरै महत्वपुर्ण भुमिका खेल्दछ ।

१. यसले हाम्रो शरीरमा पानी र खनिज तत्वको सन्तुलन मिलाउँदछ जस्तै सोडियम, पोटासियम, म्याग्नेसियम र फस्फोरस ।

२. यसले हाम्रो खानामा भएको काम नलाग्ने वा बिशक्त कुरा, केमिकल र मेडिसिन पिसाबबाट बाहिर फाल्छ ।

३. यसले रेनिन नामको इन्जाइम उत्पादन गर्छ जसले रक्तचाप नियन्त्रण गर्दछ ।

४. यसले इराथ्रोपोइटिन (Erythropoieitn) नामको हर्मोन उत्पादन गर्छ , जस्ले राता रक्तकोष बनाउँछ ।

५. यसले भिटामीन डि उत्पादन गर्छ जसले हाड बलियो बनाउँछ ।

अचानक मृगौला बिग्रनुका कारणहरु के हो ?

मृगौलाले काम नगरेको केहि घण्टा वा केहि दिन भएको अवस्थालाई अचानक मृगौला बिग्रीएको भनिन्छ । शरीरमा पानीको मात्रा कम हुनु जस्तै धेरै झाडापखाला लाग्नु वा बान्ता हुनु वा धेरै गर्मी मा काम गर्नु र पर्याप्त मात्रामा पानी नपिउनु का कारण अचानक मृगौला बिग्रिन्छ । अरु कारणमा धेरै लामो समय सम्म ज्वरौ आउने र रगतमा सङक्रमण हुने, पिसाब मार्गमा ढुङगा वा प्रोस्टेड ग्रन्थी बढेर अवरोध हुने जस्ता समस्याहरु पर्दछ । धेरै मात्रामा केहि औषधीहरु सेवन गरेमा जस्तैः– केहि एन्टिबाइटिक र दुखाई कम गर्ने औषधीहरु, अरिङगलले टोकेमा पनि त्यसको बिषले मृगौला बिग्रन सक्छ ।

मृगौलाको पुरानो रोग ( Chronic Kidney Disease) को कारणहरु के – के हुन् ?

३ महिना भन्दा बढी समयसम्म मृगौलाले कम मात्रामा काम गर्ने र क्रमिक रुपमा बिग्रीदै गएको अवस्थालाई मृगौलाको पुरानो रोग भनिन्छ । जब मृगौला पुर्ण रुपले बिग्रिन्छ अनी पहिलाको अवस्थामा फर्काउन नमिल्ने हुन्छ अथवा मृगौलाले आफ्नो कुनै पनि काम गर्न नसक्ने अवस्था नभइन्जेल सम्म खासै लक्ष्यणहरु देखापदैनन् जुन खतरानाक हुन सक्छ ।

मधुमेह र उच्च रक्तचाप नै मृगौला को पुरानो रोगको मुख्य कारणहरु हुन ।

मधुमेह दुई प्रकारका हुन्छन्, ती हुन

१. पहिलो प्रकार र

२. द्रोसो प्रकार यसलाई ठिक अवस्थामा आउन लामो समय लाग्छ । मृगौला बिग्रीनाले मेडिकल उपचार पनि ढिलो हुन्छ तर पहिलाको जस्तै बनाउन सकिदैन । मधुमेह ले गर्दा पनि मानिसको मृगौला बिग्रिएर डायलाइसिस अथवा मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
उच्चरक्त चापले गर्दा पनि मृगौलालाई धेरै काममा असर गरेको हुन्छ र मृगौलाको काममा कमी हुदै जान्छ । केहि बर्ष सम्म उच्चरक्तचापले गर्दा रक्त केसिकालाई समेत बिग्राने काम गर्छ जसले गर्दा मृगौला खराब हुदै गएर मधुमेह र अन्य रोग निमत्याउन सक्छ ।
पिसाबमा अबरोधः मृगौलामा ढुङगा भएर वा प्रोसटेड बढेर पिसाब निस्कनमा अवरोध सृजना हुन्छ । यदि यो समस्याको उपचार समयमा भएन भने यसले मृगौलालाई बिग्रान सक्छ ।
मृगौलाको सबभन्दा सानो एकाइ जुन अति नै सानो फिल्टर जस्तै हुन्छ, त्यो सुनिएको अवस्थालाई ग्लोमेरुलो नेफ्राइटिस भनिन्छ । यस्तो अवस्थामा अचानक वा बिस्तारै मृगौलाको पुरानो रोग लाग्न सक्छ र मृगोलाको काम गर्ने क्षमतामा कमी आउँदछ ।
रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोग जस्तै : एच. आई. भी. एड्स हेमाटाइटिस ‘बी’ र ‘सि’ वा लामो समय सम्म भाइरसको संक्रमण भएमा रोग सँग लड्ने शक्ती कम हुन्छ । जसले गर्दा मृगौलारोग लाग्न सक्छ ।
मृगौलामा धेरै मात्रामा संक्रमण भएको अवस्थालाई पाइलो नेफ्राइटिस भनिन्छ। यस्तो अवस्था लामो समय सम्म भइरहेमा यसले मृगौला बिगारन सक्छ ।
मृगोलामा पानीको फोको हुनु पनि धेरै जसो वंशानुगत मृगौला रोगको कारणले हुन्छ । यो अवस्थामा धेरै समय सम्म मृगौलामा पानीको फोको हुन्छ , जसले मुगौला बिग्रारन सक्छ र मृगौला बिग्रन सक्छ ।
जन्मजात दोष: जन्मदै देखा पर्छ । यसको परिणाम स्वरुप पिसाबमा अवरोध वा राम्रो सँग पिसाब बन्न नसक्नु जस्ता समस्याहरु देखा पर्दछन् र मृगौलालाई असर गर्न पुग्दछ । पिसाव थैली र पिसाबमार्गको बिचमा भल्भ लाइक मेकानिजम हुन्छ । त्यसको असरले गर्दा कहिले काही बच्चा पाठेघरको मुखमा अडिएको पाउन सकिन्छ । यसलाई निकाल्नको लागि नशाको बिशेषज्ञयले निकाल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मृगौला वा मुटुको समस्या देखिन सक्छ ।
लामो समयदेखि औषधी सेवन गर्दे आएको वा औषधी र केमिकलमा मात्र निहित रहने मान्छेहरुमा धेरै समस्याहरु देखिन्छन् जस्तै: मृगौला बिग्रिने, ती औषधीहरु जस्तै दुखाई कम गर्ने औषधीहरु धेरै मात्रामा सेवन गरेमा मृगौला बिग्रान सक्छ ।
मृगौला रोग कसरी रोगथाम गर्ने ?

मृगौला रोगको रोकथाम भनेको यो रोग लाग्नै नदिनु हो । यसको लागि मुगौलाको नियमित जाँच गराउनु पर्दछ । यदि बेलैमा थाहा भएमा मुगौला बिग्रिनलाई लामो समय सम्म रोक्न सकिन्छ ।

मधुमेह र उच्चरक्तचाप छ भने यस बाट पनि समयमै बच्नु पर्छ । यी दुई रोगहरु मृगौला रोगको प्रमुख कारण हुन त्यसकारण यसबाट बच्न पनि हामीले समय समयमा रक्तचाप जाँच गर्ने ब्यायाम गर्ने , औषधी खाएर सुगर प्रेसर नियन्त्रण गर्ने यस्तो गरेमा मुगौलालाई लामो समय सम्म बचाउन सकिन्छ ।

के तपाईलाई चिनी रोग वा रक्तचापको समस्या छ ? कहिले देखि यी रोगहरुबाट ग्रस्त हुनुहुन्छ ? के तपाईको चिनी रोग वा उच्च रक्तचाप नियन्त्रणमा छ ? यदि नियन्त्रणमा छैन भने तपाईको मृगौला बिग्रन सक्छ । तपाईको परिवारमा कसैलाई यस्तो रोग लाग्नबाट बच्नु होस र बचाँउनुहोस ।

नियमीत जाँच गर्ने ।

प्रत्येक बर्ष आफ्नो डाक्टर कहाँ जाँच गराउने ।

पिसाबमा धेरै मात्रामा प्रोटिन, ग्लुकोज वा रगत गएको छ कि भनेर पिसाबको जाँचका लागि सोध्ने ।

ब्लड प्रेसर जाँच गराउने तपाइँको उच्चरक्त चाप छ कि भनेर ।

खाली पेटको सुगर हेर्न लाउने यदि तपाइँको रगतमा सुगरको मात्रा बढी छ की

मधुमेह नियन्त्रण

यदि तपाईलाई मधुमेह छ भने तपाई आफ्नो डाक्टर को सल्लाहमा मधुमेह रोग नियन्त्रण गर्नु पर्छ । यसको लागि खाने कुरामा ध्यान पु«–याउने साथै ब्यायम गर्ने, सुगर जाँच गर्ने र औषधीले सुगरलाई नियन्त्रण गर्ने र मृगौलाको काम गर्ने क्षमता बचाई राख्न मद्दत गर्दछ ।

उच्चरक्तचाप नियन्त्रण

यदि तपाईलाई उच्चरक्तचाप छ भने तपाई आफ्नो डाक्टरको सल्लाह अनुसार यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसका लागि नियमित ब्यायम, खाने कुरामा नियन्त्रण, साथै औषधी खाएर नियन्त्रण गर्न मद्दत गर्दछ ।

मुगौला रोग विशेषज्ञ सित सल्लाह गर्ने:

यदि तपाईको मृगौलाको काम गर्ने क्षमता पहिला देखिनै कम भई सकेको छ वा तपाईको डाक्टरले तपाईको मुगौला बिग्रिनै लागेको छ भनेमा मुगौला रोग बिशेषज्ञलाई भेट्नु पर्दछ । मुगौला रोग विशेषज्ञले केहि उपयुक्त जाँच गरेर तपाईको मुगौलाको अवस्थाको बारेमा जानकारी गराउँदछ । जसले गर्दा मुगौला लामो समय सम्म बिग्रन दिदैन ।-डा‌. बद्री पौडेल

Continue Reading…

राजेन्द्र महतोलाई लाग्यो ठूलै झड्का

काठमाण्डु, २३ जेठ– सद्भावना पार्टीकी नेतृ एवंम केन्द्रीय सदस्य रंगीलादेवी साहले पार्टीबाट राजीनामा दिएकी छन् ।

राजेन्द्र महतोले आन्दोलन क्रममा मारिएका मधेशी जनताको परिवारलाई प्रयोग गरेर राजनीति गरिरहेको आरोप लगाउँदै पार्टी छाडेकी हुन् ।mot

केही दिनअघि निलम्बित पार्टिका वरिष्ठ उपाध्यक्ष संजय साहकी धर्मपत्नीसमेच रहेकी रंगीलाले महतोले आन्दोलनमा मारिएका मधेसी जनताको परिवारलाई न्याय दिलाउन छाडेर त्यसमाथि राजनीति गरेको आरोपसमेत लगाइन् ।

पार्टी छाडेर जानकारी दिन जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राजेन्द्र महतोले आन्दोलनको क्रममा विभिन्न मुद्दामा फसाइएका नेता, कार्यकर्तालाई न्याय दिलाउनुको साटो शवमाथि राजनीति गरी गलत प्रवृतिलाई बढाबा दिएका छन् ।’
kathmandutoday

Continue Reading…

सविनको ‘हिरो’मा रेखाको टुंगो लाग्यो

काठमाडौं । नायिका रेखा थापा चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिईन् । हाल तिनै चलचित्रको सिक्वेल नभएपनि सिक्वेल जस्तै देखिने गरि चलचित्र हिरो रिटर्न्स नामक चलचित्र निर्माण हुने भएको छ ।lago
चलचित्र हिरो रिटर्न्सलाई नायक सविन श्रेष्ठले निर्माण गर्ने भएका हुन् । चलचित्रको निर्माण टिममा भन्ने चलचित्र दमदार निर्माण गरिसकेका निर्माता चन्द्र गौतम पनि सामेल भएका छन् । चलचित्रको मूख्य कलाकारहरु पनि करिब टुंगो लाईसकेको छ ।
चलचित्रमा सविन श्रेष्ठको अलवा रेखा थापा प्रमूख भुमिकामा देखिने भएकी छिन् । कलाकारहरुको वारेमा जानकारी गराउँदै निर्माता चन्द्र गौतमले अन्य कलाकारहरुको समेत टुंगो लागेको तर नाम नखुलाईएको बताएका छन् । अर्को रोचक कुरा के छ भने निर्माता चन्द्र गौतमले नायक सविन श्रेष्ठसंग मिलेर हरेक बर्ष विग प्रोजेक्टको एउटा चलचित्र निमाणर््ा गर्ने घोषणा समेत गरेका छन् । हरेक बगौतम समाजसेवामा पनि सक्रिय छन् । हाल उनी सामुदायिक प्रहरी गौगंबुका उपाध्यक्ष समेत रहेका छन् ।
चलचित्रका नायक तथा निर्माता सविन श्रेष्ठले पनि चन्द्र गौतमसँग सहकार्य भएपछि चराम्रो बन्ने बताएका छन् । यसो त रेखा र सनिवको जोडीलाई दर्शकहरुले धेरै फिल्ममा मनपराई सकेका छन् । चलचित्रमा एक्सन, विषयबस्तु र गीत बलियो हुने बताईएको छ । चलचित्रको निर्देशन समिर मियाँले गर्ने चर्चा भएतापनि निश्चित नभएको निर्माता चन्द्र गौतमले बताएका छन् ।
dainiknepal

Continue Reading…

सुन्दर केटाको नजिक पर्दा के सोंच्छन् केटीहरु?

केटाहरुको नजिकबाट हिँड्दा केटीहरु के सोंच्छन् यो हरेक केटाले जान्न चाहने जवाफ हो । केटाले केटी हेरेर मात्र रमाइलो गर्छन् भन्ने सोंच्नु भएको छ भने गलत हुनुहुन्छ ।

कुनै पनि सुन्दर युवकलाई देख्दा स्त्रीहरु पनि दृष्यबाट मजा लिन्छन् । अझ त्यस्ता सुन्दर युवकको नजिकबाट जानु पर्‍यो भने चाँहि केटीहरुले धेरै कुरा सोंच्ने गर्छन् ।kiti

सुन्दर केटाको नजिक जाँदा के सोंच्छन् केटीहरु?

– सुन्दर केटाको नजिक जाँदा केटीको मनमा आउने पहिलो भाव हो-कति सुन्दर सुडौल शरीर । कर्के नजरले मात्र हेर्छु नत्र भाउ खाने होला
– यति राम्रो छ पक्कै पनि थुप्रै प्रेमिका होलान् ।

– यो मान्छेको प्रेमिका कस्ती होली । नहुन पनि त सक्छ नि ।

– फोनमा कसरी विस्तारै कुरा गर्दैछ के बोल्दै होला । मान्छे जति सुन्दर छ त्यति नै समझदार पनि होला कि नहोला ।

Continue Reading…

जो पाँच वर्षको उमेरमा आमा बनिन्…

अचम्मका आमा
एजेन्सीः कुनै बालिका पाँच वर्षको उमेरमा आमा बनिन् भन्दा कसैले विश्वास गर्न सक्दैन् । सबैले यो कल्पना समेत गर्न नसकिने कुरा भएको ठान्छन् ।

तर, संसारमा विचित्र धेरै हुन्छन् । त्यही विचित्र मध्येको एक विचित्र पेरुमा भएको थियो ।

लीना मेदिनाको नाम विश्वकै कम उमेरकी आमाको रुपमा परिचित छ । लीना २७ डिसेम्बर १९३३ मा जन्मिएकी हुन् । जब लीना पाँच वर्षकी भइन उनको पेट विस्तारै बढ्न थाल्यो । यो कुराले उनका अभिभावक चकित परे।aama

छोरीको पेट बढेपछि आमा बुबाले अस्पतालमा लगेर डाक्टरलाई देखाए । डाक्टरले उनको पेटमा ट्युमर भएको सम्झिएका थिए । तर, डाक्टरले उपचार सुरु गरेलगत्तै आश्चर्य लाग्दो रिपोर्ट देखाए । त्यत्तिबेला लीना सात महिनाकी गर्भवती थिइन् ।

अस्पतालको एक महिनाको प्रयासपछि लीनाले छोरालाई जन्म दिइन् । त्यत्तिबेला लीनाको शरीर कमजोर भएकाले अस्पतालले अप्रेशन गरेर बालकलाई जन्म दिएको थियो ।

त्यत्तिबेला प्रहरीले लीनाका पितालाई प्रकाउ गरेको थियो । तर, त्यस्तो केही प्रमाण नभेटिएपछि पछि प्रहरीले उनका पितालाई छोडिदियो । लीनाको उमेरमा गर्भवती भएको रेकर्ड डाक्टरसँग अर्को कुनै छैन । कसरी लीना गर्भवती भइन भन्ने प्रश्नको जवाफ कसैले सार्वजनिक गरेनन् ।

लीना कम उमेरकी संसारकै एक मात्र आमा हुन् । तर, संसारमा विचित्रका आमा धेरै छन् । अमेरिकाकी स्टेसी हेराल्ड विश्वकै होची आमा हुन् । उनले तीन बच्चालाई जन्मदिएर सबैलाई चकित पारेकी छन् ।

अमेरिकाकै वाली एलिजाबेथले दुई बच्चाका बीचको अन्तर ४१ साल गरेर विश्व रेकर्ड राखेकी छन् । १९५६ मा १९ वर्षको उमेरमा छोरी जन्माएकी एलिजाबेथले श्रीमानको मृत्यु भएपछि नयाँ ब्वाइफ्रेन्ड सँग १९९७ मा अर्को बालकलाई जन्म दिएकी थिइन् ।
annapurnapost

Continue Reading…

अमेरिकालाई चीनको चेतावनी: हामी कसैसँग डराउँदैनौ

२०७३ जेष्ठ २३ आईतवार

सिंगापुर: विवादास्पद दक्षिण चीन सागरलाई लिएर चीनले अमेरिकालाई कडा चेतावनी दिएको छ । अमेरिकाको धम्कीको जबाफ दिँदै चीनले आफू कसैसँग नडराउने बताएको हो ।

चीनले आफु कुनै पनि ‘मुश्किल’ बाट नडराउने जनाउँदै चीनले कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको जबाफ अमेरिकालाई दिएको हो ।chinlai
चीनले लामो समयदेखि दक्षिण चीन सागरको १२ नटिकल माइलसम्मको इलाकामा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।

अमेरिकाले भने दक्षिण चीन सागरमा चीनले निरन्तर बढाइरहेको सैन्य सक्रियताको बिरोध गर्दै आएको छ ।

‘यस मामिलामा अन्य देशको भूमिका शान्ति भड्काउने र हिंसा फेलाउने खालको होइन रचनात्मक हुनुपर्छ’, चीनका एडमिरल सन जिआन्गुओले सिंगापुर में एक सुरक्षा सम्मेलनका क्रममा भने, ‘केही देश आफ्नो राष्ट्रिय स्वार्थका लागि दक्षिण चीन सागरको मुद्दामा विवाद बढाइराख्न लागेका छन् ।’

समाचार अनुसार एक दिनअघि अमेरिकन रक्षा सचिव एस्टन कार्टरले दक्षिण चीन सागरमा चीनको बढ्दो पूर्वाधार निर्माणलाई रोक्नका लागि चेतावनी दिएका थिए ।

कार्टरले फिलिपिन्सले दाबी गर्दै आएको समुद्री क्षेत्रमा चीनको बढ्दो हस्तक्षेपमाथि अमेरिका र अन्य सहयोग देशले तत्काल कारबाही थाल्नुपर्ने बताएका थिए ।

कार्टरले शनिबार चीनविरुद्ध कडा टिप्पणी गर्दै विवादित समुद्रीक्षेत्रमा चीनले सुरक्षाका नाममा पूर्वाधार बनाएर आफैंलाई खतरा निम्त्याइरहेको बताएका थिए ।

यसको जवाफमा चिनियाँ एडमिरलले आफूहरु कुनै किसिमको तनाव पैदा गर्नेतर्फ नरहेको बताएका छन् । उनले यो मामिलामा आफूहरुलाई कसैको डर नरहेको बताउँदै आफ्नो योजनामा अघि बढिरहने बताएका छन् ।

‘दक्षिण चीन सागरबारेमा चीनको पुरानो नीतिमा कुनै परिवर्तन नभएको म स्पष्ट पार्न चाहन्छु’, एडमिरल सन जिआन्गुओले भने, ‘हामी शान्तिपूर्णरुपमा संवादबाट यो विवादलाई टुंग्याउन चाहन्छौं । हामी अन्य देशहरुलाई दक्षिण चीन सागरमा शान्ति कायम गरिरहनका लागि सहयोगका लागि पनि आग्रह गर्दछौं ।’

चीनले गत अप्रिलमा पहिलो पटक दक्षिण चीन सागरमाथि बनाइएको कृत्रिम द्वीपमाथि लडाकू जहाज अवतरण गराएको थियो ।

अन्तर्राष्ट्रिय समुदायले भने चीनले यो द्वीपलाई आफ्ना फाइटरको बेस बनाउने हो कि भन्ने कुरामा चिन्ता व्यक्त गर्दै आएका छन् । अमेरिकाले चीनद्वारा दक्षिण चीन सागरमा निर्मित कृत्रिम द्वीपको निरन्तर विरोध गर्दै आएको छ ।

अमेरिकाले निगरानीका लागि त्यहाँ पटक पटक आफ्नो फाइटर विमान पठाइरहेको छ। यसैका कारण यी दुबै देश अहिले आमने सामने भएका छन् ।

चीनले दक्षिण चीन सागरमा करिब १२ नटिकल माइलसम्म आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यो इलाका दक्षिण चीन सागरमा चीनबाट निर्मित द्वीपकै आसपासमा रहेको छ ।

चीनका अलावा दक्षिण-पूर्व एशियाका देशहरु ताइवान, फिलिपिन्स, भियतनाम र मलेसियाले पनि यस इलाकामाथि दाबी गर्दै आएका छन् ।

अमेरिकालाई भने यो इलामा चिनियाँ फौजको सक्रियता बढ्ने कुराले पिरोलेको छ । त्यही कारण अमेरिका बारम्बार यो इलामा फाइटर जेटबाट गस्ती गराइरहन्छ ।

दक्षिण चीन सागरमुनि तेल र ग्यासको विशाल भण्डार रहेको छ। अमेरिकाका अनुसार यस इलाकामा २१३ अर्ब ब्यारल तेल ९०० ट्रिलियन क्यूबिक फिट प्राकृतिक ग्यासको भण्डार छ ।

यस समुद्री बाटोबाट हरेक वर्ष ७ ट्रिलियन डलरको ब्यापार हुने गरेको छ। चीनले सन् २०१३ को अन्तिममा खर्बौं डरलको परियोजना चलाएर पानीमा डुबेको क्षेत्रलाई उकासेर अहिले कृत्रिम द्वीप नै तयार गरेको छ ।

अन्तर्राष्ट्रिय कानुनले कुनै पनि देशलाई उनको समुद्री सीमाबाट १२ नटिकल माइलसम्म जाने अधिकार दिएको छ। त्यसपछि अन्तर्राष्ट्रिय सीमाक्षेत्र सुरु हुन्छ । कुनै पनि देशले त्यो समुद्री क्षेत्रलाई आफ्नो दाबी गर्ने सक्दैन ।
annapurnapost

Continue Reading…

अम्बर गुरुलाई भेट्न अस्पताल पुगे ओली

२३ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ संगीतकार अम्बर गुरूङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्रीले राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा पुगेर गुरूङको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।

kam
यस अघि दिल्ली भ्रमणका क्रममा बरिष्ठ संगीतकार अम्बर गुरुङलाई भेटन् अस्पताल नपुगेको भनेर प्रधानमन्त्री ओलीको ब्यापक आलोचना भएको थियो । बलिउड कलाकार भेट्ने समय निकालेका ओलीले आफ्नै देशको राष्ट्रिय गीतका संगीतकारलाई नभेटेको भनेर उनको आलोचना भएको थियो ।
यसअघि सूचना तथा सञ्चारमन्त्री शेरधन राई पनि गुरूङको स्वास्थ्य अवस्था बुझ्न ग्रान्डी अस्पताल गएका थिए । भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ सोही अस्पतालमा उपचार गराइरहेका छन् ।

 

सघन उपचार कक्षमा राखिएका गुरुङको स्वास्थ्य स्थिर रहेको बताइएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गुरुङ केही वर्षदेखि अस्वस्थ्य छन् । गुरुङलाई मधुमेह र पार्किन्सनको पनि समस्या छ ।
राष्ट्रिय गानका संगीतकार गुरुङले पाँच सय भन्दा धेरै गीतमा संगीत दिएका छन् । गुरुङको स्वास्थ्यको कामना गर्दै शुक्रबार बेलुका संगीतकार गुरुङका परिवार, सञ्चारकर्मी, शुभेच्छुक, चिकित्सक तथा गायक संगीतकारले प्रार्थना गरेका थिए ।
nepaliheadlines

Continue Reading…

प्रचण्ड र ओलीबीच वान टू वान वार्ता

२३ जेठ, काठमाडौं ।

पछिल्लो समयमा एक आपसलाई लक्षित गर्दै कटाक्षपूर्ण अभिब्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र प्रचण्डबीच सरकार परिवर्तनको विषयमा खुला कुरा भएको लाजिम्पाट श्रोतले बताएको छ ।

0li
बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीलाई प्रचण्डले आफूहरुबीच भएको सरकारको नेतृत्व फेर्ने भद्र सहमतिको विषयमा स्मरण गराउँदै राष्ट्रिय सहमतिको पहल लिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सरकार गठनमा आफू असहमत नरहेको तर अहिले त्यसको माहौल नरहेको जवाफ दिएको बुझिएको छ ।
प्रचण्डले एमालेबाट भद्र सहमति पालना नभए आफूहरुले सरकार छोड्ने अवस्था आउन सक्ने संकेत गरेपछि प्रधानमन्त्री ओलीले हतारमा निर्णय नगर्न प्रचण्डलाई आग्रह गरेका थिए ।

प्रचण्ड निकटका केही नेता मात्र नभएर एमालेका नेताहरुले बजेटपछि सरकार छोड्ने भद्र सहमति भएको दाबी गर्दै आइरहेका छन् । तर ओली र उनी निकट नेताहरुले यो कुरा अस्वीकार गरिरहेका छन् ।

माओवादीसँग गरिएको ९ बुँदै समझदारीका क्रममा ३ बुँदे भद्र सहमतिसमेत भएको सन्दर्भमा एमालेभित्र पनि विवाद देखिएको छ । झलनाथ खनाल, वामदेव गौतम र माधव नेपालहरु भद्र सहमति पालना गरिनुपर्ने पक्षमा छन् भने केपी ओलीपक्ष सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएको छ ।

प्रचण्डले भने भद्र सहमति पालना नगरे राजनीति असहमतिको दिशामा जाने भन्दै ‌ओलीलाई राष्ट्रिय सरकारको पहल लिने सहमति पालना गर्न आग्रह गरेको बुझिएको छ ।nepaliheadlines

Continue Reading…

भारतमा फेरि चर्कियो जाट आन्दोलन

आन्दोलन रोक्न सुरक्षाकर्मीको ५५ कम्पनी तैनाथ
काठमाडौं: आरक्षणको मागलाई लिएर जाट समुदायले भारत सरकालाई दिएको अल्टिमेट सोमबार समाप्त भएको छ ।

अल्टिमेटमको म्याद सकिँदा पनि भारत सरकारले आफ्ना मागबारे सुनुवाइ नगरेपछि हरियाणाका १५ गाउँमा जाट समुदायले आन्दोलनका लागि धर्ना र प्रदर्शन शुरु गरेका छन् ।

जाट आन्दोलन उठ्ने डरले भारत सरकारले तत्कालै हरियाणा राज्यका कयौं इलाका अर्धसैनिक बलको ५५ कम्पनी तैनाथ गरेको छ । bhako

राज्यका आठ जिल्लामा धारा १४४ लागू गरिसकिएको छ । रोहतक र सोनीपतमा मोबाइल इन्टरनेट ग्रुप एसएमएसमा प्रतिबन्ध लगाइएको छ ।
धारा १४४ लागू गरिएका जिल्लाहरुमा झज्जर, सोनीपत, रोहतक, पानीपत, हिसार, जिन्द, फतेहाबाद र क्याथल रहेका छन् ।

हरियाणा राज्यबाट जोडिएका राष्ट्रिय राजमार्ग र रेल लाइनको दुबैतर्फ एक किलोमिटरसम्म धारा १४४ लागू गरिएको छ। यो धारा लागू भएपछि पाँच या त्यसभन्दा बढी मानिसलाई भेला हुन रोक लगाइएको छ ।

समाचार अनुसार सरकारसँगको सम्वादपछि यशपाल मलिकको अगुवाईमा रहेको जाट आरक्षण संघर्ष समिति शहर छाडेर गाउँमा प्रदर्शनमा उत्रन लागेको हो
जाटहरुले रेल र सडक मार्गमा धर्ना नदिने आश्वासन आएकाले भारत सरकाले राहत महसुस गरेको छ । १५ जिल्लाका गाउँमा १५ दिनसम्म धर्ना चल्नेछ ।

यस क्रममा सरकारले यदि जाट आन्दोलनकारीमाथि लगाइएको मुद्दाबारेमा आफ्नो धारणा प्रष्ट नपारेमा जाटहरुले पहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।
यसैबीच हरियाणा राज्यका मूख्यमन्त्री मनोहर लाल खट्टरले मानिसहरुलाई शान्ति कायम गरिरहन अपिल गरेका छन् ।

आन्दोलनको घोषणालाई मध्यनजर गर्दै हरियाणा पुलिसले बिहीबार पुलिसकर्मीको अवकाश रद्द गर्ने घोषणा गरेको थियो ।

हरियाणाका अतिरिक्त पुलिस महानिर्देशक (एडीजीपी) मुहम्मद अकिलले पुलिस कुनै पनि परिस्थितिको सामना गर्न तयार र सक्षम रहेको बताएका छन् ।

उनले पुलिस र जिला प्रशासन कानून व्यवस्था कायम राख्न सक्षम रहेकाले जनताको सुरक्षा सुनिश्चित गर्ने कुरामा कुनै कसर नछाडिने बताए ।

उनले पुलिस कुनै पनि समूहबाट सडक या रेल मार्ग जाम गर्ने प्रयासलाई असफल बनाउन लागेको बताए । पुलिसले अहिले सहरी इलाका र ग्रामीणबासीसँग पनि शान्ति कायम गरिराख्न छलफल थालिरहेको छ।

हरिणायाले आफ्नो पाँच दशकको इतिहासमा यस साल फेब्रुअरीमा जाट आन्दोलनका क्रममा हिंसाको सबैभन्दा डरलाग्दो रुपको सामना गर्‍यो ।
आन्दोलनका ३० जनाको ज्यान गएको थियो भने ३२० जना घाइते भएका थिए । साथै अर्बौं रुपैयाँको सम्पत्ति पनि बर्बाद भएको थियो । करिब १० दिनसम्म राज्य पुरै असफल भएको थियो ।
annapurnapost

Continue Reading…

२५ वर्षभित्र संसारकै धनी देश बनाउँछुः बाबुराम

२०७३ जेष्ठ २३ आईतवार

‘नयाँ संविधानलाई पूर्ण बनाऔँ’
भक्तपुरः नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले २५ वर्षमा नेपाललाई विश्वकै धनी देश बनाउने लक्ष्य रहेको बताएका छन् ।ramromlea

ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्दै बाबुरामले भने, ‘दश वर्षभित्र गरिबी र बेरोजगारी अन्त्य, १५ वर्षभित्र विकसित देश र २५ वर्षभित्र संसारकै धनी बनाउने लक्ष्य रहेको छ ।’

बाबुरामले यो सब यही पुस्ताले गर्नुपर्ने समेत बताउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने समेत बताएका छन् । ‘यो हाम्रै पालोमा हुनुपर्छ, त्यसका लागि स्थायी सरकार र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ,’ बाबुरामले भने ।

त्यस्तै डा. भट्टराईले नयाँ संविधानलाई सबैले स्वीकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने समेत बताएका छन् ।

उनले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता दिँदै कार्यान्वयनको पक्षमा सबैलाई लाग्न आग्रह गरे ।

मधेसी, आदिवासी, जनजाति, महिला र गरिब वर्गको अधिकारलाई संविधान संशोधन मार्फत पूर्णता दिएर संविधानको कार्यान्वयनको बाटामा लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले भारत र चीन बीचमा नेपालले गतिशील पुल बनेर सन्तुलित सम्बन्ध राखी राष्ट्रिय स्वाधीनता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्नेमा समेत जोड दिएका छन् । रासस
annapurnapost

Continue Reading…

शास्त्रका अनुसारः आइतबार खान नहुने ५ कुरा

आइतबारलाई सूर्यको दिन मानिन्छ । सूर्य ग्रहका पनि राजा हुन् । शास्त्रका अनुसार सूर्यको अनुकुल राख्नका लागि आइतबार ५ कुरा सेवन नगर्नु राम्रो हुन्छ ।khanu

१- मसुराको दाल
आइतबारको दिन मसुराको दाल खान अशुभ मानिन्छ । यसले सूर्यलाई बेखुसी पार्ने शास्त्रमा उल्लेख छ ।
२- रातो साग
आइतबारको दिन हरियो साग सेवन गरेपनि रातो साग सेवन गर्नु हुँदैन । आइतबारको दिन रातो साग अनुकुल नरहेको शास्त्रमा उल्लेख छ ।

३- अदुवा
आइतबारको दिन अदुवा सेवन पनि प्रतिकुल मानिएको छ । अदुवा राखेर कुनै पनि कुरा आइतबारको दिन सेवन नगरेकै बेस ।

४- खिचडी
आइतबारका दिन दालको खिचडी सेवन अशुभ भनेर शास्त्रमा उल्लेख छ । मासको दालको खिचडी आइतबार सेवन गर्नु राम्रो मानिँदैन ।
५- मांसाहार
आइतबारको दिनमा मांसाहार राम्रो मानिँदैन । शास्त्रका अनुसार आइतबार मांसाहार गर्दा त्वचा सम्बन्धि रोग लाग्न सक्छ ।

Continue Reading…

उजेलीको विहे राजेश हमालका कारण रोकियो

उजेली ड्रिम
होस्टेलको माथिल्लो तलाबाट बैसाखी टेक्दै उजेली झरिन् । उनले आफूभित्रको पीडालाई भुलेर सबैलाई नमस्कार भन्दै गर्दा उनको मुहारमा छुट्टै चमक छाएको थियो । उत्साहले भरिएको उनको आवाजले सिन्धुपाल्चोकस्थित सेलाङ गाउँको परिस्थितिलाई यसरी वर्णन गर्न थाल्यो, ‘मेरो सेलाङ गाउँमा १० वर्षकै उमेरमा केटीहरूलाई माग्न आउँथे ।

गाउँका मान्छेले छिट्टै विवाह गरिदिने भएकाले धेरैले दुःख पाएका छन् । मलाई त ९÷१० पटक विवाहका लागि माग्न आए । म भागेर जंगलमा पनि बसेको छु । कति दिन ओढारमा बसेँ ।rikiy

यतिमात्र कहाँ हो र, भूतले तर्साउँछ भनेर बाख्रासँग पनि सुतेकी छु । अहिले सम्झिँदा डर लाग्छ ।’ उजेलीले आफ्नो सम्झँदा उनको आँखा पनि रसाइसकेका थिए । यस क्षेत्रमा छोरीलाई आमा बुबाले नै जवर्जस्ती विवाह गराइदिने गरेका छन् ।

गत वैशाख ११ गते विद्यालय अगाडि मोटरसाइकलले हान्दा उनको देब्रे खुट्टा भाँचिएको छ । खुट्टामा स्टिल हालेर अप्रेसन गरिएको छ । तर उनको शरीरको यो चोटभन्दा मनको चोट गहिरो छ । आफूजस्तै अन्य धेरै बालिकाले सानै उमेर विवाह गर्दा पाएको दुःख सम्झँदा उनलाई पीडा हुन्छ ।

उजेली गरिब परिवारमा जन्मिएकी हुन् । उनी अरूभन्दा अत्यन्तै फरक छिन् । यही फरक भएकै कारण उनले बीबीसी नेपाली सेवाको साझा सवालमा समेत फरक प्रस्तुति दिइन् ।

साझा सवाल कार्यक्रममा नायक राजेश हमाल सेलाङ पुगेका थिए । त्यही दिन उनलाई विवाहका लागि केटा माग्न आउने र दिने निधो भएको थियो । तर, राजेश हमालका कारण उनको विवाह रोकियो ।

साझा सवालमा उनले राजेश हमाल र कार्यक्रम प्रस्तोता विद्या चापागाईंलाई मात्र रुवाइनन्, साझा सवाल हेर्ने विश्वभरका दर्शकलाई रुवाइन् । उनले भनेकी थिइन्, ‘ सहरमा धरहरा छ रे, ठूलो गाडी छ रे, रमाइलो हुन्छ रे , यो गाउँका मान्छेहरूले त्यो धरहरा नहेरी मर्ने भयो । सार, यो गाउँका मान्छेले कहिलै सुख पाउँदैनन् ।’ यही वाक्यले उजेलीलाई काठमाडौंसम्म ल्याइपु¥यायो । हाल उनी बौद्धस्थित जेनिसिस् एकेडेमीमा कक्षा ५ मा छात्रवृत्तिमा अध्ययन गरिरहेकी छिन् ।

‘यहाँका मान्छेहरू काठमाडौं नदेखेरै मर्छ, बस चढ्नै पाउँदैन सर । हाम्रो भाग्यमा खुसी छैन ।’ उनले बीबीसीमा यस्तै भनेकी थिइन् ।

सेलाङ बस्तीको पाँचपोखरी प्राथमिक विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दागर्दै छोडेकी उजेलीलाई धेरै केटाहरूले माग्न आएका थिए । तर उनले कहिल्यै विवाह गर्न मानिनन् । उनी सम्झिन्छिन्, ‘हाम्रो हिरो राजेश हमाल जानु नभएको भए मेरो विवाह हुन्थ्यो ।’

उजेलीले अहिले धेरै अंग्रेजी शब्दहरू प्रयोग गर्न सिकिसकेकी छिन् । उनी सुनाउँछिन् ‘ मेरो ड्रिम भनेको सेलाङ गएर बालविवाह रोक्ने र चेलबेटी बेचबिखनविरुद्ध अभियान चलाउने हो । सर, सुनेको छु धेरै दिदीबहिनी लगेर बेच्छ रे । होइन कहाँ बेच्छ, किन बेच्छ ? बिचरा कति दुः ख हुन्छ होला ।’ गाउँको साथीहरूले पनि उनलाई तिमी त सहरमा जाने भयो, अब धेरै पढेर केही गर्नु भनेका थिए रे ।

उजेलीको विषयमा साझा सवालले प्रस्तुत गरेपछि पहिलो पटक थेल्मा एन्ड लुइज नेपालका प्रतिनिधि गाउँमा पुगेका थिए । यही संस्थाले उजेलीलाई जेनिस एकेडेमीमा छात्रवृत्ति दिएर पढाइरहेको छ । संस्थाका सचिव तथा जेनिस एकेडेमीका प्रिन्सिपल प्रमिला योञ्जनले उजेलीको अध्ययन सुधार हुँदै आएको बताए । अझै अंग्रेजीमा उनले धेरै सुधार्नु आवश्यक छ, नेपाली ठीकै छ ।

जेनिसिस् एकेडेमी महिलाले सञ्चालन गरेको विद्यालय हो । विद्यालयका संस्थापक रुस्मा थोकरले भनिन्, ‘उजेलीलाई जुन जोखिम लिएर ल्याएका छौं हाम्रो लागि चुनौती र अवसर दुवै हुनेछ ।’

उनका अनुसार उजेलीको मस्तिष्क तेज छ र उनमा केही न केही आन्तरिक क्षमता छ । उजेलीले विद्यालयमा प्रवेश गर्दा ‘वेलकम उजेली’ कार्यक्रम राखिएको थियो ।

उनी अहिले कविता लेख्ने, कराँते खेल्नेलगायतका क्रियाकलापमा पनि सक्रिय छिन् । उजेलीको बहुआयामिक प्रतिभाको प्रशंसा गर्दै विद्यालयकी संस्थापक रुस्माले भनिन् ‘ मलाई अचम्म लाग्छ, दुर्गम सेलाङमा जन्मिएको उजेली सोचेभन्दा फरक छिन् । हामी उनलाई ‘लिडर’ बनाउन चाहन्छौं ।’
– Sannapurnapost

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog