संसदको बैठक बस्दै, अर्थ मन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने
काठमाडौं, १३ जेठ । संसदको बैठक आज बस्दैछ । झण्डै दुई साता लामो स्थगनपछि संसदको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
संसदको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याउँदैछ । बजेट ल्याउन अघि संसदमा आर्थिक सर्वेक्षण पेश गर्ने परम्परा छ ।
संसदको नियमावलीका विषयमा पनि आजको बैठकमा छलफल हुन सक्ने बताइएको छ । संसद नियमावलीमा सहमति हुन नसकेपछि त्यसमा मतदान हुन सक्ने बुझिएको छ ।
dainiknepal