Saturday, June 11, 2016

बजेटले साउनदेखि कति बढाउने भयो मोटरसाइकलको कर ? (विवरण सहित)

काठमाडौं। तपाई मोटरसाईकलको उपभोगकर्ता हो ? या त तपाईले आगामी वर्ष नै कुनै नयाँ मोटरसाईकल त किन्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो बुझिराख्नुहोस् कि तपाईले नयाँ मोटरसाईकल किन्दा र पुरानै मोटरसाईकल चढ्दा पनि तिर्दै आएको करमा सरकारले आर्थिक वर्ष २०७३÷७४ को लागि आर्थिक वर्ष २०७२-७३ को भन्दा भारी मात्रामा कर शुल्क बढाएको छ । अन्य सवारी साधनसँगै मोटरसाईकलमा आउँदो साउनदेखि सरकारले नयाँ मोटरसाइकल किन्दा ४२ प्रतिशतसम्म र पुराना मोटरसाईकलको वार्षिक सवारी शुल्कमा ५० प्रतिशतसम्म शुल्क बृद्धि गरेको हो।bhayoo

आर्थिक वर्ष २०७२-७३ मा सरकारले नयाँ मोटरसाईकल खरिद गर्दा लिनेगरेको सडक निर्माण तथा सम्भार दस्तुरमा भारी बृद्धि गर्दै १ सय २५ सीसीको मोटरसाईकलमा १० हजार रूपैयाँ लाग्ने बताएको छ । जुन पहिलो पटक खरिद गर्दा लाग्ने रकम हो। यो रकम आर्थिक वर्ष २०७२÷७३ मा ७ हजार रूपैयाँ थियो।

त्यसैगरी, १ सय २६ देखि २ सय ५० सीसीसम्मको मोटरसाईकल नयाँ खरिद गर्दा अब उपभोक्ताले भन्सार महसुल बाहेक पनि १२ हजार रूपैयाँ तिर्नुपर्ने भएको छ। जुन यस भन्दा अगाडि ८ हजार मात्रै थियो। यसमा उपभोक्तालाई ४ हजार थप व्ययभार पर्ने भएको छ भने २ सय ५१ सीसीदेखि ४ सयसम्म र ४ सयदेखि माथिसीसीका मोटरसाईकलको खरिदमा उपभोक्ताले अब थप ५÷५ हजार गरी क्रमशः १५ हजार र २० हजार तिर्नुपर्नेछ । जुन २०७२÷७३मा १० हजार र १५ हजार थियो।

उता, सरकारले वार्षिक रूपमा असुली गर्ने सवारी साधन करको दरमा भने सामान्य मोटरसाईकलको करमा भने बृद्धि नगरेको यातायात व्यवस्था विभागद्वारा जारी गरिएको महसुल दरमा उल्लेख गरिएको छ । उक्त सूची अनुसार सवारी साधन कर अन्तर्गत् १ सय २५ सीसीसम्मको मोटरसाईकलले प्रतिवर्ष २५ सय रूपैयाँ तिर्नुपर्ने छ भने १ सय २६ देखि २ सय ५० सीसीसम्मको मोटरसाईकलले वार्षिक ४ हजार रूपैयाँ तिर्नुपर्नेछ। यी दुई तहका मोटरसाईकलमा भने अघिल्लो वर्षको तुलनामा कर बृद्धि गरिएको छैन।

तर, २ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाईकलमा भने २ हजार र ४ सय सीसी भन्दा माथिका मोटरसाईकलमा ५ हजार रूपैयाँ कर थप गरिएको छ । त्यस्तै, ४ सय सीसीसम्मका मोटरसाईकलमा अहिलेसम्म तिर्नुपर्ने कर कूल ६ हजारबाट बृद्धि गरेर ८ हजार बनाईएको छ भने ४ सय सीसी भन्दा बढीका मोटरसाइकलमा १० हजार रूपैयाँ बाट बढाएर प्रतिवर्ष १५ हजार रूपैयाँ पुर्‍याईएको पनि विभागले जानकारी दिएको छ । जुन बृद्धिदरलाई प्रतिशतमा हेर्दा क्रमशः ३३.३ प्रतिशत र ५० प्रतिशत हुन आउँछ। यसरी लाग्ने रकम भन्सारमा लाग्ने महसुल भन्दा फरक भएकोले भन्सार महसुल तिरेकाले पनि यो महसुल अनिवार्य तिर्नुपर्ने व्यवस्था रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ।
news24nepaltv



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog