Wednesday, May 25, 2016

गर्मीमा यस्तो छ फेसियलका फाइदा

२०७३ जेष्ठ १२ बुधवार

फेसियलले अनुहारमा देखा परेका विभिन्न समस्याको समाधान गर्न सहयोग गर्छ। फेसियल विशेषगरी उमेर पुगेको छालामा गरिन्छ। तर फेस क्लिनजिङ भने टिनएजबाटै गर्दा राम्रो हुन्छ।

फेसियल गर्दा छालाको प्रकार अनुसार क्रिम छान्नुपर्छ। सुक्खा, तैलीय, संवेदनशील र कम्बिनेसन छालाको प्रकार हेरेर फेसियल गर्ने क्रिम छान्नुपर्छ। बजारमा गोल्ड, डायमन्ड, पपया, वाइन, चकलेट, पर्ल, ह्वाइटनिङलगायतका थुप्रै क्रिम बजारमा उपलब्ध छन्। यसमा एक्ने र पिम्पलका लागि बेग्लै क्रिम पाइन्छन्। भित्रैदेखि आउने गाँठोलाई एक्नी भनिन्छ भने बाहिर आउनेलाई पिम्पल भनिन्छ। संवेदनशील छालामा फेसियल गर्दा मेसिनरी चिजको प्रयोग गर्नु हुँदैन। त्यसैगरी स्टिम, ग्यालबोनिक मेसिन, ओजन, हाइ फ्रिक्वेन्सी मेसिनलाई सक्दो प्रयोग नगर्नु राम्रो हुन्छ। हर्बल उत्पादन प्रयोग गर्नु उपयुक्त हुन्छ।fesil
धातुका सामानहरू सकेसम्म प्रयोग नगर्ने र गर्नै परेमा स्टेरिलाइज गरेर मात्रै गर्ने गर्नुपर्छ।कुनै पनि सामान प्रयोग गर्दा हाइजेनिक र गुणस्तरमा ध्यान दिनुपर्छ। डुब्लिेकेट र सस्तोको पछाडि लाग्नु हुँदैन।

आफ्नो अनुहारको छालाको प्रकारलाई पहिचान गरेर विशेषज्ञकहाँ गएर फेसियल गराउने गर्नुपर्छ। शरीरको छालाभन्दा अनुहारको छाला निकै संवेदनशील हुने भएकाले कुनै पनि जोखिम नउठाई अनुभवी हातबाट फेसियल गराउनुपर्छ। आँखा वरिपरि अझै बढी संवेदनशील हुने भएकाले ध्यान दिएर मसाज गर्नुपर्छ।

फेसियल गर्दा यसका प्रेसर प्वाइन्टलाई बढी ध्यान दिनुपर्छ। आँखा, गाला, निधार, चिउँडो सबैमा मसाज गर्दा आआफ्नै मतलव हुन्छन्। झोलिएको छालालाई सही ठाउँमा ल्याउन, डार्क सर्कल हटाउन, निधार र अन्य भागमा परेका चाउरी हटाउन, दुइटा चिउँडो देखिने समस्या हटाउन, घाँटीको चाउरीपना हटाउन, नाकको ब्ल्याक हेड्स र ह्वाइट हेड्स हटाउन पनि फेसियल गर्ने गरिन्छ।
मानिसमा अहिले स्वास्थ्य र सौन्दर्यप्रति चेतना बढेको छ। देशविदेश घुमेर त्यहाँको रहनसहन देख्ने सिक्ने मौका पाएका छन्। फेसनका लागि मात्रै होइन, छालालाई स्वस्थ राख्न र व्यक्तित्व विकासका लागि महिलामात्र होइन पुरुषहरू पनि नियमित फेसियल गर्न थालेका छन्। फेसियल अनुहारको लागि व्यायाम हो। यसले अनुहारमा रक्त सञ्चार राम्रोसँग गराई छालालाई स्वस्थ बनाउँछ।
फेसियल गर्दा औंलाको चाल र दिशा सही हुनु आवश्यक छ। कुनै ठाउँमा बढी प्रेसर त कुनै मा कम, कुनै मा नरम त कुनैमा कडा गरी गर्नुपर्ने हुन्छ। सामान्य तय फेसियल महिनामा एक पटक गरे पुग्छ। तर चायाँ, पिम्पल, रिंकल छ भने १०—१० दिनमा गर्नुपर्छ। समयको क्रमसँगै यसलाई घटाउँदै लगेर महिनाको तीन पटक, पछि दुई पटक गर्दै लैजान सकिन्छ।

फेसियल अनुहारको लागि एउटा व्यायम हो। यसले अनुहारमा रक्त सञ्चार राम्रोसँग गराई छालालाई स्वस्थ बनाउँछ। त्यसैगरी अहिले वातावरणमा रहेका धुलो, धुवाँलगायतका प्रदूषणबाट छालालाई जोगाउँछ। अहिले मानिसको जीवन निकै व्यस्त र तनावपूर्ण छ। यस्तो अवस्थामा रिल्याकसेसनको लागि पनि फेसियलले मद्दत पुर्याउँछ।

यदि छालामा चाया आएको छ भने तातो वाफ लिनु हुँदैन। तैलीय छ, ब्ल्याक हेड्छ छ र पिम्पल आएको छ भने बाफ लिनुपर्छ। त्यसपछि एस्ट्रिनजेन्ट लोसन लगाएर तिनलाई निकाल्न सकिन्छ। गर्मीमा तातो बाफ लिन गाह्रो हुन्छ भने चिसो हावा फालेर कोल्ड स्टिम लिन सकिन्छ। तर अनुहार र बाफबीचको दूरी एक हात हुनुपर्छ र बाफलाई सिधा छालामा नलिई त्यसमाथि गज राख्नुपर्छ।

गर्मीमा कोल्ड कम्प्रेस गर्दा निकै आनन्द आउँछ। रुमाललाई चिसो बनाएर पुस्नुपर्छ। यसो गर्दा आँखा पोलेको र पसिनाले पोलेको पनि कम हुन्छ। आँखामा रोज वाटर, काँक्राको स्लाइसलाई चिसो बनाएर राख्दा फ्रेस महसुस हुन्छ।
गर्मी मौसममा चिल्लोपना बढी उत्पन्न हुने हुँदा अनुहार बढी पिम्पल आउन सक्छ। पिम्पल र सूर्यको किरणले गर्दा हुने ‘सन ट्यान’लाई पनि फेसियलको सहायताले हटाउन सकिन्छ।
गर्मी मौसममा चिल्लोपना बढी उत्पन्न हुने हुँदा अनुहार बढी पिम्पल आउन सक्छ। त्यसैगरी सूर्यको किरणले गर्दा भएको सन ट्यानलाई पनि फेसियलको सहायताले हटाउन सकिन्छ।

हिजोआज महिलामात्रै नभई फेसियलप्रति पुरुषको पनि रुचि निकै बढेको छ। पुरुषको लागि मेन्स फेसियल क्रिमको प्रयोग गरिन्छ। १७ वर्षदेखिका युवाहरूले क्लिन्जिङ गर्न थाल्छन् भने २५ वर्षदेखि फेसियल गर्न सुरु गर्छन्।

डार्क कम्प्लेक्सन भएका, घाममा बसेर काम गर्नुपर्ने र चाउरीपनाको समस्याका कारण पुरुष फेसियलका लागि आउँछन्। फेसियल गर्दा महिलाभन्दा पुरुषका लागि अलि कडा मसाज गर्नुपर्छ।

अहिले मानिसमा स्वास्थ्य र सौन्दर्यप्रतिको चेतना बढेको छ। देशविदेश घुमेर त्यहाँको रहनसहन सिक्ने मौका पाएका छन्। फेसनका लागि मात्रै होइन, छालालाई स्वस्थ पार्न र व्यक्तित्व विकासका लागि पुरुष पनि कन्सियस हुन थालिसकेका छन्। त्यसैले पुरुष पनि अप्वाइन्टमेन्ट लिएर नियमित फेसियल गर्न आउन थालेका छन्।

सौन्दर्य प्रशाधन उत्पादन गर्ने थुप्रै कम्पनी खुलेका छन्। तिनले उत्पादन गर्ने क्रिमको गुणस्तर फरक छन्। त्यसैले बरु केही रुपैयाँ बढी तिरेरै भए पनि गुणस्तरीय क्रिमको मात्रै प्रयोग गरौं। अनुहारमा जथाभावी पाटपिट गरेरमात्रै हुँदैन।

नभएको रिंकल, नभएको चायाँ र नभएको पिम्पल पनि आउन सक्ने भएकाले सिपालु र अनुभवी हातबाट मात्रै फेसियल गराउनुपर्छ। जसले आफ्नो अनुहारको छालालाई स्वस्थ राख्नुको साथै सौन्दर्य र व्यक्तित्व पनि बढाउँछ।

(ब्युटिसियन कमला श्रेष्ठसँग रामकला खड्काले गरेको कुराकानीमा आधारित)
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog