Wednesday, May 25, 2016

पर्याप्त पानी नपिउँदा का समस्याहरु के के हुन् त जान्नुहोस्

पानी हाम्रो जीवन हो। यसले शरीरलाई स्थिर राखेको हुन्छ। शरीरको हरेक प्रणाली र प्रक्रियामा पानीको आवश्यकता हुन्छ। जानौं पानी नपिउँदा शरीरमा उत्पन्न हुने केही समस्या ;pani
–पर्याप्त पानीको सेवनमा कमी हुँदा विभिन्न हृदयसम्बन्धी रोगहरू लाग्न थाल्दछ। पानीको कमीले रगत बाक्लो हुने र रक्तसंचार प्रक्रियामा पनि समस्या उत्पन्न हुने गर्दछ। यस्तै मृगौला सम्बन्धी समस्या, क्यान्सर तथा मूत्रसम्बन्धी रोगहरू लाग्न सक्दछ।
–पानीको कमी अथवा डिहाइड्रेशनका कारण थकानको महसुस हुन्छ। शरीरका कोषिकाहरूमा पर्याप्त पानी नपुग्दा शरीरमा उर्जाको कमी हुन जान्छ र थकान महसुस हुन्छ। यसका साथसाथै टाउको दुखाई, ताव आदिको समस्या पनि हुन्छ।
– पर्याप्त पानीको सेवन नभएमा पाचनसम्बन्धी समस्या पनि देखिन थाल्दछ। पानीको कमीका कारण खाना पच्नमा समस्या हुन्छ। जसका कारण शरीरको तौल पनि बढ्दै जान्छ र शरीरमा विषाक्त पदार्थको मात्रा पनि बढ्दै जान्छ।
– शरीरमा पानीको कमीका कारण तौल बढ्न पनि जान्छ। पब्लिक हेल्थ एण्ड वाटर रिसोर्स इन्स्ट्चियूटको अध्ययनले पर्याप्त पानीको सेवनले मानिसले कम क्यालोरी लिने र तौल नबढ्ने देखाउँछ तर पर्याप्त पानी नपिउँदा शरीरमा तौल बढ्दै जान्छ।
– यस्तै पानीको कमीले अनुहार सुख्खा देखिने, चायाँ पर्न थाल्ने, अनुहारमा डण्डिफोर, घाउखटिरा पनि देखिन थाल्दछन्। त्यसैकारण मानिसले दैनिक न्यूनतम चार लिटर पानी पिउनुपर्दछ।- एजेन्सी



Popular Posts

Blog Archive

Powered by Blogger.
Copyright © Funtoosh Blog