Wednesday, June 15, 2016

देउवा यसरी विचलित बनेपछि

काठमाडौं, २ असार । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको आन्तरिक व्यवस्थापन र राजनीतिक संक्रमणकालिन अवस्थालाई कसरी सम्बोधन गर्ने भनेर दोधारमा परेका छन् । पार्टी संगठन र मुलुकको समस्या समाधान गर्ने बिषयमा कुनैं योजना, रणनीति वा कार्ययोजनाको सामान्य खाका समेत कोर्न नसकेका देउवा चुनौती सामना गर्नबाट समेत बिचलित बनेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।deba
अब कसरी अघि बढ्ने भन्ने बिषयमा पार्टीका पदाधिकारी, शुभचिन्तक र आफ्नै गुटका विश्वास पात्रहरुसँगै सल्लाहमा व्यस्त देउवाले समयमै निर्णय गर्न नसक्दा कांग्रेस धरासयी बन्दै गएको भनेर चौतर्फी आलोचना हुन थालेको छ । पार्टीको बिधान अनुसार केन्द्रीय कार्य समितिलाई पूर्णता दिन उपसभापति, महामन्त्री र सहमहामन्त्री कसलाई बनाउन भनेर प्रस्ताव समेत ल्याउन नसकेका सभापति देउवा आफु निकटका गुट र उपगुटको चंकुलमा परेको आरोप लाग्न थालेको छ ।
पार्टी भित्र तीन पदमा नौं जना आकांक्षी भएपछि देउवा कसलाई कुन पद दिने भनेर निष्कर्षमा पुग्न समेत सकेका छैनन् । उनी पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्का, पूर्व उपसभापति गोपालमान श्रेष्ठ पूर्वमहामन्त्रीद्धय कुलबहादु गुरुङ र बिमलेन्द्र निधिमध्ये कसलाई उपसभातिमा प्रस्ताव गर्ने भनेर दोधारमा परेका छन् । उसभापतिमा खुमबहादुर खड्कालाई प्रस्ताव गर्न देउवालाई आफ्नै निकटकाहरुले दवाव दिएका छन् ।
तर, देउवा उपसभपातिमा बिमलेन्द्र निधिलाई प्रस्ताव गर्न चाहन्छन् । खड्काले १३ औं महाधिवेसनको समयमा भएको सहमति बमोजिम आफुलाई उपसभापतिमा प्रस्ताव नगरिए देउवाले ठूलै मुल्य चुकाउनु पर्ने भनेर चेतावनी समेत दिएका छन् । त्यस्तै, महामन्त्रीमा भने निधि, पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का, वालकृष्ण खाँड, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र डा.प्रकाशरण महतले दाबी गरेका छन् । त्यसमा पनि खड्का र खाँडले आफुलाई महामन्त्रीमा चयन नगरे देउवा कमजोर हुने चेतावनी दिँदै आएका छन् ।
सहमहामन्त्रीमा रामचन्द्र पौडेल गुटले सिफारिस गरेबमोजिमका केन्द्रीय सदस्यलाई प्रस्ताव गर्न देउवा तयार भएका छन् । तर, पौडेल पक्षले पनि नाम पठाउन सकेको छैन् । पौडेललाई पनि आफ्नो गुटबाट सहमहामन्त्रीमा बिराटनगरका डा. मिनेन्द्र रिजाल, डा. शेखर कोइराला र महेश आचार्य, धनुषाका आनन्दप्रसाद ढुंगाना र काठमाडौंका नविन्द्रराज जोशीमध्ये कसलाई सिफारिस गर्ने भनेर महाभारत नै भएको छ । पदाधिकारीका तीन पद मध्ये एक पद सहमहामन्त्रीमा पौडेलले सिफारिस गरेका केन्द्रीय सदस्यलाई प्रस्ताव गर्नु पर्ने बाध्यता भएपछि देउवालाई एउटा उपसभापति र एउटा महामन्त्रीमा यतिधेरै आकांक्षीलाई कसरी व्यवस्थापन गर्नु भनी टाउको दुःखाई भएको छ ।
केन्द्रीय सदस्यमा पनि सकस
देउवालाई केन्द्रीय सदस्यमा पनि क–कसलाई मनोनित गर्ने भनेर तनाव भएको छ । बिधानबमोजिम देउवालाई सभापतिको हैसियतले २१ जना मात्र मनोनित गर्न पाउने अधिकार छ । उनले पार्टीका सबै निकायलाई महाधिवेसन भएको दुई महिनाभित्र पूर्णता दिनुपर्ने संवैधानिक बाध्यता छ । तर, देउवाले पार्टी बिधानलाई उलङ्घन गरिसकेका छन् । २१ मध्ये पहिलो चरणमा सात जना र ३० गते जेठमा तीन जनालाई गरी हालसम्म १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् ।
देउवा प्यानल भित्रैबाट देउवाले हालसम्म अजुर्ननरसिह केसी, चित्रलेखा यादब र किशोरसिंह राठौर बाहेकलाई नियुक्ति गर्न नसकेको दाबी उनी निकटहरुको छ । तर, सभापतिमा पराजित रामचन्द्र पौडेल निकटका नेताहरुले देउवालाई ४० प्रतिशत केन्द्रीय सदस्य आफ्नो प्यानलाई दिन दबाब छ । देउवाले नियुक्त गरेका केसी र यादब क्रमशः महामन्त्री र कोषाध्यक्षमा पराजित देउवा प्यानलका नेता हुन् । राठौरले भने देउवालाई सभापतिमा जिताउन केन्द्रीय सदस्यमा उम्मेदवारी समेत दिएका थिएनन् ।
पौडेलले आफ्नो प्यानलबाट आफुसहित नरहरी आचार्यलाई मात्र देउवाले केन्द्रीय सदस्यमा नियुक्ति गरेको दावी गर्दै वाँकी ११ जना केन्द्रीय सदस्यहरु नियुक्ति गर्दा आफुले सिफारिस गरेका ६ जनालाई राख्न दवाव दिएका छन् । २१ मनोनित केन्द्रीय सदस्यको ४० प्रतिशत भनेको ८ जना हुन आउँछ ।
तर, देउवा प्यानलका प्रभावशाली नेता बिमलेन्द्र निधिले भने तत्कालिन संस्थापन पक्षबाट सभापति, महामन्त्री र कोषाध्यक्षमा पराजित नेताहरु कृष्णप्रसाद सिटौला, गगन थापा र उमाकान्त चौधरी संस्थापन पक्षकै भएकाले अब पौडेलको सिफारिसमा देउवाले पहिले नै पाँच जनालाई नियुक्ति गरिसकेकोले अब तीन जना मात्र पौडेलको सिफारसमा मनोनित गर्ने वताउँदै हिँडेका छन् ।
यता, सभापतिमा संस्थापन पक्षबाट बिद्रोह गरी उम्मेदवारी दिएर पौडेललाई हराउन सफल सिटौलाले भने आफ्नो समूहका तीन जनालाई मात्र मनोनित गरिएकोले अब तीन जनालाई आफ्नो सिफारिस बमोजिम केन्द्रीय सदस्य मनोनित गर्न दवाब दिएको स्रोतको दाबी छ ।
सबै गुट र उपगुटमा केन्द्रीय सदस्य र पदाधिकारी नियुक्ति दिनुप-यो भनेर दबाब परेपछि देउवा यतिवेला बिचलित बनेका छन् । उनी यतिबेला श्रीमती आरजु राणा बाहेक अरुको विश्वास समेत गर्न छाडेका छन् ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog