Tuesday, May 24, 2016

कान्छो छोरा बनाई नागरिकता दिने महिला पक्राउ

१२ जेठ, अर्घाखाँची।

आफ्नो कान्छो छोरा भनी सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।bagaya
भारतीय युवालाई कान्छो छोरा भनी कीर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर–८ निवासी ६० वर्षीया हिमकला भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।

जसले नागरिकताका लागि कान्छो छोरा भनी सिफारिस गर्यो, उनैको छोरी भगाएर फरार भएपछि थाहा भयो कि उनी भारतीय नागरिक रहेछन् । छोरीसमेत भगाएर नागरिकता लिएर फरार भएको थाहा पाएपछि गाविस सचिव कमल पोख्रेलले नै कीर्ते गरी नागरिकता लगेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी गरेका थिए ।

गाविस सचिवको उजुरीका आधारमा महिलालाई पक्राउ गरेको प्रहरीको भनाइ छ । कीर्ते गरी नागरिकता लिएर भागेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । रासस
nepaliheadlines



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog