Wednesday, May 25, 2016

फुटबर विमल घर्तीमगरकी बहिनीको नवलपरासीमा विभत्स हत्या

दाजु विमलसँग मनिषा
काठमाडौं, १३ जेठ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख स्ट्राइकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो ।
नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले विमलकी बहिनी मनिषा मृत अवस्थामा फेला परेको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ । शवलाई पोस्टमार्टमका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल पठाइएको छ ।hatea
छिमेकीका अनुसार आशिष चौधरी नामका युवक र अर्का एक युवक राति विमलको घर गएका थिए । त्यहाँ उनकी बहिनी मनिषासँग झगडा भएको थियो । त्यसपछि विहान मनिषा मृत फेला परिन ।
एसपी चौधरीका अनुसार मनिषाको घाँटीमा कसैले थिचेको जस्तो दाग देखिएको छ भने कोठामा रगतका छिटा पनि भेटिएको छ ।
उनले यो घटना आत्महत्या हो कि हत्या पोस्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने बताए ।
बुधबार राति मनिषा घरमा एक्लै थिइन् । उनकी आमा बुटवल गएकी थिइन् । घरमा एक्लै भएको बेला मनिषाको हत्या भएको र बलात्कार समेत गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । यद्यपी पोस्टमार्टम रिपोर्टपछि मात्रै बलात्कार भए नभएको भन्न सकिने प्रहरीको भनाई छ ।
१७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । उनका दाजु विमल अहिले नेपालबाहिर छन् ।
dainiknepal

Continue Reading…

आर्थिक सर्वेक्षण आज संसद पेस हुने

१४ जेठ, काठमाडौं ।

सरकारले चालु आर्थिक वर्ष २०७२÷७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहित आर्थिक सर्वेक्षण आज संसद पेस गर्दैछ ।

 

अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।

hune
सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नु प¥यो जस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।

नेपालको संविधानमा व्यवस्था भएअनुरूप सरकारले आगामी आवको बजेट यही जेठ १५ गते प्रस्तुत गर्नेछ । अघिल्ला वर्षमा असार मसान्त सम्ममा ल्याईने गरिएको भएपनि पूर्वाधार निर्माणका आयोजनालाई समयमै अघि बढाउन सहज होस् भन्ने उदेश्यले संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गरिने व्यवस्था गरिएको हो ।

आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थिति तथा सरकारको मातहतमा रहेको संस्थानको अवस्थाबारे समेत सदनलाई जानकारी दिईने छ ।यस्तै व्यवस्थापिका–संसद् बैठकमा बैङ्किङ कसुर तथा सजाय पहिलो संशोधन विधेयक २०७१, निक्षेप कर्जा सुरक्षण कोष विधेयक, २०७२ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७२ सम्बन्धी विधेयक पनि पेस गरिने कार्यक्रम रहेको जनाईएको छ ।
nepaliheadlines

Continue Reading…

फुटबलर बिमल घर्तीकी बहिनी आफ्नै घरमा मृत फेला

बिहीबार, १३ जेठ
नवलपरासी । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्ती मगरकी बहिनी मृत भेटिएकी छन् ।
बिमलकी बहिनी मनिषा घर्ती नवलपरासी बर्दघाट–८ पञ्चनगरको आफ्नै घरमा मृत भेटिएकी हुन । प्रहरीको अनुसार बिहिबार बिहान उनी मृत भेटिएपछि स्थानियले खबर गरेपछि प्रहरीको टोली उनको घरमा गएको थियो ।mitu
प्रहरीले मनिषा कोठामा मृत अवस्थामा फेला पारिएको जनाएको छ ।घटनाको प्ररम्भिक अनुसन्धानबाट शंकास्पद भएको बताइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
nepalsandesh

Continue Reading…

सेनाको बसमा बन्दकर्ताको तोडफोड

काठमाडौ: नेपाली सेनाको सैनिक स्कुल बसमा तोडफोड भएको छ।

बा २ ख २२४७ नम्बरको सैनिक बसमा बन्दकर्ताले चाबहिल चोकमा ढंगामुढा र तोडफोड गरेका हुन्।

garoo
उनीहरुले ट्याक्सीमा समेत ढुंगामुढा गरेको प्रहरीले जनाकारी दिएको छ। प्रहरीका अनुसार सैनिक स्कुल बसमा तोडफोडपछि बन्दकर्तालाई तिरबितर पारेका छन्।

नियम उल्लंघन गर्ने सवारीको कारबाहीका लागि ट्राफिक प्रहरीले बढी शुल्क लिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दले काठमाडौं उपतयका लगायत देश भरको जनजीवन प्रभावित भएको छ।

उपत्यकामा विहानैदेखि सार्वजनिक यातायातका साधन चलेका छैनन् भने सर्वसाधारण यात्रुलाई गन्तव्यमा जान कठिन भएको छ।
annapurnapost

Continue Reading…

संसदको बैठक बस्दै, अर्थ मन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने

काठमाडौं, १३ जेठ । संसदको बैठक आज बस्दैछ । झण्डै दुई साता लामो स्थगनपछि संसदको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
संसदको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।11
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याउँदैछ । बजेट ल्याउन अघि संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने परम्परा छ ।
संसदको नियमावलीका विषयमा पनि आजको बैठकमा छलफल हुन सक्ने बताइएको छ । संसद नियमावलीमा सहमति हुन नसकेपछि त्यसमा मतदान हुन सक्ने बुझिएको छ ।
dainiknepal

Continue Reading…

संसद् बैठक बस्दै, चालु आर्थिक सर्वेक्षण पेस गरिदै

बिहीबार, १३ जेठ
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७२\७३ को मुलुकको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहितको आर्थिक सर्वेक्षण आज संसद्म पेस गर्दैछ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा चालु आवको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।
सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुप योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।
नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आवको बजेट यही जेठ १५ गते प्रस्तुत गर्नेछ । अघिल्ला वर्षमा असार मसान्तको सेरोफेरोमा बजेट ल्याउने गरिन्थ्यो ।8
पूर्वाधार निर्माणका आयोजनालाई समयमै अघि बढाएर बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन सजिलो होस् भन्ने उद्देश्यले संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गरिने व्यवस्था गरिएको हो ।
आर्थिक सर्वेक्षणमा मुलुकको समग्र आर्थिक स्थिति तथा सरकारको मातहतमा रहेको संस्थानको अवस्थाकाबारेमा समेत सदनलाई जानकारी दिने प्रचलन रहिआएको छ ।
व्यवस्थापिका–संसद्को भोलिकै बैठकमा बंैकिङ कसुर तथा सजाय पहिलो संशोधन विधेयक २०७१, निक्षेप कर्जा सुरक्षण कोष विधेयक, २०७२ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७२ सम्बन्धी विधेयक पेस गरिने कार्यक्रम रहेको सचिवालयबाट थाहा भएको छ ।
nepalsandesh

Continue Reading…

भारतबाट नेपाल आएका यात्रु महेन्द्रनगर र धनगढीमा अलपत्र

कञ्चनपुर, १३ जेठ । यातायात व्यवसायीहरुको बन्दले पश्चिम नेपालका यात्रु अलपत्र परेका छन् । ट्राफिक जरिवाना बिरुद्धमा आज देशव्यापी रुपमा गरिएको चक्काजामको असर पश्चिम नेपालमा समेत परेको छ । धनगढी, महेन्द्रनगरदेखि विभिन्न स्थानका लागि छुट्ने सवारी सधान चल्न नसक्दा यात्रुहरु अलपत्र परेका छन् ।
भारत लगायत विभिन्न स्थानमा रोजगारी गरि घर फर्कन लागेका यात्रुहरु समेत महेन्द्रनगर, धनगढी बसपार्कमा अलपत्र परेका छन् । नेपाल बन्दबारे आफुलाई केही थाहा नभएकाले घर आएको उनीहरुले बताएका छन् । नेपाल आएपछि मात्रै नेपाल यातायात बन्द भएको मजदुरहरुले बताएका छन् । भारत जाने मुख्य गड्डाचौकी र गौरीफन्टा नाकाबाट भित्रिने नेपाली मजदुरहरुलाई नेपाल बन्दले घर कतिखेर पुग्ने भन्ने निश्चित छैन् ।
यातायात बन्दका कारण यात्रुहरु महेन्द्रनगरका विभिन्न होटेलहरुमा बसिरहेका छन् । विभिन्न आठ यातायात मजदुर संगठनहरुले सवारी सधान भाडा बिरुद्धमा आज चक्काजाम गरेका छन् । साहु, चालकले सवारी सधान घरमै थन्क्याएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ मा जरिवाना रकम २५ देखि २०० भएपनि सरकारले उक्त रकममा भारी बृद्धि गरेको भन्दै यातायात मजदुरहरु आन्दोलित भएका हुन् ।7
ट्राफिक प्रहरीले जरिवाना कम हुँदा मजदुरहरुले लार्पबाहि गरेको भन्दखै २५लाई बढाएर पाँच सय, एक सयलाई बढाएर एक हजार र दुई सयलाई बढाएर एक हजार पाँच सय गरेको छ ।
उक्त जरिवाना बिरुद्धमा बिहीबार देशव्यापी रुपमा बन्द गरेको हो । मजदुरहरुले ट्राफिक ज्याजती रोक्नुपर्ने, मजदुरमाथीको आर्थिक शोषणको अन्त्य, जरिवाना बाफत ट्राफिक प्रहरीलाई आउने १५ प्रतिशत कमिशन बन्द गरिनुपर्ने, सडक दुर्घटना बिमा, विगतका सम्झौता कार्यान्वन गर्नुपर्नेमा मजदुरहरुले माग गरेका छन् ।
ट्राफिक प्रहरीले भने, कसैबाट त्यतिकै फोकटमा पैशा नलिने भन्दै कानुन मिच्नेबाट जरिवाना लिएको बताउदै आएको छ । गल्ती नगरे को बाट किन जरिवाना लिने ट्राफिक प्रहरीको अडान छ । गल्ती नगरे जति जरिवाना राखेपनि इमान्दारलाई फरक नपर्ने ट्राफिक प्रहरीको सुझाव छ ।
दैनिक जसो सवारी दुर्घटनाका कारण हजारौँले अकालमै ज्यान गुमाउनु परेको छ, जे भएपनि सबै सरोकारवालाहरुले जरिवाना आदि ईत्यादिमा बखेडा झिक्नुभन्दा पनि कसरी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ, त्यसफर्त ध्यान दिनु आजको आवश्यकता हो ।
dainiknepal

Continue Reading…

एमालेको बेथितिविरुद्ध नेपाल–खनाल अभियान

काठमाडौं: संस्थापन पक्षले पार्टीमा एकलौटी गरेको र गुट चलाएको आरोप लगाउँदै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले त्यसविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । नेपाल–खनाल पक्षको बुधबार राजधानीमा सम्पन्न दुईदिने भेलाले यस्तो निर्णय गरेको हो ।

मदन भण्डारी अध्ययन केन्द्रको ब्यानरमा आयोजना हुने यस्तो अभियानलाई पहिला सातवटा प्रदेशमा र पछि सबै जिल्लामा सञ्चालन गर्ने घोषणा गरिएको छ । नेपाल–खनाल समूहका नेताहरूले यसबाट पार्टीमा गुटबन्दी अन्त्य गरी एकताबद्ध हुने दाबी गरेका छन् । ‘हामी यस्तो कार्यशाला नयाँ संविधानअनुसार सातैवटा प्रदेशमा सञ्चालन गर्नेछौं । तिनबाट आएका सुझावसमेत लिएर तीन महिनाभित्र जिल्ला जिल्लामा सञ्चालन गर्छौं,’ अध्ययन केन्द्रका अध्यक्ष योगेश भट्टराईले भने ।
6
उनले धेरै जिल्लाबाट मदन भण्डारी अध्ययन केन्द्र गठनका लागि प्रस्ताव आएकाले केन्द्रसँग परामर्श गरी सबै जिल्लामा केन्द्र खोल्नसमेत भेलाका सहभागीलाई निर्देशन दिए । अभियानले एमालेलाई एकताबद्ध र बलियो बनाएर अगाडि लैजाने उनले बताए । भेलामा देशभरिका करिब चार सय सहभागी थिए । उनीहरुले यस अभियानलाई देशभरि लैजानसमेत माग गरेका थिए ।

भेला समापनमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भेलाले अपांग भएको शरीरलाई फिजियोथेरापी दिएर तरंग पैदा गरेजस्तो गुटबन्दी र बेथितिले अपांग भएको पार्टीमा नयाँ तरंग दिएको बताए । नेपालले पार्टीभित्र महाधिवेशनका बेलामा मतदान गरेका आधारमा भेदभाव भएको, जिम्मेवारीमा दोहोरो मापदण्ड अपनाइएको र जिल्ला तहमा गुटबन्दी गरिएको आरोप लगाए ।

‘यही तरिकाले पार्टी चलाए एमाले संकटमा फस्छ, एमाले संकटमा फस्नु भनेको राष्ट्र संकटमा फस्नु हो,’ नेपालले भने, ‘केन्द्रीय कमिटीको बैठक बसेजस्तो हुन्छ, पोलिटब्युरोको बैठक बसेजस्तो हुन्छ, स्थायी कमिटीको बैठक बसेजस्तो हुन्छ, बैठकमा कसैले बोल्न आँट गरे वक्रदृष्टि र कोपभजनको सिकार बन्नुपर्छ । उसलाई जोगाउन लडामान गर्नुपर्छ, म आफैंलाई मनको बह कता पोखूँ जस्तो लाग्छ ।’

आफूहरूले कुनै गुटबन्दी नगरेको दाबी गर्दै नेपालले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर लैजानुबाहेक हामीलाई अरू केही चाहिएको छैन । पार्टीमा विधिसम्मत काम हुनुपर्‌यो । मापदण्डअनुसार जिम्मेवारी दिनुपर्‌यो, तेरो र मेरो नगरिदिए पुग्छ ।’ पहिला गुट चलाउन जानेकाहरूले अहिले पार्टी चलाउन नजानेको र पहिला पार्टी चलाएकाहरू यसबेला गुटको सिकार भएर चाउरिएको पनि नेपालले बताए । पहिला आफूहरू जस्तोसुकै बेथिति भए पनि नबोलेको भन्दै उनले अब भने चुप लागेर नबस्ने बताए । ‘जो पार्टीको बहुमत छ, उसैले गाउँगाउँमा गुट चलाएको छ, अब हामी चुप लागेर बस्दैनौं, विकृति र बेथितिविरुद्ध संघर्ष गर्छौं,’ उनले भने ।

भेलाले विभिन्न ६ वटा प्रस्तावसमेत पारित गरेको छ । पारित प्रस्तावमा संविधान कार्यान्वयमा सबैलाई एकजुट बनाएर अगाडि बढ्न आग्रह गरिएको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई नेताहरूले नियन्त्रण गर्दा संस्थागत जीवन कमजोर हुने भएको र गुटबन्दीको सिकार हुँदै जाने भएकाले पार्टीमा आन्तरिक लोकतन्त्र र संस्थागत जीवन कमजोर हुन नदिन राजनीतिक पार्टी र तिनका नेताहरूलाई पनि प्रस्तावमा आग्रह गरिएको छ ।

नयाँ संविधानलाई स्वागत र सम्मान गर्ने अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिँदै भेलाले यो ऐतिहासिक कदमलाई बिनासर्त सम्मान गर्न भारत सरकारको ध्यानाकर्षण गराएको छ ।

गौतम पक्ष पनि असन्तुष्ट

केही समयदेखि अध्यक्ष ओलीसँग असन्तुष्ट भएका उपाध्यक्ष वामदेव गौतम पक्षका केही नेतासमेत नेपाल–खनाल पक्षको भेलामा सहभागी थिए । कुनै बेला गौतमलाई काँधमा हालेर साथ दिने गौतम ओलीको शैलीप्रति असन्तुष्ट भएका छन् । गौतमले विगतमा ओलीले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यसअघि नेपाल–खनाल पक्षको कुनै पनि समूह भेलामा सहभागी नभएका गौतम पक्षीय केही नेता मंगलबार र बुधबारको भेलामा सहभागी थिए । यसरी सहभागी हुने गौतम पक्षीय नेतामा केशवलाल श्रेष्ठ, उदयराज पाण्डे, उमा कोइराला, बाबुराम थापा, लक्ष्मण ज्ञवाली, शिव गुरुङलगायत थिए ।
annapurnapost

Continue Reading…

क्यासिनोमा मन्त्री र सचिवको स्वार्थ

सिमा क्षेत्रको पाँच किलोमिटर वरपर पाँच तारे होटल तथा क्यासिनो सञ्चालन गर्न नपाइने नियम छ ।

तत्कालिन सरकारले खुल्ला सिमाना र सुरक्षाको कारण देखाउँदै उक्त नियम बनाएको हो । खुल्ला सिमाना भएका कारण सिमाको छेउछाउमै क्यासिनो र होटल खोल्दा लुटपाट, चोरी तथा जघन्य अपराधका घटना बढ्न सक्ने ठहर गर्दै उक्त नियम लागू भएको थियो ।

बर्षौंदेखि कार्यान्वयन हुँदै आएको उक्त नियम क्यासिनो माफियाको एक समूहले पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र सचिव प्रेमकुमार राईलाई आर्थिक प्रलोभनमा पारेर परिर्बतन गर्न खोजेका छन् ।5

गेम सेन्टरको नाममा मिनी क्यासिनो सञ्चालन गर्दै सर्बसाधरणलाई बिचल्ली बनाउने किशोर सिलवाल र क्यानडाका एनआरएन तथा तराई मधेस सद्भावना पार्टीका सांसद रहेका नरेन्द्र शाह यतिखेर उक्त नियम खारेज गर्न लागि परेका हुन ।

आफू अनुकुल म्यासिनो सञ्चालन गर्न राज्यको नियम नै परिबर्तन गर्न मिनी क्यासिनोका माफिया शिलवाल र शाह अहिले ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउन थालेको स्रोतको दाबी छ ।

मन्त्री पोखरेल र सचिव राईलाई पाँच करोड बुझाएर शिलवाल र शाह यतिखेर संसदिय समितीमा चलखेल गर्न लागि परेको स्रोत बताउँछ । पर्यटन मन्त्रालयका सचिव राईले पाँच करोड हाता पारेपछि पाँच किलोमिटरको नियम खारेज गर्न लेखा समितीमा प्रस्ताव पठाइसकेको मन्त्रालय स्रोत बताउँछ ।

क्यासिनोका बादशाह मानिने शिलवाल र शाहले माओवादी नेतृ हिसिला यमी पर्यटन मन्त्री हुँदा नियम विपरीत सेन्ट्रल मिडिया र ह्यापी होमको नाममा मिनी क्यासिना सञ्चालन गर्न पाईने गरी लाइसेन्स लिएका थिए । सो लाईसेन्स लिन शिलवाल र शाहले नेतृ यमिलाई पाँच करोड बुझाएको चर्चा क्यासिनो सर्कलमा छ ।

शाहले महेन्द्रनगरको ओपी, विराटनगरको रत्ना र वीरगंजको विरुवा होटेलमा मिनी क्यासिनो चलाउँदै आएका छन् ।सरकारले बनाएको नियम पालना नगरी राज्य बिरुद्ध अदालतबाट स्टे अडर लिएकै भरमा राजश्व समेत नतिरी मिनी क्यासिनो सञ्चान गर्दै आएका सिलवाल र शाहको समूहले पर्यटन सचिव र मन्त्रीलाई आर्थिक प्रलोभनमा पारी आफू अनुकुल नियम बनाउन खोजेका हुन ।

स्टे अडर लिएको एक बर्षसम्म पनि अदालतको मुद्दालाई समेत आर्थिक चलखेल गरेकै भरमा लम्ब्याउँदै आएका सिलवाल र शाहले कानुन नै आफू अनुकुल बनाउन करोडौं खर्च गर्दै हिडेका छन्,यूनाइटेड पोस्ट साप्ताहिकमा उल्लेख छ ।

यसरी पाँच किलोमिटरको नियम खारेज गर्ने हो भने ठूलो सुरक्षा चुनैती थपिने उच्च प्रहरी स्रोत बताउँछ । ‘यो नियम खारेज भएको खण्डमा क्यासिनो तथा होटलमा राज्यका उच्च निकायका व्यक्ति देखि व्यापारी, नेता कुटनीतिक निकायका व्यक्तिहरुको बाक्लै आवत जावत हुने हुँदा ठूलो दुर्घटना नहोला भन्न सकिन्न ।’
एक उच्च प्रहरी अधिकारी बताउँछन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।nepaliheadlines

Continue Reading…

बजारमा पातलो सिलिन्डरको बिग बिगी , भटाभट पड्कदै

पाटनमा गत शुक्रबार विस्फोट भएको एचपी ब्राण्डको सिलिण्डरको मोटाइ कम भेटिएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

महानगरीय प्रहरी परिसर, आपूर्ति विभाग, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय उपभोक्ता मंचले गरेको घटनाको प्रारम्भिक अध्ययनमा सिलिण्डरको आवश्यक मोटाइभन्दा कम पाइएको हो ।4

गुणस्तर मापदण्डअनुसार सामान्यतया सिलिण्डरको मोटाई २ दशमलव ९ मिमि हुनुपर्छ । तर विस्फोट भएको हिमालय पेट्रोेकेमिकल्सको उक्त सिलिण्डरको मोटाइ एक दशमलव ८३ मिमि मात्र भएको अध्ययनले देखाएको छ।news24nepal

Continue Reading…

इजरायल नेपालबाट थप कामदार लैजान सकारात्मक

काठमाडौं: इजरायल नेपालबाट थप कामदार लैजान सकारात्मक देखिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नेपाली कामदार संख्या बढाउने विषयमा सकारात्मक जबाफ दिएका हुन् ।3
‘नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकारात्मक जबाफ दिनुभएको छ’, इजरायलका लागि नेपाली राजदूत प्रह्लादकुमार प्रसाईंले भने । हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् ।

नेपाल र इजरायलबीच गत वर्ष साउनमा एक समझदारी भएसँगै नेपालबाट ‘पाइलट प्रोजेक्ट’ अन्तर्गत केयरगिभर कामदार लैजान बाटो खुलेको थियो । इजरायलले ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’
समझदारी पत्रअनुसार पाइलट कार्यक्रम सुरु गरी चरणबद्ध रूपमा तीन सय कामदार लिने सहमति दुई देशबीच भएको थियो । ती कामदारले इजरायलमा पाँच वर्ष काम गर्ने अवसर पाउनेछन् । -अन्नपुर्ण पोस्टnews24nepal

Continue Reading…

यसकारण भड्किए ओलीसँग झलनाथ

बिहीबार, १३ जेठ
काठमाडौ । नवौँ महाधिवेशनपछि झलनाथ खनाल एमालेमा दोस्रो मर्यादाका वरिष्ठ नेता छन् ।
नवौँमा केपी ओली र माधवकुमार नेपालबीच अध्यक्षमा कडा प्रतिस्पर्धा भयो । उनीनिकट अधिकांश नेता–कार्यकर्ता नेपालका समर्थक बने ।
तर, खनाल खुलेनन् । ३९ मतअन्तरले नेपाल पराजित भए । उच्च स्रोतका अनुसार ओलीले खनाललाई आफू अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रपति बनाउने वचन दिएका थिए ।2
भद्र सहमतिअनुसार नेता खनाल अघिल्लो वर्षको फागुनसम्म तटस्थ भूमिकामा थिए । तर, राष्ट्रपति विद्या भण्डारी भइन् । त्यस्तै, माधव नेपाललाई विदेश विभाग दिएर ओलीले खनाललाई नीति–अनुसन्धान प्रतिष्ठानमा खुम्च्याए ।
प्रधानमन्त्रीले खास विषयमा सल्लाहसमेत नगरेपछि पार्टीमा दोस्रो मर्यादामा रहेका खनाल असन्तुष्ट छन् । आजको नयाँ पत्रिकामा समाचार छ।
nepalsandesh

Continue Reading…

ट्राफिक जरिवाना बढाएकोमा चक्काजाम, निजी सवारी साधन भने सुचारु

ट्राफिक जरिवाना बढाएको विरोधमा यातायत व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । बढाएको ट्राफिक जरिवाना संशोधन गर्नुपर्ने मागसहित उनीहरुले आज उपत्यकामा सवारी साधन ठप्प पारेका हुन् ।1

उनीहरुको आन्दोलनका कारण उपत्यकामा सार्वजनिक यातायतका साधन संचालनमा नआयको छैन भने मोटरसाइकल र कार नीजि सवारि साधन सडकमा कुदिरहेका छन्।

उनीहरुले यसअघि जेठ २ गते जरिवाना रसिदको अवज्ञा , जेठ १० गते देशव्यापी माइकिङ र पर्चा वितरण, ११ गते बसपार्कहरुमा विरोध सभा गरेका थिए। नयाँ ट्राफिक जरिवाना जेठ १ गतेबाट लागू भएको छ।news24nepal

Continue Reading…

माधव नेपाललार्इ फकाउने ओलीका प्रयास

१३ जेठ, काठमाडौं ।

तेस्रो मर्यादा अधिवेशनमा झिनो मतले पराजित नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओलीले २९ साउन ०७१ मा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट तेस्रो मर्यादाको बरियतामा रहने निर्णय गरे ।

बैठकमा सदस्यहरूकै लहरमा बसेका नेपाललाई मञ्चमा बोलाएर ओलीले तेस्रो मर्यादामा राखेर सम्मान दिए ।

yadam
बर्थडेमा ‘सरप्राइज’

गत २३ फागुनमा बालुवाटारमा बसेको स्थायी समिति बैठकमा ओलीले नेता नेपालको ६४औँ जन्मदिन मनाएर ‘सरप्राइज्ड’ दिए ।

स्थायी समिति सदस्यमाझ अकस्मात् ओलीले ६४ वटा गुलावका फूलसहित ‘गिफ्ट’ दिएपछि नेपाल प्रसन्न भएका थिए भने अरूले ताली बजाएका थिए ।

‘मलाई त नोटिस (याद) नै भएन, यस्तो जानकारी भएको भए अर्कै पहिरनमा आउँथे नि’ ज्याकेट र पाइन्ट लगाएर बालुवाटार पुगेका नेपालले भनेका थिए । सोही बैठकमा ओलीले केक काटेर नेपाललाई खुवाएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
nepaliheadlines

Continue Reading…

ओलीबिरुद्धको मोर्चाबन्दीमा नेपाल र खनाल किन ?

काठमाडौं, १३ जेठ । हावादारी, उडन्ते, तिलस्मी र काल्पनिक भाषण गरेर नथाक्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीबिरुद्ध पार्टी भित्रैबाट कडा बिरोध शुरु भएको छ ।
पार्टी भित्र सामुहिकतलाई नरुचाउने, एकल निर्णय मात्र गर्न रुचाउने अरुको सल्लाहलाई लत्याउने, आफू मात्र असल अरु सबै खराव भन्ने मान्यता राख्ने ओलीको एकलौटी कार्यशैलीबिरुद्ध नेपाल–खनालको मोर्चा क्रियाशील भएको हो ।
हरेक राजनीतिक नियुक्तीमा देखिएको एकलौटीपनबाट चिडिएको नेपाल–खनाल पक्षले मोर्चा खडा गरी पार्टी संगठनमा एकलौटी गरेको भन्दै बिरोध अभियानमा जुटेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
ओलीबिरुद्धको मोर्चाबन्दीलाई व्यस्थित गर्न मंगलबार र बुधबार राजधानीको एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय कार्यकर्ता भेला समेत सम्पन्न गरेका छन् ।oli
ओलीले संगठनात्मक कार्यशैलीले पार्टीभित्र एकलौटी गरेको भन्दै सो असन्तुष्ट मोर्चाले मदन भण्डारी अध्ययन केन्द्र नामक संस्थाको नाममा करिब चार सय अगुवा नेता कार्यकर्ताको भेला बोलाएका हुन् भेलामा नेपाल, खनालका अतिरिक्त उपमहासचिव घनश्याम भूषाल, सचिव योगेस उपाध्याय र गोकर्ण बिष्टसहित केन्द्रीय सदस्य र सभासद्हरु थिए ।
ओलीले आफ्नो गुटलाई मजबुद बनाउन भन्दै एक महिनाअघि राजधानीमै गुटको भेला मदन भण्डारी फाउण्डेसनको नाममा गरेका थिए ।
त्यसको सिको गर्दै नेपाल–खनाल समुहले पनि ओलीबिरुद्ध योजनाबद्ध ढंगले अघि बढ्न गुटगत भेला गरेको हो । ‘संविधानको कार्यान्वयन : राष्ट्र र पार्टी निर्माण’ शीर्षक दिएर गरिएको अन्तरक्रियाको उद्घाटन गर्दै नेपालले सरकारमा बसेर ओली गुटले कार्यकर्तालाई पैशाले किन्न खोजेको, धम्की दिएको र आश्वासन वाड्ने गरेको आरोप लगाएका थिए ।
एमालेका एक सांसदका अनुसार नेपालले पार्टी नेतृत्वमा कुनैं पनि बिषयमा छलफल र सल्लाह हुने नगरेको बिदेश बिभाग प्रमुखको जिम्मेवारी आफुलाई दिए पनि आफुलाई थाहै नदिएर प्रधानमन्त्रीले शक्ति देखाएर जसलाई पायो त्यसलाई चीन लगायतका देशमा पठाउने गरेको गुनासो गरेका थिए । उनले पार्टी भित्रको असन्तुष्टी, अविश्वास चुलिएको र पार्टी नेतृत्वले गरेका क्रियाकलाप अनुचित भएकोले यसले बिष्फोटको रुप लिने चेतावनी समेत दिएका थिए ।
महासचिव इश्वर पोख्रेलले नेतृत्व गरेको संगठन बिभागले आफुलाई भोट नदिएकै आधारमा छानि–छानि पार्टी सदस्यहरुको नाम हटाएको, सल्लाह र छलफल नैं नगरी सदस्यता बितरण गर्ने गरेको, जनवर्गिय संगठनलाई आफ्नो पक्षमा पार्न आश्वासन, धम्की र पैशाले खरिद गर्न खोजेको सम्म पाईएको भेलामा जनाईएको थियो ।
अर्का नेता पूर्ब प्रधानमन्त्री एवम् पूर्ब अध्यक्ष झलनाथ खनालले पनि ओलीले नेतृत्व सम्हालेपछि बैठक भन्न लायकको केन्द्रीय कमिटी बैठक नभएको, गतिलो एउटा पनि निर्णय हुन नसकेको, निर्णय केन्द्रीय समितिमा हुने नगरेको, नेतृत्वमा छलफल नैं हुन छाडेको र पार्टीका सबै निकाय कमजोर भएको आरोप लगाएका थिए ।
प्रधानमन्त्री ओलीले डेढ महिना अघि राजदूत नियुक्तिमा सिफारिस गर्दा आफ्ना गुट निकटकालाई मात्र गरेको, राजनीतिक नियुक्तिमा एकलौटी गरेको जस्ता बिषयमा नेपाल–खनाल समूह एकदमै चिडिएको हो । त्यसमा पनि ओलीले आफ्नो सत्ताको आयु टिकाउन मधेशी मोर्चासँग वार्ता गर्न भन्दा पनि गालि गर्न बढी समय खर्चिएको भन्दै असन्तुष्टी जनाएका छन् । आफ्नो आयु लम्ब्याउनका लागि माओवादी केन्द्रसँग अनावश्यक सम्झौता गरेको भन्दै उनीहरुले बिरोध समेत जनाएका छन् ।
ओलीबिरुद्धको मोर्चाबन्दीलाई मजबुद बनाउदै नेपालले ओलीलाई सत्ताबाट बहिर्गमन गराउदै पार्टी संगठनमा पनि कमजोर बनाउने रणनीतिमा उनीहरु लागेका हुन् । ओलीले आफ्नो गुट बमोजिमको काम गर्न महासचिव इश्वर पोख्रेललाई पार्टी संगठनको ठेक्का दिएका छन् भने सरकारमा अर्थमन्त्री बिष्णु पौडेललाई जिम्मा दिएका छन् ।
माओवादीसँगको सम्बन्धलाई सुदृढ बनाउन बामदेव गौतमलाई जिम्मेवारी दिएपछि ओली निकटका शंकर पोखरेल चिडिएका छन् । पार्टीको सचिवमा पराजित भएका पोखरेल संसदीय चुनावमा समेत पराजित भएपछि ओलीलाई उनलाई पछि पार्दै बिष्णु पौडेललाई अघि सारेका छन् ।
dainiknepal

Continue Reading…

यातायात व्यवसायीद्वारा चक्काजाम, साँझ ५ बजेसम्म भाडाका सवारी साधन नचल्ने

काठमाडौं, जेठ १३ । ट्राफिक जरिवाना रकम बढाइको विरोधमा यातायात व्यवसायीले चक्काजाम गरेका छन् । बस, माइक्रो लगायतका सार्वजनिक गाडी नचलाउँदा बिहानैदेखि यात्रु मर्कामा परेका छन् । यात्रीहरु पैदलनै गन्तव्यतर्फ जाँदै गरेको देखिन्छ ।bus

लेन पालना नगर्ने, जथाभावी पार्किङ गर्ने जस्ता ट्राफिक नियम उल्लंघनका घटनामा जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागू भएपछि यातायात व्यवसायी विरोधमा उत्रिएका हुन् । व्यवासयीले ट्राफिक जरिवाना शुल्क बढाइएको विरोधमा बिहीबार देशभरी नै सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन संशोधन गरेर नयाँ नियम लागू गरेको आरोप लगाउँदै व्यवसायीहरुले नयाँ नियमले आफूहरुको व्यासाय नै धरापमा परेको जनाएका छन् । ट्राफिक जरिवाना बढाउनु भन्दा पनि नियम उल्लंघन हुने वातावरण नै बन्न नदिन लाग्नु पर्ने उनीहरुको भनाई छ ।

व्यवसायीको बन्दका कारण काठामाडौं उपत्यकामा बिहानैदेखि भाडाका गाडी चलेका छैनन् । फाट्टफुट्ट ट्याक्सी देखिए पनि अन्य कुनै पनि भाडाका सवारी साधन सडकमा देखिएका छैनन् । काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने लामो दूरीका गाडी पनि चल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

यता, गृह मन्त्रालयले भने गाडी नचलाए कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवसायी तथा मजदुरले बन्द आह्वान गरेपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै गृह मन्त्रालयले नियम अनुसार गाडी नचालाए कारबाही गर्ने चेतावनी दिएको छ ।

imagekhabar

Continue Reading…

चीनको आँखा पूर्व राजपरिवारतिर, यस्ता छन् गोप्य कुरा

काठमाडौं, १३ जेठ । पूर्व राजपरिवारका समाचारका विषयमा सबैलाई चासो हुनु स्वभाविक हो ।
लामो इतिहास बोकेको राजसंस्था एकाएक हटाइएपछि सबैमा कौतुहलता छ । राजसंस्था ब्यूँतने र नब्यूँतने भनेर बहस पनि हुने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
कसैले ब्यूँतन्छ भन्छन् त कसैले ब्यूँतदैन भन्छन् । यस्तै हल्ला र चर्चा चलिरहेका बेला छिमेकी मुलुक चीनले पूर्व राजपरिवारतिर आँखा गाड्न थालेको छ ।chiko
चीनले औपचारिक रुपमा निमन्त्रणा पठाएर पूर्व युवराज्ञी हिमानी शाहलाई आफ्नो मुलुक लगेको छ । भ्रमणका बेला पूर्व युवराज्ञी हिमानीको चीनले भव्य स्वागत गरेको स्रोतले जनाएको छ ।
पूर्व युवराज्ञी हिमानी शाह गत आइतबार चीनको भ्रमण प्रस्थान गरेको बताइएको छ । बेइजिङतर्फ प्रस्थान गरेकी हिमानीसँग स्वकीय सचिव स्मिता सिंह र पूर्वराजा ज्ञानेन्द्र शाहका मिल्ने साथी प्रभाकरशम्शेर राणालगायतको समूह गएको छ ।
हिमानीको चीन भ्रमणको मूल उद्देश्य के हो भनेर चीनका साथै निर्मल निवासले औपचारिक जानकारी गराइएका छैनन् । तर, चीनले पूर्वराजपरिवारलाई औपचापरिक निम्तो दिएर बोलाउनुको रहस्य भने ठूलै रहेको हुन सक्ने बताइएको छ ।
स्रोतका अनुसार चीनले पूर्व राजपरिवारका सदस्यहरूसँग कुटनीतिक रुपमा विभिन्न जिज्ञासा राख्नेछ । चीनबाट फर्किएपछि युवराज्ञी हिमानीले केही दिन बैंककमा बिताउने बताइएको छ । बैंकक बसाइका क्रममा हिमानीले उच्च भेटघाट गर्ने पनि बुझिएको छ ।
dainiknepal

Continue Reading…

एनसेलको नियत नै खराब, यसरी हुँदैछ कुतर्क

काठमाडौं, १३ जेठ । करीव दश अर्व रुपैयाँ कर दाखिला गरी पुँजीगत लाभकार तिर्नु नपर्ने अडान लिंदै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले कुतर्क गरी लाभकर छल्न खोजिरहेको छ ।
एनसेलको मुख्य लगानीकर्ता एवम् ८० प्रतिशत सेयरको विक्रेता टेलियासोनेरा र खरिदकर्ता एक्जियटाले गैरकानुनी कारोबार गरी ३३ अर्व लाभकर छल्न खोजिरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
२०७२ पुष ७ गते एनसेल र टेलियासोनेराको आधिकारिक वेब साइटमा सबै शेयर खरिद विक्री भएको सूचना सम्प्रेषण भएको थियो । सोही दिन नै एनसेलको शेयर खरीद गर्ने नयाँ कम्पनी एक्जिएटा इन्भेस्टमेन्ट यूके लिमिटेडले आन्तरिक राजस्व बिभागका महानिर्देशक कै इमेलमा आयकर ऐन २०५८ को दफा ७६ अनुसारको पूर्वादेश माग गरेका थिए ।ko
तर, करको दायित्व बहन गर्नु पर्ने व्यक्तिले पूर्वादेश माग गरेकोले पूँजीगत लाभकरको सम्वन्धमा आदेश जारी गर्न नमिल्ने देखियो । जहाँसम्म आयकर ऐनको दफा ५७ को नियन्त्रण र स्वामित्व परिवर्तनको सम्वन्धमा खरीदकर्ता र बिक्रीकर्ता दुवैले अप्रत्यक्ष रुपमा माथिल्लो होल्डिग कम्पनीको शेयरको खरीद बिक्री गरेको भनी सूचना दुबैका आधिकारीक वेभ साईटमा राखी सकेकाले यो आदेश पनि जारी गर्नु पर्ने नै देखिएन ।
तसर्थ, आयकर ऐनको यो व्यवस्था पनि स्वतः प्रभावकारी हुने देखिन्छ । एनसेलमा टेलियासोनेरा स्विडेनले नै प्रत्यक्ष नियन्त्रण गर्ने र प्रभावकारी व्यवस्थापनको लागि सिइयो नियुक्ति लगायतका व्यवस्थापन सम्बन्धी उच्च पदस्थ कर्मचारी खटाउने गरेको र उनीहरुको पारिश्रमीक पनि हेड अफिसबाट नै भुक्तानी हुने गरेकोले टेलियासोनेरा स्विडेन नेपालको आयकर ऐन २०५८ अनुसार गैर बासिन्दा व्यक्तिको नेपालमा रहेको स्थायी संस्थापन हुन जान्छ ।
यस्तो स्थायी संस्थापनलाई नेपालको आयकर ऐन २०५८ ले नेपालको बासिन्दा व्यक्ति भनी परिभाषित गरेकोले आयकर ऐन २०५८ अनुसार बासिन्दा व्यक्ति सरह नै कर तिर्नु पर्ने हुन्छ । तर, टेलियासोनेराका कर्मचारीलाई नेपालबाट भगाएर कर छल्न उन्मुक्ति दिइएपछि अहिले आएर यो विवादले सबैलाई अन्यौलमा पारेको छ ।
यतिखेर आन्तरिक राजश्व विभागका महानिर्देशक चुँडामणी शर्मा भने पूँजीगत लाभकरको विषयमा खरिदकर्ता एक्जिएटाको समर्थनमा बोल्न थालेका छन् ।
पूँजीगत लाभकर तिर्नुपर्ने दायित्व एनसेलको अर्थात एक्जिएटाको भएपनि नेपालबाट हिंडिसकेको टेलियासोनेराले तिर्नुपर्ने समय अझै बाँकी रहेको भन्दै बचाउ गर्न थालेका छन् ।
कानुन बमोजिम आफ्नो विवरण र कर दाखिला गर्नुपर्नेमा एनसेलले टेलियासोनेराप्रति दोष थोपरेर ३३ अर्व लाभकर छल्न खोजिरहेको छ । र, त्यसलाई समर्थन गरिरहेका छन् महानिर्देशक शर्मा ।
एनसेलले अग्रिम कर कट्टीवापत सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ५ सय रुपैयाँ कर तिरेको थियो । एनसेलले अग्रिम कर कट्टी गरी १५ प्रतिशत रकम बुझाएको हो ।
बुझाउनुपर्ने २५ प्रतिशत रकममध्येको बाँकी १० प्रतिशत रकम भने बिक्रेता टेलियासोनेराबाट असुल गराउने नाममा एक्जिएटालाई उन्मुक्ति दिन लागिएको छ ।
टेलियासोनेरा तथा भाइजरसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा मलेसियाको एक्जियटाले खरिद गरेको थियो ।
यसैबीच मंगलबार बसेको संसद्को अर्थ समितिमा सांसद् उदयशम्शेर राणाले एनसेलको करका विषयमा किन छलफल नगरेको ? भन्ने प्रश्न गरेपछि समितिका संयोजक प्रकाश ज्वालाले अर्थ मन्त्रालयले समय नदिएका कारण छुट्टै बैठक बसेर छलफल गर्न नसकिएको जवाफ दिएका थिए । ज्वालाले एनसेलको कर प्रकरणमा केही प्रगति भएको भन्दै एनसेलकै पक्षमा बचाउ गरेका छन् ।
नियत नै खराब
हाल लाभकर छल्न आन्तरिक राजश्वका महानिर्देशक, प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म एक्जिएटाका कर्मचारीले चलखेल गरिरहेका छन् । एनसेलको विगत ठग्नु नै रहेको विभिन्न घटनाक्रमबाट खुलिसकेको छ ।
एनसेलले आर्थिक वर्ष २०६१/०६२ देखि २०६७/०६८ सम्म २ अर्ब १० करोड ७० लाख राजश्व तिर्नुपर्नेमा १ अर्ब ४६ करोड ७९ लाख बुझाए पनि बाँकी ६४ करोड रकम दाखिला गरेन ।
त्यो रकमलाई महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०६८ ले समेत राज्य कोषमा दाखिला नभएको भन्दै आपत्ति जनाएको थियो । सर्वोच्च अदालतले समेत लाइसेन्सको सर्त अनुसार उक्त रकम बुझाउनुपर्ने निर्णय गरे पनि नियमन निकाय दूरसञ्चार प्राधिकरणले रकम उठाउन पहल गरेको थिएन ।
एनसेलका कुल प्रयोगकर्ता संख्या कति छ ? प्रतिदिन हुने कल कति छ ? डाटा प्रवाह कति छ ? यो अनुपातमा राज्यलाई बुझाइने करको अनुपात कति हो ? यो सब एनसेलले अपारदर्शी राखेको छ । देशकै ठूलो टेलिकम कम्पनी दावी गर्ने एनसेलले भने त्यसको अनुपातमा ज्यादै कम राजस्व किन बुझाउँछ त ? हरेक मोबाइल कलमा एनसेलले भ्याट लगाएको हुन्छ ।
भ्याट वापत सबै रकम बुझाउँछ त यसले ? एनसेलले २०६६ सालमा पुरानो कम रकमको बिल देखाएर ५ लाख ५२ हजार ७ सय १० डलरमा लाग्ने बराबरको कर छलेको पुष्टि भइसकेको छ । उसको भन्सार छली पत्ता लागेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालले त्यसका लागि एनसेललाई २०० प्रतिशत जरिवाना गरेर ५५ लाख भन्दा बढी रकम असुल गरेको थियो ।
एनसेलले मोबाइल इक्प्युपमेन्टको प्रज्ञापन पत्र लिएर युपीएस र ब्याट्रीको भन्सार चोरी गरेको तथ्य प्रमाणित भइसकेको छ । राजश्व अनुसन्धान विभागले २०६६ असार २५ मा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा १ अनुसार बिगो बमोजिमको जरीवाना ४० लाख र कैद वापतको ३६ हजार पाँचसय धरौटी माग्ने निर्णय गरेको थियो ।
राजस्व न्यायाधिकरणका अध्यक्ष दीपककुमार कार्कीको नेतृत्वको टोलीले २०६८ फागुन १५ गते एनसेलले भन्सार चोरी गरेको भनेर राजश्व अनुसन्धान विभागले गरेको जरिवानाको निर्णय सदर गरेको थियो ।
अन्तर्राष्ट्रिय कलबाट आउने आम्दानी लुकाएर कर छलेको आशंकामा विभागले विदेशबाट सबै कम्पनीले ल्याउने कलसंख्या र त्यसको आय विवरण पनि प्राधिकरणबाट मागेको थियो । तर, अहिलेसम्म त्यसबारेमा प्राधिकरण कुनै निर्णय गरेको छैन ।
dainiknepal

Continue Reading…

अाजकाे राशिफल / २०७३ ज्येष्ठ १३ गते बिहीबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्र्न पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashi
brish

आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

मन रमणीयतातर्फ आकर्षित बन्नेछ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । दाम्पत्य सम्बन्ध वा प्रेमी÷प्रेमिकाका बीचमा चिसोपन देखिनसक्छ । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउन सक्छ । दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya

आज बिहान निराशाको अनुभूति हुनेछ, घरिघरि रिस र आवेशको सिकार पनि बन्नसक्नु हुन्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । साँझमा सन्तति वा भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ, सचेत हुनुहोस् । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन । उता समाजमा तपाईंको चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढेको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो संकेत छ । बोलीमा मिठास आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ, तर यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो हुँदैन । आफूले ताकेअनुरूप तुरुन्त काम नबन्नाले दिक्क लाग्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Continue Reading…

अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू

काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।

ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने एक तत्व युजेनलको कारणले हुने गर्दछ, यहि तत्वका कारण यसका एक बिशेष किसिमको गन्ध उत्पन्न हुन्छ । यद्दपी, ल्वाँङ हरेक मौसममा हरेक उमेरका मानिसहरूका लागी लाभदायक छ तर सर्दीको मौसममा यसको बिशेष महत्व रहेको छ, किनभने यसमा गर्मी गर्ने तत्व धेरै हुन्छ । ल्वाँङको तेलले निकै गर्मी गराउँदछ, यसका कारण यसको निकै सावधानीसंग प्रयोग गर्नु पर्दछ । जब तपाइँ यसलाइ आफ्नो त्वचामा प्रयोग गर्नुहुन्छ, त्यतिबेला यसलाइ केही अन्य कुरामा मिलाएर लगाउनु पर्दछ ।gun
यहाँ ल्वाँङका १० गुणहरूका बारेमा चर्चा गरिएको छ

१. दांतहरूमा हुने पीडामा ल्वाँङको प्रयोगले राहत मिल्दछ र यही कारणले ९९ प्रतिशत टूथपेस्टमा हुने पदार्थहरूको लिस्टमा ल्वाँङको बिशेष रूपमा प्रयोग हुने गर्दछ ।

२. खोकी र गन्हाउने स्वासको उपचारका लागी ल्वाँङको प्रयोग गर्न सकिन्छ । ल्वाँङको नियमित प्रयोगले यी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । तपाइँ ल्वाँङलाइ आफ्नो खानामा तथा यसलाइ सुपका साथमा खान सक्नुहुन्छ ।

३. सामान्य रूपमा हुने सर्दीलाइ ल्वाँङले ठिक गर्न सक्दछ । तपाइँ ल्वाँङको तेलको दश थोपा महमा मिलाएर दिनमा दुइ देखि तीन पटक प्रयोग गर्न सक्नुहुन्छ । जसले तपाइँको सर्दीलाइ ठिक गर्न सक्दछ ।

४. ल्वाँङमा दिमागी स्ट्रेसलाइ कम गर्ने गुण पनि हुन्छ । ल्वाँङलाइ तपाइँ तुलसी, पुदीना र अलायचीका साथमा प्रयोग गरेर सुगन्धित चिया बनाउन सक्नुहुन्छ, साथै यही मिक्स तपाइँ महका साथमा प्रयोग् गरे स्ट्रेसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

५. यदि तपाइँ त्वचा सम्बन्धी समस्याहरू जस्तै, पोतो, ब्ल्याकहेड्स,र व्हाइट हेड्सबाट चिन्तित हुनुहुन्छ भने यसको उपाय ल्वाँङको तेलमा लुकेको छ । तपाइँले यसलाइ आफ्नो फेसप्याकमा मिलाएर प्रयोग गर्न सक्नुहुन्छ किनभने यो निकै पोल्ने हुन्छ, यसको सिधै त्वचामा प्रयोग गर्न हुँदैन ।

६. ल्वाँङको तेलमा अन्य कुनैपनि तेलको तुलनामा सबैभन्दा धेरै एन्टीअक्सीडेन्ट गुणहरूले भरपूर हुन्छ । एन्टीअक्सीडेन्ट स्वस्थ त्वचा र शरीरलाइ तन्दुरुस्त राख्नमा निकै उपयोगी हुन्छ । ल्वाँङ तेलमा मिनरल्स जस्तै पोटाशियम, सोडियम, फस्फोरस, आइरन, भिटामिन A, र भिटामिन C अत्यधिक मात्रामा हुने गर्दछ ।

७. ल्वाँङको तेललाइ कुनै बिषालु किराहरूले टोकेमा घाउमा प्रयोग गर्न सकिन्छ ।

८. ल्वाँङको प्रयोग गरेर बनाइएको चियाले केशलाइ निकै फाइदा पुर्याउँछ । ल्वाँङको चियालाइ केश कलर गर्न र स्याम्पु गरेपछि लगाउन सकिन्छ । यसलाइ चिसो बनाएपछि मात्र केशमा प्रयोग गर्नु पर्दछ । तपाइँको केशलाइ सुन्दर बनाउन यो निकै उपयोगी सावित हुन्छ ।

९. ल्वाँङबाट केशका लागी कन्डीशनर पनि बनाउन सकिन्छ । यदि तपाइँको केशमा छिटै लट्टा पर्ने जस्तो समस्या रहेको छ भने, यसबाट बनाइएको कन्डीशनर निकै असरकारक हुन्छ।

१०. ल्वाँङको उपयोगबाट उलटी आउने समस्या, डराउनु र मर्निङ सिकनेसमा आराम मिल्दछ । ल्वाँङको तेलमा केही अमिलो र थोरै चिनीका साथमा पानी राखेर पिउनु पर्दछ ।

यति धेरै उपयोगी ल्वाङको तपाइँ पनि प्रयोग गर्न थाल्ने कि ?

Continue Reading…

महिलाको मुखबाट पुरुषले सुन्न चाहने ६ कुरा

महिला या पुरुष दुवै आफ्नो पार्टनरबाट प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी उनीहरुको लुक, पहिरन, काम, पेशा वा अन्य चिजको विषयलाई लिएर उनीहरु प्रशंसा सुन्न लालायित हुन्छन् ।एक अर्काको प्रशंसाले आत्म विश्वास बढाइदिन्छ भने आपसी समझदारी पनि बढ्छ । सम्बन्धमा रहेकाहरुलाई एक अर्काबाट प्रशंसा पाउने उत्कठ चाहाना हुन्छ । तर प्रशंसा गर्दा घमण्ड नपलाउने गरी गर्नु पर्छ ।सामान्यतया महिलाले पुरुषबाट प्रशंसा सुन्न चाहन्छन् भनिन्छ । तर पुरुषहरुमा पनि यो चनाहा हुन्छ कि आफ्नो पार्टनरले प्रशंसा गरोस् ।

bata
यस्ता छन् पुरुषले सुन्न चाहने ६ प्रशंसाः
१ तिमीलाई हसाउँन आउँछ
पुरुषहरु पार्टनरले आफूलाई मनोरञ्जन प्रदायक ठानोस् भन्ने चाहन्छन् । त्यसैले पुरुषहरु आफूसँग भएकी महिलालाई खुसी राख्न हरसम्भव प्रयास गर्छन् । सेन्स अफ ह्युमर अर्थात हसाउँने कला भएका केटा केटीहरुलाई मन पर्छ । तर केटाहरु पनि केटीहरुले तिम्रो सेन्स अफ ह्युमर राम्रो छ भनेको सुन्न लालायित हुन्छन् ।
२ यो कुरामा तिमी उत्कृष्ठ
पुरुषलाई केटीहरुले तिमी यो कुरामा उत्कृष्ठ छौं भनेको सुन्न मन पर्छ । यदि तपाइँको ब्वाइ फ्रेण्ड वा पति कुनै काममा राम्रो दक्षता राख्छन् भने उनलाई प्रशंसा गरि हाल्नुस् । खाना बनाएको होस् वा गाडी चलाएको कुरा । गीत गाउने कुरा होस् वा सफाइको ।

३ शारीरिक बनौट वा सामानको प्रशंसा
पुरुषहरुलाई आफ्नो शरीरको सुगठनबारे प्रशंसा सुन्न मन पर्छ । कुनै पनि महिलाले आफ्नो हेयर स्टाइल वा पहिरन मात्र होइन शरीरको बनोटको विषयमा सामान्य प्रशंसा गरिन् भने पुरुषहरु घाइते हुन्छन् । पुरुषहरुलाई उनीहरुले प्रयोग गर्ने सामग्रीहरु चस्मा होस् वा वाइक जस्ता कुराको प्रसंसा पनि सुन्न मन पर्छ ।

४ सपनाको राजकुमार
महिलाहरुले आफ्नो बारेमा के सोंच्छन् भन्ने विषयमा पुरुषलाई सँधै चासो हुन्छ । कुनै पनि पुरुषले म कस्तो लाग्छु भनेर सोध्यो भने जहिले पनि प्रशंसापूर्ण जवाफ दिनुस् । तपाइँलाई उ सँग बस्दा सुरक्षित महसुस् हुन्छ वा माया लाग्छ भने यी कुरा खुलेर भन्नुस् । पुरुषलाई लागोस् म सपनाको राजकुमार नै हो ।

५ सहजताको अनुभव
महिलाहरु आफ्नो पार्टनरसँग रोमान्सको समयमा केही हिचकिचाउँछन् । बरु परपुरुषसँग रोमान्स गर्ने तर आफ्नै पार्टनरसँग खुल्न नचहने महिलाको बानी राम्रो होइन् । आफ्नो पति वा प्रेमीसँग खुलेर रोमान्स गर्दा पुरुषलाई पनि खुसी तुल्याउन सकिन्छ भने प्रेम पनि बढ्छ । एक पटक प्रयोग गरेर त हेर्नुस् ।

६ मनका कुरा गर्नुस्
राम्रो पार्टनर त्यो हो जस्ले सुख र दुख दुवैमा साथ दिन्छ । यदि तपाइँको पार्टनर पनि यस्तो छ भने उसलाई प्रशंसा गर्न नभुल्नुस् । धन्यवाद र कृतज्ञताको मौका चुकाउनु हुँदैन । मनका कुरा खुलेर गर्दा आपसी विश्वास बढ्छ र सम्बन्ध कँसिलो हुन्छ ।नेपालीहेडलाइनस

Continue Reading…

जागिर लगाइदिने भन्दै एक करोड ठग्ने पक्राउ

२०७३ जेष्ठ १२ बुधवार

ठगी आरोपमा पक्राउ परेका आरोपितहरु। तस्विर: मनोहरकुमार
राजविराज: अहेव, अनमीमा जागिर लगाई दिने भनि विज्ञापन समेत देखाई संगठित रुपमा सर्वसाधारणसँग एक करोड भन्दा बढी ठगी गर्ने गिरोहलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

सप्तरीको हुनमाननगर १ का ३२ वर्षीय राजकुमार मेहतासहित ४० जनालाई सरकारी जागिर लगाइदिने भनी ठगी गर्ने सप्तरीको देउरी ८ का ४० वर्षीय रामनारायण साह, मल्हनिया ८ का ५८ वर्षीय नन्दन प्रसाद साह र २६ वर्षीय दिपेन्द्र प्रसाद साह पक्राउ परेका हुन्।

parkauu
आरोपितहरुले १० वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका मेहतामार्फत ४० जनाबाट एक करोड छ लाख रुपैयाँ लिएका थिए। राजकुमार मेहताको उजुरीका आधारमा प्रहरीको विशेष टोलीद्वारा पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखी ठगी मुद्दामा थप अनुसन्धान कार्य भईरहको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिए।

यस्तै प्रकृतिको घटना कसैसँग घटेको भए नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत प्रहरीले सबैसँग आग्रह गरेको छ।
annapurnapost

Continue Reading…

नेपालको जुट सामग्रीमा भारतले एण्टी डम्पिङ ड्युटी लगाउने,उद्योगहरु वन्द हुने अवस्थामा

भारत सरकारले नेपालबाट निर्यात हुने जुट सामग्रीमा एण्टी डम्पिङ ड्युटी लगाउने तयारी गरेको छ । भारतको यस्तो तयारीसंगै सुनसरी मोरङ औद्योगिक करिडोरका जुट उद्योगहरु बन्द हुने भएका छन् ।

एण्टी डम्पिङ ड्युटी लगाइएपछि नेपालबाट निर्यात हुने जुट सामग्रीहरुले थप कर व्यहोर्नु पर्ने मात्र नभई भारतीय बजारमा प्रतिष्पर्धा गर्न नसक्ने कारण बन्द हुने नेपाल जुट उद्योग संघले जनाएको छ । एकातिर कच्चा जुटको अत्यधिक मुल्य वृद्धि र अर्को तिर लोडसेडिङका कारण उत्पादन घटाउदै लगेका यस क्षेत्रका ११ वटा जुट उद्योगहरु मध्ये ७ वटा बन्द भईसकेका छन् ।

banm
नेपालका जुट उद्योगहरुले निर्यात गरेको जुट सामग्री भारतको सरकारी तहमा बेच्न नपाउने नियमका कारण अहिले स्थानीय व्यापारीहरुलाई सस्तोमा बेच्नु परिरहेको र उचित मुल्य नपाएको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिनुभयो ।

कच्चा जुटको मुल्य अहिले सम्मकै सबैभन्दा बढी करिब १ लाख रुपैया प्रति मेट्रिक टन पुगेको छ । नयाँ जुट आउन अझै करिब ३ महिना लाग्ने बताइएको छ । यस क्षेत्रका जुट उद्योगहरुले भारत र बंगलादेशबाट वार्षिक करिब १ अरब ५० करोड रुपैयाँ बराबरको ६० हजार मेट्रिक टन कच्चा जुट आयात गरी तयारी जुट सामग्री भारतमा विक्री गर्दै आएका छन् ।

जुट उद्योगीहरुले एण्टी डम्पिङ ड्युटी नलगाउन नेपाल सरकारले भारत सरकारलाई पहल गरिदिनुपर्ने माग गरेका छन् ।news24nepaltv

Continue Reading…

उपेन्द्रलाई राजेन्द्रको चुनौति- मधेशी मोर्चालाई आर्यघाटमा पुर्याउने सपना नदेखे हुन्छ

काठमाडौं, १२ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई कसैले पनि आर्यघाटमा पुर्याउने सपना नदेख्न चेतावनी दिएका छन् ।
सदभावना पार्टी सम्पर्क कार्यालय थापागाउँमा संचारकर्मीहरूलाई प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्ताको लागी लेखेको पत्र सम्बन्धमा प्रतिक्रिया दिंदै मोर्चाले पठाएको पत्रले सरकारबाट आन्दोलनको मागबारे पनि चित्तबुझ्दो जवाफ नपाएसम्म मोर्चा वार्तामा बस्नुको कुनै औचित्य नरहेको स्पस्ट पारे ।sapana
सरकारले गत वैशाख २६ गते मोर्चालाई वार्तामा आउनका लागि पत्र पठाएको थियो । जसको जवाफमा मोर्चाले वैशाख ३० गते सरकारलाई पुनः पत्र पठाएको थियो । त्यही पत्रको आधारमा जेष्ठ १० गते सरकारले दोस्रो पत्र पठाउँदै मोर्चालाई वार्तामा आउन आग्रह गरेको छ ।
महतोले मोर्चाको चाँडै बस्ने बैठकले सरकारसँग वार्ता गर्ने नगर्ने वा पत्र लेखेर नै जवाफ दिनेबारे निर्णय गरिने पनि बताए । अहिले मोर्चा सहितको संघिय गठबन्धनले आन्दोलन गरिरहँदा प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वार्तामा बस्न पठाएको पत्रले संघिय गठबन्धनमा खैलाबैला मच्चाएको बेला महतोले भने– ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आफ्नो ईतिहास छ । बिगत ६–७ महिना देखी यही मोर्चाको ब्यानरमा ऐतिहासिक आन्दोलनमा पाँच दर्जन आन्दोलनकारीले शाहदत दिएको छ, मोर्चाको राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान र मान्यता पनि छ ।’ उपेन्द्र यादवतर्फ संकेत गर्दै महतोले केही नेताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको औचित्य समाप्त भैईसकेको भनाईप्रति कडा रूपमा प्रस्तुत हुँदै भने– ‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई कैसैले आर्यघाटमा पुर्याउने सपना नदेखे हुन्छ ।’
महतोले ‘सरकार वार्ताप्रति पटकै ईमान्दार छैन् । सरकारले आन्दोलन तुहाउन र देश बिदेशलाई देखाउनलाई मात्रै वार्ताको लागी आहवान गरेको’ आरोप समेत लगाए । मोर्चाले सरकारसँग ३६ पटक वार्ता गरेको तर सरकार कहिले गम्भीर नभएको पनि बताए । आफुहरूले दुई दुई महिना आन्दोलनको स्वरूप परिवर्तन गरे पनि सरकारले वार्ताको वातावरण नबनाएको आरोप समेत लगाए । ‘सरकारले आन्दोलनमा मारिएकालाई शहिद घोषणा तथा क्षतिपूर्ति प्रदान, घाईतेहरूलाई उपचार र आन्दोलनकारीहरू माथि लगाईएको मुद्दा फिर्ता गरेर वार्ताको वातावरण बनाउनुपर्छ’ महतोले भने ।
महतोले अन्तरिम सम्बिधानमा पाएको अधिकार पनि खोसियो र बिभिन्न आन्दोलनकारीहरूसँग भएको सम्झौताहरूलाई लत्याउँदै कोईराला, ओली र दाहालले प्रतिगामी सम्बिधान बनाएको आरोप समेत लगाए ।
dainiknepal

Continue Reading…

संगम होटल हत्याकाण्डः मूख्य नाईके सार्वजनिक, युवतीको विषयमा विवाद हुँदा हत्या

महेन्द्रनगर, १२ जेठ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको संगम होटलमा गत बैशाख २३ गते मध्यराति भएको दुई जनाको हत्यामा संलग्न मुख्य नाईकेलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गरी संगम होटलमा भएको हत्याकाण्डका मूख्य नाईके तारासिंह बोहरालाई सार्वजनिक गरेको हो । प्रहरीले २१ दिनपछि हत्याका मुख्य योजनाकार बोहरालाई भारतको चण्डिगढबाट पक्राउ गरि नेपाल ल्याएर बुधबार सार्वजनिक गरेको हो ।parkau
बेदकोट नगरपालिका १८ बर्षीय बोहरा होटलका पूर्वकामदार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी तुलसी प्रसाद अधिकारीले होटेलका कामदारद्वय कृष्णसिंह विष्ट र भीम बहादुर रोकायाको हत्या बोहराले गरेको स्वीकार गरिसकेको बताए । उनका अनुसार बोहराले होेटेलकै कामदार चन्द्रदेब जोशीलाई मरिसकेको भन्दै छोडेका थिए ।
प्रहरीले हत्याको मुख्य कारण मदिर, मोबाईल, मेमोरिकार्ड र किशोरा अवस्थाको आवेग र आफ्नो प्रेमिकासंग भीमले बारम्बार फोन गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । बोहराले बैशाख ११ गते देखि १८ गतेसम्म उक्त होटेलमा काम गरेका थिए । काम गर्दा होटेलका कामदार भीम रोकायासंग निकै घुलमिल भएको समेत प्रहरीले जनाएको छ । बोहरा र रोकायाबीच फोन, मेमोरी, सिम, डाटा, साँटासाट हुने गरेको थियो ।
बैशाख १८ गते होटेलबाट काम छोडी घर गएका बोहरा २१ गते होटेलमा आएर भीमसंग मेमोरी माग्न आएपनि भीमले बोहराको मेमोरी आफूसंग नभएको भनेपछि उनीहरुबीच विवाद समेत भएको प्रहरीले रहस्य खोलेको छ । ‘मेमोरी नदिए देखाईदिने भन्दै बोहरा २१ गते घर गएका थिए,’ प्रहरी उपरीक्षक अधिकारीले भने– ‘घर गएपछि २३ गते एक हजार नगद र झोलामा हसिया ल्याएर बोहरा पुनः महेन्द्रनगर आए ।’ महेन्द्रनगरको बसपार्कमा रक्सी खाएर बोहरा झोलुङ्गेपुल घुम्न गएका थिए । झोलुङ्गे पुलबाट घुमेर आएका बोहरा फेरि १०ः३० बजे होटेल प्रवेश गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
बोहराले झोलामा एक बोतल भर्जिन नामक रक्सी लिएर होटेल प्रवेश गरेपछि भीम र बोहराले उक्त रक्सी संगै बसेर खाए । रक्सी खाँदा उनीहरुबीच विवाद शुरु भएपछि बोहराले जोशीलाई प्रहार गरे । भीमलाई घाइते बनाए । घाईते भीम भर्याङ चढ्दा पुनः हरिया प्रहार गरेर मारेका थिए ।

घटनाका मुख्य अभियुक्त सार्वजनिक गरिँदै
उनीहरुको हत्या गरेपछि बोहरा हतियार लिएर ऐठपुर क्षेत्रको नालीमा छोडेर भारत भागेका थिए । बोहराले उनीहरुसित नसोचेको व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले बोहराको साथबाट रोकायाले प्रयोग गर्ने सामसुङ डुओ मोबाईल र सिम बरामद गरेको छ । सुतेका कुक कृष्णले थाहा पाउने हुन भनेर उनलाई समेत मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
१८ बर्षीय बोहरा समान्य घरपरिवारका सदस्य हुन् । उनी पूर्व माओवादीको लडाकु नभएको समेत प्रहरीले स्पष्ट पारेको छ । पहिलेदेखि नै रिसालु स्वभावका बोहरा तीन पटक एसएलसीमा फेल भएपछि धनगढीस्थित डिभोटी तालिम केन्द्रमा कुकको तालिम लिएका थिए । बैदेशिक रोजगारका लागि विदेश जाने तयारीमा रहेका बोहराले एकाएक यस्तो घटना घटाएको प्रहरीले जनाएको छ ।
किशोरा अवस्थामा आफूलाई सम्हाल्न नसक्नुले यस्ता जघन्य अपराध हुने गरेको प्रहरीको अनुमान छ । घटनालगत्तै प्रहरीले होटेल संचालक मोहन खत्रीलाई समेत नियन्त्रणमा लिएको थियो । बोहरा पक्राउ परेपछि होटेल संचालक खत्रीलाई प्रहरीले बुधबार बिहान छाडेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै १५० बढी फोन ट्यापका साथै कुकुरसमेत प्रयोग गरेको थियो ।
यसैबीच घाईते जोशीलाई पनि प्रहरीले आफ्नो कार्यालमा राखेको छ । थप अनुसन्धानका लागि भन्दै प्रहरीले जोशीलाई कार्यालयमा राखेको हो । घटनाबारे अझै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटना भएपछि प्रहरीले अनुसन्धानका लागि कुकुर, केन्द्रीय अनुसन्धान ब्यूरो, क्षेत्रिय अनुसन्धान टिम र जिल्ला प्रहरी कार्यालयको जनशक्ति खटाएको थियो ।
पत्रकार सम्मेलनमा भने युवती को हुन् ? भन्ने विषयमा प्रहरीले केही जानकारी दिएको छैन् ।
यसरी होटलमा भएका जघन्य हत्याको सर्वत्र बिरोध समेत गरिएको छ । दोसीलाई कडा कार्बाही गर्न सबैक्षेत्रबाट माग आएको छ । घटना भएपछि होटेल आजसम्म पनि बन्द रहेको छ ।
छोटकरीमा घटना विवरणः
– होटलमा काम गर्ने वाजुरा कोल्टीका भिम वहादुर रोकाया संग अभियुक्त तारा बोहराको निकै राम्रो सम्वन्ध रहेको । राम्रै हिमचिम रहेको ।
– तर, केही समय यता ति दुवै जनामा मेमोरीकार्डको विषयमा लिएर विवाद भएको ।
– तारा वोहरा १० दिन जती होटलमा काम गरेर तलवको विषयमा चित्त नवुझेको भन्दै काम छाडेर गएको ।
– त्यसपछि केही दिनपछि आफनो मोवाईलको मेमोरीकार्ड लिन आएको ।
– फेरि विवाद हुदा तलाई देखाउछु भन्दै गएको छ ।
– त्यसपछि फर्केर वैशाख २३ योजनाबद्ध तवरले आएर हसियाले प्रहार गरी घटना घटाएको ।
– भिम वहादुर रोकायले ताराको केटी साथीको फोटाहरु र उसको नम्वरमा पटक पटक फोन गर्ने गरेको ।
– त्यही विषयमा विवादले घटनाको रुप लिएको ।
dainiknepal

Continue Reading…

प्रहरी नायब निरीक्षकको शैक्षिक प्रमाणपत्र नक्कली भएपछि….

काठमाडौँ, महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब निरीक्षक सुधीर विक्रम शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।25

शाहले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटना, भारतबाट सन् १९९५ मा आइए तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली एवम् झुठा देखिन आएको आयोगले जनाएको छ ।

उनीउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन माग दाबी गर्दै आयोगले आरोपपत्र दायर गरेको हो । राससnews24nepal

Continue Reading…

छत्रमान र रुकमांगत कटवालालाई प्रधानसेनापतिले दिए कडा चेतावनी

बुधबार, १२ जेठ
काठमाडौ । पूर्व प्रधानसेनापतिहरु रुक्माङगद कटवाल र छत्रमान सिंह गुरुङ्ग प्रति नेपाली सेनाका बर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आक्रोस पोखेका छन ।
आज नेपाली सेनाका अधिकृतहरुको भेला गरेर प्रधानसेनापति क्षेत्रीले आक्रोस पोखेका हुन ।
दुई प्रधानसेनापति कटवला र गुरुङ्गले आत्मबृतान्तको नाममा सेना भित्रका सूचनाहरुलाई बाहिर ल्याएको भन्दै आक्रोस पोखेका हुन ।24छत्रमान र रुकमांगत कटवालालाई प्रधानसेनापतिले दिए कडा चेतावनी
अधिकृतहरुलाई संबोधन गर्दै क्षेत्रीले दुई पूर्व प्रधानसेनापतिहरुले आत्मबृतान्तको नाममा किताब निकालेर नेपाली सेनाको भित्री कुराहरु र गोप्यता भंग गरेको आरोप लगाउँदै नेपाली सेना संबेदनशिल विषय भएकोले त्यस्तो कुराहरु बाहिर ल्याउन नहुने बताएका थिए ।
सेनापति क्षेत्रले यसरी सेनाका भित्री कुरा बाहिर ल्याएर छताछुल्ला पार्नु गलत भएको भन्दै सुरक्षा नीतिको विषयमा भएको कुराका बाहिर ल्याउँदा राम्रो नभएको तर्क गरेका थिए ।
सो क्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगको काम कारवाही र द्धन्दकालिन घटनाको विषयमा पनि क्षेत्रीले अधिकृतहरुलाई बताएका थिए । कार्यक्रममा त्यस सम्बन्धी कानूनी र बैद्यानिक ब्यवस्थाको विषयमा ब्रिफिङ गर्न महान्यायधिवक्ता हरि फुयाललाई पनि बोलाईएको थियो ।
सो क्रममा क्षेत्रीले सरकारको निर्णय अनुसार द्धन्दकालमा सेना परिचालन भई ईन्भल्प भएको भन्दै यस विषयमा कसरी जाने भन्ने विषयमा सुझाव मागेका थिए । रिपोटर्स नेपाल डट कमबाट
nepalsandesh

Continue Reading…

विद्यालयको विषयमा सिंहदरबार भित्रै सांसदबीच बाझाबाझ

बुधबार, १२ जेठ
काठमाडौं । व्यवस्थापिका संसद अन्र्तगतको महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिको बैठकमा सहकारी संस्थाले विद्यालय संचालन गर्न पाउने नपाउने विषयलाई लिएर तनावपूर्ण बनेको छ ।
शिक्षा ऐन आठौं संशोधन विधेयकमाथि दफावार छलफल गरेर तयार पारिएको प्रतिवेदन पारित गर्न बुधबार बिहान सिंहदरबारमा बसेको बैठक सहकारी संस्थाले विद्यालय संचालन गर्नरपाउने नपाउने विषयलाई लिएर तनावपूर्ण बनेको हो ।
प्रतिवेदनमा सहकारी संस्थाले विद्यालय संचालन गर्न पाउने विषयमा केही उल्लेख नगरिएकामा नेकपा एमालेका सांसद्हरु राजेन्द्र पाण्डे र डा. वंशिधर मिश्रले आपत्ति जनाए। लगत्तै काँग्रेस सांसद् डिल्लीप्रसाद चौधरी र नेपाल मजदूर किसान पार्टीकी सांसद् अनुराधा थापामगरले संविधानमा समाजवाद उन्मुख शब्द समावेश गरिएको अवस्थामा शिक्षाको सबै दायित्व सरकारले लिनुपर्ने बेला नाफामुखी सहकारी संस्थालाई कुनै हालतमा विद्यालय संचालन गर्न दिन नहुने बताए ।23
एमाले सांसद् पाण्डेले संविधानले सहकारीसहितको तीनखम्बे अर्थनीतिको वकालत गरेको भन्दै सहकारी संस्थाले विद्यालय संचालन गर्न पाउने नपाउने विषयमा बैठकमा मतदानको माग गरे ।
एमाले सांसद् पाण्डेले सहकारी संस्थाले विद्यालय संचालन गर्न नपाउने भनाइ राख्ने सांसद्हरुलाई संविधान विरोधी भनेपछि बैठकको माहोल एकाएक तात्यो। शिक्षामन्त्री गिरिराजमणि पोखरेल र शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल समेत उपस्थित बैठकमा पक्षविपक्षमा देखिएका सांसद्हरु एकै पटक विवाद्मा उत्रिए ।
सांसद्हरुले एकैपटक बोलेर बैठक तनावपूर्ण बनेपछि समितिकी सभापति रञ्जुकुमारी झाले सांसद्हरुलाई मर्यादामा वस्नका लागि आग्रह गर्नुपर्ने अवस्था आयो।
सभापतिको झाको आग्रहपछि सांसद्हरु साम्य भए । तर शिक्षा ऐन आठौं संशोधन विधेयकमाथि ९ सदस्यीय उपसमितिले तयार पारेको प्रतिवेदन पारित गर्ने बेलामा फेरि लफडा भयो । राजेन्द्र पाण्डे, डा. वंशिधर मिश्र लगायतका एमालेका चार जना सांसद्ले प्रतिवेदनका सबै विषयमा आफूहरुको सहमति रहेको तर सहकारी संस्थाले विद्यालय संचालन गर्ने पाउनुपर्ने व्यवस्था नराखिएकाप्रति फरक मत राखे।
यस विषयमा उनीहरुले व्यवस्थापिका संसद्मा धारणा राख्न पाउने सर्तमा प्रतिवेदन पारित भयो। प्रतिवेदन विहिवार बस्ने संसद् बैठकमा पेश हुने छ ।
nepalsandesh

Continue Reading…

रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गलाई बजेटबाटै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइने

काठमाडौँ, आर्थिक वर्ष २०७३÷२०७४ को बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिइएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगकी सदस्य डा सुमित्रा अमात्यले बजेटको प्राथमिकताका विषयमा रासससँग कुरा गर्दै “बजेटमा भौतिक पूर्वाधार, सडक, रेल र यातायात व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ, पूर्वाधार नै विकासको आधार भएकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइएको हो”– भन्नुभयो ।

पूर्वाधारको निर्माण सुरक्षित र वातावरणमैत्री हुने आयोगले जनाएको छ । संरचनागत क्षमता सुधारमा बजेटले प्राथमिकता दिनेछ । काठमाडौँ उपत्यकालगायत देशभरको यातायात अस्तव्यस्त रहेकाले त्यसको सुधारका लागि यातायात व्यवस्था विभागको क्षमता अभिवृद्धि गरिने उहाँले बताउनुभयो ।22

रसुवागढी–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गलाई पनि बजेटबाटै राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाइने भएको छ । आर्थिक केन्द्र र सात प्रदेश जोड्ने सडकलाई पनि बजेटले प्राथमिकता दिने आयोगको भनाइ छ । काठमाडौँ–निजगढ दु्रतमार्गलाई बजेटले महत्वका साथ अगाडि बढाउँदैछ ।

देशभरका तुइन विस्थापनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई मागेजति बजेट दिन लागिएको उहाँले बताउनुभयो । गाउँ जोड्ने सडकलाई पनि बजेटले महत्व दिएको छ । बजेटमार्फत तराई क्षेत्र सीमा विकास कार्यक्रम पनि अगाडि सारिनेछ । राससnews24nepal

Continue Reading…

चार सय बढी आरोही सगरमाथा चुचुरोमा,छ आरोहीको मृत्यु

काठमाडौँ, यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ ।

आरोहणको अन्तिम दिन आजसम्म ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

त्यस्तै अन्नपूर्ण, मनासलु, मकालुलगायत हिमालको यो मौसममा १०० जनाले सफल आरोहण गरेका छन् । विश्वका १० अग्ला हिमालमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठ वटा हिमाल रहेका छन् । वसन्त ऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४, अन्नपूर्णमा तीन, मनासलुमा ११, मकालुमा पाँच वटा टोली आरोहणका लागि गएका थिए ।21

विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले सगरमाथासहितका हिमाल आरोहणका लागि गएका सबै टोली आजबाट फर्किने क्रममा रहेको राससलाई जानकारी दिनुभयो । “वसन्त ऋतुमा सगरमाथामा मात्रै ४०० बढीले आरोहण गरेका छन् कुन देशका कति आरोहीले चढे भन्ने यकिन विवरण आउन अझै एक साता लाग्छ”– उहाँले भन्नुभयो ।

आठ हजार मिटरमाथिका हिमाल आरोहण सकिएको र केही होचा हिमालको विवरण आइनसकेको विभागले जनाएको छ । यद्यपि विभागको पर्वतारोहण शाखाका ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार यो मौसमका लागि आजबाट सगरमाथासहितका हिमालको आरोहण सकिएको बताउनुभयो ।

छ आरोहीको मृत्यु

वसन्त ऋतुको यो मौसममा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपालीसहित छ जना आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शेर्पा गाइड, तीन भारतीय, एक अस्ट्रेलियन र एक नेदरल्याण्डका आरोही छन् । राससnews24nepal

Continue Reading…

कतारको भूमिमा जनयुद्धका जगतबहादुरको पीडा

कतार, १२ जेठ । मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय र समनताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय रहेका बाग्लुङ नपा–९, बाग्लुङका जगतबहादुर विश्वकर्मा २०५३ सालमा माआवादीको सक्रिय राजनीतिमा सङ्गठित सदस्य हुँदै युद्धमा सक्रिय रहेका थिए ।
अहिले कतारको चर्को गर्मीसँगै स्टिल तथा तातो फलामको काम गर्दै विगतलाई सम्झने उनका क्रान्तिका सपना मरुभूमिमा छरिएका छन् । विश्वकर्मा जनयुद्धकै क्रममा बाग्लुङमा दुई महिना हिरासतमा रहँदा प्रहरीकोे यातना भोगेर कष्टकर जीवनबाट बाँचे पनि युद्धमा लागेर सहिद र बेपत्ता परिवारको सपना तुहिएकोमा निकै दुखित छन् । ४७ वर्षे विश्वकर्मा पार्टी सरकारमा गयो, अवसर टाठाबाठाकै लागि भयो तर हामी अशिक्षित र वृद्धका लागि कुनै योजना नल्याएकोमा दुखेसो गरे ।20
बालबच्चाको लालनपालन र शिक्षा दिनका लागि भए पनि १४ वर्षदेखि प्रवासमा सङ्घर्ष गरेको उनले बताए । युद्धको समयमा उनी विशेषतः हतियार, बन्दुकलाई गन्तव्यमा पुर्याउने, कार्यकर्तालाई सेल्टर दिने, खान–बस्नको व्यवस्था गर्ने र छापामारलाई जेलमा रहेका र निस्किएकालाई भगाउन अहोरात्र खटिन्थे । त्यसैले उनी पटक पटक प्रहरीको निसानामा रहिरहन्थे र परिवारले समेत यातनाको सिकार हुनुपर्दथ्यो ।
कतार प्रवेशसँगै उनी पार्टी आस्थावान् निकट रहेर जनप्रगतिशील मञ्चको स्थापनामा समेत सक्रिय रहेका थिए । हाल मुटुसम्बन्धी विमारले च्याप्दै जाँदा उनी महिनाभरिको कमाई आफैँलाई औषधि उपचार गर्दा ठिक्क भएको भन्दै भक्कानिए । दलितको अधिकार प्राप्ति हुनेछ भन्ने लागेर नै मनमा ठूलो आशा पलाएको थियो त्यो बेला, तर आज नेताहरु नै तितर बितर हुँदा पार्टीले जनभावना बुझ्न नसकेकोमा आफू निराश भएको उनले बताए । रासस
dainiknepal

Continue Reading…

पूर्व प्रधानसेनापतिद्वय कटवाल र गुरुङलाई नेपाली सेनाले सचेत गरायो ‘राष्ट्रिय सुरक्षा र संगठनको गोपनीयता ख्याल गरः क्षत्री’

काठमाडौं, १२ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बहालवाला तथा अवकाशप्राप्त सैनिक व्यक्तिहरुलाई राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयतालाई ख्याल गर्न सचेत गराएका छन् ।
बुधबार नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरुलाई त्रिभुवन आर्मी अफिसर्स क्लबमा भेटघाट तथा अन्तरक्रियामा बोलाएर क्षत्रीले आत्मबृत्तान्त तथा अन्य विषयहरुमा पुस्तक, लेख रचना तथा अन्तर्वाताहरु प्रकाशित गर्दा राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयतालाई ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।
पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल र छत्रमान सिंह गुरुङले आफ्नो आत्मबृत्तान्त समेटेर पुस्तक निकालेको र त्यसबाट संगठनका गोप्य सूचनाहरु बाहिर आएको भन्दै चर्काे आलोचना भएपछि प्रधानसेनापति क्षत्रीले आफ्ना अग्रजहरुलाई बोलाएर उनीहरुकै अगाडि मुख खोलेका हुन् ।19
यसैगरी कटवाललाई हटाउँदा प्रधान सेनापति घोषणा गरिएका कुल बहादुर खड्काले आफ्नो अन्तर्वार्ता त्यो समय (कटवाल हटाउँदा)मा भएका तथ्यकथा (यथार्थ घटनाहरु) लेख्ने बताएका थिए । उनको अन्तर्वार्तापछि बहालवाला अधिकृतले सेनाका गोप्य सूचना बाहिर ल्याउन मिल्छ भनेर बहस सुरु भएको थियो । उनलाई पनि आजको कार्यक्रममा सचेत गराइएको थियो ।
यसैगरी प्रधानसेनापति क्षत्रीले नेपाली सेनाप्रति नेपाल सरकार र नेपाली जनताको ठूलो विश्वास एवं अपेक्षालाई अक्षुण्ण राख्नु नेपाली सेनालाई चुनौती र अवसर भएको बताए । ‘बहालवाला तथा अवकाशप्राप्त सैनिक व्यक्तिहरुले आत्मबृत्तान्त तथा अन्य विषयहरुमा पुस्तक, लेख रचना तथा अन्तर्वाताहरु प्रकाशित गर्दा राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, संगठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई मध्यनजर राखी सकारात्मक योगदान दिने रुपमा प्रकाशित गर्नुपर्छ,’ क्षत्रीले आफ्ना अग्रजहरुलाई विन्रमता पूर्वक भने ।
आफ्नो स्वागत मन्तव्यबाट कार्यक्रम सुरु गरेका क्षत्रीले नेपाली सेना सम्बन्धी समसामयीक विषयवस्तु लगायत सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषयमा अद्यावधिक गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए ।
त्यसै क्रममा हाल सेनाको उच्च स्तरको अपरेशलन तयारी कायम राख्न तालिम, योजना र बन्दोबस्ती लगायतका विषयहरुलाई उच्चस्तरको बनाउनुपर्नेमा जोड दिनुहुँदैं उनले पूननिर्माण, विकास निर्माण तथा प्रकृति संरक्षण तर्फ नेपाली सेनाको भूमिकाका बारेमा समेत अवगत गराएका थिए ।
कार्यक्रममा नेपाली सेनाको वस्तुस्थिती, कल्याणकारी योजना तथा मानव अधिकार सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो भने महान्यायधिवक्ताको कार्यालयबाट समसामयीक विषयहरुमा अन्तरक्रिया समेत गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा, बलाधिकृत रथी श्री बलदेवराज महतले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यस किसिमको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पुर्याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जंगी अड्डाले जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महान्यायधिवक्ता हरि फुयाँल, रक्षा सचिव महेश प्रसाद दाहाल, पूर्व प्रधान सेनापतिहरु, सम्पूर्ण पिएसओज रथीबृन्दहरु, अवकास प्राप्त रथीबृन्दहरु, विभिन्न निर्देशनालयका निर्देशक लगायत विभिन्न पृतनाका प्राड प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
dainiknepal

Continue Reading…

एनसेलको दैनिक अनलिमिटेड डेटा रोमिङ प्याक आयो

१२ जेठ, काठमाडौं । एनसेलले एक्जियटा गु्रप नेटवर्कभित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुका लागि दैनिक अनलिमिटेड डेटा रोमिङ प्याक ल्याएको छ ।

बिहिबारदेखि लागू हुने योजना अन्र्तगत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा करसहित १२ सय रुपैयाँमा प्याक खरिद गरी दैनिक अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् ।18

यो योजना अन्र्तगत ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैंले किन्न पर्ने प्याक प्रगोग गर्न सक्छन् । स्वतः सुचारु हुने प्याक खरिद गरेपछि भ्रमण अवधिभरि सहजै डेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने एनसेलले जनाएको छ ।

प्याक खरिद गर्नका लागि ग्राहकले पहिला स्टार १७१२७ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात स्टार १७१२९ ह्यास डायल गरी दैनिक रुपमा आफैं सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् ।

यी प्याकका माध्यमबाट दुवै पि्रपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा -श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवामार्फत आफ्ना आफन्तजनसँग सहजै सम्पर्कमा रहन सक्नेछन् ।

एक्जियटा ग्रुप नेटवर्क भित्रका देशहरुको भ्रमणमा रहेका बेलामा तुलनात्मक रुपमा सुलभ शुल्कमा डेटा सेवा प्रगोग गर्न मद्धत गर्ने एनसेलका इन्टरप्राइज निर्देशक प्रणय राज आचार्यले बताए ।

दैनिक प्याक सुचारु गरेपछि २४ घण्टासम्म प्रयोगका लागि समय सीमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुनः प्याक खरिद गर्न सक्छन् ।onlinekhabar

Continue Reading…

माओवादी नेता गुरुङ भन्छन्- ओली सरकार ढल्यो भने मुलुक अस्थिरतातर्फ धकेलिन्छ

काठमाडौं, १२ जेठ । नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य देब गुरुङ्गले छिनछिनमा सरकार परिवर्तन गर्दा मुलुक अस्थिरतातर्फ धकेलिने भन्दै अहिले यही सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने- ‘सरकार परिवर्तन राष्ट्रिय सहमति भयो भने मात्रै हुने हो । अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना छैन । कांग्रेस संसदीय अभ्यासमा रहेकोले सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । त्यसैले अहिले सरकार परिवर्तनको मुद्दा सान्दर्भिक छैन ।’17
उनले अहिले माओवादी केन्द्रभित्र सरकार परिवर्तनको विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारे । गुरुङ्गले मुलुकको समस्या समाधान गरेर अगाडि बढाउन राष्ट्रिय सहमतिको आवश्यकता भए पनि स्थायी प्रतिपक्षको ब्यवस्थाले त्यस्तो अवस्था नरहेको स्पष्ट पार्दै यसले मुलुकलाई घाटा पार्ने आशंका ब्यक्त गरे ।
उनले मधेसीसहित आदीबासी जनजातिको माग आधारभुत रुपमा ठिकै भएकोले त्यसलाई संबोधन गर्नुपर्ने भन्दै राज्य पक्षले सहमतिको लागि लचकता अपनाउनुपर्ने धारणा राखे । गुरुङले भने- ‘आन्दोलनरत र अरु दलको पोजिशन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिको लागि सबैले पहल गर्नुपर्छ ।’
dainiknepal

Continue Reading…

नेता महतले गरे आगामी बजेटबारे यस्तो भविष्यवाणी

बुधबार, १२ जेठ
काठमाडौ । नेपाली काग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारको आगामि बजेट दिर्घकालमा मुलुक र जनताको हित नगर्ने खाले कार्यकर्तालाई रकम बाड्ने गरी वितरण मुखी बजेट आउने दावी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्रीले बोले जस्तो यो बोल्ने बजेट आउँछ । धेरै सपनाहरु बाडिन्छ । बजेटबाट खासै आशा छैन, सपना बाडिन्छ र अर्थतन्त्रलाई धारासायी बनाईन्छ । यसले कार्यकर्ताको तत्कालिन महत्वकांक्षा त पुरा गर्ला तर दिर्घकालिन रुपमा मुलुकलाई फाईदा गर्दैन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा डा. महतले भएका पुराना औद्योगिक क्षेत्रहरु धारासायी बनेर बन्द रहेको अवस्थामा कार्यकर्तालाई जागिर दिन नयाँ नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेर नियूक्ती दिन थालिएको भन्दै मुलुकमा कालाबजारी, महंगी र तस्करी चलिरहेको विषयमा सरकार संबेदनशिल नभएको आरोप लगाए ।16
उनले भने,‘ बजेटले कार्यकर्तालाई बाड्न स्वरोजगार कार्यक्रम ल्याउछ । मुल्यबृद्धि रोक्ने योजना आउँदैन । कार्यकर्तालाई बाड्ने गरी बजेट आउँछ । यो सरकारले ल्याउने बजेटले दिर्घकालिन हितगर्ने देखिदैन ।’
डा. महतले प्रधानमन्त्रीले हावादारी कुरा बोल्न छाड्नु पर्ने सुझाव दिदै अहिले प्रधानमन्त्री आखाँ बन्द गरेर राम्रो सपना देख्न भनिरहेको तर्क गरे ।
उनले बजेट फाष्ट ट्रयाक र जलविद्युतमा लगानी गर्नुपर्ने, उत्पादनमुखी र पुजिगत खर्चमा केन्द्रीत होस भन्ने आफूहरुको चाहना रहेको स्पष्ट पार्दै ठूलो बजेट ल्याउादा पुजिगत बजेटको हिस्सा कार्यान्वय गर्ने ब्यवस्थापनि साथै ल्याउनु पर्ने सुझाव दिए । उनले भने,‘ मुल्य बृद्धि कम गर्ने र लगानीकोलागि भरपर्दो आधार बजेटले दिनु पर्छ ।’
डा. महतले विदेशी लगानी नआएसम्म मुलुकको आर्थिक विकास नहुने भन्दै सरकारले पर्यटन क्षेत्रमा विदेशी लगानीलाई ४९ प्रतिसत लगानीमा सिमि तगर्न लागिएको प्रति आपत्ति प्रकट गरे ।
नेकपा माओवादी केन्द्रका नेता देब गुरुङले मुलुकको अर्थतन्त्र कमजोर भएको बेला ठूलो बजेट ल्याउन नहुने भन्दै ठूलो बजेट ल्याउँदा आन्तरिक स्रोतले नपुग्ने र त्यो अवस्थामा विदेशी ऋणमा भर पर्दा उनीहरुको सर्त मान्नु पर्ने भएकोले राष्ट्रिय स्वाधिनता संकटमा पर्ने दावी गरे ।
उनले परिणाममुखि, विकास केन्द्रीत खर्च हुने खाले बजेट ल्याउनु पर्ने धारणा राख्दै कृषिलगायतका उत्पादनमुखी क्षेत्रमा आन्तरिक लगानीमा जोड दिनु पर्ने बताए ।
गुरुङ्गले बजेट चुनावी घोषणापत्र जस्तो हुन नहुने भन्दै स्वाधिनता, राष्ट्रियता प्रर्वशन, पुर्ननिर्माण, अभावलाई सहज बनाउन, भ्रष्टाचार र कमिशन खोरी अन्तगरी शुसासन कायम गर्ने दिशातर्फ लाग्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देबकोटाले मुलुकको प्रमुख समस्या भनेको बजेटको कार्यन्वयन नै भएकोलेयसमा विशेष ध्यान दिनु पर्ने भन्दै संविधानको कार्यान्वयन, दिगो विकास, विकासोन्मुख मुलुकको सूचिमा पुर्याउने लक्ष्यसहित ठूला र मेघा प्रोजेक्टहरुलाई बजेटले सुरुवात गर्नु पर्ने बताए ।
उनले पुराना योजनाहरुलाई निरन्तरता दिदै मध्य पहाडी लोकमार्ग, बुढी गण्डकी जलविद्युत अयोजनामा प्रयाप्त बजेट छुट्याउनु पर्ने भन्दै सामाजिक न्यायसहितको आर्थिक विकासकोलागि सामाजिक सुरक्षामार्फत जनतालाई राहत दिनु पर्ने बताए ।
देबकोटले पुरै पद्धतिको पुनःसरंचनामा काम नगरे बजेट असफल हुने भन्दै बजेटले कृषिको ब्यवसायीकरण, भैतिक पूर्वाधार, उर्जा संकट समाधानकोलागी पीपीपी मोडलमा लगानी आर्कषित गर्ने कर्मचारीको क्षमता विकासमा ध्यान दिनु पर्ने बताए ।
उनले भने, आर्थिक सामाजिक रुपान्तरण गर्ने गरि योजना बनाउनु पर्छ । कार्यान्वयनको पाटोमा ध्यान दिनु पर्छ । यसो गरे छिमेकीको जत्तिकै विकास सम्भव छ ।’
राष्ट्र बैंकका पूर्व गर्भनर डा. तिलक रावलले पुजिगत खर्च नभएसम्म आर्थिक विकास सम्भव नरहेको भन्दै मुलुकमा अहिले पैसाको अभाव नरहेकोले त्यसको उचित सदुपयोग गर्नुपर्ने धारणा राखे ।
उनले खर्च गर्न सक्ने सरकारी संरचनाको क्षमता बढाउनु पर्ने भन्दै कार्यान्वयन गर्न नसक्ने खाले सपना देखाउन नहुने सुझाव दिए ।
रावलले भने,‘ कार्यक्षेत्रमा उतार्ने योजना सहित बजेट आउनु पर्छ । कर्णप्रिया शब्द राखेर मात्रै केही हुँदैन ।’
उनले भारतको बजेट र नीतिको अध्ययन गरेर यहाँको नीति नियम नबनाए बजेटले उपलब्धि हासिल गर्न नसक्ने भन्दै त्यसो नगरी बजेट पास गरिए त्यसपछि ठूलो गोलमाल हुने आशंका ब्यक्तगरे ।
उनले अर्थमन्त्रीले ६ प्रतिसतको आर्थिक बृद्धिदर हासिल गर्ने अनुमान गरेपनि त्यो राजनीति अस्थिरताको कारण सम्भव नभएकोले राजनीतिक स्थिरता आवश्यक रहेकोमा जोड दिए ।
बरिष्ठ उद्योगी दिवाकर गोल्छाले मुलुकको औद्योगिक करणलाई माथि उठाउन ध्यान दिने हो भने राजनीतिक रुपमा मुलुकमा लगानी कर्तालाई हतोत्साहित गर्ने र निजामति प्रसासनको ब्यवहारमा रुपान्तरणको आवश्यकता औल्याउँदै विदेशी लगानीको लागि झण्झट रहित एकद्धार प्रणालीको स्थापना गर्नु पर्ने सुझाव दिए ।
उनले उर्जा उत्पादनले मुलुक बनाउने भएकोले त्यसकोलागि लगानी भित्राउन विद्यमान अवरोध हटाउनु पर्ने धारणा राँदै सरकारले समय समयमा स्थिति जन्य निर्णयहरु गरेर आर्थिक बातावरण बनाउन सक्नु पर्ने बताए ।
उनले अहिले कायम रहेको आर्थिक र कर्मचारीको अवरोधलाई हटाउनु पर्ने धारणा समेत राखे ।
nepalsandesh

Continue Reading…

भारतीय मिडियामा हेडलाइन- ‘नेपाली कांग्रेस के सहयोग से चलेगा मधेसियों का आन्दोलन’

काठमाडौं, १२ जेठ । नेपालका विवादित खबर प्राथमिकताका साथ छाप्ने भारतीय मिडियाहरुले नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो हेडलाइन् बनाएका छन् ।
समाचारमा नेपाली कांग्रेसले मधेसीहरुको आन्दोलनमा सहयोग गर्ने उल्लेख छ । ‘नेपाली कांग्रेस के सहयोग से चलेगा मधेसियों का आन्दोलन’ भन्ने शीर्षकमा भारतीय च्यानल न्यूज २४ अनलाईनले प्राथमिकताका साथ छापेको छ ।15
समाचारमा कांग्रेस नेता विमलेन्द्र निधीदेखि महेश आचार्यसम्म र उपेन्द्र यादवदेखि राजेन्द्र महतोको नाम उल्लेख गरिएको छ ।
समाचारमा विमलेन्द्र निधीले केपी ओली नेतृत्वको सरकारको कडा आलोचना गर्दै आफ्नो जिद्धीका अगाडि देशलाई भुलिरहेको आरोप लगाएका छन् । देश र जनताको हितलाई हेर्दै कांग्रेस अब छिट्टै मधेसी र जनजाति पार्टीहरुको मोर्चामा समावेश हुने कुरा पनि निधीले समाचारमा भनेका छन् ।
उनले नयाँ संविधानमा केही कुरा छुटेको र जसलाई संशोधन गरेर पुरा गर्नुपर्ने कुरा पनि भनेको उल्लेख छ ।
समाचारमा महेश आचार्यको भनाई राखेर हिजो बसेको सर्वदलीय बैठकमा कांग्रेसले प्रम ओलीलाई कडा जवाफ दिएको उल्लेख छ ।
त्यसैगरी मधेसी मोर्चा र संघीय गठबन्धनका विषयमा उपेन्द्र यादव र राजेन्द्र महतोबीच विवाद उत्पन्न भएको कुरा पनि उल्लेख गरिएको छ ।
dainiknepal

Continue Reading…

सरकारको पक्षमा देव गुरुङको भाषण, ढरकार ढाल्न सम्भव छैन

बुधबार, १२ जेठ
काठमाडाैं । नेकपा माओवादी केन्द्र हेडक्वाटर सदस्य देब गुरुङ्गले छिनछिनमा सरकार परिवर्तन गर्दा मुलुक अस्थिरता तर्फ धकेलिने भन्दै अहिले यही सरकारलाई निरन्तरता दिनु पर्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकार परिवर्तन राष्ट्रिय सहमति भयो भने मात्रै हुने हो । अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना छैन । 14काग्रेस संसदीय अभ्यासमा रहेकोले सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । त्यसैले अहिले सरकार परिवर्तनको मुद्दा सान्दर्भिक छैन । ’ उनले अहिले माओवादी केन्द्र भित्र सरकार परिवर्तनको विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा गुरुङ्गले मुलुकको समस्या समाधान गरेर अगाडि बढाउन राष्ट्रिय सहमतिको आवश्यकता भए पनि स्थायी प्रतिपक्षको ब्यवस्थाले त्यस्तो अवस्था नरहेको स्पष्ट पार्दै यसले मुलुकलाई घाटा पार्ने आशंका ब्यक्त गरे ।
उनले मधेसीसहित आदीबासी जनजातिको माग आधारभुत रुपमा ठिकै भएकोले त्यसलाई संबोधन गर्नु पर्ने भन्दै राज्य पक्षले सहमतिको लागि लचकता अपनाउनु पर्ने धारणा राखे ।
गुरुङले भने,‘ आन्दोलनरत र अरु दलको पोजिसन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिकोलागि सबैले पहल गर्नु पर्छ ।’
nepalsandesh

Continue Reading…

बालाजुमा गठबन्धनको विरोधसभा

काठमाडौं, जेठ १२ । काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितको संघीय गठबन्धनले बुधबार काठमाडौंको बालाजु–बाइपासमा विरोधसभा गरेको छ ।13

विरोधसभामा बोल्ने नेताहरुले सरकार समस्या समाधानका लागि गम्भीर नभएको आरोप लगाउँदै गठबन्धनको नाममा पत्र पठाए वार्तामा बस्ने बताए ।

त्यसअघि, बालाजुचोकबाट सुरु भएको विरोधजुलुस बाइपास पुगेर विरोधसभामा परिणत भएको थियो । imagekhabar

Continue Reading…

‘पैसा नदिएसम्म भक्तपुर अदालतमा तारेख दिन आलटाल’

भक्तपुर: परिवारविरुद्ध अंश चलन मुद्दा लडिरहेका एकल महिला रमिता (नाम परिवर्तन) मुद्दाको पेसी भएकाले आइतबार कार्यालयमा बिदा मिलाएर भक्तपुर जिल्ला अदालत आएकी थिइन्। तर अदालतको कज लिस्टमा उनको मुद्दाको नाम थिएन।

उनले सिधै ५ नं फाँटमा गएर गुनासो पोखे। अदालतका कर्मचारीले रुखो शैलीमा ‘हामीले फाइल पठाएका हौँ माथि गएर बुझ्नुस्’ भनेर जवाफ फर्काए ।

12‘पैसा नदिएसम्म भक्तपुर अदालतमा तारेख दिन आलटाल’
त्यसैगरी, सवारी ज्यान मुद्दामा तारेख लिन आएकी एक महिलाले तारेख लिन मात्रै फाँटवालालाई रु ५०० देखि एक हजारसम्म चिया पानीखर्च दिनपरेको गुनासो गरिन्। पैसा नदिएसम्म तारेख दिन आलटाल गर्ने गरिएको उनी बताउँछिन्।

भक्तपुर जिल्ला अदालतमा हुने अनियमितता र ढिलासुस्तीका उल्लिखित दुई घटना उदाहरण मात्रै हुन्।अदालतमा अहिले कर्मचारी र भौतिक पूर्वाधारको कमी रहेको छ।अदालतमा यसअघि तीन वटा इजलास थिए, हालै दुई वटा थपेर पाँच पुर्याइएको छ।

तर सो अनुसार कर्मचारीको सङ्ख्या र भौतिक पूर्वाधारमा वृद्धि नहुँदा अदालतको काम कारबाही प्रभावित हुँदै आएको छ।कर्मचारीले यसैको फाइदा उठाउँदै सेवाग्राहीसँग पैसा माग्ने गरेको जनगुनासो छ।

अदालतमा सेवाग्राहीले तारेख लिने, म्याद तामेल गर्ने, नक्कल उतार गर्नेलगायतका हरेक कार्यमा कर्मचारीलाई चियापानीको नाममा दुई चार हजार दिनुपर्ने बाध्यता रहेको सेवाग्राही बताउँछन्।अन्यायमा परेर न्याय माग्न आएका पीडितलाई अदालतका कर्मचारीको व्यवहारले थप पीडा हुने गरेको उनीहरु बताउँछन्।

अदालतमा लेनदेनसम्बन्धी मुद्दा खेपिरहेका रामबहादुर (नाम परिवर्तन)ले आफ्नो म्याद बुझाउन सात महिना समय लागेको बताए।सूर्यविनायक क्षेत्रमा जाने तामेलदार नभएको बहाना गर्दै अदालत प्रशासनले म्याद बुझाउन मात्रै सात महिना लगाएको उनले जानकारी दिए।उनले भने-‘सात महिना लामो प्रयासपछि अर्कै क्षेत्रको तामेलदारलाई आफैँले लिएर गएर म्याद बुझाउन लगाएँ।’

त्यस्तै कटुञ्जेका विजय अछामी तारेख लिँदासमेत अदालतका कर्मचारीलाई चियापानी खर्च दिनुपरेको गुनासो गर्छन्।उनको मुद्दाको अन्तिम किनारा लागिसकेको छ।मुद्दाका कुनै पनि कागजपत्रको नक्कल उतार र दुई÷चार पाना फोटोकपी गर्न पनि कर्मचारीलाई एक÷दुई हजार नदिई काम नबन्ने अनुभव उनले सुनाए।उनले भने ‘ ‘दिएन भने काम बन्दैन।नदिएर के गर्नु?’

अदालतका कर्मचारीले कलम नभएको बहाना गरेर पनि काममा आलटाल गर्ने गरेको एक सेवाग्राहीले बताए।उनले भने, ‘कहिलेकाहीँ आफ्नै कलम दिन्छु तर फर्केर आउँदैन ।’ उनले कर्मचारीले चाडबाडअनुसारको खान्कीसमेत माग्ने गरेको गुनासो गरे।कहिले बिस्केट आयो, कहिले देवाली आयो भन्दै भोज नखुवाउने ? खै हामीलाई केही छैन ? जस्ता गुनासो फाँटका कर्मचारीले गर्ने गरेको उनको भनाइ छ।

कर्मचारीले सम्बन्धविच्छेदका मुद्दामा मुद्दा छिटो फैसला गराउने नाममा आर्थिक चलखेल गर्ने गरेको एक अधिवक्ताले बताए।उनका अनुसार विशेषगरी एकल महिला र युवावस्थामा सम्बन्धविच्छेद गर्न आउनेको मुद्दा छिटो टुङ्ग्याउने आश्वासन दिएर फाँटका कर्मचारीले रकम असुल्ने गरेका छन्।उनले भने, ‘सम्बन्धविच्छेदका मुद्दामा विशेषगरी महिलालाई आर्थिक र मानसिक शोषण गर्ने प्रवृत्ति अदालतभित्र मौलाएको छ।’

अर्का पीडितले मुद्दाको पेसी हुँदासमेत मिसिल फाँटमा आएपनि नआएको भनेर आलटाल गर्ने, एक पक्षको प्रभावमा परेर अर्को पक्षलाई झुलाउने र अन्तमा समयावधि सकियो भन्दै भोलि आउनू भनेर फर्काउने गरेको गुनासो गरे।

अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठले भने काममा ढिलासुस्ती भएको र चियापानीको नाममा रकम माग्ने गरेको गुनासो आफूसमक्ष नआएको बताए।उनले सेवाग्राही पनि सचेत हुनुपर्ने बताउँदै त्यस्तो गुनासो आएको खण्डमा गलत क्रियाकलाप गर्ने कर्मचारीलाई कानुनबमोजिम तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाए।कर्मचारीको क्रियाकलाप निगरानीमा राख्न कार्यालयमा सिसी टिभीसमेत जडान गरिएको जानकारी पनि उनले दिए।

उनका अनुसार अदालतमा भौतिक पूर्वाधार र कर्मचारी अभाव भएको छ र सूर्यविनायक क्षेत्रमा लामो समयदेखि तामेलदार खाली भएको र हालै मात्र भएका तामेलदारलाई त्यसक्षेत्रको मुद्दाको म्याद पठाउने कार्यमा लगाइएको हो।

मुद्दाका पक्षले आदेशको नक्कल एक घन्टामा प्राप्त गर्न सकिने व्यवस्था गरिएको तर कहिलेकाहीँ प्राविधिक कारणले केही समय ढिला भएको हुन सक्ने बताउँदै श्रेस्तेदार श्रेष्ठले अदालतमै फोटोकपीको व्यवस्था गरिएको हुँदा कुनै शुल्क नलाग्ने जानकारी दिए।

उनले भने, ‘शतप्रतिशत सही भएको छ भन्ने पनि होइन तर गलत कार्य भएको छ भन्ने उजुरी आएको खण्डमा आवश्यक कारबाही गरिनेछ।सबैभन्दा मुख्य कुरा कर्मचारीबाट भएका बदमासी जानकारीमा आउनुपर्यो।’ रासस
annapurnapost

Continue Reading…

यस्तो छ माओवादी केन्द्र बहुपदमा जान नसक्नुको चुरो कुरो

काठमाडौ । दश माओवादी पार्टीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बहुदीय पद्धतिमा जाने प्रस्ताव पारित भएपनि पार्टीले पदाधिकारी चयन गर्न सकेन ।11
हालै राजधानीमा बसेको केन्द्रको पहिलो केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डले पेश गरेको बहुपदीय पद्धतिलाई अनुमोदन गर्यो तर पदाधिकारी चयनमा विवाद भएपनि अध्यक्षकै नेतृत्वमा हेडक्वाटर निर्माण गर्यो ।
तत्कालकोलागि बहुपदीय पद्धतिमा नगई जिल्ला जिल्लामा एकता अधिवेशन गरेपछि सहमतिमा पदाधिकारी चयन गर्ने सहमति गर्यो ।
केन्द्र बहुपदीय पद्धतिमा जान नसक्नुको प्रमुख कारण चाँही नारायण काजी श्रेष्ठ र रामबहादुर थापावीच को दोस्रो बरियतामा रहने भन्ने विषय रह्यो ।
nepalsandesh

Continue Reading…

भोली नेपालभर यातायात बन्दको घोषणा, लामो दूरीका सवारी चल्न छाडे

काठमाडौं, १२ जेठ । दुर्घटना न्यूनीकरण गर्ने भन्दै सरकारले जरिवाना बढाउनुका साथै नयाँ नियम लागू गरेपछि आन्दोलनमा उत्रिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आफ्नो बिहीबारको चक्काजामलाई सहयोग गर्न अपील गरेको छ ।
काठमाडौंको बल्खुमा आज बिहान बसेको महासंघसहित विभिन्न संघसंगठनको संयुक्त बैठकले बिहीबारको चक्काजाममा रातो नम्बर प्लेटका सवारी साधनलाई पनि नचलाउन आग्रह गर्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । ‘सरकारले हाम्रा मागप्रति ध्यान नदिएपछि आन्दोलन गर्न बाध्य भएका छौँ’, उहाँले भन्नुभयो, ‘बिहीबार बिहान ५ बजेदेखि साँझ पाँच बजेसम्म मुलुकभरि चक्काजाम हुनेछ ।’10
शान्तिपूर्ण रुपमा गरिने चक्काजामका क्रममा अत्यावसेक सेवालाई भने चल्न दिने सिटौलाले बताउनुभयो । लामो दूरीका सवारीलाई आजैदेखि नचल्न आग्रह गरेको उहाँले बताउनुभयो ।
सरकारले आफ्ना मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिए जेठ १४ गते पुनः अर्को बैठक बसेर अनिश्चितकालीन चक्काजामतर्फ कदम उठाउन सक्ने महासचिव सिटौलाले चेतावनी दिनुभयो ।
सरकारले आफूहरुको चक्काजामलाई लिएर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको महासंघले शान्तिपूर्ण प्रदर्शनका क्रममा दमन भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको स्वयं सरकार जिम्मेवार हुने चेतावनी दिएको छ ।
सरकारले चक्काजामलाई निस्तेजपार्न सबै प्रकारको तयारी गरेको जनाएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गरेर सवारी साधन चलाउन आग्रह गरिसकेको छ ।
dainiknepal

Continue Reading…

विप्लव माओवादीद्धारा जेठ अन्तिम साता नेपाल बन्दको घोषणा

१२ जेठ, काठमाडौं ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जेठ अन्तिम साता नेपाल बन्द गर्ने भएको छ ।
सरकारले आफ्ना कार्यकर्ता बाबुराम राई पक्राउ गरेर सार्वजनिक मुद्दा लगाएको विरोधमा नेपाल बन्द गर्ने निर्णय गरेको हो ।
पार्टीले सरकारले आफ्नो आग्रहलाई वेवास्था गरे नेपाल बन्द गेरर भएपनि छुटाउने निष्कर्ष निकालेको छ ।

bipal
नेकपा माओवादीका प्रवक्ता खडकबहादुर विश्वकर्माले आफ्नो पार्टीले नेपाल बन्दको कार्यक्रम घोषणा गरेको बताए । उनले नेपाली हेडसाइन्ससँग भने,‘हाम्रो पार्टीका बाबुराम राईलाई विना कारण पक्राउ गरेर सार्वजनिक मुद्दा चलाइको छ, राईलाई छुटाउन जेठ अन्तिम साता नेपाल बन्द हुन्छ ।’ राई पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय महासचिव हुन् ।

विप्लव माओवादीले नेपाल बन्दको दिन भने तोकेको छैन ।nepaliheadlines

Continue Reading…

पर्याप्त पानी नपिउँदा का समस्याहरु के के हुन् त जान्नुहोस्

पानी हाम्रो जीवन हो। यसले शरीरलाई स्थिर राखेको हुन्छ। शरीरको हरेक प्रणाली र प्रक्रियामा पानीको आवश्यकता हुन्छ। जानौं पानी नपिउँदा शरीरमा उत्पन्न हुने केही समस्या ;pani
–पर्याप्त पानीको सेवनमा कमी हुँदा विभिन्न हृदयसम्बन्धी रोगहरू लाग्न थाल्दछ। पानीको कमीले रगत बाक्लो हुने र रक्तसंचार प्रक्रियामा पनि समस्या उत्पन्न हुने गर्दछ। यस्तै मृगौला सम्बन्धी समस्या, क्यान्सर तथा मूत्रसम्बन्धी रोगहरू लाग्न सक्दछ।
–पानीको कमी अथवा डिहाइड्रेशनका कारण थकानको महसुस हुन्छ। शरीरका कोषिकाहरूमा पर्याप्त पानी नपुग्दा शरीरमा उर्जाको कमी हुन जान्छ र थकान महसुस हुन्छ। यसका साथसाथै टाउको दुखाई, ताव आदिको समस्या पनि हुन्छ।
– पर्याप्त पानीको सेवन नभएमा पाचनसम्बन्धी समस्या पनि देखिन थाल्दछ। पानीको कमीका कारण खाना पच्नमा समस्या हुन्छ। जसका कारण शरीरको तौल पनि बढ्दै जान्छ र शरीरमा विषाक्त पदार्थको मात्रा पनि बढ्दै जान्छ।
– शरीरमा पानीको कमीका कारण तौल बढ्न पनि जान्छ। पब्लिक हेल्थ एण्ड वाटर रिसोर्स इन्स्ट्चियूटको अध्ययनले पर्याप्त पानीको सेवनले मानिसले कम क्यालोरी लिने र तौल नबढ्ने देखाउँछ तर पर्याप्त पानी नपिउँदा शरीरमा तौल बढ्दै जान्छ।
– यस्तै पानीको कमीले अनुहार सुख्खा देखिने, चायाँ पर्न थाल्ने, अनुहारमा डण्डिफोर, घाउखटिरा पनि देखिन थाल्दछन्। त्यसैकारण मानिसले दैनिक न्यूनतम चार लिटर पानी पिउनुपर्दछ।- एजेन्सी

Continue Reading…

यातायात व्यवस्था कार्यालय तोडफोड

काठमाडौँ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमतीको ललितपुर एकान्तकुनास्थित कार्यालयमा गत राति तोडफोड भएको छ ।
तोडफोडले भवन नं १ को सबै सिसा फुटी डेढ लाखको क्षति पुगेको कार्यालय प्रमुख उमेश बस्नेतले राससलाई जानकारी दिनुभयो ।

yata
“तोडफोडले झ्यालका सिसा फुटेका छन्, मङ्गलबार दिउँसो सेवाग्राहीको फाइल बोकेर राजस्व बाहेक अतिरिक्त पैसा लिई काम गर्नेलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएपछि कार्यालयमा तोडफोड भएको छ”–उहाँले भन्नुभयो ।

परिसरले लेखापढी व्यवसायीका नाममा दलाली गरी सेवाग्राहीसँग पैसा असुल्ने २६ जनाको समूहलाई पक्राउ गरेको थियो । छानबिनपछि १३ जना निर्दोष पाइएकाले छाडिएको र १३ जनालाई प्रमाणसहित सार्वजनिक मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

कार्यालयमा तोडफोड गर्नेको खोजी भइरहेको महानगरीय प्रहरी बिट सातदोबाटोका प्रहरी निरीक्षक श्यामकुमार विष्टले बताउनुभयो । राससnews24nepaltv

Continue Reading…

झापामा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र

१२ जेठ, काठमाडौं ।

पछिल्लो समयमा भूमिगत राजनीति सक्रियता देखाएका पूर्व राजा मठ मन्दिरको भ्रमणका नाममा विभिन्न जिल्ला दौडाहामा छन् । केही अघोषित विदेश भ्रमणको सक्रियतापछि पूर्व राजा नेपाल भित्रै सक्रिय भएका छन् ।

केही दिन अघी नुवाकोट पुगेर विभिन्न मन्दिरमा पुजापाठ गरेर स्थानीयसँग भलाकुसारी गरेका पूर्वराजा यतिबेला भने पूर्वको झापमा छन् ।raja
ज्ञानेन्द्र अहिले झापाको दमकस्थित हिमालय गुडरिक चियाबगानमा आराममा रहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ ।
१ साता अघि त्यहाँ पुगेपनि उनले कुनै राजनीतिक भेटघात भने नगरेको बुझिएको छ । चिया बगानको बिचमा रहेको दरबारमा ज्ञानेन्द्रका परिवार समय समयमा गएर बस्ने गरेका छन् ।
राजनीतिक खिचातानीका कारण जनमानसमा वितृष्णा पैदा भैरहेको समयमा पूर्वराजाले भने आफ्नो माहौल बनाउन खोजेको कतिपयको आशंका छ ।
केही दिन अघि मात्र एक कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र फर्काउने षडयन्त्र भैरहेको बताएका थिए।nepaliheadlines.

Continue Reading…

आफ्नै नेता तथा कार्यकर्ताले किन बहिस्कार गरे सिटौला र गगनलाई ?

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसमा आफ्नो बेग्लै हैसियत बनाउन कस्सिएका कृष्णप्रसाद सिटौला र गगन थापालाई सप्तरीका कांग्रेस नेता तथा कार्यकर्ताले बहिस्कार गरेका छन् । सिटौला र थापा गत सोमबार (जेठ १० गते) सप्तरीका नेता र कार्यकर्तालाई प्रशिक्षण दिने बहाना बनाएर राजविराज पुगेका थिए ।
उनीहरुसँगै केन्द्रीय सदस्य धनराज गुरुङलगायत कार्यक्रमस्थलमा गएकोमा जिल्लाका सवैजसो नेता र कार्यकर्ताहरुले बहिस्कार गरेको बुझेपछि गुरुङ कार्यक्रममा भाग नै नलिई त्यहाँ खाना खाएर फर्किएका थिए । गुरुङसँगै अर्की एउटा महिला पनि फर्किएकी थिइन ।
प्राप्त समाचार अनुसार विगतमा सुजाता कोइरालासँग नजिक रहेर उनकै अनुकम्पाबाट राज्यमन्त्री समेत भएका रामकुमार चौधरीले सुजाताको राजनीतिक भविश्य सकिएको भन्दै सिटौलालाई नेता मान्ने निर्णय लिएका छन् । यसैक्रममा आफूलाई पनि फाइदा हुने र सिटौला–गगनलाई पनि स्थापित गर्न बल पुर्याउने उद्देश्यले राजविराजमा जिल्लास्तरीय एक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।gang
तर, जिल्लास्तरीय भनिएको सो प्रशिक्षण शिविरमा जिल्ला सभापति दिनेश यादवलगायत कार्यसमितिका कुनै पनि सदस्यले भाग लिएनन् । ६ क्षेत्र रहेको सप्तरीका क्षेत्रीय समितिहरु मध्ये तीन नम्बर क्षेत्रका सभापति र दुई सदस्य बाहेक अन्य सवैले बहिस्कार गरेका थिए । सिटौला र गगनले पार्टीको आधिकारिक प्रतिनिधित्व गर्ने भन्दा पनि बेग्लै धन्दा गरेर पार्टीमा गुटबन्दी बढाउन सक्रिय रहेको पाइएपछि जिल्लाका ९५ प्रतिशत भन्दा बढी नेता र कार्यकर्ताले उनीहरुलाई बहिस्कार गरेको बुझिएको छ । घटना र विचार साप्ताहिकमा समाचार छ ।
dainiknepal

Continue Reading…

गर्मीमा यस्तो छ फेसियलका फाइदा

२०७३ जेष्ठ १२ बुधवार

फेसियलले अनुहारमा देखा परेका विभिन्न समस्याको समाधान गर्न सहयोग गर्छ। फेसियल विशेषगरी उमेर पुगेको छालामा गरिन्छ। तर फेस क्लिनजिङ भने टिनएजबाटै गर्दा राम्रो हुन्छ।

फेसियल गर्दा छालाको प्रकार अनुसार क्रिम छान्नुपर्छ। सुक्खा, तैलीय, संवेदनशील र कम्बिनेसन छालाको प्रकार हेरेर फेसियल गर्ने क्रिम छान्नुपर्छ। बजारमा गोल्ड, डायमन्ड, पपया, वाइन, चकलेट, पर्ल, ह्वाइटनिङलगायतका थुप्रै क्रिम बजारमा उपलब्ध छन्। यसमा एक्ने र पिम्पलका लागि बेग्लै क्रिम पाइन्छन्। भित्रैदेखि आउने गाँठोलाई एक्नी भनिन्छ भने बाहिर आउनेलाई पिम्पल भनिन्छ। संवेदनशील छालामा फेसियल गर्दा मेसिनरी चिजको प्रयोग गर्नु हुँदैन। त्यसैगरी स्टिम, ग्यालबोनिक मेसिन, ओजन, हाइ फ्रिक्वेन्सी मेसिनलाई सक्दो प्रयोग नगर्नु राम्रो हुन्छ। हर्बल उत्पादन प्रयोग गर्नु उपयुक्त हुन्छ।fesil
धातुका सामानहरू सकेसम्म प्रयोग नगर्ने र गर्नै परेमा स्टेरिलाइज गरेर मात्रै गर्ने गर्नुपर्छ।कुनै पनि सामान प्रयोग गर्दा हाइजेनिक र गुणस्तरमा ध्यान दिनुपर्छ। डुब्लिेकेट र सस्तोको पछाडि लाग्नु हुँदैन।

आफ्नो अनुहारको छालाको प्रकारलाई पहिचान गरेर विशेषज्ञकहाँ गएर फेसियल गराउने गर्नुपर्छ। शरीरको छालाभन्दा अनुहारको छाला निकै संवेदनशील हुने भएकाले कुनै पनि जोखिम नउठाई अनुभवी हातबाट फेसियल गराउनुपर्छ। आँखा वरिपरि अझै बढी संवेदनशील हुने भएकाले ध्यान दिएर मसाज गर्नुपर्छ।

फेसियल गर्दा यसका प्रेसर प्वाइन्टलाई बढी ध्यान दिनुपर्छ। आँखा, गाला, निधार, चिउँडो सबैमा मसाज गर्दा आआफ्नै मतलव हुन्छन्। झोलिएको छालालाई सही ठाउँमा ल्याउन, डार्क सर्कल हटाउन, निधार र अन्य भागमा परेका चाउरी हटाउन, दुइटा चिउँडो देखिने समस्या हटाउन, घाँटीको चाउरीपना हटाउन, नाकको ब्ल्याक हेड्स र ह्वाइट हेड्स हटाउन पनि फेसियल गर्ने गरिन्छ।
मानिसमा अहिले स्वास्थ्य र सौन्दर्यप्रति चेतना बढेको छ। देशविदेश घुमेर त्यहाँको रहनसहन देख्ने सिक्ने मौका पाएका छन्। फेसनका लागि मात्रै होइन, छालालाई स्वस्थ राख्न र व्यक्तित्व विकासका लागि महिलामात्र होइन पुरुषहरू पनि नियमित फेसियल गर्न थालेका छन्। फेसियल अनुहारको लागि व्यायाम हो। यसले अनुहारमा रक्त सञ्चार राम्रोसँग गराई छालालाई स्वस्थ बनाउँछ।
फेसियल गर्दा औंलाको चाल र दिशा सही हुनु आवश्यक छ। कुनै ठाउँमा बढी प्रेसर त कुनै मा कम, कुनै मा नरम त कुनैमा कडा गरी गर्नुपर्ने हुन्छ। सामान्य तय फेसियल महिनामा एक पटक गरे पुग्छ। तर चायाँ, पिम्पल, रिंकल छ भने १०—१० दिनमा गर्नुपर्छ। समयको क्रमसँगै यसलाई घटाउँदै लगेर महिनाको तीन पटक, पछि दुई पटक गर्दै लैजान सकिन्छ।

फेसियल अनुहारको लागि एउटा व्यायम हो। यसले अनुहारमा रक्त सञ्चार राम्रोसँग गराई छालालाई स्वस्थ बनाउँछ। त्यसैगरी अहिले वातावरणमा रहेका धुलो, धुवाँलगायतका प्रदूषणबाट छालालाई जोगाउँछ। अहिले मानिसको जीवन निकै व्यस्त र तनावपूर्ण छ। यस्तो अवस्थामा रिल्याकसेसनको लागि पनि फेसियलले मद्दत पुर्याउँछ।

यदि छालामा चाया आएको छ भने तातो वाफ लिनु हुँदैन। तैलीय छ, ब्ल्याक हेड्छ छ र पिम्पल आएको छ भने बाफ लिनुपर्छ। त्यसपछि एस्ट्रिनजेन्ट लोसन लगाएर तिनलाई निकाल्न सकिन्छ। गर्मीमा तातो बाफ लिन गाह्रो हुन्छ भने चिसो हावा फालेर कोल्ड स्टिम लिन सकिन्छ। तर अनुहार र बाफबीचको दूरी एक हात हुनुपर्छ र बाफलाई सिधा छालामा नलिई त्यसमाथि गज राख्नुपर्छ।

गर्मीमा कोल्ड कम्प्रेस गर्दा निकै आनन्द आउँछ। रुमाललाई चिसो बनाएर पुस्नुपर्छ। यसो गर्दा आँखा पोलेको र पसिनाले पोलेको पनि कम हुन्छ। आँखामा रोज वाटर, काँक्राको स्लाइसलाई चिसो बनाएर राख्दा फ्रेस महसुस हुन्छ।
गर्मी मौसममा चिल्लोपना बढी उत्पन्न हुने हुँदा अनुहार बढी पिम्पल आउन सक्छ। पिम्पल र सूर्यको किरणले गर्दा हुने ‘सन ट्यान’लाई पनि फेसियलको सहायताले हटाउन सकिन्छ।
गर्मी मौसममा चिल्लोपना बढी उत्पन्न हुने हुँदा अनुहार बढी पिम्पल आउन सक्छ। त्यसैगरी सूर्यको किरणले गर्दा भएको सन ट्यानलाई पनि फेसियलको सहायताले हटाउन सकिन्छ।

हिजोआज महिलामात्रै नभई फेसियलप्रति पुरुषको पनि रुचि निकै बढेको छ। पुरुषको लागि मेन्स फेसियल क्रिमको प्रयोग गरिन्छ। १७ वर्षदेखिका युवाहरूले क्लिन्जिङ गर्न थाल्छन् भने २५ वर्षदेखि फेसियल गर्न सुरु गर्छन्।

डार्क कम्प्लेक्सन भएका, घाममा बसेर काम गर्नुपर्ने र चाउरीपनाको समस्याका कारण पुरुष फेसियलका लागि आउँछन्। फेसियल गर्दा महिलाभन्दा पुरुषका लागि अलि कडा मसाज गर्नुपर्छ।

अहिले मानिसमा स्वास्थ्य र सौन्दर्यप्रतिको चेतना बढेको छ। देशविदेश घुमेर त्यहाँको रहनसहन सिक्ने मौका पाएका छन्। फेसनका लागि मात्रै होइन, छालालाई स्वस्थ पार्न र व्यक्तित्व विकासका लागि पुरुष पनि कन्सियस हुन थालिसकेका छन्। त्यसैले पुरुष पनि अप्वाइन्टमेन्ट लिएर नियमित फेसियल गर्न आउन थालेका छन्।

सौन्दर्य प्रशाधन उत्पादन गर्ने थुप्रै कम्पनी खुलेका छन्। तिनले उत्पादन गर्ने क्रिमको गुणस्तर फरक छन्। त्यसैले बरु केही रुपैयाँ बढी तिरेरै भए पनि गुणस्तरीय क्रिमको मात्रै प्रयोग गरौं। अनुहारमा जथाभावी पाटपिट गरेरमात्रै हुँदैन।

नभएको रिंकल, नभएको चायाँ र नभएको पिम्पल पनि आउन सक्ने भएकाले सिपालु र अनुभवी हातबाट मात्रै फेसियल गराउनुपर्छ। जसले आफ्नो अनुहारको छालालाई स्वस्थ राख्नुको साथै सौन्दर्य र व्यक्तित्व पनि बढाउँछ।

(ब्युटिसियन कमला श्रेष्ठसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)
annapurnapost

Continue Reading…

दाहाललाई तीन दिनभित्र जवाफ दिन आदेश

काठमाडौं: सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन मंगलबार आदेश दिएको छ । न्यायालयलाई सार्वजनिक रूपमा चुनौती दिएर न्यायिक प्रक्रिया अवरोध पार्न खोजेको अभियोगसहित दाहालविरुद्ध दायर अवहेलना मुद्दामा सुनुवाइपछि यस्तो आदेश भएको हो ।

कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले ‘आफूलाई कारबाही हुन नपर्ने कानुनी आधार र कारण’ खुलाई तीन दिनभित्र लिखित जबाफ लिएर उपस्थित हुन दाहाललाई आदेश दिएको हो । सर्वोच्चले दाहाललाई आफू वा आफ्नो वारेसमार्फत जबाफ दिनसक्ने सुविधा दिएको छ ।bhann

सामान्यतया अवहेलना मुद्दामा १५ वा सात दिनभित्र लिखित जबाफ मगाउने प्रचलन रहे पनि दाहाललाई बाटाको म्यादबाहेक तीन दिनको मात्र म्याद दिइएको छ । अदालतको आदेश बुधबार नै राजधानीको पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा पठाउने तयारी भएको छ । ‘निवेदकको मागबमोजिम आदेश जारी किन गर्नु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत साथै राखी बाटोको म्यादबाहेक तीन दिनभित्र उपस्थित हुनू’, सर्वोच्चको आदेशमा उल्लेख छ ।

दाहालले गत जेठ १ गते एक कार्यक्रममा शान्ति सम्झौताअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दामा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताविरुद्ध नै भयानक षड्यन्त्र गरेको, द्वन्द्वकालीन मुद्दाको फैसला आफूहरूले स्वीकार नगर्ने, न्यायालयले परिवर्तनको प्रक्रियालाई आत्मसात नगरेको र द्वन्द्वकालीन मुद्दामा नियमित घटनामा जसरी फैसला सुनाए आफूहरूलाई कुनै पनि हालतमा स्वीकार्य नहुनेजस्ता आपत्तिजनक अभिव्यक्ति दिएको दाबीसहित अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा मुद्दा हालेका हुन् ।

दाहालले ‘अदालतले दिउँसै रात पार्दैछ, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‌याउन नदिनका लागि अदालतलाई सक्रिय बनाउने कार्य गरिएको, अहिले माओवादीविरुद्ध अदालतलाई तयार पारिँदैछ’ भनेको दाबीसमेत निवेदकको छ । दाहालका यी भनाइ जेठ २ गतेका सञ्चारमाध्यममा प्रकाशित भएको आधारसहित त्रिपाठीले निवेदनसाथ पेस गरेका छन् ।

राज्यको प्रमुख कार्यकारी प्रधानमन्त्री पदमा पुगेको व्यक्तिले अदालत र न्यायाधीशविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति दिँदा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा न्याय सम्पादन गर्न बाधा हुने र फैसला कार्यान्वयनको सुनिश्चितता हुन नसक्ने रिट निवेदनमा उल्लेख छ । बहसका क्रममा निवेदकसहितका कानुन व्यवसायीले दाहालका यस्ता भनाइले अदालतको मर्यादा एवं निष्पक्षतामाथि गम्भीर आघात पुगेको दाबी गरेका छन् । उनीहरूले अदालतविरुद्ध धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको जिकिर पनि गरेका छन् ।

‘न्यायपालिकालाई खुलेआम धम्क्याउने काम भएको छ’, इजलासमा कानुन व्यवसायीले भने, ‘अदालतविरुद्ध अभिव्यक्ति दिएर दाहालले न्यायपालिकाको मर्यादामा गम्भीर क्षति पुर्‌याउनुभएको छ । अदालतको आदेश नमान्ने घोषणा गरेर न्यायसम्पादनको प्रक्रियामा गम्भीर अवरोध उत्पन्न गर्नुभएको छ ।’ रिटमा अदालतको अवहेलनामा दाहाललाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ (१) बमोजिम एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना गर्न माग गरिएको छ ।
annapurnapost

Continue Reading…


Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog