भारतीय प्रसिद्ध कलाकार जतिन दास काठमाडौँमा
अन्नपूर्णः सुप्रख्यात भारतीय कलाकार जतिन दासले दक्षिण एसियाली मुलुकहरूका प्राचीन ज्ञान, सीप र कलाका समग्र पक्षलाई प्रेरणाका रूपमा ग्रहण गर्नुपर्ने र बाहिरी प्रभावलाई अनावश्यक रूपमा ग्रहण गर्न नहुने बताएका छन् ।
बीपी कोइराला नेपाल भारत प्रतिष्ठानको निमन्त्रणामा काठमाडौं आएका दासले सिर्जनामा निरन्तरतासँगै ‘प्रश्न’ गर्ने प्रचलनलाई पनि स्थापित गर्नुपर्ने बताए ।
‘किन यो भागमा युरोपको नक्कल गर्दै ‘फ्यासन डिजाइन’, ‘गार्मेन्ट डिजाइन’ किन, किन नभन्ने ? यो स्थानीय भेषभूषालाई किन संस्थागत रूपमा विकसित नगर्ने ? ’ उनले भने ।
पुरुषले खाने, महिलाले सफा गर्ने, प्रकृतिलाई फेर्न त पर्छ नै तर यो क्षेत्रको प्रकृतिप्रतिको सम्मानको संस्कृतिलाई जीवन्तता दिनुपर्ने पनि उनले बताए ।
‘पेन्टिङ’, कविता लेखनसँगै घरेलु कुटिर एकत्र गर्ने सौख राख्ने ७५ वर्षीय दासले भने, ‘खजुरको रूख बचे न पंखा बन्छ, अनि खजुर या अरू रूखहरू संरक्षण गर्नु पर्दैन र ? ’
उनको निजी संग्रहमा रहेका करिब सात हजार पंखाहरू अब उनले भारत सरकारद्वारा निर्मित हुने संग्रहालयलाई दिने भएका छन् ।
सबैभन्दा उर्वर आलंकारिक चित्रकारमध्ये दास एक मानिन्छन् । ‘पद्म भूषण’देखि भारतकै उच्च दर्जनौं सम्मान र पुरस्कारद्वारा सम्मानित दास ग्राफिक कलाकार, मूर्तिकार र मानवतावादी कविका रूपमा समेत चिनिन्छन् ।
सर जे जे स्कुलबाट चित्रकला अध्ययन गरेका उनले त्यसपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वपूर्ण कला प्रदर्शनी अर्थात् पेरिसको बिनाल्समा १९७१, भेनिसमा १९७८ र केइसल्समा १९७५ मा सहभागी भएका थिए ।
चित्रकार दास विशेषगरी परकेन्द्रित संकट, महिला पुरुषको सम्बन्ध, संकट, भावनात्मक तनावमा आफ्ना चित्रकलाई बोलाउन सक्ने कलाकारका रूपमा चिनिन्छन् ।
उनको चित्रकलामा मान रूप, जो विचित्रतापूर्वक मूर्त रूपमा बोलिरहेका हुन्छन् । दास एक सातादेखि काठमाडौंमा रहेका छन् । annapurnapost