Wednesday, May 25, 2016

भारतबाट नेपाल आएका यात्रु महेन्द्रनगर र धनगढीमा अलपत्र

कञ्चनपुर, १३ जेठ । यातायात व्यवसायीहरुको बन्दले पश्चिम नेपालका यात्रु अलपत्र परेका छन् । ट्राफिक जरिवाना बिरुद्धमा आज देशव्यापी रुपमा गरिएको चक्काजामको असर पश्चिम नेपालमा समेत परेको छ । धनगढी, महेन्द्रनगरदेखि विभिन्न स्थानका लागि छुट्ने सवारी सधान चल्न नसक्दा यात्रुहरु अलपत्र परेका छन् ।
भारत लगायत विभिन्न स्थानमा रोजगारी गरि घर फर्कन लागेका यात्रुहरु समेत महेन्द्रनगर, धनगढी बसपार्कमा अलपत्र परेका छन् । नेपाल बन्दबारे आफुलाई केही थाहा नभएकाले घर आएको उनीहरुले बताएका छन् । नेपाल आएपछि मात्रै नेपाल यातायात बन्द भएको मजदुरहरुले बताएका छन् । भारत जाने मुख्य गड्डाचौकी र गौरीफन्टा नाकाबाट भित्रिने नेपाली मजदुरहरुलाई नेपाल बन्दले घर कतिखेर पुग्ने भन्ने निश्चित छैन् ।
यातायात बन्दका कारण यात्रुहरु महेन्द्रनगरका विभिन्न होटेलहरुमा बसिरहेका छन् । विभिन्न आठ यातायात मजदुर संगठनहरुले सवारी सधान भाडा बिरुद्धमा आज चक्काजाम गरेका छन् । साहु, चालकले सवारी सधान घरमै थन्क्याएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ मा जरिवाना रकम २५ देखि २०० भएपनि सरकारले उक्त रकममा भारी बृद्धि गरेको भन्दै यातायात मजदुरहरु आन्दोलित भएका हुन् ।7
ट्राफिक प्रहरीले जरिवाना कम हुँदा मजदुरहरुले लार्पबाहि गरेको भन्दखै २५लाई बढाएर पाँच सय, एक सयलाई बढाएर एक हजार र दुई सयलाई बढाएर एक हजार पाँच सय गरेको छ ।
उक्त जरिवाना बिरुद्धमा बिहीबार देशव्यापी रुपमा बन्द गरेको हो । मजदुरहरुले ट्राफिक ज्याजती रोक्नुपर्ने, मजदुरमाथीको आर्थिक शोषणको अन्त्य, जरिवाना बाफत ट्राफिक प्रहरीलाई आउने १५ प्रतिशत कमिशन बन्द गरिनुपर्ने, सडक दुर्घटना बिमा, विगतका सम्झौता कार्यान्वन गर्नुपर्नेमा मजदुरहरुले माग गरेका छन् ।
ट्राफिक प्रहरीले भने, कसैबाट त्यतिकै फोकटमा पैशा नलिने भन्दै कानुन मिच्नेबाट जरिवाना लिएको बताउदै आएको छ । गल्ती नगरे को बाट किन जरिवाना लिने ट्राफिक प्रहरीको अडान छ । गल्ती नगरे जति जरिवाना राखेपनि इमान्दारलाई फरक नपर्ने ट्राफिक प्रहरीको सुझाव छ ।
दैनिक जसो सवारी दुर्घटनाका कारण हजारौँले अकालमै ज्यान गुमाउनु परेको छ, जे भएपनि सबै सरोकारवालाहरुले जरिवाना आदि ईत्यादिमा बखेडा झिक्नुभन्दा पनि कसरी दुर्घटना न्यूनिकरण गर्न सकिन्छ, त्यसफर्त ध्यान दिनु आजको आवश्यकता हो ।
dainiknepal



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog