Wednesday, May 25, 2016

भीषण हावाहुरी र वर्षाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

रौतहट: भीषण हावाहुरी तथा वर्षाका कारण जिल्लामा लाखौँ मूल्यबरावरको धनमाल क्षति भएको छ।

आज बिहान ९:३० बजेदेखि आएएको हावाहुरी र वर्षाले जिल्लाका विभिन्न भागमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आइरहेको छ।

sangaa
करिब एक घन्टासम्म चलेको भिषण हावाहुरी र वर्षाले गर्दा पूर्व पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिकादेखि पश्चिमतर्फको जङ्गलमा रुख ढल्दा सवारी आवागमन अवरुद्ध भएको छ।

सवारी आवागमन अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले रुख हटाई सवारी सुचारु गरेको थियो।सोही राजमार्गअन्तर्गत पूर्वी भेगको बागमती खण्डको सडकमा समेत रुख ढलेर आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

हावाहुरीका कारण आँप, लिची, मकैलगायतका बालीमा ठूलो क्षति पुगेको छ भने पोल्ने अवस्थामा राखिएका इँटा पानीले भिजेर नष्ट भएका छन्।

त्यस्तै हावाहुरीले चन्द्रपुर नगरक्षेत्रका अधिकांश सर्वसाधारणका फुसका घरका छानासमेत उडाई क्षति पुर्याएको छ।

वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न भागमा रहेका विद्यालयका छानो उडाउँदा आजको पठनपाठन अवरुद्ध भएको छ।हावाहुरीले जिल्लामा लाखौँ मूल्य बराबरको धनमाल क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन्।

जिल्लामा हावाहुरीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।रासस
annapurnapost



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog