यी दुई नेपालीले दिनेछन् युरोको इटली Vs स्विडेन खेलको म्यान अफ दि म्याच अवार्ड
काठमाडौँ : कार्ल्सवर्गले आफ्नो प्रवर्ध्दनात्मक अभियान लिभ इट लाइभका विजेता नवराज कँडेल र ओमकरेश नकर्मीलाई मैदानमै फुटबल हेर्नका लागि फ्रान्स गएका छन्।
उनीहरुले शुक्रबार हुने इटली र स्विडेनबीचको खेलको म्यान अफ द म्याच अवार्डसमेत प्रदान गर्ने गोर्खा ब्रुअरीले जनाएको छ।
कँडेल भन्छन्, ‘फ्रान्स गएर युरो २०१६ हेर्ने जीवनमा एक पटक मात्र आउने यो मौकाको माध्यमबाट कार्स्भबर्गले मेरो सबैभन्दा ठूलो सपना सकार पारिदिएको छ। स्टेडियममा खेल प्रत्यक्ष हेर्न र म्यान अफ द म्याच अवार्ड प्रदान गर्न म अब एक पल पनि प्रतिक्षा गर्न सक्दिनँ।’
त्यसैगरी अर्का विजेता नकर्मी भन्छन्, ‘हरेक समर्थकहरु यस अद्भूत अवसरमा सहभागी हुन चाहन्छन् र यस्तो पृथक मौका प्रदान गरेकोमा म कार्स्नबर्ग प्रति निकै आभारी छु। नेपाली फुटबल सर्मथकहरुको लागि यो वास्तवमै एउटा अद्भूत अवसर हो।’
गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले कार्ल्सवर्गले आफ्नो वाचा पूरा गरेको जानकारी दिँदै विजेताहरुले स्टेडियममा प्रत्यक्ष म्यान अफ द म्याच अवार्ड प्रदान गर्ने जानकारी दिए। ‘यो विशेष मौका केही व्यक्तिहरुलाई मात्र प्रदान गरिएको छ र ती भाग्यशालीहरुलाई बधाई दिन चाहन्छु’, उनले भने।
दुई महिना लामो अवधिका लागि संचालनमा ल्याइएको लिभ इट लाइभका बाँकी ८ विजेताहरुले जुन २२ मा हुने आइसल्यान्डविरुद्ध अस्ट्रिया खेलको प्रत्यक्ष मजा लिने अवसर प्राप्त गर्नेछन्।
Via : पहिलोपोस्ट