विप्लव माओवादीका नेतासहित विभिन्न अपराधमा संलग्न पाँच पक्राउ
धरान १ असार । एनसेलको टावरमा क्षति पुर्याउने एक माओवादी स्थानीय नेतासहित ५ जनालाई धरान प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
कधरान–२७ पट्नालीस्थित एनसेल टावरमा वियरको बोत्तलमा कपडाको पुल्ठो बाधी टावरमा आगजनी गरी फरार नेकपा माओवादी विप्लव समूहका धरान नगर कमिटीका सेक्रेटरी सुरज राईलाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो । पक्राउ परेका राईलाई दुरसंचारमा हानी नोक्सानी क्षति पुर्याएको मुद्दामा कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
साथै उनले एनसेलको टावरहरुमा हुन सक्ने आक्रमणलाई मध्यनगर गरी धरानस्थितमा रहेका एनसेल टावरहरुमा समेत कडा सुरक्षा व्यवस्था मिलाईएको बताए ।
त्यसैगरि धरान प्रहरली मल्द्वारमा हाली लुकाई छिपाई लागु ओैषध बिक्रि गर्न हिडिरहेका धरानका एक युवालाई पक्राउ गरेको छ । धरान ११ का अर्जुन भुजेललाई मल्द्धारमा लागु औषध लुकाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको हो । राईलाई दिसा गर्न लगाई डाईजेलाव–१० एम्पुल, लुपिजैसिक–१० एम्पुल र एभिल–१० एम्पुल निकालिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढकालले बताए ।
उनले राईलाई धरान १० स्थित विजयपुर हस्पिटल वाट नियन्त्रणमा लिइएको र लागु औषध ऐन अन्तर्गत कारबाही चलाइएको जानकारी दिए ।
यता प्रहरीले एक ११ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान १३ का ६९ बर्षिय गोरे घले गुरुङ्गलाई नियन्त्रणमा लिएको छ । उनले विद्यार्थीहरु पुर्याई सके पश्चात स्कुल भ्यानमा कोही नभएको मौका पारी जवरजस्ती करणी गरेको प्रहरीको दावी छ ।
त्यस्तै, धरान–२ स्थित डेरा कोठामा मस्त निन्द्रामा रहेकी एक महिलालाई निदाएको मौका पारी कोठामा प्रवेश गरी जवरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान उप–म.न.पा.वडा नं.–२ का भरत पन्त क्षेत्री छन् ।
६ महिनाअघि हत्या गरि फरार रहेका धरान २१ धन बहादुर राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । राईले स्थानीय सिक बहादुर राईको हत्या गरि शव भिरबाट फालेर फरार भएका थिए ।
dainiknepal