दिल्लीमा विमान दुर्घटना
११ जेठ, एजेन्सी।
भारतको राजधानी दिल्लीमा विमान दुर्घटना भएको समाचार छ। घटनामा पाँच जना घाइते भएका छन।
एयर एम्बुलेन्स रहेको सो विमानमा ७ व्यक्ति सवार थिए। दुवै पाइलट सकुशल रहेको बताइएको छ।
विमानको ‘क्र्यास ल्याण्डिङ’ भएको छ।
अल्केमिस्ट एयरलाइन्सको सो एयर एम्बुलेन्स पटनाबाट दिल्ली आउदै थियो। स्थानीय समय अनुसार पौने ३ बजे दिल्लीको नजफगढ इलाकामा घटना भएको हो। दुवै इन्जिनले काम गर्न छोड्दा विमान दुर्घटना भएको बताइएको छ।nepaliheadlines