Wednesday, May 25, 2016

सरकारको पक्षमा देव गुरुङको भाषण, ढरकार ढाल्न सम्भव छैन

बुधबार, १२ जेठ
काठमाडाैं । नेकपा माओवादी केन्द्र हेडक्वाटर सदस्य देब गुरुङ्गले छिनछिनमा सरकार परिवर्तन गर्दा मुलुक अस्थिरता तर्फ धकेलिने भन्दै अहिले यही सरकारलाई निरन्तरता दिनु पर्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ सरकार परिवर्तन राष्ट्रिय सहमति भयो भने मात्रै हुने हो । अहिलेको स्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना छैन । 14काग्रेस संसदीय अभ्यासमा रहेकोले सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । त्यसैले अहिले सरकार परिवर्तनको मुद्दा सान्दर्भिक छैन । ’ उनले अहिले माओवादी केन्द्र भित्र सरकार परिवर्तनको विषयमा कुनै छलफल समेत नभएको स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा गुरुङ्गले मुलुकको समस्या समाधान गरेर अगाडि बढाउन राष्ट्रिय सहमतिको आवश्यकता भए पनि स्थायी प्रतिपक्षको ब्यवस्थाले त्यस्तो अवस्था नरहेको स्पष्ट पार्दै यसले मुलुकलाई घाटा पार्ने आशंका ब्यक्त गरे ।
उनले मधेसीसहित आदीबासी जनजातिको माग आधारभुत रुपमा ठिकै भएकोले त्यसलाई संबोधन गर्नु पर्ने भन्दै राज्य पक्षले सहमतिको लागि लचकता अपनाउनु पर्ने धारणा राखे ।
गुरुङले भने,‘ आन्दोलनरत र अरु दलको पोजिसन हेर्दा सहमतिको सम्भावना देखिन्छ । त्यसैले अहिले सहमतिकोलागि सबैले पहल गर्नु पर्छ ।’
nepalsandesh



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog