Saturday, June 11, 2016

रंगशालामा पार्टी घोषणा गर्दै बाबुराम भट्टराई

२०७३ जेष्ठ ३० आईतवार

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले केही बेरमा दशरथ रंगशालामा पार्टी घोषणा गर्दै छन् ।bamrom

घोषणा कार्यक्रममा सम्बोधनका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतालाई आमन्त्रण गरिएको छ ।

पार्टी प्रवक्ता खिमलाल देवकोटाले एक लाख १४ हजार पाँच सय ४६ सदस्य रहेको नयाँ शक्ति नेपाल पार्टी घोषणा गर्ने तयारी पूरा भएको अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

पार्टी घोषणालाई व्यवस्थित बनाउन देवेन्द्र पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समितिसहित अन्य १४ उपसमिति सक्रिय छ ।

देशभर र प्रवासबाट गरी एक लाख १४ हजार पाँच सय ४६ जनाको सदस्यता फाराम वितरण गरेको उक्त पार्टीले एक करोड ७६ लाख ६५ हजार तीन सय ३२ रुपैयाँ संकलन गरेको देवकोटाले बताए ।

रंगशालामा हुने उद्घाटनसत्र तथा ३१ र ३२ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने बन्द सत्रको खर्च एक करोड पाँच लाख हुने उनको अनुमान छ ।

अतिथिका रूपमा देशभित्र क्रियाशील राजनीतिक दल, संसद्का सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, पेसागत संगठन तथा मिडिया सम्बद्ध संस्था र व्यक्तिलाई आमन्त्रण गरिएको देवकोटाले बताए ।

उनका अनुसार बेलायत, कोसोभो, हंगेरी, श्रीलंका, भुटान, भारत, चीन, पाकिस्तान र बंगलादेशमा क्रियाशील राजनीतिक दललाई निमन्त्रणा गरिएको छ ।

पार्टी घोषणासभामा सहभागी हुन उपत्यकाका कालीमाटी, कुपण्डोल, रत्नपार्क, तीनकुने गरी चार स्थानबाट ¥याली रंगशाला तर्फ आएका छन् ।

नयाँ शक्तिको र्यालीले राजनधानीको सवारी आवगमन प्रभावित भएको छ ।
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog