Saturday, June 11, 2016

मोदीलाई भेट्न कमल थापाले लगाए रविशंकरको ज्याक, दिल्लीमा थापालाई भ्याइ नभ्याइ

शनिबार, २९ जेठ

काठमाडौं । सार्क मन्त्रिपरिषदको हैसियतले सार्क एशियन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन दिल्ली पुगेका उपप्रधान एवम् पराष्ट्रमन्त्री कमल थापा जसरी भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भन्दै यतिवेला भित्रि रुपमा प्रयास गरिरहेका छन् ।lagaya
चार दिने भ्रमणमा हिजो दिल्ली पुगेका थापाले समकक्षी सुष्मा स्वराजसँग भेटिसकेका छन् । स्वराजसँगको भेटमा नेपाल–भारत सम्बन्धको पछिल्लो अवस्था, राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्दवारे विशेष कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा उपप्रधानमन्त्री थापाले स्वराजलाई छिट्टै राष्ट्रपति भण्डारीको भारत हुने र सोही अनुसारको तयारी भैरहेको जानकारी दिएका थिए । यसपटक भने विदेशमन्त्री स्वराजले मधेश आन्दोलनवारे कनै चासो देखाईनन् ।
भेटमा सहभागी नेपाली अधिकारीका अनुसार थापा र स्वराजले नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।स्वराज निवासमा भएको भेटमा आपसी तिक्तता हटाएर सम्बन्ध अघि बढाउन निरन्तर संवाद र छलफल हुनुपर्नेमा मन्त्री थापाले जोड दिएका थिए।
नेपाल र भारतबीचको विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक चाँडै बस्ने विषयमा छलफल भए पनि मिति तय भइनसकेको अधिकारीले बताए। संयुक्त आयोगको बैठक सन् २०१४ को जुलाईमा काठमाडौंमा भएको थियो।

मन्त्री थापाले स्वराजसँगको भेट अत्यन्तै उपयोगी र रचनात्मक भएको ट्विट गरेका छन्।भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालसँगको ‘परामर्श’ निरन्तर रहेको ट्विट गरेका छन्।
स्वराजसँगको भेटवार्ताअघि भारतीय पत्रकारसँग नयाँदिल्लीमा कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भारतसँग सम्बन्ध सुधारका लागि नयाँदिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई नेपालले फिर्ता बोलाएको बताए।
इन्डिया प्रेस क्लबले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा उनले भने, ‘भारतसँगको हाम्रो सम्बन्धमा परिवर्तन ल्याउँदै सम्बन्ध सुधारका लागि राजदूत उपाध्यायलाई फिर्ता बोलाइएको हो। मोदी नेतृत्वको भारत सरकार वा उपाध्यायमाथि कुनै दोष लगाएर फिर्ता डाकेका होइनौं।’
सरकारले अघिल्लो महिना दिल्लीस्थित राजदूत उपाध्यायलाई फिर्ता बोलाएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारत भ्रमणसमेत रद्द गरेको थियो। नेपालका यी दुई कदमबाट भारतको पाँच महिना लामो नाकाबन्दी हटेपछि सुध्रिने क्रममा रहेको द्विपक्षीय सम्बन्धमा थप तिक्तता उत्पन्न भएको थियो।
परराष्ट्रमन्त्री थापाले नेपालको नयाँ संविधान पूर्ण समावेशी र प्रगतिशील रहेको बताए। ‘यो संविधान कुनै पनि समुदायका लागि विभेदकारी छैन’, मन्त्री थापाले भने। भारत नेपालको निकट छिमेकी र महत्वपूर्ण विकास साझेदार रहेको उनले बताए। मन्त्री थापाले नेपाल र भारत सामाजिक तथा सांस्कृतिक रूपमा बाँधिएको उल्लेख गरे।
थापाले आजै गृहमन्त्री राजनाथ सिंहसँग भेट्दैछन् । सिंहसँगको भेटमा उनले दुईपक्षीय सिमा सूरक्षावारे छलफल गर्ने बुझिएको छ । त्यस्तै उनले आजै प्रधानमन्त्री मोदीका सूरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेट्दैछन् । दोभलसँगको भेटमा समेत उनले मोदीसँग भेट मिलाउनेवारे छलफल तथा आग्रह गर्ने बुझिएको छ ।
गृहमन्त्री राजनाथ सिंह र अजित दोभलमार्पmत मोदीसँग भेट्ने ग्रिन सिग्नल नआउने देखेपछि थापाले रविशंकरलाई गुहारेका छन् । रविशंकर मोदीका विश्वासपात्र हुन् । यी दुईवीचको घनिष्ठ सम्बन्ध बुझेका थापाले पछिल्लो पटक पूनः रविशंकरलाई गुहारेका छन् । रविशंकर मोदीलाई भेट्न भन्दै आजै दिल्ली पुगिसकेका छन् । आज उनले मोदीलाई भेट्न पाए भने भोलि थापाले मोदीलाई भेट्ने सक्ने कुरा बाहिर आएको छ तर उनको भेट भने निश्चित् छैन् ।
मोदीसँग उनी यसपटक विशेष किसिमको राजनीतिक ग्रिन सिग्नल लिने योजनामा छन् । काँग्रेसको विशेष समर्थन लिएर उनी यसपटक प्रधानमन्त्री बन्ने योजनामा छन् । त्यतिमात्रै होईन उनी आन्दोनलरत मधेशी मोर्चालाई समेत आफू नेतृत्वको सरकारमा सहभागी गराउने ध्याउनमा छन् । त्यसैले उनी यतिवेला सोही उद्देश्य अनुरुपको प्रयासम छन् ।
यसअघि शुक्रबार भारतको पुरानो थिंकट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने कार्यक्रममा सहभागीता जनाएका थिए । जहाँ भारतका उच्च कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग थापाको साक्षात्कार रहेको थियो । कार्यक्रममा थापाले नेपाल–भारत सम्बन्धका बारेमा प्रवचन दिएका थिए ।
दीक्षान्त समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत सहभागी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको आश्वासन पाए पनि समय यकिन भइनसकेको स्रोतले जनाएको छ । विभिन्न देशको भ्रमण सकेर मोदी बिहीबार स्वदेश फकेका हुन । त्यसैगरी सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र कंग्रेस आई अध्यक्ष सोनिया गान्धीसँग पनि भेटघाटको पहल भइरहेको जानकारी अधिकारीहरूले दिएका थिए । थापा भारत उड्नुअघि यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिँदै नेपाल र भारत दुवै देशले उनको भ्रमणलाई उच्च प्राथमिकता दिएका थिए ।रिपोटर्स नेपालको डट कमको सहयोगमा ।
nepalsandesh



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog