प्रचण्डका ज्वाइँ कमरेड जान्ने भएपछि …
काठमाडौं, १ असार । ‘हामी छौं, परेको व्यहोर्ने हो भन्दाभन्दै तपाईहरु किन चम्किनुहुन्छ ?’ यसरी प्रचण्डका ज्वाइँ नै तात्तिएर कराउने भएपछि नियमले नमिल्ने, कसैले छिस्रिक्क पोल खोल्नासाथ फलामे हत्कडीले हात बाँधिने कुरा जान्दाजान्दै एउटा अनियमितता चल्यो, टेकूमा ।
सार्वजनिक बोलपत्रका आधारमा १० करोड बराबरको सामान खरिद गर्ने प्रक्रियालाई स्थगित गरी फाइल मिलाएर भित्रभित्रै गर्नु भन्ने आदेश थियो, प्रचण्डका ज्वाइँ अर्जुन पाठकको ।
आपूर्तिमन्त्री गणेशमान पुनको स्वकीय सचिवका रुपमा कार्यरत पाटकले साल्ट टेडिङ अधिकारीलाई टेन्डर प्रक्रिया रोकिएका कारण पर्ने सबै समस्या समाधान गर्ने बचन दिएपछि रकम घटाघटका लागि तयार भएका फर्म सञ्चालक अप्ठेरोमा परेका छन् ।
साल्ट ट्रेडिङले गत माघ १७ को बोलपत्र आह्वानअनुसार फागुन १७ मा प्याकिङ लाष्टिकको टेण्डर खोलेको थियो । आयो, भानुसहितको त्यहाँबाट उत्पादित नुनहरु बजार पठाउनका लागि प्लाष्टिकको माग गरिएको हो । त्यसमा पाँच कम्पनीले बिड गरे ।
त्यसमध्ये रकम घटाघटमा बोलाइन्छ भनी ठिक्क परेर बसेका कम्पनी थिए विराटनगरको एसिया प्लास्टिक इण्डष्ट्रिज, काठमाडौंकै पोलिथिन एण्ड सप्लायर्स प्रा.लि., लेमिनार प्लाष्टिक उद्योग र सांघाई प्लाष्टिक उद्योग । ती कम्पनीका सञ्चालकले आफूहरुलाई घटाघटमा नबोलाइनुको कारण सोध्दा साल्ट ट्रेडिङका अधिकारी ‘मन्त्रीका पिएसँग कुरा गर्नुस्,’ भन्ने जवाफ दिन थालेका छन् ।
जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal