संसदबाट कानुनसम्बन्धि तीन महत्वपूर्ण विधेयक स्वीकृत
काठमाडौँ, १ असार । व्यवस्थापिका–संसदले आज न्याय क्षेत्रका विभिन्न तीन विधेयकलाई सैद्धान्तिक छलफल गरी स्वीकृत गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको “केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७१” लाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
त्यस्तै, सदनमा आजै कानुनमन्त्री खरेलले “सर्वाेच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको सो विधेयक बहुमतले पारित भएको सभामुख ओनसरी घर्तीले घोषणा गर्नुभयो ।
मन्त्री खरेलले “न्यायसेवा आयोग विधेयक, २०७३ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको अर्काे विधेयकमाथि भएको छलफल पश्चात् उक्त विधेयक पनि बहुमतले स्वीकृत भएको थियो ।
विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कानुनमन्त्री खरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि ध्वनि मतका आधारमा उक्त विधयेकहरु स्वीकृत भएका हुन । रासस
dainiknepal