Monday, June 13, 2016

भारतीय भूमिमा चिनियाँ सेना छिरेपछि…

नयाँदिल्ली। भारतीय भूमीमा चिनियाँ सेनाको एउटा जत्था नै छिरेर भारतीय भूमिमा तीन घन्टासम्म बसेको छ। नेपालले भारतबाट सीमा अतिक्रमण भइरहेको बताइरहँदा भारतले त्यसको ठीक विपरित चीनले आफ्नो भूमि मिचिरेहको गुनासो गरिरहेको छ। भारतले चीनबाट आफ्नो भूमि मिचिरहेको लगातार गुनासो गरिरहेका बेला चिनियाँ सेनाको एउटा जत्था नै भारतीय भूमिमा छिरेको हो।sena

भारतको अरुणान्चल प्रदेशमा चिनियाँ सेनाको २ सय ५० जनाको जत्था तीन घन्टासम्म भारतीय भूमिमा हतियारसहित बसेर फर्केको हो। चिनियाँ सेनाले आफ्नो भूमिमा तीन घन्टासम्म कब्जा जमाउँदा पनि भारतीय सेनाले प्रतिकार गर्न सकेन।केही भारतीय सञ्चारमाध्यमहरुले भारतीय सेनाको प्रतिरोधपछि चिनियाँ सेना आफ्नो भूमिमा फर्केको दाबी गरेका छन्। भारतीय रक्षामन्त्रालयलाई उधृत गर्दै लेखिएको समाचार अनुसार चीनका करिब २ सय ५० जना हतियारधारी सैनिक ९ जुनमा भारतीय भूमिमा आएका थिए।
चारवटा समूहमा बाँडिएर भारतीय भूमिमा पसेका यी चिनियाँ सैनिक तीन घन्टासम्म बसेका समाचारमा जनाइएको छ। तीन घन्टासम्म आफ‍्नो भूमिमा बसेका चिनियाँ सैनिक भारतीय सैनिको विरोधपछि फर्केको केही भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
चिनियाँ सैनिकको जत्था भारतीय राष्ट्रपति प्रणब मुखर्जीको चीन भ्रमणको १५ दिनभित्रमा भएको हो। समाचार अनुसार भारतीय उत्तर-पश्चिमी नाकामा चिनियाँ सैनिकको समूह नै यो वर्ष पहिलो पटक भारतीय सीमाना अतिक्रमण गर्दै छिरेको हो। भारतीय रक्षामन्त्री मनोहर पर्रिकरले तीन दिनअघिमात्रै मोदी सरकारको नीतिका कारण चीनको तर्फबाट आफ्नो सीमाको अतिक्रमणको घटनामा कमी आएको दाबी गरेका थिए।यसका अलावा यो घटना अमेरिकाको सहयोगमा भारत प्रतिष्ठित परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) मा सामेल हुने कोशिसमा लागिरहेका बेला हुन पुगेको छ। भारतको यो कदमको भने चीनले कडा बिरोध गरिरहेको छ।

china_army-भारतीय सेनाका एक उच्च अधिकृतका अनुसार चीनसँग जोडिएको सीमानाको अझै निर्धारण नगरिएका कारण कयौं पटक चीनका सैनिक भारतीय भूमिमा आएर बस्ने गरेका छन्।तर भारतीय सैनिकको विरोधपछि उनीहरु आफ्नै भूमिमा फर्कने गरेको उनको भनाइ छ चीनले लगातार अतिक्रमण गरेको भन्दै भारतले अरुणाचलको याङ्गत्सेमा आफ्नो सैनिकको ठूलो डप्फा तैनाथ गरेर राखेको छ।अरुणाचल प्रदेशस्थित लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोलमा चिनियाँ सैनिकसँग भारतीय सैनिकको प्रायजसो आमनेसामने हुने गरेको छ।यसअघि कयौं पटक चिनियाँ सैनिक भारतीय भूमिमा आइसकेका छन्।

भारत र चीनबीच ४ हजार किलोमिटर लामो सीमाक्षेत्रमा विवाद रहेको छ।चीनले भने केबल २ हजार किलोमिटर सीमाक्षेत्रमा मात्रै विवाद रहँदै आएको दाबी गरेको छ।
यी दुई देशबीचको विवादको अर्को मूख्य कारण कश्मिर पनि हो।यसको मूख्य कारण भनेको पाकिस्तानले आफ्नो कब्जामा रहेको कश्मीरबाट अक्साई चीनको भूभागलाई चीनलाई नै सुम्पिदिनु पनि हो। यस मुद्दामा दुबै देशबीच १८ पटक वार्ता भइसकेको छ।तर कुनै परिणाम निस्कन सकेको छैन। चीनसँग भारतको सीमा विवाद ६४ वर्ष पुरानो हो।यसको सबैभन्दा ठूलो कारण भनेको अन्तर्राष्ट्रिय नाकाबारे प्रष्ट नहुनु हो।

भारतले चीनले यो विवादलाई जानीजानी समाधान गर्न नचाहेको आरोप लगाउँदै आएको छ।भारले म्याकमोहन रेखाको निर्धारणलाई स्वीकार्दै आएको दाबी गरेको छ।तर चीनले यो निर्धारणलाई अवैध भएको बताउँदै आएको छ ।news24nepaltv

Continue Reading…

टेलिकमको एडिएसएल इन्टरनेट कामै नलाग्ने

राजविराज, ३२ जेठ । नेपाल टेलिकम शाखा राजविराजले वितरण गरेको इन्टरनेट सेवा एडिएसएलको नेट विगत एक महिनादेखि कछुवाजस्तै सुस्त गतिमा चलेपछि यहाँका सेवाग्राहीबाट गुनासो आएको छ ।
सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न स्थानमा टेलिकमले वितरण गरेको एडिएसएल इन्टरनेट सेवा दिन प्रतिदिन सुस्त गतिमा चलेकाले उपभोक्ता अत्यन्त मारमा परेको सेवाग्राहीले गुनासो गरेका छन् ।
शाखाले यहाँ वितरण गरेको एडिएसएल इन्टरनेट सेवा दिउँसो र बेलुका बढी अति ढिलो हुुने गरेको उपभोक्ता विष्णुदेव शर्माले गुनासो गर्नुभएको छ ।4
राजविराजबाट प्रकाशित हुने पत्रपत्रिका तथा साप्ताहिक पत्रपत्रिकाको कार्यालयमा जडान गरिएको एडिएसएल इन्टरनेट अत्यन्तै सुस्त गतिमा चलेपछि कामकाज प्रभावित हुनुका साथै समयमा पत्रिका प्रकाशन गर्नमा समस्या भइरहेको राजविराजबाट प्रकाशित न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर यादवले बताउनुभयो ।
इन्टरनेटको राउटरमा नेटवर्क देखिए पनि कुनै बेवसाइट खोल्ने क्रममा घन्टौँसम्म लाग्ने यादवले गुनासो गर्नुभएको छ । यस्तै, राजविराजस्थित गजेन्द्र चोकमा रहेका मास इन्स्टिच्युटमा जडान गरिएको एडिएसएल नेट सुस्तगतिमा चल्दा इन्स्टिच्युटमा पढ्न आउने विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट सिकाउन समस्या भएको प्रोपाइटर शैलेन्द्र सिंहले बताउनुुभयो । साथै, समयमा पढाइको पाठ्यक्रम पुरा गर्न गाह्रो भएको उहाँले जानकारी दिनुभयो ।
यस सम्बन्धमा नेपाल टेलिकम शाखा कार्यालय राजविराजलाई पटकपटक जानकारी गराईए पनि हालसम्म कुनै चासो नलिएको बताइएको छ । रासस
dainiknepal

Continue Reading…

राष्ट्रपति भण्डारी किन रिसाइन ?

काठमाडौं, ३२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विकास बजेट समयमै खर्च नहुने र आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट खर्च गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएकी छिन् ।
बजेट समयमै आए पनि कार्यान्वयन नहुने र विकास बजेट न्यून खर्च हुने परिपाटीको अन्त्य भए मात्रै मुलुकमा पूर्वाधार विकास र आर्थिक विकास हुने बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘आर्थिक वर्ष सकिनै लाग्दासमेत २० प्रतिशत मात्रै विकास बजेट खर्च हुने र चालू खर्च शतप्रतिशत भएर थप खर्चको अख्तियारी मागिन्छ,’ मोफसलबाट आएका पत्रकारहरूसँग शीतलनिवासमा सोमबार आयोजित साक्षात्कारमा राष्ट्रपति भण्डारीले भनिन्, ‘यो शैलीले आर्थिक वृद्धि हासिल गर्न सकिन्न ।’risan
आमसञ्चारमाध्यम आर्थिक रूपमा निर्भर बन्नुपर्छ
स्वाधीन र स्वतन्त्र पत्रकारिताका लागि आमसञ्चारमाध्यम आर्थिक रूपमा आत्मनिर्भर बन्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले खराब कुराबारे सतर्कता, सजकता र चेतना दिएर राष्ट्रको पक्षमा बन्धुत्व र भ्रातृत्वको भावना विकास गराउनुपर्ने बताइन् । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय सञ्चार नीतिबारे सुझाब लिन मोफसलमा कार्यरत पत्रकारसँग सोमबार अन्तरक्रिया गरेको थियो । आमसञ्चार नीतिबारे सवाल तथा आगामी कार्यदिशा विषयक गोष्ठीमा सहभागी पत्रकारहरू राष्ट्रपति कार्यालयकै निम्तोमा शीतलनिवास पुगेका थिए । मोफसलका अगुवा ४० जना पत्रकारलाई राष्ट्रपति कार्यालयले बेलुकीको खानासहित निम्तो गरेको थियो ।
कर्मचारी संयन्त्र जिम्मेवार
राष्ट्रपति भण्डारीले समयमा विकास निर्माणका काम सम्पन्न नहुनु र बजेट कार्यान्वयन नहुनुमा मुख्य गरी कर्मचारी संयन्त्र र उपभोक्ता जिम्मेवार रहेको बताइन् । ‘बजेट कार्यान्वयनको मुख्य जिम्मेवारी कर्मचारी संयन्त्रको हो,’ राष्ट्रपतिले भण्डारी भनिन्, ‘रोटेपिङ घुमेजस्तो घुमेर मात्र मुलुकको विकास सम्भव हुँदैन ।’
जागिर र पेन्सन पकाउने काम मात्र गरेर देश बन्दैन
कर्मचारीले जागिर खाने र पेन्सन पकाउने उद्देश्य मात्रै राख्न नहुने भन्दै राष्ट्रपति भण्डारीले नतिजा आउने गरी काम गर्नुपर्ने बताइन् । पूर्वाधार विकास गरेर मात्रै मुलुकको आर्थिक विकास गर्न सकिने भएकाले बजेट कार्यान्वयन र विकास निर्माणका कामलाई सहज ढंगले अघि बढाउन मिडियाले समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
dainiknepal

Continue Reading…

एनसेलको टावर हान्न पुगेका माओवादी नेता बमसहित पक्राउ

२०७३ जेष्ठ ३२ मंगलवार

धरानः एनसेलको टावर हान्न पुगेका विप्लव माओवादीका एक कार्यकर्तालाई प्रहरीले दुईवटा बमसहित पक्राउ गरेको छ ।

धरानको पटनालीमा रहेको एनसेलको रिपिटर टावरमा पेट्रोल बलमे आक्रमण गर्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालयको टोलीले विप्लव माओवादीका धरान नगर कमिटि अध्यक्ष सुरज राईलाई २ वटा पेट्रोल बमसहित पक्राउ गरेको हो ।

टावरमा बम हान्ने पूर्वसूचनामा पाएपछि त्यस इलाकामा खटिएको टोलीले निगरानी गरेर राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।3
पक्राउ परेका राईविरुद्ध दूरसञ्चार र अत्वावाश्यक वस्तु ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।

कर नतिरेको भन्दै विप्लव माओवादीले अहिलेसम्म देशभरका करिब २५ वटा एनसेलका टावरमा आक्रमण गरिसकेको छ ।

टावर आक्रमणमा संलग्न आधा दर्जन माओवादी कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ ।

टावर आक्रमणमा संलग्नलाई पक्राउ गरेको भन्दै सोमबार मात्रै सो पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले देशभरका एनसेल टावर ध्वस्त पार्ने क्षमता आफूहरुसँग रहेको भन्दै धरपकड नरोके प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
annapurnapost

Continue Reading…

यस्तो छ भाजपाको नेपालबारे नयाँ मिसन, काे काे सक्रिय ?

मंगलबार, ३२ जेठ
काठमाडौं । नेपालको संविधानमा असन्तुष्टि राखेको भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टीले नेपालमा हिन्दू राज्यको अभियानका लागि नयाँ मिसनको तयारी गरेको छ ।
भारतको बटमलाईन नेपालको मधेस क्षेत्रको माग मात्र नभएर धर्मनिरपेक्षता पनि संविधानबान हटाउनु नै हो । तर, धर्मनिरपेक्षतालाई संविधानसभाले अनुमोदन गरेपछि नेपालमा क्रिस्चियनको प्रभाव बढाउँन पश्चिमाको प्रवेश नेपालमा सहज हुने त्रासमा भाजपाले पनि नयाँ मिसनको तयारी गरेको हो ।yasto
हिन्दू राज्यको अभियानमा नेपालमा सक्रिय रहेका राप्रपा नेपाल, हिन्दू युवा संघ, नेपाली काँग्रेसका नेता खुमबहादुर खड्कालगायत अब गैरसरकारी संस्था (एनजीओ) मार्फत पनि अभियान तिब्र हुन लागेको छ ।
यो अभियानका लागि भारतका हिन्दुवादी संस्था, बाबाहरुले आर्थिक सहयोग जुटाउनेछन् । खास गरी काली बाबाले नेपाल हिन्दू राज्य बनाउन भारजपाका नेतालाई सहयोग गर्नेछन् ।
उता, नेपालमा रहेका धार्मिक आवरणका गुरु कमलनयनाचार्य, जगतगुरु बालसन्तलगायतको पनि सक्रियता बढाइने भएको स्रोतले जनाएको छ । आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।
nepalsandesh

Continue Reading…

भारतले फेरि नेपाललाई दुःख दिँदै, हतियार खरिदमा अबरोध गरेको खुलासा

काठमाडौं, ३२ जेठ । नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ ।
नयाँदिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुदानमा हतियार नकिन्ने निर्णय सुनाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
के छ नेपालको प्रस्ताव ?bhanduk
नेपालले हतियारमा पनि सिलिङ तोकेर मात्र अनुदान दिन प्रस्ताव राखेको छ । अहिलेसम्म भारतले आफ्नो हतियारको मूल्य तोक्ने र त्योमध्येबाट ४० प्रतिशत भुक्तानी लिएर ६० प्रतिशत अनुदान दिएको घोषणा गर्दै आएको छ । तर, अब भने नेपालले हतियारमा भारतले दिने अनुदानको रकम पहिले नै स्पष्ट हुनुपर्ने र भुक्तान गर्नुपर्ने ४० प्रतिशत मूल्यभन्दा सस्तोमा पाइएमा अन्यत्रबाट किन्न सक्ने निर्णय दिएको छ । लोकतन्त्र स्थापनायता नेपालले हतियार र सैन्य सामग्री किनेबापत दुई अर्ब ४० करोड रुपैयाँ भारतलाई तिर्न बाँकी छ । यो पूरै मूल्यको ४० प्रतिशत मात्रै हो । नेपालले ४० प्रतिशत भुक्तानी गर्नुपर्ने रकमलाई पूरै अनुदानमा परिणत गरेर मिनाहा गर्न प्रस्ताव गरेकोमा भारतले कुनै जवाफ दिएको छैन ।
भारतले कुनै जवाफ दिएन
नेपालले आफ्नो प्रस्तावमा कुनै निर्णयमा नपुगुन्जेल भारतबाट सैन्य सामग्री नल्याउने भएको छ । ‘पहिला युनिफम्र्ड मेथड (मूल्यको ६० प्रतिशत अनुदान, ४० प्रतिशत भुक्तानी) थियो, अब सिलिङ बेस्ड ग्रान्ट मेथड (सैन्य अनुदान रकम भारतबाट तोक्नुपर्ने, त्यसभन्दा बढी रकम परे नेपालले तिरेर सार्वजनिक खरिद ऐनअनुसार खरिद गर्ने) मा जाउँm भन्ने प्रस्ताव हामीले राखेका छौँ,’ बैठकमा सहभागी रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव शिवप्रसाद सिंखडाले नयाँ पत्रिकासँग भने, ‘कि पूरै अनुदानमा कि पूरै पैसामा खरिद गरौँ, एउटै चीजलाई अनुदान र भुक्तानीअनुसार खरिद नगरौँ भन्ने हाम्रो प्रस्ताव हो । भारतका सुरक्षा अधिकारीहरू सकारात्मक छन् ।’ तर यसबारे भारतीय अधिकारीले ठोस जवाफ नदिएको वार्तामा सहभागी एक सैन्य अधिकारीले बताए ।
सिलिङ तोकेर सैन्य सहायता उपलब्ध गराउन नेपालको प्रस्ताव
नेपालले भारतसँग सिलिङ तोकेर सैन्य सहायता उपलब्ध गराउन पहिलोपटक प्रस्ताव गरेको हो । नेपालले डेढ दशकयता मूल्यको ६० प्रतिशत अनुदान र ४० प्रतिशत भुक्तानी गर्नुपर्ने मोडालिटीमा हतियार तथा सैन्य सामग्री भारतबाट ल्याउँदै आएको छ । नेपाली अधिकारीहरूले दुईपक्षीय बैठकमा अमेरिकाले अन्य मुलुकलाई दिएको सैन्य सहायताजस्तै भारतले पनि नेपाललाई सैन्य सहायता रकम तोक्नुपर्ने र त्यसबाहेकको हकमा नेपालले पैसा तिरेर खरिद गर्ने प्रस्ताव गरेका थिए । भारतीयहरूले भने ‘पुरानै मोडालिटीमा हतियार कारोबार गरौँ बरु नेपाललाई थप सुविधा दिउँला’ भन्ने जवाफ दिएका थिए ।
भारतले अनुदान नदिए नेपालले दुई अर्ब ४० करोड तिर्नुपर्ने
भारतले अनुदान नदिए अहिलेसम्म तिर्नुपर्ने करिब दुई अर्ब ४० करोड रुपैयाँ तिर्नुपर्ने निष्कर्षसाथ नेपाली टोली फर्किएको छ । ‘तिर्नुपर्ने रकम तिरेपछि नेपालको हात माथि हुन्छ, अनि हामी चाहिएको सैन्य सामग्री हेर्छौं, भारतमा पाइएन भने अन्तबाट पनि लिन सक्छौँ,’ वार्तामा सहभागी एक सैन्य अधिकारीले भने । हतियार, गाडी, हेलिकोप्टर, सैन्य सामग्री, अस्पताल, सैन्य तालिमसहित तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल भएको थियो । सैन्य तालिम, सैन्य हार्डवेयर, सूचना आदान–प्रदानका बारेमा पनि बैठकमा छलफल भएको थियो ।
नाकाबन्दीमा चारपटक चिठी
गत असोजदेखि माघसम्म भारतले लगाएको अघोषित नाकाबन्दीको बीचमा भारतले चारपटक नेपाललाई पत्र पठाउँदै हतियार खरिदको पैसा तिर्न दबाब दिएको थियो । ‘भारतले चारपटक हतियार तथा सैन्य सामग्री खरिदको रकम तिर्न नेपाललाई चिठी पठायो, तर सरकारले कुनै जवाफ दिएन,’ एक सैनिक अधिकारीले भने, ‘प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि यो विषय प्रस्ताव गर्ने भनियो, तर उहाँले समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सक्नुभएन ।’ नेपालले पैसा तिर्ने मुड बनाएन, भारतले मिनाहा गर्ने मुड बनाएन ।
नेपालले अब इन्सास नकिन्ने
नेपालले भारतसँग अब विवादित इन्सास राइफल नकिन्ने भएको छ । यो भारतमै काम नलाग्ने र विवादित हतियार हो । तर, अनुदानमा सस्तोमा पाइने भन्दै विगतमा यो हतियार सेनाले खरिद गरेको थियो । केही इन्सास सशस्त्र प्रहरीले पनि चलाइरहेको छ । तत्कालीन विद्रोही माओवादीविरुद्धको अपरेसनमा ल्याइएको इन्सास सय राउन्ड पड्केपछि पड्किन छाडेको थियो । नेपाली सेनाले कालिकोटको पिलीमा भएको माओवादी हमलामा इन्सास हतियारको प्रयोग गरेको थियो । तर, त्यसवेला गोली नपड्केपछि सेनाको ठूलो हताहती भएको थियो ।
नेपालमा ४० हजार भारतीय इन्सास
द्वन्द्वका वेला नेपाललाई बेचेको देखाएर अफ्रिकी मुलुकहरूलाई पनि इन्सास हतियार बेचेको थियो । नेपालमा रहेका ४० हजारजति इन्सास राइफल सशस्त्र प्रहरी र सेनाले प्रयोग गर्दै आएका छन् । भारतले इन्सास दिएपछि नेपाली सेनाले ०६१ मा सेल्फ लोडिङ राइफल (एसएलआर) सशस्त्र प्रहरीलाई दिएको थियो । यद्यपि, शाही शासन सुरु भएलगत्तै भारतले सहयोग रोकेपछि सेनाले पनि पूरै एसएलआर सशस्त्रलाई दिएन । नेपाललाई देखाएर युद्धग्रस्त देशमा इन्सास बिक्री भारतले नेपालको सशस्त्र द्वन्द्वमा प्रयोग भएको रेकर्ड देखाएर युगान्डा, कंगो, ओमनलगायतका मुलुकमा इन्सास बेचेको छ । युद्धकालमा भारतीय हतियार र विमान काम नलाग्ने भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गएको टोलीले बेल्जियमबाट २२ हजार थान एम १६ हतियार नेपाली सेनाका लागि खरिद गरेको थियो । त्यसबाहेक जर्मनीमा निर्मित कोल्ट कमान्डो (५.५६) पनि खरिद भएको थियो ।
भारतबाट के आउँथ्यो ?
भारतबाट इन्सास, लाइट मेसिन गन (एलएमजी), सर्ट मेसिन गन (एसएमजी), जिपिएमजी, टु इन्च मोर्टार, ५० मिलिमिटर लाइट बम, ८१ मिलिमिटर रकेट लन्चरलगायतका हतियार र तिनका गोलीगठ्ठा नेपालले ल्याउने गरेको छ । दोस्रो जनआन्दोलनअघि रोकिएका यी हतियार पछि भारतले नेपाललाई पठाएको थियो । भारतबाट अहिले लाइफ ज्याकेट, युद्धकालीन टेलिफोन र तारसमेत आइरहेको छ । साथै, २ इन्च मोर्टार पनि आएको छ, जसबाट ५२५ गजसम्म गोली हान्न सकिन्छ । नेपाली सेनाले माओवादीविरुद्ध २ इन्च मोर्टार र ८१ एमएम रकेट लन्चरसमेत प्रयोग गरेको थियो । भारतले सहुलियतमा माइन प्रोटेक्टेड भेइकल (एमपिभी) पनि दिएको थियो । दुई वर्षअघि कम गुणस्तर हुँदाहुँदै पनि किफायती मूल्यका कारण नेपाल सरकारले सेनाका लागि भारतसँग थप इन्सास हतियार खरिद गरेको थियो ।
dainiknepal

Continue Reading…

ओली र मोदीका कारण नेपाल–भारत बीचको सम्बन्ध दुर्घटनामा पर्न सक्छ : भारतीय नेता

३२ जेठ, काठमाडौं ।

एक भारतीय नेताले नेपाली र भारतीय प्रधानमन्त्रीका कारण दुई देशको सम्बन्ध दुर्घटनामा पर्नसक्ने बताएका छन्।

नेपाल मामिलामा जानकार मानिने बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदौरियाले दुई देशका प्रधानमन्त्रीको प्रयोगका कारण सम्बन्ध दुर्घटनामा टुंगिन्छ वा गन्तव्य भेट्छ भन्ने स्पष्ट नभएको बताए। ‘दुवै देशका प्रधानमन्त्रीले सम्बन्धको बारेमा नयाँ–नयाँ प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘त्यसले दुवै देशको सम्बन्ध दुर्घटना हुन्छ वा गन्तव्य भेट्टाउँछ, अहिले नै भन्न सकिँदैन।’

2
नेपालमाथि भारतले गरेको नाकाबन्दीको सुरुदेखि विरोध गर्दै आएका भदौरियाले भारतको ठूल्दाइवाला अवधारणा उचित नहुने बताए। नेपालले गर्ने कुनै पनि निर्णयले आफ्नो सुरक्षामा आँच आउने भए मात्रै दिल्लीको चासो हुनुपर्ने उनले बताए।

‘खुला सीमाको कारण सुरक्षाको विषयका भारतीय चासो हुन सक्ला तर नेपालले त्यस्तो कुनै कदम उठाउँछ भन्ने लाग्दैन,’ उनले भने।

नाकाबन्दीका कारण नेपालले भारतसँग रहेको निर्भरतालाई कम गर्न खोज्नु अस्वाभाविक नभएको बताए। ‘नाकाबन्दीको कारण भारतसँग निर्भरता कम गर्दै चीनसँग सम्बन्ध बनाउन खोजेको हुनसक्छ,’ उनले भने, ‘नेपाल सार्वभौम देश हो। एकतिर मात्रै निर्भर रहन्न भनेर निर्णय गर्न सक्छ।’

नेपालको संविधान दक्षिण एसियाकै सबैभन्दा समावेशी भएको बताउँदै उनले मधेसीले बढी सहभागिताबारेमा कुरा उठाउनु जायज भएको बताए। नागरिक दैनिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

विप्लव माओवादीद्धारा ४५ जिल्लाका एनसेल टावरमाथी आगजनी

३२ जेठ, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले चौतर्फी आक्रमण थालेको छ ।
एकीकृत जनक्रान्तिलाई मुल कार्यदिशा बनाई युद्धको प्रारम्भिक तयारीमा जुटेको बताएका विप्लव माओवादीले देशका विभिन्न जिल्लाका एनसेलको बेस स्टेशनमा रहेको टावरमाथी आक्रमण थालेको हो ।

केही महिनादेखि राजधानी छाडी सुदुरपश्चिमका विभिन्न जिल्लामा सक्रियता बढाएका विप्लव माओवादीले कर छलेको भन्दै एनसेलको टावरमाथी आक्रमण गरेका हुन् । गत जेठ २९ गते मोरङ जिल्लास्थित याङसिलामा रहेको एनसेल टावरमाथी आक्रमण गर्दै घटनाको पूर्ण जिम्मेवारी लिएका विप्लवले प्रेस विज्ञप्ति निकाल्दै एनसेलले राज्यलाई कर छली गरेको भन्दै आक्रमण गरेको उल्लेख गरेका छन् ।bhandai

त्यसैगरी जेठ २९ गते नै विप्लव माओवादी धनकुटाका कार्यकर्ताले जिल्लाको धर्मसिलामा रहेको एनसेल टावरमाथी आक्रमण गरेका थिए । त्यससँगै सोही दिन दाङ लक्ष्मीपुर गाविस चौगरा र लमही नगरपालिकामा रहेको टावरमाथी समेत आक्रमण भएको थियो ।

केही महिना अघि सदुरपश्चिम र देशका अन्य जिल्लामा अर्धभूमिगत शैलीमा कार्वाही समेत गरेका विप्लव माओवादीले सल्यानको जैतपानीमा रहेको टावरमाथी समेत आक्रमण गरेका छन् ।

त्यसैगरी स्याङजा, प्युठान, काभ्रे, दोलखा, सुनसरी, नुवाकोट, बाँके, ताप्लेजुङ रुपन्देही, पर्वत, सिन्धुपाल्चोक, मकवानपुर, चितवन कैलाली, लगायतका जिल्लामा रहेको एनसेल टावरमाथी समेत विप्लवले आक्रमण गरेका छन् । पछिल्ला समय काठमाडौंस्थित बौद्धमा रहेको एनसेल टावरमाथी समेत आक्रमण भएको विप्लव माओवादीले जनाएको छ ।

विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने जनताको पहल कदमीले नै देशका विभिन्न जिल्लाका एनसेल कार्यालयमाथी आक्रमण भएको दावी गरे । ‘भ्रष्टचारमा संलग्न, कालोबजारी, महंगी र राज्यलाई ठग्नेविरुद्ध लाग्ने हाम्रो पार्टीको रणनीति र कार्यदिशालाई समातेर नै जनताले एनसेलमाथी कार्वाही गरेको हो ।’ उनले भने, ‘एनसेल टावरमाथीको कार्वाही हाम्रो पार्टीको रणनीति अनुरुप नै भएको हो, यसमा जनताको उत्साहपूर्ण सहभागिता छ ।’ उनले हालसम्म लगभग ४५ जिल्लाका एनसेल टावरमाथी आक्रमण भएको दावी गरे ।

‘दमन भए प्रतिरोध’
त्यसैगरी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले आफ्ना कार्यकर्तामाथि दमन भए प्रतिरोध गर्ने चेतावनी दिएको छ । सोमबार अपरान्ह पार्टी महासचिव विप्लवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्द भनेका छन्, ‘हामी तिम्रा जस्तो सुकै र जुनसुकै टावरहरु ध्वस्त पार्ने क्षमता राख्छौं । किनकी यो तिम्रो बेइमानी गद्दारी, चाकडी, कालोबजारी र लुटको जगमा उभिएको छ । अनि टावरका रक्षक बनेका विश्वासघातीहरु हामीले तिमीले पनि राम्रोसँग चिनेका छौं । याद गर दमन भए प्रतिरोध हुनेछ ।’

गृहमन्त्री शक्ति बहादुर बस्नेतले विप्लव नेतृत्वको माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको अर्को दिन विप्लवले आफ्नो प्रतिक्रिया बाहिर ल्याएका हुन् ।

गृहमन्त्री बस्नेतले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रलायमा डाकेर अराजक गतिविधि गर्ने र कानुन हातमा लिने विप्लवका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएका थिए ।

विप्लव माओवादीको आक्रमणले करिब ५ लाख ५० हजार नागरिकलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको कम्पनीले बताएको छ ।

विप्लव माओवादीका कार्यकर्ताले शनिबार मध्यराती नुवाकोटस्थित अन्तराष्ट्रिय गैरसरकारी संस्था वल्र्ड भिजनको शाखा कार्यालयमा आक्रमण गरेको थियो । त्यसअघि उनीहरुले सिन्धुपाल्चोकमा रहेको सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण गरेका थिए ।

विप्लव माओवादीका ५ कार्यकर्ता पक्राऊ

यसैबीच एनसेलका टावरहरुमा आक्रमण गरेको आरोपमा प्रहरीले विप्लव माओवादीका पाँच कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । दाङबाट तीन र म्याग्दीबाट दुई जना जिल्लास्तरीय कार्यकर्ताहरु पक्राउ परेका हुन् ।

विप्लव माओवादीका दाङ जिल्ला सेक्रेटरी शितलका अनुसार प्रहरीले यमलाल पूँजाली, पूर्ण खनाल र ज्वाला खतिवडालाई पक्राउ गरेको छ । सोमबार खतिवडालाई तथा आइतबार बेलुकी खनाल र पूँजालीलाई प्रहरीले पक्राउ गरेको हो । एनसेलको टावरमा आगजनी गरिएको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई अन्धाधुन्द पक्राउ गरिएको भन्दै शितलले विनासर्त रिहाइको माग गरे ।

यसैगरी म्याग्दी सदरमुकाम बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।

एनसेलको टावरमा आगजनी भएको घटना छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङले जानकारी दिए ।nepaliheadlines

Continue Reading…

भारत र अमेरिकाको चेपमा नेपाल

निर्णायक घडीमा अमेरिकाको नेपाल दृष्टिमा भारतको प्रभाव निर्णयात्मक रहने गरेको आधा शताब्दी लामो अनुभवलाई कांग्रेस, एमाले र माओवादीले बिर्सन खोजेका छन् ।
जेष्ठ ३२, २०७३- बढ्दै गएको घोर निराशा र कहालीलाग्दो शून्यताको निष्पट छायाँले पुर्खाको बलिदान र सुझबुझले बनाएको र बचाएको इतिहास र भूगोलको माया गर्नेहरूलाई अत्याउन थालेको छ । तर, अनुक्रिया भने विवेकलाई गिज्याउन तल्लीन छ । प्रमुख तीन पार्टीका नेताहरू राज्यको स्रोत र साधनको भागबन्डामा कसरी बढी हिस्सा लिने चिन्तनमा नै एकाग्र छन् ।nepal

आन्तरिक मामिलासँगै वैदेशिक सम्बन्ध पनि यिनीहरूको तजबिज र लहडको सिकार भएको छ । विदेशी नेताहरूले नेपाल आउन छाडेकै थिए । अब त कर्मचारीहरू आउँछन्, नेपालको शान्ति र मानवअधिकारको अवस्थाबारे पाठ सोध्छन् ।

पदीय सम्मानको हेक्का नभएका प्रधानमन्त्री विदेशी कर्मचारीहरूसमक्ष पाठ बुझाउन आकाश–पाताल जोड्छन् । हालै आएका एक बृटिस कर्मचारीसँगको भेटमा पनि यस्तै भयो । तर, न्यूयोर्कस्थित इन्टरनेसनल वाचले अढाई महिनाअघि मात्रै सुधारका अन्तहीन प्रतिबद्धता गरिए पनि नेपालमा दण्डहीनता शासकीय मानदण्ड रहेको छ ।

भनेको हेक्का नराखेर प्रधान मन्त्रीले बालुवाटारको अस्थायी बासको अवधि बढाउन मानवअधिकार उल्लंघनका घटनाहरूलाई उन्मुक्ति दिन राजी भएको कबुलियतनामा सही गरे । राज्यले प्रचलित अन्तर्राष्ट्रिय मान्यता र मापदण्डबमोजिम अतीतको सामना गर्नैपर्छ, अन्यथा सामरिक योजना कार्यान्वयन गर्न मौका पर्खिरहेको वैदेशिक शक्ति प्रवेश गर्छ ।

सेनाको बहालवाला कर्णेल विदेशमा बन्दी रहेको त उदाहरण मात्र हो । पूर्वअमेरिकी राष्ट्रपति जर्ज बुसले युरोप जान डराउनु अर्को उदाहरण हो । विगत तीन वर्षमा युरोप जान साहस नगर्ने नेपाली नेताहरूको संख्या सत्ताका बाँडफाँटका लागि मनलागे जस्तो ऐन बनाउन तम्सिनेहरूलाई थाहा हुनुपर्छ ।

यो अवस्थामा नेपालको कानुन आफ्नो सुरक्षाकवच बन्छ भन्ने ठान्नु सुतुरमुर्गलाई पछ्याउनु हो ।

अन्तर्राष्ट्रिय मामिलामा परिपक्वता र सम्मान गुमाउँदै गएको पीडासँगै अब इतिहासका लागि लज्जाबोध पनि थपिएको छ । अब त घटनाको गम्भीर विश्लेषण नै नगरी हीनताबोधले ग्रस्त मानसिक्ता पुष्टि गर्दै सफलताको जस लिने बालसुलभ हतारोमा नेपाल सरकारले आफैंले आफ्नो कूटनीतिक लबिङको प्रशंसासमेत गरेको छ । वैदेशिक मामिला भीडलाई हँसाएर भोट जम्मा गर्ने विषय होइन ।

सामर्थ्यवान् छिमेकी र विश्वशक्तिको संयुक्त सार्वजनिक अभिव्यक्तिमा नेपालविरुद्ध शब्द उच्चारण नभएकोमा खुसियाली मनाउँदै नेपाल सरकारले आफ्नो कूटनीतिक ‘लबिड’ को प्रशंसा गर्‍यो । यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध अति नै दयनीय अवस्थामा पुगेको पुष्टि भएको छ ।

सक्षम राज्यव्यवस्था भएको देश आफूप्रति विश्व समुदाय मित्रवत् रहेकोमा सन्तुष्ट हुन्छ, आफ्नाविरुद्ध नबोलेकोमा होइन । संयुक्त वक्तव्यले भारत र अमेरिकाबीचको सम्बन्धमा गुणात्मक परिवर्तन आएको बताएको छ । विगत दुई वर्षमा सात पटक भेट गरेका मोदी र ओबामाको यो संयुक्त वक्तव्यले ६ महिनापछि सुरु हुने नयाँ अमेरिकी प्रशासन र भारतबीचको सम्बन्धको जग हालेको छ ।

भ्रमणलगत्तै भारतलाई अमेरिकाको भूमण्डलीय विशेष साझेदार बनाउने विधेयक अमेरिकी कांग्रेसमा प्रस्तुत हुनुलाई दिल्ली र वासिङटनले सम्बन्धको अनुपम हैसियतको रूपमा अर्थ्याएका छन् ।

नेपालले आफ्नो हितको दृष्टिमा यस्सलाई फराकिलो सोचबाट ग्रहण गर्नुपर्छ । राष्ट्रपति ओबामाको शब्दमा २१ औं शताब्दीको साझेदारीलाई अमेरिका–भारत सम्बन्धले परिभाषित गर्नेछ । यसको कूटनीतिक र सामरिक अर्थ बुझ्नुपर्छ । एक्लो विश्व शक्तिको अमेरिकी हैसियत खोस्न अग्रसर चिनियाँ तेज गतिलाई पनि बुझ्नुपर्छ ।

भारत–अमेरिकाबीच बनेको निकटतम सुरक्षा सम्बन्धको उल्झावलाई आज र भोलिको सन्दर्भमा बुझ्न प्रधानमन्त्री मोदीले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई दिएको भाषण र संयुक्त वक्तव्यलाई एकसाथ पढ्नुपर्छ । गहिरएिर विश्लेषण गर्नुपर्छ अनि त्यसलाई नेपालको हितमा सम्बोधन गर्नुपर्छ ।

यसरी बनाइने सामरिक कार्ययोजना कार्यान्यनका लागि भागबन्डाको शासनशैलीले शिथिल भइसकेको राज्यसंयन्त्रलाई राजनीतिकरणबाट मुक्त पारेर राष्ट्रिय संस्कारबाट चल्न दिनुपर्छ ।

संयुक्त विज्ञप्तिले साझा हितका मामिलामा विश्व नेतृत्व उपलब्ध गराउन दुवै देश सहमत भएको बताएको छ । भारत र अमेरिकाको साझा हितमा के–के पर्छ भन्ने कुरा विश्वले बुझेको छ ।

विशेषगरी भारत र चीनका छिमेकीहरूले त राम्ररी नै बुझेका छन् । अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘अफगानिस्तान मात्र होइन दक्षिण एसियामा नै आतंकवादको खतरा छ ।’

यो भनाइलाई भारत–पाकिस्तान सम्बन्धको घेरामा मात्रै राखेर मूल्यांकन गर्नु सही हुँदैन । नेपालसँगको सम्बन्धमा पनि भारतले सुरक्षा चासो नियमित रूपमा उठाउने गरेको छ ।

कहिले सामान्यरूपमा र कहिले दृढतापूर्वक, कहिले सचेत गराएर त कहिले प्रमाणसमेत दिँदै नेपालको सुरक्षा व्यवस्था कमजोर भएर खुला सिमाना आफ्नो सुरक्षाका लागि खतरा हुँदै गएको पनि भारतले सार्वजनिक गर्दै आएको छ । उदाहरणका लागि नेपालमा भारतको सुरक्षा चिन्ता निरन्तर बढ्दै गएको गुनासो भारतले २०६८ साल वैशाखदेखि नै निरन्तर उठाइरहेको छ ।

०६८ पुसमा त भारतीय सेना प्रमुख जनरल दीपक कपुरले आफ्ना रक्षामन्त्री एके अन्टोनी र अमेरिकी सुरक्षा सल्लाहकार जेम्स जोन्सलाई सँगसँगै राखेर २०६७ मा नेपालको बाटो भएर १६ जना आतंककारीहरू कास्मिर पसेको बताएका थिए ।

२०६८ साउनमा भारत सरकारले केही पत्रकारहरूलाई बोलाएर ‘नेपालको सुरक्षा सयन्त्र भारतविरोधी गतिविधि रोक्न इच्छुक नभएको वा सक्षम नभएको’ भन्ने गम्भीर आरोप लगाएको थियो ।

तत्कालीन गृहमन्त्री चिदम्बरमले नेपालमा निर्वाचित स्थायी सरकार भएमा भारतको सुरक्षा चासो सम्बोधन गर्न सहज हुने आशा व्यक्त गरेका थिए । तर, नेपालमा विगत ५ वर्षमा तीनवटा सरकारहरू बने, चौथो बनाउन भागबन्डाको सतरञ्जको बिसात बिछ्याइसकिएको छ ।

गत वर्ष १४ सेप्टेम्बरमा भारतका गृहमन्त्री राजनाथले ट्विट नै गरेर भनेका थिए, ‘नक्कली नोट र मानव तस्करी भइरहेको, सीमावर्ती इलाकामा धार्मिक अतिवाद हुर्किरहेकोमा नेपाललाई भारतको चासो बताइएको छ ।’

निर्णायक घडीमा अमेरिकाको नेपाल दृष्टिमा भारतको प्रभाव निर्णयात्मक रहने गरेको आधा शताब्दी लामो अनुभवलाई कांग्रेस, एमाले र माओवादीले बिर्सन खोजेका छन् । भारत–अमेरिका सम्बन्ध उनीहरूकै सामरिक आवश्यक्ता र बाध्यताबाट निर्देशित रहन्छ । भागबन्डामा रमाइरहेका नेताहरूलाई सामरिक संस्कृतिको अभाव खट्किएकै छैन । अमेरिकाका लागि अपरिहार्य बन्न अनिवार्य सामरिक सोच नै नेपालसँग छैन ।

विगत दस वर्षदेखि तीन दलीय भागबन्डाको राजनीतिले प्रजातन्त्र संस्थागत हुन नसकेको, संविधानसभाले बनाएको संविधान स्वयम् पनि बिरामी भएर भरपर्दो चिकित्सक खोज्न थालेका बेलामा संसदको दुई तिहाइ संख्या अर्थात् गणितीय प्रजातन्त्र आफ्नो पक्षमा रहेको वर्तमानबाट रमाइरहेका नेताहरूले दुई वर्षअघि नेपालमा नै आएर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सुनाएको दिगो प्रजातन्त्र मन्त्रको अर्थ नबुझेको मात्र होइन, यो निकट भविष्यको सूचना त होइन भन्नेबारे पनि सोचेका छैनन् ।

सत्ताको अतृप्त तृष्णामा भौंतारिरहेका तीन दलका आत्मकेन्द्रित नेताहरूलाई इतिहासको पाठ सम्झने, दोहोराएर ठक्कर खाएको अनुभवबाट सिक्ने चाहना नै छैन । यिनीहरू निकट अतीतको इतिहास मात्र होइन, अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरूद्वारा तयार पारिएको विश्लेषण पनि पढ्दैनन् ।

यस्तो अवस्थामा पनि ‘ग्लोबल स्ट्राटिजिकल ट्रेन्ड्स’ को विश्लेषण र चेतावनी नेपालमा उपेक्षित हुने सम्भावना छ ।

हालै ब्रिटिस सरकारले आफ्ना सामरिक विज्ञहरूद्वारा तयार पारिएको ग्लोबल स्ट्राटिजिकल ट्रेन्ड्स सार्वजनिक गरेको छ । भूमण्डलीय रणनीतिक रुझानको जानकारी दिँदै यसको उपसंहारमा भनिएको छ, ‘विश्वमा अस्थिरता अझै फैलिएर नयाँ–नयाँ जटिल चुनौतीहरू प्रस्तुत हुनेछन् ।

सन् २०४० सम्म देशहरू र देशभित्रका समूहहरूबीचको सम्बन्ध संक्रमणकालबाट गुज्रिनेछ ।’ निरन्तर संवेदनशीलता बढ्दै गएको भूराजनीतिक अवस्थितिका कारण नेपालले यो जानकारीमा विशेषरूपमा ध्यान दिनुपर्ने हो ।

किनभने हाम्रो वैदेशिक सम्बन्ध असजिलो मोडबाट गुज्ररिहेकै बेलामा आन्तरिक स्थिति, विशेषगरी एकता र सामाजिक सौहाद्र्धता भङ्ग गर्ने प्रवृत्ति बढिरहेको छ ।

विगत आठ वर्षमा भारत, चीन र अमेरिकासँगको उच्चस्तरीय सामरिक प्रत्यक्ष सञ्चार सम्बन्ध टुटेको तथ्य नाकाबन्दीको लामो समयमा खुलस्त भइसकेकै हो । यसलाई पुन:स्थापित गर्ने परिपक्व प्रयास सुरु नै भएको छैन ।

संवेदशील भौगोलिक अवस्थिति भएको देशका लागि निकटका मित्र देशहरूसँग प्रत्यक्ष सामरिक सञ्चार सम्पर्क समकालीन कूटनीतिको आधारभूत पक्ष हो ।

वर्तमान राज्यको वैदेशिक सम्पर्कको सूत्र सेतो र गेरुवा वस्त्र लगाउने योगीहरूलाई बनाउनुपर्ने लज्जास्पद अवस्थाले हाम्रो कूटनीतिक संयन्त्रको लाचारी र शिथिलता उदाङ्ग पारिसकेकै छ । आन्तरिक रूपमा व्यक्तिवादी चिन्तनले प्रजातान्त्रिक राजनीतिक संस्कारको तेजोबध गरेको छ ।

राज्यको तन्नम ढुकुटीलाई आजीवन दोहन गर्न बालुवाटारको बासमा अर्जुनदृष्टि भएकाहरूबीच चलिरहेको नेतृत्वको म्युजिकल गेममा राष्ट्रको समय र साधन खेर गइरहेको छ । तर, परिवर्तनको हुरीबतास वहन थालेपछि त्यसको झोक्काले हिजो र अस्तीसम्म अकल्पनीय ठानेको हेरफेर पनि सहजै गर्छ ।

तर, आफ्नै पुस्ताले पटक–पटक गरेको यो मूल्यवान् अनुभव पनि वर्तमान नेतृत्वले सम्झेको छैन । यसैले अहिले नेपालको राष्ट्रिय राजमार्गमा अड्किएको गाडीको अग्रभागमा अँध्यारो भावभंगी र संकोचले निहुरिएका अनुहारहरू देखिन्छन् ।

भनिन्छ, नेतृत्वले राष्ट्रि्रय संस्थाहरू निर्माण गर्छ, संस्थाहरूले आवश्यकता अनुसारको नेतृत्व बनाउँछ । तर, नेपालमा नेतृत्वले शासकीय संस्थाहरूको पार्टीकरण गरे, यसैले देशले भर गर्न सक्ने राज्यसंयन्त्र पनि बनेन, नेतृत्व पनि बनेन । मानिसमा धन र शक्तिले अहङ्कार बढाउँछ ।

वर्तमान नेपालका प्रमुख नेताहरू धन र शक्ति दुवैबाट अति शक्तिशाली अहङ्कारी भएका छन् । वर्तमान राजनीतिक ढाँचा व्यक्तिवादी स्वार्थको हिलोमा धस्सिएको छ ।

असफल राजनीतिक नेतृत्व तथा राजनीतिक दलहरूमा विभाजित बफादारी भएको प्रशासन कायम राखेर परिस्थितिले दिन थालेको यो अवसर खेर जाने मात्र होइन, नेपालको इतिहास र भूगोललाई पनि साबुत राख्न सक्ने छैन । भारत र चीनका सरकार प्रमुखहरूसँग औपचारिक रूपमा
भेट्दा पनि नेतृत्वले वैध दाबी गर्ने साहस देखाउन नसकेर नेपाली भूमि लिपुलेकमाथिको सार्वभौम अधिकार कमजोर पारेको तथ्यले यो चिन्ता बढेको छ ।

लिपुलेकमा दाबी गर्न नसक्ने कमजोर नेतृत्वले कालापानी जोगाउन सक्ने, नेपालको भूगोल र नेपालको राष्ट्रिय राजनीतिको स्वामित्वलाई सुरक्षित राख्न सक्ने विश्वास कसरी गर्ने ? यसैले नेपालले सार्थक र दिगो प्रजातन्त्रका लागि अर्को आन्दोलन वा क्रान्ति पर्खनु पर्ने हो कि भन्ने खुल्दुली बनेको छ ।

पाण्डे पूर्वपरराष्ट्र मन्त्री हुन् ।

kantipur

Continue Reading…

अभिनेत्री करिश्माले आफ्ना पतिलाई छाडिन्

मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपूर र उनका पति संजय कपूरबीच सम्बन्ध विच्छेद भएको छ । करिश्मा र संजय लामो समयदेखि अलग–अलग बस्दै आएका थिए ।chodin
उनीहरूबीचको पारिवारिक विवाद करीव आठ वर्षका दौरानमा बाहिरिएको थियो । सोमबार मुम्बईको पारिवारिक अदालतमा करिश्मा र संजयले सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । यसअघि करिश्माले आफ्ना पति संजय र सासुविरुद्ध दाइजो मागेको भनेर उजुरी दिएकी थिइन् ।
पछि यो विषयलाई आपसी सहमतिमा मिलाइएको थियो । करिश्मा र संजयबीच सन् २००३ मा विवाह भएको थियो । करिश्मा र संजयका दुई बच्चा पनि छन् ।
सम्बन्ध विग्रिएपछि करिश्माले संजयको दिल्लीस्थित घर छाडेर गएकी थिइन् । त्यसपछि करिश्मा मुम्बईमा बस्दै आएकी छिन् । करिश्मा आजकाल टिभी कार्यक्रमका साथै अवार्ड कार्यक्रमहरूमा करिश्मा आफ्नी बहिनी करीनासँग जाने गरेकी छिन् । – एजेन्सी
dainiknepal

Continue Reading…

कुन बार जन्मिने मान्छेको स्वभाव र भाग्य कस्तो

साताका ७ दिनको अर्थ र प्रभाव फरक फरक मानिएको छ । जन्मदिन अनुसार पनि मान्छेको स्वभाव र भाग्य निर्धारण हुने ज्योतिष शास्त्रको दावी छ ।

आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।bar

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।

आइतबारः

पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।

स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः

पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।

स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।

स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष

बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
स्त्री

बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।

स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।

स्त्री

कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः

पुरुष

जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।

स्त्री

शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

Continue Reading…

हतियार खरिदमा नेपाल भारतसँग असहमत

३२ जेठ, काठमाडौं ।

नेपालले भारतसँग हतियार खरिदको पुरानो मोडालिटी परिवर्तन गर्ने निर्णय भारतलाई सुनाएको छ ।

नयाँ दिल्लीमा २७ र २८ जेठमा बसेको सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समूहको १२ औँ बैठकमा नेपालले ४० प्रतिशत भुक्तानी र ६० प्रतिशत अनुमादनमा हतियार नकिन्ने निर्णय सुनाएको हो ।

1

नेपालले हतियारमा पनि सिलिङ तोकर मात्र अनुदान दिन प्रस्ताव राखेको छ । अहिलेसम्म भारतले आफ्नो हतियारको मूल्य तोक्ने र त्योमध्येबाट ४० प्रतिशत भुक्तानी लिएर ६० प्रतिशत अनुदान दिएको घोषणा गर्दै आएको छ ।

अब भने नेपालले हतियारमा भारतले दिने अनुदानको रकम पहिले नै स्पष्ट हुनु पर्ने र भुक्तान गर्नु पर्ने ४० प्रतिशत मुल्यभन्दा सस्तोमा पाइएमा अन्यत्रबाट किन्न सक्ने निर्णय दिएको छ ।

लोकतन्त्र स्थापनायता नेपालले हतियार र सैन्य सामाग्री किनेबापत दुई अर्व ४० करोड रुपैयाँ भारतलाई तिर्न बाँकी छ । यो पूरै मूल्यको ४० प्रतिशत मात्रै हो ।

नेपालले ४० प्रतिशत भुक्तनी गर्नुपर्ने रकमलाई पुरै अनुदानमा परिणत गरेर मिनाह गर्न प्रस्ताव गरेकोमा भारतले कुनै जवाफ दिएको छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।nepaliheadlines

Continue Reading…

चिनियाँ कम्पनीले यसरी फसायो नेपाललाई

मंगलबार, ३२ जेठ
काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणबाट करिब ४ वर्षअघि हटाइएको चिनियाँ ठेकेदार कम्पनीका कारण नेपालका दुई बैंकको डेढ अर्ब रुपैयाँभन्दा बढी डुब्ने निश्चित भएको छ ।chin
चिनियाँ कम्पनी सीआरसीसी–सीएमआई चाइना जेभीले हिमालयन बैंक र बैंक अफ काठमाण्डूमा धरौटी नारी गरेको थियो । मेलम्चीले ठेक्का तोडेर धरौटी जफत गरेपछि ठेकेदारले बैंकलाई उक्त रकम शोधभर्ना दिन नमान्दा समस्या देखिएको हो ।
ठेकेदारको प्रस्ताव र चाइना कन्ट्रक्सन बैंक को आश्वासनमा धरौटी राख्न नेपाली बैंक तयार भएका थिए । चिनियाँ अदालतले नेपाली बैंकलाई रकम दिन नपर्ने अन्तरिम आदेश जारी गरेपछि सर्वसाधारणको १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी निक्षेपबारे अन्योल भएको छ ।
नियमअनुसार काम नगरेपछि २०६९ असोज ९ मा सरकारले चिनियाँ कम्पनीसँग सम्झौता तोडेको थियो ।
रकम फिर्ता लिन चिनियाँ अदालतमा मुद्दा दायर गरेपनि यसमा सरकारले सहयोग नगरेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले गुनासो गरे । आजको नागरिक दैनिकमा समाचार छ ।
nepalsandesh

Continue Reading…

नेपालबाट चन्द्रमामा रकेट पठाउने तयारी

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्क्षी योजनाले काम गरिरहेको जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी गोष्ठीमा रकेट प्रक्षेपणका लागि संस्थाले नगरकोटमा वेदशाला स्थापना गरी काम गरिराखेको जनाएको छ ।rekat
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पु¥याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिए ।

सो संस्थाका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए । खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना लिएर सरकारले लगानी बढाउनुर्पेमा जोड दिए ।news24nepaltv

Continue Reading…

ट्रम्पले मागे बाराक ओबामाको राजीनामा

२०७३ जेष्ठ ३२ मंगलवार

वासिङ्टन: अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ओरल्यान्डो गोलीकाण्डलाई लिएर राष्ट्रपति बाराक ओबकामाको राजीनामा माग गरेका छन् । ओबामाले यसलाई ‘कट्टर इस्लामी आतंकवाद’ भनेर भन्न नसकेको भन्दै उनले राजीनामा मागेका हुन् ।
magea
ट्रम्पले ओरल्यान्डो घटनालाई लिएर कयौंपटक ट्विट गरेका छन् । उनले भने, ‘राष्ट्रपति बाराक ओबामाले ‘कट्टर इस्लामी आतंकवाद’ भनेर भन्लान् ? यस्तो भनेर विरोध गर्न सक्दैनन् भने ओबामाले तत्काल राजीनामा दिनुपर्छ ।’
ट्रम्पले उक्त आक्रमणका बेला सशस्त्र व्यक्तिले ‘अल्ला ओ अकबर’ भनेको दाबी गरे । आक्रमणकारीले यस्तो भनेको विषयमा प्रहरी मौन छ ।

यसैगरी डेमोक्र्याट नेतृ तथा राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले उक्त हत्याको विरोध गरेकी छन् । यस्ता आतंकवादी समूहलाई हराउन सरकारले थप कोसिस पनि गर्नुपर्ने माग गरेकी छन् ।
annapurnapost

Continue Reading…

एक बैंकरको अचम्मको मरण

आफू विकास बैंकमा सहायक महाप्रबन्धक, श्रीमती सोही बैंकको शाखा प्रबन्धक । काँडाघारीमा घर । एक छोरासहितको सुखी परिवार । राम्रो जागिर, घर र सन्तान, आम नेपालीको ठूलो सपना हो ।bank

देव विकास बैंकका सहायक महाप्रबन्धक किरण घिमिरेसँग यी सबै कुरा थिए । तर, पनि उनको जीवन खुसी थिएन । केही समयदेखि डिप्रेसनमा थिए उनी ।
डिप्रेसनको औषधीसमेत सेवन गर्दै आएका थिए । सबै कुरा भएर पनि उनको जीवन खुसी थिएन । त्यसैले गत २६ जेठमा उनले आफन्त विनितामणी उपाध्ययलाई फोन गरेर भने, ‘म यो संसार छाड्दैछु, अलबिदा !’
त्यसपछि उनको मोबाइल स्वीच अफ भयो । उपाध्यय हतार–हतार घरमा पुग्दा उनको कोठामा चुकुल लगाएको थियो । चुकुल फुटाएर हेर्दा उनी झुण्डिरहेका थिए । आफन्तलाई फोन गरी आफू आत्महत्या गर्न लागेको जानकारी दिएर घिमिरेले बुधबार बिहान आफ्नै घरमा आत्महत्या गरेका हुन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
news24nepaltv

Continue Reading…

नेपाल पस्यो भाजपा, हिन्दु राज्यका लागि करोडौँ लगानी, युवा परिचालन गर्ने तयारी

३२ जेठ, काठमाडौं ।

नेपालको संविधानमा असन्तुष्टि राखेको भारत सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले नेपालमा हिन्दू राज्यको अभियानका लागि नयाँ मिशनको तयारी गरेको छ । भारतको बटमलाईन नेपालको मधेस क्षेत्रको मागमात्र नभएर धर्म निरपेक्षता पनि संविधानबाट हटाउनुपर्ने नै हो ।

तर, धर्म निरपेक्षतालाई संविधानसभाले अनुमोदन गरेपछि नेपालमा क्रिश्चियनहरुको प्रभाव बढाउन पश्चिमाहरुको प्रवेश नेपालमा सहज हुने त्रासले भाजपाले पनि नयाँ मिशनको तयारी गरेको हो ।paro

हिन्दू राज्यको अभियानमा नेपालमा सक्रिय रहेका राप्रपा नेपाल, हिन्दू युवा संघ, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का खेमा लगायत अब गैर सरकार संस्था (एनजीओ) मार्फत पनि अभियान तिव्र हुन लागेको छ ।

यो अभियानका लागि भारतका हिन्दूवादी संस्था, बाबाहरुले आर्थिक सहयोग जुटाउनेछन् । खासगरी काली बाबाले नेपाल हिन्दू राज्य बनाउनका लागि भाजपाका नेताहरुलाई सहयोग गर्नेछन् ।

उता, नेपालमा रहेका धार्मिक आवरणका गुरु कमलनयानाचार्य, जगतगुरु बालसन्तलगायतको पनि सक्रियता बढाइने भएको स्रोतले जनाएको छ । ‘नेपालमा पश्चिमा हस्तक्षेपलाई निस्तेज पार्नेमात्र होइन, भारतीय हैकमवादलाई हावी गराउनका लागि संविधान कुनै हालतमा संशोधन गरी हिन्दू राज्यका लागि बहुमत जुटाउने खेल निरन्तर चलिरहेको छ ।’, स्रोतले भन्यो,‘हिन्दू राज्यका लागि भएका विभिन्न आन्दोलन र मागहरु यी केही होइनन् पुरै सिस्टम नै हिन्दू बनाउने मिशन तयार गरिएको छ ।’

स्रोतका अनुसार असार महिनादेखि यो वर्षका लागि कम्तिमा २० करोड रुपैंया युवाहरुको हिन्दू मिशनका लागि खर्च हुने भएको छ । हिन्दू राज्यको अभियानका लागि नेपालमा विभिन्न राजनीतिक दलहरु छाडेका युवाहरुको एनजीओ बनाएर त्यसमार्फत गाउँ गाउँमा कार्यक्रम लैजाने तयारी भएको छ ।

त्यसको योजना असार पहिलो साता भाजपाका नेपाल हेर्ने उपाध्यक्ष भगतसिंह कोसीयारीसँग विभिन्न तहमा छलफलको तयारी भएको छ ।

भाजपाको नीतिका विषयमा पार्टीकी उपाध्यक्ष रेणु देवीले नेपालको सार्वजनिक फोरममा दिएको अभिव्यक्तिले नै पुष्टि गरेको थियो । उनले नेपाल जातीय राज्य र धर्म निरपेक्षतामा गए भारतलाई मान्य नहुने संविधान जारी हुनुपूर्व नै बताएकी थिइन् ।

भाजपाको आधिकारीक लाइन नै नेपाल हिन्दू राज्य हुनुपर्ने रहेको उनको जिकीर विवादास्पद भएको थियो । तर, उनले तथ्यमा टेकेरे उक्त अभिव्यक्ति दिएकी थिइन् । रेणुदेवीको अभिव्यक्तिका विषयमा नेपाली मिडियामा समाचार छ्यापछ्याप्ती आएपछि त्यसको औपचारिक खण्डनका रुपमा नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेको थियो ।

यो अभियानमा भाजपाका विभिन्न तहका नेताहरुको सक्रियता बढिरहेको छ । प्रचार विभागमा रहेका नेता विजय जोली, विहारका विधायक सुशीलकुमार जैसवाल, सन्दीप श्रीवास्तव, झारखण्डका विधायक शिवशंकर ओराओनलगायतका भाजपा नेताहरुले नेपालमा हिन्दूकरणका लागि दबाब दिइरहेका छन् ।

सरकार गिराउनेदेखि अस्थिर राजनीतिक अवस्था सृजना गरी संसदमा भारतीय दबाबमा रहेको बहुमत खडा गरी नेपाललाई हिन्दू राज्यका रुपमा स्थापित गराउन यीनिहरुको सक्रियता रहेको छ । सन्दीप श्रीवास्तव त बारम्बार नेपालमा आएर यहि अभियानमा सक्रिय रहेका छन् ।

सरकार गिराउनेदेखि भारतीय स्वार्थलाई नेपालको संविधानमा लिपिबद्ध गराउनेसम्मको खेलमा भाजपाका नेताहरु लागेका छन् ।

हिन्दू राज्यको अभियानमा लाग्नका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भारतीय पक्षले सुझाव दिएको थियो । पछिल्लो भारत भ्रमणका क्रममा पनि थापालाई संविधान संशोधनका पक्षमा उभिएर हिन्दू राज्यको वकालत गर्नका लागि दबाब भाजपाले दिएको छ ।

अर्कातिर नेपाली कांग्रेसमा प्रभाव जमाउन थालेका नेता खुमबहादुर खड्कालाई पनि भाजपाले हिन्दू राज्यका लागि अभियान बलियो बनाउनका लागि लगानी र दबाब दिएको स्रोत बताउँछ । खड्काले त हिन्दू राज्यका लागि २/४ सय मान्छे मरेपनि अभियान नछाड्ने योजना बनाएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

सरकारका पाँच सय कर्मचारी एकाएक यसरी भए बेपत्ता

काठमाडौं, ३२ जेठ । सरकारी सुविधामा लाखौं रकम खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै बेपत्ता हुने क्रम बढ्दै गएको छ ।
सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै बेपत्ता भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।parea
त्यसरी बेपत्ता हुने कर्मचारीको खोजी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार लोमो समयदेखि विभिन्न देशमा अध्ययन गर्न गई उत्तै बेपत्ता भएका सरकारी कर्मचारीको संख्या पाँच सयभन्दा बढी छ ।
विदेश अध्ययन गर्न गएर बेपत्ता भएका कर्मचारीलाई सरकारले निजामती सेवा ऐनको ४० (घ) अनुसार कारबाही गर्न सक्ने प्रावधान छ ।
तर, सरकारी नियासँग त्यस्ता कर्मचारीको कुनै रेकर्ड नै छैन । यस विषयमा कर्मचारीको रेडर्क राखी कारबाही गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालय आफैं बेखवर छ ।
dainiknepal

Continue Reading…

सहिद र द्वन्द्वपीडितका नाममा माओवादी नेताहरूले यसरी खान्छन् पैसा

काठमाडां, ३२ जेठ । सरकारले नेकपा (माओवादी केन्द्र)का नेता सम्बद्ध एक गैरसरकारी संस्था (एनजिओ)लाई मापदण्डबिनै करोडौं अनुदान दिँदै आएको खेलेको छ ।paisa
द्वन्द्वपीडित क्षेत्रमा कार्य गर्दै आएको सहिद प्रतिष्ठान नेपाल नामक एनजिओलाई शिक्षा मन्त्रालयले द्वन्द्वपीडित शिक्षा कार्यक्रम शीर्षकमा मापदण्डै नबनाई बर्सेनि करोडौं रकम उपलब्ध गराउँदै आएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
मन्त्रालयमार्फत उपलब्ध हुने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनुगमनसमेत हुँदैन । प्रष्ट नीतिबिनै बाँडिने रकम चरम दुरुपयोग हुने गरेको स्रोत बताउँछ ।
स्रोतका अनुसार मन्त्रालयले विगत ९ वर्षदेखि उक्त संस्थालाई राजनीतिक विचार र पहुँचकै भरमा करोडौं दिँदै आएको छ ।
प्रतिष्ठानले यो आर्थिक वर्षमा मात्रै ८ करोड रुपैयाँ पाएको संस्थालाई आगामी आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ दिन तयारी गरेको छ ।
सहिदका छोराछोरी पढाउने उक्त एनजिओका कार्यक्रम र अनुदान खर्चबारे अहिलेसम्म कुनै अनुगमन भएको छैन ।
dainiknepal

Continue Reading…

एसएलसी परीक्षाका लागि विद्यार्थीलाई फेरि अर्को नियम

काठमाडौं, ३२ जेठ । एसएलसी परीक्षामा समग्रमा डी प्लस ल्याउने विद्यार्थीलाई मात्र कक्षा ११ मा भर्ना हुन दिने प्रस्ताव उच्च माध्यामिक शिक्षा परिषदले गरेको छ ।
कक्षा ११ र १२ को पढाइको व्यवस्थापन गर्दै आएको परिषदले शिक्षा मन्त्रालयसमक्ष यस्तो प्रस्ताव गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।nem
परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको सबै नजिता ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने भएपछि परिषदले करिब एक महिनाको अध्ययनपछि ११ मा भर्ना हुन पाउने विद्यार्थीका बारेमा सोमबार आफ्नो राय बुझाएको हो ।
परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने, ‘हाम्रो रायसहितको प्रतिवेदन सोमबार मन्त्रालयमा बुझाएका छौं । छिट्टै निर्णय होला ।’
११ कक्षामा विज्ञान विषय पढ्न अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा सी प्यस ल्याउनैपर्ने प्रस्ताव परिषदले गरेको छ । अन्य विषय पढ्नका लागि भने न्यूनतम डी प्यस ल्याउनु पर्नेछ ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ ३२ गते मङ्गलबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ, तर अवरोधको सम्भावना छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । नयाँ जोस र जाँगर पलाउने छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

यात्रामा झमेला आउनसक्छ, त्यसैले सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

लाभस्थानको चन्द्रमा निर्बल भएकाले समय त्यत्ति बलियो छैन तर कसैको पनि अपमान नगरेमा गरेका कामधन्दा र व्यवसायबाट बेफाइदा हुँदैन । कुनै पनि भिखारी, माग्ने वा याचकलाई सकेसम्म निराश नतुल्याउनु होला । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

पितृधनबाट फाइदा उठाउन सकिनेछ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ, तर नवम भावमा रहेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । अभिभावकको स्वास्थ्य र मानसिकतामा सामान्य प्रभाव पर्न सक्छ । कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपना बढ्न सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

एकाबिहानै भुकम्प

३२ जेठ, गोरखा।

मंगलबार बिहान ५ बजेर १२ मिनेट जादाँ गोरखामा भुकम्पको झट्का महसुस भएको छ। झट्कासंगै मानिसहरु घर बाहिर निस्केका छन्।bhupaka

गोरखा केन्द्र गरेर ४.३ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।

Continue Reading…

आइओएम सदस्यका लागि चीनको आवेदन, संसारमै हल्ली खल्ली

बेइजिङ, ३१ जेठ । अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का विलियम ल्यासी स्वीङले चीनद्वारा उक्त सङ्गठनको सदस्यताका लागि आवेदन गरेकोमा बेइजिङको प्रशंसा गर्दै कदमको स्वागत गर्नुभएको छ ।11
चीनको विदेश मन्त्रालयका प्रवक्ताले स्वीङलाई भटी आईओएमको सदस्यताका लागि चीनका उपविदेश मन्त्री वाङ चाओले सोमबार अनुरोध गर्नुभएको थियो ।
वाङ चाओले पछिल्ला दिनमा आईओएम आप्रवासी मामिला गतिविधि हेर्ने अन्तरसरकारी सङ्गठन बनेकोले यसको सदस्यताका लागि निवेदन गरेको बताउनुभयो ।
चीनले सदस्यताका लागि आवेदन दिनुलाई विश्वका ठूला देशरुबाट चाँसोका साथ हेरिएको छ । रासस/सिन्ह्वा
dainiknepal

Continue Reading…

सीके राउतपछि मधेस टुक्र्याउन महन्थ ठाकुर कम्मर कसेर लागे (प्रमाणसहित)

काठमाडौं, ३१ जेठ । पृथकतावादी सीके राउतले तराईमा ‘स्वतन्त्र मधेस’ अभियान चलाइरहेका बेला एउटा मधेसवादी दलले पनि त्यही बाटो समातेको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो ब्यानरमै ‘मधेसी राष्ट्र’ उल्लेख गरेर नेपालबाट तराई फुटाउने षडयन्त्र सुरु गरेको हो ।10
जो अहिले मधेसी मोर्चा र संघीय गठबन्धनमा आवद्ध भएर मधेसीले अधिकार पाउनुपर्ने भन्दै आन्दोलन पनि गरिरहेको छ ।
काठमाडौंमा आन्दोलन तथा भाषण गरेर आफूहरुको आन्दोलन राष्ट्रिय एकता जोड्नका लागि भएको बताइरहेका बेला व्यवहारमा मधेस फुटाउने षडयन्त्र रचेर नेपाली स्वाभिमानमाथि आक्रमण गर्न खोजेको देखिएको छ । यो कुरालाई तमलोपाको महाधिवेशन ब्यानरले पुष्टि गर्छ । असार ६ देखि ८ सम्म नवलपरासीको रामग्राममा हुन लागेको प्रथम महाधिवशेनको ब्यानरमा ‘संघर्ष, समानता और सम्मान का मधेशी राष्ट्र की पहचान का’ नारा उल्लेख गरिएको छ ।

यो नाराले मधेस तथा राजधानीमा गरिएको अहिलेसम्मको संघर्ष र आन्दोलन मधेसलाई अलग्गै राष्ट्र बनाउनका लागि भएको बुझाउँछ । जून भारतको पनि चाहँना हो । हुन त मधेसवादी दलको आन्दोलनमा भारतको प्रत्यक्ष सहयोग छ । जून कुरा मधेसी नेताहरुले आफै स्वीकार गरिसकेका छन् । भारतकै सहयोगमा नाकाबन्दीसम्म गरेका थिए । महन्थ ठाकुरको पार्टीले आफ्नो प्रथम महाधिवेशनको ब्यानरमा माथि कै नारा लेखेर व्यापक प्रचार गरिरहेका छन् ।
‘स्वतन्त्र मधेस’ अभियानका संयोजक सीके राउतले नेपाली स्वाभिमान विरुद्ध गतिविधि गर्दा स्थानीय प्रशासन, प्रहरी र राज्यले पक्राउ गर्दै आएको छ तर, महन्थ ठाकुरले खुलेयाम नारा नै बनाएर प्रचार गर्दा पनि राज्य मौन छ । के महन्थ ठाकुरलाई नेपाली स्वाभिमानमाथि आक्रमण गर्न खुला छ ?
dainiknepal

Continue Reading…

नेपालमै फेला पर्यो पाँच तला र १४४ कोठा भएको गुफा, हेर्न आउनेको घुइँचो

हिमाल पारीको जिल्ला मुस्ताङको छोसेर गा.वि.स.स्थित पाँच तल्ले, एक सय ४४ कोठा रहेको झोङ गुफा ।
– वासुदेव पौडेल
मुस्ताङ, ३१ जेठ । सुन्दा अचम्म लाग्न सक्छ, हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भागमा रहेको झोङ गुफामा पाँच तला र १४४ कोठा छन् । उपल्लो मुस्ताङको लोमन्थाङबाट चीन र नेपालबीचको नाका कोराला जाने बाटोमा अवस्थित यो गुफा पछिल्ला वर्षमा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो ।9
मुस्ताङको चीनसँग जोडिएको अन्तिम गाविस छोसेरमा रहेका प्रकृति प्रदत्त विभिन्न अनौठा कुरा मध्येको एक यो गुफा हेर्नका लागि स्वदेशी एवम् विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । स्थानीय युवा छिरिङ फिन्जोक गुरुङका अनुसार नेपालको भौगोलिक विधिताको अध्ययन र भूगर्भविद्का लागि यो गुफा अध्ययनको विषय बनेको छ ।
विगतमा पर्यटक सदरमुकाम जोमसोमदेखि चार दिनको पैदल यात्राबाट उक्त गुफा पुग्ने गरे पनि अहिले गुफासम्मै सवारीसाधन पुग्ने भएकाले सहज भएको छ । यहाँ राखिएको विचार पुस्तिकामा पर्यटकले अर्कै संसारको अनुभूति तथा आश्चर्यजनक प्राकृतिक सम्पदाका रुपमा आफ्ना विचार व्यक्त गरेका छन् । नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउने पोखरा पर्यटन परिषद्का महासचिव रामु गौतम नेपालमा भएका सम्पत्ति एवम् सम्पदाको प्रचार गर्न नसक्दा पनि विकासको मार्गमा गति लिन नसकेको धारणा राख्नुहुन्छ ।
“नेपालभित्र यस्ता आश्चर्यजनक गुफा, छाँगा छहरा पर्याप्त भएर पनि तिनको उपयोग हुन सकेको छैन,” उहाँले भन्नुभयो– “उपलब्ध प्राकृतिक उपहारको संरक्षण गर्दै प्रचार–प्रसारलाई व्यापक बनाउनुपर्छ ।” प्राचीन समाजको मानव सभ्यताको झल्को दिने उक्त गुफाका सम्बन्धमा विभिन्न किंवदन्ती पनि पाइन्छ ।
एक किंवदन्तीअनुसार परापूर्व कालमा तिब्बतियन आतङ्ककारी समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा झोङ गुफामा गएर लुकेर बसेका थिए । आतङ्ककारी समूहले पानीको मुहान थुनिदिएछन् । तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट भगाइदिएपछि त्यसको प्रतिकारमा आतङ्ककारी समूहले गुफाभरि तेल पोखिदिएको भन्ने जनविश्वास छ । त्यसैका कारण अहिले पनि गुफा भित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ ।
गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाई त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहिरहेको जनविश्वास छ । हिमालयन छोसेर युथ क्लबले संरक्षण गर्दैआएको गुफालाई व्यवस्थित गर्न छोसेर गाविसले समेत प्राथमिकता दिँदैआएको छ । यस गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग रु एक सय शुल्क लिने गरिएको हिमालयन छोसेर युथ क्लबकी सदस्य टसी वाग्मो गुरुङ बताउनुहुन्छ ।
गाविस कार्यालयमार्फत गत वर्षदेखि बोलपत्र आह्वान गरी सञ्चालनको जिम्मा दिने गरिएको र प्राप्त राजस्व गुफाको संरक्षण र विकासमा खर्चिने गरिएको छ । गुफाभित्र रहेका कोठामा बत्ती बाल्ने ठाउँ, विभिन्न सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति पनि देख्न सकिन्छ । झट्ट हेर्दा प्राचीनकालको तारे होटलजस्तो देखिने यस गुफाको खोज–अनुसन्धान नभएका कारण यहाँको ऐतिहासिका महत्व र सम्भावना सबैको चासो चर्चाको विषय हुने गरेको छ । रासस
dainiknepal

Continue Reading…

आउँदो साताबाट मात्र मनसुन सुरु हुने,वायुहरुको सम्मिश्रणले तीन महिनासम्म पानी पर्ने अनुमान

विगतका वर्षहरुमा असार मसान्त लागिसक्दा पनि पानी नपर्दा सबैभन्दा बढी खेती किसानी गर्ने कृषकहरु मारमा पर्ने गर्दथे । तर यसपाली भने किसानहरुलाई प्रकृतिले नै साथ दिने निश्चितप्राय भएको छ । आउँदो साताबाट नियमित मनसुन शुरु भई निरन्तर वर्षा हुने मौसमविभागले पूर्वानुमान गरेको छ ।aucha
असारको महिना कृषकहरुले खेतीपाती गर्ने मूख्य समय हो । विशेष गरि यो समयमा धान रोपाइँ गर्ने भएकोले वर्षा अनिवार्य मानिन्छ । तर विगतका वर्षहरुमा समयमा पर्याप्त पानी नपर्दा कृषकहरु समस्यामा पर्ने गरेका थिए । हरेक वर्ष जुन १० देखि मनसुन शुरु हुने विश्वास गरिन्छ ।

तर यो वर्ष पनि प्रि मनसुनमा भएको गडबढीले केही दिन मनुसन ढिलो सुरु हुने भएको मौसमविद् समिर श्रेष्ठले बताउँनुभयो । तर यसपटक वायुहरुको सम्मिश्रणले लामो समय अर्थात तीनमहिनासम्म पानी पर्नसक्ने बताउनुभयो ।

मौसमविद श्रेष्ठले हाल जलवाष्पयुक्त हावा बंगालकै आसपासमा रहेको बताउँदै प्रि मनसुनका कारण केही स्थानमा भने छिटफुटरुपमा वर्षात् भइरहेको बताउनुभयो ।

उँहाले मनसुन अझै उत्तर नेपालतर्फ सर्ने क्रममै रहेको जानाकारी दिनुभयो । जलवाष्पयुक्त बायु पुर्वी भारत प्रवेश गरिसकेकोले पूर्वी नेपाल अर्थात ताप्लेजुङबाट वर्षात शुरु हुने मौसमविद श्रेष्ठले बताउँनुभयो ।news24nepaltv

Continue Reading…

युवा समूहबीच खुकुरी हानाहान ४ घाइते ६ पक्राऊ

विराटनगरः विराटनगरको जमुनगाछी युवा समूहबीच खुकुरी हानाहान भएको छ । घटनामा चारजना घाइते भएका छन् । खुकुरी प्रहार गर्ने ६ जना पक्राऊ परेका छन् ।

सोमबार साँझ ठेक्कापट्टाको विषयमा भएको विवादको क्रममा दुई पक्षबीच खुकुरी हानाहान भएको हो ।
स्थानीय जामुनगाछी चोकमा युवा समूह आपसी विवाद मिलाउन भेला भएका थिए तर कुरा नमिलेपछि अर्को पक्षले खुकुरी प्रहार गरेको थियो ।8

युवा समूहबीच खुकुरी हानाहान भएपछि घरघरमा पसेका युवामाथि आक्रमण भएको थियो । एमाले समर्थथित युवा संघ र काँग्रेस समर्थित युवाबीच झगडा भएको बताइएको छ ।
घटनामा राम नेपाल, लक्ष्मण नेपाल ,आकाश घिमिरे, शरद फुयाँल घाइते भएका छन् । उनीहरुको लाइफगार्ड अस्पतालमा उपचार भई रहेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा दिपेन लिम्बू पोखरिया, राजु पोखरेल जामुनगाछी, अजय चौधरी त्रिमूर्ति चौक, शेरचन मानन्धर जामुनगाछी, सेवक बोहरा र विनोद बोहरालाई पक्राउ गरेको छ ।

ठेक्कापट्टाको विषयमा धेरै दिनदेखि विवाद चल्दै आएको थियो । सामूहिक छलफल गर्ने भनेर दुबैपक्ष भेला भएका थिए । त्यही क्रमा खुकुरी झिकेर हानाहान भएको हो ।
dcnepal

Continue Reading…

विप्लव माओवादीबाट एनसेल टावर बचाउन प्रहरी खटियो

भीमदत्तनगर, ३१ जेठ । देशका विभिन्न क्षेत्रमा दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि आक्रमण तथा आगजनी हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरीले यहाँका ६० वटा टावरमा सुरक्षा पहरा दिएको छ ।
देशका अन्य भागमा विप्लप माओवादीले टावरहरुमा आक्रमण थालेपछि कञ्चनपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।7
“साठीवटै टावरमा कम्पनीका गार्डहरुलाई समेत समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ” प्रवक्ता खनालले भन्नुभयो–“यहाँ आठवटा टावर घरको छत र बाँकी ५८ वटा टावर निजी जमिनमा जडान गरिएका छन् ।”
नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि टावरहरुको सुरक्षा सतर्कता बढाएको जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले यहाँका सबै एनसेल टावरमा निगरानी राखेको बताउनुभयो । रासस
dainiknepal

Continue Reading…

वार्ताका लागि मधेसवादी दललाई अपिल

३१ जेठ, काठमाडौँ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलन छाडेर वार्तामा आउन मधेसवादी दलसँग आग्रह गरेका छन् ।

रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा वार्ताका लागि सरकारले आज मात्रै सङ्घीय गठबन्धनलाई औपचारिक पत्र पठाएको बताउँदै नेकपा (एमाले) नेता समेत रहेका रिमालले मधेसी समुदायको विषयलाई वार्ता र संवादमार्फत समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारे ।6
‘कुनै पूर्वाग्रह नराखी वार्ताका लागि प्रधानमन्त्रीले पटकपटक पत्र पठाउनुभएको छ, तर उहाँहरू (मधेसी दल) वार्ताका लागि तयार हुनुहुन्न, सरकार मेधसी दलसँग दुरी बढाउन चाहँदैन । त्यसैले ठोस वार्ताका लागि अपिल गर्दछु’–उनले भने ।

मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले वार्ताका लागि सरकारले पछिल्लोपटक पठाएको पत्र सकारात्मक भए पनि सरकारले वार्ताका लागि विश्वासको वातावरण सिर्जना गर्नपर्ने बताए ।

सङ्घीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले मधेसवादी दल वार्ताको विरोधी होइन, तर सरकारले वार्ताको नाममा खेलाँची गरिरहेको छ भने ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष जितेन्द्र सोनलले दुई तिहाई बहुमतले संविधान संशोधन गर्न तयार भएको खण्डमा मात्र मधेसी मोर्चा वार्तामा बस्ने स्पष्ट पारे। राससnepaliheadlines

Continue Reading…

यस्तो छ ओली मोदी सम्बन्ध बिग्रनुको खास कारण

सोमबार, ३१ जेठ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीवीच पछिल्लो समय त्यति राम्रो सम्बन्ध छैन् । नवौं महाधिवेशनबाट अध्यक्ष बन्दा, संसदीय दलको नेतामा निर्वाचित हुँदा र प्रधानमन्त्री बन्दासमेत एमालेमा मोदीसँग ओलीको जति सुमधुर सम्बन्ध अरु कुनै नेताहरुको थिएन् । ओली भारतसँग राम्रो सम्बन्ध भएको नेताका रुपमा परिचित थिए । तर संविधान जारी हुनुभन्दा पहिले चार पार्टीविच भएको १६ बुँदे सम्झौताले उनको भारतसँगको सम्बन्धमा चिसोपना ल्याईदियो ।5
१६ बुँदे सम्झौता हुनुपुर्व पनि उनले आफ्नो पक्षमा लविङ् सुरु गर्न तत्कालिन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई दुतको रुपमा भारत पठाएका समाचार मिडियमा नआएका होईनन् । तर जब उनले संविधान जारी गर्ने अडानमा काँग्रेस, तत्कालिन एमाओवादी र फोरम लोकतान्त्रिकवीच भएको १६ बुँदेमा हस्ताक्षर गरे त्यहीँबाट उनको भारतसँगको सम्बन्धमा चिसोपना सुरु भयो ।

संविधान जारी गर्ने पूर्वसन्ध्यामा मोदीको विशेष सन्देश लिएर नेपाल ओर्लेका भारतीय विदेशसचिव सुव्रमन्यम जयशंकरसँगको झण्डै साँढे तीन घण्टा लामो वान टु वान छलफलमा ओलीले संविधान अलिदिन पछि सारेर जारी गर्ने भारतीय पक्षको सन्देशलाई ठाडै अस्विकार गरेपछि त उनको भारतसँगको सम्बन्ध विग्रिने अवस्थामा पुग्यो । उक्त बैठकमा ओली र विदेशसचिव जयशंकरवीच चर्काचर्की नै परेको कुरा मिडियामा नआएका होईनन् । तर त्यतिमै मोदी र ओलीको सम्बन्ध विग्रिहाल्छ भनेर धेरैले सोचेका थिएन् । विडम्वना ओलीको भारतसँगको सम्बन्ध त्यहीँबाट विग्रियोे ।
संविधान जारी भएपछि त झनै ओली–मोदी सम्बन्धमा दरार उत्पन्न भयो । संविधान जारी हुनुपुर्व चिसिएको सम्बन्ध संविधान जारी भएपछि उत्कर्षमा पुगेको विश्लेषकहरुले बताएका थिए । संविधान जारीपछि ओलीलाई भारतले त्यति रुचाएन् ।
प्रधानमन्त्री भएपछि मोदी दुईपटक नेपाल आए । दुवैपटक ओलीसँग विशेष कुराकानी गरेका मोदीले एक्कासी ओलीसँग टाढिनुमा ओलीकै कारण त्यस्तो अवस्थामा सम्बन्ध पुगेको भारतीय विश्लेषकहरु बताउँछन् ।
हुन त ओली प्रधानमन्त्री भएपछि उनका समकक्षी मोदीले उनलाई बधाई दिएका थिए । दुईदेशीय सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्दै आएका ओली संविधान जारी भएपपछि भारतसँग नझुक्ने अवस्थामा अडिए । उनले भारतले लगाएको नाकाबन्दीको त झन खुलेरै विरोध गरे । सार्वजनिक कार्यक्रममै भारतले नै नाकाबन्दी गरेर नेपालीहरुलाई दुःख दिने काम गरेकोप्रति उनले कडा विरोध गरेका थिए, तर भारतले भने नाकाबन्दी आफूले नभई आन्दोलनरत मधेशी मोर्चाले गरेको अभिव्यक्ति दिएको थियो ।
नाकाबन्दीको सामाना गर्ने, बरु भोकै मर्ने तर भारतसँग नझुक्ने अभिव्यक्ति दिएपछि ओलीको स्वदेश लगायत अन्र्तराष्ट्रिय स्तरमा छवि त चुलियो तर भारत भने चिडियो ।
नाकाबन्दी अन्त्य गर्ने विषयलाई लिएर दुई नेतावीच लामै टेलिफोन सम्वाद भएको कुरा समेत बाहिर आएको थियो, तर उनको सम्बन्ध सुदृढ बनाउने पहलले सार्थक रुप लिन सकेन । ओली भारत भ्रमणमा जानुपुर्व उनको मोदीसँग दिनहुँ सम्वाद हुने गरेको थियो ।
भारत भ्रमणबाट फर्किएपछि त उनको मोदीसँग कुरै नभएको स्रोतको दाबी छ । यद्धपी उनले मोदीसँग सम्पर्क भने नगरेका होईनन् । उनले पटक पटक आफ्ना दुतहरुमार्फत मोदीसँग सिधा सम्पर्कका लागि प्रयास जारी राखेपनि ओली सफल हुन नसकेको बुझिएको छ । यो विचमा उनले सरकारकै तर्फबाट उपप्रधान एवम् पराष्ट्रमन्त्री कमल थापालाई मोदीसँग सम्बन्ध सुधारका लागि बारम्बार भारत पठाए, तर परिणाम सन्तोषजनक छैन् । थापा यो वीचमा चार पटक भारत पुगेपनि उनले अहिलेसम्म प्रधानमन्त्री मोदीसँग भेट्न पाएका छैनन् ।
कमल थापा त परै जाओस्, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले समेत प्रधानमन्त्री मोदीसँग भेटन पाएका छैन । मोदीले यतिवेला नेपाल हेर्ने बेग्लै समूह बनाएका छन् । उनले राजनीतिक रुपमा गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजलाई जिम्मा लगाएका छन भने ट्र्याक टु डिप्लोमेसीका रुपमा नेपाल–भारत मामिला विज्ञ भगतसिंह कोशीयारीलाई विज्ञको रुपमा खटाएका छन् । खासगरी १७ वर्षपछि भारतको तर्फबाट प्रधानमन्त्री लेभलमा मोदीले नेपालको भ्रमण गरिसकेपछि नेपाल–भारत सम्बन्ध कर्मचारीतन्त्रमा मात्रै सिमित नभएर राजनीतिक तहबाटै अघि बढेको भान हुन्थ्यो, तर संविधान जारी गरेको विषयलाई लिएर भारतीय प्रधानमन्त्रीले नेपालका कुनैपनि नेताहरुले त्यति भाउ दिएका छैनन् ।
पछिल्लो समय भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएर र भ्रमणको मुखमा आएर राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द गरेपछि ओली–मोदी सम्बन्ध झनै उत्कर्षमा पुगेको छ । रिपोटर्स नेपालबाट ।

Continue Reading…

काठमाडाै‌ बाट छुटेको बसमा तोडफोड

सल्यान, ३१ जेठ– रुकुम यातायात प्रालिको डिलक्स बसमा तोडफोड हुँदा दुई यात्रुसहित तीन घाइते भएका छन् ।
काठमाण्डुबाट रुकुमतर्फ जाँदै गरेको ना ५ ख ७२४१ नंको डिलक्स बसमा सल्यान रुकुम यातायात समितिका कर्मचारीले आज बिहान श्रीनगरमा तोडफोड गरेका हुन् ।bus

बसमा यात्रु राख्ने विषयलाई लिएर समितिका कर्मचारीको समूहले यात्रुसहितको बसमा ढुङ्गामुढाले आक्रमण गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रहरी हवलदार वीरेन्द्रबहादुर कडायत सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बसमा भएको तोडफोडमा संलग्न छ जनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए।

Continue Reading…

इजरायलबाट आयो नेपालीका लागि विशेष खबर

दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार २३ र २४ गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ ।
इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् ।3

प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ खालीपन भर, ‘ब्यान्डस् भिजिट’ ब्यान्डको भ्रमण, ‘फरेन सिस्टर’ विदेशी चेली र ‘द डिस्ट्यान्स्’ दूरी तथा वृत्तचित्रमा ‘डल्फिन ब्वाइ’ डल्फिन केटो र ‘गोर्खाज डटर इन इजरायल’ इजरायलमा गोर्खालीकी छोरी छन् ।
पत्रकार सम्मेलनमा इजरायली चलचित्र निर्माता तथा निर्देशक डान वोलम्यानले इजरायल आप्रवासीको देश भएकाले त्यहाँ विविधता रहेको जानकारी दिँदै चलचित्र हेरेर विश्वमै यहुदी बाहुल्य एक मात्र समाज र संसारकै पुरानामध्येको एक हिब्रु भाषाबारे ज्ञान लिन सकिने बताए।
भर्खरै सम्पन्न मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन आउनुभएका उनले ‘छाया’, ‘कालो पोथी’लगायत केही चलचित्र हेरेको बताउँदै यहाँको विविधतायुक्त समाजबाट आफू प्रभावित भएको बताए ।
महोत्सवमा प्रदर्शन गरिनेमध्ये दुई चलचित्र ‘फरेन सिस्टर’ र ‘द डिस्ट्यान्स्’ निर्देशक बोलम्यानले निर्माण गरेका चलचित्र हुन् । त्यस्तै, ‘गोर्खाज डटर इन इजरायल’ त्यहीँका चलचित्रकर्मीद्वारा इजरायलमा काम गर्ने नेपाली दिदीबहिनीका बारेमा निर्माण गरिएको वृत्तचित्र हो । इजरायलमा रोजगारीका लागि जानुअघि यो चलचित्र हेरेमा फाइदा हुने बताइएको छ ।
फिल्म सोसाइटीका अध्यक्ष तथा कलाकार कृष्ण मल्लले विगतमा इजरायलमा थोरै लगानीमा पनि राम्रा चलचित्र बन्ने गरेको बताउँदै सोबाट नेपाली चलचित्र उद्योगले प्रेरणा लिनुपर्ने धारणा राखे ।

Continue Reading…

पाइल्स रोगी हुनुहुन्छ ? मुलाको प्रयोग गर्नुस् एक महिनामै पाइल्स चट

मुला खाँदा हुने फाइदाबारेमा तपाईलाई थाहा नै होला । तर, के तपाईलाई थाहा छ ? पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन ?
mulaa
मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।
पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ ।

पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ । अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् ।

तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ । तपाई चाहनु हुन्छ भने यो पाउडरको प्रयोग पनि गर्न सक्नु हुनेछ ।
यदि तपाई बजारबाट किनेर केही पनि प्रयोग गर्न चाहनु हुन्न भने मुलाको पातलाई सुकाएर त्यसको चुर्ण बनाएर पनि प्रयोग गर्न सक्नु हुनेछ । एक महिना नियमित सेवन गरेपछि तपाईको मुलाप्रतिको दृष्टि नै परिवर्तन हुनेछ ।

Continue Reading…

अबको एक दशकभित्र काठमाडौं–पोखरा–लुम्बिनी रेल चढ्ने नेपालीको सपना पूरा हुने

काठमाडौं । कुनै अवरोध नआए अबको एक दशकभित्र काठमाडौंदेखि पोखरा हुँदै लुम्बिनीसम्म रेल चढेर पुग्ने नेपालीको सपना पूरा हुनेछ ।

rel
नेपाल भित्र रेल्वे सेवा निर्माणमा चिनियाँ सरकारले सहयोग गर्ने सहमतिसँगै विभिन्न चिनियाँ कम्पनीले अग्रसरता बढाएपछि नेपालीको रेल चढ्ने सपना पूरा हुने सम्भावना बढेको हो ।

एउटा चिनियाँ कम्पनीले काठमाडौं–पोखरा रेल्वे लाइनको सम्भाव्यता अध्ययनको मस्यौदा सरकारलाई बुझाएको छ भने अर्को चिनियाँ कम्पनीले रसुवागढी–काठमाडौं रेल्वे लाइनको सम्भाव्यता अध्ययन गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन पेश गरेको छ ।

पोखरा विमानस्थलको निर्माण ठेक्का पाएको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ लिमिटेडले पोखरा–काठमाडौं रेल्वे लाइनको सम्भाव्यता अध्ययनको ड्राफ्ट सरकारलाई बुझाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत मंसिर १५ गते स्एिएमसी कम्पनीलाई पोखरा–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न स्वीकृति दिएको थियो ।

रसुवागढी–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न अर्को चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्टन कर्पोरेशन लिमिटेड सिआरसिसीले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको छ । यो कम्पनीले दुई साताअघि रसुवाढी–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन दिएको हो । जेठ १५ गते संसदमा प्रस्तुत आर्थिक वर्ष २०७३÷०७४ बजेटमा रसुवागढी–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन २ वर्ष भित्र गरिसक्ने उल्लेख गरिएको छ ।
news24nepaltv

Continue Reading…

शनिबार जन्मिएको हुँ, मलाई साढेसातको दशाले छुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभयो “मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो ।”2
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी आज यहाँ आयोजित गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शनिसित मान्छेलाई देख्ने टेलिस्कोप छैन, केको दशा लाग्नुरु भन्ने प्रश्न गर्नुभयो ।
तीनदिने सो गोष्ठीमा दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता रहेको छ । उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने अति महत्वकाङ्क्षी योजनाले काम गरिरहेको जनाएको छ । यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ ।
प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयोे–“लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु रु छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा गर्यो भन्छन् ।”
उहाँले अन्तरिक्षमा नेपालले आफ्नै स्थान (स्पेस) लिनुपर्छ, यसले दूरसञ्चारले सहयोग पुर्याउने चर्चा गर्दै सरकार खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गर्नुभयो ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले रु एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पुर्याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो संस्थाका कार्यकारी निर्देशक प्रा डा शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताउनुभयो ।
खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ रु भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्छ र यस क्षेत्रमा लगानी बढाउनुपर्छ भन्नुभयो । रासस
dainiknepal

Continue Reading…

नेपालले चन्द्रमामा रकेट पठाउने, प्रधानमन्त्रीले भने- अन्तरिक्षमा हामीले स्पेस लिनुपर्छ

काठमाडौँ, ३१ जेठ । नेपालले पहिलोपटक चन्द्रमामा रकेट प्रक्षेपणको तयारी गरेको छ ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी संस्थाले चन्द्रमामा नेपालको तर्फबाट रकेट प्रक्षेपण गर्ने तयारी गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर संस्थाले चन्द्रमामा रकेट पठाउने महत्वकांक्षी योजनाबारे जानकारी गराएको छ ।1
यसका लागि उसले नगरकोटमा वेदशाला स्थापना गरी कामसमेत गरिराखेको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले अन्तरिक्षमा नेपालले आफ्नै स्थान (स्पेस) लिनुपर्छ, यसले दूरसञ्चारले सहयोग पुर्याउने चर्चा गर्दै सरकार खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए । नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको प्रमको भनाई थियो ।
कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गरे ।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरीका सहकार्यकारी निर्देशक प्रा सनतकुमार शर्माले सरकारले रु एक अर्ब लगानी गर्ने हो भने चन्द्रमामा रकेट पुर्याउने क्षमता आफूहरुमा भएको जानकारी दिँदै खगोल विज्ञानको विकासले समग्र विकासलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो संस्थाका कार्यकारी निर्देशक प्रा डा शोभाकान्त लामिछानेले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न संस्थाले विभिन्न काम गरेको बताए ।
खगोल र अन्तरीक्ष विज्ञानका प्राडा उदयराज खनालले अकाशको अध्ययन गरेर के हुन्छ ? भन्ने होइन सबैथोक यसैमा छ भन्ने भावना सरकारले लिनुपर्छ र यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
dainiknepal

Continue Reading…

कांग्रेस नेता कोइरालालाई मन्त्रीको गाडीले सिंहदरबारभित्रै किच्यो, अवस्था गम्भीर

मन्त्री मञ्जुकुमारी चौधरी गाडीसहित
काठमाडौं, ३१ जेठ । सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीको झण्डावाल गाडीले ठक्कर दिँदा नेपाली कांग्रेसका एक जना नेता गम्भीर घाइते भएका छन् ।kicho
सिंहदरबारभित्रै सहरी विकास मन्त्रालयको मुल गेट नजिकै मन्त्रीको झण्डावाल गाडीले आज बिहान करीव १० बजे कांग्रेस नेता प्रदीप कोइरालालाई ठक्कर दिएको हो । मन्त्रीको गाडीको ठक्करबाट कोइराला गम्भीर घाइते भएका छन् । उनको माइतीघरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको आफन्तले जनाएका छन् ।
‘मन्त्रीको कालो गाडी अनियन्त्रित रुपमा हुँइकिएर आएको थियो’, प्रत्यक्षदर्शी एक कर्मचारीले भने, ‘कांग्रेस नेता प्रदीप कोइरालालाई ठक्कर दिइहाल्यो । खुट्टा भाँच्चिएको छ । शल्यक्रिया गर्नुपर्ने भएको छ ।’
नेपाली कांग्रेस काभ्रेका प्रभावशाली नेता कोइराला कामको शिलशिलामा सिंहदरबार गएका थिए ।
दुर्घटनाका बेला मन्त्री चौधरी भने गाडीमा थिइनन् । हुइक्किएर आएको गाडी अनियन्त्रित भइ दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
dainiknepal

Continue Reading…

नेपाल-भारत सचिबस्तरीय सुरक्षा बैठक दिल्लीमा

काठमाडौं, ३१ जेठ । नेपाल भारत दुईपक्षीय परामर्श समूह (बीसीजी)को १२ औं बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।
दुई देशको सुरक्षाको विषयमा केन्द्रित रहेको बैठकको नेतृत्व भारतीय पक्षबाट विदेश मन्त्रालयका सचिव अभय ठाकुर र नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव प्रकाश कुमार सुबेदीलेले गरेका थिए ।hunchhe
बैठकमा रक्षासँग सम्बन्धित दुबै देशका सेनाका अधिकारी, विभिन्न सरोकारवाला निर्देशनालय र विभागका प्रतिनिधिको सहभागिता थियो । बैठकमा दुवै देशको सुरक्षा सम्बन्धमा चर्चा र छलफल भएको थियो ।
आपसी सुरक्षा व्यवस्थाका लागि सुरक्षा र प्रतिक्षणको आवश्यकताका विषयमा पनि बैठकमा छलफल भएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
dainiknepal

Continue Reading…

चीनसँग जोडिएको रसुवागढी नाकाबाट सुनसहित एक पक्राउ

धुन्चे (रसुवा), ३१ जेठ । अवैध रुपमा लुकाइछिपाइ केरुङबाट नेपाल ल्याइएको छ किलो सुनसहित एक जनालाई आज अपराह्न रसुवागढीबाट प्रहरीले पक्राउ गरेको छ ।sun
जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार छ किलोभन्दा बढी पेटी बनाएर कम्मरमा बाँधी ल्याएको अवस्थामा मितेरी पुलमै संयुक्त सुरक्षा जाँचका क्रममा फेला पारी पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा टिमुरे–५ का २६ वर्षीय काङकाङ भनिने तेन्जिङ तामाङ रहेका छन् । उनको साथबाट बरामद गरिएको सुनको मूल्य करिब रु दुई करोड ८२ लाख भएको अनुमान गरिएको छ ।
सुनसहित पक्राउ परेका तामाङलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ । सुन तस्करको प्रकरण भएकाले त्यसको मुद्दा राजस्व अनुसन्धान विभागले हेर्ने प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताउनुभयो ।
प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी राजस्व विभागमा बुझाउने तयारी गरिरहेको बताइएको छ । रासस
dainiknepal

Continue Reading…

चीनले रोक्न खोजेपछि भारतले माग्यो रुसको सहयोग

३१ जेठ, एजेन्सी ।

आणविक हतियार आपुर्तिकर्ता देशको समूह (NSG) मा प्रवेश पाउने भारतीय प्रयासमा चीन तगारो बन्ने देखिएपछि भारतले रुससँग सहयोग मागेको छ ।
यो समूहमा प्रवेशका लागि सघाउन अमेरिकालाई मनाइसकेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोनबाट सहयोग मागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

modelaichin
४८ देशको सदस्यता रहेको NSG मा सहभागी हुन सघाउन भारतले रुससँग सहयोग मागेको हो । चीनले तगारो हाल्न खोजेको मुद्धामा रुसो सहयोग लिने भारतीय प्रयास सफल हुने नहुने अझै प्रष्ट छैन ।

रुसी राष्ट्रपतीय कार्यालयले भारतीय प्रधानमन्त्रीले फोन गरेको जानकारी दिँदै २ नेताबीच २ पक्षीय साझेदारी वृद्धी गर्ने विषयमा कुरा भएको जनाएको छ । छिट्टै भारत र रुसका नेताबीच पुनः वार्ता हुन सक्ने समेत जनाइएको छ ।

चीनले परमाणु हतियार आपुर्तिकर्ता समूह (NSG) को सदस्यता लिनु अघी भारतले परमाणु अप्रसार सन्धि (NPT) मा हस्ताक्षर गर्नु पर्ने राखेको छ।

यो संगठनमा फ्रान्सलाई कुनै हस्ताक्षर नगरी समावेश गराइको जिकिर भारतले गरिरहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले चीनले राखेको शर्त स्वीकार्य नभएको बताए ।

उता अमेरिकाले भने भारतलाई मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजिम (MTCR) को सदस्य बनाउन अमेरिका सहमत भएको छ । अमेरिकाले परमाणु आपूर्तिकर्ता समूह (NSG) मा भारतको दावेदारीलाई समर्थन गरेको छ ।

चीन पनि यो समूहमा सदस्यता छैन । अमेरिकाको साथ लिएर चीनलाई साइड लगाउन खोजेपछि आक्रोशित भएको बेइजिङ अमेरिका र भारतले चीनलाई एक्ल्याउन खोजेको भन्दै चीन आक्रोशित भएको छ । चीनको सरकारी अखबारले गत विहीबारको अंकमा भारतप्रति कडा आक्रोश पोख्दै चीनलाई रोकेर भारतको भलो नहुने चेतावनी दिएको थियो ।
nepaliheadlines.

Continue Reading…

चीनले नटेरेपछि पुटिनलाई फोनमा गुनासो गरे मोदीले

नयाँ दिल्ली, जेठ ३१ । न्यूक्लियर सप्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चीनले नसघाएपछि रुससँग गुहार माग्न थालेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमार्फत गुनासो पोखेका छन् । उनले सो ग्रुपमा भारतको सदस्यताका लागि रुसको सहयोग मागेको बताइन्छ ।modelai

सो ग्रुपमा सामेल हुन भारत र पाकिस्तानले आ–आफ्नो बलबुताले भ्याएसम्म प्रयास गरिरहेका छन् । तुलनात्मक रुपमा विश्व समुदायमा भारतले धेरै समर्थन जुटाए पनि चीनले समर्थन नगर्दा उसको प्रयास तत्कालका लागि विफल भएको छ ।

चीनले नयाँ आवेदकका लागि शर्त खुकुलो बनाउन नहुने प्रस्ताव गर्दै आएको छ । परमाणु अप्रसार सन्धीमा भारतले हस्ताक्षर नगरेसम्म उसलाई न्यूक्लियर सप्लायर्स ग्रुपमा राख्न नसकिने चीनको अडान छ ।

रुसी राष्ट्रपति कार्यालयले मोदी–पुटिन टेलिफोन वार्ता भएको पुष्टि गरेको छ । सो कार्यालयका अनुसार मोदीले पुटिनलाई फोन गरेका थिए । (एजेन्सी)
imagekhabar

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog