वार्ताको जवाफ दिन गठन्धन र मधेसी मोर्चाको अलग अलग बैठक
काठमाडौं, २ असार । सरकारसँगको वार्ता र आन्दोलनका विषयमा छलफल गर्न आज संघीय गठबन्धनको बैठक बस्दैछ ।
बिहान ११ बजे काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा आन्दोलनका विषयमा छलफल हुने रामसपाका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सरकारलाई वार्ताका विषयमा जवाफ दिइनेछ ।
यसैबीच, संघीय गठबन्धनको बैठकपछि मधेसी मोर्चाको बैठकपनि बस्ने भएको छ । बैठकमा सरकारलाई वार्ताको जवाफ दिने विषयमा छलफल हुनेछ । मोर्चाको बैठक तीन बजे बस्नेछ ।
dainiknepal