Saturday, June 11, 2016

नयाँ शक्तिको निम्तोः प्रचण्ड–वैद्य नजाने ओली–देउवा जाने

३० जेठ, काठमाडौं ।

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति स्थापना घोषणा सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य सहभागी नहुने भएका छन् ।
भट्टराईले गत असोज ९ गते प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर नयाँ शक्ति नेपाल गठन गरेका थिए । प्रचण्ड र भट्टराईको बीचमा अहिले पनि शितयुद्ध जारी नै छ । वैद्य र भट्टराईको सम्बन्ध पनि राम्रो छैन् ।

ramro
सभामा उपस्थिति हुनको लागि नयाँ शक्तिले लिखित पत्र पठाउनुको साथै भट्टराईले टेलिफोन गर्दा पनि प्रचण्ड र वैद्यले अस्वीकार गरेका हुन् । प्रचण्ड आज नै पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने छन भने वैद्यले राष्ट्रिय भेलाको तयारीमा छन् ।
भट्टराईको पार्टी घोषणा सभामा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने जाने भएका छन् । प्रधानमन्त्रीका सचिवालयका अनुसार दिउसो दिन बजे प्रधानमन्त्री ओली रंगशाला जाने र संक्षप्ति शुभकामना सुन्देश दिएर फर्कने कार्यक्रम रहेको छ ।

आशा छ प्रचण्डजी आउनुहुन्छः भट्टराई

त्यसैगरी देउवा दिउसो २ बजे रंगशाला पुग्ने कार्यक्रम रहेको छ । नयाँ शक्तिले देश र विदेशका गरी पाँच सय अतिथिलाई कार्यक्रमको अतिथिको निम्तो दिएको छ । त्यसैगरी भट्टराईको पार्टी स्थापना सभामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी पनि सहभागी नहुने भएको छ ।nepaliheadlines

Continue Reading…

रंगशालामा पार्टी घोषणा गर्दै बाबुराम भट्टराई

२०७३ जेष्ठ ३० आईतवार

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले केही बेरमा दशरथ रंगशालामा पार्टी घोषणा गर्दै छन् ।bamrom

घोषणा कार्यक्रममा सम्बोधनका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतालाई आमन्त्रण गरिएको छ ।

पार्टी प्रवक्ता खिमलाल देवकोटाले एक लाख १४ हजार पाँच सय ४६ सदस्य रहेको नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्ने तयारी पूरा भएको अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

पार्टी घोषणालाई व्यवस्थित बनाउन देवेन्द्र पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समितिसहित अन्य १४ उपसमिति सक्रिय छ ।

देशभर र प्रवासबाट गरी एक लाख १४ हजार पाँच सय ४६ जनाको सदस्यता फाराम वितरण गरेको उक्त पार्टीले एक करोड ७६ लाख ६५ हजार तीन सय ३२ रुपैयाँ संकलन गरेको देवकोटाले बताए ।

रंगशालामा हुने उद्घाटनसत्र तथा ३१ र ३२ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने बन्द सत्रको खर्च एक करोड पाँच लाख हुने उनको अनुमान छ ।

अतिथिका रूपमा देशभित्र क्रियाशील राजनीतिक दल, संसद्का सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, पेसागत संगठन तथा मिडिया सम्बद्ध संस्था र व्यक्तिलाई आमन्त्रण गरिएको देवकोटाले बताए ।

उनका अनुसार बेलायत, कोसोभो, हंगेरी, श्रीलंका, भुटान, भारत, चीन, पाकिस्तान र बंगलादेशमा क्रियाशील राजनीतिक दललाई निमन्त्रणा गरिएको छ ।

पार्टी घोषणासभामा सहभागी हुन उपत्यकाका कालीमाटी, कुपण्डोल, रत्नपार्क, तीनकुने गरी चार स्थानबाट ¥याली रंगशाला तर्फ आएका छन् ।

नयाँ शक्तिको र्यालीले राजनधानीको सवारी आवगमन प्रभावित भएको छ ।
annapurnapost

Continue Reading…

गाडीमा यात्रा गर्दा बान्ता हुन्छ ? यसो गर्नुहोस्

सवारी साधनामा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् । बस, ट्याक्सी तथा हवाइजहाज चढ्दा अधिकाश मानिस वान्ता गर्छन् । तर कतिपयलाई भने सवारीसाधनको गन्धले नै वान्ता गर्ने पनि हुन्छन् । यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगबाट आफ्ने कार्य गर्न नसक्दा वान्ता हुने समस्या आउँछ । यसरी यात्रा गर्दा वान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य वान्ता भनिन्छ । यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ ।huncha

कोही मानिमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ । यदि तपाइ यस्तो समस्या भोगिरनु भएको छ भने आफैंले कहि घरेलु उपायबाट समस्याको समाधारन गर्न सकिन्छ । जेठीमधु यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ । साथै आमाशयको वायुलाई पनि कम गर्छ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ । ल्वाङ्ग ल्वाङ मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

जामुन जामुनको फल र यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफूलका रुपमा प्रयोग गर्दा फाइदा पुग्छ । काँचो आँप काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ । यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

सौंफ सौंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन । अदुवा अदुवा आर्युवेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा पनि अदुवाको प्रयोग गरिन्छ । दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।dcnepal

Continue Reading…

१ लाख मानिस निस्किँदा सडक जाम नगर्ने बाबुराम शुत्र

३० जेठ, काठमाडौं ।

गत असोजमा अकस्मात तत्कालिन एमाओवादी छोडेका डा बाबुराम भट्टराईले आज आफ्नै पार्टी घोषणा गर्दैछन् । नयाँ शक्ति नामको उक्त पार्टीले १ लाख सदस्यको उपस्थितिमा दशरथ रंगशालाबाट पार्टी घोषणा सभा आयोजना गरिएको जनाएको छ ।jana

पार्टी घोषणा सभा शुरु हुनु अघि राजधानीका ४ स्थानबाट जुलुस पनि निकालिने छ । राजधानी काठमाडौंमा यस्ता पार्टी सभा, सम्मेलन र जुलुस हुँदा ट्राफिक जाम हुने समस्या सँधै रहने गरेको छ । तर नयाँ शक्तिले भने आफ्नो पार्टीको जुलुसका कारण राजधानीमा जाम नहुने दावी गरेको छ ।
१ लाख मानिस रंगशाला पुर्‍याउने दावी गरेको नयाँ शक्तिले ट्राफिक जाम हुन नदिनका लागि विशेष ब्यस्था मिलाइएको दावी गरेको छ । यसका लागि आफ्नै कार्यकर्ताहरु स्वयं सेवक परिचालन गरिने नयाँ शक्तिले जनाएको छ ।

नयाँ शक्तिले ट्राफिक ब्यवस्थापनको संयोजनका लागि नयाँ शक्तिमा लागेका पूर्व ट्राफिक प्रहरी प्रमुख गणेशराइलाई जिम्मा दिएको छ । उनको नेतृत्वमा रहेका स्वयंसेवकहरुले ट्राफिक प्रहरीलाई सघाउँदै जाम हुन नदिने नयाँ शक्तिले दावी गरेको छ ।nepaliheadlines

Continue Reading…

विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा आगजनी

नुवाकोट, ३० जेठ । भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ ।
गएराति १२ः३० बजे तीन जनाको समूहले विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको वर्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए ।agoo
प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार गेटपट्टिबाटै भित्र छिरेका तीन जनाले उनलाई धम्याएर गाडीमा आगो लगाई गेटै खोलेर भागेका थिए । आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताउनेहरुले गाडीमा आगो सल्काएपछि हल्ला गरेमा मार्ने धम्की दिएको प्याकुरेलले बताउनुभयो ।
गाडीमा करिब ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीले बताउनुभयो । बलिरहेको गाडीको आगोको राप घरको तेस्रो तलामा पुगेपछि उनीहरुले पछाडिको भागमा डोरी लगाएर बलिरहेको गाडी गेटबाट बाहिर पु-याएका थिए । त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।
गाडीमा लागेको आगो घरमा सल्किँदा झ्याल तथा घरको बाहिरी भाग जलेको छ । कार्यालयको कागजात र सामग्री सुरक्षित रहेको वर्ड भिजनका देवेन्द्रप्रसाद गुरुङले बताउनुभएको छ ।
दोस्रो तथा तेस्रो तलामा रहेका मानिसलाई छतमा भ¥याङ राखेर प्रहरी र छिमेकीले अर्को घरको छतमा निकालेर उद्धार गरेका थिए । घरधनी कृष्णप्रसाद अधिकारीका अनुसार तल्लो तलामा गाडीबाट आगो घरमा सल्किएपछि माथि रहेका परिवारका सदस्यलाई एक घन्टापछि मात्रै उद्धार गर्न सकिएको थियो ।
आज बिहान सञ्चारमाध्यमसँग सम्पर्कमा आएका विप्लव नेतृत्वको नेकपा माओवादी नुवाकोटका एक नेताले उक्त आक्रमणको जिम्मेवारी आफ्नो पार्टीले लिएको बताउनुभएको छ । तर कारणका बारेमा भने केही भनिएको छैन । रासस- dainiknepal

Continue Reading…

काठमाडौंदेखि दिल्लीसम्म यसरी पुग्छन् महिला

महेन्द्रनगर, ३० जेठ । मानव बेचविखनका विरुद्धमा काम गर्ने संघसंस्थाको काम गर्ने तरिका भन्दा बेचविखनमा संलग्न दाललको सञ्जाल बढी सक्रिय छ । काठमाडौं–दिल्ली बस सेवा सञ्चालन भएपछि मानव बेचविखनका घटना ह्वात्तै बढेको भन्दै सीमा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले बसमा चेकजाँच बढाएपछि दलालहरूले बसबाट जान छाडेका छन् ।
बसमा कडा चेकजाँच हुन थालेकाले दलालहरुले एजेन्टमाफर्त काठमाडौंदेखि महेन्द्रनगरसम्म आउने र एक–दुई दिन महेन्द्रनगरका होटेलमा बसेर फेरि वनबसा जाने गरेका छन् ।mahin
शुक्रबार मात्रै महत्तरीकी २५ वर्षीया एक युवतीलाई माइती नेपाल कञ्चनपुरले भारतीय शहर बनबसा पुगेपछि उद्धार गरेर ल्याएको छ । हेटौँडा घर भई काठमाडौंमा बस्दै आएकी सानु भनिने माया तामाङले ४ दिन पहिले कञ्चनपुरको महेन्द्रनगरसम्म पठाएकी युवती ३ दिन महेन्द्रनगरको पोखरा होटेलमा बसेको भेटिएकी छन् ।
युवतीले ल्याएको झोला भारतीय युवकले मोटरसाइकलमा लगिदिएको र उक्त कार्यमा महेन्द्रनगरका अन्य एक व्यक्तिले पनि सहयोग गरेको थाहा हुन आएको माइती नेपाल स्रोतले जनाएको छ । ती व्यक्तिको पहिचान भने हुन सकेको छैन् ।
यसरी झोलासहितको सामान पहिले पठाइसकेर शुक्रबार बेलुका एउटा हेन्डब्याक मात्रै बोकेर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गड्डाचौकी हुँदै वनबसा गएकी ती युवतीलाई भारतीय प्रहरीको सहयोगमा माइती नेपाल उद्धार गरेको हो ।
दिल्ली हुँदै विदेश जान हिँडेकी युवतीलाई वनबसासम्म पुगाउने युवक भने फरार छन् । काठमाडौंमा बसेर मानब वेचविखनको काम गर्दै आइरहेकी माया तामाङले नै फोनका माध्यमबाट यो बन्दोवस्त मिलाएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।
‘हामीले काठमाडौं–दिल्ली बसबाट दलालले नेपाली महिलालाई भारत लैजाने भन्दै वसमा निगरानी बढायौ, दलालहरुले अर्कै तरिका अपनाए, संयोजक भट्टले भनिन्, अब त महेन्द्रनगरका दलालहरु होटेलहरुमा बसेर शानसँग महिलालाई लैजान थालेका छन् ।’
कतिपय घटनामा त दलालले नै बस भाडा, खाना खर्च र कोठा खर्च समेत उपलब्ध गराएको हुन्छ । स्थानीय महिला जस्तै बनेर एउटा हेन्डब्याग मात्रै बोकेर जान्छन्, धेरै केरकार गर्न पनि गाह्रो छ, संयोजक भट्टले भनिन्–‘भारतीय मोटरसाइकवाला व्यक्तिको सम्बन्ध नेपालीसँग छ, नेपालीले पनि सहयोग गरेका छन्, पहिचान हुन मात्रै नसकेको हो ।’ ‘माइती नेपालले होटेलमा गएर चेकजाँच समस्या हुन्छ, यसमा प्रहरी सक्रिय हुनुपर्छ’, भट्टले भनिन् ।
केही दिन पहिलेपनि कञ्चनपुरको बसपार्कस्थित एक होटेलबाट कैलालीको लम्कीका बालिकाको उद्धार गरिएको थियो । उक्त घटनापछि होटेलमा चेकजाँच बढाउने प्रहरीले बताएपनि बेचविखनका घटना भने रोकिएका छैनन् ।
कञ्चनपुरलाई मानब बेचविखनको संवेदनशील जिल्लका रुपमा लिएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफूले बेलुका होटेलहरुमा चेकिङ गर्ने तर, काठमाडौंबाट आएका गाडी बिहान पुग्ने र गाडीबाट उत्रेर होटलमा एक छिन बस्ने भन्दै युवतीहरु र दलालहरु बसेको पाइएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी केदार खनालले आजैबाट होटेलमा बसेका मान्छेको ईन्ट्री छ की छैन भन्ने बारेमा समेत जानकारी दिने बताउनुभयो । महेन्द्रनगरबाट चल्ने मुन्द्रे यातायातको पनि मानब बेचविखनमा ठूलो हात भएको हुन सक्ने भएकाले यसतर्फ ध्यान केन्द्रित गरिएको छ डिएसपी खनालले भने, पूर्वी नेपालबाट दल्ली तथा बैदेशिक रोजगारीका नाममा जान लागेका युवती तथा महिलाहरुलाई दलालहरुले मुन्द्र यातायातबाटै बनबसासम्म पु-याउने गरेको छ ।
यसमा बसका चालक, सहचालक, मुन्द्र यातायात, भारतीय तथा नेपाली नागरिकको समेत हात भएको हुन सक्ने भएकाले हामी निगरानी बढाउछौ डिएसपी खनालले भने ‘सबैसँग छलफल गर्दैछौ, कञ्चनपुरबाट बेचविखनका घटना हुन नदिन सबैको सहयोग आबश्यक छ ।’ पछिल्लो समय सिन्धुपाल्चोक, सिन्धुली, मोरङ, झापा, ईलाम, नुवाकोट, काठमाण्डौ लगायतका जिल्लाका महिला तथा युवतीलाई दाललले कञ्चनपुरको दक्षिणी तथा पश्चिमी नाकाबाट भारत लैजान थालेका छन् ।
भारतको दिल्ली हुदै वैदेशिक रोजगारीका लागि किर्गिस्तान, ओमान, नर्वे, कुवेत, कतार लगायतका देशमा जाने भन्दै हिडेका महिलालाई कञ्चनपुरमा माइती नेपाल, थ्रीएन्जल्स् नेपाल, नेपाल प्रहरी लगायतका सरकारी तथा गैरसरकारी निकायले रोकथाम गर्दै आएका छन् ।
dainiknepal

Continue Reading…

मध्यराति ढुङ्गासहितको लेदो बाढी, स्थानीयको भागाभाग

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनी बजारमा आएको बाढीले एक सयभन्दा बढी घर तथा पसलमा क्षति पुगाएको छ ।
बस्तीमाथिको पाखोमा रहेको खोल्साबाट शनिबार राति ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मङ्गलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गासहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरमा पसेको छ ।
बेनी पाखापानी सडकको आँपरुखखण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घर डुबानमा परेका हुन् ।
क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पीपलचोक, गणेशटोल, सङ्गमचोक र न्युरोडको हुलाकचोक बैंकचोकसम्मका घर प्रभावित भएका छन् ।vagavav
मङ्गलाघाटको साइबाबा मन्दिर र तल्लो बजार क्षेत्रका घरमा पनि बाढी पसेको छ । खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोबाइल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको क्याम्पसचोकका बासिन्दा गोविन्द बानियाँले बताउनुभयो । बाढी नियन्त्रण र व्यवस्थापनमा प्रहरी, सेना र स्थानीयवासी खटेका थिए ।
बाढीको त्रासका कारण बेनी बजारका बासिन्दा रातभर जाग्राम बसेका छन् । ‘सुत्ने तर्खर गरिरहेका बजारवासीहरू एक्कासि ठूलो बाढी आएपछि जाग्राम बसेर रात कटाए’ क्याम्पसचोकस्थित माछापुच्छ्रे बैंकका सुरक्षा गार्ड कविराम सुनारले भन्नुभयो ।
घर अगाडिको सडकमा करिब डेढ मिटर माथिसम्म पानी बगीरहेको छ । राति करिब दुई घन्टा लगातार परेको भीषण वर्षासँगै आएको बाढीले पुगाएको क्षति विवरण आइतबार बिहानदेखि सङ्कलन गरिने प्रहरी निरीक्षक लोकन्द्रसिङ गुरुले बताउनुभयो ।
बेनी पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिएकाले क्याम्पसचोक र मङ्गलाघाट बाढीको चपेटामा परेको स्थानीय बासिन्दा मुकुन छन्त्यालले बताउनुभयो । रासस
dainiknepal

Continue Reading…

नयाँ शक्ति पार्टी घोषणा सभामा तेस्रोलिङ्गी

काठमाडौँ, नयाँ शक्ति, नेपालको पार्टी घोषणासभामा सहभागी हुन देशका विभिन्न ठाउँमा रहेका समलिङ्गी तथा तेस्रोलिङ्गी काठमाडौँ आएका छन् ।

डा बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले आइतबार खुल्लामञ्चमा पार्टी घोषणा गर्दैछ । उक्त सभामा सहभागी हुन झन्डै एक हजार पाँच सय समलिङ्गी तथा तेस्रोलिङ्गी काठमाडौँ आइसकेको नीलहिरा समाजकी अध्यक्ष एवम् नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद् सदस्य पिङ्की गुरुङले जानकारी दिनुभयो ।garenea
विगत १६ वर्षदेखि अधिकार प्राप्तिको अभियान चलाउँदै आएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समलिङ्गी, तेस्रोलिङ्गी, दुईलिङ्गी र अन्तरलिङ्गी समुदायले आइतबार रत्नपार्कबाट बाजागाजा, झाँकी, विभिन्न वेशभूषासहित ¥याली निकाल्ने छन् ।

सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारका लागि नयाँ शक्तिले आफ्नो समुदायले मुद्दा बोकेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– “पहिलोपटक नयाँ शक्तिको सदस्यता फारममा तेस्रोलिङ्गी उल्लेख हुनु एउटा उपलब्धि हो ।”

अहिलेसम्म अरु कुनै पनि राजनीतिक दलले तेस्रोलिङ्गी उल्लेख गरेर सदस्यता फारम वितरण नगरेको यस दलका नेताको आरोप छ । यसैबीच देशलाई समृद्ध बनाउने डा भट्टराईको अभियानमा साथ दिन आफूहरु राजधानी आएको तेस्रोलिङ्गीहरुले बताए ।

पार्टी घोषणा सभामा समलिङ्गी तेस्रोलिङ्गीले नित्य प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस news24nepaltv

Continue Reading…

कतारमा नयाँ शक्तिको सदस्यता वितरण

कतार । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल अभियानको उभार यतिवेला स्वदेश तथा विदेशमा देखिन थालेको छ ।
जेठ ३० गते पार्टी घोषणालाई केन्द्रमा राखेर देशव्यापी अभियान थालेको नयाँ शक्ति नेपालले विदेशमा पनि आफ्नो अभियानलाई सशक्त बनाउँदै लगेको छ ।katar
यसै शिलसिलामा अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयाँ शक्ति कतार) अन्तर्गत दोहा क्षेत्रले बिक्रमपुर रेष्टुरेन्टको हलमा भव्यताका साथ २८ जेष्ठ २०७३ का दिन क्षेत्रीय भेला तथा संस्थापक सदस्यता बितरण कार्यक्रमलाई सम्पन्न गरेको छ ।
नयाँ शक्ति नेपालको भातृ सगंठनको रुपमा बैधानिकता पाएको अन्तर्राष्ट्रिय नेपाली समाजले विश्वका हरेक मुलुकमा जसरी नै, कतारमा पनि आफ्ना गतिबिधीलाई तीब्र पार्दै लगेको जनाएको छ ।
भेला नयाँ शक्ति कतारका अन्तरिम परिसद सदस्य, हिमालराज बिश्वकर्माको अध्यक्षतामा संचालन भएको थियो ।
नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिसद सदस्य तथा कतारका संयोजक बीबी खरालको प्रमुख अतिथ्य तथा नयाँ शक्ति कतारका उपसंयोजक लाल भट्ट , प्रवक्ता, ध्रुब क्षत्री, सचिब राम संजेल, कोषाध्यक्ष देबबहादुर परिया, युवा संयोजक माहमुद कार्की, दलित नेता बिजया सुन्दास र सचिवालय सदस्य दुर्गा सुनार लगायतको बिशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
dainiknepal

Continue Reading…

चीनले भारतलाई दियो यस्तो नराम्रो झट्का !

आइतबार, ३० जेठ
एजेन्सी । भारतले परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि गरेको आवेदन चीनले तत्कालका लागि रोकिदिएको छ ।
अस्ट्रियाको भियानामा भएको एनएसजीको बैठकमा चीन भारतलाई सदस्यता दिने प्रस्तावको विपक्षमा उभिएको हो । अब भारतले गरेको सदस्यता आवेदनको अन्तिम टुंगो एक महिनापछि दक्षिण कोरियाको राजधानी सोलमा हुने पूर्ण अधिवेशनले लगाउनेछ ।chinlea
भियानामा भएको एनएसजीको दुईदिने बैठकमा यस निवदेनमाथि छलफल भए पनि कुनै निर्णय भने हुन सकेन । भारतको सदस्यताका विषयलाई अमेरिकासहितका अधिकांश देशले समर्थन गरे पनि चीनले विरोध गरेपछि भारतले तत्कालै सदस्यता नपाएको हो ।
परमाणु अप्रसार सन्धी (एनपीटी)मा भारतले अझै हस्ताक्षर नगरेको विषयमा विवाद भएको थियो । भारतले सो सम्झौतामा मौखिक सहमति जनाए पनि अझै हस्ताक्षर नगरेको भन्दै तत्काल सदस्यता दिन नहुने पक्षमा चीन उभिएको छ ।
चीनले भारतलाई सदस्यता दिने विषयमा सीधै विरोध नगरे पनि एनपीटीमा हस्ताक्षर गर्नुपर्ने अडान राखेको छ । एनएसजीमा सबै निर्णय सर्वसम्मतिमा हुने भएकाले कुनै एक देशले विरोध गरेमा पनि प्रस्ताव पारित हुँदैन ।
४८ सदस्यीय एनएसजीमा चीनसहित न्युजिल्यान्ड, आयरल्यान्ड, टर्की, दक्षिण अफ्रिका र अस्ट्रिया भारतलाई सदस्यता दिने विषयमा विपक्षमा छन् । एनएसजीको पूर्ण अधिवेशन अब जुन २४ मा सोलमा हुनेछ ।
nepalsandesh

Continue Reading…

गरिब सूचीमा धनीकै नाम परेपछि…

आफ्नो जग्गाको उब्जनीबाट मुस्किलले वर्षको ५ महिना खान पुग्ने भएपछि हुम्ला बरगाउँ ९ की नाङदर्मा लामाका पति पत्नी ७ वर्षअघि सिमकोट सरे। बरगाउँमा भएको जग्गाले खान लाउन नपुगेपछि उनीहरू पुर्खौली घर छोराबुहारीको जिम्मामा छोडेर हिँडेका हुन्।garib

लामाको जोडी सदरमुकाममा पेट पाल्नका लागि निरन्तर कुल्ली काम गरिरहेको छ। तर जिल्ला विकास समितिले गत मंगलबार सार्वजनिक गरेको गरिब घर परिवारको सूचीमा उनको नाम छैन।गाउँकै आफ्ना लगी (माथिल्ला जातका मान्छे) को जग्गामा घर बनाएर बसेका श्रीनगर ७ का जर्म दमाईको आफ्ना नाममा एक हल पाखो बारी पनि छैन।
त्यहाँ उब्जनी भएको अन्नले ७ जनाको जर्मको परिवारलाई १ महिनापनि पुग्दैन। नियमित ५ सय रूपैयाँ आम्दानी नभएका जर्जलाई पनि सरकारले सार्वजनिक गरेको गरिबको सूचीमा नपरेपछि साह्रै चित्त दुखेको छ। यी प्रतिनिधि उदाहरण मात्र हो। मानव विकास सूचांकमा पुछारमा रहेको हुम्लामा सरकारले गरिबकोभन्दा धनी र हुनेखानेकै नाम समावेश गरिएको खबर आजको अन्नपूर्णमा नवराज महतराले लेखेका छन्। वास्तविक गरिबको नाम त्यहाँ अटेको छैन।
news24nepaltv

Continue Reading…

केपी ओलीको विरोध गर्नेहरु पछुताउने दिन आउँदैछ !

एमाले भनेको हिमनदी जस्तै हो, जुन आफ्नै बाटोमा अटुट रुपमा बगिरहन्छ र गन्तव्यमा पुगिछोड्छ । बिरोध गर्ने विरोधीहरु केहि समय धैर्य गर्ने आँट मात्र राख, त्यसपछि तिम्रा तर्कविहीन शब्द सुन्ने २ जना पनि भेट्न तिमीलाई गाह्रो पर्नेछ किनकी देश एमालेमय (केपीमय) भैसकेको छ । र, कुनै दिन तिमीहरुलाई केपी ओलीको विरोध गरेकोमा आफैलाई पीडाबोध हुनेछ ।aunea
२०४६ तिरै राजनीतिक चेत खुलिसकेको थियो मलाई । म कक्षा ७ मा अध्ययनरत थिएँ । निर्दलीय व्यबस्थाको अन्त्य गरी बहुदलीय ब्यबस्था स्थापनाको लागि देशभर आन्दोलनले सबै नागरिकहरुलाई घच्घचाई रहेथियो । म आफू सानै भएपनि बामपन्थी पृष्‍ठभूमि बोकेको परिवारमा जन्मिएको । त्यहीअनुसारको वातावरणमा हुर्किएको । त्यसैले मलाइ कुनै न कुनै रुपमा २०४६ तिरै स्कूले जीवनमा अनेरास्ववियू पाँचौंको क्रियाकलाप र तत्कालिन स्थानीय वातावरणले राजनीतिक मोहतिर अगाडि बढाइरहेको थियो । त्यतिबेला बिद्यार्थी संगठनमा आबद्द भएका कारण नेकपा एमालेका हरेक कार्यक्रमहरु र पार्टीले गर्ने सबै आमसभाहरुमा प्रायः उपस्थित हुने गरिन्थ्यो । मैले त्योबेला पार्टीका नेताहरु भनेर चिनेको मध्यमा बामदेव गौतम , मोदनाथ प्रश्रित, गोबिन्द कोइराला, गौरा प्रसाई कोइराला बाहेक अरु थिएनन् । लाग्थ्यो– नेता भनेको बामदेव गौतम, मोदनाथ प्रश्रित जस्तो हुनुपर्छ । मैले त्यो बेलामा, सायद अरु नेताहरुलाई देख्न र उहाँहरुको बिचारहरुलाई सुन्न नपाएर हुनसक्छ ।

प्रकाश कोइराला, लेखक
२०५४ फाल्गुन २१ गते बिनाकारण नेतृत्वको टकराबका कारण नेकपा एमालेको दुःखद विभाजन भयो । पार्टीबाट अलग भएका नेताहरुले बिभाजनको दोष जति सबै केपी शर्मा ओलीलाई दिने गर्नुहुन्थ्यो । म मनमनै सोच्ने गर्थेँ यी केपी शर्मा ओली भनेका कस्ता मानिस रहेछन् ? केपी शर्मा ओलीकै कारण यत्रो बिशाल पार्टी किन विभाजनसम्म पुग्यो ? त्यसपछिका दिनहरुमा ममा केपी ओलीलाई देख्ने र अनुकुल भएसम्म उहाँका बिचारहरु सुन्ने भूतको हुटहुटी नै चल्यो । फलतः २०५६ साल बैशाखमा सम्पन्न हुने चुनावी सभालाई सम्बोधन गर्न ओली २०५५ साल चैत्रमा बर्दियाको बांसगढीमा आउनुभयो । मैले पहिलोपटक ओलीलाई देखेको र उहाँको विचारलाई सम्बोधनमार्फत सुनेको त्यहीबेला हो, त्यहीबेलाबाट केपी ओलीमाथि लगाइएको बिभिन्न आरोपहरुलाई मेरो मस्तिस्कले सदा–सदाका लागि निकालिदियो । उहाँद्वारा ब्यक्त विचारहरुमा देखिएको राष्ट्रप्रेम, विकाससँग सम्बन्धित धारणाहरु, नेकपा एमालेको आगामी कार्यदिशा तथा देश निर्माणमा एमालेका योजनाहरुले ओलीप्रतिको सबै भ्रमलाई त चिर्यो नै, मलाई निरन्तर रुपमा नेकपा एमालेको सिपाही भएर उभिन सक्ने आत्मबल र उर्जाहरु थपिदिएको थियो ।

२०७१ साल अषाढमा सम्पन्न नेकपा एमालेको ९ औ महाधिवेसनले ओलीलाई नेतृत्वको जिम्मेवारी प्रदान गर्‍यो । क्रमशः उहाँ नेकपा एमालेको संसदीय दलको नेता हुँदै २०७२ सालमा नेपालको संविधान घोषणापश्चात देशको प्रधानमन्त्री बन्न सफल पनि हुनुभयो । उहाँ प्रधानमन्त्रीको उम्मेदवार हुँदा देखिनै ममा एउटा आत्मबिश्वास पलाएको थियो । रm कल्पना गर्थेँ– अब नेपालमा पक्कै केही हुन्छ र देशले समृद्धिको बाटो देख्नेछ । फलतः मेरा आशाहरु साकार हुन लागेको अनुभूति म आफै गर्दैछु । र, लाग्छ– नेपालका देशप्रेमी जनताहरुले पनि केही न केही रुपमा अनुभूति गर्दै छन् ।
केपी ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहँदा देश आगोमा जलिरहेको थियो, महाभूकम्प, मधेश आन्दोलन र त्यसैको बलमा लगाइएको भारतीय नाकाबन्दीले देश आक्रान्त थियो । दैनिक उपभोग्य सामानहरुको आपूर्ति तथा पेट्रोलियम पदार्थको हाहाकारले देश नराम्रोसंग लपेटिएको थियो । यस्तो प्रतिकुल परिस्थितिमा देशको राजनैतिक तथा सामाजिक यथार्थतालाई बिश्लेषण गरि प्रधानमन्त्री केपी शर्मा ओलीबाट जे जस्ता देशभक्तिपूर्ण कदमहरु चालिए । फलतः ती सबै बिपत्तिहरुलाई किनारा लगाउन उहाँ सफल हुनुभएको छ । त्यसैले आज हामी लामो कालखन्डपश्चात एउटा नेपाली नागरिकको हैसियतमा आफूलाई स्वाभिमानी भएर देखाउन सक्षम भएका छौँ । पूर्ववर्ती प्रधानमन्त्रीहरुको बिदेश भ्रमण र त्यसमा पनि भारतीय भ्रमणका बेला गरिने राष्ट्रघाती सम्झौताहरुका बिरुद्द अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्कता अपनाउँदै देशलाई भारतीय एकाधिकार र प्रभुत्ववादबिरुद्द उभ्याउन सक्नुभयो । जुनकुरा उहाँको भारत भ्रमण र भ्रमणको अन्त्यमा गरिने दुबै पक्षबीचको पत्रकार सम्मेलन गर्न नमान्नुलेनै पनि प्रमाणित गर्दछ । केपी शर्मा ओलीको दूर्दर्शिता र देशप्रतिको अगाढ मायाले हरेक पटकको भ्रमणमा गरिने राष्ट्रघाती सम्झौताहरुलाई कुल्चँदै विश्व समुदाय तथा आमनेपालीमा उहाँको देशप्रेमलाई एेना जसरी छर्लंग पारिदिएको छ । चाइना भ्रमणमा पाएको महत्वपूर्ण सम्मान अनि पारबहन सम्झौता लगायत अरु राष्ट्रनिर्माणका लागि आवश्यक अरु कदमहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रप्रेम चुलिएर गएको छ । अतः यो कार्यकाल र ओलीको नेतृत्वले असिम राष्ट्रियता र देशप्रेम तथा आफ्ना नागरिकप्रतिको जिम्मेवारी बोकेको सच्चाई गर्वका साथ देख्न सकिन्छ र यो राष्ट्रप्रेमलाई अझ प्रगाढ बनाउदै लैजानेछ भन्ने बिश्वासको आधारहरु स्थापना गरेको छ ।
महाभूकम्प र नाकाबन्दीको मारमा रहेका सबै नेपालीहरुले देशप्रेमको र आफ्ना स्वाभिमानका लागि कमरेड ओलीलाई समर्थन गरिरहे । बास, गाँस लुटिएका जनताहरुबाट खाली पेटको भरमा सधै देशप्रेमको गित सुनिरहन सक्ने अवस्था थिएन । ओलीमा स्वाभिमानको रक्षाका साथसाथै देशलाई आर्थिक रुपमा माथि उठाउन पर्ने चुनौतिहरु अगाडि थिए । भूकम्पपीडितलाई दिने सहयोग ठाउँमा पुग्नुपर्ने अवस्था अगाडि थियो, भोको पेटलाई दरिलो बनाउन पर्ने थियो, घर नभएकालाई छानोमुनी ल्याउनुपर्ने तडकारो आवश्यकताहरु थिए । बिस्तारै यी कुराहरु पूरा हुन लागे । प्राधिकरण बनाएर यथेष्ठ बजेटका साथ यी समस्याहरुलाई सम्बोधन गरिएका छन् र पीडितका ठाउँसम्म ओली नेतृत्वको सरकार पुग्न सफल भएको छ । स्पस्ट भिजनका साथ सरकारले बजेटको बिनियोजन गरेको छ । पोखरा बिमानस्थल, गौतमबुद्द बिमानस्थल, बाराको बिमानस्थल, रेलनिर्माण अध्ययनका लागि डिपीआर, सडक, बिद्युत शिक्षा, उद्योग निर्माण गरि रोजगारी तथा सामाजिक सुरक्षाका लागि यो सरकार भगवानको दूत बनेर नेपालीजनमा आएको छ । यसैकारण पनि बहुमत नेपालीहरु यो सरकारको पक्षमा छन् ।
अन्त्यमा, हाामी जस्ता प्रवासीहरु यही भन्न चाहन्छौँ– ओलीज्यू तपाईं अगाडि बढ्नुस । बहुसंख्यक नेपाली जनता तपाईंको साथमा छौँ । राष्ट्रनिर्माणका लागि, एक दुइ जना बोक्रेहरुको खोक्रे भुकाइले केही लछारपाटो लाग्नेवाला छैन् । अहिले देशको नेतृत्व तपाईंको अगुवाइमा एमालेले गरिरहेको छ । एमाले भनेको हिमनदी जस्तै हो, जुन आफ्नै बाटोमा अटुट रुपमा बगिरहन्छ र गन्तव्यमा पुगिछोड्छ । यही आशा हरेक नेपालीजनले गरिरहेका छन् । बिरोध गर्ने विरोधीहरु केहि समय धैर्य गर्ने आँट मात्र राख, त्यसपछि तिम्रा तर्कविहीन शब्द सुन्ने २ जना पनि भेट्न तिमीलाई गाह्रो पर्नेछ किनकी देश एमालेमय (केपीमय) भैसकेको छ । र, कुनै दिन तिमीहरुलाई केपी ओलीको विरोध गरेकोमा आफैलाई पीडाबोध हुनेछ ।
(लेखक एमाले निकट प्रवासी नेपाली मञ्च युएईका पूर्वअध्यक्ष हुन्)
dainiknepal

Continue Reading…

चीन तोडिदियो भारतको अर्को एकाधिकार, नेपालीहरू खुसी

काठमाडौं, ३० जेठ । दुरसञ्चार प्रविधिबाट भारतसँगको मात्रै परनिर्भरता अब तोडिने भएको छ । नेपाल टेलिकमले रसुवागढीस्थित नाकामा चाइना टेलिकम्युनिकेशन कर्पोरेशनसँग अप्टिकल फाइबर जोड्न सफल भएपछि भारतको विश्वजगतसँग दुरसञ्चारबाट जोडिन भारतसँगमात्रै निर्भर नेपालको विकल्प खुल्ला भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।khusi
काठमाडौंबाट बिच्छ्याइएको अप्टिकल फाइबरलाई रसुवागढी नाकाबाट चाइना टेलिकम्युनिकेशनसँग जोड्न सफल भएपछि अब नेपालले चीनबाट तीब्रगतिको इन्टरनेट ल्याउन सक्ने भएको छ ।
यसले नेपाल र चीनबीचको साझेदारी र सम्बन्ध त मजबुत हुने नै छ अर्कातिर नेपाली उपभोक्ताले तीब्रगतिको इन्टरनेट र डाटा सेवा लिन सक्ने भएका छन् ।
‘हामीले रसुवागढीस्थित नेपाल–चीन नाकामा दुई देशबीच तीन दिनअघि अप्टिकल फाइबर कनेक्ट गर्न सफल भएका छौं’, नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘अप्टिकल फाइबर कनेक्ट भएपछि अब हामीले चीनबाट व्यवसायिकरुपमा तीब्र गतिको इन्टरनेट ल्याउन सक्नेछौं । यो अप्टिकल फाइबर काठमाडौंबाट, धादिङको गल्छी हुँदै रसुवाको धुन्चेबाट रसुवागढीसम्म पुगाए जोड्न सफल भएका छौं ।’
रसुवागढी नाकाबाट नेपाल टेलिकम र चिनियाँ सरकारको स्वामित्यवमा रहेको चाइना टेलिकम्युनिकेसन कर्पोरेसन एकापसमा जोडिनुअघि नै दुबै मुलुका प्राविधिकले फाइबरको सफल परीक्षण गरेका थिए ।
परीक्षणका क्रममा दुबै कम्पनीका प्राविधिकरु रसुवागढी नाकाबाट काठमाडौं र चीनको राजधानी बेइजिङतर्फ ब्यान्डविथ आदानप्रदान गर्न सफल भएपछि दुई देश फाइबरबाट औपचारिकरुपमा कनेक्ट भएका हुन् ।
‘हामीले यसअघिबाटै दुई देशबीच फाइबर कनेक्ट स्थापित गर्न आवश्यक प्राविधिक सामान दुबै नाका र राजधानीमा तयार गरिसकेका छौं’, वैद्यले भनिन्, ‘नेपाल टेलिकमले यसै महिनाभित्र नेपाल–चीन र भारतबीच सिधै डाटा आदानप्रदान गर्ने पूर्वाधार तयार गरिसक्नेछ ।’
प्रवक्ता वैद्यले नेपाल–चीनबीच फाइबरबाट सम्बन्ध स्थापित भइसकेकपछि डाटा र आवाजको गुणस्तरमा धेरै सुधार हुने बताइन । ‘नेपाल टेलिकमले चीनसँग फाइबरटबा सम्बन्ध स्थापित गरी तीब्रगतिको इन्टरनेट ल्याउन सबै पूर्वाधा र प्रक्रिया पुरा गरिसकेको छ’, उनले भनिन्, ‘चीनबाट ल्याइने इन्टर नेट उच्च गतिको र सस्तो हुने भएकाले डाटा सेवा सस्तो हुनेछ भने भ्वाइस म्यासेज तथा भिडियो कलको गुणस्तर पनि बढ्नेछ ।’
चाइना टेलिकम्युनिकेसनसँग जोडिएको नेपाल टेलिकम अब फाइबरमार्फत सिधै एसियाकै दुई ठूला ग्लोबल डाटा सेन्टर रहेको हङकङसँग जोडिने छ । यसले नेपाली उपभोक्ताले अब एक महिनामै तीब्र गतिको इन्टरनेट चलाउन पाउने नेपाल टेलिकमको दाबी छ ।
‘अब नेपाल सिधै चीनमार्फत हङकङको डाटा सेन्ट र भारतमार्फत सिंगापुरको डाटा सेन्टरबाट विश्वव्यापी इन्टरनेट सञ्जालमा जोडिनेछ’, नेपाल टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘यसले गर्दा यही जुन महिनापछिबाट इन्टरनेट सेवा सस्तो र तीब्र गतिको हुनेछ । चीनसँगको सम्बन्धले अब हामी गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सिधा जोडिएका छौं ।’
भारतको बाटो हुँदै सिंगापुरको डाटा सेन्टरमार्फत जोडिएको नेपाल अब हङकङको डाटा सेन्टरसँग जोडिनुको अर्थ भनेको गुगलदेखि अन्य इन्टरनेट सेयरिङसँग सीधा जोडिनु हो ।
चीनसँग जोडिनका लागि नेपाल टेलिकमले धादिङको गल्छीबाट करिब ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ ।
नेपाल टेलिकमका अनुसार रसुवागढी नाका २०७२ वैशाखको भूकम्पले धेरै क्षति भएकाले त्यहाँ रहेको पूर्वाधार टिमुरेमा सार्न केही समय लाग्नेछ । रसुवागढीमा अझै पनि पहिरो खस्ने सम्भावना भएकाले त्यहाँको पूर्वाधारलाई टिमुरेमा सारिसकेपछि जुलाईबाटै टेलिकमले चीनसँग इन्टरनेटको व्यवसायिक कारोबार थाल्ने भएको छ ।
नेपाल र चीनले गत मार्च २० देखि २७ गतेसम्म नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा इन्टरनेट कनेक्टिभिटीबारे सम्झौता गरेका थिए ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ ३० गते आइतबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

मानसम्मानमा बृद्धि हुनेछ । आज मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको चित्त बुझाउन सकिंदैन । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनुपर्ला । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारबाट लाभ पाइने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

मातापिता र अभिभावकवर्गको स्वास्थ्यस्थितिमा देखिएको खराबीले चिन्तित तुल्याउन सक्छ । पेसा, व्यवसाय वा नोकरीमा संलग्न व्यक्तिले भनेजस्तो सफलता नपाउन सक्छन्, तर निराश हुनुपर्दैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी काममा आजको समय व्यतीत हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । कामको दायित्व थपिने सम्भावना छ । आम्दानीमा कमी आउने छैन । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा र सम्मान पाइनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

यी हुन पिसाव पोल्ने समस्या समाधानका ९ घरेलु उपाय

पिसाव खुलेर नआउने वा कम आउनाले पिसाव पोल्ने गर्दछ । बिभिन्न यौनरोग हरुको संक्रमणबाट,कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । पिसाव पोलेको रोकथामका लागि गरिने केही घरेलु उपायहरु यस प्रकार रहेका छन् polnea

१.बोटैमा पाकेको अर्गानिक आप १ हप्ता सम्म दिनको दुइवटा सेवन गर्नाले धेरै पिसाबका रोगहरु निको हुन्छन् ।
२.गाजरको रस साँझ बिहान १,१ गिलास सेवन गर्नाले पिसाव पोल्न कम हुन्छ ।

३.दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गर्नाले पनि पिसाव पोल्न कम हुन्छ ।

४पिसाव पोल्ने रोगीले प्रशस्त पानी पिउनुका साथै छारयुक्त पदार्थको सेवन गर्ने ।

५.हर्रो बर्रो र अमला चूर्णं एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने गरेमा पनि पिसाव पोल्न कम हुन्छ ।

६.दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गरेमा पिसाव सम्वन्धि धेरै बिरामी निको हुन्छ ।

७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्नाले पनि पिसाब सम्वन्धि रोग निको हुने गर्दछ ।.

८.तरकारीमा मेथीको साग सेवन गर्दा पिसाव पोल्ने समस्या कम हुन्छ ।

९ फलफुलमा आलुवखरा,अंगुर पाकेको आँपको रस सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुन्छ ।

– नेपालपाटी

Continue Reading…

ओली सरकारबारे लालबाबुले मुख खोले, कांग्रेसको सपना उडेर गएको दाबी

चितवन, २९ जेठ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री लालबाबु पण्डितले यही सरकार सहमतिको सरकार बन्ने बताउनुभएको छ ।andoon
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भरतपुर उपमहानगरपालिका वडा नम्बर २ को १२ औँ वडा अधिवेशनको आज यहाँ उद्घाटन गर्दै पण्डितले संविधान कार्यान्वयनका लागि सहमतीय सरकार उपयुक्त हुने भन्दै त्यसका लागि सरकार बाहिर रहेका दलहरूलाई ओली नेतृत्वको सरकारलाई साथ दिन पनि आग्रह गर्नुभयो ।
भर्खरै जन्मिएको संविधानलाई परिस्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै संविधान च्यात्न खोज्नेहरूको सपना उडेर गएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का वैकल्पिक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, केन्द्रीय सल्लाहकार परिषद् सदस्य देवी ज्ञवाली, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष जगन्नाथ थपलियालगायतले अधिवेशनलाई शुमकामना मन्त्व्य दिनुभएको थियो । रासस
dainiknepal

Continue Reading…

मोदीलाई भेट्न कमल थापाले लगाए रविशंकरको ज्याक, दिल्लीमा थापालाई भ्याइ नभ्याइ

शनिबार, २९ जेठ

काठमाडौं । सार्क मन्त्रिपरिषदको हैसियतले सार्क एशियन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन दिल्ली पुगेका उपप्रधान एवम् पराष्ट्रमन्त्री कमल थापा जसरी भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भन्दै यतिवेला भित्रि रुपमा प्रयास गरिरहेका छन् ।lagaya
चार दिने भ्रमणमा हिजो दिल्ली पुगेका थापाले समकक्षी सुष्मा स्वराजसँग भेटिसकेका छन् । स्वराजसँगको भेटमा नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्था, राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्दवारे विशेष कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा उपप्रधानमन्त्री थापाले स्वराजलाई छिट्टै राष्ट्रपति भण्डारीको भारत हुने र सोही अनुसारको तयारी भैरहेको जानकारी दिएका थिए । यसपटक भने विदेशमन्त्री स्वराजले मधेश आन्दोलनवारे कनै चासो देखाईनन् ।
भेटमा सहभागी नेपाली अधिकारीका अनुसार थापा र स्वराजले नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।स्वराज निवासमा भएको भेटमा आपसी तिक्तता हटाएर सम्बन्ध अघि बढाउन निरन्तर संवाद र छलफल हुनुपर्नेमा मन्त्री थापाले जोड दिएका थिए।
नेपाल र भारतबीचको विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक चाँडै बस्ने विषयमा छलफल भए पनि मिति तय भइनसकेको अधिकारीले बताए। संयुक्त आयोगको बैठक सन् २०१४ को जुलाईमा काठमाडौंमा भएको थियो।

मन्त्री थापाले स्वराजसँगको भेट अत्यन्तै उपयोगी र रचनात्मक भएको ट्विट गरेका छन्।भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालसँगको ‘परामर्श’ निरन्तर रहेको ट्विट गरेका छन्।
स्वराजसँगको भेटवार्ताअघि भारतीय पत्रकारसँग नयाँदिल्लीमा कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भारतसँग सम्बन्ध सुधारका लागि नयाँदिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई नेपालले फिर्ता बोलाएको बताए।
इन्डिया प्रेस क्लबले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा उनले भने, ‘भारतसँगको हाम्रो सम्बन्धमा परिवर्तन ल्याउँदै सम्बन्ध सुधारका लागि राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको हो। मोदी नेतृत्वको भारत सरकार वा उपाध्यायमाथि कुनै दोष लगाएर फिर्ता डाकेका होइनौं।’
सरकारले अघिल्लो महिना दिल्लीस्थित राजदूत उपाध्यायलाई फिर्ता बोलाएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारत भ्रमणसमेत रद्द गरेको थियो। नेपालका यी दुई कदमबाट भारतको पाँच महिना लामो नाकाबन्दी हटेपछि सुध्रिने क्रममा रहेको द्विपक्षीय सम्बन्धमा थप तिक्तता उत्पन्न भएको थियो।
परराष्ट्रमन्त्री थापाले नेपालको नयाँ संविधान पूर्ण समावेशी र प्रगतिशील रहेको बताए। ‘यो संविधान कुनै पनि समुदायका लागि विभेदकारी छैन’, मन्त्री थापाले भने। भारत नेपालको निकट छिमेकी र महत्वपूर्ण विकास साझेदार रहेको उनले बताए। मन्त्री थापाले नेपाल र भारत सामाजिक तथा सांस्कृतिक रूपमा बाँधिएको उल्लेख गरे।
थापाले आजै गृहमन्त्री राजनाथ सिंहसँग भेट्दैछन् । सिंहसँगको भेटमा उनले दुईपक्षीय सिमा सूरक्षावारे छलफल गर्ने बुझिएको छ । त्यस्तै उनले आजै प्रधानमन्त्री मोदीका सूरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेट्दैछन् । दोभलसँगको भेटमा समेत उनले मोदीसँग भेट मिलाउनेवारे छलफल तथा आग्रह गर्ने बुझिएको छ ।
गृहमन्त्री राजनाथ सिंह र अजित दोभलमार्पmत मोदीसँग भेट्ने ग्रिन सिग्नल नआउने देखेपछि थापाले रविशंकरलाई गुहारेका छन् । रविशंकर मोदीका विश्वासपात्र हुन् । यी दुईवीचको घनिष्ठ सम्बन्ध बुझेका थापाले पछिल्लो पटक पूनः रविशंकरलाई गुहारेका छन् । रविशंकर मोदीलाई भेट्न भन्दै आजै दिल्ली पुगिसकेका छन् । आज उनले मोदीलाई भेट्न पाए भने भोलि थापाले मोदीलाई भेट्ने सक्ने कुरा बाहिर आएको छ तर उनको भेट भने निश्चित् छैन् ।
मोदीसँग उनी यसपटक विशेष किसिमको राजनीतिक ग्रिन सिग्नल लिने योजनामा छन् । काँग्रेसको विशेष समर्थन लिएर उनी यसपटक प्रधानमन्त्री बन्ने योजनामा छन् । त्यतिमात्रै होईन उनी आन्दोनलरत मधेशी मोर्चालाई समेत आफू नेतृत्वको सरकारमा सहभागी गराउने ध्याउनमा छन् । त्यसैले उनी यतिवेला सोही उद्देश्य अनुरुपको प्रयासम छन् ।
यसअघि शुक्रबार भारतको पुरानो थिंकट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने कार्यक्रममा सहभागीता जनाएका थिए । जहाँ भारतका उच्च कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग थापाको साक्षात्कार रहेको थियो । कार्यक्रममा थापाले नेपाल–भारत सम्बन्धका बारेमा प्रवचन दिएका थिए ।
दीक्षान्त समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत सहभागी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको आश्वासन पाए पनि समय यकिन भइनसकेको स्रोतले जनाएको छ । विभिन्न देशको भ्रमण सकेर मोदी बिहीबार स्वदेश फकेका हुन । त्यसैगरी सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र कंग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग पनि भेटघाटको पहल भइरहेको जानकारी अधिकारीहरूले दिएका थिए । थापा भारत उड्नुअघि यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिँदै नेपाल र भारत दुवै देशले उनको भ्रमणलाई उच्च प्राथमिकता दिएका थिए ।रिपोटर्स नेपालको डट कमको सहयोगमा ।
nepalsandesh

Continue Reading…

देशलाई समाजवादी बाटोमा डोऱ्याउँदै ओली

कसै-कसैले भन्न सक्छन् जोकरहरु टुक्केबाजलाई समाजवादी नेता बनाउन चाँहिरहेका छन् । अनि कसैले उखानटुक्का भनेका भरमा देश समाजवादतर्फ बढ्दैन, यस्ता सिल्ली कुरा गरेर जनतालाई भ्रम नबाँड । खोई योजना सल्लाहकार र विज्ञहरुको टोली ? मानिसलाई हँसाएर दुईचार टुक्का सुनाएर देश चल्छ ?
अहिले आफूलाई मात्र लोकतन्त्रवादी देख्ने र भन्नेहरु, सत्ता बाहिर बस्दा उदैउँभै हुनेहरुका मुखबाट यस्ता धेरै कुराहरु सुन्न पढन पाइन्छ । अनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै नीति, कार्यक्रम योजना छैन कसरी देश चल्छ । देश त जसरी पनि चल्दो रहेछ भन्नेहरुको ठूलै ताँती छ । प्रधानमन्त्री ओलीलाई हाँस्यपात्र बनाइएको छ । के यस्तै हो त ? विल्कुलै होइन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि निराश बनेका नेपाली जनतालाई विकास हुन्छ र गर्नुपर्छ भन्ने आशा जगाएका छन् अब भने जिउनुको अर्थ खोल्न थालेका छन् । बर्षौदेखि आफ्ना भावना विपरित राजनीतिक नेतृत्वले निहित स्वार्थका लागि मात्रै गरेको कार्यबाट वाक्क भएका जनतालाई प्रधानमन्त्री ओलीले केही उत्साहित गराएका छन् । bhanau
प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि निराश बनेका नेपाली जनतालाई विकास हुन्छ र गर्नुपर्छ भन्ने आशा जगाएका छन् अब भने जिउनुको अर्थ खोल्न थालेका छन् । बर्षौदेखि आफ्ना भावना विपरित राजनीतिक नेतृत्वले निहित स्वार्थका लागि मात्रै गरेको कार्यबाट वाक्क भएका जनतालाई प्रधानमन्त्री ओलीले केही उत्साहित गराएका छन् । तर, प्रधानमन्त्री ओलीले बोलेका कुराहरुलाई जति उडाउने र हतोत्साहित गराउने काम भइरहेको छ त्यो राजनीतिक ढंगले खुइल्याउने काम भएको हो । केही बुद्धिजीवीका नामबाट त केही विज्ञका नाममा वा केही विश्लेषकका नामबाट तथ्यहीन प्रसंङ्ग उठाएर ओलीको बोलीविरुद्ध बिष बमन गर्ने काम भएका छन् ।
केही आफूलाई विज्ञ भनाउनेहरुले लेखेका टिप्पणी यस्तो छ । ‘प्रधानमन्त्री ओलीले पहिलो हस्ताक्षरमा १५० तुइन विस्थापित गर्ने भनेका थिए तर, अहिलेसम्म एउटा पनि तुइन विस्थापित भएको छैन’ ‘प्रधानमन्त्रीले लोडसेडिङ १ बर्षमा हटाइने छ ।’ भनेको तर, लोडसेडिङ हटाउने कुनै योजना छैन सरकारसँग जस्ता टिप्पणी आउन थालेका छन् । ‘पानी जहाजको कुरा प्रधानमन्त्रीले गरे बरु भूकम्प पीडितको घर बनाइ देउ, हामीलाई पानी जहाजको सपना नदेखाउ ।’ रेलको कुरा कागजको रेल बनाएरै उडाए । खानी उत्खनन्को कुरा आएपछि पेट्रोल होइन हिजो उत्खनन् भएका खानीको काम सिध्याउ भन्ने गरेका थुप्रै प्रसंग निकालेर ओली सरकारको मनोबल खस्काउने काम हुन थालेका छन् । तर, यथार्थ अलि फरक र दृढ छ । यो सबैले बुझ्नुपर्छ । अब कसैले टाउको फुटाए पनि यो अभियान रोकिने देखिन्न ।
नेपाल समाजवादी मार्ग पहिल्याउँदै
समाजवादका नारा दिनेहरुले संविधान बनाउँदा नै समाजवाद लेख्नु हुदैन भनेका थिए उनीहरुले समाजवादको कुरा गरेपनि समाजवाद उल्लेख गर्न चाहेका थिएनन । कम्युनिष्टहरुले ल्याएको हुँदा बुजुर्वाहरुलाई समाजवादको विरोध गरेका थिए । नेपाली कम्युनिष्टहरुले समाजवादलाई अन्तिम लक्ष्य मानेका हैनन् बरु यो उत्तम बाटो हो भन्ने गरेका छन् । देश स्वावलम्बन र आत्मनिर्भर बन्नुपर्छ । जनता पनि उत्पादनशील बनेपछि आर्थिक हिसाबले आत्मनिर्भर बन्ने छन् । अनिमात्र देशले नयाँ प्रगति गर्नसक्छ । सरकारले अहिले माथिबाट र तलबाट आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम बजेटसहित ल्याएको छ । नेपाली कांग्रसले त्यसै विपक्षीको धर्म निर्वाह मात्र गरेको होइन बरु यो कार्यक्रम सफल भए जनता धनी हुन्छन् संधैभरि कम्युनिष्टले शासन गर्ने भए भन्ने कुराले कांग्रेसी विरोध भएको हो । ठीकै छ विरोधले हामी संधै जागा रहनुपर्छ भन्नेकुरा सरकारले बुझ्नुपर्छ र आफ्ना अभियान पूरा गर्न जुट्नु पर्छ ।
नेपाली कांग्रसले त्यसै विपक्षीको धर्म निर्वाह मात्र गरेको होइन बरु यो कार्यक्रम सफल भए जनता धनी हुन्छन् संधैभरि कम्युनिष्टले शासन गर्ने भए भन्ने कुराले कांग्रेसी विरोध भएको हो । ठीकै छ विरोधले हामी संधै जागा रहनुपर्छ भन्नेकुरा सरकारले बुझ्नुपर्छ र आफ्ना अभियान पूरा गर्न जुट्नु पर्छ ।
यो सरकारले आफ्नो नीति र कार्यक्रम ल्याउँदासम्म केही बोल्न सक्ने ठाउँ थिएन नै । जब बजेट आयो त्यो बजेट हेरेपछि जनता खुशी हुनु स्वभाविक नै थियो । कृषि मन्त्रीले किसानलाई पेन्सन बाँड्छु भन्दा अनौठो मान्नेहरुको संख्या ठूलै थियो । यो भनाईले नेपाली कृषकलाई तिमीहरुको पृष्ठभागमा सरकार छ भन्ने कुराको विश्वस्त गराउने काम हो यो । नेपालमा उत्पादनको ठूलो प्रतिशत कृषि क्षेत्रले लिएपछि कृषिको उन्नति र प्रगति नगरी देश स्वावलम्बी हुन सक्दैन नै ।
अहिले बजेट हेर्दा नीतिगत हिसावले बास्तव मै आत्मनिर्भर उत्पादनमुखी देखिन्छ । यतिवेला प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नु भएको कुरालाई बजेटले सम्वोधन गर्यो कि गरेन त्यो हेरेर मात्र ओलीको भनाई हावादारी हो वा उखान टुक्का मात्र हो भन्न सकिन्छ । आजसम्म ओलीको भाषणमा कुन भनाई नेपाली उखानटुक्कामा मिलेको छ । ओलीको भनाईलाई उखानटुक्का सम्झिनेहरुले ओलीलाई खुइल्यान मात्र यसो भनिरहेका छन् । नेपाली साहित्यका कुनै वाङमयले प्रस्ट पारे हुन्छ कि ओलीको यो भनाई नेपाली उखानटुक्का संग्रहमा छ भनेर यो चुनौति सम्झे पनि हुन्छ । अब रह्यो ओलीको बोलीले नीति कार्यक्रम वा बजेटमा स्थान पाएको छ की छैन् । त्यस्को पनि सानो चर्चा गरौं ।
प्रधानमन्त्री भएकै दिन ओलीले तुईन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिनेछ भन्नु भएको थियो । अर्थमन्त्री विष्णु पौडेलले ०७४ भदौभित्र १५५ तुइनलाई झोलुंगे पुलमार्फत विस्थापित गर्न एक अर्ब रुपैयाँ बजेट छुट्याउनु भएको छ । यसलाई नै विश्लेषण गरौ ओलीले भन्नुभयो नीति कार्यक्रममा पर्यो बजेट छुट्टियो नतिजा आउन २०७४ भदौ पर्खिनै पर्छ । समय नपुगी खोई झोलुङ्गे पुल भनेर हुन्छ ? केही स्वघोषित विद्वानहरुले अहिलेसम्म झोलुङ्गे पुलको केही भएको छैन भन्दै आएका छन् । झोलुङ्गे पुल त्यस्तो पुल हो जसको ८० प्रतिशत काम निर्माण हुने स्थान नभई कुनै फलामे ग्यारेजमा तयार हुन्छ काम शतप्रतिशत सम्पन्न गर्न मात्रै कार्यस्थलमा पुर्याइन्छ ।
सरकारले कृषिमा प्रशस्तै लगानी बढाएको छ । पाँच बर्षभित्र सबै कृषियोग्य जमिनमा सिंचाईको व्यवस्था गर्ने, पशुपालक किसानलाई लगानी अनुसार सरकारी अनुदान पनि बढाउन बजेट विनियोजन गरेको छ । कृषकहरुलाई गाई, भैसी, खसी, कुखुरा, माछा पालन, बंगुर पालनलगायतका क्षेत्रमा प्रशस्तै रकम विनियोजन गरेको छ । यसैगरी किसानको मल बीउ औषधिलगायतको क्षेत्रलाई बलियो बनाउन बजेट छुट्टयाएको छ । यसरी हेर्दा किसानहरु तलबाट स्वावलम्बन हुँदै जाने छन् । पछि जब किसानले सरकारलाई उत्पादनको हिस्सा बुझाउने गर्छन् त्यही हिस्साबाट किसानलाई योगदान अनुसारको पेन्सन दिने व्यवस्था सरकारले गर्ने छ भनी कृषिमन्त्री हरिबोल गजुरेलले भन्नुभएको भनाई भरपर्दो र विश्वासनीय देखिन्छ ।
जेठ १२ मा प्रधानमन्त्री ओलीले बोलेको अर्को प्रसंग चीनतर्फ पनि बिजुली निर्यात गर्ने पनि हो । नेपालको विद्युत विदेशमा बेचिने प्रधानमन्त्रीले भन्नुहुँदा त्यसैगरी कोकोहोलो भयो । नेपालीले १८–१८ घण्टा लोड सेडिङमा बस्नु परेको छ, सरकार भने विद्युत निर्यातको सपना बाँडिरहेको छ । बास्तव मै पछि हुने सम्भावनालाई अगाडि नै हेक्का राख्नु बुद्धिमानी हुने छ । सरकारले यस्तै गर्यो ।
झापामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा कात्तिकको पहिलो साता प्रधानमन्त्री ओलीले एक वर्षभित्रमा लोडसेडिङ अन्त्यको घोषणा गर्नु भएको थियो । लोडसेडिङ हटाइने कुरा नीति कार्यक्रममा आयो । सडक बत्ती सोलारबाट बालिने, नयाँघरमा सोलारको व्यवस्था अनिवार्य गरिने जस्ता कार्यक्रम पनि ल्याइएको छ । साना जलविद्युत र ठूला परियोजना समेत अघि सारिएको छ । बजेटमा जलविद्युत् उत्पादन, प्रसारण लाइन विस्तार र वितरणलाई प्राथमिकतामा राखिएको छ । लोडसेडिङ अन्त्यका लागि बलियो विकल्प मानिएको एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना आगामी आवबाट सुरु गर्ने योजनासहित १२ अर्ब बजेट विनियोजन गरिएको छ । केही सम्पन्न हुन लागेका परियोजनालाई महत्वका साथ बजेट छुट्टयाइएको छ ।
प्रधानमन्त्री ओलीले पदभार सम्हालेपछि देशवासीका लागि गरेको सम्बोधनमा काठमाडौंमा मेट्रो रेल चलाउने घोषणा गर्नु भएको थियो । यसलाई कार्यान्वयन गर्न बजेटमार्फत मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणका लागि स्रोतको व्यवस्थापन गरिने उल्लेख छ । रेल तथा मेट्रो रेलका लागि एक अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । ओलीले बोलेको बोलीलाई बजेटले पक्रेको छ । पहल शुरु भएको छ । हेरौं ।
प्रधानमन्त्रीले बोलेको अर्को प्रसंग पानीजहाज खरिद पनि हो । उहाँले पानी जहाज खरिद गरेर पश्चिमा जहाजहरु चलेका ठाउँमा नेपाली ध्यजाबाहक जहाज भयो भने व्यापार पनि हुने आफ्नो देशको झण्डा महासागरहरुमा फहराउने अनि आफ्ना अत्यावश्यक सामग्री विदेशबाट ल्याउने भरपर्दो साधन पनि हुने । यसमा पनि निक्कै हावादारी गफ भनियो तर, जब यसअघिका सरकारले नै यो कार्यक्रम सञ्चालन गर्न लागेको र कुनै विदेशी रिमोटबाट बन्द भएको कुरा बाहिर आयो अनि विद्वानहरुले अर्को उकुर्जी झिके ‘जहाज किन्ने पैसा त भूकम्प पीडिलाई बाँडे हुँदैन र ! कस्तो समस्या छ त्यहाँ सरकार जहाजमा सररर को हावादारी कुरा गर्छ ।’ सरकारले पानीजहाज सञ्चालन गर्न कानुनी र संस्थागत आधार तयार गर्ने योजना अघि सारेको छ ।
सरकारले भूकम्प पीडिको लागि प्राधिकरण नै खोलेर काम गरिरहेको छ । कति बर्ष लगाएर तयार पारेको संरचनाहरु एक निमेश मै आएको भूकम्पले भत्काई दियो । झण्डै साढे आठ लाख घरको संरचना तयार गर्न सहज छैन । सरकारले वितरण गर्ने रकम पनि विधि प्रक्रिया पुर्याएर वितरण गर्नु पर्छ । प्रक्रिया पुर्याउँदा पुर्याउँदै अगाडिको क्षतिको संख्या र पछिको क्षतिको संख्या दोब्बर बृद्धि भएको पाइएको छ । यहाँ चुक्यो भने पनि सरकारले सुकुम्बासीको रकम कार्यकर्तालाई वितरण गर्यो भन्ने आवाज उठ्ने नै छ । बरु अब बसोबासको क्षेत्र व्यापारको क्षेत्र, बन जंगलको क्षेत्र, खेती को क्षेत्र सडक र पर्यटनको क्षेत्र शुरुदेखि नै छुट्टयाएर गाविको सबै वडामा घर बनाएर बस्नै पर्ने परिपाटीको अन्त्य गर्नु राम्रो हुन्छ । आवास क्षेत्रमा बाटो, विजुली, खानेपानी, सञ्चार स्वास्थ्य केन्द्र ग्याँस पाइप जडानजस्ता आधारभूत संरचनाको व्यवस्था गरेर छरिएर रहेका जनतालाई केन्द्रिकृत गरिनु पर्दछ ।
सरकारले दिगो विकासमा आफ्नो प्रतिबद्धतालाई स्पष्ट पारेको छ । कम्युनिष्ट पार्टीले गर्ने काम नै त्यसपछि आएका अन्य बुर्जुवा पार्टीहरुले भत्काउन नसक्ने गरीको कार्यक्रम ल्याउने हो जो ओली सरकारले गरेको छ ।
जेठ १२ मा प्रधानमन्त्री ओलीले बोलेको अर्को प्रसंग चीनतर्फ पनि बिजुली निर्यात गर्ने पनि हो । नेपालको विद्युत विदेशमा बेचिने प्रधानमन्त्रीले भन्नुहुँदा त्यसैगरी कोकोहोलो भयो । नेपालीले १८–१८ घण्टा लोड सेडिङमा बस्नु परेको छ, सरकार भने विद्युत निर्यातको सपना बाँडिरहेको छ । बास्तव मै पछि हुने सम्भावनालाई अगाडि नै हेक्का राख्नु बुद्धिमानी हुने छ । सरकारले यस्तै गर्यो । बजेटमा विद्युत् आयात–निर्यातको वैकल्पिक व्यवस्था गर्न चिलिमे–केरुङ प्रसारण लाइनको अध्ययन आगामी वर्षमा सम्पन्न गरिने भएको छ ।
सरकारले जनताप्रति आफ्नो उत्तरदायी भावना प्रस्तुत गर्दै सामाजिक सुरक्षा तर्फको संकेतलाई बलियो बनाएको छ । जेष्ठ नागरिकलाई सम्मान गर्दै दिइदै आएको रकमलाई दोब्बर बनाएको छ । एकल महिला, अपाङ्गलाई दिइने सहयोगलाई दोब्बर बनाएको छ । अन्य जातजाति र सीमान्तकृत बर्गलाई पहिचानको रकमलाई पनि बृद्धि गरेको छ । यसरी हेर्दा सरकारले दिगो विकासमा आफ्नो प्रतिबद्धतालाई स्पष्ट पारेको छ । कम्युनिष्ट पार्टीले गर्ने काम नै त्यसपछि आएका अन्य बुर्जुवा पार्टीहरुले भत्काउन नसक्ने गरीको कार्यक्रम ल्याउने हो जो ओली सरकारले गरेको छ ।
यसअघि कै एउटा उदाहरण हेरौं मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम ल्याएका थिए त्यो कुनै पनि सरकारले काट्न सकेनन् । जेष्ट नागरिक सम्मान भत्ता पनि नागरिकप्रतिको दायित्व दर्शाउदै आएको थियो । यो सरकारले पनि सदरमुकामको नगरपालिकाको लागि भौतिक पूर्वाधार विकासको शीर्षकमा सोझै नगरपालिकाले पाउने गरी बजेट विनियोजन गरेको छ । यही बजेट यसअघिका सरकारले विनियोजन गरेका भए सदरमुकाममा रहेको नगरपालिकाको पूर्वाधार विकासका लागि मन्त्रालयमार्फत योजना बनाई कार्य सम्पादन गरिने भन्ने उल्लेख हुन्थ्यो त्यो रकम कहाँ कति कसैलाई थाहै हुँदैन थियो अब भने सरकारले सबै नगरपालिकालाई नाम तोकेरै बजेट दिएको छ ता कि त्यहाँका स्थानीय जनताको विकास निर्माणमा प्रत्यक्ष सहभागी होस् ।
नपत्याउनेहरुले डायरीमा लेखेर राखे हुन्छ ५–७ बर्षपछि जब जनताको क्रयशक्ति बढनेछ, मुलुक आत्मनिर्भर हुनेछ विदेशमा रहेका नेपाली युवाहरुले जब स्वदेश मै काम पाउने छन् त्यसपछि हामीले थाहै नपाई देशले समाजवादी बाटो प्रवेश गर्दै गरेको हुनेछ ।
त्यस्तै गरी, सरकारले सबै प्रदेशमा एक–एक औद्योगिक क्षेत्र निर्माण गर्ने र सरकारले त्यसक्षेत्रको आधारभूत संरचनाको तयार गर्ने कार्यक्रम तयार गरेको छ । औद्योगिक क्षेत्रमा उद्योगहरु स्थापना भएपछि बेरोजगारी समस्या पनि हल हुने देखिन्छ । दीर्घकालिन रुपमा हेर्ने हो भने अहिल सरकारले प्रस्तुत गरेको बजेटले केही बर्ष पछि यसको नतिजा प्रस्टिने छ ।
अहिले सरकारले ल्याएको बजेट सफल कार्यान्वयन हुने हो भने समाजवादको बाटो पक्रेको संकेत देखापर्ने छ । नपत्याउनेहरुले डायरीमा लेखेर राखे हुन्छ ५–७ बर्षपछि जब जनताको क्रयशक्ति बढनेछ, मुलुक आत्मनिर्भर हुनेछ विदेशमा रहेका नेपाली युवाहरुले जब स्वदेश मै काम पाउने छन् त्यसपछि हामीले थाहै नपाई देशले समाजवादी बाटो प्रवेश गर्दै गरेको हुनेछ । हामी राजनीतिक आँखाले मात्र सरकारको विरोध या समर्थन नगरौं बस्तुगत आधारमा विरोध या समर्थन गरी सभ्य नागरिकको परिचय दिने गरौं । अस्तु !!
– Sedainiknepal

Continue Reading…

विद्युत प्राधिकरणमा १६९९ वटा जागिर खुल्यो, तीन तहदेखि १० सम्मका लागि, आठ पासलाई पनि जागिर

काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि एक हजार छ सय ९९ जनाका लागि जागिरको आवेदन माग गरेको छ। प्राधिकरणले आइतवार सार्वजनिक सुचना जारी गर्दै तीनदेखि १० तहसम्मका लागि जागिरको आवेदन खुला गरेको हो।jagir

प्राधिकरणले खुला गरेको पदहरुमा एक महिनाभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ। प्राधिकरणले तीहार लगत्तै लिखित र मौखिम परीक्षा सञ्चालन गरेर पदपुर्ति गर्ने छ।
प्राधिकरणको जागिरमा आठ पास गरेकादेखि स्नातकोत्तर उत्तिर्णसम्मले आवेदन दिन सक्ने छन्। खुला प्रतियोगितामार्फत पदपुर्ति गरिने भन्दै प्राधिकरणले क्षेत्रगत हिसावले नै आवेदन माग गरेको हो।
प्राधिकरणका अनुसार, प्रशासन समूह अन्तर्गत मिटर रिडिङ सुपरभाइजर पाँच तहका लागि ९५ जना नियुक्त गर्ने छ। यो पदका लागि प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनु पर्छ।
प्रशासन समूह अन्तर्गतको लेखपाल पाँच तहमा ६६ जनालाई नियुक्ती दिइने छ। वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्णले यो पदका लागि आवेदन दिन सक्छन्।
यसैगरी प्राविधिक सेवाको इलेक्ट्रिकल सुपरभाइजर पाँच तहमा २३३ जनालाई नियुक्त गरिने छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्ण हुनु पर्छ।
प्राविधिक सेवामा मेकानिकल सुपरभाइजर पाँच तहका लागि पाँच जनालाई नियुक्त दिइने प्राधिकरणले जनाएको छ। यसका लागि मेकानिकल इन्जियनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्ण हुनु पर्छ।
प्राधिकरणले प्रविधिक सेवामा सिभिल सुपरभाइजर पाँच तहका लागि १२ जनालाई नियुक्ती दिने छ। सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्णले यो पदका लागि आवेदन दिन सक्छन्।
यसैगरी सिनियर हेवी इक्विपमेन्ट अप्रेटर तह पाँचका लागि पाँच जनालाई नियुक्त दिने सुचना सार्वजनिक गरेको छ। यसका लागि एसएलसी पास गरी भारी उपकरणको चालक अनुमतिपत्र पाएको हुनु पर्छ।
प्रशासन समूह अन्तर्गत सिनियर मिटर रिडर तह चारका लागि ४७० जनालाई नियुक्ती दिने प्राधिकरणको तयारी छ। यो पदका लागि प्रविणता प्रमाणपत्र वा डिप्लोमा अनिवार्य गरिएको छ।
यसैगरी प्रशासन अन्तर्गत सहायक लेखापाल तह चारका लागि १६५ वटा पदमा आवेदन माग गरिएको छ। यो पदका लागि वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनु पर्छ ।
फोरमेन इलेक्ट्रिकल तह चारका लागि ३६१ जनाबाट आवेदन माग गरिएको छ। यसका लागि इलेक्ट्रिकल विषयमा एसएलसी पास अनिवार्य छ। साथै फोरमेन सिभिल तह चारका लागि दुई जनालाई नियुक्त दिइने छ। यसका लागि सिभिल बिषयमा प्राविधिक एसएलसी पास गर्नु पर्छ।
फोरमेन ड्राइभर तह चारका लागि आठ जनाको जागिर खुलेको छ। १० कक्षा पास गरी भारी सवारी साधनको चालक अनुमति पत्र भएकाले यसका लागि आवेदन दिन सक्छन्। प्रशासन अन्तर्गत मिटर रिडर तह तीनमा ४२ जनालाई जागिर खोलिएको छ। यसका लागि एसएलसी पास उत्तिर्ण हुनु पर्छ।
यसैगरी प्राधिकरणले इलेक्ट्रिसियन तह तीनका लागि १४३ जनाबाट आवेदन माग गरेको छ। इलेक्ट्रिसियन बिषयमा १० कक्षा उत्तिर्ण गरेकाले यो पदका लागि आवेदन दिनसक्छन्। ड्राइभर तह तीनका लागि आठ कक्ष उत्तिर्ण भइ हलुका सवारी साधनको अनुमति पत्र भएको हुनु पर्छ। यो पदका लागि १० जनालाई नियुक्त गरिने छ।
प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह १० का लागि एक जनालाई नियुक्त गरिने छ। यो पदमा आवेदन दिनका लागि इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा आठ बर्षको अनुभव भएको हुनु पर्छ।
उप प्रबन्धक प्राविधिक इलेक्ट्रिकल्स तह नौंका लागि एक जनालाई नियुक्त गरिने छ। इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा छ बर्षको अनुभव भएकाले यो पदका लागि आवेदन दिन सक्ने छन्। सहायक निर्देशक प्रशासन लेखा तह आठका लागि पनि एक जना माग गरिएको छ। बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धित क्षेत्रमा अधिृकतस्तरको पदमा चार बर्षको कार्यअनुभव भएकाले आवेदन दिन सक्ने छन्।
teilicom
चार्टर्ड एकाउन्टेन्ट प्रशासन लेखा तह आठका लागि एक जना माग गरिएको छ। यसका लागि सिए, एसिसिए वा सिपिए उत्तिर्ण हुनु पर्छ। सहायक प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह आठका लागि पनि एक जना माग गरिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा चार बर्षको अनुभव भएकाले आवेदन दिन सक्छन्।
सहायक प्रबन्धक प्राविधिक सिभिल तह आठका लागि दुई जना माग गरिएको छ भने यसका लागि सिभिल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा चार बर्षको अनुभव अनिवार्य छ। प्राधिकरणले प्रशासकीय अधिकृत तह सातका लागि तीन जना माग गरेको छ। यसका लागि स्नातकोत्तर तह उत्तिर्ण हुनु पर्छ।
यसैगरी लेखा अधिकृत, तह सातका लागि चार जना माग गरिएको छ। बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तरले आवेदन दिन सक्छन्। कानुन अधिकृत सात तहका लागि एक जना माग गरिएको छ। यसका लागि कानुनमा स्नातक भइ अधिवक्ताको प्रमाणपत्र प्राप्त वा कानुनमा स्नातकोत्तर उत्तिर्ण अनिवार्य गरिएको छ।
समाजशास्त्री तह सातमा पनि एक जना माग गरिएको छ। यसका लागि समाजशास्त्र वा मानवशास्त्रमा स्नातकोत्तर हुनु पर्छ। इन्जिनियर इलेक्ट्रिकल तह सातमा ४७ जना माग गरिएको छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक हुनु पर्छ।
इन्जिनियर मेकानिकल तह सातमा पाँच जना माग गरिएको छ भने यसका लागि मेकानिकल इन्जिनियरिङमा स्नातक अनिवार्य गरिएको छ। साथै इन्जिनियर सिभिल तह सातमा १३ जना माग गरिएको छ। यसमा आवेदन दिन सिभिल इन्जिनियरिङमा स्नातक अनिवार्य छ।
कम्प्युटर इन्जिनियर तह सातका लागि दुई जना कम्प्युटर इन्जिनियरिङमा स्नातक माग गरिएको छ। सर्वे अधिकृत तह सातका लागि एक जना माग गरिएको छ। यसका लागि सर्वे इन्जिनियरिङ बिषयमा स्नातक उत्तिर्ण वा भूगोल बिषयमा स्नातकोत्तर उत्तिर्ण गरी सिनियर सर्वेयर कोर्ष पुरा गरेको वा बिएससी गणित बिषयमा उत्तिर्ण गरी सिनियर सर्वेयर कोर्ष पुरा गरेको हुनु पर्छ।
कुन कुन ठाउँमा खुल्यो?
प्राधिकरणले विराटनगर, हेटौडा, जनकपुर, काठमाडौं, पोखरा, वुटवल, नेपालगञ्ज, अत्तेरियालगायतका स्थानमा जागिर खोलेको हो। जागिरको आवेदन फारम जुन स्थानका लागि खोलिएको त्यहीको प्राधिकरणको क्षेत्रीय कार्यालयमा बुझाउनु पर्छ।
जागिरको आवेदन विहान ११ बजेदेखि बेलुका चार बजेसम्म मात्र बुझाउन पाइन्छ। जागिरका लागि उमेर १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनु पर्छ। महिलाको हकमा भने ४० बर्षसम्म छुट दिइएको छ।
परीक्षा दस्तुर कति?
तह पाँच– ६२५, तह चार– ५२५, तह तीन– ४२५ रुपैयाँ लाग्ने छ। समावेशीमा पनि आवेदन दिने हो भने प्रत्येक समूहमा अतिरित्त दुई सय रुपैयाँ बढी तिर्नु पर्छ।
तह १०– १५५०, तह नौं– १२५०, तह आठ– १०५० र तह सात– ९५० रुपैयाँ लाग्ने छ। समावेशीमा पनि आवेदन दिने हो भने प्रत्येक समूहमा अतिरित्त तीन सय रुपैयाँ बढी तिर्नु पर्छ।

Continue Reading…

नेपाली बैज्ञानिकको सफलताः अब प्लास्टिकबाटै तेल उत्पादन

काठमाडौँ, जेठ २९ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।nepal

प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो ।

नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो ।

प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताएका छन् । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ ।

एक किलो प्लास्टिक, एक लि तेल

वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ । अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

नयाँ ढाँचाका सवारी साधनका लागि भने केही मिश्रण गर्नुपर्ने हुन्छ । जापान सहित एसिया र युरोपका ४५ देशमा प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रयोगमा छन् । भारत, चीन र जापानले यस्ता प्रविधिका उपकरण बिक्री गर्दैआएका छन् ।

नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ । करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ । यन्त्र आएपछि अनुसन्धानसँगै तेल उत्पादनको काम सुरु गरिने वैज्ञानिक ढकालले बताए ।

नास्टले तीन महिनाको अनुसन्धान र परीक्षण अवधिमा १५ लि पेट्रोलियम पदार्थ उत्पादन गरेको जानकारी दिँदै ढकालले सो प्रविधिबाट वातावरण प्रदूषण नियन्त्रण र बढ्दो इन्धनको अभावलाई पूर्ति हुने बताए ।

नास्टले भूकम्प प्रभावित जिल्लामा पाल लगायत सामग्रीमा बढी प्लास्टिकजन्य पदार्थ हुने भएकाले ती क्षेत्रलाई प्राथमिकता दिएर तेल उत्पादन गरिने जनाएको छ । पुनःनिर्माणका क्रममा प्लास्टिक त्यत्तिकै खेर जाने र फोहर बढ्ने भएकाले त्यसको सदुपयोगसँगै तेल उत्पादन गर्नका लागि भूकम्प प्रभावित जिल्ला नै रोजाइमा परेको वैज्ञानिक ढकालले बताए ।

तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत

एसियाली विकास बैंकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ । त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ ।

सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुन्छ ।

नेपाल आयल निगमको तथ्याङ्क अनुसार वार्षिक १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । भविष्यमा सो प्रविधिलाई नागरपालिकासँग साझेदारी गरेर अघि बढ्ने नास्टको योजना छ । यसमा प्रयोग भइसकेका र खेरगइरहेका प्लास्टिकलाई प्रयोग गर्न सकिन्छ, नयाँ प्लास्टिक चाहिँदैन ।

नास्टले अहिले भित्र्याएको यन्त्रबाट एक पटकमा एक घन्टाका अवधिमा १० केजी प्लास्टिक पेलेर १० लि तेल निकाल्न सकिन्छ । सो प्रविधिको अनुसन्धान प्रवद्र्धनमा ढकाल सहित नास्टका पाँच वैज्ञानिक लागिपरेका छन् ।

प्रा. डा. जीवराज पोखरेलले खेर गएको प्लास्टिकलाई तेलमा बदल्ने प्रविधि आविष्कार गर्न नास्टले वैज्ञानिक सफलता पाउनु देश विकासको सङ्केत हो भन्दै यो प्रविधिलाई थप अनुसन्धान र प्रवद्र्धन गर्ने योजना सुनाए ।

जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधिलाई नेपालमा प्रवद्र्धन गर्न अभियानै चलाएको थियो । पहिलो चरणमा एक महिना जापानबाट ल्याइएको यन्त्र जडानयुक्त ट्रक देशका विभिन्न स्थानमा लगेर प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रदर्शन गरिएको थियो ।

एक वर्षअघि नास्टले इको पार्टीसँग उक्त प्रविधि भित्र्याउनेबारे द्विपक्षीय सम्झौता गरेको थियो । त्यसअनुरुप जापानको प्राविधिक तथा भौतिक सहयोगमा नेपालमा यसको पहिलो चरणको प्रचारात्मक अभियान सकिएको छ । -रासस

imagekhabar

Continue Reading…

लुम्बिनी विशेष तीर्थस्थल हुनु हाम्रा लागि गौरव होः राष्ट्रपति

काठमाडौँ, २९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थल वरपरको पवित्र क्षेत्रको संरक्षण र विकास गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमै शान्ति नगरीका रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सुलक्षण कीर्ति विहार चोभारकी प्रमुख डा अनोजा गुरुमालाई म्यानमा सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान २०१६’ प्रदान गरेका अवसरमा आज विहार परिसरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो– “विश्वका सम्पूर्ण बौद्ध धर्मावालम्बी तथा बुद्धको शान्ति, अहिंसा, भ्रातृत्व, सहिष्णुता र करुणा सिद्धान्तमा आस्था राख्ने सबैका लागि लुम्बिनी विशेष तीर्थस्थलका रुपमा रहनु भनेको हाम्रो लागि खुसीको कुरा हो ।”rata
बौद्ध दर्शनमा विद्यावारिधि लिने पहिलो नेपाली भिक्षुणी डा अनोजालाई म्यानमा सरकारले बौद्धधर्मको गहिरो अनुसन्धान र प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याएबापत उक्त सर्वाेत्कृष्ट सम्मान प्रदान गरेको हो ।
बौद्ध दर्शनका अनुयायीले मन, वचन र कर्मद्वारा बुद्धको ज्ञान र सन्देशलाई अझ गहिरोसँग प्रवाह गर्न सकेमा मानव जीवनलाई अनुशासित, खुसी र समृद्ध बनाएर समाजलाई स्थायी शान्तितर्फ अग्रसर गराउन मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सरकारले भाषिक, धार्मिक र जातीय विविधताको अनुपम फूलबारीका रुपमा रहेको नेपालको विविध विशेषता र मूल्यमान्यताको अभिवृद्धि र संरक्षण गर्ने हेतुले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो– “हाम्रा गौरव गौतम बुद्धको पवित्र जन्मभूमि र महान् महर्षिहरुको तपोभूमिका रुपमा नेपालले संस्कृति र दर्शनको क्षेत्रमा विशेष भूमिका निर्वाह गर्दैआएको छ ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले अहिंसाको आन्दोलन, लोककल्याण र शान्तिको सन्देश गौतमबुद्धले लुम्बिनी क्षेत्रबाट प्रवाह गर्नुभएको कुरा हामीले गौरवका साथ अन्तरर्राष्ट्रिय समुदाय समक्ष पु¥याउन आवश्यक छ भन्नुभयो । “तिलौराकोट, रामग्राम र देवदह क्षेत्रको विकास र विस्तार गरेर संसारभरका विभिन्न धर्मालम्बीलाई लुम्बिनी पु¥याउने काममा हामी सबैले हातेमालो गरेर काम गर्न आवश्यक छ”– उहाँले भन्नुभयो ।
समारोहमा नेपालका लागि श्रीलङ्का र म्यानमाका राजदूत एवम् नेपालका लागि चीनको राजदूतावासका प्रथम सचिवले लुम्बिनीको विकास र विस्तारमा पु¥याउँदै आएको सहयोग र दुई देशबीचको मैत्रीवत् सम्बन्धका विभिन्न पक्षका बारेमा धारणा राख्नुभएको थियो ।
समारोहमा बौद्ध धर्मका प्रवद्र्धक अश्वघोष महास्थविर र भिक्षुणी धम्मावती गुरुमाले अनोजाले नेपालको कुनाकाप्चामा मात्र नभई विश्वका पाँच महादेशमा पुगेर बौद्धदर्शनको प्रचारप्रसारमा निकै सफलता हासिल गर्नुभएको जानकारी गराउनुभएको थियो ।
सम्मानित व्यक्तित्व डा अनोजाले बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउने अभियानमा सबैलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँलाई विभिन्न सङ्घसंस्थाका तर्फबाट अभिनन्दन र कदरपत्र प्रदान गरियो । रासस
dainiknepal

Continue Reading…

नेपाली वैज्ञानिकलाई ठूलो सफलताः अब नेपालमै पेट्रोल उत्पादन

काठमाडौँ, २९ जेठ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ ।baigeni
प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ प्रविधि आविष्कार गरेको हो ।
नास्टको पछिल्लो यो सफलताले देशमा बढ्दो इन्धनको अभाव कम गर्न र प्लास्टिकजन्य फोहर व्यवस्थापन गरी वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । लामो समयको वैज्ञानिक अनुसन्धान र परीक्षणबाट नास्टले प्लास्टिकबाट तेल उत्पादन गर्ने नयाँ प्रविधि सुरु गर्न लागेको हो ।
प्लास्टिकबाट तेल निकाल्ने अभियानमा संलग्न नास्टका वरिष्ठ वैज्ञानिक डा रवीन्द्र ढकालले जैविक प्रविधिमा फड्को मार्दै नास्टले नयाँ प्रविधि भित्र्याएको बताउनुभयो । प्लास्टिकबाट पेट्रोल, डिजल र मट्टितेलमा परिणत गर्न सक्ने यन्त्र परीक्षणका लागि जापानबाट ल्याइएको छ ।
एक किलो प्लास्टिक, एक लि तेल

वैज्ञानिकका अनुसार एक किलोग्राम प्लास्टिकबाट एक लिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ । प्लास्टिकबाट निस्केको तेल ३० प्रतिशत र अन्य पेट्रोल ७० प्रतिशत मिसाएमा अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय तेलमा परिणत हुनेछ । अहिले यो प्रविधिबाट निस्केको तेल सिधै बस, ट्रक, ट्र्याक्टर जस्ता सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
नयाँ ढाँचाका सवारी साधनका लागि भने केही मिश्रण गर्नुपर्ने हुन्छ । जापान सहित एसिया र युरोपका ४५ देशमा प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रयोगमा छन् । भारत, चीन र जापानले यस्ता प्रविधिका उपकरण बिक्री गर्दैआएका छन् ।
नास्टले सो प्रविधिबाट इन्धन उत्पादन गर्ने उद्देश्यले चीनबाट उपकरण भित्र्याएको छ । करिब रु ३६ लाख मूल्यको उक्त यन्त्र वीरगन्ज भन्सारमा आइपुगेको नास्टले जनाएको छ । यन्त्र आएपछि अनुसन्धानसँगै तेल उत्पादनको काम सुरु गरिने वैज्ञानिक ढकालले बताउनुभयो ।
नास्टले तीन महिनाको अनुसन्धान र परीक्षण अवधिमा १५ लि पेट्रोलियम पदार्थ उत्पादन गरेको जानकारी दिँदै ढकालले सो प्रविधिबाट वातावरण प्रदूषण नियन्त्रण र बढ्दो इन्धनको अभावलाई पूर्ति हुने बताउनुभयो ।
नास्टले भूकम्प प्रभावित जिल्लामा पाल लगायत सामग्रीमा बढी प्लास्टिकजन्य पदार्थ हुने भएकाले ती क्षेत्रलाई प्राथमिकता दिएर तेल उत्पादन गरिने जनाएको छ । पुनःनिर्माणका क्रममा प्लास्टिक त्यत्तिकै खेर जाने र फोहर बढ्ने भएकाले त्यसको सदुपयोगसँगै तेल उत्पादन गर्नका लागि भूकम्प प्रभावित जिल्ला नै रोजाइमा परेको वैज्ञानिक ढकालले बताउनुभयो ।
तेत्तीस लाख बढी ग्राम प्लास्टिक खपत
एसियाली विकास बैंँकको एक प्रतिवेदन अनुसार एक नेपालीाबट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ । त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लास्टिक दैनिक खपत हुने गरेको छ ।
सो प्रविधि प्रयोग गर्ने हो भने दैनिक दुई हजार तीन सय किलोलिटर पेट्रोलियम पदार्थ निस्कन्छ । यसरी हेर्दा वार्षिक आठ लाख ५८ हजार ४८० किलोलिटर उत्पादन हुन्छ ।
नेपाल आयल निगमको तथ्याङ्क अनुसार वार्षिक १३ लाख किलोलिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । भविष्यमा सो प्रविधिलाई नागरपालिकासँग साझेदारी गरेर अघि बढ्ने नास्टको योजना छ । यसमा प्रयोग भइसकेका र खेरगइरहेका प्लास्टिकलाई प्रयोग गर्न सकिन्छ, नयाँ प्लास्टिक चाहिँदैन ।
नास्टले अहिले भित्र्याएको यन्त्रबाट एक पटकमा एक घन्टाका अवधिमा १० केजी प्लास्टिक पेलेर १० लि तेल निकाल्न सकिन्छ । सो प्रविधिको अनुसन्धान प्रवद्र्धनमा ढकाल सहित नास्टका पाँच वैज्ञानिक लागिपरेका छन् ।
प्रा डा जीवराज पोखरेलले खेर गएको प्लास्टिकलाई तेलमा बदल्ने प्रविधि आविष्कार गर्न नास्टले वैज्ञानिक सफलता पाउनु देश विकासको सङ्केत हो भन्दै यो प्रविधिलाई थप अनुसन्धान र प्रवद्र्धन गर्ने योजना सुनाउनुभयो ।
जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधिलाई नेपालमा प्रवद्र्धन गर्न अभियानै चलाएको थियो । पहिलो चरणमा एक महिना जापानबाट ल्याइएको यन्त्र जडानयुक्त ट्रक देशका विभिन्न स्थानमा लगेर प्लास्टिकबाट तेल निकाल्ने प्रविधि प्रदर्शन गरिएको थियो ।
एक वर्षअघि नास्टले इको पार्टीसँग उक्त प्रविधि भित्र्याउनेबारे द्विपक्षीय सम्झौता गरेको थियो । त्यसअनुरुप जापानको प्राविधिक तथा भौतिक सहयोगमा नेपालमा यसको पहिलो चरणको प्रचारात्मक अभियान सकिएको छ । रासस
dainiknepal

Continue Reading…

जब प्रचण्ड धनगढीमा थुनिए…

२९ जेठ,काठमाडौं ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थुनिएका छन् । पब्लिक मिडिया क्लबले धनगढीको चटकपुरमा खालेको नयाँ कार्यालयमा जाने क्रममा लिफ्ट नचल्दा प्रचण्ड थुनिएका हुन् । तीन मिनेट थुनिएपछि मात्र लिफ्ट खुलेको थियो ।

parchana
फुलमाला बोकेर पाँचौ तलामा थुनिएको जानकारी गराएपछि माओवादी कार्यकर्ताले लिफ्टको ढोका तोडेर प्रचण्डलाई निकालेका थिए । प्रचण्ड आउनु अघि क्लबमा आएका थुप्रैले लिफ्ट चढेर पाँचौ तल्ला पुगे पनि शनिवार प्रचण्ड, नारायणकाजी श्रेष्ठ र सुरक्षाकर्मीले चढेका बेला पाँचौ तल्लामा पुगेर लिफ्ट समयमा नखुलेपछि हाहाकार मच्चिकिएको थियो ।

कार्यक्रमपछि भने प्रचण्ड लिफ्ट नचढी पैदलैबाट तल झरे । माओवादीका कार्यकर्ताले भने मिडिया क्लबसँग आक्रोश व्यक्त गरेको छ । पार्टी एकता भेलाको लागि प्रचण्ड देश दौडामा रहेका छन् ।nepaliheadlines

Continue Reading…

बाबुरामको नयाँ शक्ति नेपालले आइतबार पार्टी घोषणा गर्दैै, प्रचण्ड प्रमुख अतिथि!

काठमाडौंँ, २९ जेठ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले आइतबार एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ ।
आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ ।
पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ ।
घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने उहाँले जानकारी दिनुभयो ।sakti
प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष प्रचण्डसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको उक्त पार्टीले जनाएको छ ।
स्रोतका अनुसार ओली र प्रचण्डमध्ये एक नेतालाई पार्टी घोषणा सभाको प्रमुख अतिथि बनाउने तयारी छ । यद्यपी फाइनल भइनसकेको बताइएको छ ।
घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौँ आइपुगेको देवकोटाले जानकारी दिनुभयो ।
कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रङ्गाशालामा प्रवेश गरिसक्नेछन् । जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस भनी पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गरिने प्रवक्ता देवकोटाले बताउनुभयो ।
‘प्रदर्शनमा आउनेमध्ये एकहजार ५०० प्रतिनिधिलाई बिरर्यानी खुवाउने नयाँशैली अपनाइने सो पार्टीले जनाएको छ ।‘अबको निकास आर्थिक विकास’ भन्ने नारासहित एक लाखभन्दा बढीलाई एकैपटक संस्थापक सदस्य बनाउने तयारी सो पार्टीले गरेको छ । रासस
dainiknepal

Continue Reading…

कर छलेकाले एनसेलमाथि आक्रमणः विप्लव माओवादी

२०७३ जेष्ठ २९ शनिबार

गोरखाः किनबेचका क्रममा राज्यलाई तिर्नुपर्ने अर्बौं कर नतिरेकाले एनसेलमाथि आक्रमण गर्नुपरेको जानकारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले दिएको छ ।

राज्यलाई कर तिर्न अटेर गरेपछि एनसेलका देशभरका टावर र कार्यालयहरुमा शनिबार आक्रमण गर्ने योजना विप्लव माओवादीले बनाएको छ ।mathe

नेकपा माओवादी गोरखाका सेक्रेटेरी कृष्ण वाग्ले ‘रुपेश’ ले गोरखाका विभिन्न स्थानमा रहेका टावरमा आफ्ना कार्यकर्ताले आक्रमण गरेको जनाउँदै यसको विवरण बेलुकासम्म आइपुग्ने बताए ।
‘कर नतिरेसम्म एनसेलमाथि भौतिक आक्रमण जारी राख्छौं’, उनले भने, ‘राज्यलाई तिर्नुपर्ने कर नतिरी हिँड्नेमाथि हाम्रो आक्रमण जारी रहन्छ ।’

माओवादीका कार्यकर्ताले शनिबार बिहान गोरखा गोरखाको अश्र्राङ गाविस–७ ठामडाँडामा रहेको एनसेलको मोबाइल टावरमा आगजनी गरेका थिए ।

उनले देशका अन्य जिल्लामा पनि एनसेलमाथि आक्रमण भएको जनाउँदै यो कारबाही पार्टी केन्द्रको निर्देशन अनुसार नै भएको उल्लेख गरे ।
annapurnapost

Continue Reading…

मेक्सिकोमा बन्दुकधारीद्वारा एकै परिवारका ११ जनाको हत्या

पुब्ला (मेक्सिको), २९ जेठ । मेक्सिकोको एक ग्रामीण क्षेत्रमा एकजना बन्दुकधारीले गोलीहानी एकै परिवारका ११ जनाको हत्या गरेको समाचार छ ।
सो बन्दुकधारीले पारिवारिक विवादका कारण यसरी एकै परिवारका सबैजनाको हत्या गरेको प्रहरीले प्रारम्भिक रुपमा गरेको अनुसन्धानमा खुलेको जनाएको छ ।mariyo
मारिनेमा दुई जना साना नानी पनि छन् । त्यसैगरी पाँच महिला र चारजना पुरुष मारिनेमा परेका छन् ।
पुब्ला राज्यको मध्यभागमा बसोबास गरिरहेको एल मिरादा समुदायको परिवारमा सो हत्याकाण्ड भएको हो ।
त्यस आक्रमणमा परी गम्भीर रुपमा घाइते भएका दुईजना बालिकालाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ ।
आक्रमणमा आएका दुईजनामध्ये एकलाई स्थानीय प्रत्यक्षदर्शीले पहिचान गरेका प्रहरीले जनाएको छ ।
हत्यामा सम्लग्न एकजना पुरुषले सोही परिवारकी एक महिलासँग यौन सम्बन्ध राख्दै आएको र सोही सम्बन्धको कारण हत्याको घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ । शुक्रबार साँझ भएको सो घटनापछि प्रहरीले गाउलाई नै घेरामा हालेर अनुसन्धान थालेको जनाएको छ ।
प्रहरीका अनुसार बदलाको भावनाका कारण यो हत्याकाण्ड भएको छ । ती महिलासँगको अवैध सम्बन्ध नै यस घटनाको मुख्य कारण हुनसक्ने प्रहरीले जनाएको छ । रासस/एएफपी
dainiknepal

Continue Reading…

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण मिति तोकियो! कहिले ओर्लिदैछन् काठमाडौं ?

काठमाडौं, २९ जेठ । चीनका राष्ट्रपति सी जिनपिङ आउँदा असोज अन्तिम साता नेपाल भ्रमणमा आउने सम्भावना देखिएको छ ।chin
उहाँ भारतमा हुने ५ वटा उदयीमान अर्थतन्त्र भएका मुलुकहरुको संगठन ब्रिक्सको सम्मेलनमा भाग लिएर नेपाल आउने कार्यक्रम रहेको छ ।
अहिलेको तयारीअनुसार उहाँ असोज ३० गते नेपाल आउने लगभग तय छ । ब्रिक्समा ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन् ।
उनको भ्रमण दसैलगत्तै पर्ने भएको छ । असोज २५ गते विजयादशमी छ भने उनी ३० गते आउनेछन् । नेपाल समाचारपत्रमा खबर छ ।
dainiknepal

Continue Reading…

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले रिले अनसनमा ऐक्यबद्वता जनाउने

काठमाडौं २९ जेठ । पूर्व परष्ट्रमन्त्री रमेश नाथ पाण्डेले राजधानीको खुला मञ्चमा जारी संघीय गठबन्धनको रिले अनसनमा ऐक्यबद्धता जनाउने भएका छन् ।
परराष्ट्र मामिला विज्ञ समेत रहेका पाण्डे भोलि जेठ ३० गते दिउँसो ४ बजे खुला मञ्च पुगेर अनसनमा ऐक्यबद्धतासहित समर्थन गर्ने बताइएको छ । गठबन्धनले उठाएको माग जायज रहेको र सरकारले तत्काल वार्ता मार्फत् सम्बोधन गर्नु पर्ने बताउँदै आएका पाण्डेको ऐक्यद्धतालाई महत्वका साथ हेरिएको छ ।bhakoo
त्रुटिपूर्ण संविधान पुनर्लेखन गरी जनताको खोसिएको अधिकार संविधानमा सुनिश्चित गराउन पाण्डले विभिन्न अन्तर्वार्ता र लेखमार्फत् जारी आन्दोलनलाई समर्थन गर्दै आएका छन् ।
हालै एउटा अन्तरर्वार्तामा पाण्डेले भनेका थिए,– ‘प्रमुख तीन दलसहित सरकारले विगतको सहमति र सम्झौता लागू गर्न बेइमानी गरेकोले यो संविधान विवादित बनेको हो, र देशको विभिन्न भागमा आन्दोलन भएको छ । जनता सडकमा उत्रिएका छन् । यसकारण पनि जारी आन्दोलनको औचित्य प्रमाणित हुन्छ ।’
यही जेठ २५ गतेदेखि शहीद मञ्चमा जारी अनसनलाई नेपाली कांग्रेसका अर्जुन नरसिंह केशी, माओवादी केन्द्रका मातृका यादव, इन्सेकका अध्यक्ष सुबोध राज प्याकुरेल, अधिकारकर्मीहरु कपिल श्रेष्ठ, दिपेन्द्र झाले ऐक्यबद्धता जनाइसकेका छन् ।
त्यस्तै, नागरिक समाजका अगुवा दमन नाथ ढुंगाना, डा. सुन्दरमणि दीक्षित, सीके लाल सहित चिकित्सकको टोलीले पनि रिले अनसन स्थल पुगेर समर्थन गरेका छन् । रिले अनसन सुरु भएदेखि नै विभिन्न क्षेत्रबाट ऐक्यद्धता र समर्थन बढ्दै गइरहेको छ ।
dainiknepal

Continue Reading…

पूर्व राष्ट्रपति यादवका छोरा र राष्ट्रपति भण्डारीकी कान्छी छोरीबीच विवाह हुँदै

काठमाडौं, २९ जेठ । प्रथम राष्ट्रपति डा.यादव र दोस्रो राष्ट्रपति भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिँदै छ ।chori
डा.यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । राष्ट्रपति भण्डारीकी कान्छी छोरी र डा.यादवकी भतिजीको छोराबीच विवाह हुन लागेको हो । तर, बिहेको मिति भने पक्का भइसकेको छैन ।
पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा. निशाकुसुमबीच लामो समयदेखि प्रेम सम्बन्ध छ । किरण कांग्रेसकी सांसद हुन् ।
अभिषेक यादव अहिले लन्डनमा अध्ययनरत छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार दुईबीच लामो समयदेखिको प्रेम सम्बन्ध गत वर्ष मात्रै परिवारले थाहा पाएको हो ।
त्यसैकारण सकेसम्म यसै वर्ष विवाह गर्ने सोचमा परिवार रहेको यादवनिकट परिवारले जानकारी दिएको हो । अभिषेक यादव र निशाकुसुमबीच विवाह भएमा डा.यादव राष्ट्रपति भण्डारीको नाताले सम्धी पर्छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
dainiknepal

Continue Reading…

बजेट प्रचारबाजी मात्र भयो र यो कार्यान्वयन हुनसक्दैनः कांग्रेस नेता सिंह

काठमाडौँ, २९ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले ल्याएको बजेटले आर्थिक अनुशासन उलङ्घन गरेको आरोप लगाउनुभएको छ ।hunchha
काँग्रेस नागार्जुन कार्यसमितिद्वारा आज आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सिंहले बजेटले सस्तो लोकप्रियता कमाउनु बाहेक कार्यान्वयनको कुनै आधार नभएको बताउनुभयो ।
नेता सिंहले सरकार कामभन्दा भाषणमा रमाएको आरोप लगाउँदै सरकारलाई जनताप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो । उहाँले पार्टी सङ्गठन बलियो बनाउन कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारले ल्याएको बजेट प्रचारबाजी मात्र भएको र यो कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नुभयो ।
काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले मुलुकका हरेक आन्दोलन काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा काँग्रेसका नेता बद्री पाण्डे, प्रा डा गोविन्द पोखरेल लगायतले प्रशिक्षण दिनुहुनेछ । रासस
dainiknepal

Continue Reading…

बजेटले साउनदेखि कति बढाउने भयो मोटरसाइकलको कर ? (विवरण सहित)

काठमाडौं। तपाई मोटरसाईकलको उपभोगकर्ता हो ? या त तपाईले आगामी वर्ष नै कुनै नयाँ मोटरसाईकल त किन्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो बुझिराख्नुहोस् कि तपाईले नयाँ मोटरसाईकल किन्दा र पुरानै मोटरसाईकल चढ्दा पनि तिर्दै आएको करमा सरकारले आर्थिक वर्ष २०७३÷७४ को लागि आर्थिक वर्ष २०७२-७३ को भन्दा भारी मात्रामा कर शुल्क बढाएको छ । अन्य सवारी साधनसँगै मोटरसाईकलमा आउँदो साउनदेखि सरकारले नयाँ मोटरसाइकल किन्दा ४२ प्रतिशतसम्म र पुराना मोटरसाईकलको वार्षिक सवारी शुल्कमा ५० प्रतिशतसम्म शुल्क बृद्धि गरेको हो।bhayoo

आर्थिक वर्ष २०७२-७३ मा सरकारले नयाँ मोटरसाईकल खरिद गर्दा लिनेगरेको सडक निर्माण तथा सम्भार दस्तुरमा भारी बृद्धि गर्दै १ सय २५ सीसीको मोटरसाईकलमा १० हजार रूपैयाँ लाग्ने बताएको छ । जुन पहिलो पटक खरिद गर्दा लाग्ने रकम हो। यो रकम आर्थिक वर्ष २०७२÷७३ मा ७ हजार रूपैयाँ थियो।

त्यसैगरी, १ सय २६ देखि २ सय ५० सीसीसम्मको मोटरसाईकल नयाँ खरिद गर्दा अब उपभोक्ताले भन्सार महसुल बाहेक पनि १२ हजार रूपैयाँ तिर्नुपर्ने भएको छ। जुन यस भन्दा अगाडि ८ हजार मात्रै थियो। यसमा उपभोक्तालाई ४ हजार थप व्ययभार पर्ने भएको छ भने २ सय ५१ सीसीदेखि ४ सयसम्म र ४ सयदेखि माथिसीसीका मोटरसाईकलको खरिदमा उपभोक्ताले अब थप ५÷५ हजार गरी क्रमशः १५ हजार र २० हजार तिर्नुपर्नेछ । जुन २०७२÷७३मा १० हजार र १५ हजार थियो।

उता, सरकारले वार्षिक रूपमा असुली गर्ने सवारी साधन करको दरमा भने सामान्य मोटरसाईकलको करमा भने बृद्धि नगरेको यातायात व्यवस्था विभागद्वारा जारी गरिएको महसुल दरमा उल्लेख गरिएको छ । उक्त सूची अनुसार सवारी साधन कर अन्तर्गत् १ सय २५ सीसीसम्मको मोटरसाईकलले प्रतिवर्ष २५ सय रूपैयाँ तिर्नुपर्ने छ भने १ सय २६ देखि २ सय ५० सीसीसम्मको मोटरसाईकलले वार्षिक ४ हजार रूपैयाँ तिर्नुपर्नेछ। यी दुई तहका मोटरसाईकलमा भने अघिल्लो वर्षको तुलनामा कर बृद्धि गरिएको छैन।

तर, २ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाईकलमा भने २ हजार र ४ सय सीसी भन्दा माथिका मोटरसाईकलमा ५ हजार रूपैयाँ कर थप गरिएको छ । त्यस्तै, ४ सय सीसीसम्मका मोटरसाईकलमा अहिलेसम्म तिर्नुपर्ने कर कूल ६ हजारबाट बृद्धि गरेर ८ हजार बनाईएको छ भने ४ सय सीसी भन्दा बढीका मोटरसाइकलमा १० हजार रूपैयाँ बाट बढाएर प्रतिवर्ष १५ हजार रूपैयाँ पुर्‍याईएको पनि विभागले जानकारी दिएको छ । जुन बृद्धिदरलाई प्रतिशतमा हेर्दा क्रमशः ३३.३ प्रतिशत र ५० प्रतिशत हुन आउँछ। यसरी लाग्ने रकम भन्सारमा लाग्ने महसुल भन्दा फरक भएकोले भन्सार महसुल तिरेकाले पनि यो महसुल अनिवार्य तिर्नुपर्ने व्यवस्था रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।
news24nepaltv

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog