Tuesday, May 24, 2016

वार्तामा मधेसी मोर्चा नआएपछि सत्तारूढ र प्रमुख विपक्षी दलले गरे यस्तो निर्णय

बुधबार, १२ जेठ
काठमाडौ । सत्तारूढ र प्रमुख विपक्षी दल आन्दोलनरत संघीय गठबन्धनसँग विगतमा टुटेकै विन्दुबाट छलफल अघि बढाउन तयार भएका छन् । उनीहरूले आन्दोलनरत दलहरूलाई वार्ता र छलफलमा बस्न संयुक्त आहवान पनि गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले मंगलबारका लागि बोलाएको छलफलमा आन्दोलनरत गठबन्धन अनुपस्थित रहे पनि सत्तारूढ र प्रमुख विपक्षी कांग्रेसबीच सिंहदरबारमा छलफल भयो ।
प्रदेशको सीमांकन पुनरावलोकन गर्न समिति बनाउनेबारे यसअघि सैद्धान्तिक सहमति भएको थियो । तर आन्दोलनरत मधेसी दलहरूले तराईमा दुई प्रदेश हुने गरी समितिको कार्यादेश सुुरुमै तोक्नुपर्ने अडान राखेका थिए ।
मधेसी दलको उक्त अडान मान्न नसक्ने जवाफ अन्य प्रमुख दलहरूले दिएपछि दुई पक्षको संवाद टुटेको थियो । अब त्यही विन्दुबाट छलफल अघि बढाउने दलहरूले बताएका छन् ।2
‘वार्ताबाट समस्या समाधान गर्ने वस्तुनिष्ट आधार तयार गर्नुपर्छ र त्यसका लागि औपचारिक र अनौपचारिक दुवै तबरबाट छलफल अघि बढाउने कुरा भएको छ,’ बैठकपछि प्रमुख प्रतिपक्षी कांग्रेस नेता महेश आचार्यले भने, ‘यसअघि मोर्चासँग वार्ता गर्दा सीमांकन पुनरावलोकनका लागि बनाउने समितिको क्षेत्राधिकारबारे कुरा मिलेको थिएन, त्यसमा टेकेर छलफल गर्नुपर्छ बरु के शब्द पदावली राख्दा हुन्छ त्यो प्रयोग गरेर जाऔं भन्ने कुरा पनि भएको छ ।’
संविधान कार्यान्वयनका लागि संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने आवश्यकता भएकाले त्यसका लागि प्रमुख प्रतिपक्षी कांग्रेसले पनि छलफल र वार्ताको वातावरण बनाउन अधिकतम पहल गर्ने नेता आचार्यले जनाए । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog