संविधान समयसापेक्ष संशोधन हुन्छ : सिटौला
सोमबार, १७ जेठ
नेपालगन्ज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयन नै मुलुकको राजनीतिक स्थिरताको पहिलो कडी भएको बताउनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घ बाँकेले आज यहाँ आयोजना गरेको विचार विमर्श कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानलाई कार्यान्वयनमा लान सकिएन भने मुलुकमा ठूलो राजनीतिक अस्थिरता निम्तन सक्ने भएकाले त्यसतर्पm सबै चनाखो हुनुपर्छ ।”
नेता सिटौलाले सानो चित्त र घेराबाट गरिने राजनीतिले मुलुकलाई समृद्धितर्पm डो¥याउन नसक्ने बताउँदै सबै राजनीतिक दलले मुलुक र जनताको हितलाई ध्यानमा राखेर राजनीतिक स्थायित्वका लागि सहमतिमा आउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष किरण कोइराला, पूर्व अध्यक्ष युवराज शर्मा, पूर्व सांसद कृष्णसिंह परियारलगायतले संविधान कार्यान्वयनलाई पार्टीले पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस
nepalsandesh