अब के हुन्छ माओवादी केन्द्रभित्र ? बिबाद झन् बढ्दै, ‘प्रकाश’ समूह मौन
काठमाडौं, १७ जेठ । नेकपा (माओवादी केन्द्र)भित्रको पदाधिकारी र वरीयताको विषयले झन् बिबाद लिँदैछ ।
रामबहादुर थापा ‘बादल’सहितका सना माओवादी पार्टीसँगको एकता प्रक्रियासँग पदाधिकारी र वरीयताको विषयले ठूलो रुप लिएको हो ।
पार्टी संस्थापनमा लागेका नेताहरूले पदाधिकारी र वरीयतामा आफूहरू रहन पाउनुपर्ने बताउँदै आएका छन् ।
तर, बादल समूहले पदाधिकारीमा आफूहरूको पनि स्थान रहनुपर्ने मागदाबी गरेपछि नारायणकाजी श्रेष्ठ प्रकाश समूह त्रसित बन्न पुगेको छ ।
बादल समूह पार्टीमा भित्रिएपछि सशंकित बनेको प्रकाश समूहले आफू निकटका नेताहरूसँग दैनिक रुपमा परामर्श गर्ने गरेको स्रोतको भनाइ छ ।
पार्टीमा अध्यक्ष दाहालले पेलेर राखे त्यसको प्रतिवाद गर्ने प्रकाश समूहको तयारी छ । उस्तै तयारी टोपबहादुर रायमाझी समूहले पनि गरेको छ ।
बिबाद देखिएपछि अध्यक्ष पुष्पकमल दाहालले कार्यदल बनाएर सहमतिको ठोस प्रस्ताव ल्याउन निर्देशन दिइसकेका छन् । तर, कार्यदलले अहिलेसम्म प्रस्ताव तयार पार्न सकेको छैन ।
बरु कार्यदलले केन्द्रीय समितिलाई विस्तार गरेर एक हजार पुगाउन सुझाव दिन थालेको स्रोतको भनाइ छ ।
अहिले नै छ सय सदस्यीय कार्यसमिति रहेको माओवादी केन्द्रमा १ सय ५० सदस्यीय पोलिट ब्यूरो र ५० सदस्यीय स्थायी समिति बनाउन सुझाव आएको थियो । त्यो प्रस्ताव पनि बढ्ने अवस्थामा रहेको छ ।
dainiknepal