Monday, May 30, 2016

मनिषाको प्रेमी आशिषको पोलिग्राफ टेस्ट आज गरिँदै

नवलपरासी, १७ जेठ । मनिषाको हत्यामा भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को आज पोलिग्राफ परीक्षण गरिँदै छ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट आउने विज्ञ टोलीले प्रहरी नियन्त्रणमा रहेका आशिषको दिउँसो पोलिग्राफ परीक्षण गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।garidai
पोलिग्राफ परीक्षण प्रविधिअन्तर्गत पोलिग्राफ मेसिनले शरीरका अङ्गको प्रतिक्रियाका आधारमा झुटो बोलेको वा साँचो बोलेको पत्ता लगाउन मद्दत पुग्दछ । पोलिग्राफको रिपोट आउन एक दुई दिन लाग्छ प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो “पोलिग्राफको रिपोट आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने छ ।”
प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा लगाउने पोलिग्राफ मेसिनबाट मनिषाको मृत्युबारे थप रहस्य खुल्ने अपेक्षा प्रहरीले गरेको छ । पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा प्रख्यात छ । प्रहरीले अभियुक्तलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog