मोदी फर्किएपछि ‘केही’ हुने विश्वास
काठमाडौं–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २७ गते संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणमा जानुहुने र उक्त भ्रमणबाट फर्किएपछि नेपालमा उत्पन्न समस्या समाधानका निम्ति मोदीले विशेष तत्परता लिनुहुने विश्वास नेपाल र भारतका बुद्विजिवी एवम् विश्लेषकहरुले गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी बाराक ओबामा राष्ट्रपति भएताका आठौं वर्षभित्र राजकीय भ्रमणका निम्ति निमन्त्रणा पाउने नर्वौं विदेशी नेता हुनुहुन्छ । मोदीको भ्रमणलाई अमेरिकाले उच्च महत्व दिने तयारी गरेको बुझिएको छ । यो भ्रमणमा मोदीले अमेरिका र भारतबीचको सम्बन्धलाई सुदृढ तुल्याउने र एसियामा भारतले आफ्नो हित तथा क्षेत्रिय शान्ति र स्थानीयत्वको लागि चाल्ने कदमप्रति अमेरिकी साथ प्राप्त गर्नुहुने ठानिएको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।ratopati