१ लाख मानिस निस्किँदा सडक जाम नगर्ने बाबुराम शुत्र
३० जेठ, काठमाडौं ।
गत असोजमा अकस्मात तत्कालिन एमाओवादी छोडेका डा बाबुराम भट्टराईले आज आफ्नै पार्टी घोषणा गर्दैछन् । नयाँ शक्ति नामको उक्त पार्टीले १ लाख सदस्यको उपस्थितिमा दशरथ रंगशालाबाट पार्टी घोषणा सभा आयोजना गरिएको जनाएको छ ।
पार्टी घोषणा सभा शुरु हुनु अघि राजधानीका ४ स्थानबाट जुलुस पनि निकालिने छ । राजधानी काठमाडौंमा यस्ता पार्टी सभा, सम्मेलन र जुलुस हुँदा ट्राफिक जाम हुने समस्या सँधै रहने गरेको छ । तर नयाँ शक्तिले भने आफ्नो पार्टीको जुलुसका कारण राजधानीमा जाम नहुने दावी गरेको छ ।
१ लाख मानिस रंगशाला पुर्याउने दावी गरेको नयाँ शक्तिले ट्राफिक जाम हुन नदिनका लागि विशेष ब्यस्था मिलाइएको दावी गरेको छ । यसका लागि आफ्नै कार्यकर्ताहरु स्वयं सेवक परिचालन गरिने नयाँ शक्तिले जनाएको छ ।
नयाँ शक्तिले ट्राफिक ब्यवस्थापनको संयोजनका लागि नयाँ शक्तिमा लागेका पूर्व ट्राफिक प्रहरी प्रमुख गणेशराइलाई जिम्मा दिएको छ । उनको नेतृत्वमा रहेका स्वयंसेवकहरुले ट्राफिक प्रहरीलाई सघाउँदै जाम हुन नदिने नयाँ शक्तिले दावी गरेको छ ।nepaliheadlines