प्रहरी नायब निरीक्षकको शैक्षिक प्रमाणपत्र नक्कली भएपछि….
काठमाडौँ, महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब निरीक्षक सुधीर विक्रम शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ ।
शाहले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटना, भारतबाट सन् १९९५ मा आइए तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली एवम् झुठा देखिन आएको आयोगले जनाएको छ ।
उनीउपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन माग दाबी गर्दै आयोगले आरोपपत्र दायर गरेको हो । राससnews24nepal