प्रधानमन्त्री ओली र सभापति देउवाबीच गोप्य वार्ता, के–के भयो कुराकानी ?
काठमाडौं, १८ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच सोमबार अपरान्ह चार बजेदेखि पाँच बजेसम्म एक घन्टा गोप्य वार्ता भएको हो । संसद बैठक सक्किएर सबै सांसद र नेताहरू घरघर गइसकेपछि ओलीले देउवासँग परामर्श गर्नुभएको हो ।
स्रोतको उहाँहरूका बीच संसदको गतिरोध अन्त्य र त्यसपछि राजनीतिक समीकरणका विषयमा परामर्श भएको थियो । ‘प्रधानमन्त्री ज्यूले सदनको गतिरोध अन्त्यका विषयमा देउवासँग चारो राख्नुभएको थियो’, भेटवार्ताका विषयमा जानकारी दिँदै स्रोतले भन्यो, ‘दुई शीर्ष नेताहरूबीच आगामी दिनमा सत्तासमीकरणमा पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि परामर्श भएको छ ।’
बजेट सदनमा पेश गर्नुअगाडि नै सार्वजनिक भएको बिरोधमा कांग्रेसले सोमबारको बैठक चार पटकसम्म अबरोध गरेको थियो । सोही विषयमा ओली र देउवाबीच कुराकानी भए पनि भित्री कुरा बाहिर सार्वजनिक गरिएको छैन ।
ओली र देउवाको सोमबारको गोप्य भेटवार्तामा भएको सहमति अनुसार संसद बैठक बस्नुअघि कांग्रेस र सत्तारुढ दलहरूबीच वार्ता गर्ने सहमति भएको स्रोतले जनायो ।
dainiknepal