Saturday, May 28, 2016

सरकारले किन्ने भयो पानीजहाज, प्रधानमन्त्रीको बोली पूरा हुँदै

१. वृद्ध भत्ता वृद्धिः ७० वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकहरुले अब २ हजारका दरले प्राप्त गर्ने छन् । योसँगै एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जातिलगायतलाई दिइंदै आएको भत्ता रकम पनि दोब्बर पाउनेछन् ।
२. कर्मचारीको तलब २५ प्रतिशतले वृद्धिः आर्थिक वर्ष २०७३-७४ को बजेटमा सरकारले सरकारी कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि गरेको छ । यस अनुसार २५ हजार ४ सय रुपैयाँ तलब बुझ्दै आएको अधिकृत स्तरका कर्मचारीले अब मासिक तलब अब ३१ हजार ५ सय प्राप्त गर्नेछन् । नागरिक दैनिकमा समाचार छ।pura
३. सबै नेपालीको स्वास्थ्य विमाः सरकारले ३ वर्षभित्र सबै नेपालीको र आगामी आर्थिक वर्षभित्र २५ जिल्लाका सबै नेपाली नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम ल्याउने जनाएको छ ।
४. सबै नेपालीको बैंक खाता र सामाजिक सुरक्षा भत्ता लिन अनिवार्य बैंक खाताः सरकारले सबै नेपालीले बैंक खाता खोल्ने व्यवस्था मिलाउने भएको छ । भने सामाजिक सुरक्षा भत्ता बापत सरकारले उपलब्ध गराउने रकम पनि बैंक खातामार्फत नै अनिवार्य रुपमा दिनु पर्ने व्यवस्था गर्ने भएको छ ।
५. अायकर छूटः सरकारले आयमा लाग्ने करको सीमा बढाएर व्यक्तिको आयमा ३ लाख ५० हजार र दम्पत्तीको आयमा ४ लाखसम्म कर छूट हुने व्यवस्था गर्ने भएको छ ।
६. स्वदेशी पूँजीमै द्रूत मार्ग बनाउने तत्परताः निजगढ–काठमाडौं द्रूत मार्ग(फास्ट ट्रयाक) स्वदेशी पूँजीमै बनाउने तत्परता स्वरुप सरकारले १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो आयोजना स्वदेशी लगानीमै बनाउनु नहुने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा नै बोलेका थिए ।
७. अखबारी कागजमा भन्सार छूट र पत्रकारलाई उपचार छूटः सञ्चार माध्यमहरुले अखबार छाप्नका लागि भिœयाउने गरेको कागजमा सरकारले १ प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गरेको छ। त्यस्तै पत्रकारलाई सरकारी अस्पताल तथा स्वास्थ्य चौकीहरुमा ५० स्वास्थ्य शुल्कमा ५० प्रतिशत छूट दिने घोषणा गरेको छ।
८. संघीय प्रदेशहरुमा समावेशी एक एक पूर्वाधारः संविधानले अवलम्बन गरेको संघीय संरचना अनुसार सरकारले सातै प्रदेशमा एक एक ओटा ठूला जलाशययुक्त जलविद्युत् आयोजना, ३ महिनालाई पुग्ने पेट्रोलियम भण्डारण केन्द्र, १ हजार विगाहा क्षेत्रफलमाथिका औद्योगिक क्षेत्र, खेलकुद मैदानलगायतका पूर्वाधारको विकास गर्ने योजना बजेटमार्फत घोषणा गरेको छ ।
९. घरघरमा विजुली, जनजनमा शेयर र पूर्वाधार करः सरकारको बहुमत शेयर(५१ प्रतिशत) र आम इच्छुक नेपाली नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहने गरी जलविद्युत् आयोजनाको विकास गर्ने ।
१०. रेल मार्ग र पानी जहाजः पूर्वपश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरी निर्माण शुरु गर्ने, बर्दीबास–सिमरा रेलमार्गमा ट्रयाक बिच्छ्याउने कार्य शुरु गरिने, सुवागढी–काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र भूपरिवेष्ठित राष्ट्रको अधिकारअनुसार समुद्रमा नेपाली झण्डासहितको पानी जहाज सञ्चालनको कानूनी तथा संरचनागत तयारी गर्ने पनि उल्लेख छ ।
dainiknepal

Continue Reading…

कार्यकर्तालाई जागिर लगाउन मन्त्रीको तोक आदेश

१६ जेठ, काठमाडौं ।

स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् ।adesh

सरकारले हालै स्थापना गरेका नयाँ नगरपालिकामा तोकादेशमै आधारमा नयाँ कर्मचारी राख्न दबाब दिँदै लामाले कार्यकारी अधिकृतलाई धम्क्याउन थालेपछि कतिपय जिल्लाका कार्यकारी अधिकृतहरु आतंकित भएका छन् ।

डेढ दर्जजभन्दा बढी कार्यकर्ताका लागि जागिर खुवाउन उनले तोक लगाएका हुन् । कार्याकर्ताले लेखेको निवेदनमा सहायक मन्त्री लामो निवेदकलाई कम्प्युटर अधिर्कत वा अन्य कुनै प्राविधधिक पदमा जागिर दिनु भन्ने तोक लगाएर नगरपालिकाहरुमा पठाएका छन् ।

हाल विभिन्न नयाँ नगरपालिकामा कर्मचारीको अभाव छ । कर्मचारी अभावको मौका छोपी सहायक मन्त्री लामाले आफ्ना कार्यकर्ताको योग्यता क्षमता र दक्षताविनै तोकादेशका आधारमा जागिर खुवाउने प्रयास वगरेका हुन् ।नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

‘मम’ र ‘सुकुटी’ खानेहरूका लागि यसरी आयो खुसीको खबर

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र राँगा–भैँसी भित्र्याउन निषेध गर्ने प्रक्रिया अघि बढाएको छ ।
महानगरपालिकाका अनुसार अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी निषेध भइसक्नेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
उपत्यकामा मासु खाने उद्देश्यले दैनिक सात सयभन्दा धेरै राँगा तथा भैँसी भित्रिने गरेका छन् । उपत्यकाभित्रका वधशाला सुधार हुन नसकेपछि महानगरपालिकाले राँगा–भैँसी भित्रिने प्रक्रिया नै बन्द गर्न लागेको हो ।
महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले अबको तीन वर्षभित्र उपत्यकाभित्र राँगा–भैँसी भित्रिन निषेध हुने बताए ।ann
उनले भने, ‘उपत्यकाभित्र राँगा–भैँसी ल्याउने प्रक्रिया निषेध गर्ने काम सुरु भएको छ । यसका लागि उपत्यकाभित्रका मासु व्यवसायीसँग पनि छलफल भएको छ । अबको तीन वर्षभित्र उपत्यकामा जिउँदो राँगा–भैँसी ल्याउन बन्द हुनेछ ।’
महानगरपालिकाका अनुसार उपत्यकामा जिउँदो राँगा–भैँसीको सट्टा मासु नै आयात हुनेछ ।
उपत्यकाबाहिरका वधशालाबाट उपत्यकामा ताजा मासु भित्रिनेछ । उपयुक्त तापक्रममा चिस्यान गरिएपछि उपत्यकामा मासु भित्रिनेछ ।
महाशाखा प्रमुख श्रेष्ठले भने, ‘जिउँदो राँगा–भैँसीको सट्टा ताजा मासु आउनेछ । आवश्यक तापक्रममा राखिएपछि मात्रै मासु उपत्यकामा आउनेछ । यसो हुँदा उपत्यकाभित्रका वधशाला स्वतः हट्नेछन् ।’
उपत्यकामा राँगा ७ सय वटा, खसीबोका १५ सय वटा, कुखुरा ७० टन, बंगुर १५० टन, माछा ७ टन र आयातित मासुको १० टन भित्रिन्छ ।
dainiknepal

Continue Reading…

‘डन’ मन्त्रीको यस्तो खतरनाक गतिविधि, प्रधानमन्त्री चकित

काठमाडौं, १६ जेठ । स्थानीय विकास सहायक मन्त्री रेशम लामाले विभिन्न नगरपालिकालाई तोकादेश पठाउँदै आफू निकटका कार्यकर्तालाई जागिर खुवाउन दबाब दिन थालेका छन् ।mann
सरकारले हालै स्थापना गरेका नयाँ नगरपालिकामा तोकादेशमै आधारमा नयाँ कर्मचारी राख्न दबाब दिँदै लामाले कार्यकारी अधिकृतलाई धम्क्याउन थालेपछि कतिपय जिल्लाका कार्यकारी अधिकृतहरु आतंकित भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
डेढ दर्जजभन्दा बढी कार्यकर्ताका लागि जागिर खुवाउन उनले तोक लगाएका हुन् । निर्देशन नमानेको भन्दै कार्यकारी अधिकृतलाई हटाउन उनले दबाब दिएका छन् ।
dainiknepal

Continue Reading…

बजेट सत्ता टिकाउने खेलः बाबुराम

जेठ, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अर्थमन्त्री विष्णु पौडेलद्वारा पेस गरिएको बजेज केही सकारात्मक र केही नकारात्मक भनी टिप्पणी गरेका छन् ।

उनले सामाजिक सुरक्षा भत्ता बढाउनु सकारात्मक रहेको तर सांसद कोषको रकम बढाउनु दःखद भएको बताएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।ramrom

सरकार परिवर्तन भए पनि राम्रो सुरुवात गरेको थियौं भन्ने ढंगले केही कार्यक्रम राम्रौ र महत्वकांक्षी पनि ल्याइएको छ । केही अन्तरविरोधी प्रकृतिका पनि छन्, पूर्वप्रधानमन्त्री समते रहेका उनले भने, मसँग परामर्श लिँदा मैले भनेको थिएँ पूर्वाधारमा जोड दिनुपर्छ भनेर । पूर्वाधारका क्षेत्रमा रहेका कार्यक्रमहरु सकारात्मक नै छन् । सामाजिक भत्ता बढाउनु पनि सकारात्मक नै छ ।

तर सांसदको रकम बढाइएको छ जुन अधिल्ला वर्षमा पनि दुरुपयोग भइरहको छ । त्यो चाँहि सांसदलाई खुसी पार्न र सरकार टिकाउने खेल हो । त्यो बेठीक भयो उनले भने । पूर्वलडाकुलार्य निद बाँकी रहेको पैसा दिने कार्यक्रमको पनि उनले स्वागत गरे ।onlinekhabar

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ १६ गते आइतबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुनेछ । लामो दूरीको लाभदायी यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थकानको अनुभूति गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । तर आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । स्वास्थ्यप्रति सचेत हुनुहोला । प्रेमसम्बन्धमा समेत निरसता छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरूले आज राम्रो आर्थिक लाभ गर्नेछन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने दिन छ । छरछिमेकमा असामञ्जस्य बढ्ने छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा मिहिनेत गर्ने विचार आउने छ । सन्तति पक्षको क्रियाकलापमा ध्यान केन्द्रित हुन सक्छ । बन्धुबान्धवले तपाईंका सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमंग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

ओली सरकारले ल्याएको बजेटको प्रचण्डले यसरी गरे प्रशंसा, आलोचकलाई जवाफ

काठमाडौँ, १५ जेठ । व्यवस्थापिका–संसद्मा आज प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा विभिन्न पार्टीका नेता, पूर्वअर्थमन्त्री र व्यवयायीले मिश्रित प्रतिक्रिया दिनुभएको छ ।
सन्तुलित र जनमुखीः प्रचण्ड
संसद्को बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट सन्तुलित र जनमुखी बनाउने प्रयत्न गरिएको स्पष्ट देखिएको बताउनुभयो ।parchana
“यसले संविधान कार्यान्वयन र पुनःनिर्माण, शान्ति प्रक्रियाका विषयलाई सम्बोधन गर्न धेरै बल गरेको छ । त्यति हुँदाहुँदै पनि बजेटको समग्र अध्ययन गरेर प्रतिक्रिया दिनुपर्ने कैयौँ विषय छन्”– अध्यक्ष दाहालले भन्नुभयो, “बजेटमा मूलभूतरुपमा हाम्रो सहमति र समर्थन रहेको छ, यद्यपि प्रतिक्रिया गर्न लायक धेरै विषय पनि छन् ।”
उहाँले बजेट कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने भन्दै आलोचना गरेर समय खेर नफाल्न आग्रह गर्नुभयो ।
निजी क्षेत्रको प्रतिक्रिया
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले निजी क्षेत्रलाई सहकार्यमा लिन सकेमा बजेटको प्राथमिकतामा रहेको रोजगार प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बजेट कार्यान्वयनमा विगतको अभ्यासलाई सुधार्न र साधारण खर्चमा धेरै रकम जाने देखिएकाले यसले औद्योगिक क्षेत्रको प्रोत्साहन र लगानी अभिवृद्धिमा यसले ध्यान दिनुपर्छ भन्नुभयो ।
साना तथा घरेलु उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष वासुदेव गिरीले बजेट कृषिलाई आधुनिकीकरण गर्न सकारात्मक रहे पनि उत्पादनमूलक क्षेत्रलाई समेट्न नसकेको जनाउनुभयो । रासस
dainiknepal

Continue Reading…

कर्मचारीको तलव २५ प्रतिशत बढ्यो, कसको तलव कति ? (हेर्नुस् सूचिसहित)

काठमाडौं, जेठ १५ – शनिबार भएको बजेट भाषणसँगै सरकारी कर्मचारीको तलव पनि बढेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणको क्रममा कर्मचारीको तलब २५ प्रतिशतले बढेको घोषणा गर्नुभयो ।
निजामती कर्मचारी सेवा नियमावलीको दफा २७ मा प्रत्ययेक ३–३ वर्षमा तलवभत्ता वृद्धी गर्न मुख्य सचिवको नेतृत्वमा तलवभत्ता पुनरावलोकन समितिको गठन गर्नु पर्ने प्रावधान छ । निजामती कर्मचारी युनियनले सबै सरकारी कर्मचारीको तलव भत्ता ५० प्रतिशतले बढाउनु पर्ने माग राख्दै गएको जेठ ३ गते सरकारलाई २५ बुँदे माग पेश गरेको थियो । कर्मचारीहरुले अघिल्लो वर्षपनि तलव नबढेकाले यो वर्ष ५० प्रतिशत बढाउनु पर्ने माग राखेका थिए ।amm

उनीहरुले वार्षिक ग्रेड रकम एक दिनको तलव बराबर हुर्ने व्यवस्था नियममा भए पनि लागु नभएकाले लागु गर्नु पर्ने, पोशाक भत्ता सात हजार पाँच सय एक दमै कम भएको भन्दै त्यसलाई शतप्रतिशत बढाउनु पर्ने माग राखेका थिए । उनीहरुले राखेको वार्षिक ग्रेड रकम एक दिनको तलव बराबर हुने व्यवस्था पनि लागु हुने भएको छ । कर्मचारीले ५० प्रतिशत बढाउनु पर्ने माग राखेपनि सरकारले शनिबारको बजेटमार्फत २५ प्रतिशत बढाएको छ ।

यसबाट ८२ हजारभन्दा बढी निजामती कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरी गरी जम्मा एक लाख ९० हजार, विद्यालयका शिक्षक एक लाख ५० हजार र विश्वविद्यालय, प्रतिष्ठान, विकास समिति, र आयोगका ५० हजार गरेर जम्मा चार लाख ७२ हजार कर्मचारी लाभान्वित भएका छन् ।
त्यस्तै सरकारी सेवाबाट अवकाश भएका कर्मचारी पनि लाभान्वित भएका छन् । यसबाट सरकारलाई थप आर्थिक व्ययभार थपिनुका साथै महँगी पनि बढ्ने देखिन्छ ।

Continue Reading…

देउरानीले आफ्ना श्रीमानलाई जेठानीसँग रंगेहात फेला पारेपछि…

एजेन्सी । मध्यप्रदेशको मुरैनामा एक महिलाको हत्या भएको छ ।
विमा एजेन्ट तथा शिक्षिका हेमा बंसलको हत्या अवैध सम्बन्धका कारण भएको हो । हेमाको हत्या उनकै देउरानी मिराले गरेको खुलासा भएको छ ।pachi
प्रहरी हिरासतमा रहेकी मिराले घटनाको पोल खोल्दै आफूले जेठानी हेमाको हत्या गरेको स्वीकार गरेकी हुन् ।
घटनाको अनुसन्धानमा संलग्न स्थानीय प्रहरीका अनुसार मिराले जेठानी हेमालाई आफ्ना श्रीमानसँग आपत्तिजनक (यौन सम्बन्ध राखिरहेको) अवस्थामा फेला पारेकी थिइन् ।
त्यसको तीन दिनपछि योजनाबद्ध रुपमा घरमा रहेको हतौडाले टाउकोमा प्रहार गरी हत्या गरिन् र हतौडालाई धोएर राखिन् । यो हतौडा प्रहरीले बरामद गरेको छ ।
भनिन्छ महिलाको सत्रु महिला नै हुन्छ । जून यो घटनाबाट प्रमाणित हुन्छ । मिराविरुद्ध ज्यान मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
(भारतीय सञ्चारमाध्यमको सहयोगमा)
dainiknepal

Continue Reading…

बजेटमा ओली सरकारले राख्यो रेकर्ड!

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । यो बजेट अहिलेसम्मका सरकारले ल्याएका बजेटमध्ये सबैभन्दा ठूलो आकारको बजेट हो ।
अहिलसम्मै ठूलो आकारको बजेट ल्याएर केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ रेकर्ड कायम गरेको छ । र धेरै नयाँ कार्यक्रमहरु पनि ल्याएर रेकर्ड कायम गर्न सफल भएको हो ।sarkar
व्यवस्थापिका–सांसदको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले कुल विनियोजनमध्ये चालुतर्फ रु छ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात् ५८.९ प्रतिशत र पुँजीगततर्फ रु तीन खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार अर्थात् २९.७ प्रतिशत विनियोजन गरेको बताउनुभयो ।
नेपालको संविधानअनुसार आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अगाडि प्रस्तुत गरिएको यस बजेटमा वित्तीय व्यवस्थातर्फ रु एक खर्ब १९ अर्ब ८१ करोड नौ लाख अर्थात् ११.४ प्रतिशत विनियोजन गरिएको छ ।
यो खर्च अनुमान चालु आर्थिक वर्ष २०७२/७३ को विनियोजनको तुलनामा २८ प्रतिशत र संशोधित अनुमानको तुलनामा ४९.६ प्रतिशतले बढी हो ।
अर्थमन्त्री पौडेलले आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु पाँच खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख, साँवा फिर्ता प्राप्तिबाट रु १० अर्ब र वैदेशिक अनुदानबाट रु एक खर्ब १० अर्ब ८९ करोड ११ हजार व्यर्होदा रु तीन खर्ब ६६ अर्ब १२ करोड ८४ लाख ४३ हजार न्यून हुने बताउनुभयो ।
सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु एक खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख ३७ हजार जुटाइने उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा खुद रु एक खर्ब ७० अर्ब ४१ करोड २७ लाख छ हजार न्यून हुनेछ । यो न्यूनता पूर्ति गर्न रु एक खर्ब ११ अर्ब आन्तरिक ऋणबाट र ५९ अर्ब ४१ करोड २७ लाख छ हजार चालु आवको नगद मौज्दातबाट व्यहोरिने अर्थमन्त्रीले पौडेलले स्पष्ट गर्नुभयो । रासस
dainiknepal

Continue Reading…

यी हुन् ओली सरकारले ल्याएको बजेटका लोभलाग्दा प्राथमिकता र उद्देश्य

काठमाडौं, १५ जेठ । सरकारले करिब एक दर्जन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७३÷७४ को अनुमानित आय व्ययको विवरण (बजेट) घोषणा गरेको छ ।bhann
व्यवस्थापिका–संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणलाई प्राथमिकतामा राखेर बजेटको स्रोत बाँडफाँड गरेको बताउनुभयो ।
उहाँले जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार एवम् वितरण, सडक, विमानस्थल, सिँचाइ, कृषि, उद्योग, पर्यटन र वनलाई प्राथमिकतामा समावेश गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी सहरी र स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारलाई बजेटले उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो । साथै, बजेटले संविधानको कार्यान्वयन, भूकम्प र आपूर्ति प्रणालीको अवरोधबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान, उत्पादकत्व र उत्पादन वृद्धि, आन्तरिक एवम् बाह्य लगानी प्रवद्र्धनलाई मुख्य उद्देश्य बनाएको छ ।
त्यसैगरी बजेटले आर्थिक क्रियाकलापको विस्तार, आय र रोजगारी वृद्धि, गरिबी घटाउने अवसरको सिर्जना, सामाजिक संरक्षण र गुणस्तरीय सामाजिक सेवालाई प्रमुख उद्देश्यका रुपमा चित्रण गरेको छ । रासस
dainiknepal

Continue Reading…

राष्ट्रसेवक कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो, महंगी भत्ता पनि पाउने

काठमाडौं, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब एकैपटक २५ प्रतिशत बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३–०७४ को बजेटमा निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको घोषणा गरिएको छ ।lea
साथै साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ । कर्मचारीको महंगी भत्ता भने यथावत छ ।
यता अर्थविद रामेश्वर खनालले भने यसवर्ष कानून बमोजिम तलब बढाउन मिल्दैनथ्यो भनेका छन् ।
dainiknepal

Continue Reading…

बजेटमा सेनाका लागि आकर्षक कार्यक्रम

काठमाडौं, १५ जेठ । सरकारले नेपाली सेनाका लागि बजेटमा आकर्षक कार्यक्रम ल्याएको छ । जसअन्तर्गत २ वर्षभित्र बंकरबाट रहेको सेनालाई ब्यारेकमा लगिने छ ।lagani
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा इटहरी र सुर्खेतमा सेनाको एयर बेस स्थापना गरिने उल्लेख छ ।
राष्ट्रिय सेवा दलको कार्यक्रम विस्तार गर्ने कार्यक्रम पनि बजेटमा समावेश छ ।
dainiknepal

Continue Reading…

भद्दा छालालाई १० मिनेटमा चम्किलो बनाउन सकिने तीन प्राक्रितिक उपायहरु

के तपाईको छाला भद्दा देखिन्छ? के यो सुख्खा र फुस्रो छ? के तपाईले थोरै मात्र सिंगार प्रसाधन छालामा प्रयोग गर्दा पनि यो लतपतिन्छ? के तपाईको छाला जति बेलापनि तेल दलेजस्तो चिल्लो देखिन्छ?

भद्दा, सुख्खा, खस्रो , तैलिय छाला भनेको छाला जन्य सौन्दर्य समस्याहरु हुन् । जब तपाई खटिरा अथवा छालाको माथिल्लो परत प्रत्येक दुई महिनामा पुन पलाउछ जस्तो अनुभव गर्नुहुन्छ, त्यस्तो बेलामा तपाईको छाला सुख्खा तथा भद्दा देखिन्छ ।

जब तपाईको छाला पुन पुरानै अवस्थामा फर्किन्छ त्यस्तो बेलामा तपाईको शरीरको सतहका छालामा लाखौ मरेका तन्तुहरु त्याहाँ बसिरहेका हुन्छन् । अनि जव ती अनेकौ मरेका छालाका तन्तुहरु झर्छन, त्यहाँ कैयौं तन्तुहरु झुन्डिएर त्यसै बाँकी रहन्छन् ।

भद्दा छालाको ठाउँमा नयाँ छाला पलाउने प्रविधि अपनाउनाले त्यहाँ जम्मा भएका फोहर सफा हुनुका साथै मरेका तन्तुहरु झरेर जान्छ र तपाईले छालामा नयाँ चमक पाउँनुहुन्छ ।chall

छालालाई सस्तो अनि सुलभ तरिकाले कसरी पुर्नताजगी बनाउन सकिन्छ?

छालामा पुर्नताजगी ल्याउने भन्दै बजारमा धेरै थरिका सौन्दर्य सामग्री पाइन्छ तर त्यस्ता सामग्रीहरु महंगा पनि हुन्छन् ।

आज हामी तपाईहरुलाई मरेको छालाको ठाउँमा नयाँ तथा चम्किलो छाला पुनप्राप्त गर्न सस्तो र सुलभ उपाय के हुन सक्छ त्यसका बारेमा जानकारी गराउँदै छौं ।

हामीले जानकारी गराउने यो घरेलु प्राक्रितिक ओखतीका लागि तपाईले धेरै पैखा खर्चिनु पर्दैन । त्यसका लागि हामी तपाईहरुलाई सहज तरिका जानकारी गराउँदै छौं । हामीले जानकारी गराउन गैरहेको यो घरेलु सरदाम संभवत हामी सबैको भान्सामा नियमित रुपमा उपलब्ध हुने चिजबिज हो । अनि यो समाचार तपाईका लागि सुखमय पनि हुनसक्छ । तपाई यो छालालाई पुर्नताजगी बनाउने सरदाम दश मिनेटमा तयार पार्न पनि सक्नु हुन्छ ।

हाज हामी तीन बेग्लाबेग्लै सरदामका बारेमा जानकारी गराउँदै छौ जसलको प्रयोग गेरर तपाईले आफ्नो छालमा पुर्नताजगी पाउनु हुनेछ । यी तीन बिधि मध्य कुनै एक प्रयोग गर्न सक्नु हुन्छ ।

१. चिनि प्याक

चिनि प्याक प्रयोग गरेर तपाई आफ्नो छालामा पुर्नताजगि प्राप्त गर्न सक्नु हुन्छ । चिनिमा आबद्ध खस्रोपनाले तपाईको छालामा रहेको फोहरको थुप्रो तथा मरेको छलाको तन्तुहरुलाई सहजै बाहिर निकाल्ने र छालामा ताजगी ल्याउन सहयोग पुर्याउँछ । चिनि प्याक तयार पार्नका लागि आधा कप जैबिक सेतो चिनि, आधा कप नरिवलको कांचो तेल र कपको एक चौथाई जैबिक भूइकटहरको रस लिनुहोस् । मीश्रणलाई एकै ठाउँमा मिसाउनुहोस्। यसले आफ्नो अनुहारलाई बिस्तारै मसाज गर्नुहोस् र अनुहारलाई चिसो पानीले सफा गर्नुहोस् ।

२. केरा-महको प्याक

पाकेको केरा र महको फेस मास्क बनाउका लागि एउटा पाकेको जैबिक केरा र दुई चम्चा शुद्ध जैबिक मह लिनुहोस् । यसलाई मिक्सचरमा पेल्नुहोस् । अब मीश्रणमा केही थोपा कागतीको रस मिसाउनुहोस् र यसलाई चलाउनुहोस् । मीश्रण प्रयोग गर्नुपुर्व आफ्नो अनुहारलाई जैबीक साबुनले सफा गर्नुहोस् । अव अनुहारमा मीश्रणको लेप दल्नुहोस् र करिव २० मिनेट सम्म त्यसै छाडिदिनुहोस् । अनुहारमा दलेको मीश्रण सफा गर्नका लागि चिसो पानीको प्रयोग गर्नुहोस् ।

३. तातो पानीको बाफ

छालामा मरेको तन्तुहरुलार्ई बिस्तारै हटाउनुहोस् र छालामा रहेको मसिनो प्वालहरुलाई खोल्नका लागि जैबिक साबुनले पखाल्नुहोस् । सर्वप्रथम, आफ्नो अनुहारलाई एउटा तौलियाले ढाक्नुहोस् र बाफ आउँदै गरेको पानीमाथि आफ्नो अनुहार घोप्टो पारेर पाँच मिनेट सम्म अड्याउनुहोस् । त्यसपछि मन तातो पानीले आनुहारमा छयाप्नुहोस् र जैबिक साबुन अनुहारमा दलेर सफा पानीले पखाल्नुहोस् ।

यी माथिका बिधिहरु अपनाएर तपाईले आफ्नो छालामा ताजा, सफा अनि नरमपना पाउनुका साथै छालामा जम्मा भएको फोहर र मरेको तन्तुहरु बाट समेत छुटकारा पाउनु हुनेछ
dcnepal

Continue Reading…

४ लाख नेपालीलाई यसैवर्ष रोजगारी दिने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले बेरोजगार चार लाख नेपालीलाई यसैवर्ष (आगामी आर्थिक वर्ष)मा रोजगार दिने घोषणा गरेको छ ।
शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा आगामी आर्थिक वर्षमा ४ लाखका लागि रोजगारी सिर्जना गरिने व्यवस्था गरिएको छ ।roj
यो योजना कार्यान्वयन भए नेपाली युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने छैन् । सरकारले देशैभरी ४ लाख रोजगारी सिर्जना गर्ने योजना ल्याएको हो ।
शनिबार सार्वजनिक गरिएको १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट अहिलेसम्मकै ठूलो बजेट हो ।
dainiknepal

Continue Reading…

अब विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा भोट हाल्न पाउने

काठमाडौं, १५ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३-०७४ को बजेटमा विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने उल्लेख गरिएको छ ।vot
बजेट भाषण गर्दै अर्थमन्त्रीले भने– ‘विदेशमा बसेका नेपालीले पनि इलेक्ट्रोनिक मतदान गर्न सक्ने व्यवस्था मिलाएका छौं ।’
केपी ओली नेतृत्वको सरकारको यो निर्णयपछि अब विदेशमा बसेर पनि नेपालमा हुने आम निर्वाचनमा मत हाल्न पाइने भएको छ ।
dainiknepal

Continue Reading…

‘ओलीले जानी–जानी देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको अपमान गरे’

काठमाडौं, १५ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गणतन्त्र दिवसको सरकारी समारोहमा देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारले बेवास्ता गरेको घटनाले देशकै बेईज्जती भएको आरोप लगाउनु भएको छ ।
सैनिक मंचमा आयोजित समारोहमा पुगेका पूर्व उपराष्ट्रपति परमानन्द झाले सरकारले आफूलाई समारोहमा बोलाएर बस्न समेतको व्यवस्था नगरेको र आफूलाई अपमानित गरेको भन्दै समारोहबाट फर्किनु भएको थियो ।mode
यस घटनालाई अत्यन्त निन्दनीय भन्दै राजेन्द्र महतोले ओली सरकारले जानी जानी देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको अपमान गरेको आरोप लगाउनुभयो । शनिबार पत्रकारहरुसँग आफ्नै निवासमा कुरा गर्दै उनले गणतन्त्र दिवसको अवसरमा देशका पूर्व राष्ट्र प्रमुखको अपमानले अन्तर्राष्ट्रिय जगतमै नेपालको बेईज्जती भएकोमा दुःख व्यक्त गरे ।
राजेन्द्र महतोले आजको घटनाले वर्तमान सरकारको मधेश विरोधी चरित्र उदांगो भएको बताउनुभयो । ‘प्रधानमन्त्री ओलीले मधेश आन्दोलनको कुनै तुक नभएको बयान बारम्बार दिने गरेका छन्, तर सरकारको आजको यस घटनाले मधेशीले आफ्नो पहिचान, सम्मान र अधिकारको लागि अझै सशक्त आन्दोलन गर्नुपर्ने कुरा प्रष्ट भयो ।’
सरकारले किन यस्तो गरे होला त भन्ने जिज्ञासामा महतोले भने ‘मधेश आन्दोलन प्रति सौहार्द राख्ने, आन्दोलनलाई जायज ठान्ने र सरकार माथि वार्ता र संवादको माध्यमले समस्या हल गर्न बारम्बार सुझाव दिएकै कारण सरकारले षडयन्त्रपूर्वक तरीकाले अपमान गरेको छ ।’
महतोले एक मधेशी भएकै कारण पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई समारोहमा निम्तो गरेर बस्ने समेत व्यवस्था नगरेको आरोप लगाउनुभयो । उनले भने ‘मधेशी भनेर अपमान गरियो तर यो देशकै बेईज्जती भयो ।’
‘उहां दुबै जना यस देशका सम्मानित व्यक्ति थिए’ महतोले भने ‘उहांहरूको अपनान गर्नु भनेको देशको अपमान गर्नु सरह हो ।’
सदभावना अध्यक्ष महतोले गणतन्त्र दिवस समारोहमा विदेशी कूटनीतिकहरू र अन्तरराष्ट्रिय समुदायको सामने पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको मधेशी भएकै कारण अपनान भएपछि ओली सरकारको मधेश प्रतिको मानसिकता, सोच र व्यवहार सबै उजागर भएको बताउनुभयो ।
dainiknepal

Continue Reading…

भारतलाई दिइसकेको फास्ट ट्रयाक अब सरकारले नै बनाउने, १० अर्ब छुट्याइयो

काठमाडौं, १५ जेठ । भारतीय कम्पनीलाई निर्माण ठेक्का दिइसकेको काठमाडौं–निजगढ फास्ट ट्रयाक परियोजना सरकारले आफैले निर्माण गर्ने भएको छ ।50
अर्थमन्त्री विष्णु पौडेलद्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७३/०७४ को बजेटमा आगामी वर्षबाट निर्माण सुरु गर्ने गरी १० अर्ब रुपैयाँ छुट्याइएको छ ।
dainiknepal

Continue Reading…

बजेट आकर्षण : कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था

सरकारले कृषिबाली धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरेको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो को जानकारी दिएका हुन् ।
बजेटमा मुख्यबालीहरुको मुल्य बाली लगाउनुअघि नै तोकिने उल्लेख गरिएको छ ।47
यस्तै विउ तथा बालीको संरक्षण र माटो परीक्षण सेवा दिइने व्यवस्था गरिएको छ । त्यसका लागि कृषकलाई माटो परीक्षण ब्याग उपलब्ध गराउने बजेटमा उल्लेख छ ।
यस्तै कृषिको सुपर जोन प्रत्येक प्रदेशमा स्थापना गरिने पनि बजेटमा उल्लेख छ ।
ratopati

Continue Reading…

पानी जहाज किन्न बजेटमै व्यवस्था

सरकारले पानी जहाज किन्नका लागि बजेटमै व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले पानीजहाज सञ्चालनको तयारी तथा कार्यान्वयन गरिने जानकारी दिए । 49केहि साताअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्द र प्रशान्त महासागरमा नेपालले पानी जहाज चलाउने बताएको सन्दर्भमा बजेटमा यस्तो ब्यवस्था गरिएको हो ।ratopati

Continue Reading…

विद्यालयका हेडमास्टर नै घुससहित पक्राउ परेपछि…

विराटनगर, १५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्व क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले आज एक प्रधानाध्यापकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेका छन् ।48
विराटनगर– ११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजार सहित पक्राउ गरिएको आयोगका क्षेत्रीय प्रमुख रवीन्द्रप्रसाद शर्माले जानकारी गराए।
एक प्रशिक्षार्थीलाई शिक्षक पदमा नियुक्ति गरिदिने भनेर उनले उक्त रकम लिँदै गरेको बताइएको छ । रासस
dainiknepal

Continue Reading…

अर्थमन्त्री पौडेलद्धारा बजेट भाषण सुरु, संसदबाट अहिलेसम्मकै ठूलो बजेट घोषणा

काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३/७४ को बजेट भाषण सुरु गरेका छन् ।47
केपी शर्मा ओली नेतृत्वको सरकारले आज घोषणा गरेको बजेट अहिलेसम्मकै ठूलो बजेट हो । अर्थमन्त्रालयका अनुसार यो सरकारले १० खर्ब ५१ अर्बको छ ।
dainiknepal

Continue Reading…

मधेसी मोर्चाले बजेट भाषण बहिष्कार गर्ने

शनिबार, १५ जेठ
काठमाडौँ। नयाँ संविधानको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएपछिको पहिलो बजेट भाषण बहिस्कार गर्ने भएको छ ।46मधेसी मोर्चाले बजेट भाषण बहिष्कार गर्ने
मोर्चाले शनिबार दिउँसो चार बजे व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा हुने बजेट भाषण बहिष्कार गर्ने भएको हो । मोर्चाले विज्ञप्ति मार्फत संसदल बैठकमा सहभागी नहुने जानकारी गराएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले करिब साढे दस खर्बको बजेट भाषण प्रस्तुत गर्दै छन् ।
nepalsandesh

Continue Reading…

आफु मारेर यात्रुको ज्यान जोगाउने पाईलटहरुलाई वीरता पदक

शनिबार, १५ जेठ
काठमाडौं ।कालिकोटमा भएको विमान दुर्घटनामा आफू मरेर पनि यात्रुहरुको ज्यान जोगाउने विमान चालकलाई वीरता पदक प्रदान गरिने भएको छ ।
गणतन्त्र दिवसको अबसरमा सरकारले क्याप्टेन दिनेश न्यौपाने र सहक्याप्टेन सन्तोष रानालाई मरणोपरान्त वीरता सम्मान प्रदान गर्ने भएको हो ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानको विचबाटैमा पंखा रोकिएपछि कालिकोटमा न्यौपाने र रानाले आफू मरेर पनि विमानमा भएका यात्रुहरुलाई बचाएका थिए ।
nepalsandesh

Continue Reading…

सिन्धुपाल्चोक केन्द्र बनाएर परकम्प

जेष्ठ १५, २०७३- सिन्धुपाल्चोक केन्द्र बनाएर शनिबार अपरान्ह भूकम्प गएको छ । अपरान्ह ३ बजेर २४ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्प काठमाडौंमा महशुश भएको थियो । bhapkaसिन्धुपाल्चोक केन्द्र बनाएर परकम्पराष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज आएको भूकम्प गतवर्ष बैशाख १२ गते भएको ठूलो भूकम्पको परकम्प रहेको बताए ।

kantipur

Continue Reading…

आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागी राष्ट्रिय एकताको खाँचो: प्रचण्ड

१५ जेठ, काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागी राष्ट्रिय एकताको खाचो रहेको बताएका छन् ।
44
अखिल नेपाल ट्रेड युनियन महासंघको छैटौं राष्ट्रिय महाधिवेशनको काठमाडौमा उद्घाटन गर्दे दाहालले गणतन्त्र धर्मनिरपेक्षता लगाएतका उपलव्धीलाई संस्थागत गर्न बेलाबेलामा चूनौति खडा हुने गरेको भन्दै एक भएर चूनौतिको सामना गर्नुपर्ने बेला आएको बताए । उनले संबिधानले सबैको अधिकार शुनिश्चीत गरेको भन्दै अधिकार प्राप्तीका लागी आफ्नो ठाउबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमअघि अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौको शान्तिबाटिकाबाट भृकुटिमण्डपसम्म र्याली निकालको थियो ।nepaliheadlines

Continue Reading…

काठमाडौंमा भूकम्पको ठूलो धक्का

काठमाडौं, १५ जेठ । काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
दिउँसो ३ बजे २२ मिनेट आसपासमा भूकम्पको कडा धक्का महसुस गरिएको हो ।bhapka
भूकम्पपछि स्थानीय सर्वसाधारण घरबाहिर निस्केका छन् ।
विस्तृत विवरण आउन बाँकी छ ।
dainiknepal

Continue Reading…

बजेट घोषणा हुँनै लाग्दा मधेसी मोर्चाले गर्यो कडा निर्णय, आज नछाड्ने…

काठमाडौं, १५ जेठ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बहिष्कार गर्ने निर्णय गरेको छ ।
सरकारद्धारा अपराह्न ४ बजेपछि व्यवस्थापिका संसदमा बजेट घोषणा गर्नुपूर्व सिंहदरबारमा बसेको मोर्चाका मूख्य सचेतकहरुको बैठकले आजको संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले दैनिक नेपाललाई जानकारी दिए ।andon
उनका अनुसार आजको बजेट भाषण कार्यक्रममा पनि मोर्चा नजाने र बहिष्कार गर्ने निर्णय भएको छ । यसअघि पनि मोर्चाले माग पूरा हुनुपर्ने भन्दै लगातार संसद बैठक अवरुद्ध तथा बहिष्कार गर्दै आएको थियो ।
संघीयता, सीमाकंन लगायतका माग राख्दै मोर्चाले विगत ८ महिनादेखि आन्दोलन गरिरहेको छ ।
dainiknepal

Continue Reading…

गणतन्त्र दिवसकै दिन प्रधानमन्त्री ओलीलाई चीनले पठायो नयाँ सन्देश गणतन्त्र दिवसमा नेपाललाई चिनियाँ प्रमको बधाई

काठमाडौं, १५ जेठ । शनिबार परेको नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत नेपाली जनतालाई शनिबार बधाई ज्ञापन गर्नुभएको हो ।
चिनियाँ प्रधानमन्त्री खछ्याङले दिनुभएको बधाई सन्देशमा चीन र नेपालले सधैं समान एवम् पारस्पारिक सहयोगी सम्बन्ध कायम गर्दै आएको बताउनुभएको छ ।43
उहाँले चीन र नेपाल छिमेकी राष्ट्रका हैसियतमा आपसमा सहयोगी सम्बन्धमा विश्वास गर्ने पनि बताउनुभएको छ ।
चीन सधैँ नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता एवम् क्षेत्रीय अखण्डताको पक्षमा रहेको पनि सो सन्देशमा उहाँले बताउनुभएको छ ।
नेपालसँग सधैँ बृहत साझेदारीका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि चीन सधैँ दिगो सम्बन्ध विकासका पक्षमा चीन रहेको पनि उहाँले बताउनुभएको छ ।
सन् २००८ को मे २८ मा सम्पन्न भएको संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय गणतन्त्रात्मक देशका रुपमा घोषणा गरेको थियो ।
यो घोषणासँगै नेपालमा करिब २४० वर्षदेखि कायम रहेको राजतन्त्रको पनि अन्त्य भएको थियो । नेपालले शनिबार नवौँ गणतन्त्र दिवस मनाइरहेको छ । रासस/सिन्ह्वा
dainiknepal

Continue Reading…

कांग्रेस नेता सिंह भन्छन्- गणतन्त्रका विरुद्ध चलखेल भइरहेको छ

काठमाडौँ, १५ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रका विरुद्ध चलखेल भइरहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसर पारेर आज कामद कलेजले सुकेधारामा आयोजना गरेको गणेशमान सिंह छात्रवृत्ति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उनले संविधानको पूर्ण कार्यान्वयन भएमात्र गणतन्त्र संस्थागत हुन सक्छ यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ भने । उनले अझसम्म पनि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको भन्दै दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।42
कलेजका व्यवस्थापन समितिका अध्यक्ष डिल्ली शिवाकोटीले नेपालको शिक्षा क्षेत्रमा थप योगदान पुर्याउनका लागि कलेजको स्थापना गरिएको बताए । गणतन्त्र दिवसका अवसरमा सो कलेजले प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दे आएकामा यस वर्ष भूकम्पपीडित एक जनालाई थप गरी छ जनालाई प्रदान गरेको थियो । यस्तै कलेजमा स्थापनाकालदेखि योगदान दिने पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो । रासस
dainiknepal

Continue Reading…

गणतन्त्र दिवस समारोहमा के भनिन् राष्ट्रपतिले ?

शनिबार, १५ जेठ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस, २०७३ का अवसरमा आज सैनिक मञ्च (टुँडिखेल) मा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, कामु प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले गरेका सङ्घर्ष र जनआन्दोलनको जगमा स्थापित नवौँ गणतन्त्र दिवस मनाइरहँदा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानका क्रममा आफ्नो प्राण आहुति दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धासुमन तथा आन्दोलनका क्रममा अङ्गभङ्ग हुन पुगेका र घाइते हुनुभएका समस्त योद्धाप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली जनताले लामो सङ्घर्षबाट सामन्ती प्रणाली र जन्मसिद्ध श्रेष्ठताको अवैज्ञानिक सिद्धान्तमा आधारित राजतन्त्रको अन्त्य गर्दै सामाजिक न्याय र समानताको मूलस्तम्भका रुपमा गणतन्त्र स्थापित गरेको आजको दिन एउटा ऐतिहासिक उपलब्धिको दिन भएको धारणा राख्नुभयो ।41
आधुनिक नेपालको मजबुत जग निर्माण गर्ने जनमुखी एवम् लोकतान्त्रिक राज्य व्यवस्थाको सूत्रपात भएको युगान्तकारी क्षणका रूपमा आजको गणतन्त्र दिवसलाई लिनुपर्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले संबिधानले सबै नेपालीलाई समान हक अधिकार प्रदान गरेको बताउँदै संविधानले राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको बताउनुभयो । संविधान कार्यान्वयनसँगै जारी लामो राजनीतिक सङ्क्रमण मूलतः अन्त्य भएको र मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यस प्रक्रियालाई जति छिटो गतिमा अघि बढाउन सकिन्छ, हामीले प्राप्त गरेका राजनीतिक उपलब्धि र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउँदै अघि बढ्न सकिन्छ ।”
प्रधानमन्त्रीले कहीँकतै केही राजनीतिक वा अन्यभिन्न विचार वा असहमति भए वार्ता र संवाद कै माध्यमबाट समाधान गर्न सकिने बताउँदै संवादबाट समस्याको समाधान खोज्ने प्रयासमा संलग्न रहन सबैसँग पुनः आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो– “वर्तमान सरकार शान्ति, लोकतन्त्र, सामाजिक न्याय र समानता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षा एवम् सुदृढीकरणका लागि प्रतिबद्ध छ ।”
प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलहरु र आम नेपाली जनतासँग मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सहकार्यको लागि आग्रहसमेत गर्नुभयो ।
संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका दिशामा अघि बढ्नुपर्ने आजको मूल दायित्वलाई बिर्सेर कुनै पनि प्रकारका अन्योल, अस्थिरता वा अनिश्चितताको बाटोमा मुलुकलाई धकेल्ने दुर्भाग्यपूर्ण प्रयासले मुलुकलाई अघि बढाउने बाटोमा अवरोध पैदा गर्न सक्दछ भन्ने कुरामा सचेत र सजग रहन प्रधानमन्त्रीले आम देशवासीमा आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “आर्थिक विकास र सामाजिक समृद्धिबिनाको राजनीतिक अधिकार खोक्रो हुन्छ, राजनीतिक अधिकारले आर्थिक समुन्नतिको ढोका खोलेन भने हामीले चाहेको दिगो शान्ति सम्भव हुने छैन ।” जनताले संविधान निर्माणपछिको समुन्नत, स्वाभिमानयुक्त, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ भएको नेपाल देख्न चाहेको उहाँको भनाइ छ ।
समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०७३ लेखिएको व्यानर प्रदर्शन गरेको थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका जिविस, नगरपालिका, खेलकुद परिषद्का खेलाडी, स्थानीयले मार्चपास, नृत्य, कवाज व्याण्ड, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरेका थिए ।
समारोहमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतीक परेवा उडाइएको थियो ।
२०६२÷६३ को जनान्दोलनको सफलतापछि गठित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेकाले जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । रासस
nepalsandesh

Continue Reading…

अमेरिकामा ट्रम्पका समर्थक र विपक्षीहरुबीच झडप

शनिबार, १५
एजेन्सी।अमेरिकाको क्यालिफोर्नियास्थित सान डियागोमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीहरुबीच झडप भएको छ ।40
झडप लगत्तै प्रहरीले शहरको सम्मेलन केन्द्र बाहिर जम्मा हुनु गैरकानुनी घोषणा गरेको छ । ३५ जनालाई पक्राउ गरिएको छ । ट्रम्प भने मेक्सिकन सीमा नजिकको शहरमा छन् ।
उनले आफू राष्ट्रपतिमा विजयी भए गैरकानुनी आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमा पर्खाल लगाउने घोषणा गरेका छन् । सान डियागोमा एक तिहाई जनसंख्या ल्याटिनो छन् भने सयौं हजार मानिस कानुनी रुपबाट मेक्सिको प्रवेश गर्नेछन् ।
nepalsandesh

Continue Reading…

काश्मिरमा छ हतियारधारी एक सैनिक मारिए

१५ जेठ, एजेन्सी ।

भारत अधिनस्थ काश्मिरमा भारतीय सेनाले गरेको कारबाही र सेना र हतियारधारीबीच भएको भिडन्तमा परी ६ हतियारधारी र एक सैनिक मारिएका छन् ।
यस कारबाहीका क्रममा सेनाको गोली लागेर ती हतियारधारी मारिएको बताइएको छ । हतियारधारीले चलाएको गोलीबाट एक सैनिकको पनि मृत्यु भएको छ ।39

बिहीबार काश्मिरको कुपवारा क्षेत्रको नौगाम क्षेत्रमा सो कारबाही भएको थियो ।

भारतीय सेनाले जनाएअनुसार गस्तीमा रहेको सेनाको समूहमाथि केही अज्ञात व्यक्तिको समूहले आक्रमण गरेको थियो ।

आक्रमणपछिको सेनाको कारबाहीमा परी ती हतियारधारी मारिएका बताइएको छ । त्यस क्षेत्रमा सेना र ती हतियारधारीबीच लामो समयसम्म भिडन्त भएको थियो ।

भारतीय सेनाका प्रवक्ता कर्णेल एन एन जोशीले सो जानकारी दिएका हुन । उनले कार बाहीका क्रममा ६ हतियारधारी एक सैनिक मारिएका र केही हतियारधारी घाइते पनि भएका बताए ।

सो क्षेत्रमा अहिले पनि छिटपुट भिडन्तहरु जारी नै रहेका पनि उनले जानकारी दिएका छन् ।nepaliheadlines

Continue Reading…

महत भन्छन्, ‘सरकारले ल्याउने लाेकप्रिय बजेटबाट काँग्रेस तर्सिनुहुन्न’

शनिबार, १५ जेठ
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि काँग्रेसले तर्सनु नपर्ने बताएका छन् ।
काँग्रेस मध्यपुर थिमिनगर समितिले आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सरकारको लोकप्रिय भनिएको बजेटदेखि तर्सनु नपर्ने भन्दै बजेट अाएपनि कार्यान्वयन नहुने ठाेकुवा गरे ।38महत भन्छन्, ‘सरकारले ल्याउने लाेकप्रिय बजेटबाट काँग्रेस तर्सिनुहुन्न’

काँग्रेस सत्तामा जाने अवसरको प्रतीक्षामा रहेको बताउँदै नेता डा महतले भने, “काँग्रेस सधैँ प्रतिपक्ष बस्छ भन्ने छैन, गणपूरक सङ्ख्या पुगेको दिन सत्तामा जान्छ, त्यसको प्रयास भइरहेको छ ।’’
कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती रहेकाले यसतर्फ सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।
त्यस काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, काँग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली लगायतले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।
nepalsandesh

Continue Reading…

निजामती कर्मचारीको बोली र व्यवहारमा सुधार आवश्यक’

शनिबार, १५ जेठ
कावासोती । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहार र बोलीवचनमा सुधार ल्याउन आवश्यक रहेको बताएका छन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनको सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठन नवलपरासीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष ढकालले आफनो बानी व्यवहारमा परिवर्तन गरी सेवाग्राहीको मन जित्ने काम गर्न उनले सङ्गठनमा आबद्ध कर्मचारीलाई निर्देशन दिए ।37
उनले जेठ १९ गते हुने आधिकारिक ट्रेड युनियन निर्वाचनपछि कर्मचारीमा रहेका यी सबै संस्कारको व्यवस्थापन हुने विश्वास समेत उनले व्यक्त गरे ।
निजामती कर्मचारी प्रशासनलाई चुस्त राख्न, सरुवा, बढुवा तथा अन्य सेवा सुविधालाई वैज्ञानिक बनाउन, माथिल्लो तह र तल्लो तहका कर्मचारीबीच रहेको विभेद हटाउन निजामती कर्मचारी सङ्गठनलाई निर्वाचन जिताउन उनकाे अाग्रह थियाे । रासस
nepalsandesh

Continue Reading…

चौधरीको पोलीग्राफ हुने, सात दिनको म्याद थप गरी अनुसन्धान

१५ जेठ, नवलपरासी।

फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार जिल्ला अदालतबाट सँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।36

प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव परीक्षण प्रतिवेदन आइतबार आउँदै छ । प्रहरी नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय आशिषलाई आइतबार नै पोलीग्राफ (प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा हुने) गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ ।

सत्र वर्षीया मनीषा नवलपरासीको बर्दघाट– ८ पञ्चनगर, भानुनगर गाउँस्थित आफ्नै निवासमा बिहीबार बिहान मृतावस्थामा फेला परेकी थिइन् । प्रहरीले अभियुक्त चौधरी सहित अन्य एक जनालाई समेत नियन्त्रणमा लिए पनि अन्य एक जनाको नाम सार्वजनिक गरेको छैन । राससnepaliheadlines

Continue Reading…

आज सार्वजनिक हुने ‘पपुलिष्ट’ बजेटका थाहा पाउनैपर्ने कुरा

१५ जेठ, काठमाडौं ।

एमाले नेतृत्वको सरकारले २०५१ सालमा ल्याएको चर्चित स्वरुपलाई पछ्याउँदै आज सरकारले आर्थिक वर्ष २०७३÷७४ को सार्वजनिक गर्दैछ । देशको आर्थिक वृद्धिदर ०.७ प्रतिशत रहेको सार्वजनिक भइरहेका बेला सरकारले भने ६.५ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राख्दै पपुलिष्ट बजेट सार्वजनिक गर्ने तयारी गरेको हो ।

यस अघिदेखि नै ठूला र महत्वकांक्षी योजना निर्माणको उद्घोष गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झण्डै १० खर्ब ३० अर्बभन्दा बढी आकार भएको बजेट ल्याउँने तयारी गरेको बुझिएको छ । सुरुमा ९ खर्ब ८ अर्बको बजेट ल्याउने तयारी भए पनि दिनदिनै बजेटको आकार बढाउँदै लगिएको हो । अन्तिम दिनसम्म पुग्दापनि बजेटको आकारबारे अर्थमन्त्री, अर्थसचिवसहितका संलग्नहरु टुंगोमा पुग्न नसकेका हुन् । दिउसो ४ बजे संसद भवन सिंहदरबारमा सरकारका अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसपटक भूकम्पको पुननिर्माणको लागि डेढ खर्ब रकम छुट्टाइदैं छ ।35

के के आउँदैछ बजेटमा
बजेटले सरकारी कर्मचारीको तलवमा १६ देखि २२ प्रतिशतसम्म बढाउँदैछ । त्यस्तै, वृद्ध भत्ता एक हजारबाट बढाएर १५ सय पुर्याउने तयारी सरकारको छ । युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण, एक घर एक रोजगारी दिने, किसानलाई पेन्सन दिने जस्ता पपुलिष्ट विषय पनि यसपटक बजेटले समेट्दै छ ।

महत्वकांक्षी योजनालाई प्राथमिकता
सरकारले यस अघिदेखि दाबी गर्दै आएको जलविद्युतदेखि सडकसहितका ठूला पूर्वाधारलाई प्राथमिकता राख्दै बजेट ल्याउने तयारी गरेको छ । काठमाडौं–तराई फास्ट ट्रयाक, पूर्व पश्चिम रेलमार्ग, बहुचर्चित जलविद्युत आयोजना निर्माण, केरुङ–काठमाडौं–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग बनाउन पनि बजेटले रकम छुट्याउने तयारी गरेको छ । चीनसँग दीर्घकालीन व्यापारका लागि यस अघि नै सरकारले घोषणा गरे अनुसार,गल्छी रसुवागढी सडकलाई पनि बजेट छुट्याइने छ । यसपटक सरकारले ८५ वटा नयाँ कार्यक्रमलाई बजेटमा समेटेको छ ।

सरकारले यसपटक सातवटै प्रदेशमा कम्तिमा पनि एउटा ठूलो आयोजना बनाउने गरी बजेट छुटाउनेभएको छ ।

सांसदलाई २ करोड ५० लाख
यस अघि निर्वाचन क्षेत्र विकास कार्यक्रममा एक करोड ५० लाख दिंदै आएकोमा यसपटक एक करोड बढाएर दुई करोड ५० लाख पुर्याउने तयारी सरकारको छ । यस्तो रकमको सांसदहरुले प्रभावकारी रुपमा खर्च गर्न नसकिरहेको बेला सरकारले फेरि भार पर्नेगरी रकम बढाएको हो ।

तर, चुनौति उत्तिकै
यस अघिका बजेट खर्च नभई बजेट त्यत्तिकै फ्रिज भएको नौलो होइन । भएका बजेट पनि आर्थिक वर्षको अन्त्यमा खर्च गर्न खोज्दा प्रभावकारी रुपमा खर्च नभएको पाइन्छ । यस्तोमा सरकारले ल्याउन लागेको पपुलिष्ट बजेटले कसरी काम गर्छ र कार्यान्वयन हुन्छ भन्ने विषय निक्कै चुनौतिपूर्ण छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अनेक आश्वासन बाँडेर ल्याउँन लागेको बजेट दुरुपयोग हुने भन्दै चिन्ता जनाइसकेका छन् ।nepaliheadlines

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog