बहिनीका लागि लायकको केटो खोज्दैछन् किम जोंग उन, यसरी छानिनेछन् ज्वाई
काठमाडौं, ११ जेठ । लगातार आणविक हतियार परीक्षण गरेर संसार हल्लाएका उत्तर कोरियाका सर्वाेच्च नेता किम जोंग उनले आफ्नी बहिनीका लायकको केटो छान्न स्वयंवरको आयोजना गरेका छन् ।
स्वयंवरको विशेषता भने झनै गज्जबको छ । जहाँ बहिनीले होइन् किम आफैले बहिनीका लागि ज्वाई छान्नेछन् । दक्षिण कोरियाली पत्रिका ‘न्यूज डट कम डट एयू’को रिपोर्टअनुसार सबै उम्मेदवार यी तानाशाह किमका अगाडि उनकी बहिनीलाई प्रपोज (प्रस्ताव) गर्नेछन् । जून उम्मेदवार यो तरिकाबाट किमलाई मन पर्नेछ उ नै किमकी बहिनीको पति बन्नेछ ।
यो स्वयंवरका लागि प्योंगयांग (उत्तर कोरियाको राजधानी) ३० जना ब्याचलर्स (स्नातक पास) गरेका युवाहरु छानिएका छन् । जसको लम्बाई लगभग ५ फिट र १० इञ्च आसपास छ । यी सबै किम इल सुंग युनिवर्सिटीबाट ग्रेजुएट (स्नातक पास) गरेका छन् र आर्मीमा काम गरिसकेका छन् । किम जोंग उनकी बहिनीको नाम यो जोंग हो । २९ वर्षीय यो जोंग यो समयकी उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिलाको सूचीमा पर्छिन् ।
किमले यसअघि पनि २०१२ सालमा आफ्नो बहिनीका लागि स्वयंवर आयोजना गरेका थिए तर, त्यो समयमा कुनै योग्य वर भेटिएन् । यो जोंगका बारेमा उत्तर कोरिया छाडेर दक्षिण कोरिया गएका एक अधिकारीले उनी निकै सुन्दर युवती भएको खुलासा गरेका थिए ।
उनका अनुसार युनिबर्सिटीमा पढ्ने समयमा यो जोंगका पिताले उनका लागि अलग कक्षा कोठा र अलग्गै बाटो बनाएका थिए । त्यो बाटोमा जोंगका क्लासमेट बाहेक अरु कुनैव्यक्ति प्रवेश गर्न प्रतिबन्ध थियो । यस्तो पनि भनिन्छ कि यो जोंगको विहे उत्तर कोरियाका आर्मी चिफ चोई रियाँग हे का छोरासँग फिक्स (तय) भइसकेको थियो । तर, २०१३ सालमा उसको मृत्यु सडक दुर्घटनामा भयो । त्यही समयदेखि यो जोंग सिंगल छिन् ।
दक्षिण कोरिया गएका ती अधिकारका अनुसार स्वयंवरमा सहभागी ३० जनामध्ये जसले किम जोंग उन र यो जोंगको शर्तमा खरो (बोलियो) निस्कियो त्यो नै भाग्यशाली हुनेछ अर्थात उत्तर कोरियाकै ज्वाई बन्नेछ ।
dainiknepal