Wednesday, June 15, 2016

अरुणाचलमा चिनियाँ सेनाले भारतीय सेनालाई हात हाल्यो

२ असार, काठमाडौं ।

भारतको अरुणाचल प्रदेशमा चिनियाँ सेनाले भारतीय सेनामाथि हातपात गरेको दावी भारतीय सञ्चार माध्यमले जनाएका छन् । ठिक एक साता अघि अर्थात विहिबार यस्तो घटना भएको समाचारमा उल्लेख छ ।

अरुणाचल प्रदेशको याङगत्से इलाकामा दुई देशबीचको नियन्त्रण रेखा एलएसी भन्दा भित्र पसेर चिनियाँ सेनाले भारतीय सेनालाई दुर्ब्यवहार गरेको भारतीय मिडियाको दावी छ ।

चीनको पिपल्स लिभरेसन आर्मी पीएलएले यो इलाका चीनको भएको जनाएको छ । यो इलाकामा भारतीय सैनिक तैनाथ भएको खवर पाएपछि चिनियाँ सेनाले उक्त इलाका घेरेको थियो ।

lakhatea

घेराबन्दी गरेर चिनियाँ सेनाले भारतीय सैनिक जवानमाथि हातपात समेत गरेको दावी गरिएको छ ।

चिनियाँ सेना भारतीय भूमिमा पसेर ३ घण्टा सम्म बसेको भन्दै भारतीय मिडियामा सनसनी मच्चिएको थियो । चिनियाँ सेना भारतको अरुणाचल प्रदेशमा पसेर ३ घण्टा सम्म बसेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतले चनमाथि आफ्नो भूमिमा अतिक्रमण गरेको आरोप लगाउँदै आएको छ । भारतमाथि नेपालमा त्यस्तै आरोप लाग्ने गरेको छ । भारतले नेपालको भूमि अतिक्रमण गरिहेको समयमा चीनमाथि भारतले भूमि अतिक्रमण गरेको र दादागिरी गरेको समेत आरोप लगाउने गरेको छ ।
nepaliheadlines

Continue Reading…

तपाईलाई रिस नियन्त्रण गर्न गार्‍हो भएको छ ? अपनाउनुहोस् रिस शान्त पार्ने ९ उपाय

रिस कसलाई पो उठ्दैन र ? तर त्यो कति बेर रहन्छ वा त्यसको परिणाम कस्तो हुन्छ भन्ने झन् संवेदनशिल पक्ष हो । धेरै थोरै रिस सबैमा हुन्छ । रिसले शारिरिक, मानसिक, भावनात्मक तथा स्वास्थ्यमा समेत नराम्रोसँग प्रभाव पार्छ । बारम्बार रिसाउँदा नजिकको वा माया गर्ने मान्छेसँगको सम्बन्धमा पनि प्रत्यक्ष असर पर्छ । रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ । यदि तपाईलाई रिस नियन्त्रण गर्न गा–हो भइरहेको छ भने तल उल्लेखित केही टिप्स पालना गर्न सक्नुहुन्छ :

एरोविक व्यायाम : छिटो र लामो समय रिसाउने बानी छ भने एरोविक कक्षा लिँदा यस्तो बानी सुधार गर्न सहयोग मिल्छ । एरोविक व्यायामले सेरोटोनिन (खुसी बनाउने हर्मन) उत्पादन गर्न सहयोग गर्ने भएकोले मानिस खुसी तथा प्रफुल्लित हुन्छ । यस्तो कक्षा जुन सुकै उमेर समूहका मानिसले लिन सक्छन् ।ris

शास्त्रीय संगीत सुन्ने : अन्य संगीतको तुलनामा शास्त्रीय संगीतले मानिसमा एकचित्त बनाउने र खुसी प्रदान गर्ने विभिन्न अध्यनले देखाएका छन् । युनिर्भसिटी अफ साउद अलाबामाका मनोवैज्ञानिकहरुले कलेजका ५६ जना विद्यार्थीलाई विभिन्न विधाका संगीत सुनाएका थिए । कुनै विषयमा चोट दिएपछि सहभागी विद्यार्थीलाई संगीत सुन्न लगाएका थिए । ती मध्ये शास्त्रीय संगीत सुन्ने विद्यार्थीको चिन्ता, रिस र त्रास अन्यको भन्दा तुलनात्मक रुपमा न्यून थियो ।

अभिलेख राख्ने, डायरी लेख्ने : रिस पोख्ने सबैभन्दा सुरक्षित तरिका हो डायरी लेख्ने । तपाईलाई के विषयले आक्रोशित पुयाएको छ, त्यसलाई डायरीमा टिपोट गर्नुहोस । तपाईको आफ्ना सोच र भावनालाई अभिलेख राख्नकै लागि एउटा डायरी बनाउन सक्नुहुन्छ । यसले तपाई आक्रोशित वा उत्तेजित हुनुको कारण बुझ्न सहयोग पुयाउनुका साथै नकरात्मक आवेगलाई समाधान गर्छ ।

गहिरो श्वास लिने : याद गर्नु भएको छ ? तपाई रिसाएको बेलामा चाँडो चाँडो श्वास लिइरहनुहुन्छ । तर रिस वा आवेग आउने वित्तिकै झट्ट गहिरो श्वास लिनुहोस । नाकबाट श्वास लिने र करिब ५ सेकेण्ड रोकेर मुखबाट फाल्ने गर्नुहोस । तत्कालै तपाईले शान्त महशुस गर्नु हुन्छ ।

फटाफट हिड्ने : जब बहस गरम हुन्छ र आवेग उत्कर्षमा पुग्न थाल्छ त्यस्तो अवस्थामा तत्काल केही समय हिड्नुहोस । यसरीे हिड्दा प्रयाप्त अक्सिजन मिल्नुका साथै बिस्तारै दिमाग शान्त हुन्छ ।

कागतीको तेल : कागतीको तेलको नस लिदाँ सकरात्मक सोचको विकास हुने र मानिसलाई खुसी र शान्त बनाउने वैज्ञानिकहरुले प्रमाणसहित पत्ता लगाएका छन् । कागतीको तेलबाट मानिसलाई शान्त बनाउने एक प्रकारको तत्व पाइने वैज्ञानिक बुझाई छ । कागतीको तेल सुग्दा न्युरोट्रान्समिटर नोरिपिनेफ्राइनले दिमागमा अक्सिजनको मात्रा बढी प्रबाह गराइदिन्छ । यस पक्रियाले तपाईले स्पष्ट र चाँडो सोच्न सक्ने क्षमातामा बृद्धि गराउछ ।

पानी पिउने : रिस उठ्दा प्राय मानिसको दिमाग तातेको हुन्छ र मुटुको धड्कन बढेको हुन्छ । यस्तो अवस्थामा चिसो पानी पिउदा पनि दिमाग ठन्डा हुन्छ । साथै दिमागमा अक्सिजनको मात्रा पुग्छ र मन शान्त रहन्छ ।

ध्यान गर्ने : ध्यान गर्ने मानिसले सजिलै रिसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ ।

कमजोरी केलाउने : प्राय मानिसले अरुलाई मात्र दोषी देख्छ तर आफ्नो कमजोर हेर्दैन । झगडा वा रिस उठ्नका कारणलाई रचनात्मक तरिकाले विश्लेषण गर्नुपर्छ । त्यसमा आफ्नो पनिा दोष हुनसक्छ । आफ्नो दोष छ भने माफ माग्दा प्रतिष्ठा बढ्छ । यसले सकारात्कम बाटोमा डो¥याउछ ।

Continue Reading…

छिमेकीसँगको कनेक्टिभिटी उच्च प्राथमिकतामा : भारत

२ असार, काठमाडौं ।

भारतले नेपालसहितका छिमेकी मुलुकसँगको कनेक्टिभिटी परियोजनालाई तीव्र ढंगले अगाडि बढाउने तयारी गरेको छ ।

भारतले छिमेकी मुलुकसँगका परियोजना सन्तोषजनक ढंगले अगाडि बढ्न नसकेको निष्कर्ष निकाल्दै केही वर्षमा नै तीव्र ढंगले अगाडि बढाउने तयारी गरिरहेको जानकारी भारतीय उच्च अधिकारीले दिएको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।sangaछिमेकीसँगको कनेक्टिभिटी उच्च प्राथमिकतामा : भारत

उनका अनुसार रोड, रेलवे र उड्डयनका माध्यमले कनेक्टिभिटी अगाडि बढाउने तयारी भइरहेको छ । नेपाल, बंगलादेश, पाकिस्तान तथा म्यानमार भारतको उच्च प्राथमिकतामा छन् ।

सम्झौता कार्यन्वनयः चीनतर्फ सुख्खा बन्दरगाह बनाउने काम तिव्र

भारतको विदेश नीति सम्बन्धमा सोमबार र मंगलबार मुम्बईमा आयोजना गरिएको सम्मेलनमा विदेश सचिव एस जयशंकरले भारतीय विदेश मन्त्रालयको एक महत्त्वपूर्ण जिम्मेवारी छिमेकी मुलुकसँगको कनेक्टिभिटीसम्बन्धी परियोजनाको अवधारण तयार पार्नु र कार्यान्वयन गर्नु रहेको बताए ।

के पढ्न कस्तो ग्रेड ल्याउनुपर्ने? यसरी हेर्नसकिनेछ एसएलसीको रिजल्ट

‘हामीले हालै छिमेकी मुलुकसँगका कनेक्टिभिटी परियोजनाका बारेमा मूल्यांकनसमेत गरेका छौं,’ उनले भने, ‘यसबाट हामी विश्वासका साथ भन्न सक्छौं कि हाम्रो क्षेत्रीय कनेक्टिभिटी आगामी केही वर्षमा नै महत्त्वपूर्ण ढंगले अगाडि बढ्ने छन् ।’

नजिकका छिमेकी मुलुकसँगको सम्बन्धलाई अगाडि बढाएपछि अन्य मुलुकसँग कनेक्टिभिटी राम्रो हुने भारतीय अधिकारीहरूको भनाइ छ ।

पछिल्ला दुई वर्षमा भारत र नेपालबीच बस सञ्चालनको क्षेत्रमा महत्त्वपूर्ण प्रगति भएका छन् । दुई वर्ष अगाडि नेपाल, भारत, बंगलादेश र नेपालबीच बससेवा सञ्चालन गर्ने सहमति भएको थियो । त्यसलगत्तै नेपाल र भारतबीच बससेवा सञ्चालनसमेत भइरहेको छ । काठमाडौं–दिल्ली र वाराणसी–काठमाडौं सिधा बससेवा पहिला नै सञ्चालनमा आइसकेको छ ।

मंगलबारमात्रै दिल्ली–पोखरा बस सञ्चालनका लागि दुई देशबीच हस्ताक्षरसमेत भएको छ । उक्त कार्यक्रममा बोल्दै भारतको उत्तरप्रदेश पारवहन कार्यालयका प्रमुख पीके घोसले पोखरालगायत लुम्बिनी तथा अन्य सहरमा बससेवा सञ्चलान गर्ने विषयमा छलफल गर्न तयार रहेको बताए ।

विगतमा दुई देशबीच रेलवे कनेक्टिभिटीमा खासै प्रगति नभएको निष्कर्ष निकाल्दै भारत सरकारले आगामी दिन रेलवे विस्तार गर्ने नीति लिएको छ । विशेषगरी उत्तर प्रदेश र विहारमा रेलवे परियोजनाहरू चालु रहेको सन्दर्भमा त्यसलाई नेपालसम्म विस्तार गर्ने तयारी रहेको भारतीय अधिकारीको भनाइ छ ।nepaliheadlines

Continue Reading…

ट्रक र बस जुध्दा ३८ घाइते

कावासोती, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहर–६ झरही खोला पुलमा गए राति बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ४९२२ नंको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ८६१३ नंको ट्रक जुधेका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरी जनाएको छ । घाइते सात जनाको चितवन मेडिकल कलेज भरतपुर र अन्य ३१ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।jhuta
तीव्र गतिका कारण सो दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । ठक्कर दिने ट्रक र त्यसका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने २४ वर्षीय राजेश चौधरी प्रहरी नियन्त्रणमा छन् । बस चालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस news24nepaltv

Continue Reading…

खानपिनमा सानो लापरवाहीले क्यान्सर हुन सक्ने खतरा !

न्यूयोर्क, असार २ । सामान्य खानपिन मै पनि सानोतिनो लापरवाहीले क्यान्सरको खतरा बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन अन्तर्गतको क्यान्सर इकाइले जनाएअनुसार धेरै तातो खानेकुरा खाने गर्दा क्यान्सरको जोखिम बढाउँछ । सो संगठनका अनुसार चिया वा कफी लगायत अन्य खानेकुरा ६० डिग्री सेल्सियस भन्दा तातो खाएमा आन्द्रामा क्यान्सरको जोखिम बढाउँछ ।khana

एसिया, दक्षिण अमेरिका र पूर्वी अफ्रिकामा तातो खानेकुरा खाने प्रचलन बढी रहेको भन्दै सो संगठनले ती क्षेत्रमा बसोबास गर्नेहरुमा गरिएको अध्ययन अनुसार उक्त तथ्य प्रकाशमा ल्याएको हो ।

चीन, इरान, टर्की र दक्षिण अमेरिकामा ७० डिग्री सेल्सिसभन्दा तातो चिया वा कफी पिउने प्रचलन बढ्दो रहेको भन्दै संगठनले ती मुलुकमा फेला परेका क्यान्सर रोगीमध्ये धेरैजसोको तातो खानाबाटै रोग लागेको पाइएको जनाएको छ ।

विज्ञहरुले धेरै तातो खानेकुरा नखान सुझावसमेत दिएका छन् । (एजेन्सी)

imagekhabar

Continue Reading…

भारत लैजान लागिएका ३ युवतीको सीमा नाकाबाट उद्धार

कञ्चनपुर, आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको छ ।
paunea
काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ देखि २२ वर्षका युवतीको उद्धार गरिएको हो । “युवतीहरुले सोधपुछका क्रममा नयाँ दिल्ली हुँदै इराक जान लागेको बताएपछि उद्धार गरेका छौँ”, माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले भन्नुभयो । उद्धार गरिएका युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ । रासस
news24nepaltv

Continue Reading…

थाहाँ पाउनुहोस्, कहाँ जाँदा कस्तो मेकअप ?

कहाँ जानका लागि भन्ने विषयले कस्तो मेकअप गर्ने भन्ने निर्धारण गर्छ। घरमा बस्दा गर्ने मेकअप र अफिस जाँदा गर्ने मेकअप फरक हुनैपर्छ। अफिसका लागि र पार्टीका लागि पनि एउटै मेकअप सुट गर्दैन । फोटोसुट गर्दा बेग्लै मेकअप आवश्यक पर्छ । कहाँ जाँदा कस्तो मेकअप गर्ने ? जानिराखौँ :mekap

डे मेकअप
बिहान या दिउँसोलाई मिक्स मेकअप गर्नुपर्ने हुन्छ । यस समयमा मेकअप गर्दा बेस फाउन्डेसन या पेनस्टिकले रेडी गरिन्छ भने सबै स्किन कलरका आइटम प्रयोग गरिन्छ । यस्तो वेला टल्कने सामान प्रयोग गरेर मेकअप गर्नु राम्रो हुँदैन ।

अफिस मेकअप
अफिस मेकअप गर्दा आफ्नो स्ट्यान्डर्डमा विचार पुर्‍याउनुपर्छ । यो मेकअपमा पनि सिम्पल मेकअप नै प्रयोग गरिन्छ । हेराइमा हल्का स्मार्ट देखिने तरिकाले मेकअप गर्नुपर्छ । एयरहोस्टेस या होटेलमा काम गर्ने व्यक्तिले आँखा र ओठको मेकअपमा विशेष ध्यान दिनुपर्छ । अन्य व्यक्तिलाई आइलाइनर प्रयोग नगरी ब्लसरको प्रयोग गर्दा नदेखिने गरी छाला कलर प्रयोग गर्नुपर्छ । एयरहोस्टेस वा होटेलमा काम गर्नेले बढी मेकअप र साधारण हेयर स्टाइल पनि दिनुपर्छ । यस्तो मेकअपमा गहनाको प्रयोग गर्नुहुँदैन ।

बेलुकाको मेकअप
साँझ वा रातको समयमा गरिने मेकअपमा सुरुमा क्लिन्जिङ गरेर अनुहार सफा गर्नुपर्छ । यसपछि टोनर या एस्ट्रिडेन्ट लगाउनुपर्छ । रातको समय हुँदा मोस्चराइज क्रिम राम्रोसँग फैलाएर फाउन्डेसन र कम्प्याक्ट पाउडर अलि बढी प्रयोग गर्नुपर्छ । यसैगरी आइस्याडो र हाइलाइटको प्रयोग गर्दा साइनिङ आउने गरी कलर प्रयोग गर्नुपर्छ । आइस्याडो प्रयोग गर्दा कपडासँग मेल खाने किसिमको अलि गाढा खालको कलर प्रयोग गर्दा उत्तम हुन्छ । लिपस्टिक डार्क कलर प्रयोग गर्नुपर्छ । बेलुकाको मेकअपमा गहना लगाउने हो भने पहेँलोभन्दा सेतो रङको राम्रोसँग खुल्छ । यो मेकअप गर्दा लाइटको मुनि बसेर गर्नु उपयोगी हुन्छ ।

हाउसवाइफ मेकअप
यो मेकअप विशेषगरी विवाहिता महिलाका लागि गरिन्छ । यो डे मेकअपमा आधारित हुन्छ । डार्क र रातो कलरलाई यो मेकअपमा प्राथमिकता दिनुपर्छ । यसको मुख्य आधार टीकालाई मानिन्छ ।

स्क्रिन मेकअप
यो मेकअपलाई फिल्म मेकअप पनि भनिन्छ। यसमा पेनस्टिक र प्यानकेकले बेस तयार गरिन्छ । यो मेकअपलाई स्टम्प मेकअप पनि भनिन्छ। यो मेकअपले हेराइमा धेरै भ्रम पार्नसक्छ । वाटरप्रुफ बेसलाई बढी प्राथमिकता दिइन्छ । कलर प्रयोग गर्दा कथावस्तु हेरेर गरिन्छ।

फोटो मेकअप
यो मेकअप फोटो सेसनका लागि तयार गरिन्छ । बेसमा प्यानकेक सेसन तयार गरिन्छ । कलर प्रयोग गर्दा कस्तो खालको फोटो सेसन गर्ने हो, त्यहीअनुसार छान्नुपर्छ । यस मेकअपमा आइब्रोको सेप केही लामो बनाउनुपर्छ। साभार : नयाँ पत्रिका

Continue Reading…

एक महिनामा ६२ सय सवारीमाथि कारवाही, ३६८ लाईसेन्स प्वाल परे

२ असार |

पोखरा – कास्कीमा पछिल्लो एक महिनामा ६ हजारभन्दा बढी सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लङघन गर्ने विभिन्न प्रकृतिका ६ हजार दुई सय सवारीमाथि कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जेठ १ गतेदेखि जरिवाना रकममा भएको वृद्धिसँगै नयाँ ट्राफिक नियम लागू भएपनि सवारी नियम उल्लङघन गर्नेको संख्या भने घटेको छैन् । कास्कीमा अघिल्लो महिनाको तुलनामा एक सय बढी सवारीमाथि कारवाही गरिएको छ । वैशाख महिनामा जम्मा ६१ सय सवारी कारवाहीमा परेका थिए ।pareaएक महिनामा ६२ सय सवारीमाथि कारवाही, ३६८ लाईसेन्स प्वाल परे
जेठ महिनामा ४ सय ८५ ट्रक, एक हजार ३८ बस, १२ सय १८ कार/जिप, दुई सय ८५ ट्याक्टर र दुई हजार ८ सय २५ मोटरसाईकल कारबाहीमा परेका छन् । यी सवारी कारवाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै ४० लाख २६ हजार ९ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

वैशाख महिनामा ६१ सय सवारी कारवाहीबाट २२ लाख ७३ हजार ९ सय रुपैयाँ राजश्व उठेको थियो । ट्राफिक जरिवाना रकममा वृद्धि भएकाले जेठ महिनामा राजश्व असुलीको दर पनि बढेको छ । चालु आर्थिक बर्षको ११ महिनामा कास्कीमा ४४ हजार ६ सय ५० सवारी कारवाहीबाट एक करोड ७१ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने २६८ वटा सवारी चालक अनुमति पत्रमा प्वाल परेका छन् । जेठ महिनामा मापसे कारवाहीबाट दुई लाख ६८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्ला महिनाको तुलनामा जेठ महिनामा मापसे कारवाहीको दर दोब्बर बढेको छ । वैशाख महिनामा १५६ वटा मापसे कारवाहीबाट ट्राफिक प्रहरीले एक लाख ५६ हजार राजश्व संकलन गरेको थियो ।

नयाँ ट्राफिक नियम लागू भएपछि जेठमा १८ वटा बस, २८ कार/जिप, १६ ट्याक्टर र २०६ मोटरसाईकल मापसे कारवाहीमा परेका छन् । चालु आर्थिक बर्ष बितेको ११ महिनामा कास्की जिल्लाभर मापसे गरी सवारी चलाएका एक हजार एक सय ७२ वटा सवारी चालक अनुमति पत्र प्वाल परेका छन् ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले नियम विपरित सञ्चालित सवारीमाथि कारवाहीसँगै सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको जानकारी दिए । सवारी दुर्घटना न्यूनिकरणको लागि चालक सचेतना कार्यक्रमलाई प्रथामिकता दिएको उनले बताए । उनका अनुसार ट्राफिक प्रहरीले यातायात व्यवसायी र अन्य सरोकारवालासँगको समन्वयमा कास्कीका विभिन्न ६ स्थानमा चालक परामर्श कार्यक्रम सञ्चालन गरेको थियो ।

‘सवारी कारवाही र राजश्व असुली मात्रै हाम्रो लक्ष्य होइन,’ उनले भने, ‘चालक, यात्रु र स्वमं ट्राफिक प्रहरीलाई पनि सचेतना दिएका छौ ।’ पोखराको ट्राफिक व्यवस्थापनको लागि पछिल्लो समय व्यस्त चोकमा लेन व्यवस्थापनदेखि पार्किङ व्यवस्थापन र सचेतना कक्षाहरुमा जोड दिइएको छ । ‘पोखराको ट्राफिक व्यवस्थापन चुस्त बनाउन कारवाही, नियमन र सचेतनालाई पनि साथ साथै अघि बढाएका छौं’ प्रहरी निरिक्षक अधिकारीले भने ।

प्रहरी नायब निरिक्षक शिव थापाले पोखरामा व्यवस्थित बसपार्क र पार्किङ स्थल भएमात्रै पनि अहिले कायम ५० प्रतिशत ट्रफिक समस्या समाधान हुने बताए । पार्किङको उचित व्यवस्थापन नहुनु र व्यवस्थित बसपार्क नहुँदा सवारी व्यवस्थापनमा पनि ट्राफिक प्रहरीलाई चुनौति थपिएको उनले बताए ।

ratopati

Continue Reading…

वार्ताको जवाफ दिन गठन्धन र मधेसी मोर्चाको अलग अलग बैठक

काठमाडौं, २ असार । सरकारसँगको वार्ता र आन्दोलनका विषयमा छलफल गर्न आज संघीय गठबन्धनको बैठक बस्दैछ ।
बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा आन्दोलनका विषयमा छलफल हुने रामसपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सरकारलाई वार्ताका विषयमा जवाफ दिइनेछ ।barta
यसैबीच, संघीय गठबन्धनको बैठकपछि मधेसी मोर्चाको बैठकपनि बस्ने भएको छ । बैठकमा सरकारलाई वार्ताको जवाफ दिने विषयमा छलफल हुनेछ । मोर्चाको बैठक तीन बजे बस्नेछ ।
dainiknepal

Continue Reading…

छाडा कुकुरको सङ्ख्या अत्यधिक वृद्धि, नियन्त्रणका लगि स्थायी बन्धाकरण गरिने

भक्तपुर,छाडा कुकुरको सङ्ख्याा अत्यधिक वृद्धि भएपछि नियन्त्रण गर्न जिल्ला पशु सेवा कार्यालयले चाँडै कुकुरको स्थायी बन्ध्याकरण गर्ने भएको छ ।

कार्यालयले सल्लाघारी चोकदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका पोथी कुकुरको स्थायी बन्ध्याकरण गर्न लागेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा नवीन घिमिरे उपाध्यायले जानकारी दिनुभयो । बन्ध्याकरण जिल्लास्थित भक्तपुर पशुकल्याण समाजसँग सहकार्य गरी सञ्चालन गरिने छ ।kur

कार्यालयले आवश्यक बजेट व्यवस्था गर्ने र समाजले आवश्यक प्राविधिक सेवा दिने छ । एउटा कुकुरको बन्ध्याकरण गर्न कम्तीमा रु चार हजार लाग्छ । उहाँले बजेट थोरै भएकाले पहिलो चरणमा सल्लाघारीदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकका कुकुरको बन्ध्याकरण गर्न लागिएको बताउनुभयो । उहाँले छाडा कुकुरको व्यवस्थापन स्थानीय नगरपालिकाले गर्नुपर्ने र उनीहरुको दायित्व समेत भए पनि त्यसतर्फ चासो नदिइएको गुनासो गर्नुभयो । “त्यसका लागि पटक पटक पहल गरे पनि नगरपालिकाले चासो नै दिएन,” उहाँले भन्नुभयो ।

स्थानीय निकाय ऐनले पनि छाडा कुकुर व्यवस्थापनको जिम्मेवारी नगरपालिकालाई दिएको छ । त्यस सम्बन्धमा नगरपालिकाले विगतमा छाडा कुकुर मार्ने अभियान सञ्चालन गथ्र्यो तर पशु अधिकारको आवाज उठी कुकुर मार्न नपाइने व्यवस्था भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापन गर्न छाडेको हो । एक सर्भेक्षणअनुसार सल्लाघारीदेखि दूधपाटी हुँदै दरबार स्क्वायर र दत्तात्रय चोकमा एक सय २० छाडा कुकुर छन् ।
रेबिजविरुद्धको खोप
रेबिज रोगको सङ्क्रमण देखापरेपछि पशुकल्याण समाजले छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिने कार्यक्रम सञ्चालन गरेको छ । जिल्लामा यस वर्ष मात्र २३ रेबिजका घटना प्रकाशमा आएको समाजका टोली नेता डा प्रणवराज जोशीले जानकारी दिनुभयो ।

एक महिनाअघि मात्र भक्तपुर नगरपालिका–३, जेँलामा रेबिज देखापरेपछि जेँला र गोल्मढी क्षेत्रका एक सय ७५ छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिइएको थियो । त्यसैगरी तीन महिनाअघि आशापुरी क्षेत्रमा फैलिएको रेबिजाबट दुई मानिसको ज्यान समेत गएको थियो । सो क्षेत्रमा समाजले एक सय ३५ छाडा कुकुरलाई रेबिजविरुद्धको खोप दिएको डा जोशीले बताउनुभयो ।

यसैबीच समाजले काठमाडौँ–भक्तपुर छ लेन सडकमा छाडा पशुका कारण सवारी दुर्घटनामा वृद्धि भएकाले त्यसको न्यूनीकरणका लागि छाडा पशुलाई रिफ्लेक्टर लगाइदिइने समाजका सञ्चालक सदस्इ सन्दीप जोशीले जानकारी दिनुभयो । समाजले गरेको स्थलगत सर्भेक्षणअनुसार सूर्यविनायक चोकदेखि सल्लाघारीसम्म २० भन्दा बढी छाडा बाच्छाबाच्छी र करिब ३५ कुकुर पाइएको छ ।

हाल काठमाडौँ–भक्तपुर छ लेन सडकको लोकन्थलीदेखि सूर्यविनायकचोकसम्म सवारीसाधनबाट दैनिक आधा दर्जन छाडा कुकुर थिचिएर मर्ने गरेका छन् । रासस news24nepaltv

Continue Reading…

११ मा भर्ना पाउन विषयअनुसार यस्ता छन् बन्धन

काठमाडौं, २ असार एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ ।
शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।chan
एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज ९जिपिए० हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भर्ना हुनबाट बञ्चित नहुने शिक्षा मन्त्रालयले जनाएको छ ।
तर, कमजोर ग्रेड भएका विद्यार्थीले रोजेको विषय पढ्न पाउने छैनन् । साइन्सका लागि न्युनतम जिपिए २।० हुनुपर्ने र बिभिन्न विषयको न्युनतम ग्रेड फरक निर्धारण गरिएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद र सिटिइभिटिसंग छलफल गरी शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना पाउने आधार बुधबार तय गरेको हो । परिषदका उपाध्यक्ष चैतन्य शर्माले ‘स्पेशिफिक’ भएर भर्नाको आधार तोकिएको बताए ।
dainiknepal

Continue Reading…

बैज्ञानिकहरूले गरे डरलाग्दो खुलासा : नेपालमा अझै ७.३ रेक्टरको बिनासकारी भुकम्प आउने

काठमाण्डौ । २०७२ साल वैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको अध्ययनको निष्कर्ष हो –काठमाण्डुको भू–सतहभन्दा १० किमि तल ७ दशमलव ३ रिक्टर स्केलसम्मको भूकम्प जान सक्ने ऊर्जा सञ्चय भएको छ ।bhupaka
आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ – त्यो भूकम्प जहिले पनि जान सक्छ । तर, तिथि र समय नै तोक्ने अवस्था भने छैन । पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने ज्ञानिकहरुले तर्क गरेका छन् । सो अनुसन्धानको रिपार्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ ।

अनुसन्धानमा संलग्न वैज्ञाननिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. दण्डपाणि अधिकारीले बुधबार भने –उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकोले अहिलेसम्म चुप लागेर बसेका हौं ।’khabardabali

Continue Reading…

दुर्घटना बढेपछि ‘टाइम कार्ड’ लागू, ८० प्रतिशत दुर्घटना घट्ने अनुमान

सिन्धुली, वैशाखदेखि दैनिक दुर्घटना बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त प्रयासमा बुधबारदेखि ‘टाइम कार्ड’ लागू गरिएको छ
aksati
टाइम कार्ड लागू गरिएपछि ८० प्रतिशत दुर्घटना घट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको अनुमान छ । बुधबारदेखि मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक ईश्वरी चापागार्इंले ना १ ज ५८२७ नंको टाटा सुमोका चालक चित्रबहादुर आलेलाई टाइम कार्ड प्रदान गर्नुभएको थियो ।
यातायात व्यवसायी र स्थानीय प्रशासनको संयुक्त प्रयासमा कुलेखानीमा लागु गरिएको टाइम कार्डले सडक दुर्घटना ८० प्रतिशत घटाएकाले अब सिन्धुलीमा पनि दुर्घटना ८० प्रतिशत नै घट्ने चापागाईंले बताउनुभयो ।

चालकले लेनअनुसार सवारी नचलाउँदा पनि दुर्घटना हुने भएकाले लेनअनुसार सवारी चलाउन उहाँले चालकलाई आग्रह गर्नुभयो । टाइम कार्ड लागू भएपछि अब साना सवारीसाधनले भिमानदेखि शिवनगर १८ किमी ३५ मिनेटमा, शिवनगरदेखि खुर्कोट ३९ किमी एक घन्टा ४० मिनेटमा र खुर्कोटदेखि नेपालथोकसम्मको ३८ किमी दूरी एक घन्टा १५ मिनेटमा पार गर्नुपर्ने भएको छ ।

यस्तै ठूला सवारीसाधनले भिमानदेखि शिवनगर १८ किमी एक घन्टा, शिवनगरदेखि खुर्कोट ३९ किमी दुई घन्टा र खुर्कोटदेखि नेपालथोकसम्मको ३८ किमीको दूरी दुई घन्टा ४० मिनेटमा पार गर्नुपर्ने भएको छ ।
यदि सो समयको पालना नगरिएमा हरेक जाँचचौकीमा रु एक हजार जरिवाना गरिने जिल्ला ट्रफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज बद्रीप्रसाद पुडासैनीले जानकारी दिनुभयो । कार्ड छपाइ गर्न प्रतिकार्ड रु पाँच पर्ने भएकाले हरेक सवारीसाधनले प्रतिकार्ड रु पाँच तिर्नुपर्ने उहाँको भनाइ छ । रासस news24nepatv

Continue Reading…

भारतीय अर्थतन्त्रका कारण नेपालमा मूल्यवृद्धि !

२ असार, काठमाडों ।

नाकाबन्दीपछि केही घट्न थालेको उपभोक्ता मुद्रास्फीति फेरि बढेको छ । वैशाख महिनामा भारतमा मूल्यबृद्धि बढेपछि त्यसको असर नेपालमा पनि देखिएको हो ।

ko

वस्तु तथा सेवाको मूल्य बढ्दा हुने मुद्राको अवमूल्यन नै मुद्रास्फीति हो । वैशाखमा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीर्ति बढेर ५.८ प्रतिशत पुगेको छ । नेपालमा पनि चैतमा ९.७ प्रतिशतमा रहेको मुद्रास्फीति वैशाखमा बढेर १० प्रतिशत पुगेको छ ।

नाकाबन्दीको असर कम हुादै गएकाले चैतको तुलनामा बैशाखमा मुद्रास्फीति घट्ने अपेक्षा गरिए पनि झन् बढेको हो । पुसमा उच्च अंकले बृद्धि भएको मुद्रास्फीति त्यसयता घट्दै गएको थियो ।

अर्थशास्त्रीहरुले नेपालको मूल्यबृद्धिमा आयतको प्रभाव देखिने भएकाले भारतीय मूल्यबृद्धिमा आयातको प्रभाव देखिने भएकाले भारतीय मूल्यबृद्धिको प्रभाव स्वभाविक भएको बताउँछन् । आजको कारोबार दैनिकमा समाचार छ ।nepaliheadlines

Continue Reading…

क-कसले पाए ओली सरकारमा राजनीतिक नियुक्ति ?

असार २

प्रतिस्पर्धाबाट नियुक्त गर्ने परम्पराको थालनी हुँदा–नहुँदै ओलीले टीकाटालो प्रणालीलाई जोडदार रूपमा पुनस्र्था्पित गरेका छन्
काठमाडौं–एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिनामा ४२ जनाले राजनीतिक नियुक्ति पाएका छन् । त्यसबाहेक ४७ सहसचिव र सोभन्दा माथिल्लो तहका कर्मचारी सरुवा र बढुवामा परेका छन् । त्यसैगरी, परराष्ट्रका आठ कर्मचारी राजदूतमा सिफारिसमा गरिएका छन् । यी सबै गरेर यस अवधिमा सरकारले अहिलेसम्म एक सय आठ व्यक्तिलाई विभिन्न तहमा नियुक्त, सरुवा र बढुवा गरेको छ ।parchan

माओवादीका ६ जना मात्रै
माओवादी केन्द्रका तर्फबाट राजनीतिक नियुक्तिको अवसर पाउने ६ जना मात्रै छन् । चारजना राजदूतको सिफारिसमा परेका छन् । महेन्द्र सिंह, यदुनाथ लम्साल, लक्की शेर्पा र पदम सुन्दास माओवादी कोटाबाट राजदूत नियुक्तिमा अवसर पाउनेमा पर्छन् । सुनीलबाबु श्रेष्ठ र चन्द्रकान्त पौडेल योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

राप्रपा नेपालका पाँचजना
सत्तासाझेदार तेस्रो ठूलो दल राप्रपा नेपालका पाँचजनाले राजनीतिक नियुक्तिको अवसर पाएका छन् । योजना आयोग सदस्य गीताभक्त जोशी, राजदूत सिफारिसमा भरतबहादुर रायमाझी, निरञ्जन थापा र खगेन्द्र बस्नेत गरी तीनजनाले अवसर पाएका छन् । त्यसबाहेक राप्रपा नेपालबाट परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा मोहन श्रेष्ठले नियुक्ति पाएका छन् ।

फोरम लोकतान्त्रिकका दुईजना मात्रै
अर्को सत्तासाझेदार दल फोरम लोकतान्त्रिकबाट महत्वपूर्ण पदमा राजनीतिक नियुुक्ति पाउनेमा दुईजना मात्रै छन् । राष्ट्रिय योजना आयोग सदस्यमा कृपासिन्धु र ओमानका लागि राजदूतमा शर्मिला पराजुली सिफारिस भएकी छिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ratopati

Continue Reading…

फेरि डरलाग्दो भूकम्प!

काठमाडाैं,असार २

२०७२ साल बैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको निश्कर्ष हो–काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रिक्टर स्केलसम्मको भूकम्प जानसक्ने ऊर्जा संकलन भएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

त्यो भूकम्प जुनसुकै बेला पनि जान सक्छ। तर, तिथि र समय नै तोक्न सक्ने अवस्था भने छैन। पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने वैज्ञानिकहरुको तर्क रहेको छ। सो अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ।bhupaka

अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा‍. दण्डपाणि अधिकारीले भने, ‘उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकाले अहिलेसम्म चुप लागेर बसेका हौं।’

उनले १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने,‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ। त्यो धाँजा ललितपुरको खुमलटारसम्म छ। त्यो च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए ऊर्जा समाप्त हुन्थ्यो। तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन।’

वैज्ञानिकहरुले किन यसरी अातंक फैलाउने काम गरिरहेका छन् भन्ने प्रश्नमा अधिकारीले भने,’हामीले २५ वटा जिल्लामा जीपीएस प्रणालीद्वारा मेसिन नै राखेर त्यसको तथ्या‌ंकको अाधारमा यो कुरा भनिरहेका छाैं। सुन्दा अप्रिय लाग्न सक्छ। तर,वास्तविकता यही हो। तथ्यको अाधारमा यो कुरा भनिएको हो। सर्वसाधारण मानिक सतर्क भएर बस्नु जरुरी रहेको छ।’

उनका अनुसार तथ्यहरु अध्ययन गर्दा यो अवधिमा ती जिल्लाहरुमा जमिनको हलचल एकदमै न्यून मात्रै पाइएको थियो। setopati

Continue Reading…

देउवा यसरी विचलित बनेपछि

काठमाडौं, २ असार । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक व्यवस्थापन र राजनीतिक संक्रमणकालिन अवस्थालाई कसरी सम्बोधन गर्ने भनेर दोधारमा परेका छन् । पार्टी संगठन र मुलुकको समस्या समाधान गर्ने बिषयमा कुनैं योजना, रणनीति वा कार्ययोजनाको सामान्य खाका समेत कोर्न नसकेका देउवा चुनौती सामना गर्नबाट समेत बिचलित बनेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।deba
अब कसरी अघि बढ्ने भन्ने बिषयमा पार्टीका पदाधिकारी, शुभचिन्तक र आफ्नै गुटका विश्वास पात्रहरुसँगै सल्लाहमा व्यस्त देउवाले समयमै निर्णय गर्न नसक्दा कांग्रेस धरासयी बन्दै गएको भनेर चौतर्फी आलोचना हुन थालेको छ । पार्टीको बिधान अनुसार केन्द्रीय कार्य समितिलाई पूर्णता दिन उपसभापति, महामन्त्री र सहमहामन्त्री कसलाई बनाउन भनेर प्रस्ताव समेत ल्याउन नसकेका सभापति देउवा आफु निकटका गुट र उपगुटको चंकुलमा परेको आरोप लाग्न थालेको छ ।
पार्टी भित्र तीन पदमा नौं जना आकांक्षी भएपछि देउवा कसलाई कुन पद दिने भनेर निष्कर्षमा पुग्न समेत सकेका छैनन् । उनी पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्का, पूर्व उपसभापति गोपालमान श्रेष्ठ पूर्वमहामन्त्रीद्धय कुलबहादु गुरुङ र बिमलेन्द्र निधिमध्ये कसलाई उपसभातिमा प्रस्ताव गर्ने भनेर दोधारमा परेका छन् । उसभापतिमा खुमबहादुर खड्कालाई प्रस्ताव गर्न देउवालाई आफ्नै निकटकाहरुले दवाव दिएका छन् ।
तर, देउवा उपसभपातिमा बिमलेन्द्र निधिलाई प्रस्ताव गर्न चाहन्छन् । खड्काले १३ औं महाधिवेसनको समयमा भएको सहमति बमोजिम आफुलाई उपसभापतिमा प्रस्ताव नगरिए देउवाले ठूलै मुल्य चुकाउनु पर्ने भनेर चेतावनी समेत दिएका छन् । त्यस्तै, महामन्त्रीमा भने निधि, पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का, वालकृष्ण खाँड, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र डा.प्रकाशरण महतले दाबी गरेका छन् । त्यसमा पनि खड्का र खाँडले आफुलाई महामन्त्रीमा चयन नगरे देउवा कमजोर हुने चेतावनी दिँदै आएका छन् ।
सहमहामन्त्रीमा रामचन्द्र पौडेल गुटले सिफारिस गरेबमोजिमका केन्द्रीय सदस्यलाई प्रस्ताव गर्न देउवा तयार भएका छन् । तर, पौडेल पक्षले पनि नाम पठाउन सकेको छैन् । पौडेललाई पनि आफ्नो गुटबाट सहमहामन्त्रीमा बिराटनगरका डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला र महेश आचार्य, धनुषाका आनन्दप्रसाद ढुंगाना र काठमाडौंका नविन्द्रराज जोशीमध्ये कसलाई सिफारिस गर्ने भनेर महाभारत नै भएको छ । पदाधिकारीका तीन पद मध्ये एक पद सहमहामन्त्रीमा पौडेलले सिफारिस गरेका केन्द्रीय सदस्यलाई प्रस्ताव गर्नु पर्ने बाध्यता भएपछि देउवालाई एउटा उपसभापति र एउटा महामन्त्रीमा यतिधेरै आकांक्षीलाई कसरी व्यवस्थापन गर्नु भनी टाउको दुःखाई भएको छ ।
केन्द्रीय सदस्यमा पनि सकस
देउवालाई केन्द्रीय सदस्यमा पनि क–कसलाई मनोनित गर्ने भनेर तनाव भएको छ । बिधानबमोजिम देउवालाई सभापतिको हैसियतले २१ जना मात्र मनोनित गर्न पाउने अधिकार छ । उनले पार्टीका सबै निकायलाई महाधिवेसन भएको दुई महिनाभित्र पूर्णता दिनुपर्ने संवैधानिक बाध्यता छ । तर, देउवाले पार्टी बिधानलाई उलङ्घन गरिसकेका छन् । २१ मध्ये पहिलो चरणमा सात जना र ३० गते जेठमा तीन जनालाई गरी हालसम्म १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् ।
देउवा प्यानल भित्रैबाट देउवाले हालसम्म अजुर्ननरसिह केसी, चित्रलेखा यादब र किशोरसिंह राठौर बाहेकलाई नियुक्ति गर्न नसकेको दाबी उनी निकटहरुको छ । तर, सभापतिमा पराजित रामचन्द्र पौडेल निकटका नेताहरुले देउवालाई ४० प्रतिशत केन्द्रीय सदस्य आफ्नो प्यानलाई दिन दबाब छ । देउवाले नियुक्त गरेका केसी र यादब क्रमशः महामन्त्री र कोषाध्यक्षमा पराजित देउवा प्यानलका नेता हुन् । राठौरले भने देउवालाई सभापतिमा जिताउन केन्द्रीय सदस्यमा उम्मेदवारी समेत दिएका थिएनन् ।
पौडेलले आफ्नो प्यानलबाट आफुसहित नरहरी आचार्यलाई मात्र देउवाले केन्द्रीय सदस्यमा नियुक्ति गरेको दावी गर्दै वाँकी ११ जना केन्द्रीय सदस्यहरु नियुक्ति गर्दा आफुले सिफारिस गरेका ६ जनालाई राख्न दवाव दिएका छन् । २१ मनोनित केन्द्रीय सदस्यको ४० प्रतिशत भनेको ८ जना हुन आउँछ ।
तर, देउवा प्यानलका प्रभावशाली नेता बिमलेन्द्र निधिले भने तत्कालिन संस्थापन पक्षबाट सभापति, महामन्त्री र कोषाध्यक्षमा पराजित नेताहरु कृष्णप्रसाद सिटौला, गगन थापा र उमाकान्त चौधरी संस्थापन पक्षकै भएकाले अब पौडेलको सिफारिसमा देउवाले पहिले नै पाँच जनालाई नियुक्ति गरिसकेकोले अब तीन जना मात्र पौडेलको सिफारसमा मनोनित गर्ने वताउँदै हिँडेका छन् ।
यता, सभापतिमा संस्थापन पक्षबाट बिद्रोह गरी उम्मेदवारी दिएर पौडेललाई हराउन सफल सिटौलाले भने आफ्नो समूहका तीन जनालाई मात्र मनोनित गरिएकोले अब तीन जनालाई आफ्नो सिफारिस बमोजिम केन्द्रीय सदस्य मनोनित गर्न दवाब दिएको स्रोतको दाबी छ ।
सबै गुट र उपगुटमा केन्द्रीय सदस्य र पदाधिकारी नियुक्ति दिनुप-यो भनेर दबाब परेपछि देउवा यतिवेला बिचलित बनेका छन् । उनी यतिबेला श्रीमती आरजु राणा बाहेक अरुको विश्वास समेत गर्न छाडेका छन् ।
dainiknepal

Continue Reading…

यस वर्षको एसएलसीको परीक्षा फल आज सार्वजनिक हुदै, अन्तराष्ट्रियस्तरको मापदण्डका आधारमा नतिजा ग्रेडिङ प्रणालीबाट

यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आज सार्वजनिक हुने भएको छ । यस वर्षको नतिजामा कोही फेल नहुने भएका छन् । यस वर्षदेखि अन्तराष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा ग्रेडिङ प्रणालीबाट गर्न लागेको हो ।

ann
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार एसएलसी शुरु भएको ८२ वर्षपछि पहिलो पटक कोही फेल नहुनेगरी परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । यस्तै ग्रेस माक्र्स दिने ब्यवस्था पनि यसै वर्षदेखि हटाउने भएको छ । यो वर्षदेखि एसएलसी परीक्षाको परीक्षाफल पत्रिकामा प्रकाशन गरिने छैन । ६ लाख सहभागी सबै पास हुने हुँदा सबैको सिम्बोल नम्बर पत्रिकामा छाप्न गाह्रो हुने भएकाले वेबसाइट तथा एसएमएसमार्फत् परीक्षा नियन्त्रक कार्यालय रिजल्ट प्रकाशन गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यलयका अनुसार एसएलसीको नतिजा अक्षरांकन पद्धतिमा प्रकाशित हुने भएकाले विद्यार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण हुँदैनन् । त्यसैले ग्रेस माक्र्सको व्यवस्था हटाइएको हो । यसअघि नतिजा प्रकाशनको समयमा एसएलसी परीक्षा समिति बोर्ड बैठकले निर्णय गरी बढीमा दुई विषयमा ५ नम्बर ग्रेस माक्र्स थपेर विद्यार्थीलाई पास गराउँदै आएको थियो । आज प्रकाशन हुने नतिजामा ७ तहको अक्षरांकन प्रणालीबाट हुनेछ । त्यसका लागि टर्निङ पोइन्ट २० देखि ९० प्रतिशतसम्म हुन्छ । गत वर्षसम्म एसएलसीको उत्तीर्ण प्वाइन्ट ३२ थियो । यस्तै बढीमा दुई विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीले सोही वर्ष ग्रेड वृद्धिको लागि ’ग्रेड वृद्धि’ परीक्षा अर्थात मौका परीक्षा दिन सक्नेछन् । विद्यार्थीले एसएलसीको नतिजापछि प्राप्त गरेको एसएलसी ग्रेड सिटमा बढीमा दुई विषयमा डि र ई अक्षरांकन छ भने उसले एक पटकलाई मौकाको रुपमा ग्रेड बृद्धि गर्न ग्रेडबृद्धि परीक्षा दिन सक्ने ब्यवस्था पनिकाले गरेको हो । यो वर्षको एसएसली परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन् ।
news24nepaltv

Continue Reading…

नेपाल टेलिकमले घटायो फाइवर टुदी होमको महसुल

असार, काठमााडौं ।

आर्थिक वर्षको अन्त्यमा नेपाल टेलिकमले आफ्ना उपभोक्ताहरुलाई खुसीको खवर दिएको छ । टेलिकमले असार ३ देखि लागु हुने गरी फाइवर टुदी होम (एफटीटीएच) सेवाको महसुल दर घटाएको हो ।ayo

नयाँ महसुल अन्तर्गत एनटिसीको इन्टरनेट चलाउन चाहने उपभोक्ताहरुलाई ३ महिनाको प्याकेजमा १० एमविपिएस व्याण्डवीथ प्रदान गरिने छ यसको महशुल ५ हजार १ सय ६० हुने छ ।

ओलीले प्रचण्डलाई सोधे- हामीले सात महिनामै छाड्नुपर्ने, तपाईंहरू २० महिना खाने ?’

नेपाल टेलिकमले ग्राहकको फाइवर काटिएर, चुँडिएर वा पुरानो भएर अवरुद्ध भई सेवा पुनः सञ्चालन गराउनका लागि फाइवर परिवर्तन गर्नु परेमा प्रति मिटर २० रुपैयाँ लिई जडान तथा सेवा सुचारु गर्ने जानकारी दिएको छ । nepaliheadlines

Continue Reading…

अाजकाे राशिफल / २०७३ आषाढ ०२ गते बिहीबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक सफलता मिल्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हो । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । समग्रमा बन्दव्यापारबाट फाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिने छ, त्यस्तै बन्दव्यापारमा समेत प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

यी दुई नेपालीले दिनेछन् युरोको इटली Vs स्विडेन खेलको म्यान अफ दि म्याच अवार्ड

काठमाडौँ : कार्ल्सवर्गले आफ्नो प्रवर्ध्दनात्मक अभियान लिभ इट लाइभका विजेता नवराज कँडेल र ओमकरेश नकर्मीलाई मैदानमै फुटबल हेर्नका लागि फ्रान्स गएका छन्।

उनीहरुले शुक्रबार हुने इटली र स्विडेनबीचको खेलको म्यान अफ द म्याच अवार्डसमेत प्रदान गर्ने गोर्खा ब्रुअरीले जनाएको छ।
कँडेल भन्छन्, ‘फ्रान्स गएर युरो २०१६ हेर्ने जीवनमा एक पटक मात्र आउने यो मौकाको माध्यमबाट कार्स्भबर्गले मेरो सबैभन्दा ठूलो सपना सकार पारिदिएको छ। स्टेडियममा खेल प्रत्यक्ष हेर्न र म्यान अफ द म्याच अवार्ड प्रदान गर्न म अब एक पल पनि प्रतिक्षा गर्न सक्दिनँ।’pachi
त्यसैगरी अर्का विजेता नकर्मी भन्छन्, ‘हरेक समर्थकहरु यस अद्भूत अवसरमा सहभागी हुन चाहन्छन् र यस्तो पृथक मौका प्रदान गरेकोमा म कार्स्नबर्ग प्रति निकै आभारी छु। नेपाली फुटबल सर्मथकहरुको लागि यो वास्तवमै एउटा अद्भूत अवसर हो।’

गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले कार्ल्सवर्गले आफ्नो वाचा पूरा गरेको जानकारी दिँदै विजेताहरुले स्टेडियममा प्रत्यक्ष म्यान अफ द म्याच अवार्ड प्रदान गर्ने जानकारी दिए। ‘यो विशेष मौका केही व्यक्तिहरुलाई मात्र प्रदान गरिएको छ र ती भाग्यशालीहरुलाई बधाई दिन चाहन्छु’, उनले भने।
दुई महिना लामो अवधिका लागि संचालनमा ल्याइएको लिभ इट लाइभका बाँकी ८ विजेताहरुले जुन २२ मा हुने आइसल्यान्डविरुद्ध अस्ट्रिया खेलको प्रत्यक्ष मजा लिने अवसर प्राप्त गर्नेछन्।
Via : पहिलोपोस्ट

Continue Reading…

एसएलसीको रिजल्ट भोली ३ बजे

१ असार, काठमाडौं।
यस बर्षको एसएलसीको नजिता भोली सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल भोली बिहिबार प्रकाशित गर्ने भएको हो ।

aunea
लेटर ग्रेडिङ प्रणालीबाट पहिलो पटक परीक्षाफल प्रकाशित गर्न लागेको परीक्षा नियन्त्रण कार्यालयले भोली तीन बजेसम्म परीक्षाफल सार्वजनिक गर्न बताएको छ ।

पनिकाले शिक्षा विभागमा पत्रकार सम्मेलन गरी परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कार्यालयले बताएको छ । nepaliheadlines

Continue Reading…

भ्यान खोलामा खस्दा बाह्रजना घाइते

राजविराज, १ असार । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको बभन्नगामाकटी–२ मा आज साँझ म्याजिक भ्यान पल्टिँदा बाह्रजना यात्रु घाइते भएका छन् ।khabar
भारदहबाट राजविराजतर्फ आउँदै गरेको स १ ज ३८४ नम्बरको म्याजिक भ्यान अनियन्त्रित भइ खोलामा खस्दा भ्यानमा सवार बाह्र यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
घाइते सबैको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

Continue Reading…

आउँदो वर्ष मेलम्चीको पानी काठमाडौँमा

काठमाडौँ, १ असार । मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौँ आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।pani
सुन्दरीजलस्थित सुरुङ निर्माणस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले आयोजनाको १७.१४ किमी सुरुङ निर्माण सम्पन्न भएकाले अब बढीमा डेढ वर्षभित्रमा पानी आउने बताउनुभयो ।
“अब १०.४४ किमी सुरुङ निर्माण गर्न बाँकी छ, गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले काम रोकिँदा इटालियाली ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौतामुताविक २०७३ असोजमा सुरुङ निर्माण नसकिए पनि अर्को असोज अघि नै पानी आउँछ” – उहाँले भन्नुभयो ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसालेपछि प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउने काम ४३ प्रतिशत सम्पन्न गरेको निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।
“सुरुङ निर्माण सम्पन्न हुनु अघि नै आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकावासीको घरघरमा पानी वितरणका लागि लाइन पु¥याउँछ”– उहाँले भन्नुभयो । रासस
dainiknepal

Continue Reading…

जुम्ला हिडेका देउवालाई नेपालगञ्जमा ठूलो धोका!

नेपालगन्ज, १ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालगञ्जमा धोका भएको छ ।
यो धोका मान्छेबाट नभई प्रकृतिबाट भएको हो । देउवा बुधबार विहान काठमाडौंबाट जुम्ला जान विमानबाट नेपालगञ्ज पुगेका थिए ।bhamm
नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवालको शालिक अनावरण गर्न देउवा बिहानै नेपालगन्ज विमानस्थल पुगिसकेका थिए ।
तर, मौसम खराब भएपछि देउवा अहिलेसम्म नेपालगञ्जमै छैन् । नेपालगञ्जबाट जुम्लातर्फ मौसम खराबीका कारण उडान हुन सकेको छैन् । देउवालाई मौसमले धोका दिएको हो जसका कारण उनको समय खेर गइरहेको छ ।
मौसम अनुकूल नभएपछि जुम्लाको उडान अवरुद्ध हुँदा देउवा नेपालगन्जमै रोकिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।
dainiknepal

Continue Reading…

समय तोकेरै चक्रपथभित्रका सडक कालोपत्र गर्न कमल थापाको निर्देशन

काठमाडौँ, १ असार । उपप्रधान, सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले समय तोकेरै चक्रपथभित्रका सबै सडक कालोपत्र गर्न काठमाडौँ महानगरपालिकालाई निर्देशन दिनुभएको छ ।
कार्यसम्पादन तथा विकास व्यवस्थापनका विषयमा जानकारी लिन आज महानगरपालिका कार्यालय पुग्नुभएका मन्त्री थापाले सरसफाइ, हरियाली र उज्यालो भएमात्रै काठमाडौँ राजधानी सहर जस्तो देखिने बताउनुभयो । साना योजना वडामा पठाएर एकीकृत योजना केन्द्रबाट सञ्चालन गर्न पनि उहाँले निर्देशन दिनुभयो ।kamal
महानगरपालिकाका प्रमुख कार्यकारी अधिृकत रुद्रसिंह तामाङले महानगरको वार्षिक कार्यक्रम, सञ्चालित योजना, भूकम्पीय प्रभाव व्यवस्थापन, नागरिकका विकास चाहनालगायत विषयमा जानकारी गराउनुभएको थियो ।
“विकास व्यवस्थापनमा साझेदारको सङ्ख्या बढी र काममा दोहोरोपना भएका कारण परिणाम देखाउन पाइएन” – उपत्यकाको एकीकृत विकास प्रारुप अबको गन्तव्य हुनुपर्ने बताउँदै प्रमुख अधिकृत तामाङले भन्नुभयो ।
महानगरको भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले भित्री वडामा जनसहभागितामूलक कार्यक्रम सञ्चालन हुन नसकेको र तीबाहेकका वडामा जनसहभागितामा आधारित रु आठ करोड भन्दा बढीका योजना रहेको जानकारी दिनुभयो ।
सम्पदा तथा पर्यटन विकास विभागका प्रमुख अर्चना श्रेष्ठले चालु आवमा सांस्कृतिक सम्पदाको निर्माण तथा मर्मत कार्य रु ११ करोडबाट अघि बढाइएको बताउनुभयो । रासस
dainiknepal

Continue Reading…

ज्येष्ठ नागरिकलाई दुई हजार रुपैयाँ भत्ता दिँदैमा राज्यको ढुकुटी रित्तिँदैन् – प्रधानमन्त्री

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आव २०७३-७४ को बजेट वितरणमुखी नभई विकासमुखी बताउनुभएको छ ।
विश्व ज्येष्ठ नागरिक दुव्र्यवहारविरूद्धको दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठान र नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई दुई हजार रुपैयाँ भत्ता दिँदैमा राज्यको ढुकुटी नरित्तिने बताउनुभयो ।wli
“सरकारले प्रस्तुत गरेको बजेट विकासमुखी भएका कारण पनि किसान, मजदुर, ज्येष्ठ नागरिकलगायत देशैभरबाट खुसी व्यक्त गरिएको छ” – प्रधानमन्त्री ओलीले भन्नुभयो ।
“ज्येष्ठ नागरिकलाई एउटा खादा ओढाएर वा माला लगाइदिएर मात्र सम्मान हुँदैन, उनीहरू बाँच्नुपर्छ, त्यसैले सरकारले उनीहरूले पाउँदै आएको वृद्धाभत्तालाई दोब्बर बनाएको हो”–उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकलाई विकास गरेर यो अवस्थासम्म ल्याइपुर्याउन ज्येष्ठ नागरिकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटबारे तर्कहीन टिप्पणीभन्दा पनि ठोस सुझाव दिन अपिल गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने जनचेतना अबका नयाँ पिँढीमा फैलाउनुपर्छ भन्नुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले अब प्रत्येक जिल्लालाई ज्येष्ठ नागरिक दुव्र्यवहारमुक्त जिल्ला घोषणा गर्नुपर्न माग गर्नुभयो ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवन नजिकै धर्ना बस्दै आउनुभएकी शान्ता भट्टराईले धर्ना बसेको लामो समयपछि मात्रै वर्तमान सरकारले आफूहरूको केही माग मात्र पूरा गरेको बताउनुभयो ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । विसं २०६८ को जनगणनाअनुसार मुलुकमा ज्येष्ठ नागरिकको सङ्ख्या करिब २२ लाख रहेको छ । रासस
dainiknepal

Continue Reading…

चीनबाट आयो फेरि अर्को खुसीको खबर, अब झन् सहज

बुधबार, १ असार

काठमाडौं । नेपाल भुपरिवेष्ठित मुलुक हो र छिमेकी भारत र चीनले नेपाललाई घेरेका छन् । तीन तीर भारत र उत्तरतीर चीन नेपालको छिमेकी मुलुकका रुपमा रहेका छन् ।
दुवै मुलुक विश्वमा आथिृक क्रान्ति मार्फत् उदाइरहेका छन् । तर, छिमेकी भारतले लगाएको नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र जर्जर भएका बेला चीन तर्फ बैको आँखा गएको छ ।ayoo
तर, विकट भौगोलिक बनाओट, भाषा गत समस्या लगायतले गर्दा चीनसँगको व्यापारमा नेपाल पछाडी छ । अहिले भने नेपाल र चीनका बीचमा विभिन्न नाकाहरु खुलाउने प्रयत्न जारी छ ।
यसै क्रममा चीनसँगको कोरला नाका बुधबारदेखि २५ दिनका लागि खुलेको छ । सामान खरिदका लागि सिमाना क्षेत्रमा भिड समेत बढेको छ । नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ पुगेका छन् ।
ब्यापार मेलाका लागि नाका खुलेकोले कोरलामा रहेको बन्द भन्सार कार्यालयलाई पनि सरकारले सक्रिपारेको छ । भन्सारले आफ्नो नियमित काम सुरु गरेको निमित्त प्रमुख शुक्रदर्शन ढुंगानाले जानकारी दिएका छन् । उनले ब्यापारीलाई सहज बनाउन नाकामा कुनै पनि कानुनी झन्झट आउन नदिने बताए ।
हिउँ नपर्ने भएकोले अनुकुल मौसम पारेर सिमाना खुलाइएको हो । नेपालीले सामान किन्नका लागि कोरला मुल गेटको सिमानाबाट २ किमी चीन तर्फको स्थानमा जानुपर्नेछ जनाइएको छ । यो चीनको ढुंवासेन जिल्ला हो र ३० किमी पर यहां ठुलो बजार छ ।
चीनले दिर्घकालीन रुपमै कोरला नाका खोल्न ३० किमी पर ढुंवासेन बजारबाट सिमाना नजिकै सडक बिस्तार समेत गरिसकेको छ ।
nepalsandesh

Continue Reading…

भारतलाई विशेष पार्टनर बनाउने विधेयक अमेरिकी संसदमा अस्वीकृत

१ असार, एजेन्सी ।

भारतलाई अमेरिकाले आफ्नो विशेष ब्यवसायिक ग्लोबल पार्टनर बनाउने विषयमा अमेरिकी संसदमा प्रस्तुत विधेयक अस्वीकृत भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी संसदको संयुक्त बैठकलाई संबोधन गरेको एक दिनपछि उक्त विधेयक प्रस्तुत गरिएको थियो ।

bhanaune
अमेरिकाका चर्चित सिनेटर जोन मक्केनले प्रस्तुत गरेको विधेयक अस्वीकृत भएको हो । यो विधेयकमा भारतलाई अमेरिकाले आफ्नो ग्लोबल स्ट्रेटजिक र डिफेन्स पार्टनरको दर्जा दिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकी क्षेत्रको भ्रमणमा गएका बेला अमेरिकाको संसदमा विशेष सम्बोधन गरेका थिए । मोदीले नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिले भारत पुगेको र मानवीय सहयोग थालेको स्मरण गराउँदा अमेरिकी संसद तालिले गुञ्जायमान बनेको थियो ।
nepaliheadlines

Continue Reading…

चीनसँग जोडिएको कोरला नाका खुल्यो, चिनियाँ बजारमा नेपालीको घुइँचो

मुस्ताङ, १ असार । चीनसँग जोडिएको कोरला नाका बुधबारदेखि खुलेको छ ।
कोरलामा भन्सार कार्यालयका अनुसार नाका खुलेसँगै नेपाली व्यापारीहरु चिनियाँ बजारतिर लागेका छन् भने चिनियाँ व्यापारी नेपाल आएका छन् ।chinnn
भन्सारका निमित्त प्रमुख शुक्रदर्शन ढुंगानाले ब्यापार मेलाको अवसर पारेर नाका २५ दिनका लागि खुलेको जानकारी दिए । उनले भने- ‘नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवल लगायतका स्थानबाट ब्यापारीहरु उपल्लो मुस्ताङ आएका छन्, सामान खरिदका लागि सीमा क्षेत्रमा व्यापारीको घुइँचो लागेको छ ।’
निमित्त प्रमुख ढुंगानाका अनुसार नेपालीले सामान किन्नका लागि कोरला मुल गेटको सिमानाबाट २ किमी चीनतर्फको स्थानमा जानुपर्नेछ । यो चीनको ढुंवासेन जिल्ला हो र ३० किमी पर यहां ठूलो बजार छ ।
स्थानीय व्यापारीका अनुसार सरकारको पहलमा यो नाका छोटो समयका लागि भएपनि खुलेको हो ।
यो मेलाको अवलोकन गर्न अमेरिकी राजदूत एलाइना वि टेप्लिज पनि मुस्ताङ पुगिसकेकी छिन् ।
dainiknepal

Continue Reading…

बाक्लो, लामो र चम्किलो कपालको लागि प्याजको रस प्रयोग गर्ने तरिका

डिसीनेपाल डटकम – लामो कपाल युवतीहरुको लागि सुन्दरताको प्रतिकको रुपमा मानिन्छ । तर पनि लामो कपाल चाहेर मात्र हुँदैन । यदि तपाई कपाल नबढेर दिक्क हुनु भएको छ वा कपाल सुख्खाभएर दिक्क हुनभएको छ भने नआत्तिनुहोस् । आज हामी कपाल लामो बनाउने यस्तो चिज जुन घर घरमा सजिलै उपलब्ध हुन्छ त्यसको बारेमा बताउन गईरहेका छौँ ।

हरेकको घरमा दैनिक प्रयोग हुने प्याज कपालको लागि पनि उत्तिकै उपयोगी छ भन्दा अचम्म लाग्न सक्ला । तर प्याजको रसले कपालको जरा मजबुद बनाउँछ भने चम्किलो पनि । जसलाई तपाई कपालको हरेक भागमा लगाउन सक्नुहुनेछ ।bhyo

– प्याजको रस लगाएर कपाललाई करिब एक घण्टा खुलै छोड्नुहोस्.। जब कपाल राम्रोसँग सुक्छ तब हल्का मनतातो पानीले धुनुहोस् । कपाल धुँदा प्याजको गन्ध हटाउन स्याम्पुको प्रयोग पनि गर्नसक्नुहुनेछ ।

– प्याजको नियमित प्रयोगले कपालको तीव्र बृद्धि गराउँछ । कपालमा नियमित रुपमा प्यासको रस लगाउने गर्नाले कपला सम्बन्धी धेरै समस्याको समाधान हुन्छ । तर कुनै पनि कुराको सही प्रयोग गर्नसक्नु पर्छ ।

– प्याजको रसलाई नरिवलको तेलसँग मिलाएर कपालको मासिल गर्नु उचित हुन्छ । हल्का मन तातो नरिवलको तेलमा प्याजको रस मिलाएर मालिस गर्ने गर्नाले लामो, बाक्लो र चम्किलो कपाल पाउनुहुनेछ ।

– त्यस्तै जैतुनको तेलमा प्याजको रस मिसाएर नियमित लगाउने गर्नाले पनि कपाल लामो हुन्छ ।

– यदि तपाई प्याजको रस अन्य कुनै पनि तेलसँग नमिलाएर पनि प्रयोग गर्न सक्नुहुन्छ । प्याजको रस निकालेर कपालको मासिल गर्नुहोस् र सुकेपछि राम्रोसँग पखाल्नुहोस् । यसो गर्नाले तपाईको कपाल लामो, बाक्लो र चम्किलो हुन्छ ।

Continue Reading…

कर्मचारीको हप्कीपछि गाविसमै झुन्डिए सेवाग्राही

२०७३ असार १ बुधवार

विराटनगरः मोरङको भौंडाहा गाविसको कार्यालयमा सेवा लिन पुगेका एक सेवाग्राहीलाई कर्मचारीले दुर्व्यवहार गरेपछि गाविस भवनमै झुन्डिएर आत्महत्या गरेका छन् ।

शौचालय निर्माणका लागि आवश्यक सामग्री सहयोग माग्न गाविस कार्यालय पुगेका ५० वर्षीय चैता सरदारलाई कर्मचारीले मदिरा पिएर आएको भन्दै दुर्व्यवहार गरेपछि झुन्डिएर आत्माहत्या गरेको स्थानीय बासीको आरोप छ ।jhuniya

भौँडाहा ८ घर भएका सरदार मंगलबार दिउँसो शौचालय निर्माणका लागि आवश्यक सामाग्री सहयोग माग्न भौँडाहा ५ स्थित गाविस कार्यालय पुगेका थिए । दिउँसो तीन बजे कार्यालय पुगेका सरदारलाई कर्मचारीले दुर्व्यवहार गरेर लखेटेका थिए ।

उनै सरदारको शव साँझ गाविस कार्यालयमा आफ्नै गाम्छाको पासो लाएर झुन्डिएको अवस्थामा फेला परेको हो । गाविस भवनको बैठक कक्षको झ्यालमा झुन्डिएको अवस्थामा देखेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

‘शौचालय निर्माणका लागि भन्दै रिङ माग्न आएपछि भेनमा हालेर लैजानु भनेर कर्मचारी आफ्ना काममा व्यस्त भएँ,’ गाविस सचिव ईश्वरी पोखरेलले भने, ‘गाविस बन्द गर्नका लागि पुगेका कार्यालय सहयोगीले सरदारलाई साँझ ५:३० बजे तिर मृत अवस्थामा भेटेपछि घटनाका बारेमा सबैलाई खबर भयो ।’

सचिव पोखरेलले सरदारमाथि कुनै दुव्र्यवहार भने नगरिएको बताएका छन् । ‘मदिरा सेवन गरेर आएका उनले कर्मचारीसँग निहुँ खोज्ने कुरा गर्दै थिए,’ उनले भने, ‘वास्ता नगरिकन सबै आआफ्ना काममा व्यस्त भए तर पछि झुन्डिएको अवस्थामा शव भेटियो ।’

कर्मचारीको दुव्र्यवहारले सरदारले आत्महत्या गरेको भन्दै स्थानीय बासीले गाविस भवन तोडफोड र आगजनी गरेका छन् । आगजनी र तोडफोडबाट गाविस भवनका कागजपत्र, अभिलेख, फर्निचर र कम्युटरलगायत सामाग्री जलेर नष्ट भएका छन् । सचिव पोखरेलले स्थानीयको आक्रोशले गाविस भवनमा ठूलो क्षति भएको बताए ।

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार तीन/चार सय भन्दा बढीको संख्यामा भाला, लाट्ठी लगायतका घरेलु हतियार बोकेर आएका स्थानीय बासिन्दाले गाविस भवनमा एक्कासि ढुँगामुढा गर्दै आगजनी र तोडफोड गरेका थिए ।

प्रहरीले गाविस भवनमा तोडफोड र आगजनी गर्नेको खोजी गरिरहेको छ भने सरदारको आत्महत्याका सम्बन्धमा समेत अनुसन्धान भइरहेको बताएको छ ।

भौंडाहा गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियान अन्तर्गत सबैका घरमा शौचालय अनिवार्य गरिएको थियो । शौचालय अनिवार्य गरिपछि सरदार सहयोग माग्न गाविसमा पुगेका थिए ।

स्थानीय बासिन्दाले गाविसका मुखिया विश्व सरदार लगायतसँग यस विषयमा सरदारको केही भनाभन भएपछि गाविसका कर्मचारीले दुव्र्यवहार समेत गरेको बताए।

गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने कुरा अन्तिम चरणमा पुगेको भन्दै यस विषयमा छलफल गर्नका लागि गाउँ सरसफाई समितिको बैठक बुधबार बोलाइएको थियो ।

सुनियोजित रुपमा मर्न बाध्य पारिएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका हुन् । उनीहरुले यस घटनाको निष्पक्ष छानबिन हुनु पर्ने माग समेत गरेका छन्।
annapurnapost

Continue Reading…

प्रचण्डका ज्वाइँ कमरेड जान्ने भएपछि …

काठमाडौं, १ असार । ‘हामी छौं, परेको व्यहोर्ने हो भन्दाभन्दै तपाईहरु किन चम्किनुहुन्छ ?’ यसरी प्रचण्डका ज्वाइँ नै तात्तिएर कराउने भएपछि नियमले नमिल्ने, कसैले छिस्रिक्क पोल खोल्नासाथ फलामे हत्कडीले हात बाँधिने कुरा जान्दाजान्दै एउटा अनियमितता चल्यो, टेकूमा ।parchan
सार्वजनिक बोलपत्रका आधारमा १० करोड बराबरको सामान खरिद गर्ने प्रक्रियालाई स्थगित गरी फाइल मिलाएर भित्रभित्रै गर्नु भन्ने आदेश थियो, प्रचण्डका ज्वाइँ अर्जुन पाठकको ।
आपूर्तिमन्त्री गणेशमान पुनको स्वकीय सचिवका रुपमा कार्यरत पाटकले साल्ट टेडिङ अधिकारीलाई टेन्डर प्रक्रिया रोकिएका कारण पर्ने सबै समस्या समाधान गर्ने बचन दिएपछि रकम घटाघटका लागि तयार भएका फर्म सञ्चालक अप्ठेरोमा परेका छन् ।
साल्ट ट्रेडिङले गत माघ १७ को बोलपत्र आह्वानअनुसार फागुन १७ मा प्याकिङ लाष्टिकको टेण्डर खोलेको थियो । आयो, भानुसहितको त्यहाँबाट उत्पादित नुनहरु बजार पठाउनका लागि प्लाष्टिकको माग गरिएको हो । त्यसमा पाँच कम्पनीले बिड गरे ।
त्यसमध्ये रकम घटाघटमा बोलाइन्छ भनी ठिक्क परेर बसेका कम्पनी थिए विराटनगरको एसिया प्लास्टिक इण्डष्ट्रिज, काठमाडौंकै पोलिथिन एण्ड सप्लायर्स प्रा.लि., लेमिनार प्लाष्टिक उद्योग र सांघाई प्लाष्टिक उद्योग । ती कम्पनीका सञ्चालकले आफूहरुलाई घटाघटमा नबोलाइनुको कारण सोध्दा साल्ट ट्रेडिङका अधिकारी ‘मन्त्रीका पिएसँग कुरा गर्नुस्,’ भन्ने जवाफ दिन थालेका छन् ।
जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal

Continue Reading…

विदेशीसँग विवाहपछि जन्मेका सन्तानलाई नेपाली नागरिकता दिन निर्देशन

काठमाडौँ, १ असार । नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकार सहजरुपमा उपलब्ध गराउन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आजको बैठकमा विशेषत नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न केही व्यवहारिक समस्या रहेको विषयमा छलफल भएको थियो ।1
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गरेमा श्रीमान् नेपालमा लगातार १५ वर्ष बसेर आफ्नो मुलुकको नागरिकता त्यागेको अवस्थामा नेपाली नागरिकता पाउने व्यवस्था रहेको जानकारी गराउनुभयो ।
उनीहरुबाट जन्मिएका सन्तानले बाबुको देशको नागरिकता लिन नचाहेकोमा १६ वर्ष पुगेपछि सहजै नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा रहेको बताउनुभयो ।
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले नागरिकताको विषय राष्ट्रिय सुरक्षा र राष्ट्रहितसँग समेत जोडिएको हुनाले यसलाई सहजरुपमा लिन नहुने टिप्पणी गर्नुभयो ।
गृहमन्त्रालयका सहसचिव विनोद रेग्मीले नयाँ संविधान अनुसार नागरिकताको व्यवस्था थप स्पष्ट पार्ने सम्बन्धी प्रस्ताव गृहले तयार पारेर कानुन मन्त्रालयमा पुगेको जानकारी दिनुभयो ।
बैठकमा सांसदले नेपाली पुरुषले विदेशी महिला बिहे गरेमा अर्को दिन ती विदेशी महिलाले नागरिकता पाइहाल्ने तर नेपाली महिलाले बिहे गरेमा पुरुषले १५ वर्ष कुर्नुपर्ने प्रावधान विभेदकारी रहेको टिप्पणी गरेका थिए ।
उनीहरुले बिहे गरेर विदेशबाट आएकी महिलाले अङ्गिकृत नागरिकता लिएको अर्को दिनदेखि सांसद्देखि उपप्रधानमन्त्रीसम्म बन्न पाउने व्यवस्थामा सुधार गर्दै त्यहाँ पुग्न केही वर्षको अवधिको सीमा राख्नुपर्ने सझुाव दिए । रासस
dainiknepal

Continue Reading…

करिश्मालाई अमेरिकाबाट छोरीको प्रश्न- ‘ममी के भयो देशकै बेइज्जत गर्यौ रे?’

काठमाडौं । नयाँ शक्ति नेपाल पार्टी घोषणाको समारोहमा राम्रोसँग उद्घोषण गर्न नसकेका कारण चर्काे आलोचना खेपिरहेकी नायिका करिश्मा मानन्धरलाई उनकै छोरी कविताले अमेरिकाबाट फोन गरी देशकै बेइज्जत गर्यौ रे भनेर सोधेकी छिन् ।
नयाँ शक्ति नेपालको केन्द्रीय परिषद सदस्य समेत रहेकी करिश्माले बुधबार आफ्नो फेसबुकमामार्फत आफूलाई एकाबिहानै छोरी कविताले अमेरिकाबाट फोन गरेर देशकै बेइज्जत गर्यौ रे भनेर सोधेको जानकारी गराएकी छिन् ।
नयाँ शक्ति नेपालको पार्टी घोषणा सभामा उदघोषिका रहेकी करिश्माले कार्यक्रम राम्रोसँग सञ्चालन गर्न नसकेपछि निकै आलोचना भएको थियो ।
छोरी कवितासँग करिश्मा ।ejot
छोरी कवितासँग करिश्मा ।
समारोहमा करिश्माले अंग्रेजीको राम्रो प्रोनाउन्स गर्न सकेकी थिइनन् भने कांग्रेस नेता प्रदीप गिरीलाई डा. प्रदीप भट्टराई भनेर बोलाएको, प्रधानमन्त्रीलाई मञ्चमा बोलाउँदा यतिबेला तपाईहरु बोर भएर बसिरहनु भएको होला तर चाडै स्टेजमा आउँदैं हुनुहुन्छ पीएम केपीजी’लगायतका गल्तीहरु गरेकी थिइन ।
सामाजिक सञ्जालमा पनि चुस्त रुपमा कार्यक्रम सञ्चालन गर्न नसकेको, पटक-पटक विगारेको भन्दैं उनी आलोचनाको पात्र बनिन् ।
आफ्नी आमाको चर्को आलोचना सोसल मिडियामा देखेपछि कविताले फोन गरेर उक्त प्रश्न सोधेकी हुन् ।
करिश्माले लेखेकी छिन्, ‘मेरी छोरी कविताले युएसबाट विहानै फोन गरेर सोधिन मामी के भयो तिमीले देशकै वेइज्जत गर्यौं रे ?’
त्यसपछि करिष्माले आफूले कुटनीतिक ढंगको जवाफ फर्काएको बताएकी छिन् । उनले लेखेकी छिन, ‘अनि मैले भने छोरी मैले तिमीलाई जन्म दिए तर म चाहिँ फेरि जन्मिदैंछु ।’
dainiknepal

Continue Reading…

विहानमा यी ९ कुरा देख्नु भो भने बुझ्नुस् तपाइँको दिन शुभ हुन्छ

शुभ र मंगलमय दिनको शुरुवातका लागि ओच्छ्यानबाट उठ्नासाथ आफ्ना हत्केलाको दर्शन गर्नुस् । अनि हत्केलालाई आपसमा रगड्नुस् र अनुहारमा लगाउनुस् ।

शास्त्रका अनुसार उठ्ने वित्तिकै आफ्नो अनुहार ऐनामा हेर्नु अशुभ मानिन्छ । यसले दिनभरी नकारात्मक उर्जा पैदा गर्ने शास्त्रमा उल्लेख छ ।huncha

जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत

विहानमा हुने शुभ संकेतले तपाइँको भविष्यमा के हुने छ भन्ने जानकारी समेत दिन्छन् ।

१- विहानमा आँखा खुल्ना साथ पहिलो नजरमै दुध वा दही भरिएको भाँडो देखियो भने दिन शुभ हुने संकेत दिन्छ ।
२- विहान निद्रा खुलेपछी पहिलो आवाजकोरुपमा मन्दिरको घण्टी वा भजन किर्तन सुनियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ । तर नियमित मन्दिरको नजिक बस्नेका लागि यो कुरा लागु नहुन सक्छ ।

राशि अनुसार घरमा कुन जनावर पाल्नु शुभ, १२ राशिका आफ्नै शुभ जनावर

३- विहानमा उँखु देखियो भने पनि आर्थिक अवस्था सुधार हुने शुभ संकेत मिल्छ ।

४- विहानमा उठ्नासाथ श्रृंगार गरेकी सुन्दरी महिला तपाइँको नजरमा परिन् भने दिन सुखद् हुने संकेत दिन्छ ।
५- विहानमा नरिवल, हाँस, शंख देख्नु पनि शौभाग्यको प्रतिक मानिन्छ ।

६- घरबाट निस्किने बेला सेतो गाइ देखियो भने पनि यसले तपाइँको दिन शुभ हुने संकेत दिन्छ ।
७- विहानको सपनामा सेतो वा स्वर्ण सर्प देखियो भने पनि तपाइँको घरमा पैसा आउने संकेत दिन्छ ।

८- यात्रामा जाने समयमा विहानै बाँदर, कुकुर वा सर्प वा कुनै पंछी देखियो भने यात्रा सुखद् हुने संकेत गर्छ ।
९- विहानपख देखिने सपनामा हरियाली, उल्लु वा पानी देखियो भने बुझ्नुस् तपाइँको भाग्य छिटै चम्किँदैछ ।

Continue Reading…

उपप्रधानमन्त्री केसीको पार्टी आन्दोलनमाः भोली देखि संघीयता विरोधी आन्दोलन

१ असार, काठमाडौं ।
सरकारकै एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै भोलिबाट आन्दोलनमा उत्रने भएको छ ।
पार्टील बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेरे गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागु गर्न संघीयता नै बाधक भएकाले यसको खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

atoauto
कार्यक्रममा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने उल्लेख गर्दै भने,‘संघीयताले नेपालको जातीय, क्षेत्रिय सद्भाव र एकता खलबल्याउँछ, संघीयताले हिमाल र पहाडबाट तराई अलग गराएर भारतीय संघमा विलय गराउने भारतीय स्वार्थलाई टेवा पु¥याएको छ, त्यसैले हामी यसको तत्काल खारेजीको माग गर्छौं ।’
शर्माले संघीयताकै कारण मुलुकमा यतिवेला जातीय राज्य र एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीको लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए ।
पार्टीले देश गम्भीर संकटमा घडिमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो ।
शर्माले राष्ट्रियताको रक्षा, राष्ट्रघाती अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महङ्गी, भष्ट्रचार विरुद्ध यही असार २ गतेदेखि १९ गतेसम्म गाँउ र जिल्लास्तरिय कोणसभा गर्ने जानकारी दिए । त्यस्तै पार्टीले असार २० गतेदेखि असार मसान्तसम्म जिल्लास्तरीय सभा एवम कोण सभा गर्ने भएको छ ।
त्यसैगरि आगामी साउन २ गतेदेखि श्रावण मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ ।nepaliheadlines

Continue Reading…

प्रधानमन्त्री ओलीले तोके डेढ वर्षमा गर्ने तीन वटै चुनावको मिति

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पूर्ण कार्यान्वयनका लागि अबको डेढ वर्षभित्र स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन गरिसक्ने बताउनुभएको छ ।nidasan
लोक सेवा आयोगको ६६ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयन, सङ्क्रमणकालको सुखद् समाप्ति गर्दै मुलुकलाई अघि लैजान सरकार विल्कुल सचेत ढङ्गले क्रियाशील रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘अब बाँकी रहेको डेढ वर्षको समयमा स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन लगभग सिध्याउने छौँ, आगामी भदौसम्ममा आवश्यक ऐन बनाएर मङ्सिरसम्ममा स्थानीय तहको, आगामी वैशाख–जेठमा प्रदेशको तथा अर्को वर्षको कात्तिक–मङ्सिरसम्ममा संसद्को निर्वाचन गरेर संवैधानिक व्यवस्थालाई पूर्णता दिइनेछ ।’
उहाँले मातहतका निकायहरुलाई चुनावको तयारी थाल्न निर्देशन समेत दिनुभयो ।
राज्यको शासन प्रणाली असफल भएमा सरकार मात्र होइन, कोही पनि सफल हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार, संसद्, संवैधानिक निकाय र राजनीतिक दल सबै पक्ष सफल हुने ढङ्गबाट प्रस्तुत हुन आग्रह गर्नुभयो ।
लोक सेवा आयोगको प्रशंसा
लोकतन्त्रको अनुभूति आम जनतामा प्रत्याभूति भएको खण्डमा सबै निकायले स्वतन्त्र ढङ्गले काम गर्न सक्छन् भन्दै उहाँले जनताका दक्ष सेवक योग्यता र प्रतिस्पर्धाका आधारमा छनोट गर्ने कार्यमा आयोगले गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो–‘आम जनतामा आयोगले विश्वास भरेको छ, सबैभन्दा ठूलो कुरा विभेद, पक्षपात र भेदभावको मनसाय छैन, पारदर्शिता र निष्पक्षताको विधिलाई आत्मसात् गरेको छ ।’
लोकतन्त्र एउटा सन्तुलनको व्यवस्था भएकाले पारदर्शिता र स्वच्छताले आयोगलाई सवल र प्रभाकारी तुल्याउने कार्यमा आवश्यक सहयोग पुर्याउन सरकारबाट कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो ।
dainiknepal

Continue Reading…

राजधानीमै सबैभन्दा ठूलो सुजुकी ड्राइभिङ स्कुल सञ्चालनमा

ललितपुर, १ असार । एकान्तकुनामा ३५ रोपनी क्षेत्रफलमा ‘सुजुकी ड्राइभिङ स्कुल’ सञ्चालनमा आएको छ ।
सुरक्षित सवारी सञ्चालनलाई प्राथमिकता दिँदै स्थापना गरिएको सो स्कुलको उद्योगपति अरुण चौधरी र मारुती–सुजुकी भारतका कार्यकारी निर्देशक सशाङ्क श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । स्कुलका अध्यक्ष राजन क्षेत्रीले यहाँको सिकाइ विश्वस्तरको हुने उल्ल्ेख गर्दै दुर्घटना कमी गर्नु आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।maa
“अज्ञानता र अनुशासनको कारण नेपालमा अत्यधिक सडक दुर्घटना भइरहेका छन्, हामी सवारीसाधान चलाउन सिक्दैखेरी अनुशासनलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता प्रशिक्षार्थीलाई सिकाइरहेका छौंँ,” उहाँले भन्नुभयो । उपत्यकामा थप तीन ठाउँ र उपत्यका बाहिर प्रमुख सहरमा शाखा विस्तारको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएका उक्त स्कुलमा १४ जना प्रशिक्षक रहेका छन् । उनीहरुले चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन चलाउन प्रशिक्षण दिने क्षेत्रीले बताउनुभयो । रासस
dainiknepal

Continue Reading…

संसदबाट कानुनसम्बन्धि तीन महत्वपूर्ण विधेयक स्वीकृत

काठमाडौँ, १ असार । व्यवस्थापिका–संसदले आज न्याय क्षेत्रका विभिन्न तीन विधेयकलाई सैद्धान्तिक छलफल गरी स्वीकृत गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको “केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७१” लाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।bataa
त्यस्तै, सदनमा आजै कानुनमन्त्री खरेलले “सर्वाेच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको सो विधेयक बहुमतले पारित भएको सभामुख ओनसरी घर्तीले घोषणा गर्नुभयो ।
मन्त्री खरेलले “न्यायसेवा आयोग विधेयक, २०७३ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको अर्काे विधेयकमाथि भएको छलफल पश्चात् उक्त विधेयक पनि बहुमतले स्वीकृत भएको थियो ।
विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कानुनमन्त्री खरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि ध्वनि मतका आधारमा उक्त विधयेकहरु स्वीकृत भएका हुन । रासस
dainiknepal

Continue Reading…

दक्षिण कोरियामा युवा बेरोजगार दर बढ्यो

सोल, दक्षिण कोरियामा मे महिनामा युवाको बेरोजगारी दर बढेको समाचार छ । यसअघिको तुलनामा मे महिनामा दक्षिण कोरियाको युवा बेरोजगार दरमा बृद्धि भएको हो ।

दक्षिण कोरियाको सरकारी तथ्यांकअनुसार यस महिना गत वर्षको तुलनामा युवा बेरोजगार दरमा बृद्धि भएर ९.७ पुगेको छ ।
यो तथ्यांक विगत वर्षको तुलनामा यसवर्ष ०.४ प्रतिशतले बृद्धि हो । विगतका वर्षहरुको तुलनामा यसवर्ष भएको यो बृद्धिको बारेमा कोरियाली तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको हो ।hunchha

यसवर्ष १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बेरोजगारी दरमा बृद्धि भएको र मे महिनामा यो दर ९.७ पुगेको बुधबार सो विभागले जानकारी दिएको बताइएको हो ।

यो उमेरका युवाको बेरोजगारी दरमा बृद्धि हुदै गएको छ । यसअघिका वर्षहरुमा सन् २०१३ मा यही मे महिनामा नै यो दर ८.७ प्रतिशत थियो भने सन् २०१४ यसमा बृद्धि भएर ९.३ पुगेको थियो ।

बिगतका यी दुई वर्षहरुको तुलनामा यसवर्ष पनि बेरोजगारी दरमा बृद्धि भएको हो । यो बृद्धि दर सन् २०१५ को मे महिनाको तुलनामा ०.४ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ ।

तर यसको तुलनामा दक्षिण कोरियाको बेरोजगारी दरमा भने बृद्धि भएको छैन । पछिल्लो समयमा युवाहरुमा यस्तो प्रतिशत बढ्न थालेको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा news24nepaltv

Continue Reading…

कांग्रेसले नमाने राष्ट्रपतिमार्फत सिधै न्यायाधीश नियुक्ति गराउन सकिन्छः कानुनविद्

काठमाडौँ, १ असार । न्याय सेवामा पर्याप्त मात्रामा जनशक्ति नहुँदा नागरिकले छिटो-छरितो प्रक्रियाबाट न्याय पाउन सकेका छैनन् ।
न्याय दिने निकाय नै पूर्ण हुन नसक्दा नागरिकले छिटो-छरितो तरिकाले न्याय पाउनबाट वञ्चित हुँदै जाने अवस्थाको सिर्जना भएको हो ।
नेपालको संविधानले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने व्यवस्था गरेको भए पनि अहिले नौजना न्यायाधीश मात्र कार्यरत रहेको अवस्था छ । न्यायाधीशको कमीका कारण पनि मुद्दाको छिनोफानो सोचेजति छिटो हुन सकेको छैन ।matri
सर्वोच्चमा अहिले पनि २२ हजार मुद्दा विचाराधीन अवस्थामा छन् । रिक्त न्यायाधीश पदपूर्तिका लागि न्याय परिषद्बाट तीन महिनाभन्दा अघि सिफारिस गरिएको भए पनि त्यसले पूर्णता पाउन सकेको छैन ।
संसदीय सुनुवाइको व्यवस्था नहुँदा सिफारिस भएका न्यायाधीशले पनि काम सुरु गर्ने अवस्था छैन ।
संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की आफै कायममुकायमको रुपमा काम गरिरहनुभएको छ ।
अधिवक्ता डा चन्दकान्त ज्ञवालीका अनुसार जतिसक्दो छिटो संसदीय सुनुवाइ समितिको व्यवस्था गरेर सिफारिस भएका न्यायाधीशको सुनुवाइ गर्नु जरुरी छ ।
संविधानसभा नियमावली–२०७२ को प्रयोग गरेर ७५ जनाको संसदीय सुनुवाइ समिति वा नयाँ संविधानअनुसार प्रस्तावित नियमावलीमा १५ जनाको संसदीय सुनुवाइ समिति निर्माण गरेर छिटो प्रक्रिया अघि बढाउन सकिन्छ ।
अधिवक्ता ज्ञवालीले अझ अर्को विकल्प पनि देखाउनुएको छ । “संविधानसभा नियमावलीअनुसार सिफारिस भएका न्यायाधीशलाई पत्र पठाएको मितिले ३५ दिनभित्र सुनुवाइ नभए ३६ औँ दिन राष्ट्रपतिमार्फत नियुक्ति गराई काम सुरु गर्न सकिन्छ”–उहाँले भन्नुभयो ।
नेपाल वार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले न्यायधीशका लागि सिफारिस गरेका रामप्रसाद सिटौलाको सुनुवाइ रोकेर वर्तमान सरकारले नै ढिलाइ गरेको आरोप लगाउनुभयो ।
नेपाल बार एसोसिएसनका पूर्व महासचिव तथा अधिवक्ता रमन श्रेष्ठले दलहरुको विवादका कारण संसदीय सुनुवाइ समिति गठन नहुँदा न्याय प्रक्रिया छिटो-छरितो हुन नसकेको बताउनुभयो ।
“संविधान असफल बनाउन संविधान जारी गर्ने दलहरु नै लागेका छन्, संविधान कार्यान्वयन गर्न त मुलुकका जिम्मेवार दल मुलुकप्रति इमान्दार हुनुपर्यो नि !, किन नागरिकले न्यायमा ढिला भाको छ बुझनुपर्यो ।”
संवैधानिक अङ्गका पदाधिकारीहरुलाई सिफारिस भएपछि परीक्षण र सन्तुलनका संसदीय सुनुवाइ व्यवस्था छ । सो सुनुवाइ समिति गठन हुन नसक्दा न्याय सेवाको प्रक्रिया लम्बिदै गएको छ ।
राज्यको प्रमुख तीन अङ्गमध्ये एक अङ्गका रूपमा रहेको न्यायपालिकालाई सवल र सक्षम बनाउने राज्यको कर्तव्य भए पनि त्यसतर्फ सरकार र प्रतिपक्ष दलको ध्यान जान सकेको छैन । न्यायलयमा जनशक्ति कम हुँदा नागरिकले छिटो न्याय पाउन सकेका छैनन । रासस
dainiknepal

Continue Reading…

चीनले नेपालमा ड्रिम प्रोजेक्ट अगाडि सारेपछि ‘भारतीय दलाल’हरु सल्बलाए

काठमाडौं, १ असार । नेपालमा चीनले लगानी बढाउन थालेपछि दलालहरु सल्बलाएका छन् ।
हुँदाहुँदा उत्तरी छिमेकी मुलुक चीनले काठमाडौंमा मेट्रो ट्रेनसहित सुर्खेतमा सेनाको मध्ये एअरबेस खोल्ने, भू-उपग्रहसहित मधेसका जिल्लामा ४/५ वटा ठूला परियोजना सञ्चालनमा ल्याउनेलगायत झन्डै दुई दर्जन स्वप्न परियोजना सुरु गर्ने कुराको सुइँको पाएपछि अहिले काठमाडौंमा दक्षिणी सल्बलाहट देखिने गरी बढेको छ ।chinla
लाजिम्पाटस्थित होटल र्याडिसन र बौद्धको हायात रिजेन्सीमा दक्षिणका पहुलनाको भीड छ । यहि मेसोमा नेपालस्थित अमेरिकी राजदूत एनाई बी टेप्लिज आइतबार आठ सदस्यीय टीमसहित हिमालपारिको जिल्ला मुस्ताङ छिरेकी छन् ।
आज असार १ देखि २५ दिनका लागि उपल्लो मुस्ताङमा चिनियाँ व्यापार मेला सुरु हुँदैछ ।
अमेरिकी राजदूतका लागि नेपालको अति विकट क्षेत्र, त्यसमाथि चिनियाँ सुरक्षा अधिकारीको निर्वाध आउ जाउ चल्ने ठाउँमा भ्रमण हुने सामान्य भन्दा फरक रुपमा हेरिएको छ ।
जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal

Continue Reading…

‘नेपालको समृद्धिमा हातेमालो गर्न भारत तयार’

२०७३ असार १ बुधवार

भैरहवाः नेपालका लागि भारतीय राजदूत रञ्जीत रे ले नेपालको समृद्धिका लागि भारत सरकार हातेमालो गर्न तयार रहेको बताएका छन् ।

बुधबार बिहान निमा मेमोरियल हेल्थ इन्सिच्यूडको भवन उद्घाटन समारोहमा बोल्दै राजदूत रेले भने, ‘भारत सरकार नेपालको आर्थिक समृद्धिका लागि हातेमालो गर्न सधैँभरी तयार छ ।’bhartt

राजदूत रे ले नेपालमा राजनीतिक विकासको अपेक्षा गरेको समेत बताए ।

भारतीय सरकारको आर्थिक सहयोगमा निर्मित प्रतिमान निमा मेमोरियल हेल्थ इन्सिच्यूडको भवन श्रम तथा रोजगार मन्त्री दीपक बोहरा र राजदूत रे ले संयुक्त रुपमा उद्घाटन गरे ।

भारत सरकारबाट प्राप्त ३ करोड ७५ लाख ६२ हजार ८ सय ७१ रुपैयाँ लागतमा निर्मित भवनमा २२ कोठा रहेका छन् ।
भवन ११ हजार ४ सय ७२ दशमलब ७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । भवन राष्ट्रिय भवन संहिता अनुरुप भूकम्प प्रतिरोधात्मक शैलीमा तयार गरिएको भवनमा निर्माणमा संलग्न प्राविधिकले बताए ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बोहराले दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालयमा सरकारले जोड दिइरहेका बताए ।

बोहराले प्रतिमान निमा दक्ष जनशक्ति उत्पादन गर्ने व्यवसायिक प्रतिष्ठानको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए।
इन्सिच्यूडका संरक्षक डा. आलोक बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसदह अब्दुल रज्जाक, इस्तियाक अहमद खाँ र रुपन्देहीका विभिन्न कार्यालय, संघसंस्था र राजनीतिक दलका प्रमुखको सहभागिता थियो ।

इन्सिच्यूडमा ल्याब टेक्निसियन र एसिस्टेन्टको अध्ययन अध्यापन भइरहेकोछ । अबको शैक्षिक सत्रदेखी फार्मेसी, फरेस्टी र रेडियोग्राफीको पनि पढाइ शुरु हुने इन्सिच्यूडका प्रबन्ध निर्देशक धर्मबहादुर के.सील जानकारी गराए ।
annapurnapost

Continue Reading…

उपराष्ट्रपतिको चीन भ्रमणमा मामुली ‘टुरिस्ट गाइड’ घुसेपछि…

काठमाडौं, १ असार । एसियाली मुलुकका नीति र योजनाकारको उच्चस्तरीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङद्वारा प्रस्तुत ‘वन बेल्ट वन रोड’ सम्बन्धी नीतिमा नेपालको तर्फबाट फर्जी मानिसले प्रतिनिधित्व गर्दै टिप्पणीसमेत गरेका छन् ।
चीनजस्तो विश्वकै दोस्रो ठूलो आर्थिक साम्राज्यद्वारा आयोजित एसियाली मुलुकका नीति र योजनामारको उच्चस्तरीय सम्मेलनमा नेपालबाट गलत हैसियत र पद राखेर गएका नक्कली व्यक्तित्वले प्रतिनिधित्व गर्नु मुलुककै लागि लज्जास्पद विषय बनेको छ ।

bhakoo
बेइजिङमा आयोजित सो ‘थिंकट्यांक’ सम्मेलन नेपालका उपराष्ट्रपति नन्दकिशोर पुन विशिष्ट अतिथि रहेको छैटौं दक्षिण र दक्षिण पूर्व एसियाली व्यापार मेलाको साइड लाइन सम्मेलन हो । यस्तो महत्वपूर्ण कार्यक्रममा गलत ढंगले प्रस्तुत गरी चिनियाँ राष्ट्रपतिको प्रस्तुतिमा निर्धक्क टिप्पणीसमेत गर्ने नेपाली पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका कान्छा छोरा नीरजनाथ पाण्डे र चितवनका कांग्रस नेता चाउएनलाई श्रेष्ठ हुन् ।
नीरज नेपालमा रहँदा चिनियाँ भाषासमेत जानेकाले चिनियाँ पर्यटकका लागि पर्यटक पथप्रदर्शकका रुपमा काम गर्ने स्रोतले बताएको छ ।
नेपालमा रहँदा चिनियाँ पर्यटकका ‘टुरिस्ट गाइड’ को भूमिका निर्वाह गरे पनि आइतबारदेखी दुई दिनसम्म चलेको ‘थिंकट्यांक’ सम्मेलनमा उनी प्रध्यापकका रुपमा प्रस्तुत भए ।
यसैगरि, चाउएनलाई भने भने नेपालका (निर्वाचित) संसद सदस्य भई त्यहाँ प्रवेश गरेका हुन् ।
जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal

Continue Reading…

अर्को मंसिर भित्र तीनबटै निर्वाचन – प्रधानमन्त्री ओली

१ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को मंसिर सम्म तीनै तहको निर्वाचन गर्ने प्रस्ताव गरेका छन् । नयाँ संविधान अनुसार गर्नुपर्ने तीन तहको निर्वाचन आगामी वर्षको मंसिर सम्म गरिसक्ने प्रस्ताव गरेका हुन् ।

करिश्मालाई अमेरिकाबाट छोरीले सोधिन्- आमा राष्ट्रिय बेइज्जत गरेउ रे !bhaneo

बुधबार काठमाडौंमा आयोजित लोकसेवा आयोगको ६६ औं वाषिर्कोत्सव समारोहमा प्रधानमन्त्री ओलीले आगामी मंसिरमा स्थानीय चुनाव, बैशाखमा प्रदेशको चुनाव र अर्को मंसिरमा प्रतिनिधी सभाको चुनाव गर्ने प्रस्ताव गरेका हुन् ।

संविधानमा २०७४ माघ ७ मा वर्तमान संसदको कार्यावधी सकिने उल्लेख छ । त्यसै अनुसार आगामी माघ सम्म संसदको निर्वाचन गरिसक्नु पर्छ ।

ओलीले प्रचण्डलाई सोधे- हामीले सात महिनामै छाड्नुपर्ने, तपाईंहरू २० महिना खाने ?’

प्रधानमन्त्री ओलीले आगामी संसदको चुनाव सम्म आफ्नो सरकार सत्तामा रहने दावी गर्दै आएका छन् ।nepaliheadlines

Continue Reading…

विप्लव माओवादीका नेतासहित विभिन्न अपराधमा संलग्न पाँच पक्राउ

धरान १ असार । एनसेलको टावरमा क्षति पुर्याउने एक माओवादी स्थानीय नेतासहित ५ जनालाई धरान प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
कधरान–२७ पट्नालीस्थित एनसेल टावरमा वियरको बोत्तलमा कपडाको पुल्ठो बाधी टावरमा आगजनी गरी फरार नेकपा माओवादी विप्लव समूहका धरान नगर कमिटीका सेक्रेटरी सुरज राईलाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो । पक्राउ परेका राईलाई दुरसंचारमा हानी नोक्सानी क्षति पुर्याएको मुद्दामा कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।pakau
साथै उनले एनसेलको टावरहरुमा हुन सक्ने आक्रमणलाई मध्यनगर गरी धरानस्थितमा रहेका एनसेल टावरहरुमा समेत कडा सुरक्षा व्यवस्था मिलाईएको बताए ।
त्यसैगरि धरान प्रहरली मल्द्वारमा हाली लुकाई छिपाई लागु ओैषध बिक्रि गर्न हिडिरहेका धरानका एक युवालाई पक्राउ गरेको छ । धरान ११ का अर्जुन भुजेललाई मल्द्धारमा लागु औषध लुकाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको हो । राईलाई दिसा गर्न लगाई डाईजेलाव–१० एम्पुल, लुपिजैसिक–१० एम्पुल र एभिल–१० एम्पुल निकालिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढकालले बताए ।
उनले राईलाई धरान १० स्थित विजयपुर हस्पिटल वाट नियन्त्रणमा लिइएको र लागु औषध ऐन अन्तर्गत कारबाही चलाइएको जानकारी दिए ।
यता प्रहरीले एक ११ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान १३ का ६९ बर्षिय गोरे घले गुरुङ्गलाई नियन्त्रणमा लिएको छ । उनले विद्यार्थीहरु पुर्याई सके पश्चात स्कुल भ्यानमा कोही नभएको मौका पारी जवरजस्ती करणी गरेको प्रहरीको दावी छ ।
त्यस्तै, धरान–२ स्थित डेरा कोठामा मस्त निन्द्रामा रहेकी एक महिलालाई निदाएको मौका पारी कोठामा प्रवेश गरी जवरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान उप–म.न.पा.वडा नं.–२ का भरत पन्त क्षेत्री छन् ।
६ महिनाअघि हत्या गरि फरार रहेका धरान २१ धन बहादुर राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । राईले स्थानीय सिक बहादुर राईको हत्या गरि शव भिरबाट फालेर फरार भएका थिए ।
dainiknepal

Continue Reading…

भूकम्पपीडितप्रति आस्थाका आधारमा व्यवहार गरिएको काँग्रेसको आरोप

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडितप्रति राजनीतिक आस्थाका आधारमा व्यवहार गरिएकोमा गम्भीर आपत्ति जनाएकोे छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उक्त दलका सांसद अर्जुननरसिंह केसीले भूकम्पपीडित जनताको जीवनमा पुनःनिर्माण प्राधिकरण र सरकारले खेलवाड गरेको आरोप लगाउँदै उनीहरूका समस्याप्रति प्राधिकरण गम्भीर नभएको बताउनुभयोbhupaka
उहाँले भन्नुभयो–“राजनीतिक आग्रह र पूर्वाग्रहबाट प्रेरित भएर वास्तविक पीडितप्रति बेवास्ता भएको छ ।”

भूकम्पपीडित ४७ हजारभन्दा बढी परिवारलाई सहायता रकम प्रदान गर्न सम्झौता भएको, तर दुई हजार जतिले मात्र त्यस्तो रकम पाएका बताउँदै उहाँले वर्षायाम सुरु भइसक्दा पनि पीडितहरु पालमा नै बस्न विवश भएकाले अविलम्ब सहयोग रकम उपलब्ध गराउन र पुनःनिर्माणका काम द्रूतगतिमा अघि बढाउन उहाँले माग गर्नुभयो ।

उहाँले मनपरी ढङ्गले गरिएको राजनीतिक नियुक्तिप्रति आपत्ति जनाउँदै दलगत रुपमा प्राधिकरणले काम गरेकोमा रोष प्रकट गर्नुभयो । सांसद केसीले पुनःनिर्माण सामग्री सहजरुपमा उपलब्ध नभएका र उपलब्ध सामान पनि पीडितले नपाएको वास्तविकता पनि सदनसमक्ष प्रस्तुत गर्नुभयो ।

सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङ जिल्लाका ४० प्रतिशत भूकम्पपीडित सर्वेक्षणमा छुटेका, घर भत्केकालाई पनि आंशिक क्षति भनेर उल्लेख गरिएकोमा आपत्ति जनाउँदै पुनः सर्वेक्षण गर्न माग गर्नुभयो ।

त्यस्तै, अर्का सांसद कृष्ण धितालले भूकम्पबाट अतिप्रभावित गोरखाका कैयाँै जनताले अनुदान रकम नपाएका, ऋण सहायता पनि नपाएका भन्दै पीडितपरिवारलाई तत्काल सहयोग रकम उपलब्ध गराउन माग गर्नुभयो ।

विशेष समयमा भूकम्पपीडितका समस्या, उनीहरूलाई समयमै राहत दिनेलगायत मुलुकको समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनेमा सांसदहरू मोहनबहादुर बस्नेत, प्रेम सुवाल, नवीन्द्रराज जोशी, डा सुवोधकुमार पोखरेल, राजन भट्टराई, लोकमणि ढकाल, मीलनकुमारी राजवंशी र श्याम श्रेष्ठ हुुनुहुन्थ्यो ।

वार्ताको ठोस प्रयास भएन

त्यसअघि तराई–मधेसका समस्या समाधानको माग गर्दै आन्दोलनरत राजनीतिक दलका तर्फबाट व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमा सभामुखसँग समय लिएर सांसद लालबाबु राउतले वार्तामा बोलाउने तर ठोस निष्कर्ष निकाल्ने गरी काम भने नभएको गुनासो गर्नुभयो ।

सङ्घीय गठबन्धनका माग सम्बोधन नगरी वार्ताका निम्ति पत्राचार गर्नुको औचित्य नभएको भन्दै उहाँले मधेसी, आदिवासी र जनजातिको आन्दोलन सम्बोधन नभएको तथा भैँचालोपीडितलाई सहयोग नभएको, सुशासन प्रवद्र्धन हुन नसकेको र सुरक्षाकर्मी स्वयम् आपराधिक गतिविधिमा संलग्न भएका आरोप लगाउनुभयो ।

उहाँले यस्तो अवस्थामा सदनमा बस्नुको सान्दर्भिकता नहुने बताउँदै आफूहरूले संसद्को आजको बैठक बहिष्कार गर्ने घोषणा गर्नुभयो । उहाँको उक्त घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल सम्बद्ध दलका सांसद् बैठककक्षबाट बाहिरिनुभयो । रासस news24nepaltv

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog