Monday, May 30, 2016

माओवादी केन्द्रका नेताको मदिरा पाटीमा को–को सहभागी ? (नामसहित)

काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता नारायाकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीदेखि गायिका कोमल ओलीसम्मलाई बोलाएर सोमबार राति भव्य पाटी दिएका छन् । ललितपुरको ऋद्धिसिद्धिमा माओवादी नेता श्रेष्ठले ठूलै पाटी दिएका हुन् । उनको पाटीको सबै चाँजोपाँजो उनकी सहयोगी सुशन कर्माचार्यले मिलाएको बताइएको छ । श्रेष्ठको पाटीमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षित, कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवाल, गायिका कोमल ओलीदेखि भारतीय राजदूत रणजित रायसम्मका उच्च व्यक्तिहरूको सहभागिता रहेको थियो ।sahit उपप्रधानमन्त्री विजय गच्छदार, टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसम्मका नेताहरूलाई पनि पाटीमा बोलाइएको थियो । मध्यरातसम्म चलेको पाटीमा इच्छाअनुसारका खानेपरिकार सजाएर राखिएको थियो । श्रेष्ठले बोलाएका पाहुनाहरूले ती परिकारहरू छानिछानी खाएको स्रोतले जनाएको छ । पाटीमा मदिरादेखि कुखुरा र खसीको मासुका परिकार पनि राखिएको एक सहभागीले बताए । माओवादी नेता श्रेष्ठले पाटी सोमबार बेलुका ६ बजेदेखि सुरू गरेका थिए । पाटीमा रामबहादुर थापा बादलको भने उपस्थिति नदेखिएको स्रोतको भनाइ छ । पाटीका विषयमा कुरा बाहिर ‘लिक’ हुनेभन्दै नेता श्रेष्ठले आफ्ना विश्वासपात्रहरूलाई मात्रै इन्ट्री दिएको स्रोतको भनाइ छ । आफू सर्वहारा कम्युनिष्ट नेता देखाउन सार्वजनिक सवारी साधनमा यात्रा गर्ने नेता श्रेष्ठले निजी पाटीमा गरेको खर्चको स्रोतका विषयमा सहभागीहरूले कानेखुसी गरेर जिज्ञासा राखेका थिए । उनको यो कार्यको माओवादी केन्द्रका नेताहरूले मन पराएका छैनन् । dainiknepal

Continue Reading…

प्रधानमन्त्री ओली र सभापति देउवाबीच गोप्य वार्ता, के–के भयो कुराकानी ?

काठमाडौं, १८ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच सोमबार अपरान्ह चार बजेदेखि पाँच बजेसम्म एक घन्टा गोप्य वार्ता भएको हो । संसद बैठक सक्किएर सबै सांसद र नेताहरू घरघर गइसकेपछि ओलीले देउवासँग परामर्श गर्नुभएको हो ।1
स्रोतको उहाँहरूका बीच संसदको गतिरोध अन्त्य र त्यसपछि राजनीतिक समीकरणका विषयमा परामर्श भएको थियो । ‘प्रधानमन्त्री ज्यूले सदनको गतिरोध अन्त्यका विषयमा देउवासँग चारो राख्नुभएको थियो’, भेटवार्ताका विषयमा जानकारी दिँदै स्रोतले भन्यो, ‘दुई शीर्ष नेताहरूबीच आगामी दिनमा सत्तासमीकरणमा पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि परामर्श भएको छ ।’

बजेट सदनमा पेश गर्नुअगाडि नै सार्वजनिक भएको बिरोधमा कांग्रेसले सोमबारको बैठक चार पटकसम्म अबरोध गरेको थियो । सोही विषयमा ओली र देउवाबीच कुराकानी भए पनि भित्री कुरा बाहिर सार्वजनिक गरिएको छैन ।
ओली र देउवाको सोमबारको गोप्य भेटवार्तामा भएको सहमति अनुसार संसद बैठक बस्नुअघि कांग्रेस र सत्तारुढ दलहरूबीच वार्ता गर्ने सहमति भएको स्रोतले जनायो ।
dainiknepal

Continue Reading…

‘नेपाल-चीन सम्बन्ध नयाँ युगमा’

१८ जेठ, काठमाडौं । चिनियाँ राजदूत ऊ चुन्ताईले नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

चिनियाँ चर्चित पर्वतारोही वाङ् जियाङ्ले लेखेको ‘साइलेन्स अफ दि समिट’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै राजदूत चुन्ताईले त्यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै सफल चीन भ्रमणपछि नेपाल र चीनबीचको संबन्ध नयाँ युगमा प्रवेश गरेको छ’ राजदूत चुन्ताईले भने ।bataa

प्रधानमन्त्री ओलीको भ्रमणका महत्वपूर्ण उपलब्धिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न नेपाल र चीन लागिपरेको राजदूत चुन्ताईले बताए । प्रधानमन्त्री ओली चैत ७ देखि १४ सम्म चीन भ्रमणमा गएका थिए ।

प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच ऐतिहासिक पारवहन यातायात सम्झौता लगायत दश बुंदे सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपालले विगतमा दक्षिणी छिमेकी भारतको बाटो हुंदै मात्र तेश्रो देशसँग समुन्द्री व्यापार गर्दै आएकोमा चीनसँग भएको यो सम्झौताले चीनबाट पनि अन्य मुलुकसँग पारवहन व्यापार गर्न मार्ग खोलेको थियो । ‘यतिबेला हामी प्रधानमन्त्री ओलीको भ्रमणका उपलब्धिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न निकै मेहनतका साथ लागिरहेका छौँ’ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित कार्यक्रममा राजदूत चुन्ताईले भने ।

राजदूत चुन्ताईले हिमालय नेपाल र चीनबीचका अवरोधका रुपमा नभई द्विपक्षीय सम्बन्ध विस्तार तथा कनेक्टिभिटी बढाउनका लागि महत्वपूर्ण रहेको बताए ।

सरकारले प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणमा भएका ऐतिहासिक सम्झौता र सहमतिको कार्यान्वयन अनुगमनका लागि परराष्ट्र सचिव शंकर दास बैरागीको नेतृत्वमा दुई भिन्न समितिहरु गठन गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चीनसँगका सम्झौताको कार्यान्वयनका लागि सबै मन्त्रालयले आफ्ना तर्फबाट गर्नुपर्ने कामका लागि कार्ययोजना तयार गर्ने, अन्र्त मन्त्रालयबीच नियमित बैठक बसि सम्झौताको कार्यान्वयनका लागि आन्तरिक गृहकार्य गरी चिनियाँ पक्षसँग छलफल अघि बढाइने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ पर्वतारोही वाङ्ले प्रकाशन गरेको पुस्तकले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध अझै मजबुत बनाउन मद्दत मिलेको बताए ।

‘वाङ्ले सगरमाथा, ल्होत्से लगायतका चुचुरा चढेर देखाएको साहस हाम्रा लागि सिक्न लायक छ’ प्रधानमन्त्रीले भने । आजको अन्नपूर्णमा समाचार छ ।nepaliheadlines

Continue Reading…

ओलीले फेरि भने, ‘गोप्य सहमति भएकै छैन’

१८ जेठ, काठमाडौं ।

बजेट सार्वजनिक गरेर वाहवाही कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद भवन नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा भने, ‘ बजेटपछि सरकार फेर्न विषयमा कुनै गोप्य सम्झौता भएको छैन ।

व्यवस्थापिका संसदको अर्को निर्वाचन नभएसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन, दृढतापूर्वक बजेट कार्यान्यवनमा लाग्नुस् ।’

bhanea
बजेट सार्वजनिक भएको २४ घन्टा नबित्दै प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको आयुका विषयमा आफ्नो दलका सांसदहरुलाई स्पष्टिकरण दिनुपर्नाको कारण थियो ।

केही दिनअघि प्रमुख सत्तासाझेदार दलका अध्यक्षले प्रचण्डले सत्ता परिवर्तन सम्बन्धि धारणा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

सोही क्रममा प्रधानमन्त्रीले एमाओवादीसँग कुनै गोप्य सहमति भएको छैन भनि स्पष्टिकरण दिएका हुन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

भारतको जोड– सीमांकन कि हिन्दूधर्म ?

१८ जेठ, काठमाडौं ।

प्रदेशको सीमांकनबारे मधेसीको मुद्दा सम्बोधन गरेर शान्ति आएपछि सम्बन्ध आफै सुदृढ हुने भारतीय अधिकारीहरूको तर्क छ ।

hunu
कस्तो संविधान बनाउने, कस्तो संघीयता बनाउने भन्ने नेपालको आन्तरिक मामिला भए पनि दुई देशको सम्बन्ध सुधार गर्न मधेसी दलले राखेको सीमांकनको मुद्दा सम्बोधन गर्नुको विकल्प नभएको उनीहरू बताउँछन् ।

नेपालमा ‘मोडरेट’ राजनीतिक शक्तिहरूबीच सहकार्यको वातावरण बन्नुपर्ने र राजनीतिक मुद्दाको राजनीतिक समाधान खोजी सबैलाई समेटेर अघि जानुपर्नेमा भारतको जोड छ । तर, भारतीय संस्थापन सीमांकनमा भन्दा हिन्दूधर्मको विषयमा बढी कठोर देखिएको छ ।

औपचारिक प्रतिक्रियाहरूमा हिन्दूधर्मको प्रसंग निकालिएको छैन । तर, नेपाललाई हिन्दू राष्ट्र बनाउन सके मोदी सरकार सफल भएको मान्न सकिने भारतीय जनता पार्टीका नेताहरूको विश्वास छ । नयाँ पत्रिका दैनिकमा खबर छ।nepaliheadlines

Continue Reading…

शेष घलेका कारण ठमेलमा आतंक

जेठ १८
काठमाडौं–भूकम्पले केही नभएका ठमेलका घरहरु अहिले धमाधम चर्किन थालेका छन् । एउटा मात्र होइा, दर्जनौं घरहरु बस्नै नहुने गरी चर्किन थालेपछि स्थानीयहरु आतंकित भएका छन् ।karn

अर्बपति व्यवसायी शेष घलेका कारण ठमेलमा यस्तो आतंक फैलिएको हो । उनले आठ अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागेको शेराटान होटेल निर्माणको कारण आसपासका घरहरु भास्सिन थालेका हुन् ।

होटल निर्माणका लागि धेरै जमिन खनिएकाले आसपासका क्षेत्रमा यस्तो समस्या देखिएको हो ।

जसकारण घलेविरुद्व स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले महानरपालिकामा समेत उजुरी हालेका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

ratopati

Continue Reading…

चीनले भन्यो, ‘नेपाल–चीनसम्बन्ध नयाँ युगमा प्रवेश, डराउनु पर्दैन’

काठमाडौं, १८ जेठ । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चिनियाँ चर्चित पर्वतारोही वाङ् जियाङ्ले लेखेको ‘साइलेन्स अफ दि समिट’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै राजदूत चुन्ताईले त्यस्तो बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै सफल चीन भ्रमणपछि नेपाल र चीनबीचको संबन्ध नयाँ युगमा प्रवेश गरेको छ’ राजदूत चुन्ताईले भने । प्रधानमन्त्री ओलीको भ्रमणका महत्वपूर्ण उपलब्धिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न नेपाल र चीन लागिपरेको राजदूत चुन्ताईले बताए । प्रधानमन्त्री ओली चैत ७ देखि १४ सम्म चीन भ्रमणमा गएका थिए । प्रधानमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच ऐतिहासिक पारवहन यातायात सम्झौता लगायत दश बुंदे सम्झौतामा हस्ताक्षर भएको थियो । chinleनेपालले विगतमा दक्षिणी छिमेकी भारतको बाटो हुंदै मात्र तेश्रो देशसँग समुन्द्री व्यापार गर्दै आएकोमा चीनसँग भएको यो सम्झौताले चीनबाट पनि अन्य मुलुकसँग पारवहन व्यापार गर्न मार्ग खोलेको थियो । ‘यतिबेला हामी प्रधानमन्त्री ओलीको भ्रमणका उपलब्धिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न निकै मेहनतका साथ लागिरहेका छौँ’ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित कार्यक्रममा राजदूत चुन्ताईले भने । राजदूत चुन्ताईले हिमालय नेपाल र चीनबीचका अवरोधका रुपमा नभई द्विपक्षीय सम्बन्ध विस्तार तथा कनेक्टिभिटी बढाउनका लागि महत्वपूर्ण रहेको बताए । सरकारले प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणमा भएका ऐतिहासिक सम्झौता र सहमतिको कार्यान्वयन अनुगमनका लागि परराष्ट्र सचिव शंकर दास बैरागीको नेतृत्वमा दुई भिन्न समितिहरु गठन गरिसकेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चीनसँगका सम्झौताको कार्यान्वयनका लागि सबै मन्त्रालयले आफ्ना तर्फबाट गर्नुपर्ने कामका लागि कार्ययोजना तयार गर्ने, अन्र्त मन्त्रालयबीच नियमित बैठक बसि सम्झौताको कार्यान्वयनका लागि आन्तरिक गृहकार्य गरी चिनियाँ पक्षसँग छलफल अघि बढाइने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ पर्वतारोही वाङ्ले प्रकाशन गरेको पुस्तकले नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध अझै मजबुत बनाउन मद्दत मिलेको बताए । ‘वाङ्ले सगरमाथा, ल्होत्से लगायतका चुचुरा चढेर देखाएको साहस हाम्रा लागि सिक्न लायक छ’ प्रधानमन्त्रीले भने । चिनियाँ पर्वतारोही वाङ्ले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा काम गरिरहेको बताइन् । ‘मेरो सफलताका पछाडी यहाँका शेर्पा दाजुभाइको उत्तिकै सहयोग छ । म वहाँहरुलाई धन्यवाद दिन चाहन्छु’ उनले भनिन् । उनले सगरमाथा लगायत हिमाल आरोहणका क्रममा भोगेका अनुभव पुस्तकमा समेटिएका छन् । उनले सन् २०१४ मा वसन्त ऋतुमा सगरमाथा चढ्ने एकल महिला बनेर विश्व रेकर्ड कायम गर्न सफल भएकी थिइन् । उनले तीनपटक सगरमाथा आरोहण गरिसकेकी छिन् । वाङ्ले ल्होत्से लगायत हिमाल पनि आरोहण गरिसकेकी छन् । dainiknepal

Continue Reading…

हिन्दु राष्ट्र ल्याउन पूर्वराजाद्वारा तीन हस्तीसँग गोप्य भेट

काठमाडौं, १८ जेठ । दुई साताअघिदेखि झापाको हिमालयन टि स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् । उनीहरु गएको शुक्रबार नै त्यता पुगेका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । rajaपूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएको बुझिएको छ । उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि–स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । dainiknepal

Continue Reading…

नेपालमा के चाहन्छ दिल्ली ? नाकाबन्दी गर्नु गल्ती भएको महसुस

काठमाडौं, १८ जेठ । भारतले प्रदेशको सीमांकन पुनरावलोकन मुद्दा समाधान नभएसम्म नेपालसँगको सम्बन्ध पुरानो अवस्थामा नफर्किने सन्देश दिएको छ ।

अहिलेको अवस्थामा उच्चस्तरीय राजनीतिक भ्रमण आदानप्रदानले मात्रै सम्बन्ध सुधार नहुनेमा भारत स्पष्ट देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तराईमा एक प्रदेश थपिने गरी संविधान संशोधन हुनुपर्ने भारतको अडान यथावत् छ । त्यसो नभए नेपाल दीर्घकालीन अस्थिरतातिर जाने र आफ्नो सुरक्षामा पनि दीर्घकालीन असर पर्ने भारतको निष्कर्ष छ ।dili

प्रदेश सीमांकन हेरफेर गरी तराईमा दुई प्रदेश बनाउन प्रमुख दल सहमत भएपछि भारतले नयाँ संविधानप्रति समर्थन जनाउने सन्देशसमेत दिएको छ ।

नेपाली पत्रकारसँग दिल्लीमा यसै साता भएका अनौपचारिक अन्तक्र्रियामा भारतीय नेता, विदेश मन्त्रालयका उच्च अधिकारी र विज्ञले संविधानपछिको प्रतिक्रिया र नाकाबन्दीमा कमजोरी भएको स्विकारेका छन् ।

‘अहिलेको समय नेपाल–भारत सम्बन्धका लागि संवेदनशील र जटिल छ । तर, यो अस्थायी चरण हो । दुवैतिरका स्टेकहोल्डरबीच सामान्य मतभेद छन्,’ भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘नेपालको संविधानमा हामीले प्रगति नै देखेका छौँ । बहुदलीय लोकतन्त्र आएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । अब बाँकी विषय समाधान गरेर अघि बढौँ ।’

मोदीको नेपाल नीतिमा कर्मचारीतन्त्र हाबी

साउथ ब्लकका उच्च अधिकारीहरूको मूल्यांकनमा प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरूसँग सम्बन्ध सञ्चालन राजनीतिक तवरबाट गर्न खोजेका थिए । तर, उनले अहिले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस. जयशंकरलाई सबै जिम्मा दिएका छन् । नेपाल र भुटान डेस्क हेर्ने सहसचिव अभय ठाकुरको यसमा सहयोगी भूमिका छ ।

‘जुन दिन नरेन्द्र मोदी जनकपुर जाने कार्यक्रम रद्द भयो, त्यसपछि उहाँले नेपाललाई पहिलाजस्तो प्राथमिकतामा राख्नुभएन,’ साउथ ब्लकसँग निरन्तर संवादमा रहेका एक भारतीय विज्ञले भने, ‘जनकपुर, लुम्बिनी र मुक्तिनाथमा दश हजार करोड रुपैयाँ घोषणा गर्ने उनको योजना कार्यान्वयन भएन, नेपालको संविधान निर्माण प्रक्रियाको आखिरीदेखि त सम्बन्ध बिग्रियो नै । त्यसपछि कर्मचारीतन्त्र नेपाल–भारत सम्बन्धको मामिलामा हाबी भयो ।’

भारतमा विदेशसचिव अन्तर्राष्ट्रिय मामिलामा सधैँ निर्णायक हुन्छन् । अहिले उनी र सुरक्षा सल्लाहकार हाबी छन् । ‘अहिले नेपालमा राजदूत रणजित राय, भारतमा विदेशसचिव एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार नेपालसम्बन्धी नीति निर्णयमा हाबी छन्,’ ती विज्ञले भने, ‘संविधानपछि राजनीतिक तहको सम्बन्ध कस्मेटिक मात्रै छ । ओलीजीको भ्रमण पनि त्यही हो । कर्मचारीतन्त्र सबै कुरामा हाबी छ ।’

नाकाबन्दी गर्नु गल्ती भएको महसुस

भारतले नेपालमा नयाँ संविधानबारे दिएको प्रतिक्रिया र लगाएको अघोषित नाकाबन्दी कमजोरी भएको महसुस गरेको छ । नयाँदिल्लीमा नेपाली पत्रकारसँगको अनौपचारिक कुराकानीमा भारतीय अधिकारीहरूले नाकाबन्दीसम्मको अवस्थाप्रति टिप्पणी गर्दै अपवादका रूपमा हेर्न आग्रह गरेका छन् । ‘संविधानको प्रतिक्रिया र लगत्तै विकसित भएको परिस्थिति (नाकाबन्दी)लाई छाडौँ, त्योबाहेक भारतले के–के गर्नुपर्ने हो, हामी तयार छौँ,’ विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘हाम्रो पाटोमा केही समस्या छैन, तपाईंहरूलाई केही लागेको छ भने भन्नुस्, समाधान गर्न तयार छौँ । त्यो अवस्था टेम्पोररी सेटब्याक थियो, अब त्यतातर्फ नफर्कौँ ।’

भारतको जोड– सीमांकन कि हिन्दूधर्म ?

प्रदेशको सीमांकनबारे मधेसीको मुद्दा सम्बोधन गरेर शान्ति आएपछि सम्बन्ध आफौ सुदृढ हुने भारतीय अधिकारीहरूको तर्क छ । कस्तो संविधान बनाउने, कस्तो संघीयता बनाउने भन्ने नेपालको आन्तरिक मामिला भए पनि दुई देशको सम्बन्ध सुधार गर्न मधेसी दलले राखेको सीमांकनको मुद्दा सम्बोधन गर्नुको विकल्प नभएको उनीहरू बताउाछन् । नेपालमा ‘मोडरेट’ राजनीतिक शक्तिहरूबीच सहकार्यको वातावरण बन्नुपर्ने र राजनीतिक मुद्दाको राजनीतिक समाधान खोजी सबैलाई समेटेर अघि जानुपर्नेमा भारतको जोड छ । तर, भारतीय संस्थापन सीमांकनमा भन्दा हिन्दूधर्मको विषयमा बढी कठोर देखिएको छ । औपचारिक प्रतिक्रियाहरूमा हिन्दूधर्मको प्रसंग निकालिएको छैन । तर, नेपाललाई हिन्दू राष्ट्र बनाउन सके मोदी सरकार सफल भएको मान्न सकिने भारतीय जनता पार्टीका नेताहरूको विश्वास छ ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ १८ गते मङ्गलबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । यात्राको योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।rashi

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । अनावश्यक यात्रा हुनेछ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ । साथीभाइ टाढिन सक्छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

तपाईं दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साझेदारीमा फाइदा छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

विद्यार्थीका लागि आज थोरबहुत सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । चौथो घरको चन्द्रमाले मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

अचल सम्पति बेचबिखन गर्ने वा दीर्घकालिक लगानी गर्नु फाइदाजनक नभए पनि दैनिक कारोबारबाट फाइदा नै हुनेछ । पारिवारिक र घरायसी जीवनमा विभिन्न समस्या देखापरे ता पनि तिनलाई सजिलै समाधान गर्नुहुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

मन उत्ताउलो र चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

दिनभरी सदन अवरुद्ध पारेपछि देउवालाई भेटेर ओलीले दिए कडा जवाफ

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आजदेखि व्यवस्थापिका संसदमा सुरु गरिएको बजेटमाथिको छलफल बैठकलाई कांग्रेसले दिनभरी लगाएर लगातार चार पटकसम्म अवरुद्ध गरेपछि प्रम ओलीले सभापति देउवालाई भेटेर स्पष्ट जवाफ दिएका हुन् ।iyaa
बजेटको सूचना चुहिएको भन्दै छानविन हुनुपर्ने माग राख्दै कांग्रेसले आज दिनभरीमा चार पटकसम्म संसद बैठक अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधका कारण आज बजेटमाथि छलफल नै हुन सकेन् ।
स्रोतका अनुसार भेटवार्तामा देउवाले संसदमा कांग्रेसले राखेको अडान दोहोर्याएका थिए ।
जवाफमा ओलीले बजेट हुबहु सार्वजनिक नभएको र करको दर समेत गोप्य रहेको भन्दै छानविन समिति नबन्ने स्पष्ट जवाफ फर्काए । उनले विगतका सरकारका पालमा सामान्य सूचना बाहिरै आएको स्मरण गर्दै यसपटक त्यति धेरै सूचना बाहिर नगएको समेत स्पष्ट पारेका थिए ।
संसद अवरुद्ध गरे कांग्रेसलाई नै घाटा हुने भन्दै प्रम ओलीले यस्ता विषय उठाएर सदन अवरुद्ध नबनाउन आग्रह गरेका थिए ।
त्यसपछि कड्किएर बोलेका देउवाले संसद चल्न नदिने चेतावनी दिएका थिए । ‘दुबै नेताबीच सहमति केही भएन्, छलफल पछि प्रम जानुभो’ स्रोतले भन्यो ।
dainiknepal

Continue Reading…

युवा महोत्सवका बाईक राईडर प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा यथेष्ट बजेट छुट्याइ युवालाई स्वस्थ रही देशको नाम राख्न सरकार ले योजना अगाडि बढाएको बताउनुभएको छ ।mantrilea
जेठ १ गते युवा संघ नेपालले आयोजना गरेको युवा महोत्सवमा बाईक स्टन्ड प्रर्दशन गर्ने श्यम्बु राईडर्स र राईडर्स अफ भक्तपुरका युवा संघका कार्यकर्तालाई सोमबार बालुवाटारमा प्रमाणपत्र दिई सम्मान गर्दै उहाँ बजेटमा युवा र खेलकुदलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो ।
जेठ १ को रियाल्लीमा १५ हजार भन्दा बढी जनमानसको सहभागिता थियो ।
आज सम्मानित हुने युवाहरुको संयोजन युवासंघका नेता सन्तोष सिलवाल ले गर्नु भएको थियो ।
dainiknepal

Continue Reading…

१० हजार मेगावाटको कर्णाली परियोजना चीन र भारतसँग मिलेर अघि बढाइने

काठमाडौँ, १७ जेठ । सरकारले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीलाई बढावा दिन लक्ष्यका साथ सरकारले आगामी आवको बजेट वक्तव्यमा कर्णाली चिसापानी परियोजनालाई समावेश गरेको छ ।
कुल दश हजार ८०० मेगावाट क्षमताको सो परियोजना अध्ययनकै क्रममा रहेको भए पनि तीन मुलुकबीच साझेदारीको सम्बन्ध स्थापना गर्ने लक्ष्यका साथ बजेटमा उल्लेख गरिएको ऊर्जा मन्त्रालयको भनाइ छ । ऊर्जा मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले समग्र दक्षिण एसिया र चीनलाई समेत सहभागी गराएर सो परियोजना अगाडि बढाउने प्रस्ताव सरकारको रहेको जानकारी दिनुभयो ।pani
“कर्णाली चिसापानी परियोजना चीनको थ्री गर्जेज जस्तै ठूलो र महत्वपूर्ण छ । यसलाई अगाडि बढाउन पाइयो भने त्यसबाट प्राप्त हुने लाभको हिस्सा नेपालले मात्रै होइन समग्र दक्षिण एसियाले पाउन सक्छ” –उपप्रधानमन्त्री रायमाझीले भन्नुभयो । सरकारले बजेटमार्फत अगाडि बढाएको सो परियोजनालाई मूर्त रुप दिन आवश्यक सबै तयारी गरिने र सम्बद्ध पक्षसँग सघन छलफल गरी निष्कर्षमा पु¥याइने उहाँको कथन थियो ।
वर्तमान सरकारले ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण र दीर्घकालीन कार्ययोजना अगाडि सारेकोे स्पष्ट पार्दै मन्त्री रायमाझीले भन्नुभयो, “राम्रो काम गर्नेलाई सरकार पुरस्कृत गर्छ, आयोजना ढिलाइ गर्ने, काम चोर्नेलाई कारबाही हुन्छ ।”
मन्त्री रायमाझीले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनालाई बजेटको व्यवस्था गरिएको र बैकल्पिक स्रोतको समेत जोहो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले बजेटमा रु पाँच अर्ब र पूर्वाधार करमार्फत पेट्रोल, डिजल र हवाई इन्धनमा प्रतिलिटर रु पाँच लगाइएपछि रु सात अर्ब बढी रकम जम्मा हुने प्रणालीको विकासले बूढीगण्डकी परियोजनामा स्रोत जुटाउन कुनै समस्या नहुने स्पष्ट पार्नुभयो । रासस
dainiknepal

Continue Reading…

सशस्त्र प्रहरी महानिरीक्षक राई अमेरिका प्रस्थान

काठमाडौं, १७ जेठ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा हुने युनाइटेड नेशन्स चिफ्स अफ पुलिस सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँको साथमा सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेल समेत त्यसतर्फ जानु भएको छ ।garidaii
संयुक्त राष्ट्र संघका महासचिव वान की मुनको निमान्त्रणामा सो सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राई त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उक्त सम्मेलन यही जेष्ठ २० र २१ गते दुई दिनसम्म संचालन हुने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भएका ८४ देशका प्रहरी प्रमुखहरु सो सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।
सो सम्मेलनमा परिवर्तित अवस्थामा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका चुनौती सम्बन्धमा छलफल हुने कार्यक्रम छ । यसैगरी शान्ति स्थापनार्थ खटिने मुलुकका सुरक्षाकर्मीलाई शान्ति मिसनको चुनौती अनुरुपको व्यावसायीक प्रशिक्षण आफ्नै मुलुकमा दिएर मिसनमा खटाउने लगाएतका विषयहरुमा समेत सो सम्मेलनमा छलफल हुने कार्यक्रम रहेको सशस्त्र प्रहरीका डीएसपी अजय छतकुलीले जानकारी दिए ।
dainiknepal

Continue Reading…

छानवीन हुनुपर्ने कांग्रेसको प्रस्ताव ओलीद्वारा अस्वीकार

जेष्ठ १७, २०७३- संसदमा पेस गर्नु अगावै बजेटको सूचना चुहावट भएकोबारे संसदीय छानवीन हुनुपर्ने प्रमुख विपक्षी कांग्रेसको मागलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

चुहावटको विरोधमा कांग्रेसले सोमबार एकै दिन ४ पटक सदन अवरुद्ध बनाएपछि ओलीले प्रमुख विपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । देउवाले बजेटको सूचना लिक हुनु संसदीय अपमान भन्दै छानवीन गर्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले भने बजेट हुबहु सार्वजनिक नभएको र करको दर समेत गोप्य रहेकाले यस्ता विषय उठाएर सदन अवरुद्ध नबनाउन आग्रह गरेका थिए ।

ओलीले यसअघि पनि बजेट अघि नै मिडियामा सार्वजनिक हुने गरेको दृष्टान्त राखेका थिए । ‘पोहोर पनि एक अनलाइनले हुबहु सार्वजनिक गरेको थियो । त्यसअघि पनि दैनिक पत्रिकामै आएको थियो’, व्यवस्थापिका-संसदस्थित आफ्नै कक्षमा प्रधानमन्त्री ओलीले भनेका थिए-‘यसपटक त्यस्तो गम्भीर असर हुने खालको केही चुहावट भएको छैन ।’nachane

देउवाले भने गत शनिवार बजेट अर्थ मन्त्री विष्णु पौडेलले संसदमा पेस गर्नु अघि नै मिडियामा आएको भन्दै त्यसमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका थिए ।

‘ओली, देउवासहितका नेताबीच करिब आधा घण्टा छलफल भयो । तर, केही सहमति बनेन’, सहभागी स्रोतले कान्तिपुरलाई बतायो । देउवाले उक्त घट्नाको छानवीन नभएसम्म सदन चल्न नसक्ने चेतावनी समेत दिएका थिए । ओलीले भने मिडियामा आएको मात्र विषयलाई लिएर सदन अवरुद्ध गर्दा हरेक वर्ष समस्या दोहोरिरहने भन्दै देउवाको प्रस्तावलाई अस्वीकार गरेका थिए ।

‘मिडियाले आफ्नै स्रोतले थाहा पाएर बजेटका केही कुरा बाहिर ल्याउलान् । त्यसमै टेकेर विरोध गर्न थालियो भने कुन अर्थ मन्त्रीले बजेट ल्याउन सक्लान ?’ ओलीले प्रश्न गरेका थिए ।
कांग्रेसका सांसदहरुले लगातार सदन अवरुद्ध गरेपछि नयाँ बानेश्वस्थित संसद भवनमै ओलीले देउवालाई भेटेका थिए ।

सोमबार विहान ११ बजे बोलाइएको बजेटबारे छलफलको सुरुमै कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले पूर्व अर्थ मन्त्री समेत रहेका नेता रामशरण महतलाई बोल्न समय दिएकी थिइन । महतले संसदमा बजेट आउनुपूर्व सरकारले लिक गरी संसदको मानहानी गरेकाले छानवीन हुनुपर्ने बताएका थिए । ‘यो संसदको अवमूल्यन हो । यसको छानवीन नभएसम्म संसदको कारवाही अघि नबढाइयोस्’, उनको भनाई थियो ।

त्यसपछि सभामुख घर्तीले ३० मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् । उक्त समयपछि बसेको बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेरले विरोध जनाए । त्यसपछि बोल्दै कांग्रेस नेता एवं सांसद रमेश लेखकले सरकारले गम्भीर अपराध गरेको भन्दै संसदीय छानवीन गर्न माग गरे । यसअघि पनि बजेट पहिले नै सार्वजनिक हुदा विरोध भई छानवीन भएको दृष्टान्त लेखकले राखेका थिए ।

उक्त छानवीन समितिले बुझाएको प्रतिवेदनले दिएका सुझावलाई सरकारले उल्लंघन गरेकोमा उनको आपत्ति थियो । ‘बजेट पहिले नै लिक भई विभिन्न व्यापारीकहाँ पुगेको छ । त्यसको असर शेयर बजारमै समेत पुगेको छ’, उनको भनाई सँगै सांसदहरुले विरोध यथावत राखेपछि बैठक साँढे १ बजेसम्मलाई दोस्रोपल्ट स्थगित गरिएको थियो ।

त्यसपछि बसेको तेस्रो बैठकमा पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरेपछि पूर्व अर्थ मन्त्री महेश आचार्यलाई बोल्न दिइएको थियो । उनले संसदको विशेषाधिकार उल्लंघन हुने गरी सूचनाहरु लिक भएकाले छानवीन नगरी बैठकको प्रक्रिया अघि बढाउन नहुने बताएका थिए । सभामुख घर्तीले ‘बसौं माननीय ज्यूहरु’ भन्दै आग्रह गरेकी थिइन । विरोध जारी रहेपछि बैठक दिउसो ३ बजे पुन बस्ने गरी स्थगित भएको थियो ।
चौथो पटक बसेको बैठकमा पनि अवरोध कायमै रह्यो । कांग्रेसकी संसदीय दलकी सचेतक इश्वरी न्यौपानेले बजेट पहिले सार्वजनिक गर्दा अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै त्यसबारे छानवीन हुनुपर्ने अडान दोहोर्‍याएकी थिइन । सभामुखले पुन ः बस्न आग्रह गर्दा पनि विरोध जारी रहेपछि बैठक मंगलवार ११ बजेसम्मका लागि स्थगित भएको थियो ।

Continue Reading…

आशिषको पोलिग्राफ टेस्ट रोकियो, मनिषा हत्याको कारण अझै खुलेन

काठमाडौं, १७ जेठ । राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको शंकास्पद मृत्यु भएको पाँच दिन वितिसक्दा पनि कारण खुल्न सकेको छैन् ।garidai
कारण पत्ता लगाउन मनिषाका प्रेमी आशिष चौधरीको आज गरिने भनिएको पोलिग्राफ टेस्ट पनि रोकिएको छ । आशिषले टाउको दुःखेको भनेपछि प्रहरीले सम्पूर्ण तयारी गरिसकेको पोलिग्राफ टेस्ट अन्तिम आएर स्थगित गरेको हो ।
पोलिग्राफ भनेको सत्य तथ्य पत्ता लगाउने मेसिन हो । पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परीक्षण विज्ञ टोलीले घटनाको सत्य तथ्य अनुसन्धान गर्नका लागि पोलिग्राफको सम्पूर्ण तयारी गरेपनि आशिषको टाउको दुखेपछि स्थगित भएको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।
‘आशिषले टाउको दुखेको भनेपछि अन्तिममा स्थगित गर्यौं । अब भोली हिानै परीक्षण गर्छाैं’ एसपी चौधरीले भने ।
उनका अनुसार मनिषाको पोस्टमार्टम रिपोर्ट टिचिङ हस्पिटलले प्रहरीलाई दिएको छैन् । जसका कारण कारण पत्ता लाग्न ढिला भइरहेको छ ।

Continue Reading…

नक्कली बावु र छोरा बनी नागरिकता बनाएकोमा दुइ पक्राउ

१७ जेठ, गुल्मी।
नक्कली बावु र छोरा बनी नागरिकता बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय गुल्मीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सान्तीपुर गाविस ५ निवासी नर वहादुर थापा क्षेत्री र निजका छोरा काजी वहादुर थापा रहेका छन् ।

निजले २०६० चैत १५ मा वावु नरवहादुर थापा क्षेत्रीको छोरा काजी बहादुर थापा बनाई जिल्ला प्रशासन कार्यालय गुल्मीवाट नागरिकता प्राप्त गरेकोमा पुन दोश्रो पटक २०७३ वैशाख १३ मा बावुको नाम परिवर्तनगरि उत्तम बहादुर थापा र आफ्नो नाम लोक बहादुर थापा बनाई जिल्ला प्रशासन कार्यालय गुल्मीवाट नागरिकता लिएको प्रमाणको आधारमा बावु र छोरा दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिएका छन्।

11
उनीहरु विषेश सुराकीको आधारमा राहदानीको सिफारिस लिनभनि आएको अवस्थामा जिल्ला प्रशासन कार्यालयवाटै पक्राउ परेका हुन् । उनीहरुको साथवाट जिल्ला प्रशासन कार्यालयवाट जारी गरिएका नयाँ र पुरानो दुवै नागरिकताहरु समेत वरामद गरिएको छ ।

रोगागारीको शिलशिलामा जापान जानकालागि गाविस सचिवलाई समेत झुक्याएर उक्त नागरिकता बनाएको बताईएको छ । पक्राउ परेका वावु र छोरा दुवैलाई थप अनुसन्धान र कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ ।

त्यसैगरि जिल्ला प्रशासन कार्यालय गुल्मीवाट लुकिछिपि नागरिकताको कभर (खोल) विक्र गर्दैै गरेको अवस्थामा एक युवकलाई समेत पक्राउ गरिएको छ ।nepaliheadlines

Continue Reading…

विप्लव माओवादीले गर्‍यो नेपाल बन्दको घोषणा, यस्तो छ कारण (विज्ञप्ति सहित)

काठमाडौं, १७ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको छ ।
विभिन्न समयमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरु रिहाहीको माग राख्दै सोमबार विप्लव माअ‍ोवादीले औपचारिक रुपमै जेठ २७ गतेका लागि नेपाल बन्दको घोषणा गरेको हो ।10
सोमबारै प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरी झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख राम प्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई पक्राउ गरेको विरोधमा नेपाल बन्दको घोषणा गरिएको उल्लेख गरेका छन् ।
झापा, जुम्ला र धादिङ जिल्लामा गिरप्तार गरी जेलमा हालिएका नेता र कार्यक्रताको विना शर्त रिहाको गर्न पार्टीले जेष्ठ २१ गते मेची, पश्चिम ताम्सालिङ (चितवन, धादिङ, नुवाकोट, रसुवा) र कर्णाली व्यूरोहरु बन्द र जेष्ठ २७ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा जनाएका छन् ।
dainiknepal

Continue Reading…

टर्की पुगेर नेपाली टोलीले संविधान र विकासको रफ्तारलाई यसरी चिनायो

काठमाडौं, १७ जेठ । अल्प विकसित राष्ट्रको लागि २०११ मा पारित गरेको स्तानुबुल कार्ययोजनाको समिक्षा बैठकमा भाग लिन गएको नेपाली टोली स्वदेश फर्किएको छ ।
टर्कीमा भएको ३ दिने अल्पविकसित राष्ट्रहरुको भेलामा सहभागी भई उपप्रधानमन्त्री एवं परारष्ट्रमन्त्री कमल थापाको नेतृृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल सोमबार स्वदेश फर्केको हो ।
समिक्षा बैठकलाई उपप्रधानमन्त्री थापाले सम्बोधन गर्नुभएको थियो । उहाँले ईस्तानाबुल कार्ययोजना कार्यान्वयन गर्दा नेपालले प्राप्त गरेको उपलब्धी र भावि कार्यदिशाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्ययोजनाले समेटेको विषयलाई नेपालले के कसरी कार्यान्यवन गर्देछ ? यसले आगामी दिनमा थप गति प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायले नेपाललाई के कसरी सहयोग गर्न सक्छ भन्नेमा सहभागिहरुले जोड दिएका थिए ।8
नेपालले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रतर्फ अघि बढाउन काम गरिरहेको समेत समिक्षा बैठमा उपप्रधानमन्त्री थापाले प्रष्ट पार्नु भएको बैठका सहभागी साँसद डम्बरध्वज तुम्वाहाम्फेले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघ र टर्की सरकारले संयुक्त रुपमा आयोजना गरेको यो मध्यावधी समिक्षा बैठकमा अफ्रिकाका ३४, एशिया प्यासिफिकका १३, ल्याटिन अमेरिका, हैटी गरी जम्मा ४८ राष्ट्रका विकसित तथा दातृ संस्था, संयुक्त राष्ट्रसंघीय निकायका उच्चस्तरीय प्रतिनिधिमण्डल, युरोपियन युनियन, विश्व बैंक लगायतका उच्चस्तरीय संस्थाका प्रतिनिधिहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
अल्पविकसित राष्ट्रहरुका लागि २०११ मा पारित भएको कार्ययोजना विभिन्न देशमा के कसरी कार्यान्वयन भईरहेका छ । भविश्यमा यो कसरी कार्यान्वय गर्न सकिन्छ भनेर छलफल भएको सासद तुम्बाहाम्फेले बताउनुभयो ।
समिक्षा कार्यक्रम राजनीतिक घोषणा पत्रको रुपमा आउटकम डकुमेन्ट बनाएर पारित गरिएको सांसद तुम्बाहाम्फेले बताउनुभयो ।
यस्तै संसद मञ्चम फोरममा नेपालको प्रतिनिधित्व गदै गत शनिवार सासद तुम्वाहाम्फे सहभागी भई आतंकबाद, इबोला र जलबायु परिर्वतनका बारेमा भएका कार्यक्रमा सहभागी हुन भएको थियो ।
dainiknepal

Continue Reading…

‘छानबिन समिति नबनेसम्म सदनको कारबाही अघि बढ्दैन’

१७ जेठ, काठमाडौँ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बजेट चुहिएका बारे छानबिन समिति गठन नभएसम्म व्यवस्थापिका–संसद्को कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट गरेको छ ।

नेपाली काँग्रेसको विरोधका कारण संसद्को आजको बैठक चार पटक सम्म स्थगन भएपछि सञ्चारकर्मीको जिज्ञासाको जवाफमा काँग्रेस सांसद डा रामशरण महतले छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नरहेको बताए । 7“हाम्रा मागको सुनुवाइ भएको छैन र सरकारले अहिलेसम्म छानबिन समिति गठनबारे कुनै किसिमको प्रत्युत्तर दिएको छैन”–संसद् परिषरमा एकत्रित भएका पत्रकारलाई उनले भने । उनले प्रतिपक्षका माग सम्बोधन नभएको बताउँदै बजेटमा बहस गर्न नेपाली काँग्रेस तयार रहेको बताए ।

सत्तारुढ प्रमुख दल नेकपा (एमाले)का सांसद वामदेव गौतमले बजेटको अङ्कमा केही तलमाथि भए पनि गम्भीर त्रुटि नभएकाले विरोधका लागि विरोध गर्नु विपक्षीको धर्म हो भने । उनले त्रुटि सच्च्याउँदै जानुपर्नेमा जोड दिँदै सदनको कामकारबाही अवरुद्ध गरेर काँग्रेसलाई घाटा हुने बताए। उनले छानबिन समिति गठन गर्ने किसिमको गम्भीर गल्ती बजेटका सन्दर्भमा नभएको र सरकारले कुनै समाचारपत्रलाई सूचना नदिएको स्पष्ट गरे राससnepaliheadlines

Continue Reading…

संविधान समयसापेक्ष संशोधन हुन्छ : सिटौला

सोमबार, १७ जेठ
नेपालगन्ज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयन नै मुलुकको राजनीतिक स्थिरताको पहिलो कडी भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ बाँकेले आज यहाँ आयोजना गरेको विचार विमर्श कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानलाई कार्यान्वयनमा लान सकिएन भने मुलुकमा ठूलो राजनीतिक अस्थिरता निम्तन सक्ने भएकाले त्यसतर्पm सबै चनाखो हुनुपर्छ ।”6
नेता सिटौलाले सानो चित्त र घेराबाट गरिने राजनीतिले मुलुकलाई समृद्धितर्पm डो¥याउन नसक्ने बताउँदै सबै राजनीतिक दलले मुलुक र जनताको हितलाई ध्यानमा राखेर राजनीतिक स्थायित्वका लागि सहमतिमा आउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष किरण कोइराला, पूर्व अध्यक्ष युवराज शर्मा, पूर्व सांसद कृष्णसिंह परियारलगायतले संविधान कार्यान्वयनलाई पार्टीले पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस
nepalsandesh

Continue Reading…

रानीपोखरीको पुनःनिर्माण तीव्र रुपमा अघि बढ्दै

काठमाडौँ, लामो समयपछि सुरु भएको रानीपोखरीको पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढिरहेको छ ।

‘गोरखा भूकम्प’का कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा भत्केको थियो । सो मन्दिर भाइटीकाका दिन मात्र खुल्छ, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् ।

रानीपोखरीको पुनःनिर्माण अन्तर्गत अहिले पोखरीको दायाँबायाँ रहेको बार निकाल्ने काम भइरहेको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले बताउनुभयो । हाल बालगोपालेश्वर मन्दिरको माथिल्लो भाग भत्काउने काम सकिएको र पोखरीको आसपासमा रहेको बगैँचा पुनःनिर्माण गर्ने काम भइरहेको कँडेलले जानकारी दिनुभयो ।

पुनःनिर्माण अन्तर्गत पोखरीमा रहेको केही पानी निकालिसकिएको र अब केही पानी निकालेपछि पोखरीको अन्य काम सुरु हुने बताइएको छ । पोखरीमा रहेका माछा भने बालाजु बाइसधारामा लगिएको छ । पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको हिलो फाल्ने काम सुरु हुने जनाइएको छ ।5

झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने कामका लागि कति जनशक्तिको आवश्यकता पर्ने, कति खर्च लाग्ने, हिलो कहाँ व्यस्थापन गर्ने भन्ने यकिन नभएको कामपाले जनाएको छ । रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गरिने, बोटबिरुवा रोपिने तथा हरियाली बनाइने बताइएको छ ।

ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’ प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी निर्माण गरिएको हो । पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उहाँका छोराहरु सहितको सेतो मूर्ति छ । पोखरीकै चारै कुनामा सोह्रहाते गणेश लगायत मन्दिर छ ।
रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ । राससnews24nepal

Continue Reading…

मनिषा मृत्यु प्रकरण : आशिषको टाउको दुखेपछि पोलिग्राफ टेस्ट हुन सकेन

परासी, १७ जेष्ठ । मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लागउन आज रुद्रनारायण (आशिष) चौधरीको गर्न लागिएको पोलिग्राफ परिक्षण टाउको दुखाईका कारणले स्थगित गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रहरी कार्यालय पोखराको पोलिग्राफ परिक्षण बिज्ञटोलीले घटनाको सत्य अनुसन्धान गर्नका लागि पोलिग्राफको सम्पूर्ण तयारी पुरा गरेर आज परिक्षण गर्ने भने पनि टाउको दुखाईले स्थागित गरिएको हो ।

फुटबलर विमल घर्ति मगरकी बहिनी मनिषा घर्ती मगरको मृत्युको रहस्य पत्ता लगाउन मनिषाका प्रेमी आशिषको पोलिग्राफ परिक्षण आज गर्ने तयारी भएपनि आशिषले टाउको दुखेको भन्दै अनुमति नदिएपछि परिक्षण भोली विहानका लागि स्थागित गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीले बताए ।4

पोलिग्राफ परिक्षण सम्बन्धित व्यक्तिबाट सत्य तथ्य कुरा निकाल्ने एक प्राविधि प्रक्रिया हो । पोलिग्राफ परिक्षणमा ईन्भेस्टिगेटिभ, जटिल तथा उच्चस्तरका घटनाहरुको अनुसन्धान गर्ने प्रक्रिया हो ।

आज पोलिग्राफ परिक्षण गर्दा घटनाको पोष्टमार्टन रिपोर्ट र घटेको घटनाको आधारमा तयार ठोस प्रश्नहरु सोधेर गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयले नवलपरासीले जनाएको छ ।

आशिषको पोलिग्राफ परिक्षणले घटनाको थप अनुसन्धानमा धेरै सहज हुने प्रहरी उपरिक्षक चौधरीले बताए ।

पोष्टमार्टनका लागि काठमाण्डौ लगिएको मनिषाको शवको अधिकारीक रिपोर्ट अझै जिल्ला आउन सकेको छैन ।

मनिषाको अन्तयेष्टी भईसक्दापनि भने पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारवाहीका लागि जिल्लामा विभिन्न दबाब मुलक कार्यक्रमहरु गर्दै आएको छ ।

ratopati

Continue Reading…

सरकारलाई थापाको निर्देशन- ऊर्जा संकटकाल कार्ययोजना तत्काल कार्यान्वयन गर

काठमाडौँ, १७ जेठ । सरकारले गत फागुन ६ गते सार्वजनिक गरेको ऊर्जा सङ्कट निवारण कार्ययोजनामा उल्लेख गरिएका महत्वपूर्ण विषयको कार्यान्वयन प्रक्रिया सुरु नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
गगन थापा सभापति रहेको व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको आजको बैठकमा धारणा राख्ने अधिकांश सांसदले सरकारले महत्वाकाङ्क्षी कार्यक्रम सार्वजनिक गरे पनि कार्यान्वयनको पाटो एकदमै कमजोर रहेको र सरकारले नै उक्त कार्ययोजनालाई ध्यान नदिएकामा गुनासो गरे ।
कार्ययोजना सार्वजनिक भएको तीन महिना पूरा भइसक्दा पनि तालुकदार ऊर्जा मन्त्रालयले नै ध्यान नदिएको, समस्यामा रहेका जलविद्युत् आयोजनाको अवस्था उस्तै रहेको, समस्या समाधान गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराए ।
एक वर्षभित्र अनुभव गर्नेगरी विद्युत्भार कटौती अन्त्य गर्ने र दुई वर्षभित्र पूर्ण रुपमा अन्त्य गर्ने योजना सरकारले गत असोजमा सार्वजनिक गरेको र सोही घोषणाका आधारमा कार्यक्रम अगाडि सारे पनि सरकारको क्रियाशीलता हेर्दा सन्तोष गर्ने ठाउँ नरहेको उनीहरुको भनाइ थियो ।3
नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो, चमेलिया जलविद्युत् आयोजनाको काम हालसम्म अगाडि बढ्न सकेको छैन । समय र लागत दुवै बढ्दै जाँदा ती आयोजना समस्याको चक्रब्यूहमा फसेका छन् ।
यस्तै, सहायक कम्पनीले निर्माण गरिरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, साञ्जेन, माथिल्लो साञ्जेन, रसुवागढी र मध्य भोटेकोसीजस्ता आयोजनाको कार्यप्रगति पनि सुस्त रहेको छ ।
यस्तै, निजी क्षेत्रले निर्माण गरिरहेका अन्य आयोजनाको अवस्था पनि उस्तै छ । वन तथा भूसंरक्षण, भूमिसुधार लगायतका मन्त्रालयसँग सम्बन्धित समस्या जस्ताको तस्तै रहेको सांसदको धारणा छ ।
“एकल डेस्क स्थापना गरेर जलविद्युत् आयोजनाको काम अगाडि बढाउने भनिए पनि त्यसको प्रक्रिया अहिलेसम्म सुरु हुन सकेको छैन, जग्गा प्राप्तिको विषय उस्तै जटिल रहेको छ, तर सम्बोधन गर्नेतर्फ सरकारले ध्यान दिएको छैन,” सांसद् काशीनाथ अधिकारीले भने ।
“प्रारम्भिक रुपमा केही काम सुरु भएको भए पनि गति र क्रियाशीलताका आधारमा सरकारको घोषणा कार्यान्वयन नै हुन नसकेको देखिन्छ,” सांसद् कृष्ण धितालले भने – “ ऊर्जा मन्त्रालय र त्यसमा पनि प्राधिकरणको भूमिका प्रभावकारी देखिएन ।”
सांसद् अमृतकुमार बोहोराको विचारमा प्रारम्भिक सुरुवात भए पनि ऊर्जा सङ्कट कार्ययोजनाले गति लिन नसक्नु दुःखद हो ।
समितिले जलविद्युत् आयोजनासँग सम्बन्धित मन्त्रालयका उच्च अधिकारीलाई बोलाएर सङ्कटकालीन कार्ययोजनाको विषयमा छलफल गरेको हो । छलफलमा उपस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले कार्ययोजनामा अस्पष्ट भएका विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट खाका तयार पारेर मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने बताए । कार्ययोजनामा कुल ९९ बुँदा रहे पनि त्यसमध्ये अस्पष्ट रहेका आधाभन्दा बढी बुँदाको तत्काल सम्बोधन गर्नुपर्ने सचिव घिमिरेको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले आफूहरुसँग सम्बन्धित विषयलाई समयै सम्पन्न गरेर अख्तियारी दिइएको बताए । उनले केही विषयमा रहेको अस्पष्टतालाई सम्बोधन गर्नुपर्ने भए त्यसका लागि आयोग तयार रहेको उल्लेख गरे ।
श्रम तथा रोगजार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले विदेशी कामदारलाई सहज रुपमा प्रवेशाज्ञा दिने विषयमा मन्त्रालयले सहजीकरण गरेको र आवश्यक व्यवस्था समेत गरेको जानकारी दिए ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिँदै केही विषयमा भने केही ढिलाइ भएको स्वीकार गरे । उनले भने – “हामी कार्ययोजनालाई कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने गरी काम गरिरहेका छौं । केही कमी कमजोरी भएको भए सच्याउन सकिन्छ । त्यसका लागि सबैको साथ र सहयोगको जरुरी छ ।”
प्राधिकरण रु पाँच अर्ब घाटामा
समितिको बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भारतबाट आयात गरेको विद्युत्को भुक्तानी तथा निजी आयोजनालाई भुक्तानी दिँदा प्राधिकरणको घाटा बढेर रु पाँच अर्ब पुगेको बताए ।
उहाँले भारतबाट आयात गरिएको विद्युत्लाई मात्रै मासिक रु ४० करोड भुक्तानी दिनुपर्ने अवस्था आएको भन्दै उक्त रकम आफूहरुले सरकारबाट प्राप्त गर्न नसकेको गुनासो गरे । हाल भारतबाट ३२५ मेगावाट विद्युत् आयात भइरहेको छ । आयात भइरहेको विद्युत्मध्ये केहीको एक सातामा र केहीको मासिक रुपमा भुक्तानी दिनुपर्ने व्यवस्था रहेको छ । समयमा भुक्तानी दिन नसक्दा ब्याज पनि तिर्नुपर्ने अवस्था रहेको भन्दै काफ्लेले तत्काल बजेट मिलाइदिन अर्थ मन्त्रालय र सम्बद्ध अधिकारीसमक्ष आग्रह गरे।
काफ्लेको आग्रह लगत्तै ऊर्जा मन्त्रालयका सहसचिव घिमिरेले अर्थ मन्त्रालयसँग रु पाँच अर्ब भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको जानकारी गराएका थिए ।
जलविद्युत्मा लगानी बढ्यो : राष्ट्र बैंक
बैठकमा सहभागी नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले जलविद्युत् क्षेत्रमा पछिल्लो दिनमा रु ८० अर्ब लगानी भएको बताए । उहाँले गत असारमा रु ५१ अर्ब मात्रै लगानी भएको भए पनि पछिल्लो दिनमा रु २९ अर्ब लगानी थपिएको जानकारी दिनुभयो । विकास बैंक तथा अन्य वित्तीय संस्थाले गरेको लगानीको हिसाब केन्द्रीय बैंकमा प्राप्त नभइसकेको उहाँको भनाइ थियो । बैंकले कम्तीमा पनि २० प्रतिशत कर्जा उत्पादनशील क्षेत्रमा लगानी गर्नै पर्ने बाध्यकारी प्रावधान राखेका कारण पनि वाणिज्य बैंक ऊर्जा क्षेत्रतर्फ आकर्षित भएको उहाँको धारणा थियो ।
कार्ययोजना तत्काल कार्यान्वयन गर्न निर्देशन
समितिले ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजनाको तत्काल कार्यान्वयन सुरु गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले आज विभिन्न निकायलाई सातबुँदे निर्देशन दिँदै घोषणालाई व्यावहारिक रुप दिन आग्रह गरिएको सभापति गगन थापाले जानकारी दिए । रासस
dainiknepal

Continue Reading…

सरकार फेर्ने कसरत नम्बर २

२२ वैशाख वैशाखमा जब तत्कालीन एमाओवादीले गरेको आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णयलाई धेरैले अस्वभाविक ठाने । कांग्रेसको समर्थन पाएको भन्दै एमाले नेतृत्वको वर्तमान सरकारमा सामेल भएर पनि माओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने निर्णय पदाधिकारी बैठकले गरेपछि राजनीतिक माहोल एकाएक तात्यो ।

ओलीलाई प्रचण्डले सोधे- “तपाइँ र मबीच सहमति भएको हो कि होइन ?”

तर, सोही दिन बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा एमाले नेता माधव, वामदेव गौतम, झलनाथ खनालसहितले सरकार ढाल्नुभन्दा बरु विकल्प खोज्न सुझाए । त्यतिखेरसम्म चीनसहितका शक्ति केन्द्रले ओली सरकार तत्काल ढाल्न नहुने भन्दै बरु सहमति गरेर अघि बढ्न प्रचण्डलाई सुझाएका थिए । प्रधानमन्त्री केपी ओली स्वयंमले पनि सरकार ढाल्नेभन्दा बरु वामपन्थी मिलेर जानुपर्ने र बजेटपछि आफू छोड्न तयार रहेको भन्दै प्रचण्डलाई सम्झाए । भावुक प्रचण्डलाई सम्झाउँन धेरैबेर पनि लागेन । किनकी चीनतिरबाट कम्युनिष्ट नेताहरुलाई निर्देशन आइसकेको थियो । र, ओलीले पनि आफू बजेटभन्दा पछि प्रधानमन्त्री भइरहने सोच नभएको प्रष्टै बताइदिएर, बजेटपछि अर्को सरकारको लागि मार्ग प्रशस्त गर्ने बताइदिए ।2

दुई कम्युनिष्टबीच यस्तो समझदारी भएपछि सात बुँदे सहमति बोकेर प्रचण्ड निवास पुगेका देउवा, विमलेन्द्र निधि र रमेश लेखक अचम्ममा परे । किनकी आफ्नो प्रस्तावमा प्रधानमन्त्री बन्न तयार रहेका प्रचण्डले बोली फेरिसकेका थिए ।

तातियो राजनीतिक माहौलः प्रचण्डले बोलाए कार्यदलको बैठक

प्रचण्डले अहिले आफू अघि नबढ्ने बताएपछि ओली सरकार थामियो । र, एकाएक माथि पुगेको राजनीतिक सरगर्मीको पारो एकाएक तल झर्यो । यसको कारण देखाउँने ९ बुँदे सहमति र नदेखाउँने तीन बुँदे भित्री भद्र सहमति थियो ।

सरकार फेर्नका लागि गरिएको त्यो कसरतको एक महिला बित्न लागेको छ । र, हतारहतार गरेर बजेट पनि ल्याइसकिएको छ । त्यसैले अब नेकपा माओवादी केन्द्र भइसकेपछि यो दल ढिलोचाँडो सरकार फेर्ने कसरतमा लाग्ने स्रोत बताउँछ ।

अब यसरी फेर्न खोजिंदैछ सरकार
भद्र सहमति माने एमालेसँगै मिलेर नयाँ सरकार गठन गर्ने नभए भड्किएको कांग्रेसलाई विश्वासमा लिएर सरकार फेर्ने कसरतमा माओवादी लाग्ने पक्कापक्की भइसकेको छ । यसका लागि माओवादी निकट भएर काम गर्ने शक्ति केन्द्रदेखि उसका पहुँचवाला हितैशीहरुले आफ्नो ठाउँबाट दबाब दिन थालिसकेका छन् । यसका लागि माओवादी आफ्नो सबै सूत्र र शक्ति यसतर्फ लगाइसकेको छ । किनकी अब हतारहतार गरी कम्युनिष्ट भाषामा लोकप्रिय बजेट पनि आइसकेको छ । किनकी लोकप्रिय बजेटलाई प्रधानमन्त्री ओलीले आफ्नो प्रतिष्ठासँग जोडेका थिए ।

अर्कोतर्फ र, संविधान कार्यान्वयनका लागि मधेसी दललाई मनाउन सरकार फेर्दा सहज र सजिलो हुने बुझाईमा माओवादी छ । किनकी ४ फागुनदेखि मधेस केन्द्रित दलसँग सरकारले वार्ता गर्न सकेको छैन । मधेसी दलहरु ओली सरकार रहेसम्म केही हुनै नसक्ने भन्दै घुमाउरो पाराले उनी हट्नुपर्ने माग र दबाबमा छन् । ढिलोचाँडो अबको कोर्ष पनि त्यतातिरै नै हो ।

एमालेसँग बहुमत छैन, फुर्ति गर्न जरुरी छैन- माधव नेपाल

अन्तिम समयमा आएर प्रचण्डले बोली फेरेपछि कांग्रेस बिच्किएको छ । तर, पनि माओवादी र एमालेबीच असन्तुष्टी हुने वित्तिकै कांग्रेसले त्यो रिस बिर्सेर प्रचण्डलाई फेरि मनाउने र फकाउँने अवस्था छ । यसका लागि कांग्रेसका नेताहरुले भित्रभित्रै तयारी गरिसकेका छन् । यस काममा सरकार फेर्न यस अघिदेखि नै इच्छा देखाइसकेका कृष्णबहादुर महरा, वर्षमान पुनले पनि सघाइरहेको बुझिएको छ ।

सरकार फेर्ने असफल प्रयत्न गरेर विवादित बनेका देउवालाई पुराना कुरा बिर्सेर अब सफल हुने गरी सरकार फेरेर देखाउँने चुनौति थपिएको छ । त्यसैले उनी कुनबाटोबाट हुन्छ अब पनि सफल हुने गरी सरकार फेर्ने तयारीमा लाग्नेछन् । यसका लागि दुई वा तीन महिना लागे पनि देउवाले यसपटक हतार नगरी सुझबुझपूर्णरुपमा अघि बढ्दैछन् ।

राजनीतिक विश्लेषक कपिल श्रेष्ठ अहिलेको सरकार काम गर्ने नभई सत्तामा मात्रै टिक्ने स्वरुपको भएकोले ढिलोचाँडो हट्नुको विकल्प नै नभएको बताउँछन् । ‘कांग्रेसबाट देउवाको निर्णय र कदम अपरिपक्व भयो, एमालेभित्रै फुट ल्याउने, माओवादीमा पनि असन्तुष्टी बढाएर भूमिका खेल्न देउवा चुकेका छन्’ श्रेष्ठ भन्छन्, ‘यो सरकारलाई न मधेसीले रुचाएका छन्, न आफ्नै पार्टीमा सबैले राम्रो भनेका छन्, त्यसैले अलिकति समय लाग्ला अब दलहरुको ध्यान सरकार फेर्नेतिरै हुन्छ ।’

सरकार फेर्ने प्रयासलाई वैशाख २१, २२ र २३ गते जसोतसो रोक्न सफल भएका नेताहरु हुन् । माधव नेपाल र वामदेव गौतम । अब यी दुई नेताहरुको सार्वजनिक टिप्पणी पनि भएको भद्र सहमति कायम गराउनुपर्छ भन्ने छ । किनकी यी दुवै नेताहरु टिकटकाले ओली सरकारमा मन्त्री हुन पाएका छैनन् । नेता वामदेव गौतम त झन् ओलीसँग पछिल्लो समय असन्तुष्ट छन् । त्यसैले सरकार फेरिंदा आफूलाई राजनीतिक लाभ हुने बुझाइ यिनको छ । अवसर छोप्न सिपालु वामदेवले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भद्र सहमतिमा अडिन दबाब दिइरहेका छन् ।
अध्यक्षमा ओलीसँग हारेका माधव नेपाल पनि अर्को महाविधेशनलाई लक्षित गर्दै ओलीलाई प्रधानमन्त्री बनिरहन दिने पक्षमा छैनन् । शक्तिमा निरन्तर भइराखे ओलीले अर्को महाधिवेशनमा पनि आफ्नो पक्षलाई हावी गराउने बुझेका नेपाल जसरी पनि छिटोभन्दा छिटो ओली सरकार फाल्ने पक्षमा छन् । पोखरा पुगेर सोमबार नेता नेपालले सरकार टिक्ने वा नटिक्ने अन्य दलको हातमा भर पर्ने बताएर अब सरकारको समय धेरै नभएको बताइदिए । एमालेको बहुमत नभएको भन्दै उनले अब सहमतीय सरकारको विकल्प नभएको पनि बताएर सरकार फेर्ने दिन टाढा नभएको बताइदिए ।

ओली निकटकै नेता शंकर भण्डारीले पनि सहमतीय सरकार बन्ने अवस्था आए तत्काल सरकार परिवर्तन हुने सक्ने सार्वजनिक टिप्पणी गरिसकेका छन् ।

यस्तो थियो बजेटपछि ओली सरकार विस्थापित गर्ने भनिएको तीन बुँदे सहमति
१. वर्तमान सरकारले आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट सदनसमक्ष प्रस्तुत एवं पारित गरेपछि तत्काल वर्तमान प्रधानमन्त्री क. केपी शर्मा ओलीले राजीनामा गर्ने ।

नेकपा एमालेको प्रस्ताव एवं सहभागितामा एनेकपा (माओवादी)का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन गर्ने । त्यस सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने ।

२. संविधान अन्तर्गत हुने आगामी संघीय, प्रादेशिक तथा स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) र एनेकपा (माओवादी)का बीचमा कार्यगत एकता गरी संयुक्त रुपमा अघि बढ्ने

३. दुई पार्टीबीचको सहकार्य एवं एकतालाई सघन एवं सुदृढ बनाउँदै समृद्धि, सामाजिक, आर्थिक रुपान्तरण र समाजवाद निर्माणको दिशामा अघि बढ्ने ।nepaliheadlines

Continue Reading…

प्रहरीचौकीमा आक्रमण गरी एघार प्रहरीको हत्या

अफगानिस्तान, अफगानिस्तानको हेलमान्ड प्रान्तको दक्षिणी भागमा अवस्थित एक प्रहरीचौकीमा आइतबार राति भएको आतङ्ककारी आक्रमणमा ११ अफगान प्रहरी मारिएका छन् ।

प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । तालिवान आतङ्ककारी र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा ती प्रहरीहरुको ज्यान गएको सो स्रोतले जानकारी दिएको हो ।1

गेरेस्क जिल्लाको वेजो क्षेत्रमा रहेको प्रहरी चौकीमा अज्ञात सङ्ख्यामा रहेका आतङ्ककारीहरुले सो आक्रमण गरेका राष्ट्रिय प्रहरीका कमाण्डर मतुल्लाह दउलतजाईले बताउनुभएको छ ।

यस दोहोरो झडपको क्रममा आठ प्रहरीको मत्यु हुनुको साथै अन्य सातजना घाइते भएका जनाइएको छ । यस आक्रमणमा परी सात प्रहरी वेपत्तासमेत भएका दउलतजाईले बताउनुभएको छ ।

दउलतजाईका अनुसार यस दोहोरो झडपको कारण कैयौँ तालिवान आतङ्ककारी मारिनुको साथै घाइतेसमेत भएका छन् । तर यसको सङ्ख्या भने प्रष्ट भएको छैन ।
अफगानिस्तानको हेलमान्ड प्रान्त तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्र हो । रासस÷एपीnews24nepal

Continue Reading…

नायक घिमिरेले अपहरण मुद्दामा सफाई पाए, भन्छन्- मलाई फसाइयो

काठमाडौं । ललितपुरका कुमार सिलवालको अपहरण र शरिर बन्धक मुद्दामा जिल्ला अदालतबाट सफाई पाएका नायक एवम समाजसेवी राज घिमिरेले श्रीमतिको मृगौलाको उपचार गर्न सापटी स्वरुप दिएको साढे तीन लाख रुपैया फिर्ता नगर्ने नियतले आफूलाई फसाउने प्रयास गरेको दावी गरेका छन ।gimere
उनले सो रकम बराबरको बाउन्स चेक समेत सिलवालले आफूलाई पटक पटक दिएर झुक्याएको जानकारी दिए ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले दिएको सापटी पैसा लामो समय फिर्ता नदिएपछि स्थानीय कफि सपमा बोलाएर फिर्ता दिन आग्रह गरेपछि त्यो पैसा नदिने नियतले अपहरणमा उजुरी दिएर फसाएको भन्दै आफू जस्तो जाने बुझेको मानिसलाई यसरी सहजै फसाईन्छ भने विकट गाँउका यूवाहरुको हालत के होला ? भनि प्रश्न गरे ।
गोदावारी क्षेत्रमा आफूले गरेको सामाजिक क्रियाकालापका कारण आफ्नो बर्चश्व गुम्ने भयले स्थानीय राजनीतिक दलका नेताहरुको प्रभावमा परेर आफूलाई फसाउने प्रयास गरेको दावी समेत गरे ।
घिमिरेले भने, ‘गोदावारीमा लाग्ने १२ वर्षे मेलामा प्रत्येक पटक तीन लाख घाटा देखाएर रकम हिनामिना गर्ने गरिएको थियो । यस वर्ष मेरो नेतृत्वमा आन्दोलन गरेर हामीले ६५ लाख रुपैया संकलन गर्यो । यसले गर्दा भ्रष्टाचार गर्न नपाएका र आफ्नो बर्चश्व गुम्ने भयमा परेकाहरुले षडयन्त्रपूर्वक फसाउन खोजेको हुन ।
उनले आफ्नै मामाको भतिजा समेत रहेको सिलवालले सो रकमबाट सात लाख रुपैया लिएर मौन बस्न गरेको आग्रहलाई आफूले अस्विकार गरेपछि आफूहरु विरुद्ध षडयन्त्र सुरु गरिएको बताए ।
घिमिरेविरुद्ध सिलवालले २०७२ पुस २ गते मुद्दा दायर गरेका थिए जसको फैसला गत बैशाख २९ गते जिल्ला अदालत ललितपुर गरी राज घिमिरेलाई निर्दोष प्रमाणित गरेको थियो । उनले अदालतको न्यायपछि अब आफू फेरि नेपाली चलिचत्र उद्योग र समाजसेवामा निरन्तर लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।
पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नायक एवम निर्माता भानुप्रताप, आशा नेपालकी विमला थापा, अधिवक्ता विजय सिलवाल, नायिका दिपशिखा खड्का, पीडित कैदि बन्दी परिवारका अध्यक्ष जीवन रायमाझी लगायतकाले राजले न्याय पाएकोमा खुसी ब्यक्त गर्दैै उनको भविष्यको सफलताको कामना ब्यक्त गरेका थिए ।
dainiknepal

Continue Reading…

कांग्रेसको विरोध नै बजेट प्रभावकारी छ भन्ने प्रमाण हो

प्रजातन्त्रको पुनरागमन पछि २०४८ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनी उग्र कम्युनिष्ट विरोधी थिए । विगतमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्य नभएकै कारण पञ्चायती शासन कायम थियो । नेपाली कांग्रेसले त्यस भन्दा पहिला २०१५ सालमा पनि बहुमत प्राप्त गरेको थियो । तत्कालिन राजा महेन्द्रले २०१७ सालमा लोकतान्त्रिक शक्तिहरुबीचको एकता नभएकै कारण पञ्चायती व्यवस्थाको शुरुवात गरेका थिए ।ho
नेपाली कांग्रेसले २०५१ सालको अल्पमतको सरकारले ल्याएको बजेटका बारेमा गरेको विरोध त्यसको लोकप्रियताका कारण हो भन्ने पछि पुष्टी भयो । अहिले पनि नेपाली कांग्रेसले संसद नै अवरुद्ध हुनेगरी बजेट र अर्थमन्त्रीको विरोध गर्नुले यो अहिलेको नीति तथा कार्यक्रम र बजेट पनि दुरगामी महत्वको छ भन्ने पुष्टी हुदैन र ? २०५१ को लोकप्रियता स्वीकार्न २० वर्ष लागेजस्तै अहिलेको लोकप्रियताका लागि कम्तीमा २०९० साल त कुर्नै त पर्ला ?
पुष्पलालले बाम प्रजातान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले पछि उनलाई गद्दार भन्नेहरु पनि भेटिए । बामशक्तिहरु मध्ये जव तत्कालिन नेकपा मालेले पञ्चायत भित्रै बसेर पञ्चायतविरुद्ध भण्डाफोर अभियान चलायो, २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमार्फत आफ्ना प्रतिनिधिलाई त्यहाँ पठाएर थप भण्डाफोर थाल्यो तव बाम प्रजातान्त्रिक सहकार्य शुरु भयो । जसका कारण २०४६ सालको परिवर्तन संभव भयो । नेपाली कांग्रेसका नेता विपी कोइरालाले पनि पछिल्लो समयमा बाम प्रजातान्त्रिक सहकार्यंमा जोड दिएका थिए । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईहरुले यसलाई निरन्तरता दिएकैले पञ्चायत ढलेको थियो ।
पञ्चायतको अन्त्य पछि अन्तरिम सरकारको नेतृत्व कृष्णप्रसाद भट्टराईले लिए । बाममोर्चा सहितको सहभागितामा बनेकोे सरकारले २०४७ साल कात्तिक २३ गते संविधान जारी गर्‍यो भने २०४८ बैशाखमा आम निर्वाचन गरायो । प्रधानमन्त्री रहेका भट्टराई पराजित भए । नेपाली कांग्रेस संसदीय दलको नेतामा गिरिजाप्रसाद कोइराला चुनिए र ५ वर्षका लागि उनी प्रजातान्त्रिक नेपालको प्रधानमन्त्री बने ।
गिरिजाप्रसाद कोइरालामा कम्युनिष्टलाई पेल्न भूत सवार थियो । उनले कम्युनिष्टहरुलाई विभिन्न बहानामा पेल्न थाले । सत्ताको अति दुरुपयोग भयो । विपक्षीले मात्रै होइन, नेपाली कांग्रेसको एक समुहले प्रधानमन्त्रीका क्रियाकलापको भण्डाफोर गर्न थाले । कोइरालाले सनकको भरमा संसद विघटन गर्दै मध्यावधी निर्वाचन घेषणा गरे । सत्तामा भएको समयमा निर्वाचन गरेर एक लौटी शासन सञ्चालन गर्ने कोइरालाको चाहना २०५१ को मध्यावधीले पुरा गर्न सकेन ।
मध्यावधी निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठुलो दलका रुपमा उदायो र संसदीय दलका नेता मनमोहन अधिकारी अल्पमतको सरकारको नेतृत्वमा पुगे । अधिकारी नेतृत्वको सरकारले केही लोकप्रिय कार्यक्रम ल्यायो । आफ्नो गाउँ आफै बनाऔ अभियान अन्तरगत प्रत्येक गाविसलाई ३ लाख रुपैया दिने, जेष्ठ नागरिक, एकल महिला, अपाङ्गगता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने लगायतका कार्यक्रम ल्याएपछि एमालेको नेतृत्वमा रहेको सरकारको व्यापक आलोचना भयो । जसरी आज केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पछि आलोचना भैरहेको छ ।
नेपाली कांग्रेस जसले बहुमतको सरकार बनाउदाँ पनि जनप्रिय कार्यक्रम ल्याउन सकेन । कांग्रेसका सांसदहरुले संसदमा बजेटको धज्जी उडाए । हुनै नसक्ने, गर्नै नसकिने, वितरणमुखी, प्रचारमुखी, एमालेकरण लगायत मकै भट्ट बाँडे जसरी बजेट ल्याएको भनेर विरोध गरे । विरोध मात्रै गरेनन् मनमोहन नेतृत्व सरकार हटाउन निकै मेहेनत गरे र सफल पनि भए ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा पहिलो पटक बनेको सरकार ९ महिना भन्दा टिक्न सकेन तर आज पनि आम जनताले सम्झने खालको सरकार त्यही भएको छ र त्यही सरकारले ल्याएका कार्यक्रमलाई यो वा त्यो रुपमा सबै सरकारले निरन्तरता दिएका छन् । सबै भन्दा विरोध गर्ने नेपाली कांग्रेस त्यसका नेता गिरिजाप्रसाद कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री बने । उनीहरुले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिए, थप गर्दै लगेको यथार्थ हाम्रा अगाडि छ । कांग्रेसको नेतृत्वमा सबैभन्दा बढी सरकार बने पनि कांग्रेसले आम जनताका लागि ल्याएको त्यस्तो जनप्रिय कार्यक्रम देख्न पाइएन ।
नेपाली कांग्रेस पटक पटक सत्तामा जान्छ, तर नयाँ कार्यक्रम केही ल्याउन सक्दैन, अनि अरुले ल्याए भने भएभरको शक्ति लगाएर विरोध गर्छ । २०७३ बैशाख १३ गते मनमोहन अधिकारीको स्मृति सभामा बोल्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मनमोहन नेतृत्वको सरकारले गरेको काम ऐतिहासिक रहेको बताएका थिए । २०५१ सालमा बनेको सरकारले गरेको कामलाई स्वागत गर्न, राम्रो थियो भन्न, त्यसका सकारात्मक कुरालाई मनन गर्न २२ वर्ष लाग्यो । राम्रोलाई राम्रो भन्न पनि नसक्ने, दशकौ कुर्नु पर्ने यो कस्तो विडम्बना हो ।
यस पटकका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पनि केही महत्वाकांक्षी कार्यक्रम सहित बजेट ल्याएको छ । बजेटमा धेरै राम्रा, सुधारात्मक कार्यक्रम छन् र केही चुनौतीपूर्ण पनि छन् । ति कार्यक्रमलाई सफल पार्नका लागि गंभिरता, निरन्तरता र सबैका बीच सहकार्य आवश्यक छ । तर नेपाली कांग्रेस निहुँ खोज्दैछ । नेपाली कांग्रेस सत्ता परिवर्तनको चक्रव्यूहमा छ । संविधान जारी गरेपछि एमालेलाई नेतृत्व दिने विषयमा सहमत भएको कांग्रेस प्रधानमन्त्रीमा उमेदवारी दिएर संविधान कार्यान्वयनलाई कमजोर बनाउन तल्लिन छ । वर्तमान सरकारले राष्ट्रियता, लोकतन्त्रको संस्थागत विकास र आम जनताका सरोकारका विषयका लागि लिएको अडान, योजना र बजेटलाई सकारात्मक रुपमा ग्रहण गर्नका लागि नेपाली कांग्रेसलाई अर्को २२ वर्ष कुर्नै पर्ने हो त ?
सरकारले सम्पूर्ण रुपमा राम्रो गर्‍यो, जनताका सबै समस्या हल गर्‍यो यस्तो पनि होइन, जनताका दैनिक समस्या समाधान लगायतका विषयमा सरकार चुकेको छ, गर्न सकिने काम पनि सम्पन्न भएका छैनन् तर यति हुदाँ हुदै पनि वर्तमान सरकारले मुलुकको पहिचानका लागि गरेको काम आम जनताको नजरमा बसेका छन् । भारतले लगाएको नाकावन्दीको डटेर सामना मात्रै होइन, भारत भ्रमणमा नेपालको शिर उचो बनाउने विषयमा प्रधानमन्त्रीलाई जनताले स्यावासी दिएका छन् । नेपाल भारतको वेष्ठित मुलुक होइन छिमेकी चिनसंग पनि यसले भारतकै जस्तो सम्बन्ध राख्न सक्छ भन्ने दृढ अडानका लागि लाग्दा मुलुकलाई केही हात परेको छ । यो जनताका नजरमा बसेको विषय हो ।
विकास निर्माणका लागि प्रधानमन्त्रीले देखेको सपना मुलुकको बृहत्तर हितमा छन् । सपना नै नदेख्ने, योजना नै नबनाउने, बजारले जता दौडाउछ, उतै दौडने नेतृत्वले मुलुकको हित गर्न सक्दैन । कम्तीमा केपी ओलीले सपना देखेका छन्, उनका सबै सपना अहिले नै भर्खरै पुरा हुन नसक्लान् तर उनले ल्याएको योजनालाई भावि पुस्ताले स्मरण पक्कै गर्ने छ ।
उमेरको हिसावले साढे छ दशक पार गरेका, स्वास्थ्यको हिसावले कमजोर अवस्थामा रहेका ओलीले देखेको सपना र ल्याएको योजनालाई ४० को वरिपरी उमेर भएका र भोलीको मुलुक हाँक्ने ल्याकत भएका युवा भनिने नेताहरुले समेत हावामा उडाइरहेका छन् । ९० को दशकमा मुलुकलाई आर्थिक रुपमा सबल र सामाजिक रुपमा विभेद रहित बनाउनका लागि आजैदेखि योजना आवश्यक छ । योजना, नीति र वित्तिय व्यवस्थापन मिलाउन सकियो भने बल्ल मुलुक समृद्ध बन्छ । समृद्ध मुलुक निर्माणका लागि राज्य सञ्चालनमा बस्नेहरुको योजना आवश्यक छ, प्रतिवद्धता आवश्यक छ र आम जनतालाई त्यसमा समाहित गर्ने ल्याकत आवश्यक छ ।
अन्त्यमा कृष्णमुरारी भण्डारीले उल्लेख गरेको एउटा सन्दर्भ यहाँ उपयुक्त हुने ठानेको छु- ‘नेपाली समाजमा नयाँ कुरा स्थापित गराउने पाँच मौलिक चरण छन्, जो विश्वमा कतै पाइदैन, पहिलो उडाउने, दोस्रो खिसीट्यूरी र आलोचना गर्ने, तेस्रो वेवास्ता गर्ने, चौथो काम भएको देखेपछि स्वीकार्न थाल्ने र पाँचौ त्यसपछि लम्पसार परेर सम्मान गर्न थाल्ने ।’
कम्तिमा सकारात्मक कामलाई सकारात्मक भन्न सकेमा मात्रै मुलुकको हित हुन्छ । स्वतन्त्र र स्वाधीन मुलुक निर्माणका लागि जनताको आयस्तर माथि उठाउन आवश्यक छ । त्यसका लागि हाम्रो देशमा भएका स्रोत साधनको अधिकतम उत्पादन, उपभोग, प्रशोधन र बजारीकरणमा ध्यान दिनु पर्छ । यसका लागि बजेटले केही सकारात्मक कुराहरु ल्याएको छ ।
सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि कर्मचारीको मनोवल उच्च हुन जरुरी छ । केवल आश्वासन, सिद्धान्त र भावनाले कर्मचारीको मनोबल बढ्दैन, त्यसका लागि उनीहरुको सेवा सुविधा समयानुकुल परिवर्तन हुन जरुरी छ । बरु तलव वृद्धि भए अनुसार काम गर्नका लागि सबै राजनीतिक दलहरुले कर्मचारीलाई दवाव दिनु पर्छ । सामाजिक सुरक्षा भत्ता वृद्धि गरिएको विषय लोककल्याणकारी राज्य तर्फ अग्रसर हुन खोजेको संकेत हो । यसलाई सकारात्मक रुपमा ग्रहण गर्न आवश्यक छ ।
निश्चय पनि बजेट ठुलो आएका कारण कार्यान्वयनमा चुनौती छ, चुनौती बिना कुन चाही कुरामा सफलता हात पर्छ त ? त्यसकारण चुनौतीलाई सामना गर्दै अवसरलाई उपयोग गर्दै अगाडि बढ्न सकेमा मात्रै मुलुकमा आर्थिक विकास संभव छ । आर्थिक विकास गर्दै परनिर्भरता हटाउदै समृद्ध नेपाल निर्माणका लागि सबैकाबीच सहकार्य र समन्वय आवश्यक छ । त्यसमा पनि ठुला राजनीतिक दलहरुबीचको सहकार्य अनिवार्य छ ।
सत्तामा लामो समय बसेर मात्रै केही हुदैन भन्ने कुरा २०५१ सालमा बनेको मनमोहन नेतृत्वको सरकार र त्यस अगाडि र पछाडि बनेका सरकारले हेरे पुग्छ । केपी शर्मा ओली नेतृत्वको सरकार पनि कति दिन टिक्छ वा कति टिक्न दिइन्छ भन्ने सन्त्रासकाबीच छ । जति सुकै दिन यो सरकार टिके पनि यसले लिएको अडान, यसका कार्यक्रमले आम जनतामा एउटा उत्साह थपेको छ । त्यसकारण भोली आउने सरकारहरुले पनि यसको निरन्तरता दिनुको विकल्प छैन ।
अन्त्यमा कृष्णमुरारी भण्डारीले उल्लेख गरेको एउटा सन्दर्भ यहाँ उपयुक्त हुने ठानेको छु- ‘नेपाली समाजमा नयाँ कुरा स्थापित गराउने पाँच मौलिक चरण छन्, जो विश्वमा कतै पाइदैन, पहिलो उडाउने, दोस्रो खिसीट्यूरी र आलोचना गर्ने, तेस्रो वेवास्ता गर्ने, चौथो काम भएको देखेपछि स्वीकार्न थाल्ने र पाँचौ त्यसपछि लम्पसार परेर सम्मान गर्न थाल्ने ।’
त्यसैले भएका कमी कमजोरीलाई सही मूल्यांकन गरेर सच्याउदै र जनताको पक्षमा रहेका कार्यक्रमहरुलाई दृढताका साथ अगाडि बढाउदै जादाँ उडाउने, आलोचना गर्ने, वेवास्ता गर्ने, स्वीकार्न चरण हुदै सम्मान गर्ने चरणमा पुग्न अवस्था सिर्जना हुन्छ । नेपाली कांग्रेसले २०५१ सालको अल्पमतको सरकारले ल्याएको बजेटका बारेमा गरेको विरोध त्यसको लोकप्रियताका कारण हो भन्ने पछि पुष्टी भयो । अहिले पनि नेपाली कांग्रेसले संसद नै अवरुद्ध हुने गरी बजेट र अर्थमन्त्रीको विरोध गर्नुले यो अहिलेको नीति तथा कार्यक्रम र बजेट पनि दुरगामी महत्वको छ भन्ने पुष्टी हुदैन र ? २०५१ को लोकप्रियता स्वीकार्न २० वर्ष लागेजस्तै अहिलेको लोकप्रियताका लागि कम्तीमा २०९० साल त कुर्नै त पर्ला ?
dainiknepal

Continue Reading…

फाइदामात्रै होइन, बेफाइदा पनि गर्छ कागतीले : यस्ता मान्छेले नखानुस कागती

“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष पनि हुन्छ। त्यसैगरी शरीरबाट विषाक्त हटाउने, छालाको सुन्दरता कायम गर्नेलगायत अन्य फाइदाका लागि प्रयोग गरिने अनमोल कागतीले हाम्रो शरीरमा विभिन्न किसिमका साइडइफेक्टहरू पनि ल्याउन सक्दछ।faida

बुझ्नुपर्ने कुराहरू
सर्वप्रथम त, कागती भनेको एकदमै अम्लीय तत्व हो, मतलब यसमा धेरै मात्रामा एसिड रहेको हुन्छ। त्यसकारण नै कसैकसैको लागि कागती विष सरह हुन जान्छ।
दोस्रो कुरा, अधिकांश छालाका समस्या जस्तै डण्डीफोरको दाग, कालो वा सेतो खीलको उपचार गर्नका लागि कागतीको प्रयोग गरिन्छ। तर, विचार पुर्याउनुपर्ने कुरा के छ भन्दा, कागतीले हाम्रो छालामा पनि साइडइफेक्ट गर्न सक्छ।
त्यसैले आफ्नो अनुहारको दागधब्बा, कालो दाग अथवा डण्डीफोरको उपचारको लागि कागतीको प्रयोग गर्नुभन्दा अगाडि निम्न कुराहरूमा सावधानी अपनाउनुपर्दछ-
सुक्खा छालाको लागि– यदि तपाईँको अनुहारको छाला सुक्खा खालको (तेल ननिस्कने छाला) छ भने, अधिक कागतीको जुस प्रयोग गर्दा त्यसले अझ बढि सुक्खा र फुस्रो बनाउँदछ। त्यसैले कागतीलाई सीधै अनुहारमा पोत्नुभन्दा, त्यसको रसलाई मनतातो पानीसँग घुलाएर पातलो बनाई लगाउनुपर्दछ।

डण्डीफोरको लागि– कागतीको जुसमा हुने अधिक एसिडले पाक्न लागेको डण्डीफोरलाई झन् असर गरी रगत निकाल्ने अथवा जलन गराउन सक्छ।

कालो छालाको लागि– यदि तपाईँको छाला कालोवर्णको छ भने डण्डीफोर तथा अन्य उपचारको लागि कागती प्रयोग नगर्दै उचित हुन्छ। किनभने कागतीमा भएको एसिडले छालालाई जलाएर अझ कालो बनाउन सक्दछ।

Side-Effects-of-Lemon-1कागतीका अन्य साइडइफेक्टहरू
१. दाँत खिइने
कागती, निबुवा, भोगटे जस्ता अम्लीय खानेकुराहरूको अधिक सेवनले दाँत र बलियो एसिडको व्यापक सम्पर्क हुने गर्छ। यसले दाँतलाई सुरक्षा गर्ने इनामेललाई खियाई दाँतलाई संवेदनशील बनाउँदछ, विशेष गरी तातो र चिसो खानेकुराको लागि। धेरै अमिलो खानेकुरा खाँदा दाँत कुडिन्छ, यो त सबैलाई थाहा भएकै कुरा हो। र दाँत कुडिएको बेला चिसो वा तातो पदार्थ खाँदा दाँत सिरिङ्ग बनाउँछ- यो पनि सबैलाई अवगत भएकै कुरा हो।

त्यसैले कागतीको सेवन गर्दा सीधै दाँतले टोक्ने अथवा चुस्ने गर्नुहुँदैन। कागतीको जुस पिउँदा पनि दाँतसँग सम्पर्क नगराउने गरी स्ट्र (Straw) को माध्यमबाट पिउनुपर्दछ।

कागतीको जुस अथवा कागती पानीको अधिक सेवनले छात्ति पोल्ने समस्या उत्पन्न हुन सक्छ। पहिल्यै देखि यस्तो समस्या भएकाहरूलाई झन् सताउन सक्छ। अमिलो खानेकुरा तथा पेयपदार्थको सेवनमा कमि गर्दा यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ।

३. एसिडिटी र अल्सर
छात्ती र पेटको बीच भागमा पोल्ने, रिँगटा लागेको जस्तो हुने, बान्ता हुन खोज्ने अनि भोक लागेको जस्तो महशुस हुने समस्या नै एसिडिटीका लक्षणहरू हुन्। धेरै चिल्लो, पीरो र अमिलो खानेकुराको सेवनले एसिडिटी बढाउँदछ, जसमा कागती पनि पर्दछ। भोजननलीमा पेटको एसिडले जलन गरिरहेको बेला कागती सेवन गर्दा त्यसले अझ बढि पोल्दछ र अवस्थालाई गम्भीर बनाउँदछ।

यदि तपाईँलाई अल्सर छ भने पनि कागती नखान हामी तपाईँलाई सल्लाह दिन्छौँ। कागती मात्रै होइन, अन्य अमिलो, पीरो र चिल्लो खानेकुरा पनि बार्नुपर्दछ।

४. पेटको गडबडी हुने
खाने कुरा पचाउन गाह्रो भैरहेको बेला कहिलेकाहिँ थोरै कागतीको सेवनले पचाउन सजिलो पर्दछ। तर यदि कागतीको मात्रा बढि भएमा त्यसको असर ठ्याक्कै उल्टो हुन जान्छ। यसले पेटको भित्री भित्तामा रहेका रक्षात्मक कोषमा क्षय पुर्याउँदछ, जसको कारण एसिडिटी, ग्यास्ट्रिक जस्ता समस्या पैदा गराउन सक्दछ। त्यसैले यदि कागतीको सेवन गर्नैपरेमा, सुरुमा थोरै मात्रामा खानुहोस्। १ गिलास पानीमा २/३ थोपा कागतीको रस मिसाएर पिउँदा उत्तम हुन्छ।

५. मृगौला तथा पित्तथैलीमा समस्या हुने
कागती जस्ता अन्य अमिलो खानेकुरामा नाप्न सकिने मात्रामा अक्जालेट (Oxalate) पाउन सकिन्छ। यो बोटबिरुवा, जनावर तथा मानवशरीरमा पाइने प्राकृतिक तत्व हो। जब हाम्रो शरीरमा अक्जालेटको मात्रा बढि हुन थाल्छ, तब त्यो थिग्रिएर पत्थरमा परिणत हुन थाल्छ र विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउन सक्दछ।

त्यसैले पहिल्यै देखि मृगौला तथा पित्तथैलीको समस्या भएका व्यक्तिहरूले कागती तथा अन्य अमिलो पदार्थको सेवन गर्नु हानिकारक हुन्छ।

६. बारम्बार पिसाब लाग्ने र निर्जलीकरण हुने
कागतीमा प्रशस्तै भिटामिन-सी हुन्छ, जुन ‘एस्कर्बिक एसिड’ (Ascorbic acid) को रूपमा पाउन सकिन्छ। यो एसिडको एउटा विशेषता के हो भन्दा, यसले मृगौलाको काम गर्न प्रक्रियालाई छिटो गराउँदछ र पिसाबको उत्पादनमा वृद्धि गराउँदछ, जसको कारण हाम्रो शरीरबाट छिटोभन्दा छिटो पानीको मात्रा घट्दै जान्छ र निर्जलीकरण हुने समस्या देखा पर्न सक्दछ।

अन्त्यमा, आफ्नो स्वास्थ्य स्थितिलाई मध्यनजर गरेर मात्रै कागती पानीको सेवन गर्न थाल्नुहोस्। दिनमा एउटा भन्दा बढि कागतीको सेवन नगर्नुहोस्। यदि कागती पानी अथवा कागतीको जुस पिउँदा माथि उल्लेख गरिएअनुसारको साइडइफेक्ट देखिन थाल्यो भने पिउन बन्द गर्नुहोस्। तर याद राख्नुस्, नियमित आवश्यक मात्राका कागती सेवन स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। नेपाली हेडलाइनबाट

Continue Reading…

मधेसवादी दलले ल्याए आन्दोलनको अनौठो कार्यक्रम, काठमाडौंमै देखाउने

काठमाडौं, १७ जेठ । जेठ १ देखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको मधेसवादी दलहरुको एकीकृत संस्था संघीय गठबन्धनले आन्दोलनको नयाँ कार्यक्रम ल्याएको छ ।
सिंहदरबार घेराउदेखि लिएर बालुवाटार घेराउ तथा राजधानीका विभिन्न सहरहरुमा प्रदर्शन गर्दासमेत राज्यले नसुनेपछि गठबन्धनले जेठ २५ गतेदेखि लागुहुने गरी अनसन बस्ने कार्यक्रम ल्याएको हो ।
गठबन्धनका संयोजक उपेन्द्र यादवद्धारा जारी विज्ञप्तिमा अधिकार नपाएसम्म निरन्तर संघर्ष गर्ने उल्लेख गर्दै प्रत्येक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौंको शहिद मञ्चमा रिले अनसन बस्ने उल्लेख छ ।
विज्ञप्तिमा वर्तमान सरकार त्यसै नमान्ने भन्दै अझै ठूलो संघर्षको तयारी गठबन्धनले गरिरहेको उल्लेख छ ।
हेर्नुस् विज्ञप्ति जस्ताको तस्तैःmadeshi
प्रेस विज्ञप्ति
सङ्घीय गठबन्धनको संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू,
प्रतिगामी तथा विभेदकारी संविधान विरुद्धकोसंयुक्त राष्ट्रिय आन्दोलन निरन्तर जारी छ । २०७३ जेठ १ गतेबाट सुरु भएको राजधानी केन्द्रित आन्दोलनले राष्ट्रिय एकता र जनताको विजयको आधार निर्माणका साथै नयाँ इतिहासको सुरुआत गरेको छ । यसले सिंहदरवारको नश्लीय सत्ताको जग हल्लाइ सकेको छ । तर, सत्ता पक्ष अझै गम्भीर नदेखिएको मात्र होइन देशमा पटक पटक भएका क्रान्ति, विद्रोह र आन्दोलनका जनादेश, आन्दोलनकारीहरूसँग राज्यले गरेका सम्झौता र सहमतिहरूलाई समेत उल्ट्याएर एक पक्षीय रूपमा अगाडी बढ्यो र अहिले पनि बढिरहेको छ । हामीले उठाउँदै आएको सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता, स्वशासन, धर्म निरपेक्षता तथा सबै उत्पीडित समुदायहरूको पहिचान स्थापित हुने गरी सङ्घीय संरचना निर्माण तर्फ लाग्नु भन्दा सरकार आफ्नो सत्ता सुदृढ गर्न नै लागी परेको छ । त्यसैले, न्याय, समानता र उत्पीडनबाट मुक्तिका लागि हामी आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी÷दलित, मुश्लिम, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरू अझै ठूलो सङ्घर्षको लागि अगाडि बढ्नु आवश्यक छ । सरकारी नीति तथा कार्यक्रम र बजेट भाषणमा उत्पीडित समुदायहरूको पहिचानलाई बेवास्ता गर्नु तथा स्थानीय निकायको पुनर्संरचना नै नगरी प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्नुले सङ्घीयता समाप्त गर्ने तिनीहरूको षड्यन्त्र स्पष्ट भएको छ । त्यसैले, वर्तमान प्रतिगामी तथा विभेदकारी संविधान पुुनर्लेखन र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नगरुञ्जेल हाम्रो सङ्घर्ष निरन्तर रूपमा जारी नै रहने छ ।
संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू निम्नानुसार तय गरिएको छ ः
१. २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान७ बजेदेखि बेलुका ७ बजेसम्म
काठमाडौँको शहीद मञ्चमा रिले अनसन ।
२. गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन
१÷/१ जना अनसन बस्ने ।
३. आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम,
सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने ।
४. प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका
कार्यक्रमहरू तय गर्न सकिने ।
५. अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने ।
…………………..
उपेन्द्र यादव
संयोजक
सङ्घीय गठबन्धन
dainiknepal

Continue Reading…

बुढानिलकण्ठमा टिपर खोलामा खस्यो, दुई जनाको मृत्यु

काठमाडौं, १७ जेठ । राजधानीमा टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ कपन निखिलेश्वर मन्दिर नजिक ना.४ ख ७२२ नम्बरको टिपर आइतबार खोलामा खस्दा सह–चालक काँडाघारी बस्ने १८ वर्षीय विशाल तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा टिपर चालक सोही ठाउँ बस्ने २३ वर्षीय जोन श्रेष्ठ समेत घाइते भएकोले उपचारको लागि ओम अस्पताल चाबहिलमा लगिएको छ ।khea
यसैगरी ललितपुरको बज्रवाराही नगरपालिका–११ स्थित बा.२ ख ७२९३ नम्बरको टिपर आइतबार अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खस्दा टिपर चालक ३३ वर्षीय राजिब तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका सह-चालकको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
dainiknepal

Continue Reading…

मधुमेहको बिरामीले के खाने, के नखाने ?

मधुमेहको बिरामीले के खाने, के नखाने ?

मधुमेहलाई नेपालीमा चिनीरोग पनि भनिन्छ । रगतमा चिनीको मात्रा बढ्नु नै यसको मुख्य कारण हो । मधुमेहको पनि दुई प्रकार हुन्छ । इन्सुलिनको उत्पादन नभएको अवस्थामा मधुमेह हुन्छ । यो प्रकारको मधुमेह हो । यो धेरै कम व्यक्तिहरुलाई हुन्छ ।

त्यस्तै इन्सुलिन निस्के पनि यसको काम गराइमा कमी आएको हुन्छ । यसले गर्दा चिनीहरु जीवकोषहरुमा पस्न नपाएर रगतमै घुमिबस्छन् र विभिन्न अंगमा क्षति पुर्याउँदै लैजान्छन् । यो प्रकारको मधुमेह धेरैलाई हुन्छ । आज हामी यसको लक्षण, समाधानका उपायको बारेमा चर्चा गर्नेछौँ ।rog
जोखिम
मधुमेह हुँदैमा डराइहाल्नुपर्दैन । सावधानी अपनाउने हो भने यसबाट आउन सक्ने विभिन्न जटिलबाट हामी जोगिन सक्छौं । तर, यसबारे ज्ञान भएन र सुगर, प्रेसरलाई नियन्त्रण गरिएन, डाक्टरलाई देखाइएन र विभिन्न अंगमा क्षति पुर्यायो भने जुनसुकै प्रकारको मधुमेहले पनि तपाईंलाई दुःख दिन्छ । त्यसमा क्षति पुगिसकेपछि भने सुधार गर्न धेरै गाह्रो हुन्छ । त्यसैले बढी क्षति पुग्नुअघि नै हामीले सावधानी अपनाउनुपर्ने हुन्छ ।

वंशाणुगत कारण पनि मधुमेह हुन्छ । पेटको गोलाइ बढी हुनु, अव्यवस्थित खानपान हुनु, व्यायामको कमी हुनुका कारण हामीलाई डायबिटिज हुने सम्भावना बढी हुन्छ । वंशाणुगत रुपमा त हामीलाई यसै पनि मधुमेह हुने सम्भावना रहन्छ । हामीले जीवन शैलीमा सुधार ल्याएर, व्यायाम गरेर, स्वस्थ भोजन गरेर पेटको गोलाइ बढ्न दिएनौं भने हामीले मधुमेहलाई अलि पर राख्न सक्छौं ।

कारखानमा बनेका गुलियो खानाले हाम्रो पेटको गोलाइ बढ्छ । यस्ता गुलिया लगायत गुलिया खानेकुरा शरीरका लागि हानिकारक हुन्छन् । बढी चिनी हाम्रो जिउले पचाउन सक्दैन । जुन प्राकृतिक रुपमा केरा, सुन्तला लगायत फलफूलमा पाउनुहुन्छ । मधुमेह खासगरी पेटको गोलाइ बढ्नाले र अस्वस्थकर खानाले हुने गर्छ ।

बढी चिनी हाम्रो शरीरले पचाउन सकेन भने त्यो फ्याटमा परिवर्तन हुन्छ । पछि गएर त्यसले चिनीरोग मात्रै होइन, मुटुरोगको जोखिमलाई पनि बढाउँछ । गुलिया मिठाई मात्रै नभएर कोक, फ्यान्टा, जुसले पनि मधुमेह हुन सक्छ । बजारिया पेय पदार्थमा पनि फ्रुक्टोसिरफ भन्ने हालेको हुन्छ, यसलाई मेडिकल साइन्सले विषै मान्छ । किनभने, भोलि त्यो जम्मा भई फ्याटमा परिवर्तन भएर हामीलाई दुःख दिन सक्छ ।

लक्षण
५० प्रतिशत व्यक्तिमा यसको लक्षण नै देखिँदैन । तर, लक्षण देखिएन भन्दैमा मधुमेह भएको छैन भनेर ढुक्क हुन सकिँदैन । केही लक्षण भने देखा पर्छन् । जस्तो स् बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ संक्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुख्खा हुनु । यस्ता लक्षण नदेखिईकन पनि मधुमेह लागेको हुन सक्छ ।

स्वयं व्यवस्थापन

मधुमेहको डाक्टर बिरामी आफैं हुन सक्छ । पहिलो त के कारणले मधुमेह लाग्छ भनेर ज्ञान हुनुपर्यो, जो माथि आइसक्यो । हामीले खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौं भने मधुमेहबाट जोगिन सक्छौं । जस्तो – ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ । तर, सागसब्जी बढी र अन्न कम अर्थात दुई मुठीमा अटाएजति खाने ।

माछामासु हत्केलामा अटाएजति दुई–तीन पिस खान सकिन्छ । तर ह्वाइट मिट खानुपर्छ । जसमा कुखुरालगायत दुईखुट्टे पन्छी पर्छन् । यस्तो मासु पनि बोसोरहित हुनुपर्छ । रातो मासु अर्थात् चारखुट्टेको मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तेल चाहिँ बूढी औंलाको टुप्पामा अट्नेजति खाने ।

दूध–दही, फलफूल मात्रा मिलाएर खाइरहनुपर्छ । एकैचोटि धेरै नखाने थोरथोरै तर समय–समयमा खाने । यो नै सन्तुलित भोजन हो, यसले सबै रोगबाट बच्न मद्दत गर्छ । तारेको चिज अति नै कम खाने, सकेसम्म खाँदै नखाने । त्यस्तै, मिठाई लगायत गुलियो खानेकुरा, कोक–फ्यान्टालगायत पेय पदार्थ नखाने ।

मधुमेह भएकाले के खाने के नखाने भन्ने हुँदैन, जो हामी नियमितजसो खाने गर्छौं । त्यसमा मात्रा मिलाउने भन्ने त माथि नै आइसक्यो । मधुमेह मात्रै होइन कि जुनसुकै रोगबाट बच्न मदिरा र सुर्तीजन्य पदार्थसेवन गर्नु हुँदैन । त्यसपछि व्यायाम गर्नुपर्छ । हामीले शरीरका सबै अंग चलाउनुपर्छ । व्यायाम गर्दा विभिन्न जोर्नीहरु चलाउनुपर्छ ।

दिनमा एक घन्टा वा कम्तीमा आधा घन्टा हिँड्नैपर्छ । व्यायाम भनेर अलि कडा खालको भन्ने पनि बुझिन्छ । तर, अध्ययन, अनुसन्धानले के देखाएको छ भने शरीर र उमेर हेरी सबै प्रकारका व्यायाम गर्दा राम्रो हुन्छ । जस्तो, मसल बनाउन युवाले केही चिज उचाल्ने गर्छन्, यो व्यायाम वृद्धवृद्धाले पनि गर्न सक्छन् । तर, उचाल्ने चिज शरीर हेरी ठिक्कको हुनुपर्छ । यो हप्तामा दुईपटक गर्न सकिन्छ । अरु दिन शरीर चल्ने व्यायाम गर्नुपर्छ ।

अर्को, तनावलाई कम गर्ने । तनावबाट पूर्ण रुपमा मुक्त हुन सकिँदैन । तर, कम गर्न सकिन्छ । खुसी रहन, हाँस्न प्रयत्न गर्ने । दुःखी रह्यो भने सुगर व्यवस्थापन गर्न गाह्रो हुन्छ । तनावमा भएका बेला सुगर ह्वात्तै बढ्छ । किनभने, तनावमा कर्टिसोल हर्मोन निस्कन्छ, जसले सुगर निकाल्छ । त्यसैले सकेसम्म हामीले तनावलाई घटाउनुपर्छ । आफू तनावमा आएको आफैंले बुझेर रिल्याक्स गर्नतिर लाग्नुपर्छ ।
यसमा ग्रुप थेरापी अपनाउन सकिन्छ । मधुमेह भएका साथीहरु भेटघाट हुने, मधुमेहबारे छलफल गर्ने । अफिसमा पनि ग्रुप बनाएर कुरा गर्न, हाँस्न सकिन्छ ।

हामी आफैं पनि शरीरको अनुगमन गर्न सक्छौं । अचेल मधुमेह नाप्ने यन्त्र ग्लुकोमिटर पनि सस्तैमा पाइन्छ । बेला–बेला सुगर चेकजाँच गरिरहनुपर्छ । त्यस्तै, कोलेस्टोर, ब्लड प्रेसरको चेकजाँच गरिरहनुपर्छ । त्यस्तै, औषधि नियमित सेवन गर्नुपर्छ । लक्षण नदेखिँदा पनि हामीले औषधि देखाएका हुन्छौं । पछि गएर अन्धोपन नहोस्, मुटुरोग, यौन दुर्बलता आदि नहोस् भनेर औषधि दिइएको हुन्छ । औषधिले खासगरी दुई क्षेत्रमा काम गर्छ— सुगर घटाउन र अर्को कोलेस्टोर, ब्लड प्रेसर सन्तुलित राख्न ।

विज्ञ डाक्टरले दिएको औषधि नियमित सेवन गर्नुपर्छ । बाहिर नदेखिने रोगमा औषधि खान हुँदैन, यसले झन् स्वास्थ्य बिगार्छ भन्ने हामीकहाँ भ्रम व्याप्त छ । तर, विज्ञ डाक्टरको सल्लाहबमोजिम औषधिको नियमित सेवनले मुटुरोग, मधुमेहलाई राम्रो गरेको विश्वका विकसित मुलुकमा प्रमाणित भएका छन् ।

सुगरको मात्रा हाम्रो रगतमा बढ्दै गयो भने त्यसले आँखा, किड्नी, नशाहरु पनि बिर्गाछ । त्यसैले स्वयं व्यवस्थापन जरुरी छ । दुई समूह बनाएर डाक्टर, नर्सको निगरानीमा परीक्षण गर्दा पनि यो प्रमाणित भएको छ कि सुगर भइसकेका रोगीले स्वयं व्यवस्थापनलाई ध्यान दिँदा स्वस्थ हुँदै गए । तर, खानपानमा ध्यान नदिने, व्यायाम नगर्ने, तनाव घटाउन ध्यान नदिने, चेकजाँच नगर्ने र नियमित व्यायाम नगर्नेहरु झन्झन् रोगी भएको देखियो । त्यस कारण स्वयं व्यवस्थापनले नै हामी मधुमेह लगायत धेरै रोगबाट बच्न सक्छौं ।

अकस्मात के गर्ने ?

सुगर ब्रेनमा कम भयो भने पनि ब्रेनले राम्रोसँग काम गर्दैन, मान्छे बेहोसीको हालतमा पुग्छ । तर, यो अवस्था पनि अकस्मात आउँदैन, योभन्दा अघि संकेत हुन्छ, ढुकढुकी बढ्ने, हात काम्ने, भोक लाग्ने आदि हुन्छ । यस्तो बेला भने तुरुन्त गुलियो पदार्थ खाइहाल्नुपर्छ । किनभने तत्काल ब्रेनलाई ग्लुकोज चाहिन्छ । ग्लुकोज पानी वा पानीमा चिनी घोलेर खान सकिन्छ ।

तर, सुगर बढी भएको अवस्थामा भने बेहोसीमा लैजाने अवस्था कमै हुन्छ । त्यसैले सुगरको अवस्था चेकजाँच गरिरहनुपर्छ । विदेशमा सुगरका बिरामीले कार्ड बोकेका हुन्छन्, जसमा उसको सुगरको अवस्था र कुन औषधि खाने गर्छ भन्ने लेखिएको हुन्छ । यो विधिलाई नेपालमा पनि प्रयोग गर्न आवश्यक छ । यदि बिरामी कतै बेहोस भए यस्तो कार्डले काम गर्न सक्छ ।

Continue Reading…

संसद बैठकमा प्रतिपक्षी कांग्रेसले रेकर्ड तोड्यो! सभामुखलाई आपत्

काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार व्यवस्थापिका संसदमा बजेटको सूचना चुहिएको भन्दै एकै दिन तीन पटक बैठक अवरुद्ध गरेर रकर्ड कायम गरेको छ ।
यसअघि एक वा दुई चोटी अवरुद्ध पार्दा बैठक स्थगित गरिन्थ्यो । तर, आज कांग्रेसले लगातार तीन पटक बैठक अवरुद्ध गरिसक्यो । तरपनि सत्तारुढ दलहरुको दबाबमा सभामुखले अझै ३ बजेपछि बस्नेगरी बैठक बोलाएकी छिन् ।
apat
संसदमा बोल्दै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ
व्यवस्थापिका संसदका एक उच्च कर्मचारीले भन्दै थिए- ‘आज त कांग्रेसले रकेर्ड नै तोड्यो । अवरुद्ध पनि कति गरेको हो । सभामुख ज्यूले बैठक स्थगित गर्नुपर्ने, हो बोलाएको बोलायै हुनुहन्छ ।’
आजदेखि बजेटमाथि छलफल गर्नेगरी संसदको बैठक बोलाइएको थियो । तर, प्रमुख विपक्षी कांग्रेसले संसदमा पेश गर्नु अघि नै बजेट सार्वजनिक भएको भन्दै लगातार अवरुद्ध पारे ।
आजको बैठकको सुरुमा पूर्वअर्थमन्त्री डा. रामशरण महत बोले । उनले बजेट सार्वजनिक हुनअगाडि नै पत्रिकामा आएको र यसले संसदको मानहानी भएको भन्दै छानविन समिति गठन गर्न माग गरे । त्यसपछि कांग्रेसका सांसदहरुले उठेर नाराबाजी गरेपछि संसद आधा घन्टाका लागि स्थगित भयो ।

त्यसपछि बसेको बैठकमा पनि कांग्रेसले आफ्नो अडान यथावत राख्यो । कांग्रेस सांसद रमेश लेखकले संसदीय समिति गठन नभएसम्म सदनको काम कारबाही अघि बढ्न नसक्ने बताएपछि बैठक फेरि आधा घन्टाका लागि दिउँसो साढे १ बजेसम्म स्थगित भयो ।
करिब १५ मिनेट ढिलो बसेको तेस्रो बैठकमा कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहिनु गम्भीर भएको भन्दै छानबिन गर्न माग गरे । तेस्रो बैठक पनि कांग्रेसबाट अवरुद्ध भएपछि सभामुखले बैठक साढे ३ बजे बस्ने गरी स्थगित भएको घोषणा गरिन् ।
dainiknepal

Continue Reading…

१० करोड फिरौती बुझाएर उद्यागी केडिया अपहरणमुक्त भएको खुलासा

जेठ १७

काठमाडौं – गत बिहिबार बाराको बरियारपुरबाट अपहरणमा परी भारत पुर्याएका केडिया अर्गनाइजेसनका सदस्य सुरेश केडिया १० करोड रुपैयाँ फिरौती बुझाएर अपहरणमुक्त भएको खुलासा भएको छ । भारतीय न्युज च्यानल आज तकले पारिवारि स्रोतको हवाला दिँदै १० करोड फिरौती बुझाएको दाबी गरेको छ ।

khulasa
समाचारमा फिरौती रकम काठमाडौंबाट मुम्बई पठाइएको उल्लेख छ । उक्त रकम ५–५ करोड दुई किस्तामा मुम्बाई पठाइएको बताइएके छ । रकम बुझेपछि अपहरणकारीले केडियालाई मोतिहारीको एक गाउँमा ल्याएर छाडेको र अपहरणकर्ताले नै प्रहरीलाई केडिया उक्त गाउँमा रहेको सूचना दिएको समाचारमा जनाएको छ ।

प्रहरी स्रोतलाई उल्लेख गर्दै थप भनिएको छ, ‘सुरेश सद्भवाना पार्टीका सांसद् विमल केडियाका भाई हुन् । उनले नै केडियालाई रिहा गर्न १० करोड रुपैयाँ जुटाएका थिए । भाई अपहरणमा परे पनि केडिया तीन दिनसम्म काठमाडौं छाडेर वीरगंज गएनन् ।’ काठमाडौंमै बसेर फिरौती रकम जुटाउने र मुम्बई पठाउने काममा सांसद् केडिया लागेको समाचारमा दाबी गरिएको छ ।

भारतीय प्रहरी र केडियाको बयान बाझियो

भारतीय प्रहरी र अपहरणमा परेका सुरशे केडियाको बयान पनि बाझिएको छ । रक्सौलामा आयोजित पत्रकार सम्मेलनमा केडियाले अपहरणकर्ताले कालो चस्मा लगाइदिएर आफूहरुलाई उक्त स्थानमा छाडे र गएको बताएका थिए । तर, बेतियाका एसपी विनय कुमार र मोतिहारीका एसपी जितेन्द्र राणाले भने केडिया सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी देखेपछि अपहरणकारी भागेको दाबी गरेका थिए ।

उता, नेपाली मिडियाले विहार कारागारमा सजाय काटिरहेका बब्लु भनेर चिनिने मिथिलेस दुवेको योजनामा उनको समूहले अपहरण गरेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो । यसअघि भारतीय मिडिया दैनिक भास्कर र लाइभ हिन्दुस्तानको अनलाइन संस्करणले केडियासँग फिरौतीबापत १ अर्ब रुपैयाँ माग गरिएको समाचार प्रकाशित गरेका थिए ।
ratopati

Continue Reading…

श्रीमानलाई डिग्री पढाउँदै श्रीमति

इटहरी, १७ जेठ । सोह्र वर्षअघि सङ्खुवासभाको चेपुवाबाट कलिलै उमेरमा जडीबुटीको पन्तुरो कसेर बिक्रीका लागि धरान झरेकी गिनेन लामा त्यही वर्षदेखि सहरको रमझममा रमाउँदै धरानतिरै बस्दै आइन् ।
उनले आफ्नो जडीबुटी बेच्ने पेसालाई भने सहरिया जीवनमा झन विस्तार गर्दै लगिन् । यहाँको सार्वजनिक गीता भवनको बास छोडेर अहिले उनले धरान–१५ निराजनबस्तीमा पाँच धुर जमिन किनेर घर नै बनाइसकेकी छिन् ।dibi
आफूले त साँवा अक्षर छिचोलेको बाहेक अरु औपचारिक पढाइ गर्न नपाएकी गिनेनले आफ्नो श्रीमान् निमा शेर्पालाई भने नपढी अघि बढ्न सकिँदैन भनेर धरानकै महेन्द्र बहुमुखी क्याम्पसको कानुन विषयमा स्नातकोत्तर पढाउँदै आएकी छिन् ।
औपचारिक रुपमा जडीबुटी औषधिका विषयमा अध्ययन नगरे पनि गाउँघरमा बाबुबाजेदेखि जान्दै र सुन्दै आएका आधारमा गिनेनले कुन जडीबुटीले मान्छेको शरीरको कस्तो रोग निको हुन्छ भन्ने पूरै ज्ञान प्राप्त गरेको बताइन् ।
उनको जडीबुटी पसलको छेउमा बसेका हातको हड्डी फुटेका धरानकै बुढा प्रकाश भुजेललाई फुटेको हड्डी निको हुने चिप्लेकिरा हडचुर र काँचो सिम्रिकलगायतका जडीबुटीको मिश्रण बनाएर दिँदै थिइन् ।
तीन छोरा पेम्बा धनेष र जम्पालाई धरानकै बुढासुब्बा बोर्डिङमा पढाउँदै आएकी गिनेन भने बिहानै जडीबुटीको पसल खोल्न भानुचोक पूर्वतर्फको देशीलाइनको सडक पेटीमा आइपुग्छिन् ।
गिनेनले भनिन – “हिजो अस्ती अर्डर गरेका औषधि पनि तयार पारेर दिनुपर्ने भएकाले आफूलाई छोराछोरी हेर्न, भात पकाएर खुवाउन नभ्याउने भएकाले श्रीमान् निमाले नै सबै काम सघाउँदै आफू पनि कलेज पढ्ने गरेको बताइन् ।
गिनेनसँगै त्यही लाइनमा अरु पनि शेर्पा महिला जडीबुटीका पसल थालेर बसिरहेका छन् । गिनेनकै छेउमा जडीबुटीको पसल थापेर १४ वर्षदेखि बस्दै आएकी ३४ वर्षीया बिना चौधरीलाई पनि ती जडीबुटीबाट कसरी मानिसको स्वास्थ्यमा उपचार हुन्छ भन्ने ज्ञान छ ।
मोरङ जिल्लाको बाहुनीबाट धरान आइपुगेकी बिनाले धरानतिरै जडीबुटी बेच्दै हिँडिरहेका निमा अरवी शेर्पाको सङ्गतमा लागेर सम्पूर्ण जडीबुटीको नाम र ती औषधिको मिश्रण बनाउने विधिसमेत सिकेर सडक पेटीमा जडीबुटी बेचेर नै धरानकै नाम चलेको विष्णु मेमोरियल स्कुलमा छोरी विनितालाई कक्षा १० मा र छोरा बरदानलाई कक्षा ७ मा बढाउँदै गरेको पनि बताइन् ।
बीस वर्षदेखि धरानको भानुचोक पूर्वपट्टिको देशीलाइनको सडक पेटीमा जडीबुटीको व्यापार गर्दै आएकी उनले भनिन् – “मेरो पसलमा बिखुमा हरचुर पाखनबेत, चानमरुवा, अशोकागन्ध, चिरैतो, धुपी सालधुप गोकुलधुप सिलाजितलगायत थुपै्र जडीबुटीका औषधि छन् ।
दुईचार हजार रुपियाँबाट जडीबुटीको व्यापार थालेकी विनिताले अहिले चार/पाँच लाखको जडीबुटीको व्यापार बढाएको बताइन् । उनले भनिन्, दैनिक दुई हजारजतिको जडीबुटीको औषधि बनाएर बेच्ने गरेको बताइन् । उनले पनि धरानमा नै घर जोडिसकेको बताइन् ।
झापाको दमक बजारमा जडीबुटीको व्यापार गर्दै आएकी कासाङ शेर्पा र उनकै फूपू छेजी शेर्पा पनि गिनेनको पसलमा जडीबुटी किन्न आउने गर्दछन् ।
उनीहरु पनि सङ्खुवासभाको चेपुवा–५ बाट धेरै अघि जडीबुटी बेच्न झरेको कासाङले बताइन् । झापाको दमकमा जडीबुटीको व्यापार गर्न जाने गरेको भए पनि कासाङ शेर्पा र फूपू छेजी शेर्पा धरान सदन रोडमा बस्दै आएको कासाङले बताइन् । उनले पनि रु ५५ हजारमा पाँच सात वर्षअघि नै सेउती किनारमा घडेरी किनेर अहिले त छाप्रो हालेर उतै बस्न थालेको बताइन् । धरानमा नै रहँदै बस्दै गर्दा धरानकै देवराज राईसँग विवाह गरेकी कासाङको छोरी रचना धरानकै विल्लीबस बोर्डिङ स्कुलमा नर्सरीमा पढ्दैछिन् ।
केही वर्षयता विस्तारै सङ्खुवासभाको चेपुवा हटियालगायतका स्थानबाट धरान हुँदै पूर्वको इटहरी, दमक, बिर्तामोड र विराटनगर गायतका क्षेत्रमा जडीबुटी बिक्री गर्दै यतै घरजम गरेर बस्ने क्रम बढ्न थालेको छ ।
शेर्पा महिलाले जडीबुटी बिक्री गरेर आफ्ना श्रीमान्, छोराछोरीको शिक्षादीक्षा धान्नुका अतिरिक्त घर खर्च, चाडपर्व आदिका लागि चाहिने सम्पत्तिको पनि राम्ररी जोहो गरिरहेको उनीहरु बताउँछन् ।
पूर्वी नेपालका सहर बजारको सडक पेटीमा जडीबुटी बेच्दै गरेका यी शेर्पा महिलाले आफ्नै मेहनतले घर घडेरी जोडेका पनि छन् । व्यापारीले जडीबुटी ल्याउँछन् त्यही किनेर आफ्नो गक्षअनुसारको जडीबुटी पसल चलाउने गरेको पनि उनीहरुले बताएका छन् । रासस
dainiknepal

Continue Reading…

भारतमा विपत, २४ जनाको मृत्यु

नयाँदिल्ली, १७ जेठ । भारतको उत्तरी राज्य उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी, चट्याङ र मुसलधारे बर्षाबाट कम्तीमा २४ व्यक्तिको मृत्यु भएको छ।mare
गत शुक्रबार रातिबाट उत्तर प्रदेशमा सुरु भएको आँधीबेहरी र चट्याङबाट १८ व्यक्तिको मृत्यु भएको बताइएको छ । उत्तर प्रदेशका बिभिन्न भागमा आएको यस प्रकोपको कारण उनीहरूको मृत्यु भएको हो। त्यसैगरी उत्तराखण्डमा पनि यस प्रकोपबाट छ व्यक्तिको मृत्यु भएको छ। रुखहरु जरैदेखि ढल्ने र कमजोर घरको संरचनाहरु भत्किदा ती व्यक्तिको ज्यान गएको बताइएको छ।
गत हप्ता पनि उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेहरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको थियो। उत्तर प्रदेशको पश्चिमी र मध्यभागहरूमा सुरु भएको चट्याङ र आँधीबेरीका कारण ती व्यक्तिहरूको मृत्यु भएको थियो।
उत्तर प्रदेशको ६ वटा जिल्लामा चट्याङ पर्नुका साथै आँधीबेहरीबाट २३ व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा गएको करिब तीन दिनदेखि वर्षा पनि जारी छ। सो वार्षाका कारण बाढी पहिरोेको प्रकोप पनि देखिएको छ। रासस/एएफपी
dainiknepal

Continue Reading…

पशुपतिदेवीको दुःख : जमिन भारतमा, पुर्जा बैंकमा

पुनर्वास (कञ्चनपुर), १७ जेठ । भनिन्छ, दैव पनि बेसहारालाई नै लाग्छ । यस्तै भएको छ पशुपतिदेवी सुनारलाई । विसं २०२८ मा नेपाल सरकारले जग्गाधनी पुर्जा दिएदेखि उपभोग गर्दै आएको उनको जमिन विगत केही वर्षदेखि भारतको अधीनमा गयो ।
उनी पुनर्वास नगरपालिका–८ आनन्द बजार छेउमा रहेको बैलौरी नगरपालिका–१ फटैया बस्ने स्व भीमबहादुर सुनार कि पत्नी हुन् ।
उक्त जमिन भारतबाट छुटाउन दौडधुप गरे । त्यही जमिनको पुर्जा कृषि विकास बैंकमा राखेर ऋण लिए । अहिले जमिन भारतको कब्जामा, पुर्जा कृषि विकास बैंकको अधीनमा ! बैंकबाट निकालिएको पैसा जिल्ला धाउँदामै सकियो । त्यसैको पीरमा रहेका उनी ठूलै रोगको सिकार हुन पुगेको अनुमान गरियो, तर उनले पत्तासमेत लगाउन सकेनन् उनलाई के रोग लागेको थियो भनेर ।bhartko उपचार गराउन न त पैसा छ, न त बेच्ने कुनै सम्पत्ति ! भएको सम्पत्ति सबै भारतले कब्जा ग¥यो । बचेको अलिकति जमिनमा सानो खर र माटोको झुपडी छ । दुई वर्षअघि उपचार गराउने पैसाको अभावमा श्रीमान्को मृत्यु भयो । अहिले उनी पनि त्यही स्थितिबाट गुज्रिरहेकी छिन् ।
उनको घर पुग्दा एक वृद्ध महिला पिँढीमा सुतिरहेको देखियो । हेर्दा लाग्थ्यो कुनै कडा रोग लागेर थलिएजस्तो । परालको गुन्द्रीमा सुतिरहेकी पशुपतिदेवीको यथार्थ कुरा सुन्दा लाग्थ्यो हामी संसारको कुनै यस्तो देशमा छौँ जहाँ कहिलै न्याय पाइँदैन, कुनै सरकार छैन ।
उनी भन्छिन् – “नेपाल सरकारले २०२८ सालताका बस्ती बसाल्दा दिएको एक बिघा ६ कट्ठा जमिन अहिले भारतको कब्जामा छ । बोलिदिने कोही छैन । यस्तो लाग्छ यो देशमा सरकार छैन । सरकार छैन नै भनौँ भने प्रत्येक वर्ष मालपोत लिन्छ ।” जनताको दुःख प्रत्यक्ष देख्दासमेत न त स्थानीय निकायबाट कुनै पहल भएको देखिन्छ, न त केन्द्रीय तहबाट । सीमा समस्याका बारेमा नेपाल सरकारले भारतसँग कूटनीतिक पहल नगरेकै हो त ? आखिर गरेको छ भने किन हुन्छ सीमामा यस्तो ज्यादती ? जनताको सरकारसँग प्रश्न छ ।
“घरमा बिहान–बेलुका छाक टार्न धौ धौ छ, जेठो हुन्या अर्काको ट्याक्टरको ड्राइभर गरेर मुखमा माड लगाइरा’छ” – पशुपतिदेवी भन्छिन् ।
जेठो छोरा प्रेमबहादुर सुनारले पनि स्थानीय नेता तथा बुद्धिजीवीहरुलाई आफ्नो समस्याबारे कुरा उठाइदिन पटकपटक पहल गरेकै हो । प्रेमबहादुर अब उक्त जमिन नेपाल सरकारले आफूहरुलाई फर्काइदेला भन्ने आशसमेत मार्नुपर्ने अवस्थाको सिर्जना भएको बताउँछन् । बेलाबेलामा टेलिभिजन र पत्रपत्रिकामार्फत भारततिर परेको जमिनको प्रसङ्ग नउठाइएको पनि होइन । तर कहीँ कतै सुनुवाइ भएन । “जमिन भारतको कब्जामा गएदेखि थलिएका बुबालाई चिन्तै चिन्ताले लग्यो ! उपचार गर्ने पैसो पनि भएन,” उनी भन्छन् ।
माइला छोरालाई साउदी अरबमा काम गर्न गएका तर उसको पनि कमाई राम्रो नभएको पशुपतिदेवी बताउँछिन् ।
उनी भन्छिन् – “म बिरामी परेको तीन महिना भैसक्यो । न उठ्न सक्छु न त हिँड्न । खाना खान र ट्वाइलेटसम्म जान नसक्ने भएर बाँच्नु परेको छ । कान्छो छोरो सानै छ । दुई वर्षअगाडि पति बिते, अहिले म थलिए । हेरिदिने कसले ? स्थानीयवासीले पनि आश चैं देखाउँछन् तर समस्या जस्ताको तस्तै ।”
उहाँ भन्छिन् – “अब त कृषि विकास बैंकमा भएको ऋणको ब्याज नतिरेको पनि वर्षांै भैसक्यो । ब्याज कति पुग्यो होला ? पुर्जा फुकुवा गरौँ भने जमिन छैन, त्यसैले त्यो ऋण पनि त्यतिकै छ ।”
साउदीबाट बल्लतल्ल माइलो छोराले पठाएको पैसाले एक पटक कोहलपुरस्थित नेपाल मेडिकल कलेजमा स्वास्थ्य जाँच गराएको तर रोग पत्ता नलागेको उनको भनाइ छ । भारतको लखनऊसम्म गएर जाँच गराएपनि रोग खुट्टिएन ।
अर्का एकजना सँगै प्लट जोडिएको स्थानीयवासी कर्णबहादुर सुनारको पनि यस्तै समस्या रहेको छ । हातमा लालपुर्जा त छ तर जमिन भारततिर परेको छ । कर्णबहादुर पनि आफूले उक्त जमिन फिर्ता गराउन धेरै धाएको र पैसा खर्च गरेको तर जमिन फिर्ता पाउन नसकेको दुखेसो पोख्छन् । “अब त नेपालमा सरकार छैन जस्तो लाग्न थाल्यो । किन सुन्दैन सम्बन्धित निकाय ?”, उनको प्रश्न छ । उहाँका छोरा ललित सुनार विदेशबाट आफ्नो जमिनको लागि केही पहल चालिदिन र आवाज उठाइदिन आग्रह गरिरहेका छन् ।
भारतीय प्रहरी एसएसबी र भारतीय वन अधिकारीले आफूहरुकै जमिनमा जोतखन गर्न हस्तक्षेप गर्दासमेत नेपाली प्रशासनले नबोलिदिएकामा उनीहरुको चित्त दुखेको छ । रासस
dainiknepal

Continue Reading…

रमेश खरेलले अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड सम्हाल्ने, सुडान जाँदै

काठमाडौं, १७ जेठ । नेपाल प्रहरी चर्चित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड सम्हाल्ने भएका छन् ।
नेपालमा राम्रो काम गर्दागर्दै पनि सत्य गर्दा बोल्दा कारवाहीमा परेका एसएसपी खरेलले अब भने अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड गर्ने जिम्मा पाएका हुन् ।ramesh
यसैका लागि खरेल मंगलबार (भोली) सुडान जाँदैछन् । त्यहाँ उनले ४९ वटा राष्ट्रका प्रहरी अधिकारीहरुको कमाण्डिङ गर्नेछन् ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी माधव जोशीका अनुसार खरेललाई सुडानको डरफोर क्षेत्रस्थित जलिंगाईको सेक्टर कमाण्डरको जिम्मेवारीसहित पठाउन लागिएको हो ।
उनी त्यहाँ पी फोर(४) अन्तर्गत एक वर्षसम्म कार्यरत रहनेछन् । यो संयुक्त राष्ट्रसंघले खटाएको शान्ति सेनाभन्दा अलग्गै फोर्स हो ।
एसएसपी खरेलले पनि आफू अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड गर्न सुडान जान लागेको दैनिक नेपाललाई जानकारी दिए ।
एक समय काठमाडौं उपत्यकामा गुण्डागर्दी नियन्त्रण अभियान सञ्चालन तथा अन्य कार्य गरेर चर्चामा आएका खरेल आफ्नो एउटा भाषणका कारण विवादमा तानिएका थिए । त्यसपछि उनलाई सरुवा गरी तालिम केन्द्र पठाइएको थियो ।
dainiknepal

Continue Reading…

कांग्रेसको सामना गर्न एमाले र माओवादीबीच बालुवाटारमा यस्तो सहमति

काठमाडौँ, १७ जेठ । सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका-संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।samathi
एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिनुभएको जानकारीअनुसार शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सघन रुपमा कुराकानी भएको थियो ।
सरकारले यही १५ गते नयाँ बजेट सार्वजानिक गरेको थियो । बजेट हावादारीमा आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसलाई व्यवस्थापिका–संसद्मा कडा रुपमा विरोध गर्ने जनाएको छ । सदनमा बजेटमाथिको छलफल आजदेखि सुरु भएको छ ।
“प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार दुई दल मिलेर संयुक्त रुपमा सामना गर्ने विषयमा उनीहरुबीच कुराकानी भयो”, उनले भने । बजेटमा समावेश विषय समग्रमा राम्रो भएको सत्ता साझेदार ती दुई दलको आइतबार बसेको छुट्टाछुट्टै संसदीय दलको बैठकले निष्कर्षसमेत निकालेको थियो । रासस
dainiknepal

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog