Wednesday, June 15, 2016

प्रधानमन्त्री ओलीले तोके डेढ वर्षमा गर्ने तीन वटै चुनावको मिति

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पूर्ण कार्यान्वयनका लागि अबको डेढ वर्षभित्र स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन गरिसक्ने बताउनुभएको छ ।nidasan
लोक सेवा आयोगको ६६ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधानको पूर्ण कार्यान्वयन, सङ्क्रमणकालको सुखद् समाप्ति गर्दै मुलुकलाई अघि लैजान सरकार विल्कुल सचेत ढङ्गले क्रियाशील रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘अब बाँकी रहेको डेढ वर्षको समयमा स्थानीय निकाय, प्रदेश र संसद्को निर्वाचन लगभग सिध्याउने छौँ, आगामी भदौसम्ममा आवश्यक ऐन बनाएर मङ्सिरसम्ममा स्थानीय तहको, आगामी वैशाख–जेठमा प्रदेशको तथा अर्को वर्षको कात्तिक–मङ्सिरसम्ममा संसद्को निर्वाचन गरेर संवैधानिक व्यवस्थालाई पूर्णता दिइनेछ ।’
उहाँले मातहतका निकायहरुलाई चुनावको तयारी थाल्न निर्देशन समेत दिनुभयो ।
राज्यको शासन प्रणाली असफल भएमा सरकार मात्र होइन, कोही पनि सफल हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार, संसद्, संवैधानिक निकाय र राजनीतिक दल सबै पक्ष सफल हुने ढङ्गबाट प्रस्तुत हुन आग्रह गर्नुभयो ।
लोक सेवा आयोगको प्रशंसा
लोकतन्त्रको अनुभूति आम जनतामा प्रत्याभूति भएको खण्डमा सबै निकायले स्वतन्त्र ढङ्गले काम गर्न सक्छन् भन्दै उहाँले जनताका दक्ष सेवक योग्यता र प्रतिस्पर्धाका आधारमा छनोट गर्ने कार्यमा आयोगले गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो–‘आम जनतामा आयोगले विश्वास भरेको छ, सबैभन्दा ठूलो कुरा विभेद, पक्षपात र भेदभावको मनसाय छैन, पारदर्शिता र निष्पक्षताको विधिलाई आत्मसात् गरेको छ ।’
लोकतन्त्र एउटा सन्तुलनको व्यवस्था भएकाले पारदर्शिता र स्वच्छताले आयोगलाई सवल र प्रभाकारी तुल्याउने कार्यमा आवश्यक सहयोग पुर्याउन सरकारबाट कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभयो ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog