निजामती कर्मचारीको बोली र व्यवहारमा सुधार आवश्यक’
शनिबार, १५ जेठ
कावासोती । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले निजामती कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहार र बोलीवचनमा सुधार ल्याउन आवश्यक रहेको बताएका छन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनको सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठन नवलपरासीले आयोजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष ढकालले आफनो बानी व्यवहारमा परिवर्तन गरी सेवाग्राहीको मन जित्ने काम गर्न उनले सङ्गठनमा आबद्ध कर्मचारीलाई निर्देशन दिए ।
उनले जेठ १९ गते हुने आधिकारिक ट्रेड युनियन निर्वाचनपछि कर्मचारीमा रहेका यी सबै संस्कारको व्यवस्थापन हुने विश्वास समेत उनले व्यक्त गरे ।
निजामती कर्मचारी प्रशासनलाई चुस्त राख्न, सरुवा, बढुवा तथा अन्य सेवा सुविधालाई वैज्ञानिक बनाउन, माथिल्लो तह र तल्लो तहका कर्मचारीबीच रहेको विभेद हटाउन निजामती कर्मचारी सङ्गठनलाई निर्वाचन जिताउन उनकाे अाग्रह थियाे । रासस
nepalsandesh