झापामा के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र
१२ जेठ, काठमाडौं ।
पछिल्लो समयमा भूमिगत राजनीति सक्रियता देखाएका पूर्व राजा मठ मन्दिरको भ्रमणका नाममा विभिन्न जिल्ला दौडाहामा छन् । केही अघोषित विदेश भ्रमणको सक्रियतापछि पूर्व राजा नेपाल भित्रै सक्रिय भएका छन् ।
केही दिन अघी नुवाकोट पुगेर विभिन्न मन्दिरमा पुजापाठ गरेर स्थानीयसँग भलाकुसारी गरेका पूर्वराजा यतिबेला भने पूर्वको झापमा छन् ।
ज्ञानेन्द्र अहिले झापाको दमकस्थित हिमालय गुडरिक चियाबगानमा आराममा रहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ ।
१ साता अघि त्यहाँ पुगेपनि उनले कुनै राजनीतिक भेटघात भने नगरेको बुझिएको छ । चिया बगानको बिचमा रहेको दरबारमा ज्ञानेन्द्रका परिवार समय समयमा गएर बस्ने गरेका छन् ।
राजनीतिक खिचातानीका कारण जनमानसमा वितृष्णा पैदा भैरहेको समयमा पूर्वराजाले भने आफ्नो माहौल बनाउन खोजेको कतिपयको आशंका छ ।
केही दिन अघि मात्र एक कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र फर्काउने षडयन्त्र भैरहेको बताएका थिए।nepaliheadlines.