Wednesday, May 25, 2016

आफ्नै नेता तथा कार्यकर्ताले किन बहिस्कार गरे सिटौला र गगनलाई ?

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसमा आफ्नो बेग्लै हैसियत बनाउन कस्सिएका कृष्णप्रसाद सिटौला र गगन थापालाई सप्तरीका कांग्रेस नेता तथा कार्यकर्ताले बहिस्कार गरेका छन् । सिटौला र थापा गत सोमबार (जेठ १० गते) सप्तरीका नेता र कार्यकर्तालाई प्रशिक्षण दिने बहाना बनाएर राजविराज पुगेका थिए ।
उनीहरुसँगै केन्द्रीय सदस्य धनराज गुरुङलगायत कार्यक्रमस्थलमा गएकोमा जिल्लाका सवैजसो नेता र कार्यकर्ताहरुले बहिस्कार गरेको बुझेपछि गुरुङ कार्यक्रममा भाग नै नलिई त्यहाँ खाना खाएर फर्किएका थिए । गुरुङसँगै अर्की एउटा महिला पनि फर्किएकी थिइन ।
प्राप्त समाचार अनुसार विगतमा सुजाता कोइरालासँग नजिक रहेर उनकै अनुकम्पाबाट राज्यमन्त्री समेत भएका रामकुमार चौधरीले सुजाताको राजनीतिक भविश्य सकिएको भन्दै सिटौलालाई नेता मान्ने निर्णय लिएका छन् । यसैक्रममा आफूलाई पनि फाइदा हुने र सिटौला–गगनलाई पनि स्थापित गर्न बल पुर्याउने उद्देश्यले राजविराजमा जिल्लास्तरीय एक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।gang
तर, जिल्लास्तरीय भनिएको सो प्रशिक्षण शिविरमा जिल्ला सभापति दिनेश यादवलगायत कार्यसमितिका कुनै पनि सदस्यले भाग लिएनन् । ६ क्षेत्र रहेको सप्तरीका क्षेत्रीय समितिहरु मध्ये तीन नम्बर क्षेत्रका सभापति र दुई सदस्य बाहेक अन्य सवैले बहिस्कार गरेका थिए । सिटौला र गगनले पार्टीको आधिकारिक प्रतिनिधित्व गर्ने भन्दा पनि बेग्लै धन्दा गरेर पार्टीमा गुटबन्दी बढाउन सक्रिय रहेको पाइएपछि जिल्लाका ९५ प्रतिशत भन्दा बढी नेता र कार्यकर्ताले उनीहरुलाई बहिस्कार गरेको बुझिएको छ । घटना र विचार साप्ताहिकमा समाचार छ ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog