Tuesday, May 24, 2016

श्रीमतीसँग सम्बन्ध बिग्रियो भन्नेहरुलाई राजेशको जवाफ

२०७३ जेठ १२ गते

काठमाडौं । श्रीमतीसँग सम्बन्ध बिग्रियो भन्दै हल्ला गर्नेहरुलाई अभिनेता राजेश हमालले कुटनीतिक जवाफ दिन सुरु गरेका छन् ।

राजेश हमालको वैवाहिक सम्बन्ध कस्तो होला ? यो उनको नितान्त पारिवारिक विषय हो । उनको परिवारका सदस्य बाहेक अरुलाई उनीहरुको सम्बन्ध वारे जानकारी नहुन सक्छ । तर, नेपालका केही संचारमाध्यमले पत्नी मधु भट्टराईसँग राजेशको सम्बन्ध टु्ट्यो भन्न समेत बाँकी राखेका छैनन् ।sanga

हमालले अहिलेसम्म मुख खोलेका छैनन् । तर, आफ्नो र श्रीमतिको सम्बन्ध बिग्रियो भनेर लेख्नेहरुलाई भने पुग्ने गरी जवाफ दिएका छन् । श्रीमतिसाग सम्बन्ध बिग्रियो भनेर केही मिडियामा समाचार आए लगत्तै उनले श्रीमतिसँग रेष्टुरेन्टमा बसेको तस्वीर सार्वजनिक गरेका थिए ।

लगत्तै उनको श्रीमती मधुसँगै घुमेको केही तस्वीर पोष्ट गरेका छन् । गत साता मात्रै अमेरिकावाट फर्केका हमालले फेस
विवाहको दोस्रो वर्ष गाँठ मनाएको उल्लेख गरेका छन् ।onlinekhabar

Continue Reading…

पेट दुखेर मर्ने लागियो ! अब चिन्ता नलिनुस घरमै बन्छ निको हुने औषधि

के यहाँको पेट खराब छ अपच हुने समस्या छ आयुर्वेदिक जडिबुटि तथा घरेलु मसलाहरुले फाईदा गर्छ ।
१) एक टुक्रा कालो नुन,केही थोपा कागतिको रस र अदुवाको टुक्रा मिलायर खाएमा अपच तथा पेट दुखाई ठिक हुन्छ ।

२) एक ग्लास दुधमा थोरै मख्खन,सुकेको जिरा,सुकेको धनीया मिलायर खाएमा राम्रो गर्छ ।

pet

३) ताजा पुदिना,हरियो खुर्सानी,अदुवा र कागती पाचन प्रणालीलाई मजबुद बनाउने औषधी हरु हुन् ।

४) एक ग्लास तातो पानि,कागतिको रस र मह मीलायर खाली पेटमा खाए पनि पाचन प्रणाली लाई धेरै राम्रो गर्छ ।

५) ध्युकुमारीको जुस खाली पेटमा १० देखी १५ खाने गरेमा पेटको सम्पुर्ण रोग ठिक हुन्छ ।

Continue Reading…

रुघाखोकीको घरमै हुन्छ भरपर्दो उपचार, औषधि पसलको कफ सिरप किन ?

खोकी लाग्यो भने तपाइँ आफैले घरमै कफ सिरप बनाउन सक्नुहुन्छ । जसको कुनै साइड इफेक्ट पनि हुँदैन र तपाइँको खोकी पनि भगाइदिन्छ ।
घरमै कफ सिरप बनाउनका लागि तपाइँलाई चाहिने कुराहरु हुन् अदुवा, मह, कागती । अदुवामा खोकी तथा चिसो भगाउने प्राकृतिक गुण नै हुन्छ । यसले यसले घाँटीभित्र हुने संक्रमणलाई पनि कम गर्छ । khokeयसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल औषधिको काम गर्छ । अदुवामा ओलेओरेसिन नामको एक यौगिक पाइन्छ जसले खोकी तथा चिसोको समस्या हटाउनमा लाभदायक हुन्छ । मह पनि औषधिय गुणले युक्त हुन्छ । यसमा एन्टीअक्सिडेन्टका साथै जिवाणु प्रतिरोधी गुण हुन्छ र संक्रमणबाट बचाउने काम गर्दछ । त्यस्तै कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टीअक्सिडेन्टले भरिपूर्ण कागजतीले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ । त्यस्तै ग्लिसरिनले प्राकृतिक पि्रजर्भेटिभ अर्थात् संरक्षकको काम गर्दछ । कसरी बनाउने कफ सिरप ? यसका लागि तपाइँलाई अदुवा, मह, दुइवटा कागती तथा पानी आवश्यक पर्दछ । सबैभनदा पहिले अदुवालाई सफा गरेर बोक्रा छिलेर टुक्रा टुक्रा पारेर काट्नुस् । एउटा कागती निचोरेर रस निकाल्नुहोस् । एउटा भाँडोमा एक कप पानी तताउनुहोस् । त्यसमा टुक्रा पारेको अलिकति अदुवा तथा आधा चम्चा कागतीको रस मिसाउनुहोस् ।
उक्त मिश्रणलाई पाँच मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् । छानेको उक्त घोलमा केही मह मिसाउनुहोस् । र हल्का तताउनुहोस् । त्यसपछि त्यसमा दुइवटा कागती निचोर्नुहोस् । उक्त मिश्रणलाई पुनः केही बेर पकाउनुहोस् र त्यसलाई उतारेर कुनै सिसा वा प्लास्टिकको भाँडोमा खन्याउनुहोस् । त्यसपछि उक्त पदार्थलाई तपाइँ रुघाखोकी तथा चिसो लागेको बेला खान सक्नुहुन्छ । यसले तपाइँको रुघाखोकी भगाउनेछ ।news24nepaltv

Continue Reading…

कान्छो छोरा बनाई नागरिकता दिने महिला पक्राउ

१२ जेठ, अर्घाखाँची।

आफ्नो कान्छो छोरा भनी सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।bagaya
भारतीय युवालाई कान्छो छोरा भनी कीर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर–८ निवासी ६० वर्षीया हिमकला भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।

जसले नागरिकताका लागि कान्छो छोरा भनी सिफारिस गर्यो, उनैको छोरी भगाएर फरार भएपछि थाहा भयो कि उनी भारतीय नागरिक रहेछन् । छोरीसमेत भगाएर नागरिकता लिएर फरार भएको थाहा पाएपछि गाविस सचिव कमल पोख्रेलले नै कीर्ते गरी नागरिकता लगेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी गरेका थिए ।

गाविस सचिवको उजुरीका आधारमा महिलालाई पक्राउ गरेको प्रहरीको भनाइ छ । कीर्ते गरी नागरिकता लिएर भागेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । रासस
nepaliheadlines

Continue Reading…

चीनलाई घेराबन्दी गर्ने अमेरिका र भारतको तयारी, नेपालमा असर पर्ने

काठमाडौं, १२ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २७ गते संयुक्त राज्य अमेरिकाको राकीय भ्रमणमा जाने र उक्त भ्रमणबाट फर्किएपछि नेपालमा उत्पन्न समस्या समाधानका निम्ति मोदीले विशेष तत्परता लिने विश्वास नेपाल र भारतका बुद्धिजीवी एवम् विश्लेषकहरूले गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी बाराक ओबामा राष्ट्रपति भएयताका आठौँ वर्षभित्र राजकीय भ्रमणका निम्ति निमन्त्रणा पाउने नवौँ विदेशी नेता हुन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।mode
मोदीको भ्रमणलाई अमेरिकाले उच्च महत्व दिने तयारी गरेको बुझिएको छ । यो भ्रमणमा मोदीले अमेरिका र भारतबीचको सम्बन्धलाई सुदृढ तुल्याउन र एसियामा भारतले आफ्नो हित तथा क्षेत्रीय शान्ति र स्थायित्वको लागि चाल्ने कदमप्रति अमेरिकी साथ प्राप्त गर्ने परिस्थिति निर्माण गर्न सफल हुने ठानिएको छ ।
चीन र अमेरिकाबीच एक प्रकारले शीतयुद्ध प्रारम्भ भइसकेको परिपे्रक्ष्यमा भारतलाई राष्ट्रसंघ सुरक्षा परिषदको सदस्य बन्ने मार्गमा चीनले भिटो (रसियाको समर्थन प्राप्त) प्रयोग गरेर रोक्नु, एक व्यक्तिलाई आतंककारी घोषणा गरी कारबाहीको दायरामा ल्यान भारतले गरेको प्रस्तावमा चीन बाधक बन्नु र पाकिस्तानलाई आणविकलगायत अन्य सायहोग गर्न चीन आक्रामक रुपमा अघि बढ्नुले भारत र चीनबीचको मनोमालिन्य बढाएको छ ।
यस्तो पृष्ठभूमिमा भारतका प्रधानमन्त्रीलाई अमेरिकाले उच्च महत्वका साथ राजकीय भ्रमणका लागि आमन्त्रण गर्नुले दक्षिण एसियालगायत आसपासका एसियाली मुलुकको राजनीतिमा कुनै न कुनै रुपको प्रभाव पर्न सक्ने संकते दिएको छ ।
यसअघिको ब्रिटेनको भ्रमणमा मोदी जानुहुँदा बेलायती प्रधानमन्त्रीसँगको संयुक्त वक्तव्यमा नेपालसम्बन्धी व्यहोरा उल्लेख भएको, त्यसको केही समयपछि युरोपियन युनियन र भारतको संयुक्त वक्तव्यमा पनि नेपाको समस्या तथा समाधान बारे साझा धारणा प्रकट गरिएको र संयुक्त राज्य अमेकिाले यसअघि नै माअ‍ोवादी द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाप्रति चासो प्रकट गर्दै गत असोज ३ गते जारी भएको संविधानबारे रिजर्भेसन देखाएको पृष्ठभूमिमा भएको मोदीको यस भ्रमणका क्रममा पनि नेपालबारे भारत र अमेरिकाबीच साझा धारणा बन्ने सम्भावना प्रबल छ ।
सत्तामा रहेका वामपन्थी कम्युनिष्टहरूले भारतसँग दूरी बढाउँदै चीनसँग लहस्सिएको विषयलाई भारत र अमेरिका दुवै मुलुकले गम्भीरतपूर्वक लिएको विश्वास विश्लेषकहरुले सगरेरका छन् ।
dainiknepal

Continue Reading…

चीनले किन लग्यो हिमानीलाई भ्रमणमा ? वैद्य पनि हिमानी ट्रष्टको सदस्य

काठमाडौं, १२ जेठ । समाज सेवाको क्षेत्रमा क्रियाशील हिमानी ट्रष्टकी अध्यक्ष एवम् पूर्व श्री ५ युवराज्ञी हिमानी शाह गत आइतबार चीनको भ्रमणमा जानुभएको छ ।himani
चिनियाँ सरकारी निकायको निमन्त्रणामा बेइजिङतर्फ प्रस्थान गर्नुभएकी हिमानीले चीनमा सात दिन बिताउनुहुनेछ । हिमानीका साथमा स्वकीय सचिव स्मिता सिंह र चर्चित उद्यमी प्रभाकरशम्शेर राणालगायत सामेल छन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
केही अघि चाइना–नेपाल व्यापार संगठनले पनि हिमानीलाई चीन भ्रमणको लागि निमन्त्रणा दिँदा उहाँले त्यसलाई स्वीकार गर्न सक्नु भएको थिएन । यसपटक भने सरकारीस्तरबाटै निम्ता प्राप्त भएकाले उहाँ चाइनाको भ्रमणमा सरिक हुनुभएको बुझिएको छ ।
हिमानीको चीन भ्रमणको मूल उद्देश्य के हो भन्ने औपचारिक जानकारी गराइएको छैन । चीनमा समाजसेवासँग सम्बन्धित कार्यको अवलोकन र त्यहाँ क्रियाशील सामाजिक संघसंस्थाहरूसँग पारस्परिक सम्बन्ध र सम्पर्कै बढाउन उहाँको भ्रमण भएको बताइएको छ । चीनबाट फर्किएपछि युवराज्ञी हिमानीले केही दिन बैंककमा बिताउनु हुने समाचार छ ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार ख्यातिप्राप्त उद्यामी एवम् व्यवसायी सुरज बैद्य हिमानी ट्रष्टको बोर्डमा सदस्यका हैसियतले समावेश हुने भएका छन् । आगामी महिना हुने साधारणसभाले वैद्यको नाम बोर्डमा सदस्यका रुपमा अनुमोदन गर्ने बुझिएको छ ।
dainiknepal

Continue Reading…

जन्ती बोकेको बस पल्टिँदा चारजना घाइते

ccउर्लाबारी (मोरङ)। मोरङको इटहरामा आज बिहान जन्ती बोकेको बस आफँै अनियन्त्रित भई दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

उर्लाबारी–बरडङ्गा सडकखण्डअन्तर्गत इटहरा–३ स्थित टालीभट्टामा बिहान ७ः१० बजे सिजुवाबाट झापाको जलथल जन्ती लिएर जाँदै गरेको मे १ ख १९६० नम्बरको बस अनियन्त्रित भई पल्टिएको हो ।

janti

दुर्घटनामा परी बसमा सवार चारजना घाइते भएका छन् । उनीहरुको इटहराकै चेतना हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिएको छ ।news24nepaltv

Continue Reading…

आफ्नै छोरीद्वारा प्रचण्डलाई चुनौती, बैठक नै बहिस्कार !

१२ जेठ, काठमाडौं ।

आफ्ना पिता पार्टी अध्यक्ष प्रचण्डले धेरै ठूलो केन्द्रीय समिति बनाएको भन्दै सुपुत्री रेणु दाहाल केन्द्रीय समितिको बैठकमा भाग लिन गइनन् ।

रेणु पार्टीको महाधिवेशनमा निर्वाचनमै भाग लिएर प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्ने हैसियत राख्छु भन्दै बैठकमा भाग लिन नगएकी हुन् । जोसुकैलाई केन्द्रीय सदस्य बनाइएको भन्दै रेणुले प्रचण्डसमक्ष असन्तुष्टि पोखेकी थिइन् ।

doka
आफ्नो परिवारभित्रबाट छोरा प्रकाश दाहाल, बुहारी बिना मगर र भतिज समीर दाहाललाई पनि प्रचण्डले केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।

पार्टी एकीकरणपछि आयोजित जम्बो केन्द्रीय समितिको बैठकमा छोरी रेणुले भाग नलिए पनि प्रकाश, बिना र समीरले भाग लिएका थिए । आफू मनोनीत केन्द्रीय सदस्य भएर नबस्ने जानकारी पनि रेणुले आफ्ना पितालाई गराएकी छिन् ।

केन्द्रीय समितिमा लेखराज भट्टको चालकका रूपमा लामो अनुभव संगालेका सरल भाटलाई मनोनीत गरिएको छ भने दीनानाथ शर्माले पनि आफ्नी प्रिय पुत्री कल्पना शर्मालाई केन्द्रीय समितिमा प्रवेश गराएका छन् । घटना र विचार साप्ताहिकमा खबर छ ।
nepaliheadlines

Continue Reading…

सिरियामा भएका भीषण आतङ्कवादी आक्रमणमा १४८ को मृत्यु

बुधबार, १२ जेठ

एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असदका समर्थक एवम् सरकारको हालसम्मको बलियो उपस्थिति मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा पनि १४८ जनाकोे मृत्यु भएको छ ।
आतङ्कवादी संस्था इस्लामिक स्टेट (आईएस) द्वारा गराइएका ती विस्फोटमा परी कम्तिमा पनि १४८ जनाको मृत्यु भएको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएको छ । विष्पोटबाट सयौँको सङ्ख्यामा घाइते भएका छन् ।
सिरियाका उत्तरपश्चिमी क्षेत्रका विभिन्न स्थानमा यो आक्रमणको तारो बनाइएको छ । त्यस क्रममा उनीहरुले बसपार्क, अस्पताल, विभिन्न स्थानीय नागरिकका सेवा केन्द्रहरुका साथै विभिन्न सरकारी अड्डालाई तारो बनाएका थिए ।
सिरियाको उत्तरपश्चिमी नगर जाबेहमा यस्तो हमला भएको थियो । यो हमला मुख्य हमला थियो । जसका कारण सो क्षेत्रमा ठूलो क्षति पनि पुगेको छ ।hunchha
उक्त सहर सिरियामा जारी रहेको पाँच वर्षे युद्धका क्रममा पनि खासै प्रभावित थिएन । यस नगरलाई सरकारले आफ्नो सुरक्षित स्थल वा गढका रुपमा लिइआएको थियो ।
सोमबार विस्फोटमा परी जावलेह सहरमा मात्र ७५ जनाको मृत्यु भएको र यसबाट अझ दक्षिणमा अवस्थित टारटस सहरमा थप मानिस मारिएका छन् ।सिरियाली मानवअधिकारवादी संस्थाले मङ्गलबार बिहान प्राप्त एक समाचारमा सो नगरमा मारिएका नागरिकको सङ्ख्या १४८ पुगेको पुष्टि भएको जनाएको छ ।। ती विस्फोटको जिम्मेवारी उक्त आतङ्कवादी संस्थाले नै लिएको छ ।
सिरियाली हिंसाको अध्ययन गरिरहेको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुख रमि अब्देल रहमानले सिरियामा सन् २०११ पछि भएका केही ठूला हमलामध्ये सोमवार भएका यी आक्रमण पनि शक्तिशाली भएको बताए ।
आईएस समूहले घटनाको जिम्मेवारी आफ्नो समाचार संस्था अमाक न्यूज एजेन्सीमार्फत लिएको छ । दुवै सहर सिरियाली सरकारको पकडमा रहेका इलाका भएको यसअघि जनाइएको थियो । सिरियामा जारी रहेको युद्धविरामको अवस्थामा पनि असर पर्ने हो कि भन्ने चिन्ता छाएको बताइएको छ ।
सिरियाली राष्ट्रपति बसार अल असादको परिवार जावेलेहबाट २५ किलोमिटर पूर्व कार्दहबाट दमास्कस आएको हो । उक्त इलाकामा मुख्यतया अलावित नामक सिया समुदायको बसोबास रहँदै आएको छ ।
सिरियाको तटीय क्षेत्रमा आईएसको उपस्थिति नभएको मानिन्छ तर यसको जिहादी विरोधी समूह र अलकायदाको स्थानीय समूह अल नुस्रा फ्रन्टको प्रभुत्व रहेको छ ।तर सोमबारको सो आक्रमणहरुले सिरियामा आइएसको प्रभाव बढ्दै गएको हुनसक्ने विषयमा पनि विभिन्न समाचारहरु आएका छन् ।
उता सिरियामा पछिल्लो समयमा सरकारसँग शान्तिवार्ताका लागि गरिएको युद्धविरामको असर पर्ने हो कि भन्ने बारेमा पनि चिन्ता व्यक्त भएको छ ।सिरियामा गएका केही समययतादेखि युद्धविराम भएको छ । त्यसको पहल रसिया र अमेरिकाले गरिरहेका छन् ।
सोमबारको हमलाका कारण सिरियामा थप हिंसा मच्चिन सक्ने र यसले गर्दा आगामी दिनमा युद्धविरामको अवस्था भाँडिन सक्ने त्रास छाएको पनि बताइएको छ ।
सिरियामा गएको करिब पाँच वर्षदेखि हिंसा छाएको छ । यस हिंसामा परी दशौँ हजार नागरिक मारिएका छन् ।अमेरिकी र रसियाली पहलमा पछिल्लो समयमा सिरियामा युद्धविराम सुरु भएको छ । त्यस युद्धविरामको अनुगमन संयुक्त राष्ट्रसंघले गरिरहेको छ ।
र त्यस बमोजिम वार्ताको प्रक्रिया भने अघि बढ्न सकिरहेको छैन । वार्ताका लागि सरकारी पक्ष तयार छ तर विपक्षीहरुले सिरियाली राष्ट्रपति असदले सत्ता छोड्नुपर्ने मुख्य माग राख्दै आएका छन् ।
nepalsandesh

Continue Reading…

माओवादी मिल्दा भारतीय महाभारत

१२ जेठ , काठमाडौं ।

पुराना सहकर्मीलाई घर फर्काउन छिमेकी राष्ट्रको विस्तारवादी प्रवृत्तिलाई दस्तावेजबाट निकाल्नुपर्ने अवस्था आउला भन्ने प्रचण्ड कमरेडलाई के अनुमान ! तर, भयो त्यस्तै ।

पार्टी एकताको अघिल्लो दिन लाजिम्पाट पुगेका मातृका यादवले अध्यक्षलाई भने, ‘दस्तावेजबाट भारतीय विस्तारवाद भन्ने शब्द हटाउनु पर्यो । यसले तपाईलाई अप्ठ्यारोमा पार्छ । हामीलाई पनि सिध्याउँछ । ’

bhart

तर यसमा प्रचण्डको नकारात्मक जवाफ सुन्नासाथ मातृका ‘अब एकता सेकता सम्भव छैन’ भन्दै जुरुक्क उठेर बाटो लागे । सम्झाउने जिम्मा मणि थापालाई आइलाग्यो ।

बानेश्वरको थापागाउँसिथ्त मातृकाकै सम्पर्क कार्यालयमा दुईजना भेटेर लामो कुरा गरे । सोहीबमोजिम मातृकलाई एकताको घोषणा हुने बिहान बबरमहलको एउटा घरमा प्रचण्डसँग भेटाइयो ।

शुरुमै मातृकाले आफनो सर्त अघि सारे ‘मधेस आन्दोलनमा हिजो भएको दमनको विरोध हुनु पर्छ र अहिले जारी आन्दोलनप्रति पार्टीले समर्थन जनाउनु पर्‍यो । यो सरकार दमनकारी छ यस्तोमा आउन मलाई गाह्रो पर्छ । ’ उनले सर्त कसे, ‘मधेसचाहिँ पहाडको उपनिवेश भयो भन्ने वाक्य दस्तावेजमा हाल्नुपर्‍यो ।’

पछि उपनिवेश झल्कने प्रवृत्ति भए त्यो विरुद्ध संघर्ष गर्ने वाक्यांश हालेर चित्त बुझाइयो । जनआस्था साप्ताहिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

बोल्दै नबोली फर्किए बादल

१२ जेठ, काठमाडौं ।

चार वर्षपछि त्रिपक्षिय बैठकमा भाग लिन मंगलबार सिंहदरबार छिरेका माओवादी केन्द्रका नेता राबहादुर थापा (बादल) एक शब्द पनि नबोली सिंहदरबारबाट बाहिरिए ।

मधेसको समस्या समाधानका लागि प्रधानमन्त्री केपी ओलीले सरकारी कार्यालय सिंहदरबारमा बोलाएको बैठकमा भाग लिन बादल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र मातृका यादवसहित सिंहदरबार छिरेका उनी त्यहाँ करिब दुई घण्टा बसेका थिए ।9

प्रधानमन्त्री ओलीले बिहान ९ बजे त्रिपक्षिय बैठकका लागि नेताहरुलाई खबर गरेका थिए । तर, मोर्चाका नेता महन्थ ठाकुरले बिहान प्रधानमन्त्रीलाई फोन गरेर उक्त समयमा आउन नसक्ने जानकारी गराएका थिए ।

त्यही समयमा आफूले आँखा अस्पतालमा समय लिएको भन्दै ठाकूर आउन नसक्ने बताएपछि उनकै आग्रहमा बैठक साढे १० बजेलाई सारिएको थियो । बुधबार साप्ताहिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

कांग्रेस सभापति शेरबहादूर देउवाको यस्तो रह्यो एक सय दिन

कांग्रेस विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनसागै विभागहरूलाई पूर्णता दिनुपर्ने व्यवस्था छ ।१३औँ महाधिवेशन भएको अढाई महिना बित्दा पनि मनोनयन हुन सकेको छैन, विभाग गठन भएका छैनन् । केन्द्रीय सदस्य चयनमा अप्ठ्यारो कांग्रेसमा १४ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।
ती सदस्यमा महाधिवेशनमा पराजित आफ्नो पक्षका नेताहरूलाई ल्याउने कि नयाँलाई ल्याउने भन्नेमा देउवा अप्ठ्यारोमा परेका छन् । पराजित महालक्ष्मी उपाध्याय डिना, पद्मनारायण चौधरीसहितका नेता तथा अर्को पक्षका अशोक कोइरालालगायतलाई ल्याउनुपर्ने दबाब देउवालाई छ । आफू बहुमतमा रहने गरी अर्को पक्षका नेतालाई सदस्य मनोनीत गर्नुपर्ने बाध्यतामा उनी छन् ।

महाधिवेशनमा पराजित आफ्नो पक्षका नेताहरूलाई ल्याउने कि नयाँलाई ल्याउने भन्नेमा देउवा अप्ठ्यारोमा परेका छन् । पराजित महालक्ष्मी उपाध्याय डिना, पद्मनारायण चौधरीसहितका नेता तथा अर्को पक्षका अशोक कोइरालालगायतलाई ल्याउनुपर्ने दबाब देउवालाई छ । आफू बहुमतमा रहने गरी अर्को पक्षका नेतालाई सदस्य मनोनीत गर्नुपर्ने बाध्यतामा उनी छन् ।

8

नेता पिएल सिंहलाई भने सदस्यमा ल्याउने तयारीमा उनी छन् । दुई महिनाको काम एकैपटक गर्ने तयारीमा देउवा सभापति देउवाले उपचारमा आफू भारत जानुपरेको र नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइराला अमेरिका गएकाले छलफल नगरी निर्णयमा पुग्न समस्या भएको बताउने गरेका छन् ।

जेठ मसान्तसम्म विधानत: दुई महिनामा गर्नुपर्ने सबै काम एकैपटक टुंग्याउने तयारी देउवाले गरेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । ‘म आफैँ उपचारको क्रममा चार दिन भनेर १० दिन दिल्ली बसेँ । म आएपछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय समितिको चयन पटक–पटक गर्दा विवाद हुनसक्छ, अब एकैपटक टुंग्याउँछु ।’

संसद्मा बजेटको सेसन सकिएपछि केन्द्रीय समिति बैठक राखेर सबै काम टुंग्याउने तयारी देउवाको छ । पदाधिकारीमा पौडेल पक्षको दाबी पौडेल पक्षले पार्टीमा गुटबन्दीे अन्त्यको सन्देश दिन बाँकी पदाधिकारीमध्ये केही पद आफूहरूले पाउनुपर्ने दाबी गरेको छ ।

जेठ मसान्तसम्म विधानत: दुई महिनामा गर्नुपर्ने सबै काम एकैपटक टुंग्याउने तयारी देउवाले गरेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए । ‘म आफैँ उपचारको क्रममा चार दिन भनेर १० दिन दिल्ली बसेँ । म आएपछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय समितिको चयन पटक–पटक गर्दा विवाद हुनसक्छ, अब एकैपटक टुंग्याउँछु ।’संसद्मा बजेटको सेसन सकिएपछि केन्द्रीय समिति बैठक राखेर सबै काम टुंग्याउने तयारी देउवाको छ ।
आनन्द ढुंगाना, दिलेन्द्रप्रसाद बडू, महेश आचार्यमध्ये एकले सहमहामन्त्री पाउनुपर्ने यो पक्षको दाबी छ । ‘सभापतिजीले निर्वाचित हुनेबित्तिकै भागबन्डाको राजनीति अन्त्य हुने घोषणा गर्नुभएको थियो,’ पौडेलनिकट नेता गुरुराज घिमिरे भन्छन्, ‘अब उहाँ गरेर देखाउने ठाउँमा हुनुहुन्छ । हेरौँ वचनमा कत्तिको पक्का देखिनुहुन्छ ।’ तर, देउवा पदाधिकारी नदिने पक्षमा छन् ।

पौडेल पक्षबाट दुई पदाधिकारी निर्वाचित भएकाले सन्तुलन मिलाउन थप पदाधिकारी दिनुनपर्ने देउवा पक्षको भनाइ छ । २ महिनामा यति गरे दुईपटक केन्द्रीय समिति बसाए कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित भएपछि ५ चैतमा केन्द्रीय कार्यालयमा पहिलो र २२ चैतमा व्यवस्थापिका–संसद् भवनमा केन्द्रीय समिति बैठक राखे ।

पहिलो बैठकले महाधिवेशन सफल बनाउनेलाई धन्यवाद र संसदीय दलका नेता र कार्यसमितिको निर्वाचन गर्न रमेश रिजालको नेतृत्वमा निर्वाचन समिति बनाउने निर्णय गर्‍यो । भ्रातृसंस्थाको महाधिवेशन ६ महिनाभित्र गर्ने तथा भूकम्पपीडितको पुनर्वास र संविधान कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि भयो ।

पार्टी निर्णयअनुसार तरुण दलले आगामी २४­–२६ भदौमा, महिला संघले भदौ अन्तिममा महाधिवेशन गर्दै छन् । नेविसंघको मिति अझै तय भएको छैन । दोस्रो बैठकले संसदीय दलको विधान संशोधनको निर्णय मात्र गर्‍यो । सात केन्द्रीय सदस्य मनोनीत गरे सभापतिमा निर्वाचित भएको प्रमाणपत्र ३ चैतमा लिएपछि देउवाले पदाधिकारीमा पराजित रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र उम्मेदवार नभएका नरहरि आचार्यलाई सदस्यमा मनोनीत गरे ।६४ सदस्य निर्वाचित भएका थिए ।

दलको नेता र कार्यसमिति चयन देउवा सभापति भएको एक महिनामा संसदीय दलको नेताको निर्वाचन भयो । देउवा नै नेतामा पनि निर्वाचित भए । नेताको निर्वाचनपछि संसदीय दलको कार्यसमितिको निर्वाचनसमेत भयो ।

सात केन्द्रीय सदस्य मनोनीत गरे सभापतिमा निर्वाचित भएको प्रमाणपत्र ३ चैतमा लिएपछि देउवाले पदाधिकारीमा पराजित रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र उम्मेदवार नभएका नरहरि आचार्यलाई सदस्यमा मनोनीत गरे ।६४ सदस्य निर्वाचित भएका थिए ।
२ महिनामा यी काम गरेनन् के छ विधानमा ? कांग्रेस विधानको धारा ४९ को उपधारा १९ मा भनिएको छ, ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्नेछ ।’ तर, देउवाले विधान कार्यान्वयन गरेनन् कांग्रेसको १३औँ महाधिवेशनले २५ फागुनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गर्‍यो ।

सभापतिको औपचारिक प्रमाणपत्र बुझेको दिनदेखि मात्र कार्यकाल सुरु भएको मानिने परम्परा कांग्रेसमा छ । ३ चैतमा प्रमाणपत्र बुझेका देउवाको कार्यकाल १० जेठबाट २ महिना १० दिन पुगेको छ । तर, उनले विधानत: गर्नुपर्ने काम सकेका छैनन् । विधानले दुई महिनाभित्र पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, केन्द्रीय विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारीसहितको संसदीय समिति, ज्येष्ठ राजनीतिक सभा गठन गर्नुपर्ने व्यवस्था गरेको छ । यी काममा देउवा असफल भएका छन् ।

कांग्रेसमा ४० विभाग छन् भने सात प्रदेश समिति गठन बाँकी छ । देउवाले पार्टी प्रवक्ता तोक्नसमेत सकेका छैनन् । यसरी कोइरालालाई अड्काएका थिए देउवाले पदाधिकारी चयन तत्कालीन सभापति सुशील कोइराला निर्वाचित भएको दुई महिना पुग्न एक दिनअघि पदाधिकारीमा नाम प्रस्ताव भएको थियो । तर, देउवा पक्षको अवरोधका कारण सात महिनापछि मात्र उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौला मनोनीत भएका थिए ।

केन्द्रीय सदस्य भने कोइरालाले कार्यकालको अन्तिम समयसम्म कुर्न बाध्य भएका थिए । विभाग गठन सुशील कोइराला सभापति रहँदा पार्टीका सबै विभागमा संयोजक तोकिए पनि विवादित भयो । ०६९ साउनमा कोइरालाले विभाग संयोजक तोकेका थिए । तर, सल्लाह नगरी संयोजक तोकेको भन्दै देउवा पक्षका १३ विभागीय संयोजक र ६ अञ्चल संयोजकले राजीनामा दिएका थिए ।

यो विवाद कोइरालाको कार्यकालभर मिलेन । भ्रातृसंस्थामा लफडा कांग्रेसको १२औँ महाधिवेशन ०६७ असोजमा भयो । त्यसको एक वर्षमा नेता शेरबहादुर देउवाले भ्रातृसंस्थाहरू विघटन गरिएको भन्दै केन्द्रीय सदस्यबाट राजीनामा दिए । नौ महिनासम्म केन्द्रीय समिति बैठकमा पनि गएनन् ।

भ्रातृसंस्थाका नेताहरू पार्टी कार्यालयमै अनशन बसेपछि मिलाएर अघि बढ्ने कोइरालाले बताएका थिए । त्यसपछि मात्र देउवा केन्द्रीय समिति बैठकमा गएका थिए । तर, विघटित भ्रातृसंस्थाको अधिवेशन अझै हुन सकेको छैन । विधानअनुसार काम हुन सकेन आनन्द ढुंगाना देउवाजीले अघिल्ला पाँच वर्ष सामान्य विषयमा पनि पार्टी सञ्चालनमा कसरी अवरोध गर्नुभयो भन्ने सबैलाई थाहा छ ।

दुई महिना गुजार्नुभएको छ । तर, विधानअनुसार गर्नुपर्ने काम अगाडि बढाउन सक्नुभएको छैन । महाधिवेशनपछि हामीले राम्रोसँग केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न सकेका छैनौँ । सभापतिजी केही दिन भारत जानुभयो । यता, हाउस पनि सुरु भयो । अहिले नै केही बिग्रिसकेको छैन, हामी अत्तालिएका पनि छैनौँ । मिलाएर पार्टीका सबै संरचनालाई पूर्णता दिनुहुन्छ भन्ने विश्वास छ ।

‘म आफैं ४ दिनलाई भनेर १० दिन उपचारको क्रममा दिल्ली बसें, पछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो’ देउवाको भनाई उद्यृत गर्दै ति नेताले भने, ‘अब पटकपटक गर्दा विवाद हुन सक्छ, त्यसैलै पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय समितिको विषयलाई अब एकैपटक टुंग्याउने तयारी गर्दैछु ।’ बजेट आएपछि केन्द्रीयसमिति बसेर सबै विषयलाई टुंग्याउने तयारी देउवाले गरेका छन् ।
सभापतिले जेठभित्र सबै काम गर्नुहुन्छ बालकृष्ण खाण महाधिवेशनपछि कहिले नेताहरू बाहिर र कहिले संसदीय गतिविधिमा लाग्नुपरेकाले दुई महिनामा काम हुन नसकेको हो । संसदीय दलको नेता चयन, दलको कार्यसमिति निर्वाचन भयो । केन्द्रीय कार्यालयका मुख्यसचिव फेरिनुभयो । अब पदाधिकारी चयन, कार्यसम्पादन समिति, प्रादेशिक संरचना तथा केन्द्रीय विभागलाई पूर्णताको विषय पनि छिटै टुंगिन्छ ।

सभापतिजीले दलको कार्यसमिति विस्तार गर्छु भन्नुभएको छ । अब जेठ मसान्तभित्र विधानत: हुनुपर्ने सबै काम गर्नुहुन्छ, सभापतिजीले गृहकार्य गरिरहनुभएको छ । सबै मनोनयन एकैपटक गर्ने तयारी देउवा निकट एक नेताका अनुसार जेठभित्र सबै मनोनयन एकैपटक टुंग्याउने तयारी देउवाले गरेका छन् ।

‘म आफैं ४ दिनलाई भनेर १० दिन उपचारको क्रममा दिल्ली बसें, पछि रामचन्द्रजी र शशांकजी अमेरिका जानुभयो’ देउवाको भनाई उद्यृत गर्दै ति नेताले भने, ‘अब पटकपटक गर्दा विवाद हुन सक्छ, त्यसैलै पदाधिकारी चयन, केन्द्रीय सदस्य, विभाग संयोजक, संसदीय समितिको विषयलाई अब एकैपटक टुंग्याउने तयारी गर्दैछु ।’ बजेट आएपछि केन्द्रीयसमिति बसेर सबै विषयलाई टुंग्याउने तयारी देउवाले गरेका छन् ।news24nepal

Continue Reading…

यस्तो आउँदै छ लोकप्रिय बजेट

प्रधानमन्त्रीले भाषणमा घोषणा गरेका सबै कार्यक्रमलाई बजेटबाट सम्बोधन गर्ने अर्थमन्त्रीको प्रयास गरिएको छ ।

विराटनगर विमानस्थलमा वैशाख १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘अहिले सरकारबारे जे टिप्पणी छ गर्नुस्, बजेट आएपछि सबैले सरकारलाई नै सम्झन थाल्नेछन् ।’ आफूद्वारा प्रस्तुत विभिन्न योजनामाथि ‘हावादारी’ भन्दै टिप्पणी हुन थालेपछि त्यसको बचाउ गर्दै प्रधानमन्त्री ओलीले बजेटमार्फत त्यसलाई सम्बोधन हुने बताएका थिए ।
7
अहिले सरकारबारे जे टिप्पणी छ गर्नुस्, बजेट आएपछि सबैले सरकारलाई नै सम्झन थाल्नेछन् ।’ आफूद्वारा प्रस्तुत विभिन्न योजनामाथि ‘हावादारी’ भन्दै टिप्पणी हुन थालेपछि त्यसको बचाउ गर्दै प्रधानमन्त्री ओलीले बजेटमार्फत त्यसलाई सम्बोधन हुने बताएका थिए ।

यो पृष्ठभूमिमा ओलीले आफूले विभिन्न समयमा बोलेका कुरालाई बजेटमा समेट्ने आँकलन गर्न सकिन्छ । सरकारले नीति तथा कार्यक्रममार्फत १४ जेठमा आउने बजेट कस्तो आउला भन्ने छनक पनि दिइसकेको छ ।

आर्थिक वृद्धिको महत्त्वाकांक्षी योजना

आत्मनिर्भर र बलियो अर्थतन्त्रको जग बसाल्ने उद्घोष गरिरहेको सरकारले आर्थिक वर्ष ०७३/७४ देखि ०७५/७६ सम्मलाई आर्थिक वृद्धिको साहसिक प्रारम्भ चरण, ०७६/७७ देखि ०७८/७९ सम्मलाई उत्साहजनक रूपान्तरणको चरण, ०७९/८० देखि ०८१/८२ सम्मलाई दोहोरो अंकको आर्थिक वृद्धिको चरण र ०८२/८३ दिगो आर्थिक वृद्धिको चरणमा वर्गीकरण गरेको छ ।

बिमामा थप अनुदान

बिमा बजार विस्तारका लागि सरकारले जीवन तथा निर्जीवन बिमा कार्यक्रममा थप अनुदानको तयारी गरेको छ । अहिले सरकारले कृषि बिमामा ७५ प्रतिशत प्रिमियम अनुदान दिँदै आएको छ । अब निर्जीवन बिमाको अरू क्षेत्र तथा जीवन बिमामा पनि नयाँ घोषणा हुने स्रोतको दाबी छ ।

पूर्वाधारमा जोड

सरकारले आगामी वर्षको बजेट पूर्वाधार निर्माणमा केन्द्रित गर्ने तयारी पनि गरेको छ । त्यससँगै भूकम्पपछिको पुनर्निर्माणलाई केन्द्रमा राखिएको बताउँछन् अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार नेपाल । ‘अहिलेको मुख्य आवश्यकता भनेको पूर्वाधार विकास र भूकम्पपछिको पुनर्निर्माण हो, त्यसैलाई केन्द्रमा राखेर बजेट निर्माण भइरहेको छ,’ उनले भने ।

सरकारले काठमाडौं–तराई मधेस फास्ट ट्रयाक, गल्छी–रसुवागढी सडक स्तरोन्नतिलगायतका सडक पूर्वाधारमा जोड दिन लागेको छ । लगानीको मोडलमा विवाद भएको फास्ट ट्रयाक आफैँले निर्माण गर्ने घोषणा सरकारले गरिसकेको छ ।सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि ३० अर्ब रुपैयाँ दिने तयारी गरेको छ ।

चालू आर्थिक वर्षमा यो आयोजनाका लागि तीन अर्ब बजेट विनियोजन गरिएको भए पनि त्यो रकम खर्च हुन सकेको छैन । १२ सय मेगावाटको यो आयोजना निर्माणको कुल लागत दुई खर्ब ६० अर्ब रुपैयाँ रहेको छ ।

तराईलाई तीन कार्यक्रम

तराई आन्दोलनको केन्द्र, मध्य तथा पूर्वी तराईको विकासका लागि सरकारले तीनवटा कार्यक्रम बजेटमार्फत अगाडि सार्ने तयारी गरेको छ ।

भारतले जिम्मा लिएकोबाहेकका क्षेत्रमा हुलाकी राजमार्ग निर्माण, कन्काई सिँचाइ आयोजना तथा जनकपुर क्षेत्र विकासको कार्यक्रम अगाडि सार्ने तयारी मन्त्रालयको छ ।सरकारले तराईका मुख्य दुई पर्यटकीय गन्तव्य जनकपुर र लुम्बिनीलाई समेटेर धार्मिक पर्यटनको प्रमुख गन्तव्यस्थलको सूची बनाउने तयारी पनि बजेटबाट नै गरेको छ ।

त्यसका लागि मुक्तिनाथसहित अरू ६ स्थानको पनि पहिचान गरेर कार्यक्रम अगाडि बढाइने स्रोतले जनाएको छ ।

को–को छन् बजेट निर्माण समूहमा ?

विष्णु पौडेलका लागि अर्थ मन्त्रालयको जिम्मेवारी चुनौतीपूर्ण छ । अर्थतन्त्रको आधारभूत ज्ञानको समेत कमी भएको भनेर सुरुदेखि नै आलोचना खेपिरहेका पौडेल अहिले बजेट निर्माणको अन्तिम चरणमा छन् ।

पौडेललाई बजेट बनाउन अर्थसचिव लोकदर्शन रेग्मी, राजस्वसचिव राजन खनाल र सल्लाहकार नेपालले सघाइरहेका छन् । यस्तै, उनको ‘कोर टिम’मा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव रामशरण पुडासैनी र अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव मुकुन्दप्रसाद पौड्यालले सघाइरहेका छन् ।

बजेट निर्माणमा अर्थमन्त्री बनिसकेका एमालेका नेताहरूको सहयोग मन्त्री पौडेलले लिएका छैनन् । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणका क्रममा आफूहरूले अर्थमन्त्रीसँग एकपटक मात्रै छलफल गरेको बताए ।

‘सामूहिक रूपमा पूर्वअर्थमन्त्रीको छलफलमा गएर आफ्ना कुरा राखेको मात्रै हो,’ पाण्डेले भने, ‘त्यसबाहेक छुट्टै सुझाब माग्नुभएको छैन ।’बजेट निर्माण थालिएसँगै अर्थमन्त्री पौडेल बिहान ७ बजे मन्त्रालय पुग्ने गरेका छन् । उनी राति ८ बजेसम्म मन्त्रालयमा नै बस्ने गरेका छन् ।

मन्त्रीसँगै सल्लाहकार तथा सहसचिवहरू पनि बिहानै मन्त्रालय पुग्छन्, राति मन्त्री निस्किएपछि मात्रै घर जाने गरेका छन् ।

छलफल भइरहेको छ : उपप्रधानमन्त्री रायमाझी
प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले सत्ता साझेदार दलहरूसँगको छलफलमै बजेट निर्माणको काम भइरहेको बताए ।

‘मैले पटकपटक अर्थमन्त्रीलाई एक्लै भेटेर हाम्रो कुरा राखेको छु,’ उनले भने, ‘सबै कुरा सहमतिका साथ नै अगाडि बढेको छ, हामीले मन्त्रालयगत र पार्टीका एजेन्डाहरू पनि अर्थमन्त्रीलाई बुझाइसकेका छौँ ।’

को–को छन् बजेट निर्माण समूहमा ?
विष्णु पौडेलका लागि अर्थ मन्त्रालयको जिम्मेवारी चुनौतीपूर्ण छ । अर्थतन्त्रको आधारभूत ज्ञानको समेत कमी भएको भनेर सुरुदेखि नै आलोचना खेपिरहेका पौडेल अहिले बजेट निर्माणको अन्तिम चरणमा छन् ।
पौडेललाई बजेट बनाउन अर्थसचिव लोकदर्शन रेग्मी, राजस्वसचिव राजन खनाल र सल्लाहकार नेपालले सघाइरहेका छन् । यस्तै, उनको ‘कोर टिम’मा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव रामशरण पुडासैनी र अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव मुकुन्दप्रसाद पौड्यालले सघाइरहेका छन् ।
बजेट निर्माणमा अर्थमन्त्री बनिसकेका एमालेका नेताहरूको सहयोग मन्त्री पौडेलले लिएका छैनन् । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणका क्रममा आफूहरूले अर्थमन्त्रीसँग एकपटक मात्रै छलफल गरेको बताए । ‘सामूहिक रूपमा पूर्वअर्थमन्त्रीको छलफलमा गएर आफ्ना कुरा राखेको मात्रै हो,’ पाण्डेले भने, ‘त्यसबाहेक छुट्टै सुझाब माग्नुभएको छैन ।’बजेट निर्माण थालिएसँगै अर्थमन्त्री पौडेल बिहान ७ बजे मन्त्रालय पुग्ने गरेका छन् ।

उनी राति ८ बजेसम्म मन्त्रालयमा नै बस्ने गरेका छन् । मन्त्रीसँगै सल्लाहकार तथा सहसचिवहरू पनि बिहानै मन्त्रालय पुग्छन्, राति मन्त्री निस्किएपछि मात्रै घर जाने गरेका छन् ।

पपुलिस्ट भनेर प्रचारित बजेटमा के छ ?प्रधानमन्त्रीका घोषणा समावेश हुन्छन् : नेपाल
प्रधानमन्त्री भएपछि ओलीले जनतालाई विभिन्न महत्त्वाकांक्षी घोषणा गर्दै आएका छन् । उनका घोषणा सम्बोधन गर्ने गरी बजेट आउने अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. गोविन्द नेपालले बताए ।

‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले बोलेका कुरा कार्यान्वयन गर्ने गरी अघि बढ्नैपर्छ,’ नेपालले भने, ‘त्यसलाई कसरी समावेश गर्न सकिन्छ, अधिकतम् कोसिस हामी गर्छौँ ।’ प्रधानमन्त्री ओलीले दुई वर्षभित्र तुइन विस्थापन, पाइपबाट खाना पकाउने ग्यास वितरण, ग्यास तथा पेट्रोल उत्खनन, दुई वर्षभित्रमा लोडसेडिङको अन्त्य, समुद्रमा पानीजहाज सञ्चालन, काठमाडौंमा मेट्रो रेल सञ्चालनजस्ता घोषणा गरेका थिए ।

पुनर्निर्माणमा एक खर्बभन्दा धेरै
सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि एक खर्ब २० अर्ब रुपैयाँ बजेट छुट्याउने तयारी गरेको छ । चालू वर्षमा ९१ अर्ब रुपैयाँ बजेट यो शीर्षकमा छुट्याइएको छ । यद्यपि यो रकम पनि खर्च हुन सकेको छैन । ‘दाताले दिने सहायता र सरकारी बजेटको तादात्म्यता मिल्ने गरी बजेट विनियोजन हुन्छ,’ नेपालले भने ।

सरकारले आगामी वर्षमा पनि चालू आर्थिक वर्षको जस्तै गरी पुनर्निर्माणमा खर्च गर्ने तयारी गरेको छ । यो वर्ष पनि प्राधिकरणमार्फत बजेट जाने र सम्बन्धित मन्त्रालयले खर्च गर्ने गरी काम अगाडि बढाइएको नेपालले बताए ।

लोकप्रिय कार्यक्रमको ओइरो
सरकारले यसअघि नै घोषणा गरेको किसानलाई पेन्सन कार्यक्रम पनि बजेटबाट नै ल्याउने तयारी गरेको छ । यसका लागि कृषि विकास मन्त्रालयले दुई अर्ब बजेट माग गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यस्तै, सरकारले बजेटमार्फत १० वर्षमा १० लाखलाई रोजगारी कार्यक्रम पनि ल्याउने तयारी गरिरहेको छ । यस्तै, नाराकै रूपमा ‘युवा स्वदेशमा, नेपाली उत्पादन विदेशमा’ कार्यक्रम पनि अगाडि बढाउने तयारी सरकारको छ ।
सरकारले भगत सर्वजित युवा विकास कार्यक्रम, आजको निचोड, पूर्ण औद्योगीकरणमा जोड, उद्योग मन्त्रालयको साथ, उद्यमीको हात, कुटिर उद्योगको प्रोत्साहनलगायतका कार्यक्रम पनि बजेटबाट घोषणा गर्ने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

के-के बढ्दै छन् ?

बजेटमार्फत यसपटक सरकारले सामाजिक सुरक्षा भत्ता तथा सांसदहरूले गर्न पाउने खर्चको सीमा पनि बढाउने तयारी गरिरहेको छ । ‘सामाजिक सुरक्षा भत्ता, सांसद विकास कोष र कर्मचारीको तलब बढाउने तयारी मन्त्रालयको छ,’ स्रोतले भन्यो, ‘के–कति बढ्छ भनेर अहिले नै टुंगो लागेको छैन, सायद आज (बुधबार)सम्ममा यी विषयमा हिसाबकिताब मिल्छ होला ।’

स्रोतका अनुसार सामाजिक सुरक्षा भत्ता र सांसद विकास कोषको रकम कम्तीमा ५० प्रतिशतका दरले बढाउने तयारी मन्त्रालयको छ । सरकारले यसरी रकम वितरण गर्दा तत्कालका लागि लोकप्रिय भए पनि यसले बजेट प्रणालीमा दीर्घकालीन भार थप्ने विश्लेषकहरूको भनाइ छ ।

कसरी जुटाउने स्रोत ?

राष्ट्रिय योजना आयोगले सरकारलाई नौ खर्ब नौ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको थियो । सरकारले सिलिङको ५५ प्रतिशत रकम राजस्वबाट व्यवस्थापन गर्ने तयारी गरेको छ ।

त्यसका लागि पाँच खर्ब रुपैयाँ राजस्व असुली गर्नुपर्छ । यो रकम चालू आर्थिक वर्षको लक्ष्यभन्दा २५ अर्ब धेरै हो । चालू आवमा सरकारले चार खर्ब ७५ अर्ब राजस्व असुलीको लक्ष्य लिएको थियो । तर, नाकाबन्दीका कारण सरकारी लक्ष्य पूरा नहुने देखिएको छ । यो वर्ष चार खर्ब ५५ अर्ब राजस्व असुली हुने अनुमान सरकारको छ ।

चालू आर्थिक वर्षको बजेटबाट दुई खर्ब रुपैयाँ बजेट बचत हुने अनुमान अर्थ मन्त्रालयको छ । यो रकम पनि आगामी वर्ष खर्च गर्ने तयारी सरकारको छ ।यी दुई स्रोतबाट अपुग हुने रकम आन्तरिक तथा वैदेशिक ऋण तथा अनुदानबाट प्राप्त गर्ने सोच सरकारको छ।news24nepal

Continue Reading…

दाहाललाई जवाफ दिन आदेश

सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई अदालत मानहानि मुद्दामा तीन दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत अदालत उपस्थित भएर बयान दिन आदेश दिएको छ।कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मंगलबार दाहाललाई यस्तो आदेश दिएको हो।
द्वन्द्वकालीन मुद्दाका फैसलाबारे टिप्पणी गर्दा अदालतको मानहानि भएको दाबी गर्दै अधिवक्ता दिनेश त्रिपाठीले दाहालविरुद्ध जेठ ४ गते सर्वोच्चमा रिटनिवेदन दर्ता गरेका थिए ।मंगलबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले दाहाललाई अदालतविरुद्ध अभिव्यक्ति दिए÷नदिएबारे बयान दिन बोलाएको हो

गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्की दिँदै दाहालले ‘अदालतको जात के हो ?’ भनी सार्वजनिक कार्यक्रममा प्रश्न गरेको समाचार गएको जेठ १ गते नागरिक दैनिकमा प्रकाशित भएको थियो ।6

दाहालको अभिव्यक्तिबाट सर्वोच्च र जिल्ला अदालतको मर्यादामाथि गम्भीर आघात पुगेको र त्यसबाट अदालतको अवहेलना भएको दाबी निवेदनमा छ । आदेशमा अदालतविरोधी अभिव्यक्ति दिनुको कारण लिखित रुपमा पेस गर्नसमेत भनिएको छ । सर्वोच्चले वारेस नराखी दाहाललाई स्वयं अदालत उपस्थित भई अभिव्यक्तिबारे स्पष्ट पार्न भनेको हो ।

अधिकारी हत्याप्रकरणमा आरोपितमध्ये एकलाई थुनामा राखेर अनुसन्धान गर्न केही महिनापहिले सर्वोच्चले जिल्ला अदालत, चितवनलाई अनुमति दिएको थियो । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गर्न खोज्दा जिल्ला अदालत र सर्वोच्चविरुद्ध दाहालले अभिव्यक्ति दिएको निवेदनमा छ ।

निवेदकले दाहाललाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ बमोजिम अदालतमै उपस्थित गराई हदैसम्म कारबाही गर्न माग गरेका थिए । अभियोग ठहर भए उक्त दफाबमोजिम दाहाललाई एक वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुन सक्छ ।

जिल्ला, पुनरावेदन हँुदै सर्वोच्च प्रवेश भएको उक्त मुद्दामा अन्तरिम फैसला सुनाउदै मुद्दाको सुनुवाइ प्रक्रिया निरन्तर राख्न भनेको थियो । थुनामुक्त भएका अभियुक्तलाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भनी सर्वोच्चले दिएको आदेशलाई लक्षित गर्दै दाहालले अदालतको जात सोधेका थिए ।

राजनीतिक व्यक्तिलाई अदालतको जात वा फैसलाका विषयमा गलत टिप्पणी गर्ने अधिकार संविधानले नदिएकाले कारबाही हुनुपर्ने दाबी निवेदनमा गरिएको छ ।

अध्यक्ष दाहालले एक कार्यक्रममा ‘शान्ति सम्झौताअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दामा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षड्यन्त्र गरेको’ आरोप लगाएका थिए । उनले द्वन्द्वकालीन मुद्दामा अदालतको फैसला आफूहरुले स्वीकार नगर्ने चेतावनीसमेत दिएका थिए ।

‘न्यायालयले परिवर्तन प्रक्रियालाई आत्मसात गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा नियमित घटनामा जसरी फैसला सुनाउने कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुनेछैन’ भनी दाहालले अदालतलाई आफूअनुकूल आदेश गर्न चेतावनी दिएको जिकिर निवेदनमा छ । दाहाल संविधानबमोजिम गठित एउटा राजनीतिक दलको प्रमुख, सत्तारुढ घटकको प्रमुख नेता एव पूर्वप्रधानमन्त्री समेत भएकाले अवहेलनामा हदैसम्म कारबाही हुनुपर्ने निवेदनमा जिकिर गरिएको थियो ।

सरकारमा सहभागी भएको एक प्रमुख दलका नेताले अदालतविरुद्ध अभिव्यक्ति दिँदा न्यायालयको गरिमामा आँच आउने भएकाले कारबाही हुनुपर्ने निवेदनमा उल्लेख छ । सर्वोच्चले अध्यक्ष दाहाललाई आदेश जारी भएको म्याद बुझेको तीन दिनभित्र अदालत आउन भनेको छ । त्यसपछिको सुनुवाइले दाहालको अभिव्यक्तिका विषयमा अर्को निर्णय सुनाउनेछ ।

अहिले निवेदनमा एकल बहसका आधारमा सर्वोच्चले यस्तो आदेश गरेको हो । सर्वोच्चले दुवै पक्षको बहसपछि अवहेलना कारबाही गर्ने वा निवेदन खारेज गर्ने भन्ने निर्णय लिनेछ ।news24nepal

Continue Reading…

मोदी फर्किएपछि ‘केही’ हुने विश्वास

काठमाडौं–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २७ गते संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणमा जानुहुने र उक्त भ्रमणबाट फर्किएपछि नेपालमा उत्पन्न समस्या समाधानका निम्ति मोदीले विशेष तत्परता लिनुहुने विश्वास नेपाल र भारतका बुद्विजिवी एवम् विश्लेषकहरुले गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी बाराक ओबामा राष्ट्रपति भएताका 5आठौं वर्षभित्र राजकीय भ्रमणका निम्ति निमन्त्रणा पाउने नर्वौं विदेशी नेता हुनुहुन्छ । मोदीको भ्रमणलाई अमेरिकाले उच्च महत्व दिने तयारी गरेको बुझिएको छ । यो भ्रमणमा मोदीले अमेरिका र भारतबीचको सम्बन्धलाई सुदृढ तुल्याउने र एसियामा भारतले आफ्नो हित तथा क्षेत्रिय शान्ति र स्थानीयत्वको लागि चाल्ने कदमप्रति अमेरिकी साथ प्राप्त गर्नुहुने ठानिएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।ratopati

Continue Reading…

सिके राउतका मान्छे एकैठाउँ सोत्तर

काठमाडौं–बुद्व जन्मथलो लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्व सम्मेलनभित्र छिरेर विदेशीका समूह अलग राष्ट्रको नारा उराल्ने सिके राउतको योजना तुहिएको छ । कार्यक्रमस्थलमा पस्न लागेका उनीसमर्थक केहीलाई लाइनबाटै थुतिएको हो भने केहीलाई चाहिँ विशेष सुराकीका आधारमा बाहिरै गिरफ्तार गरिएको थियो । खानतलासीको दौरान केहीबाट छुट्टै नेपाल झल्कने टोपी, 4पर्चा र झण्डा बरामद भएको बताइन्छ । प्रहरीको आँखा छलेर भित्रैसम्म पुगेकालाई समेत पछि पहिचान गरेर पक्रिएको सुरक्षा स्रोतको दाबी छ । बुद्वजयन्तीका दिन ८ गते शनिबार यसरी पक्राउ परेकामध्ये १० जना उमेर नपुगेका कलिला केटा भएको कारण रिहा गरिएको छ भने २० जनालाई अनुसन्धानको निम्ति हिरासतमा राख्न अदालतले ६ दिनको म्याद थपेको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।ratopati

Continue Reading…

प्रधानमन्त्री ओलीविरुद्ध एमालेभित्र नयाँ गठबन्धन

काठमाडौं, १२ जेठ । केपी ओलीको नेतृत्वमा सरकार बनेको आठ महिना बित्न नपाउँदै उनकै पार्टी एमालेभित्र असन्तुष्टिका स्वर चर्किन थालेका छन् ।
पार्टीका दुई वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले आफू पक्षधर नेताकार्यकर्ताको भेला गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।3
पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले सरसल्लाहका लागि कुनै उपयुक्त फोरम नदिएको भन्दै उनीहरुले दुईदिने भेला आयोजना गरेका हुन् । भेला मंगलबार सुरु भई बुधबार समापन हुँदैछ ।
नेपाल–खनाल पक्षले आगामी दसौं महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारका रुपमा नेपाललाई अगाडि सारेको छ ।
ओली पक्षले यस्तो भेला गर्न र आफ्नो समूह बलियो बनाउन मदन भण्डारी प्रतिष्ठान र नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रलाई ब्यानर बनाउँदै आएका छन् ।
प्रतिष्ठानमा देशभर ओली पक्षका नेताकार्यकर्ता छन् भने केन्द्रमा नेपाल पक्षका छन् ।
dainiknepal

Continue Reading…

वार्तामा मधेसी मोर्चा नआएपछि सत्तारूढ र प्रमुख विपक्षी दलले गरे यस्तो निर्णय

बुधबार, १२ जेठ
काठमाडौ । सत्तारूढ र प्रमुख विपक्षी दल आन्दोलनरत संघीय गठबन्धनसँग विगतमा टुटेकै विन्दुबाट छलफल अघि बढाउन तयार भएका छन् । उनीहरूले आन्दोलनरत दलहरूलाई वार्ता र छलफलमा बस्न संयुक्त आहवान पनि गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले मंगलबारका लागि बोलाएको छलफलमा आन्दोलनरत गठबन्धन अनुपस्थित रहे पनि सत्तारूढ र प्रमुख विपक्षी कांग्रेसबीच सिंहदरबारमा छलफल भयो ।
प्रदेशको सीमांकन पुनरावलोकन गर्न समिति बनाउनेबारे यसअघि सैद्धान्तिक सहमति भएको थियो । तर आन्दोलनरत मधेसी दलहरूले तराईमा दुई प्रदेश हुने गरी समितिको कार्यादेश सुुरुमै तोक्नुपर्ने अडान राखेका थिए ।
मधेसी दलको उक्त अडान मान्न नसक्ने जवाफ अन्य प्रमुख दलहरूले दिएपछि दुई पक्षको संवाद टुटेको थियो । अब त्यही विन्दुबाट छलफल अघि बढाउने दलहरूले बताएका छन् ।2
‘वार्ताबाट समस्या समाधान गर्ने वस्तुनिष्ट आधार तयार गर्नुपर्छ र त्यसका लागि औपचारिक र अनौपचारिक दुवै तबरबाट छलफल अघि बढाउने कुरा भएको छ,’ बैठकपछि प्रमुख प्रतिपक्षी कांग्रेस नेता महेश आचार्यले भने, ‘यसअघि मोर्चासँग वार्ता गर्दा सीमांकन पुनरावलोकनका लागि बनाउने समितिको क्षेत्राधिकारबारे कुरा मिलेको थिएन, त्यसमा टेकेर छलफल गर्नुपर्छ बरु के शब्द पदावली राख्दा हुन्छ त्यो प्रयोग गरेर जाऔं भन्ने कुरा पनि भएको छ ।’
संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने आवश्यकता भएकाले त्यसका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले पनि छलफल र वार्ताको वातावरण बनाउन अधिकतम पहल गर्ने नेता आचार्यले जनाए । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh

Continue Reading…

अब राहदानी एकै दिनमा!

मेसिन रिडेबल पार्सपोर्ट (एमआरपी) अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ। राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध
गराउने तयारी गरेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।1

सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो। विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको छ

‘अब सेवाग्राहीको आवश्यकताअनुसार एकै दिनमा एमआरपी दिने तयारी भइरहेको छ, द्रुत सेवाको शूल्क के कति लिने भन्नेबारे टुंगो लागेको छैन,’
विभागका महानिर्देशक लोकबहादुर चन्दले भने,’ सेवाग्राहीबाट बढी शूल्क लिने उद्धेश्य होइन, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने प्रयास हो।news24nepal

Continue Reading…

चीनले ‘वान वेल्ट वान रोड’ योजना अगाडि बढाइएकोमा भारत असन्तुष्ट

१२ जेठ, काठमाडौं ।

नेपालले पनि समर्थन जनाएको ‘वान वेल्ट वान रोड’ एसिया परियोजनालाई चीनले एकतर्फी रुपमा अगाडि बढाएको भन्दै भारतले कडा रुपमा असन्तुष्टि व्यक्त गरेको छ ।

भारतिय राष्ट्रपति प्रवण मुखर्जीले ‘यस्तो क्षेत्रीय परियोजना सर्वस्वीकार्य अन्तर्राष्ट्रिय मान्यता र अभ्यासद्वारा निर्देशित हुनुपर्ने तथा सबै सम्वन्धीत पक्षहरुको चासो प्रतिविम्बित हुनुपर्ने’ बताएका छन् ।leaa

आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वालाई दिएको अन्तवार्तामा भारतीय राष्ट्रपति मुखर्जीले ‘यस परियोजनासँग सम्वन्धित सवै मुलुकहरुसँग परामर्श आवश्यकता’ रहेको बताएका छन् ।

इकोनोमिक टाइम्स पत्रिकाको मंगलबार संस्करणले राष्टपति मुखर्जीले व्यक्त गरेको सांकेतिक असन्तुष्टीलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

‘कनेक्टीभिटी हाम्रो राष्ट्रिय विकासको महत्वपूर्ण पाटो हो । भारतले अरु मुलुकहरुसँग सहकार्य गर्दै धेरै परियोजना अगाडी बढाएको छ,’ मुखर्जीले भनेका छन् । उनले परियोजनालाई अगाडि बढाउन सबै एसियाली मुलुकहरुको बीचमा परामर्शको आवश्यकता औंल्याएका छन् । मुखर्जीले मंगलबारदेखि चीनको भम्रण सुरु गदै छन् ।

यो परियोजनालाई ‘चीनले आफ्नो आर्थिक बलबुताका भरमा एकतर्फी रुपमा अगाडि बढाउन चाहेको’ भारतले बुझेको छ । यस्तो परियोजनाले सम्बन्धित मुलुकको राष्टिय स्वार्थमा पार्न सक्ने असरका सम्वन्धमा चीनले ध्यान नदिएको वताउँदै आएको छ ।

‘धनी मुलुक चीनले सडक र सामुद्रीक सम्पर्क (कनेक्टीभिटी)लाई अन्य सम्वन्धीत मुलुकसँग परामर्श नगरी एकतर्फी रुपमा अगाडी बढाएको भारतको बुझाई रहेको छ,’ समाचारमा उल्लेख छ ।

उता चिनियाँ अधिकारीहरुले भने भारत चीनले नेतृत्व लिएको यो परियोजनामा सहभागी हुनुपर्ने बताईरहेका छन् । चीनको आधिकारिक समाचार एजेन्सीले केही दिन अगाडि मात्र काठमाडौमा यस परियोजनाको वारेमा केही नेपाली तथा चिनियाँ अधिकारीहरुसँग छलफलको आयोजना गरेको थियो ।

कतिपयले नेपाल र भारतमा चीनको यो परियोजनालाई एसियाली मुलुकहरुमा आफ्नो प्रभाव बढाउने रणनीतिक औजारको रुपमा उपयोग गरेको बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines

Continue Reading…

प्रधानमन्त्री ओलीविरुद्ध एमाले वरिष्ठ नेता नेपालको कडा प्रहार

काठमाडौं, १२ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई सुहाउँदा र सक्ने सपना मात्रै देख्न आग्रह गरेका छन् ।
नपत्याउँदा सपना बाँडेर माजाकको पात्र नबन्न उनले आफ्नै दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सुझाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।kada
प्रधानमन्त्रीले एकपछि अर्को विकासका योजना घोषणा गर्दै गएकोमा मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले व्यंग्य गर्दै नेपालले भने, ‘घरघरमा ग्यास पाइप फिट गरिदिने कुरा पनि आएको छ, सपना देख्न पाइन्छ तर यो कुरा सगरमाथाबाट दार्चुलासम्म केबलकार चलाउँछु, विदेशबाट १० करोड पर्यटक भित्र्याउँछु भनेजस्तै हो । सपना देख्नुपर्छ, सपना देख्नु राम्रो पनि हो तर त्यो यथार्थ र तथ्यसंगत हुनुपर्छ ।’
dainiknepal

Continue Reading…

पाइपलाइबाट ग्यास आपूर्तिबारे अध्ययन गर्न जापानी टोली नेपालमा

ठूला अपार्टमेन्ट तथा होटलमा पाइपलाइबाट ग्यास आपूर्ति गर्ने विषयमा दुई सदस्यीय जापानीज विज्ञको टोली नेपाल आइपुगेका छन् ।स्वतन्त्ररुपमा आएका जापानिज विज्ञ टोलीले पछिल्लो तीन दिनदेखि नेपालको विभिन्न स्थानमा अध्ययन गर्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।toly

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार स्वतन्त्ररुपमा आएको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन र निगमसँग छलफल गरेर ठूला अर्पाटमेन्ट तथा होटलमा सिलिन्डररहित खाना पकाउने ग्यास आपूर्ति गर्ने विषयमा अध्ययन गरिरहेको छ।
एउटा अपार्टमेन्ट र होटलमा सयौं सिलिन्डर प्रयोगमा ल्याउनुभन्दा पाइपलाइनबाट सुरक्षित रूपमा ग्यासको आपूर्ति र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा टोलीले अध्ययन गरिरहेको छ।news24nepaltv

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ १२ गते बुधबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । कर्मसिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । अभिभावकको आशीर्वादले काम गर्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले आज गरिएको कामबाट राम्रो आर्थिक लाभ हुने सम्भावना छ । त्यसैले दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । छात्रछात्राले चाहेको उपलब्धी प्राप्त गर्न सक्नेछन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । रोजगारी र व्यापारव्यवसायमा आजको दिन विशेष महत्वको दिन हुनेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मसन्तुष्टि नहुनाले दिक्क लाग्नेछ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । दिन मध्यमखालको छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, अझ श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा लाभ हुनेछैन । दैनिकीमा खर्च बढ्ने छ । दिक्क र झर्कोलाग्दो यात्राको योग छ । परपाहुनाको चाप बढ्नसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आज जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

फेसबुकबाट कसरी कमाउने डलर ? (पढ्नुस् टिप्स)

के तपाइको फेसबुक क्रेजी हुनुहुन्छ ? उसो भए तपाईका लागि खुसीको कुरा छ । अब तपाइले फेसबुक चलाएरै डलर कमाउन सक्नु हुन्छ । यो कुनै रमाइलो गफ होइन साचो कुरा हो । फेसबुकले एक नयाँ आकर्षक फिचर ल्याउने भएको छ । छिट्टै सार्वजनिक गर्ने तयारी गरिएको उक्त फिचरमार्फत प्रयोगकर्ताले राम्रो पोष्ट गरि कमाई गर्न सक्ने छन् ।
‘टिप् जार’ नामक फिचर ल्याउने तयारी गरेको फेसबुकको यो फिचरका कारण प्रयोगकर्ताले गरेको पोष्टमा लाईकको स्थानमा नगद टिप पाउने अनुमान गरिएको छ । यसको प्रयोगबाट प्रयोगकर्तालाई प्रत्यक्ष फाईदा हुनेछ।

bata
पैसा कमाउने सबैभन्दा राम्रो उपाय फेसबुकको यो नयाँ प्रोडक्टको बारेमा ‘द भर्ज’ले लेखेको छ, फेसबुकको एक सर्भेमा सोधिएको छ कि साइटमा पैसा कमाउने सबै भन्दा उत्तम उपाय के हुन सक्दछ ?’

यसमा दिइएको अप्सनमा एक अप्शन ‘टिप जार’ पनि रहेको ‘द भर्ज’ ले समाचार लेखेको छ। फेसबुक टिप जार फिचरले लाइक बटनले जस्तै काम गर्नेछ । यसमार्फत राम्रो पोष्ट सार्वजनिक गर्ने प्रयोगकर्ताको पोष्टमा आएको क्लिक अनुसार प्रयोगकर्ताले कमाउन सक्ने बताइएको छ।

पोष्टबाट यसरी मिल्नेछ पैसा यसप्रकार पैसा कमाउने प्रविधिलाई माइक्रोपेमेन्ट भनिन्छ । यो केहि पुरानो प्रविधि हो। फ्लैटर जस्तो कम्पनीहरुले प्रयोगकर्तालाई केहि फन्ड एड गर्ने अनुमती दिने गर्दछन ।

जसमा उनीहरू आफुलाई मन पर्ने कन्टेन्टमा खर्च गर सक्नेछन। ब्लेंन्डल जस्तो सर्भिस पनि केहि स्टोरीमा थोरै पैसा खर्च गर्ने सुविधा दिने गर्दछन। फेसबुकमा चर्चित हुने त्यसो त यस्तो सेवाको साथमा समस्या पनि रहेको छ। धेरैले यस्तो सुविधा प्रयोग गर्दैनन। तर फेसबुकको बजार अन्यको भन्दा फराकिलो रहेको छ र सोसियल साइडमा सबै भन्दा बढी प्रयोगकर्ता पनि रहेका छन।

त्यसैले पनि फेसबुकमा यो सुविधा अत्यन्त सफल र चर्चित हुने विश्वास गरिएको छ। फेसबुकले आफ्नो आम्दानी प्रयोगकर्तालाई सेयर गर्दैन भन्ने आरोप थेग्दै आएको छ। आलोचकलाई चुप गराउन पनि फेसबुकलाई यो नयाँ प्रयोग फाइदाजनक हुने देखीएको छ। यूट्यूबमा पहिलेदेखि नै उपलब्ध फेसबुकमार्फत प्रयोगकर्तालाई सोधिएको पैसा कमाउने विकल्पमा डोनेट बटन, एड रेभेन्यु र ब्रेडेड समावेस थियो।

यद्दपी यूट्यूबले आफ्नो प्रयोगकर्ताको लागि यस अघि नै यस प्रकारको सेवा उपलब्ध गराउदै आएको छ। जसकारण यूट्यूबका प्रयोगकर्ताले लाखौ कमाउदै आएका छन । बिजपाटी बाट ।

Continue Reading…

फेसबुकमा सुन्दर युवतीलाई साथी बनाउँदा…

काठमाडौं : फेसबुकको प्रोफाईलमा राम्री युवती देख्नैवित्तिकै साथी बनाउँदै हुनुहुन्छ भने सोच्नुहोला । नत्र, भारत घर भई हाल महाबौद्धमा बस्ने रोशन गुप्ता जस्तै फस्नु होला । धापासी बस्ने विक्रम ज्ञवाली र केविन केसीले फेसबुकमा ‘सुवास्ना गौतम’ नामको नक्कली आइडी बनाएर गुप्ताबाट चार लाख १७ हजार रुपैंया ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडित गुप्ता महानगरीय प्रहरी अपराध महाशाखामा पुगेर उजुरी दिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा महावौद्धमा कपडा पसल गरिबस्ने गुप्तालाई साथी बनाईसकेपछि नाटकीयरुपमा च्याट गरी ‘तिम्रो मायाले हाम्री बहिनीले हात काटी अस्पतालमा उपचार गराइरहेकी छिन्, उपचारको लागि ५५ हजार रुपैयाँ दिने भए देउ होइन भने पुलिस केश गरिदिन्छु’ भनेर धम्क्याएको फेला पार्‍यो ।facebook
त्यतिमात्रै होइन ज्ञवाली र केसीले गुप्ताको पसलमा गई आफूहरु सुवास्नाको दाजु रहेको र उपचारको लागि पैसा नदिए जे पनि हुनसक्छ भन्दै धम्की समेत दिएको पीडित गुप्ताले प्रहरीलाई बताएका छन् । उनीहरुले पटकपटक गरी गुप्ताबाट चार लाख १७ हजार रुपैंया असुल गरेको जानकारी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले दिए ।
महाशाखाका अनुसार चार लाख बढी रकम असुली गरेपछि पनि ज्ञवाली र केसीले थप दुई लाख रुपैंया मागेपछि गुप्ता प्रहरीको सरणमा पुगेका थिए । प्रहरीले ज्ञवाली र केसीलाई पैसा लिन बोलाएको जसरी नाटकीय ढंगबाट महाराजगंजस्थित भाटभटेनीबाट पक्राउ गरेको हो ।
ज्ञवाली र केसीले सुरुमा सविन पाण्डेको नाममा नक्कली फेसबुक आईडी खोलेको र पछि नाम परिवर्तन गरी सुवास गौतम र पछि ठगी गर्ने उद्देश्यले दुवै मिलेर सुवास्ना गौतम राखी ब्ल्याक मेलिक गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरुबाट सामसुङ कम्पनीको ग्यालेक्सी ट्याव, दुइ थान मोबाईल, सुनको सिक्री र नगद दुई लाख ५३ हजार रुपैंया बरामद गरेको छ ।
अन्नपूर्ण पाेस्ट बाट

Continue Reading…

आमाले नै दुई छोरीको हत्या गरिन्

भन्छिन्, ‘श्रीमान र सासु ससुराले छोरीकै कारण दुख दिएपछि मारिदिएँ’
वीरगन्जः श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी एक महिलाले आफनै दुई नाबालिका छोरीको हत्या गरेकी छन् ।

बाराको कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सविता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन्।

वीरगन्ज उपमहानरपालिका वडा नम्बर ८ भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदिको पानीमा मङगलबार साँझ दुवै छोरीलाई चोबलेर सविता देवीले हत्या गरेकी हुन् ।hat

छोरीहरुको हत्या गरेपछि सबिताले पनि आत्महत्याको प्रयास गरेकी थिइन् । तर, गाँउलेले देखेपछि उनलाई आत्महत्या गर्नबाट रोकेका थिए ।

सिंगहा नदिको छेउमा रहेको सिसौंको हाँगा काट्न गएका भेडियाहीका साबीर भेडिहरले सबै भन्दा पहिले सबिताले दुई बालिकालाई नदिको पानीमा चोबलेको देखेका थिए । एक महिलाले दुई नाबालिकालाई पानीमा चोबलेको देखेपछि उनले अन्य गाँउलेहरुलाई गुहार लगाएका थिए ।

साबीर र गाँउलेहरुले नदिबाट निकाल्दा दुवै बालिकाको मृत्यु भइसकेको थियो ।

म बन्चरो लिएर सिसौको हाँगा काट्न आएको थिए, साबीरले भने, ‘नदिको पानीमा रातो सारी लगाएकी महिलाले पानीमा बच्चालाई डुबाएको जस्तो देखेपछि चिच्याएर अरुहरुलाइ बेलाएँ, तर बाहिर निकाल्दा दुवै बच्चाको प्राण गइसकेको रहेछ ।’

बच्चाको हत्या गरेपछि ती महिलाले आफुले पनि पानीमा डुबेर आत्म हत्या गर्ने प्रयास गरेको प्रत्यक्षदर्शी साबीरले बताए ।

बच्चाहरुलाई पानीमा चोबलेर मारेपछि ती महिलाले पनि पानीमै डुबेर आत्महत्याको प्रयास गरेकी थिइन् , उनले भने, ‘तर नदिमा तीन चार फिट मात्र पानी भएकाले उनको प्रयास सफल भएन, अनि हामीले पनि उनलाई तत्कालै नदिबाट बाहिर निकाली हाल्यौ ।

गाँउलेले खबर गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुग्दा मृतक दुवै नाबालिकाको शव नजिकै सबीता देवीले टाउको बजारेर रुदै गरेको अवस्थामा भेटिएको प्रहरी चौकी बसपार्कका प्रहरी नायब निरीक्षक जयराम यादवले बताए ।

सबिता देवीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ । मृतक दुवै बालिकाको शव पोष्टर्मामका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

घरमा श्रीमान् र सासु ससुराले मानसीक यातना दिएपछि झगडा गरेर सोमबार सविता आफना दुई छोरीलाई लिएर वीरगन्ज १५ मुर्लीमा अवस्थित दिदीको घरमा आएकी थिइन् ।

कलैयाको बरेवामा रहेको घर फर्कनका लागि भन्दै मङगलवार मध्यान्ह १२ बजे तिर दिदीको घरबाट निस्किएकी उनले भेडियाहीमा रहेको सिंगहा नदीमा लगेर दुवै छोरीको पानीमा चोबलेर हत्या गरेकी हुन् ।

प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा सविता देवीले घरपरिवारबाट मानसिक यातना दिएका कारण छोरीको हत्या गरेको बताएकी छन् ।

नदीको छेउमा पुगेपछि दुवै छोरीलाई तिमिहरु घर जाऊ म यही बस्छु भने, तर उनिहरुले मलाई छाडेर जान मानेन्, प्रहरी हिरासतमा रहेकी सविताले भनिन्, ‘घर जान नमानेपछि रिस उठ्यो । अनि दुवैलाई पानीमा डुबाएर मारिदिएँ, अहिले पछुतो लागेको छ ।’

घरमा श्रीमान र सासु ससुराले छोरीकै कारण विभिन्न बहाना बनाएर अनावश्यक रुपमा मानसिक यातना दिदै आएकाले आफूले घर छाडेर हिँडेको उनले बताइन् ।

पर्साका प्रहरी उपरीक्षक श्रेष्ठले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । ‘घटना पछि महिला मानसिक रुपले विक्षप्त अवस्थामा पुगेकी छन्’, उनले भने , ‘अहिले उनि कुरा गर्न सक्ने अवस्थामा छैनन्, पछि अवस्था ठिक भएपछि हामी उनिसँग सोधपुछ गर्छौ ।’
annapurnapost

Continue Reading…

चिनियाँ लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीमा, ‘दैनिक दुई हजारलाई रोजगारी’

कावासोती, जेठ ११ । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ ।

उद्योग सन्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।

चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापना भएको हो ।roj

होङ्सी शिवम् सिमेन्ट उद्योगसम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा मंगलबार आयोजना गरेको अन्तरक्रियामा उद्योगकाबारेमा जानकारी गराइएको थियो ।

‘यो वर्ष जग्गा व्यवस्थापनको काम थालिएको छ । दुईसय बिघा जग्गा आवश्यक पर्ने भएकाले यो वर्ष जग्गा व्यवस्थापनको काममा खटिएका छौं’–होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले भने–‘बाटो र विद्युत्काबारे सरकारसँग कुरा भइरहेको छ ।’

‘उद्योगलाई दैनिक ५० देखि ८० मेगावाट विद्युत् आवश्यक पर्छ’–उनले भने–‘हामीले जग्गाको व्यवस्थापनलाई स्थानीयबासीको समन्वयमा तीव्रता दिएका छौं । एक सय बिघा प्राप्त भइसकेको छ, बाँकी खोज्दैछौं ।’

तीन वर्षमा उत्पादन बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ । यो उद्योगमा होङ्सीको ७० प्रतिशत लगानी र शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको छ ।

दैनिक दुई हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीयबासी खुसी भएका छन् ।

नवलपरासी क्षेत्र नम्बर–३ का सांसद कृष्ण पौडेलले उद्योग स्थापनाले समृद्धिको आधार खोल्ने बताएका छन् ।

पाल्पाको ज्यामिरेबाट कच्चापदार्थ (क्लिंकर) ल्याउने र यहाँ सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा ३० प्रतिशत आपूर्ति गर्छ ।

‘स्वदेशमै उत्पादन भइरहेको सिमेन्टले अहिले ७० प्रतिशत बजार ओगटेको छ बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूर्ति गर्छ’–होङ्सी शिवम् सिमेन्टका प्राविधिक अटलले भने–‘देशभित्रको बजारलाई पूर्ति गरेपछि बाहिर पनि पठाउन सकिन्छ ।’

सुरुको वर्ष ६ हजार मेट्रिकटन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिकटन दैनिक सिमेन्ट उत्पादन हुने उनले बताए । ओपीसी र पीपीसी दुबै सिमेन्ट यहाँ उत्पादन हुन्छ ।

सिमेन्ट उद्योगले गाउँको अनुहार नै फेरिने भएको स्थानीयबासी घनश्याम गिरीले बताए ।

नवलपरासी क्षेत्र नम्बर–२ का सांसद जीवन श्रेष्ठले ठूला परियोजनालाई सरकार र स्थानीयबासीको सहयोग हुने भएकाले ढुक्क भएर कामलाई अगाडि बढाउन आग्रह गरे ।

क्षेत्र नम्बर–४ का सांसद बैजनाथ चौधरीले समृद्धिको आधार उद्योग–कलकारखाना भएकाले सरकारले लगानीको वातावरण बनाउने काम गरेको बताए ।

‘यो सरकार लगानीको वातावरण बनाउँछ, उद्योगी काममा लाग्नुपर्छ’–सांसद चौधरीले भने ।

लगानी बोर्डका सहसचिव रवि भट्टराईले उद्योगको स्थापनाबाट हुने फाइदाकाबारेमा बताएका थिए ।

‘लगानी बोर्डको काम उद्योगपतिको समस्या समाधान गर्ने र लगानी भित्र्याउने हो त्यसमा प्रधानमन्त्रीको निर्देशन पनि छ, हामी काममै लागेका छौं’–उनले भने–‘जिल्लाका जनप्रतिनिधि र स्थानीयबासीको सकारात्मक भावनाले हामीलाई उत्साहित बनाएको छ ।’ imagekhabar

Continue Reading…

चिनियाँ लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीमा

कावासोती, ११ जेठ । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सन्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।
चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापना भएको हो । होङ्सी शिवम् सिमेन्ट उद्योगसम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा आज आयोजना गरेको अन्तरक्रियामा उद्योगका बारेमा जानकारी गराइएको थियो ।chin
यस वर्ष जग्गा व्यवस्थापनको काम थालिएको छ । दुईसय बिघा जग्गा आवश्यक पर्ने भएकाले यो वर्ष जग्गा व्यवस्थापनको काममा खटिएका छौँ, होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले भन्नुभयो- “बाटो र विद्युत्का बारे सरकारसँग कुरा भइरहेको छ ।”
“उद्योगलाई दैनिक ५० देखि ८० मेगावाट विद्युत् आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “हामीले जग्गाको व्यवस्थापनलाई स्थानीयवासीको समन्वयमा तीव्रता दिएका छौँ । एक सय बिघा प्राप्त भइसकेको छ, बाँकी खोज्दैछौँ ।”
तीन वर्षमा उत्पादन बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ । यो उद्योगमा होङ्सीको ७० प्रतिशत लगानी र शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको छ । दैनिक दुई हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीयवासी खुसी भएका छन् । नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले उद्योग स्थापनाले समृद्धिको आधार खोल्ने बताउनु भएको छ । पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिंकर) ल्याउने र यहाँ सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा ३० प्रतिशत आपूर्ति गर्छ ।
स्वदेशमै उत्पादन भइरहेको सिमेन्टले अहिले ७० प्रतिशत बजार ओगटेको छ बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूर्ति गर्छ, होङ्सी शिवम् सिमेन्टका प्राविधिक अटलले भन्नुभयो–“देशभित्रको बजारलाई पूर्ति गरेपछि बाहिर पनि पठाउन सकिन्छ ।” सुरुको वर्ष ६ हजार मेट्रिक टन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिक टन दैनिक सिमेन्ट उत्पादन हुने उहाँले बताउनुभयो । ओपिसी र पिपिसी दुवै सिमेन्ट यहाँ उत्पादन हुन्छ ।
सिमेन्ट उद्योगले गाउँको अनुहार नै फेरिने भएको स्थानीयवासी घनश्याम गिरीले बताउनुभयो । नवलपरासी क्षेत्र नं २ का सांसद जीवन श्रेष्ठले ठूला परियोजनालाई सरकार र स्थानीयवासीको सहयोग हुने भएकाले ढुक्क भएर कामलाई अगाडि बढाउन आग्रह गर्नुभयो । क्षेत्र नं ४ का सांसद बैजनाथ चौधरीले समृद्धिको आधार उद्योग कलकारखाना भएकाले सरकारले लगानीको वातावरण बनाउने काम गरेको बताउनुभयो । यो सरकार लगानीको वातावरण बनाउँछ, उद्योगी काममा लाग्नुपर्छ सांसद चौधरीले भन्नुभयो ।
लगानी बोर्डका सहसचिव रवि भट्टराईले उद्योगको स्थापनाबाट हुने फाइदाका बारेमा बताउनुभएको थियो । “लगानी बोर्डको काम उद्योगपतिको समस्या समाधान गर्ने र लगानी भित्र्याउने हो त्यसमा प्रधानमन्त्रीको निर्देशन पनि छ, हामी काममै लागेका छौँ”, उहाँले भन्नुभयो- “जिल्लाका जनप्रतिनिधि र स्थानीयवासीको सकारात्मक भावनाले हामीलाई उत्साहित बनाएको छ ।” रासस
dainiknepal

Continue Reading…

भारतका कारण राष्ट्रियता खतरामाः सिंह

बुटवल, ११ जेठ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले भारतका कारण मुलुकको राष्ट्रियता सबै भन्दा बढी खतरामा परेको बताउनुभएको छ ।
उहांले नेपालको तराईलाई टुक्राउन भारतले योजनावद्व षडयन्त्र गरेकाले मुलुकको राष्ट्रियता इतिहांस मै खतरामा परेको दावी गर्नुभयो ।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले अंगे्रजपछि राष्ट्रियता सबैभन्दा बढी खतरामा रहेको बताउनुभयो ।bhannn
उहांले विश्युद्वताका अंग्रेज शासकबाट र अहिले छिमेकी राष्ट्र भारतका कारण नेपालको राष्ट्रियता र गणतन्त्र खतरामा परेको बताउनुभयो ।
नेपालको तराईलाई भारतमा गाभ्ने षडयन्त्रलाई असफल बनाउन राष्ट्रबादी शक्ति सचेत हुनुपर्ने बताउंदै उहांले हाम्रा राजनीतिक दलका नेताहरुको दलाली र सत्ता मोहको कमजोरीले भारत बलियो बनेको बताउनुभयो ।
दलका नेताहरु राष्ट्रबादी नभएकाले नेताहरुको कमजोरीको फाईदा लिएर भारतले नेपालको तराई र पानीमा आंखा लगाएका कारण राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्र खतरामा परेको नेता सिंहको तर्क छ ।
भारतले तराईलाई नेपालबाट अलग गराउन मधेसवादी दलहरुलाई प्रयोग गरेको उल्लेख गर्दै उहांले सुगौली सन्धि गरेर नेपालको केहि भाग भारतमा गाभेजस्तै अहिले भारतीय पक्ष अहिले तराई अलग गराउने गरी लागि परेको बताउनुभयो ।
उहांले मधेशवादी दलका नेताहरुलाई भारतले प्रयोग गरेर चलखेल गरेको चर्चा गर्दै मधेशवादी दलका नेता भारतको षडयन्त्रमा चलेपनि त्यहाँका जनता राष्ट्रवादी र देशभक्त भएको बताउनुभयो ।
उहांले गैर नेपालीलाई नेपाली नागरिकता दिने खुकुलो प्रावधान बनाई नेपालको संसदमा मधेशी दलको बहुमत पुर्याएर अन्ततः तराईलाई नेपालबाट अलग गर्न भारत लागि परेको बताउनुभयो ।
संसदमा बहुमत पुर्याउनका लागि मधेशबादी दलले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र नागरिकतामा समान अधिकारको कुरा उठाएको टिप्पणी गर्नुभयो ।
उहांले संविधान संशोधन नेपाली जनताको पक्षमा नरहेको बताउंदै संविधान पुनर्लेखन सम्भव नै नभएको बताउनुभयो ।
आमाको नामबाट नागरिकता दिनु महिला अधिकारको दृष्टिले ठिक हो, तर आमा वुबा मध्ये एकजना गैर नेपाली भएको खण्डमा आमा बुबा अनिवार्य हुुनुपर्ने नेता सिंहको तर्क छ ।
भारतीय सरकार जहिले पनि नेपाललाई आफु अनुकुल बनाउन चाहने भन्दै मोदी सरकार अझ बढी कडा रुपमा प्रस्तुत भएको बताउनुभयो । संविधान निर्माणमा काँग्रेस, एमाले र एमाओवादी सहितका दलहरु एकताबद्ध भई भारतको दबाब विपरित गएको उसको योजना असफल भएको सिंहले बताउनुभयो ।
उहांले चीनसंग सम्झौता गरेर भारतको दवावलाई अस्वीकार गरेर तुलनात्मक रुपमा वर्तमान सरकारले राम्रो काम गरेपनि नागरिकताको विषयमा खुकुलो प्रावधान ल्याएर सरकारले राष्ट्रियताको मुद्दामा अडिन नसकेको बताउनुभयो ।
सरकारले ल्याएको नागरिकता सम्बन्धी खुकुलो नीति तथा प्रावधानले गैर नेपालीले सहज रुपमा नेपाली नागरिकता पाउन सक्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनका पाका नेताको रुपमा चिनिने कम्यूनिष्ट नेता मोहनविक्रम सिंहले माओवादी घटकहरुको एकतालाई सिद्धान्तहिन एकता भएको बताउनुभयो ।
आत्म सुरक्षाका लागि एकता गरिएको टिप्पणी गर्दै उहांले नीति सिद्वान्त एकता नभईकन भएको एकताले कम्युनिष्ट आन्दोलनमा अर्थ र महत्व नरहने बताउनुभयो ।
उहांले द्धन्द्धकालिन मुद्धाबाट बच्नका लागि माओवादीहरु एक ठाउंमा आएको बताउंदै माओवादी एकता निति र सिद्धान्तको आधारमा नभएको दावी गर्नुभयो ।
द्धन्द्धकालिन मुद्धा युद्धका बेलामा भएको फिर्ता हुनुपर्ने भएपनि निर्दोष सर्वसाधारणमाथि गरिएको अन्यायको छानबिन भई कारवाही हुनुपर्ने आफूहरुको मान्यता रहेको नेता सिंहको तर्क छ ।
dainiknepal

Continue Reading…

जाली अमेरिकी डलर र जाली भारतीय रुपैयाँसहित पक्राउ

काठमाडौं, ११ जेठ । प्रहरी प्रधान कार्यालय, बिशेष व्यूरोको बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले पाकिस्तानी नागरिक सामा नाजलाई जेठ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गोल्डेनगेट सिनामंगलबाट जाली अमेरिकी डलर १९ हजार ५ सय र जाली भारतीय रुपैयाँ ३६ लाख सहित पक्राउ गरेको छ ।dolar
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सामा नाज कराँचीबाट दोहा हुँदै कतार एयरवेयजबाट काठमाडौँ आएको खुल्न आएको छ ।
सुटकेशमा फल्सबटम बनाई तथा विभिन्न खाद्य सामाग्रीका प्याकेटहरुभित्र जाली मुद्रा प्याकिङ गरी हवाईमार्गबाट काठमाडौँ ल्याउने गरेको, जाली मुद्रा काठमाडौँमा रिसिभ गरी स्थानिय वितरकलाई बितरण गर्ने गरेको, जाली मुद्रा काठमाडौँ लगायतका बजारमा पुर्याउने गरेको, जाली मुद्रा पठाउने व्यक्तिलाई हुण्डीमार्फत रकम भुक्तान गर्ने गरेको तथा बरामद जाली डलर नेपालमा पहिलो पटक बरामद भएको महानगरीय प्रहरी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको टोलीले जाली भारतीय रुपैयाँलाई सक्कली भनी सटही गरिरहेको अवस्थामा ३ लाख ३२ हजार ५ सय सहित २ जनालाई महाराजगंज क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय, बिशेष व्यूरोको थप सूचनाको आधारमा सो कारोबारमा संलग्न थप ५ जनालाई समेत १६ लाख ५४ हजार ५ सय जाली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा जिरी–७ घर भई हाल धुम्बाराही बस्ने मीरा जिरेल, बुढानिलकण्ठ नगरपालिका–१ कपन बस्ने सुमन मल्ल, सप्तरी मलहनमा–९ घर भई धुम्बाराही बस्ने तारणीप्रसाद ठाकुर, भारत जमोई सिमुलतल्ला थाना तेल्वाबजार घर भई सिरहा–७ मैसोथा बस्ने अरुण, जेसेफ, युसुफ खान, राजु, विजय गुप्ता भनी बताउने बैजनाथ गुप्ता, बुटवल–३ कालिकानगर रुपन्देही घर भई गोंगबु बस्ने विजयराज शर्मा, जुहाङ–५ गुल्मी घर भई टोखा नगरपालिका–१४ महादेवटार बस्ने सनद प्रधान र सिलगढी–२ डोटी घर भई कालोपुल बस्ने अमृतमान श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका बैजनाथ गुप्ता लागूऔषध मुद्धामा २०५२ सालदेखि २०६७ सालसम्म केन्द्रीय कारागारमा थुनामा रहेको र बिजय शर्मा लागूऔषध मुद्धामा २०५८ सालदेखि २०६७ सालसम्म नख्खु कारागारमा थुनामा रहेको खुल्न आएको छ ।
dainiknepal

Continue Reading…

सङ्गम होटल हत्याकाण्डका मुख्य नाइके भारतबाट पक्राउ

भीमदत्तनगर, गत वैशाख २३ गते राति कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा रहेको सङ्गम होटलका दुईजना मजदुरलाई हत्या गर्ने मुख्य नाइके भारतबाट पक्राउ परेका छन् ।
प्रहरी निकट स्रोतका अनुसार हत्याका मुख्य नाइके कञ्चनपुरको वेदकोट नगरपालिका घर भएका माओवादीका पूर्वलडाकुसमेत रहेका तारा बोहरा भारतको चण्डीगढ क्षेत्रबाट पक्राउ परेका हुन् ।nakk

गत वैशाख २३ गते राति बोहराले यहाँस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलमा कार्यरत मजदुर बाजुराका २१ वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटलभित्रै हत्या गरेको प्रहरी स्रोतले जनाएको छ ।

“हत्या गरिनुअघि बोहराले दुवै जनासित होटलमै मादकपदार्थ सेवन गरेको देखिएको छ”, प्रहरीले भन्यो–“हत्यामा हँसियाको प्रयोग गरिएको छ ।” हत्यापछि सोही राति उनी भीमदत्तनगरकै एक होटलमा बास बसेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोली अभियुक्त बोहरालाई पक्राउ गर्न चण्डीगढ पुगेको थियो । भारतीय सुरक्षा निकायको सहयोगमा उनलाई पक्राउ गरेर भीमदत्तनगर पु¥याएको भए पनि घटनाबारे प्रहरीले जानकारी गराउन चाहेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले घटनाका बारेमा बुधबार पत्रकारसम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी दिनुभयो । प्रारम्भिक प्राप्त जानकारीअनुसार बोहराले केही समयअघि सोही होटलमा काम गरेको र सोही बेला हत्या गरिएकाहरुसित खटपट भएको थियो । बीच बजारमै मजदुरको हत्या भएपछि दबाब महसुस गरेको प्रहरीले घटनाको विस्तृत अनुसन्धान थाल्नुका साथै केन्द्रीय अनुसन्धान ब्युरोलाई समेत खटाएको थियो ।

हत्यालगत्तै फरार रहेका बोहरालाई बिहान भीमदत्तनगर पु¥याएसँगै प्रहरीले घटनाको विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको छ । उनले हत्यापछि आफूसित रहेको मोबाइल सेट भारतीय सीमावर्ती सहर बनबासामा बिक्री गरेको भएपछि प्रहरी टोली बनबासा पुगेको थियो ।

त्यसैगरी, सोही घटनामा गम्भीर घाइते भएका अर्का मजदुर पदमराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस
news24nepaltv

Continue Reading…

यातायात ब्यवस्था कार्यालयबाट ७ युवती सहित २६ दलाल समातिए

जेठ ११
ललितपुर– ललितपुर उपमहानगरपालिका–१३ स्थित यातायात कार्यालयको परिसरबाट कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिने, मोलमोलाई गर्ने बिचौलिया पुरुष १९ जना र महिला ७ जना गरी २६ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।yata
उनीहरुका सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ ललितपुर प्रहरीले जनाएको छ ।

ratopati

Continue Reading…

ओवामाले यस्तो सामान्य ठाउँमा बसेर भोजन गरे, जुन तपाईलाई अपत्यारिलो लाग्न सक्छ

मंगलबार, ११ जेठ
एजेन्सी। विश्वको महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति एउटा मामुली होटलभित्र प्लास्टिकको कुर्सीमा बसेर सस्तो खाना खाइरहेका छन् ।धेरैले यो तस्वीरको सत्यतामा शंका गर्छन् ।
तर, यो कुनै ट्रिक गरिएको फोटो होइन । ओबामा जस्तै देखिने व्यक्ति बाराक ओबामा नै हुन् । उनीसँग टेबल शेयर गरिरहेका व्यक्ति चाहिँ भियतनामका प्रख्यात सेफ एन्थोनी बोर्डेन हुन् ।
भियतनामको हानोईमा पुगेका ओबामा आम मानिसहरुले खाना खाने होटलमा किन छिरे त ?
यो प्रश्न भन्दा पनि रोचक र अविश्वसनीय पक्ष के छ भने होटलभित्र रहेका कसैले पनि ओबामालाई वास्ता गरेको देखिँदैन । सबै आफ्नो सुरमा खाना खाइरहेका छन् ।27
तस्वीर हेर्दा यस्तो लाग्छ कि ओबामालाई उनीहरु कसैले चिनेनन । फेरि बोर्डेन आफैंमा एक सेलिब्रिटी हुन् । उनी सेफ बन्नुभन्दा पहिले टेलिभिजन कार्यक्रम प्रस्तोता थिए । अहिले पनि एउटा कार्यक्रम होस्ट गर्छन् ।
पक्कै पनि ओबामा ठूलो सुरक्षाका साथ त्यहाँ पुगेका थिए, जून तस्वीरमा देखिन्न । पत्रकारहरुले पछ्याएका पनि थिए । तर, भित्रको दृष्य यस्तो छ मानौं ओबामा केही होइनन् ।
खासमा यो एन्टोनी बोर्डेनः पाट्र्स अननोन नामक टेलिभिजन कार्यक्रमका लागि गरिएको सुटिङ रहेछ । पहिलो पटक भियतनामको भ्रमणमा गएका ओबामाले यस्ता कामका लागि पनि समय निकाल्न भ्याए ।
ओबामालाई बाहिर पत्रकारहरुसहित ठूलो भिडले पछ्याए पनि उनीहरु सबैलाई बाहिरै रोकिएको रहेछ । एक छिनका लागि उनका सुरक्षाकर्मीहरु पनि बाहिरै बसेका रहेछन् ।
अमेरिकी राष्ट्रपति ओबामा बाहिर निस्केपछि भीडले फेरि उनलाई छोपिहाल्यो । ओबामाले खाएको खानाको मूल्य केवल ६ डलर रहेको बोर्डेनले ट्वीटरमा जानकारी दिएका छन् ।
nepalsandesh

Continue Reading…

आईएसले बनायो ड्राइभर विना नै चल्ने र हमला गर्न सक्ने कार

खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेट आईएसले ड्राइभरविना नै चल्ने कार निर्माण गरिरहेको नेटोका सुरक्षाविज्ञले जानकारी दिएका छन् । यो कारले भिडभाडमा गएर आफैँलाई उडाउन सक्ने बताइएको छ ।
सिरियाको रक्का शहरमा आईएसको रिसर्च एण्ड डेभेलोपमेन्ट विभागले ड्राइभरविनानै हमला गर्न सक्ने प्रविधि विकास गरेको विजनेस स्टान्डर्डको एक रिपोर्टमा जनाइएको छ । यस प्रकारको प्रविधिलाई गुगलले पनि विकास गर्न लागिरहेको छ ।26

यदि यस्तो प्रविधि आविष्कार गर्न आईएस सफल भएमा यसले नयाँ सुरक्षा चुनौती थप्ने बताइएको छ । विशेषगरी उत्तर अमेरिका तथा युरोपमा यस प्रकारको कार केही वर्षभित्र नै सामान्य बन्ने भएको हुनाले युरोप तथा अमेरिकालाई टाउको दुखेको छ ।

केही वर्षपछि बेलायतमा ड्राइभरविहीन कार निकै प्रचलनमा आउने एक अध्ययनले देखाएको छ । नेटोका अधिकारीले आईएसले विकास गरेको प्रविधिले बेलायतमा सजिलै आक्रमण गर्न सक्ने बताएका छन् ।

नेटोका उपमहासचिव जेमी शीले रक्कामा बम बनाउने आफ्नो फ्याक्ट्रीभित्र यस प्रकारको प्रविधि विकास गरिरहेको बताएका छन् ।news24nepal

Continue Reading…

आपत्कालीन केन्द्रबाट बाढीपीडितलाई सहयोग गर्छौं : गृहमन्त्री बस्नेत

मंगलबार, ११ जेठ
कालीकोट। गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लास्तरमा आपत्कालीन केन्द्रको स्थापना गरी विपद्मा परेका बाढीपीडितको उद्धार गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
कालीकोटका बाढीपीडितको अवस्था बुझ्न आज बिहान सदरमुकाम मान्म पुग्नुभएका मन्त्री बस्नेतले आपत्कालीन केन्द्रको स्थापनासँगै आपत्कालीन सामग्रीको समेत व्यवस्था गर्ने सरकारले निर्णय गरेको बताउनुभयो ।
गृहमन्त्री बस्नेतले ठूलो आशा गरेका कालीकोटका बाढीपीडितलाई सरकारका तर्फबाट रु पाँच हजारको राहतसँगै दुई बन्डल जस्तापाता उपलब्ध गराउने बताउनुभयो ।25
हेलिकप्टरबाट सदरमुकाम मान्म पुग्नुभएका गृहमन्त्री बस्नेतले बाँके, बर्दिया, सुर्खेत लगायतका मध्य तथा सुदूरपश्चिमका जिल्लामा गत वर्षको बाढीले पु¥याएको क्षतिपछि सरकारले बनाएको नीति कालीकोटका लागि लागू गर्ने आश्वासन दिनुभयो ।
गृहमन्त्री बस्नेतले गेजबजारमा जेठ ६ गते राति आएको बाढीपहिरोको विपद्मा परी ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा संवेदना व्यक्त गर्नुभयो । उहाँले विपद्पछि उद्धार कार्यमा खटिने प्रहरी, सेना, राजनीतिक दल, स्थानीय प्रशासनलगायतका सबै सामाजिक सङ्घसंस्थालाई धन्यवाद दिनुभयो ।
उहाँले नेपालीको दुःख पर्दा होस् वा सुख पर्दा होस् एकअर्कालाई सहयोग गर्ने नेपाली परम्परा बचाई राख्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री बस्नेतले सकारले तत्काल आव २०७३÷७४ को बजेट ल्याउन लागिरहेको र कर्णालीजस्ता विकट क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने पनि बताउनुभयो ।
कर्णालीको विकासका लागि सरकार जिम्मेवार रहेको भन्दै उहाँले नयाँ संविधानले सबै नेपालीको हकअधिकारको सुनिश्चिता गरेको दाबी गर्नुभयो । गृहमन्त्री बस्नेतले राजनीतिक दलले नयाँ संविधान कार्यान्वयनका लागि जोड दिएमा बेरोजगार युवा खाडी मुलुक जानु नपर्ने बताउनुभयो ।
गृहमन्त्री बस्नेतले रेडक्रसको जिल्ला शाखाले उपलब्ध गराएको गैरखाद्य राहत सामग्री र जिल्ला प्रसारण कार्यालयले उपलब्ध गराएको एकजना मृतकको ४० हजार मृतक राहत पीडित परिवारका सदस्यलाई हस्तान्तरणसमेत गर्नुभएको छ । जेठ ६ गतेको बाढीमा परी लालीघाटमा अहिलेसम्म पाँचको ज्यान गएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् ।
यस्तै, जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी पहिरोले करिब तीन करोड बराबरको सम्पत्तिको क्षति भएको बताएको छ । वैशाख ३१ गते दैखोलामा आएको बाढीेले एकको ज्यान जानुका साथै नौ जनाको घर तथा पसलमा क्षति पुगेको गृहमन्त्री बस्नेतलाई जानकारी गराइएको छ । रासस
nepalsandesh

Continue Reading…

मधेसीपछि थारुले पनि सुरु गरे राजधानी केन्द्रीत आन्दोलन, १५ दिने कार्यक्रम घोषणा

काठमाडौ, ११ जेठ । थारुहट-थारुवान संयुक्त संघर्ष समितिले आगामी जेठ १६ देखि ३० गतेसम्मको १५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा जेठ १६ गते उपत्यका र थारुहट जिल्लामा सर्वपक्षीय बैठक गरी जिल्ला स्तरीय आन्दोलन समितिलाई सशक्त बनाउने, जेठ १६ गते बुद्धिजीवी, नागरिक समाज, पत्रकार, समाजसेवीलगायत सरोकारवालाहरूसँग छलफल गर्ने, जेठ २० देखि ३० गतेसम्म दश दिन जनजागरण, जनचेतना र जनपरिचालन लगायतका प्रचारात्मक कार्यक्रम गर्ने रहेको छ ।24
त्यसैगरी जेठ २३ गते काठमाडौं उपत्यकासहित थरुहट जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ २६ गते समितिको माग मुद्दाको आवश्यकता र औचित्यको विषयमा स्वदेशी विदेशी बुद्धिजीवी, पत्रकार नागरिक समाजसँग अन्र्तक्रिया गर्ने, जेठ २७ गते काठमाडौंसहित थरुहट जिल्लामा विरोधसभा गर्ने, जेठ २९ गते टीकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारबादीहरूसँग छलफल गर्ने र जेठ ३० गते उपत्यकासहित थरुहट जिल्लामा आदिबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको प्रतिलिपि जलाउने रहेका छन् ।
पत्रकार सम्मेलनमा समितिले जेठ ९ र १० गते काठमाडौमा भएको राष्ट्रिय भेलाले जारी गरेको १५ बुँदे काठमाडौं घोषणा समेत सार्वजनिक गरिएको थियो ।
जसमा बजेट थारु मैत्री हुनुपर्ने, होरिलाल चौधरीको नेतृत्वमा रहेको प्रादेशिक संघर्ष समिति खारेज गर्ने, टिकापुर घटनाको अध्ययनप्रतिवेदन तत्काल सार्वजनिक गर्नु पर्ने, सरकारसँग परिणामुखी बार्ता गरेर आफूहरूको माग पुरा गराउने, संघर्ष समितिका संयोजक धनिराम चौधरीसहित ११८ जनामाथि लगाईएको मुद्दा निसर्त खारेज गर्नु पर्ने, आन्दोलन परिचालनकोलागि कोष स्थापना गर्नेलगायतको रहेको छ ।
पत्रकार सम्मेलनमा संघर्ष समितिका राजकुमार लेखी, सांसद सदस्य रुक्मिणी चौधरी, किशोर विश्वास र प्रेमिलाल चौधरी लगायतकाले आन्दोलनका केही उपलब्धि संविधानले संस्थागत गरेकोले त्यसलाई कार्यान्वयन गर्दै बाँकी उपलब्धि हासिल गर्न आन्दोलन जारी राख्नु पर्ने अवस्था आएको स्पष्ट पारे ।
dainiknepal

Continue Reading…

पैसा कमाउने सपना बोकेर विदेश पलायन हुँदै युवा

बर्दिवास: गाउँमा रोजगारीको सम्भावना नदेखेपछि जिल्लाका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ।

गाउँमा काम नपाइने, पुँजीको अभाव र विभिन्न आन्दोलनका कारण युवा बिदेसिने क्रम ह्वात्तै बढेको हो। युवा विदेशिन थालेपछि गाउँका बस्ती युवाविहीन भएका छन्। गाउँमै बसेर केही उद्यम गर्ने सोच बनाए पनि स्रोत साधन जुटाउन नसक्दा गर्जो टार्न बिदेसिनु परेको उनीहरुको भनाइ छ।

भङ्गाहा-३ पलारका ३० वर्षीय रामदयाल बाँतर साहुसँग चर्को ब्याजमा ऋण काढेर कतार गएका छन्। बिरामी बुबाको हेरचार गरी परिवारसँग बसेर काम गर्ने सोच बनाएका सोही बस्तीका मकबुल राइन पनि साउदी अरब पुगेका छन्। 23

साहुले ऋण पत्याएका युवा खाडी मुलुक तथा अन्य युवा भारतका विभिन्न सहर जाने क्रम बढ्दै गएको छ। यी उदाहरण भङ्गाहा गाविसको एउटा बस्तीको भए पनि यसले जिल्लाकै सबैजसो गाउँबस्तीको प्रतिनिधित्व गर्ने सीतापुरका सञ्जीवकुमार साहले बताए।

गाउँमा युवा नहुँदा आपत् विपत्का समयमा निकै अप्ठ्यारो पर्ने गरेको साहको भनाइ छ।’गाउँमा सानोतिनो काम अराउन युवा भेटिन्नन्, मर्दापर्दा त झनै सकस पर्छ,” उनले भने। जिल्लाको भ्रमरपुरा गाविस त साउदी अरबकै नामले चिनिन थालेको छ। यहाँका अधिकांश युवा साउदी अरब पुगेका छन्।

जिल्लाको दक्षिणी क्षेत्रका गाउँमा परिवारको भरणपोषणको मुख्य स्रोत नै वैदेशिक रोजगार बनेको भटौलिया गाविसका जामुन मण्डल बताउनुहुन्छ। युवा पुस्ता भारत र अरब लाग्दा सामाजिक र सांस्कृतिक महत्वका चाडपर्व निरस हुँदै गएको उनको भनाइ छ। अचेल गाउँमा नाचगान गर्ने, बिहेबटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पतालसम्म पुर्याइदिने र मर्दा घाट पुर्याउने मान्छेको अभाव हुन थालेको छ।

युवा पुस्ता विदेश पलायन हुँदा खेतीपातीको काम निकै प्रभावित भएको छ। कृषि मजदुर नपाउँदा बाली लगाउन नपाएकाले धेरैजसो जग्गा बाँझो रहेको छ। विदेश पलायन रोक्न नसके चाँडै जिल्लाको लघुउद्यम र कृषि क्षेत्र ठप्प हुने किसानको चिन्ता छ।

जिल्लाबाट अरब राष्ट्रबाहेक भारतमा जानेको सङ्ख्या ४० हजार नाघेको रोजगार प्रवद्र्धन क्षेत्रमा कार्यरत सङ्घसंस्थाले जनाएका छन्। जिल्लाबाट राहदानी बनाएर बिदेसिनेको सङ्ख्या करिब एक लाख ५० हजार बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। रासस
annapurnapost

Continue Reading…

मधेसका मुद्दाप्रति सरकार गम्भीर छैन : निधि

मंगलबार, ११ जेठ
जनकपुरधाम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विमलेन्द्र निधिले मधेसका जायज माग सम्बोधन गर्नेतर्फ नेकपा एमाले नेतृत्वको सरकार गम्भीर नरहेको बताउनुभएको छ ।
दक्षिणी धनुषाको नगराइन गाविसस्थित राजेश्वर निधि उच्च माविको हातामा निर्माण हुन लागेको चारकोठे भवनको मङ्गलबार शिलान्यास गर्दै पूर्वमन्त्री निधिले आन्दोलनरत पक्षलाई वार्ताको टेबुलमा ल्याउन प्रयास गर्नुको साटो वार्ताको वातावरण बिगार्ने काम सरकारबाटै भइआएको आरोप लगाउनुभयो ।22
उहाँले वर्तमान संविधानमा कमी कमजोरी रहेको स्वीकार गर्दै त्यसमा संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चासँग छिट्टै आफूहरुको सहकार्य हुन गइरहेको उहाँले खुलासा गर्नुभयो ।
वर्तमान सरकारको व्यवहारले छिमेकी मुलुकसँगको सम्बन्ध समेत चिसिएको उहाँको भनाइ थियो ।
उहाँले जटही–ढल्केबर सडकखण्ड पूरा भएपछि ग्रामीण अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
निर्माण हुन लागेको चारकोठे भवनका लागि जिल्ला शिक्षा कार्यालय धनुषाले रु ३२ लाख अनुदान सहायता प्रदान गरेको छ । रासस
nepalsandesh

Continue Reading…

काठमाडौंमा आन्दोलन छाडेर उपेन्द्र यादव किन सुटुक्क मधेस छिरे ?

काठमाडौं, ११ जेठ । संघीय गठबन्धनले काठमाडौं केन्द्रित आन्दोलन गरिराख्दा गठबन्धनका संयोजक उपेन्द्र यादव भने पार्टी प्रवेश कार्यक्रमको लागि जिल्ला छिरेका छन् ।
आज (मंगलबार) भक्तपुरमा संघीय गठबन्धनको कार्यक्रममा अनुपस्थित भएपछि गठबन्धनमा उनका सहयोगी रहेका नेताहरूले नै आलोचना गरेका छन् ।
काठमाडौंमा संघीय गठबन्धनको आन्दोलनमा कार्यकर्ता र समर्थकहरूको उपस्थिति दिनैदिन कम हुंदै गएपछि आन्दोलनलाई निरन्तरता दिन निकै गाह्रो भईरहेको बेला गठबन्धनका संयोजक उपेन्द्र यादव आन्दोलन छोडी पार्टी प्रवेश कार्यक्रमको लागि जिल्ला जांदा गठबन्धनका नेताहरू जिल्ल परेका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपेन्द्र यादव आज कपिलवस्तु जिल्लामा पार्टी प्रवेश गराई रहेका छन् ।21
स्रोतका अनुसार संघीय गठबन्धनमा आफ्ना सहयात्री दल नेपाल सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष रामबरण यादव र केन्द्रीय सदस्य बृजगोपाल गुप्तालाई पार्टीमा प्रवेश गराउंदै छन् । यी दुबै नेता अनिल कुमार झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीका हुन् । अहिले पार्टी प्रवेशको कार्यक्रम कपिलवस्तुको तौलिहवामा भई रहेको छ ।
आफ्नै पार्टीका पदाधिकारीहरूलाई फोडेर पार्टी प्रवेश गराउन लागेको समाचार आउने बित्तिकै भक्तपुरमा संघीय गठबन्धनको आन्दोलनमा सहभागी हुन आउंदै गरेका नेसपाका अध्यक्ष अनिल झाबीच बाटोबाटै फर्किएका थिए । मधेशी मोर्चामा आबद्ध रहे पनि अनिल कुमार झा गठबन्धनको सबै कार्यक्रममा सहभागी हुंदै उपेन्द्र यादवलाई सघाई रहेका थिए । तर, आज उपेन्द्र यादवले नै आफ्ना पदाधिकारीलाई आफ्नो पार्टीमा भित्र्याएपछि उनी यादव र संघीय गठबन्धनदेखि बिच्किएका छन् ।
dainiknepal

Continue Reading…

मोर्चाको माग पुनर्लेखन होइन संविधानको संशोधन हो : अध्यक्ष महतो

काठमाडौं, ११ जेठ । सद्भावना पार्टीका अध्यक्ष समेत रहेका संघीय गठनबन्धनमा आबद्ध संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधानसभा जन्माउने काम गर्न नहुने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘संविधानमा जुन जुन धारामा गल्ती भएको छ त्यसलाई फेरि लेखेर संसोधन गर्ने भनेको हो । संविधान पुर्नलेखनको कुरा गरेर फेरि अर्को संविधानसभा जन्माउने कुरा हुँदैन । संविधानको पुर्नलेखन गर्ने कुरा हामीले गरेका छैनौ ।’
गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधानको पुर्नलेखनको प्रतिबद्धता नआएसम्म सरकारसँग बार्ता समेत नगर्ने सार्वजनिक अभिब्यक्ति दिईरहेको बेला गठबन्धकै एक घटक सद्भावना पार्टीका अध्यक्ष महतोले पुर्नलेखन आवश्यक नभएको बताएका हुन् ।
साक्षात्कारमा महतोले प्रधानमन्त्रीले बार्ताकोलागि मधेसी मोर्चालाई पत्र पठाउनु सकारात्मक भएको भन्दै संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नाम नलिई मोर्चाकै केही नेताले गठबन्धनलाई पत्र नपठाई मोर्चालाई पठाएर डिभाईड एण्ड रुलको नीति अख्तियार गरेको भनि गरेको टिप्पणीप्रति आपत्ति प्रकट गरे ।20
उनले भने, ‘प्रधानमन्त्रीको पत्रले डिभाईड एण्ड रुल गर्दैन । मोर्चाको आफ्नो अस्तित्व छ । गठबन्धनको निर्माण हुँदैमा मोर्चा सकिएको छैन । मोर्चा लामो संघर्षबाट आएको हो । मोर्चा अहिले आन्दोलन गर्न मात्रै काठमाडौ आएको हो । उसलाई संबोधन गरेर पत्र लेख्नु सकारात्मक हो ।’
यद्यपि महतोले प्रधानमन्त्रीको पत्र दुई पानाको काम नलाग्ने दस्तावेज भन्दै ‘खोदा पहाड निक्ला चुहियाँ’ भनि टिप्पणी गरे ।
उनले प्रधानमन्त्रीले पठाएको विषयमा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसेर उपयूक्त जवाफ दिने जानकारी दिदै त्यसकोलागि केही दिनमै मोर्चा बैठक बस्ने स्पष्ट पारे ।
मंगलबार प्रधानमन्त्रीले आफूहरुसँग सल्लाह नै नगरी सर्वदलीय बैठक बोलाएको स्पष्ट पार्दै आफूहरुसँग छलफल गरेर बैठक बोलाएको र समयसमेत आफूहरूकै आग्रहमा सारिएको भनि कानून मन्त्री अग्नी खरेलले दिएको झुठो र कपोकल्पित भएको दावी गरे ।
संघीय गठबन्धनको नेतृत्व संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गलत प्रक्रिया अपनाएर लिएको आरोप लगाउँदै आफूहरु कोही पनि नभएको बेला नेतृत्व लिने निर्णय गरेकोले त्यसमा आफूहरुको आपत्ति रहेको स्पष्टपारे ।
महतोले मधेस आन्दोलनको क्रममा मृत्यू भएकालाई शहीद घोषणा, शहीद परिवारलाई क्षतिपूर्ति, घाईतेको उपचार, झुठा मुद्दा फिर्ता, धरपकड बन्द र आफूहरुले पेश गरेको ११ बुँदे मागमा सरकारले आफ्नो धारणा सार्वजनिक गरे बार्ता गर्न तयार रहेको बताउँदै ३६ पटक उपलब्धि विहीन बार्ता गरेकोले यथास्थितिमा विश्वास नभएको बताए ।
उनले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर मधेसकै क्षेत्र भएकोले त्यो कुनै पनि हालतमा मधेसमा रहने दावी गर्दै त्यस क्षेत्रका सबै समूदायका जनता मिलेर बसेकोले त्यसमा आपत्ति मानिरहनु पर्ने कुनै आवश्यकता नरहेको तर्क गरे ।
सरकार परिवर्तनको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासमा महतोले काग्रेस, एमाले र माओवादी तीनवटै पार्टीले आफूहरुप्रति बेईमानी गरेकोले एउटा फोहोरलाई अर्को फोहोरमा फालेर सफा नहुने भनि टिप्पणीगर्दै आफूहरु अहिले केपी ओली नेतृत्वको सरकार भने ढलोस भन्ने पक्षमा रहेको स्पष्टपारे ।
dainiknepal

Continue Reading…

पूर्व भारतीय सेनामा कार्यरत नेपालीको अफगानिस्थानमा गोलि हानि हत्या

अफगानिस्थान- कावुलमा एक नेपालीको अज्ञात समूहले गोलीहानी हत्या भएको छ ।

सुनसरी घर भएका मिनबहादुर राईको चारदिन अगाडि गोली हानी हत्या गरिएको हो ।19

भारतीय सेनाबाट अवकास प्राप्त भएपछी वैदेशिक रोजगारीको सिलसिलामा अफगानिस्थानको कावुल स्थित आइडिजि सेक्युरिटी लिमेटेडमा सुरक्षा गार्डका रुपमा काम गरिरहेका थिए ।

हत्याको वारेमा विद्रोहिको गोली प्रहारबाट मृत्यु भएको दाबी गरिए पनि अफगानिस्थान सरकारले हत्याको कारण बारे केही खुलाएको छैन् ।
भोजपुरको छिनामखु गाविस घर भएका मिनबहादुर भारतीय सेनाको जागिरबाट अवकास पाएपछि धरानमा घर बनाएर परिवार सहित बस्दै आएका थिए ।news24nepal

Continue Reading…

ओली बोल्न लाग्दा कांग्रेसका नेताहरु शौचालय जाने भन्दै बाहिरिए

११ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी ओली बोल्ने बेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलल र नेता महेश आर्चाय शौचालल जाने भन्दै बाहिरिए ।

कांग्रेस पदाधिकारीः देउवाको लिष्टमा को को ?

कुरा मंगलबार बोलाइएको सर्वदलीय बैठकको हो ।18

प्रचण्डलाई ३ दिन भित्र सर्वोच्च अदालतमा उपस्थित हुन आदे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोले लगत्तै सर्वदलिय प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा बैठकमा सहभागी कांग्रेसका सभापति देउवा पौडेल र आचार्य बाहिरिएका थिए ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले शौचालय जाने शैलीमा प्रधानमन्त्रीले आग्रह गर्दा पनि कुरा नै नसुनि बाहिरिएकको बताए । उनले भने, कांग्रेसले स्थानीय निकायको निवार्चन गर्न
नसक्ने मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्ने भनाई राखेर बाहिरिएको थियो ।nepaliheadlines

Continue Reading…

‘साकाहारी सगरमाथा आरोही’ को सपना लेक लागेर सदाका लागि चुँडियो

११ जेठ, काठमाडौं ।

साकाहारी पनि सगरमाथाको चुचुरोमा पुग्न सक्छन् भनेर किर्तिमान राख्ने उद्देश्यले आरोहणमा गएकी एक विदेशी महिलाको लेक लागेर निधन भएको छ ।

माउन्ट एभरेष्ट होइन विश्वको सर्वोच्च शिखर – अन्तराष्ट्रिय मिडिया

सगरमाथा आरोहणका क्रममा लेक लागेपछि विचबाटै फर्किएकी दक्षिण अफ्रिकाकी नागरिक डा मारिया स्ट्रिडोमको अक्सिजनको अभावले निधन भएको हो ।
उनी अष्ट्रेलियाको मेलबर्नस्थित मोनाश युनिभर्सीटिकी सहायक प्राध्यापक रहेको डेली मेलले जनाएको छ ।17

सगरमाथाको चुचुरोमा पुग्ने अन्तिम शिविर क्याम्प फोरबाट शुक्रबार फर्किएकी उनको शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

३४ वर्षीया दक्षिण अफ्रिकी महिलाका साथमा रहेका पति भने सकुशल छन् । मारिया र उनका पतिले साकाहारी कमजोर हुँदैनन् भन्ने पुष्टी गर्नका लागि सगरमाथाको चुचुरोमा पुग्ने अभिलाशा राखेका थिए ।

सगरमाथा आरोहण सफल भएको भए आफू सगरमाथा शिखरमा पुग्ने पहिलो साकाहारी ब्यक्ति बन्ने भन्दै मारियाले साथीभाइलाई सुनाउने गरेको पनि डेली मेलले जनाएको छ ।

सगरमाथा चढ्ने स्वीकृति लिनको लागि किन ७० हजार डलर लाग्छ?nepaliheadlines

Continue Reading…

बहिनीका लागि लायकको केटो खोज्दैछन् किम जोंग उन, यसरी छानिनेछन् ज्वाई

काठमाडौं, ११ जेठ । लगातार आणविक हतियार परीक्षण गरेर संसार हल्लाएका उत्तर कोरियाका सर्वाेच्च नेता किम जोंग उनले आफ्नी बहिनीका लायकको केटो छान्न स्वयंवरको आयोजना गरेका छन् ।
स्वयंवरको विशेषता भने झनै गज्जबको छ । जहाँ बहिनीले होइन् किम आफैले बहिनीका लागि ज्वाई छान्नेछन् । दक्षिण कोरियाली पत्रिका ‘न्यूज डट कम डट एयू’को रिपोर्टअनुसार सबै उम्मेदवार यी तानाशाह किमका अगाडि उनकी बहिनीलाई प्रपोज (प्रस्ताव) गर्नेछन् । जून उम्मेदवार यो तरिकाबाट किमलाई मन पर्नेछ उ नै किमकी बहिनीको पति बन्नेछ ।
यो स्वयंवरका लागि प्योंगयांग (उत्तर कोरियाको राजधानी) ३० जना ब्याचलर्स (स्नातक पास) गरेका युवाहरु छानिएका छन् । जसको लम्बाई लगभग ५ फिट र १० इञ्च आसपास छ । यी सबै किम इल सुंग युनिवर्सिटीबाट ग्रेजुएट (स्नातक पास) गरेका छन् र आर्मीमा काम गरिसकेका छन् । किम जोंग उनकी बहिनीको नाम यो जोंग हो । २९ वर्षीय यो जोंग यो समयकी उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिलाको सूचीमा पर्छिन् ।16
किमले यसअघि पनि २०१२ सालमा आफ्नो बहिनीका लागि स्वयंवर आयोजना गरेका थिए तर, त्यो समयमा कुनै योग्य वर भेटिएन् । यो जोंगका बारेमा उत्तर कोरिया छाडेर दक्षिण कोरिया गएका एक अधिकारीले उनी निकै सुन्दर युवती भएको खुलासा गरेका थिए ।
उनका अनुसार युनिबर्सिटीमा पढ्ने समयमा यो जोंगका पिताले उनका लागि अलग कक्षा कोठा र अलग्गै बाटो बनाएका थिए । त्यो बाटोमा जोंगका क्लासमेट बाहेक अरु कुनैव्यक्ति प्रवेश गर्न प्रतिबन्ध थियो । यस्तो पनि भनिन्छ कि यो जोंगको विहे उत्तर कोरियाका आर्मी चिफ चोई रियाँग हे का छोरासँग फिक्स (तय) भइसकेको थियो । तर, २०१३ सालमा उसको मृत्यु सडक दुर्घटनामा भयो । त्यही समयदेखि यो जोंग सिंगल छिन् ।
दक्षिण कोरिया गएका ती अधिकारका अनुसार स्वयंवरमा सहभागी ३० जनामध्ये जसले किम जोंग उन र यो जोंगको शर्तमा खरो (बोलियो) निस्कियो त्यो नै भाग्यशाली हुनेछ अर्थात उत्तर कोरियाकै ज्वाई बन्नेछ ।
dainiknepal

Continue Reading…

यसकारण मैले प्रहरीमा उजुरी दिनै पर्‍योः गगन थापा

गत २८ वैशाखमा म व्यवस्थापिका संसदमा थिएँ । शुभचिन्तक मित्रहरूको फोन र म्यासेज आएपछि थाहा पाएँ मेरो नाम जोडेर एक अनलाइनमा प्रकाशित ‘भारतको विरुद्धमा उत्रने नेपाली भेडा हुन्- गगन थापा’ शिर्षकको समाचार सामाजिक संजालमा व्यापक रुपमा फैलिएको रहेछ । त्यस दिन मैले कुनै पनि सार्वजनिक कार्यक्रममा बोलेको थिईन र यो विषय मैले बोल्न त के सोच्न समेत नसकिने थियो ।
प्रकाशकलाई समाचारको स्रोतबारे सोधखोज गरे, उनले यो समाचार कसैले फोनबाट टिपाएर आफूले प्रकाशन गरेको तर अनुसन्धान गर्दा त्यो समाचार गलत पाइएको भने । उक्त अनलाइनले भूल सुधार गरेर खण्डन पनि छाप्यो-‘गगन थापा विरुद्धको अनर्गल प्रचार भएकोमा दु:ख व्यक्त गर्दछौं’, तर त्यो खण्डन नियतवश केहि मिनेट भन्दा बढि राखिएन ।diya
विगतमा जस्तै मैले त्यस घटनालाई विर्सन पनि सक्थे तर एकातर्फ यो आफैमा राष्ट्रिय संवेदनशील विषय थियो भने अर्कोतर्फ त्यतिबेलासम्म यो समाचार हजारौका बिचमा सामाजिक संजालमा ‘सेयर’ गरिसकिएको थियो र केहि अरु अनलाइनहरूले समेत सोही समाचारको हवाला दिँदै समाचार प्रकाशित गरिरहेका छन् र सामाजिक संजालमा व्यापक रुपमा प्रचार भइरहेको थियो ।
यस हप्ता पनि ‘गगनले नयाँ शक्तिमा आउने वचन दिएको थियोः बाबुराम’ त्यस्तै ‘गगनले भने माओवादी मिल्यो अव काँग्रेसको पतन शुरू भयो’ लगायतका विभिन्न विषयमा बोल्दै नबोलेको कुरा बोल्यो भनेर समाचार आए । यसरी हरेक दिन जसो केहि खराव नियत भएकाहरूले आफ्नो अनलाईन हिट बनाउन कपोलकल्पित समाचार बनाउने, त्यसको तथ्यलाई जाँच्दै नजाँची साभार गर्ने अनि सामाजिक संजालमा समेत त्यसकै आधारमा मेरो बारेमा अनेकन टिका टिप्पणी आइरहने र त्यसको जवाफ मैले दिनुपरेको छ ।
विगतमा पनि कपोलकल्पित समाचार कोर्ने र अनर्गल प्रचार गर्दै मेरो राजनीतिक चरित्रहत्या गर्ने, सार्वजनिक जीवनलाई तहसनहस पार्ने धेरै दुस्प्रयासलाई मैले भोगेको छु र उपेक्षा गर्दै आएको छु । जब म राष्ट्रिय महत्वका विषयमा काम गर्न थाल्छु, त्यतिनै बेला त्यसलाई ओझेल पार्न, मलाई विचलित वनाउन कपोलकल्पित कथा रचिन्छन्, अनलाइनहरूको दुरुपयोग गर्दै समाचार बनाइन्छन् र सामाजिक संजालमा व्यापक गराइन्छ । यसपटकपनि संसद र बाहिर मैले केही निश्चित राष्ट्रिय चासोका विषयमा थालेका प्रयासलाई ओझेल पार्ने नियतका साथ यो समाचार प्रकाशित भएको हो भन्ने मेरो ठम्याइ छ।
पार्टी भित्र होस् वा बाहिर, संचार माध्यममा होस वा सार्वजनिक मञ्चहरूमा मैले सदैव राष्ट्र, राष्ट्रिय एकता र नेपाली जनताको वृहत्तर हितका पक्षमा खुलेर बोलेको छु र लडेको छु । पछिल्लो समयमा नेपाल-भारत सम्बन्धमा र नेपालको आत्मसम्मानका खातिर मैले राखेका धारणा र अडान सवैसामू जगजाहेर छ ।
मलाई रत्तिभर संदेह छैन- यो मेरो राजनीतिक मूल्य, मान्यता र विश्वासका खिलाफमा मेरो राजनीतिक जीवनलाई कमजोर बनाउने कुत्सित मनसायका साथ गरिएको षडयन्त्र हो । हुँदै नभएको कार्यक्रमको कल्पना गरेर राष्ट्रको संवेदनशील विषयमा बोल्दै नबोलेको कुरा बोलेको भनेर दुस्प्रचार गर्नु आफैमा अपराधिक कृत्य हो र यसको कानूनी उपचार हुनैपर्छ ।
स्वतन्त्र प्रेस लोकतन्त्रको आत्मा हो । प्रेस स्वतन्त्र, मर्यादित र विश्वासनीय हुनुपर्छ भन्ने मेरो मान्यता हो । संविधानमा प्रेसमाथी अंकुश लगाउने कुनै पनि प्रावधान राखिनुहुन्न र यो पूर्णतः स्वतन्त्र रहनुपर्दछ भनेर मस्यौदामा संशोधन प्रस्ताव राख्ने थोरै सभासद मध्ये म एक हुँ । आज पनि म यस कुरामा दृढ छु ।
लोकतन्त्रले उपलव्ध गराएको प्रेस स्वतन्त्रता सत्यतथ्य सुसुचित गराउन, राज्यलाई जवाफदेही र समाजलाई व्यवस्थित बनाउन हो । तर यस्ता केही पात्र र प्रवृत्तिका कारण पत्रकारिताको विश्वसनीयता, मर्यादा र प्रतिष्ठामा आँच पुग्नेमात्र होइन अन्ततः स्वतन्त्र प्रेसको अवधारणा विरोधीहरूलाई नै मलजल पुग्छ । यस्तै प्रवृत्तिका कारण पछिल्लो समयमा लोकप्रिय बन्दै गएको र प्रभावकारी ढंगले राष्ट्रिय महत्वका विषयमा जनतालाई सुसूचित गरिरहेको अनलाइन मिडियाकै विश्वासनीयता समेत खतरामा पर्न जान्छ ।
त्यसैले यस्ता अनैतिक समाचार सम्प्रेषण गर्नेहरूलाई निरुत्साहित गर्नु र स्वच्छ पत्रकारिताको दायरामा ल्याउनु पीडित व्यक्तिमात्र होइन, स्वतन्त्र र जबाफदेही पत्रकारिताका पक्षधर सबैको दायित्व हो । आफ्नो समाचार विकाउन र सनसनी फैलाउनकै लागि कसैको आत्मसम्मानमा ठेस पुग्ने गरि राष्ट्रिय संवेदनशील विषयमा समाजमा घृणा र उत्तेजना फैलाउने किसिमले भ्रामक समाचार प्रकाशित गर्न मिल्छ कि मिल्दैन भनेर बहस हुन जरुरी छ । त्यस्ता समाचारले सम्बन्धित व्यक्तिमा पर्ने मानसिक र सामाजिक क्षतिको जवाफदेहीता कसको हुने प्रश्नलाई पनि अब उपेक्षा गर्न हुँदैन ।
तसर्थ, पत्रकारिताको नाममा आधारहीन र षडयन्त्रपूर्ण समाचार बनाएर स्वतन्त्र प्रेसलाई नै बदनाम गर्ने गरी कसैको चरित्र हत्या गर्ने उद्देश्यका साथ काम गरिरहेका यस्ता अपराधिक तत्वलाई निरुत्साहित गर्न कानूनी उपचार अपनाउन नेपाल प्रहरीमा छानबिन र कानूनी कारबाहीका लागि निवेदन दिएको जानकारी गराउन चाहान्छु । मलाई थाहा छ-प्रेससंग सम्बन्धित प्रेस काउन्सिल जस्ता नियमनकारी निकाय छन तर यो विषय प्रेससंग मात्र संबन्धित नभएर आफैंमा अपराधिक कृत्य समेत हो ।
अतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको दुरुपयोगका बिरुद्ध हाम्रो संविधानले तोकेको कानुनी उपचारको प्रावधानको सदुपयोग गर्नु मेरो कर्तव्य समेत हो भन्ने ठानेर कानूनी उपचारको वाटो समातेको हुँ । मेरो यस कदममा सम्बन्धित सबै पक्ष र विशेषगरी स्वच्छ पत्रकारिता र स्वतन्त्र प्रेसका लागि निरन्तर संघर्षरत मिडियाका साथीहरुको सहयोगको लागि अनुरोध गर्दछु । साथै विकृति हटाउने यस अभियानमा व्यवसायीक रुपमा अनलाईन संचालन गरिरहेका साथीहरूले साथ दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।
अन्त्यमा, मेरा वारेमा आउने प्रत्येक समाचारलाई अत्यन्त संवेदनशीलताका साथ लिएर, निरन्तर स्नेह र सल्लाह दिएर मलाइ सचेत गराउने र म प्रति विश्वास र भरोसा गर्ने सवैप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता षडयन्त्र र दुस्प्रचारवाट भ्रमित नहुन विनम्र अनुरोध गर्दछु । यहाँहरूको चासो र चिन्ताले मलाई राजनीतिक र सामाजिक जीवनमा थप सतर्कता र जिम्मेवारबोधका साथ काम गर्न उत्प्रेरित गर्नेछ ।
मितिः ११ जेठ २०७३ ।
dainiknepal

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog