Tuesday, May 24, 2016

ओवामाले यस्तो सामान्य ठाउँमा बसेर भोजन गरे, जुन तपाईलाई अपत्यारिलो लाग्न सक्छ

मंगलबार, ११ जेठ
एजेन्सी। विश्वको महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति एउटा मामुली होटलभित्र प्लास्टिकको कुर्सीमा बसेर सस्तो खाना खाइरहेका छन् ।धेरैले यो तस्वीरको सत्यतामा शंका गर्छन् ।
तर, यो कुनै ट्रिक गरिएको फोटो होइन । ओबामा जस्तै देखिने व्यक्ति बाराक ओबामा नै हुन् । उनीसँग टेबल शेयर गरिरहेका व्यक्ति चाहिँ भियतनामका प्रख्यात सेफ एन्थोनी बोर्डेन हुन् ।
भियतनामको हानोईमा पुगेका ओबामा आम मानिसहरुले खाना खाने होटलमा किन छिरे त ?
यो प्रश्न भन्दा पनि रोचक र अविश्वसनीय पक्ष के छ भने होटलभित्र रहेका कसैले पनि ओबामालाई वास्ता गरेको देखिँदैन । सबै आफ्नो सुरमा खाना खाइरहेका छन् ।27
तस्वीर हेर्दा यस्तो लाग्छ कि ओबामालाई उनीहरु कसैले चिनेनन । फेरि बोर्डेन आफैंमा एक सेलिब्रिटी हुन् । उनी सेफ बन्नुभन्दा पहिले टेलिभिजन कार्यक्रम प्रस्तोता थिए । अहिले पनि एउटा कार्यक्रम होस्ट गर्छन् ।
पक्कै पनि ओबामा ठूलो सुरक्षाका साथ त्यहाँ पुगेका थिए, जून तस्वीरमा देखिन्न । पत्रकारहरुले पछ्याएका पनि थिए । तर, भित्रको दृष्य यस्तो छ मानौं ओबामा केही होइनन् ।
खासमा यो एन्टोनी बोर्डेनः पाट्र्स अननोन नामक टेलिभिजन कार्यक्रमका लागि गरिएको सुटिङ रहेछ । पहिलो पटक भियतनामको भ्रमणमा गएका ओबामाले यस्ता कामका लागि पनि समय निकाल्न भ्याए ।
ओबामालाई बाहिर पत्रकारहरुसहित ठूलो भिडले पछ्याए पनि उनीहरु सबैलाई बाहिरै रोकिएको रहेछ । एक छिनका लागि उनका सुरक्षाकर्मीहरु पनि बाहिरै बसेका रहेछन् ।
अमेरिकी राष्ट्रपति ओबामा बाहिर निस्केपछि भीडले फेरि उनलाई छोपिहाल्यो । ओबामाले खाएको खानाको मूल्य केवल ६ डलर रहेको बोर्डेनले ट्वीटरमा जानकारी दिएका छन् ।
nepalsandesh



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog