माधव नेपाललार्इ फकाउने ओलीका प्रयास
१३ जेठ, काठमाडौं ।
तेस्रो मर्यादा अधिवेशनमा झिनो मतले पराजित नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओलीले २९ साउन ०७१ मा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकबाट तेस्रो मर्यादाको बरियतामा रहने निर्णय गरे ।
बैठकमा सदस्यहरूकै लहरमा बसेका नेपाललाई मञ्चमा बोलाएर ओलीले तेस्रो मर्यादामा राखेर सम्मान दिए ।
गत २३ फागुनमा बालुवाटारमा बसेको स्थायी समिति बैठकमा ओलीले नेता नेपालको ६४औँ जन्मदिन मनाएर ‘सरप्राइज्ड’ दिए ।
स्थायी समिति सदस्यमाझ अकस्मात् ओलीले ६४ वटा गुलावका फूलसहित ‘गिफ्ट’ दिएपछि नेपाल प्रसन्न भएका थिए भने अरूले ताली बजाएका थिए ।
‘मलाई त नोटिस (याद) नै भएन, यस्तो जानकारी भएको भए अर्कै पहिरनमा आउँथे नि’ ज्याकेट र पाइन्ट लगाएर बालुवाटार पुगेका नेपालले भनेका थिए । सोही बैठकमा ओलीले केक काटेर नेपाललाई खुवाएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
nepaliheadlines