Monday, May 30, 2016

पुरुषका लागि बनेको थियो स्यानिटरी प्याड, यस्तो छ प्याडको कथा

कुनै समय थियो मानिसहरु सार्वजनिक रुपमा स्यानिटरी प्याडका बारेमा कुरा गर्नु त परै जावत त्यसलाई हेर्न पनि हिच्किचाउँथे । यद्यपि आजसम्म पनि यसबारेमा कुरा गर्न मानिसहरु उतिसारो खुल्दैनन् ।

अहिले महिलाहरुले रजश्वलाका बेला अधिक प्रयोग गर्ने स्यानिटरी प्याडको जन्म कसरी भएको होला ? इतिहास रोचक छ । वास्तवमा यो महिलाका लागि नभै पुरुषका लागि आविष्कार गरिएको रहेछ ।

माइ पिरियड ब्लगको एक पोष्टका अनुसार विश्वको सबैभन्दा पहिलो डिस्पोजल स्यानिटरी प्याड फ्रान्सका नर्सले प्रथम विश्वयुद्धमा घाइते भएका सैनिकहरुको अधिक रक्तश्राव रोक्नका लागि बनाएका थिए ।purs

सैनिकहरुलाई गोलीबाट बचाउने उपकरण बनाउने बेन्जामिक फ्रान्कलिनबाट प्रभावित भएर नर्सहरुले नेपकिन बनाएका थिए । ती प्याड अर्थात् नेपकिनहरु बनाउनका लागि यस्ता चिजहरुको प्रयोग गरिएको थियो जो त्यतिबेला सजिलै पाइन्थे । त्यो सामानले घाउबाट छिटै रगत सोस्दथ्यो र एकपटक प्रयोग गरिसकेपछि त्यसलाई फ्याँकिन्थ्यो ।

त्यसबेला सम्म महिलाहरुका लागि रजश्वलाका बेला प्रयोग गर्ने कुनैपनि प्याडहरुको आविष्कार भएकै थिएन । जब फ्रान्समा घाइते सैनिकको घाउको रगत रोक्नका लागि स्यानिटरी प्याडको प्रयोग गर्न थालियो तब फ्रान्समा काम गर्ने अमेरिकी नर्सहरुलेे आफ्नो महिनावारीका बेला पनि सोही प्याड प्रयोग गर्न थाले । त्यसपछि त त्यो प्याडको नाम र काम नै बदलियो । सैनिकको घाउको रगत सोस्नका लागि बनाइएको स्यानिटरी प्याड एकाएक महिलाको महिनावारीमा प्रयोग हुने साधनको रुपमा लोकपि्रय बन्यो ।

त्यसपछि सन् १८८८ मा कटेक्स कम्पनीले युद्धमा प्रयोग गरिएका प्याडका मोडेलका आधारमा स्यानिटरी टावेल्स फर लेडिज नामका स्यानिटरी प्याडको व्यवसायिक उत्पादन नै सुरु गर्यो । त्यसको दुइ वर्षअघि नै जोनसन एण्ड जोनसनले लिस्टर्स टावल्स नाममा डिस्पोजेबल नेपकिनको उत्पादन सुरु गरिसकेको थियो ।

तर सुरुवाती उक्त कटेक्स प्याड निकै महंगो थियो र आम महिलाहरुले त्यो किन्ने हैसियत राख्दैनथे । विस्तारै त्यसको मूल्य घटाइयो र विभिनन कम्पनीहरुले प्याडको उत्पादन गर्न सुरु गरे । अहिले त स्यानिटरी प्याड उत्पादन गर्ने कम्पनीहरु नै यति बढिरहेका छन् की हरेक दिन नयाँ नयाँ भेराइटीका प्याड देख्न पाइन्छ ।.
onlinekhabar



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog